पोखरा : नवौं राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत यहाँ सम्पन्न ब्याडमिन्टन प्रतियोगिताको पुरुषतर्फ एकल विधाको स्वर्ण नेपाल पुलिस क्लबका प्रिन्स दाहाल र महिलातर्फको स्वर्ण नेपाली सेनाको त्रिभुवन आर्मी क्लबकी रशिला महर्जनले जितेकी छिन्। पोखराको रङ्गशालास्थित ब्याडमिन्टन कभर्डहलमा सम्पन्न फाइनलमा पुलिसकै विष्णु कटुवाललाई २१-११ र २१-४ अङ्कले पराजित गर्दै दाहाल राष्ट्रिय च्याम्पियन बनेका हुन्। यसअघि आठौँ राष्ट्रिय खेलकुद प्रतियोगितामा दीपेश धामी राष्ट्रिय च्याम्पियन…
बागलुङ : नवौं राष्ट्रिय खेलकुदअन्तर्गत यहाँ भएको आइटिएफ तेक्वान्दो प्रतियोगितामा विभागीय टिम नेपाल आर्मी च्याम्पियन बनेको छ। तेह्र स्वर्ण, आठ रजत र तीन कास्य पदकसहित राष्ट्रिय खेलकुदमा आर्मीले आफ्नो अपराजित यात्रालाई कायम राखेको हो। यसअघि नेपालगञ्जमा भएको आठौँमा १६ र विराटनगरमा भएको सातौँ खेलकुदमा १७ स्वर्णसहित आर्मी च्याम्पियन बनेको थियो। प्रतियोगिताका मिडिया संयोजक पुकार केसीका अनुसार एकल प्याटर्न, टिम प्याटर्न,…
गोरखा : नवौं राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत गोरखामा भएको बुद्धिचाल प्रतियोगितामा त्रिभुवन आर्मी क्लबकी सुजना लोहनीले तीन स्वर्ण जित्न सफल भएकी छन्। यही असोज २७ गतेदेखि भएको प्रतियोगितामा महिलातर्फको तीन वटै इभेन्टमा लोहनीले स्वर्ण पदक जित्न सफल भएकी हुन्। प्रतियोगिताअन्तर्गत महिलातर्फको क्लासिकल इभेन्टका नौ खेलमा सबै खेल जित्दै उनले नौ अंक प्राप्त गर्दै प्रतियोगितामा पहिलो स्वर्ण पदक जितेको निर्णायक दीपेश गिरीले…
फुङ्लिङ : विगत २४ घण्टामा ताप्लेजुङमा पाँच जनाको मृत्य भएको छ। एक जनाको घाँस काट्ने क्रममा लडेर मृत्यु भएको छ भने चार जनाको ट्र्याक्टर दुर्घटनामा परी मृत्यु भएको हो। आज दिउँसो घाँस काट्न गएका फुङलिङ नगरपालिका-६ बतासे बस्ने चन्द्र भनिने ५० वर्षीय लालबहादुर गुरुङको लडेर मृत्यु भएको छ। आफ्नै बारीमा घाँस काट्न गएका उनी कान्लाबाट लडी मृतावस्थामा फेला परेको जिल्ला…
पोखरा : पोखरामा जारी नवौं राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत टेनिसको ‘मेन्स डबल्स’विधाको स्वर्ण आयोजक गण्डकी प्रदेशले जितेको छ। पोखरा रङ्गशालास्थित टेनिस कोर्टमा आज बिहान सम्पन्न प्रतिस्पर्धात्मक खेलमा गण्डकीका प्रदीप खड्का र अनिल शाहीको जोडीले विभागीय नेपाली सेनाका प्रनभ खनाल र अकी जुवेन रावतको जोडीलाई फाइनलमा पराजित गरी स्वर्ण जितेका हुन्। गण्डकीका खड्का नेपालको पहिलो वरियताका खेलाडी हुन् भने सेनाका खनाल द्वितीय…
पोखरा : नवौं राष्ट्रिय खेलुकद अन्तर्गत टेबलटेनिसमा नेपाल प्रहरी टिम च्याम्पियन भएको छ। आज सम्पन्न प्रतियोगितामा ६ स्वर्णसहित नेपाल प्रहरी टिम च्याम्पियन बनेको हो। प्रतियोगितामा प्रहरी ६ स्वर्ण, २ रजत र ४ कास्य पदक हात पार्न सफल भयो भने बलियो प्रतिस्पर्धीका रुपमा रहेको सशस्त्र प्रहरीले १ स्वर्ण, ४ रजत र १ कास्य पदक पाउँदै दोस्रो स्थान पाउन सफल रह्यो। त्यस्तै,…
दमकः आज दिउँसो गृह जिल्ला झापा आइपुगेका नेकपा (एमाले) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओली अस्वस्थ भएका छन्। झापा क्षेत्र नं ५ का प्रतिनिधि सभा सदस्यका उम्मेदवारसमेत रहेका अध्यक्ष ओली चुनाव प्रचारप्रसारका क्रममा आज झापा आएका हुन्। उनलाई ज्वरो आएको र औषधि खाएर घरमै आराम गरिरहेको एमाले पोलिटब्युरो सदस्य देवेन्द्र दाहालले बताए। तीन दिने चुनावी प्रचार अभियानका क्रममा सहभागी…
पोखरा : गण्डकी प्रदेशमा जारी नवौं राष्ट्रिय खेलकुदअन्तर्गत एथलेटिक्सतर्फ महिला लङजम्पमा नेपाली सेनाको त्रिभुवन आर्मी क्लबकी जयरानी थारुले राष्ट्रिय कीर्तिमान बनाएकी छिन्। कास्कीको पोखरा रंगशालामा आज सम्पन्न महिला लङजम्पमा थारुले पाँच दशमलव ५८ मिटर जम्प गर्दै कीर्तिमानसहित स्वर्ण पदक जितेकी हुन्। यसअघि लुम्बिनी प्रदेशकी निशा चौधरीको नाममा पाँच दशमलव ४७ मिटरको कीर्तिमान थियो। निशा आजको खेलमा स्वर्ण पदकबाट चुकिन्। लुम्बिनीकी…
काठमाडौं : मनसुन बाहिरिएसँगै पश्चिमी वायुको प्रभाव सक्रिय रहेकाले बदली र वर्षाको सम्भावना रहेको छ। जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका मौसमविद् हीरा भट्टराईका अनुसार पछिल्ला दिनमा तापक्रम घट्दै गएको छ। पश्चिमी वायु सक्रिय रहेकाले चिसो पनि बढेको छ। मनसुन सकिएपछि पश्चिमी वायुको प्रवेश हुने भएकाले दुई दिन बदली र वर्षाको सम्भावना रहेको उनले बताए। उनले भने, ‘मनसुन…
पोखरा : विभागीय नेपाल आर्मीले गण्डकी प्रदेशमा जारी नवौं राष्ट्रिय खेलकुद प्रतियोगितामा पदक तालिकामा अन्तर फराकिलो बनाउँदै लगेको छ। आर्मी आज बिहानसम्मको अद्यावधिक विवरणानुसार ६१ स्वर्ण, ३९ रजत र २८ कास्यसहित एक सय २८ पदक जितेर पदक तालिकाको शीर्षस्थानमा छ। आर्मीले सुरुआतदेखि नै आफ्नो अग्रता बनाएकामा पछिल्लो समय यसलाई फराकिलो बनाउँदै लगेको छ। पदक तालिकाको द्वितीय र तृतीय स्थानमा पनि…
टीकापुर : कैलालीको भजनीका बाढीपीडित बाढीको दीर्घकालीन समस्या समाधान गर्ने नेतालाई मात्र भोट दिने बताउन थालेका छन्। प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि नेताहरू भोट माग्न घरदैलोमा जान थालेपछि त्यहाँका स्थानीय नेतालाई बाढीले तहसनहस भएको बस्ती देखाउन थालेका छन्। उनीहरु भोट माग्नुअघि पीडितको पीडामा मल्हम लगाउन माग गरिरहेका छन्। भजनीमा यस वर्ष पटक-पटक गरी आएको बाढीले हजारौँ परिवार प्रभावित भएका छन्…
पोखरा : नवौं राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत आर्चरीमा फाइनल खेलको समीकरण पूरा भएको छ। आर्चरीमा कम्पाउण्ड मेन सिङ्गल र वुमन सिङ्गल, रिकर्भ मेन सिङ्गल र रिकर्भ वुमन सिङ्गल तथा स्टाण्डर्ड मेन टिम र वुमन टिमको फाइनल समीकरण तयार भएको हो। कम्पाउण्ड मेन सिङ्गलतर्फ गण्डकीका जागृत गुरुङ र गण्डकीकै ख्यामबहादुर क्षेत्री फाइनलमा पुगेका छन्। जागृतले सुदूरपश्चिमका सुरेश गुरुङलाई एक सय ३६ का…
बनियानी : झापाको बिर्तामोड नगरपालिकामा सोमवार बेलुका दुई मोटरसाइकल एकापसमा ठोक्किँदा दुई जनाको मृत्यु भएको छ। उक्त दुर्घटनामा एक बालिकासहित दुई जना घाइते भएका छन्। बिर्तामोड-२ बेलडाँगीस्थित दक्षिणबाट उत्तरतर्फ आउँदै गरेको मे ५ प १६०४ नम्बरको मोटरसाइकल र विपरीत दिशाबाट जाँदै गरेको मे ३ प ५५८० नम्बरको मोटरसाइकल एकापसमा ठक्कर खाई दुर्घटना हुँदा दुवै मोटरसाइकल चालकको मृत्यु भएको जिल्ला प्रहरी…
म्याग्दी : विभागीय टिम नेपाल पुलिस क्लव, शसस्त्र प्रहरी बल (एपीएफ) र नेपाल आर्मीले नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत तेक्वान्दामा सोमवार भएको खेलबाट दुई/दुई स्वर्ण पदक थपेका छन्। राष्ट्रिय खेलकुद परिषद्को आयोजनामा बेनीको कालीपुल कवर्डहलमा सञ्चालित प्रतियोगिताको चौथो दिन सोमवारसम्म १६ इभेन्ट्स सकिँदा नेपाल पुलिसले आठ स्वर्ण पदक जितेको छ। हालसम्म आर्मीले पाँच, एपिएफले दुई र मधेश प्रदेशले एक स्वर्ण…
नारायण अधिकारी- चितवन : दशैँ र तिहारजस्ता पर्वमा सबै रमाइरहँदा नेपाल प्रहरी भने झन् बढी सजगताका साथ काममा खटिनुपर्छ। सार्वजनिक बिदा होस् वा पर्व उनीहरुका लागि जुनसुकै बेला काममा जाने मनस्थितिमा तयारी रहनुपर्छ। सबैले घरघरमा पर्व मनाइरहँदा उनीहरु सडकमा जनता र देशका लागि सुरक्षा दिइरहेका हुन्छन्। यसरी खटिने प्रहरीले न शुक्रवारको आधा दिन मात्रै काम गरे पुग्छ, न बिदा र…
कृष्ण दवाडी- कास्की : नवौँ राष्ट्रिय खेलकुद प्रतियोगितामा जयरानी थारुले दुई स्वर्ण जितिसकेकी छिन्। जयरानी हडल्स दौडकी कीर्तिमानी खेलाडी हुन्। आइतवार पोखरा रङ्गशालामा एथलेटिक्स खेलको चार सय मिटर हडल्स दौड विधामा उनले स्वर्ण पदक जितिन्। सोमवार पनि उनले एक सय मिटर हडल्समा स्वर्ण जितेकी छिन्। नेपाली सेनामा आबद्ध उनले आइतवारको खेलमा निर्धारित दूरी एक मिनेट ०४.१३ सेकेण्डमा पूरा गरेर स्वर्ण…
बागलुङ : नवौं राष्ट्रिय खेलकुदअन्तर्गत यहाँ जारी आइटिएफ तेक्वान्दो प्रतियोगितामा विभागीय टिम नेपाल आर्मी सात स्वर्ण पदकसहित अग्रस्थानमा छ। अहिलेसम्मका खेलमा वाग्मती प्रदेशले तीन र गण्डकीले एक स्वर्ण जितेको छ। एकल प्याटर्नमा छ र टिम प्याटर्नमा एक स्वर्ण जित्दै आर्मीले जारी प्रतियोगितामा आफ्नो वर्चश्व कायम गरेको हो। आइतवार भएको पुरुष टिम प्याटर्नमा नेपाल आर्मी र महिला टिम प्याटर्नमा वाग्मती प्रदेशले…
पोखरा : पोखरामा जारी नवौं राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत टेबल टेनिस खेलको ‘मिक्स डबल्स इभेन्ट’मा नेपाल पुलिस क्लबले स्वर्ण पदक हात पारेको छ। यसैगरी, महिला डबल्सतर्फ सशस्त्र प्रहरीको एपीएफ च्याम्पियन बन्दै स्वर्ण जित्यो। पोखराको कोल्मा बहाकोट तमु समाजमा जारी खेलमा त्रिभुवन आर्मी क्लबलाई पराजित गर्दै नेपाल पुलिस क्लबले स्वर्ण पदक हात पारेको हो। त्रिभुवन आर्मी क्लबलाई प्रहरीले ११-७, ५-११, ८-११, ११-५…
दमौली : नवौं राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत तनहुँको व्यास-१ निर्मल माविमा जारी महिला बास्केटबल प्रतियोगितामा त्रिभुवन आर्मी क्लबले अपराजित यात्रा कायम राखेको छ। असोज २८ गतेदेखि सुरु प्रतियोगितामा विभागीय टिम त्रिभुवन आर्मी क्लबले आफ्नो अपराजित यात्रा कायम राखेको हो। फुलकोर्ट र थ्री बाई थ्री गरी चार खेल खेलेको त्रिभुवन आर्मी क्लबले चारवटै खेलमा विजय हासिल गरेको छ। फुलकोर्टतर्फ त्रिभुवन आर्मी क्लबले…
पोखरा : नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता २०७९ अन्तर्गत फुल कन्ट्याक्ट करातेमा गण्डकी प्रदेश चार स्वर्ण पदकसहित च्याम्पियन भएको छ। गण्डकीले नेपाल आर्मीलाई पछि पार्दै चार स्वर्ण पदकसहित टिम च्याम्पियन भएको प्रतियोगिताका सहसंयोजक दीपक गोदारले जानकारी दिए। महिला ४० केजीमुनि तौल समूहको प्रतिस्पर्धामा गण्डकी प्रदेशकी पुष्पा केसीले स्वर्ण पदक दिलाएकी हुन्। उनले सुदूरपश्चिम प्रदेशकी गरिमा पार्कीलाई पराजित गर्दै टिम च्याम्पियन बनाउन…