PahiloPost

Dec 30, 2024 | १५ पुष २०८१

  • सिमरा गोल्डकप : संकटालाई हराउँदै थ्री स्टार सेमिफाइनलमा

    सिमरा गोल्डकप : संकटालाई हराउँदै थ्री स्टार सेमिफाइनलमा

    वीरगंज : रुस्लान थ्रीस्टार क्लब सिमरामा भइरहेको दशौं सिमरा गोल्डकपको सेमिफाइनलमा प्रवेश गरेको छ। मंगलबार भएको खेलमा सिएमजी संकटा क्लबलाई २-० गोल अन्तरले हराउँदैथ्री स्टार सेमिफाइनलमा प्रवेश गरेको हो। थ्री स्टार अन्तिम चारमा पुगेसँगै सेमिफाइनलमा खेल्ने चार टिमको नाम पक्का भइसकेको छ। थ्री स्टारले अब फाइनल प्रवेशका लागि हिमालयन शेर्पासँग खेल्नेछ। बुधबार पहिलो सेमिफाइनलमा आयोजक नव जनजागृति युवा क्लब सिमराले…

    विस्तृतमा पढ्नुस्

  • सिमरा गोल्डकप : खप्तड गोल्डकपको विजेता पुलिसलाई हराउँदै हिमालयन शेर्पा सेमिफाइनलमा

    सिमरा गोल्डकप : खप्तड गोल्डकपको विजेता पुलिसलाई हराउँदै हिमालयन शेर्पा सेमिफाइनलमा

    वीरगंज : हिमालयन शेर्पा क्लब सिमरामा जारी दशैं सिमरा गोल्डकपको सेमिफाइनलमा प्रवेश गरेको छ। विभागिय टिम नेपाल पुलिसलाई सोमवार २-० गोल अन्तरले पारजित गर्दै हिमालयनले अन्तिम चारमा स्थान बनाएको हो। सिमरा रङ्गशालामा भएको खेलमा शेर्पाले खप्तड गोल्डकपको उपाधि उचालेको पुलिसलाई हराएको हो। धनगढीबाट सिमरा आइपुगेको पुलिस क्लबका स्टार खेलाडी चल्न नसक्दा सिमरा गोल्डकपको क्वाटरफाइनलबाटै घर फर्केको हो। हिमालयन शेर्पाको जितमा…

    विस्तृतमा पढ्नुस्

  • सिमरा गोल्डकपः पेनाल्टी सुटआउटमा गोलकिपर राजबाबु थापाले सरस्वतीको तीन प्रहार रोकेपछि संकटा क्वाटरफाइनलमा

    सिमरा गोल्डकपः पेनाल्टी सुटआउटमा गोलकिपर राजबाबु थापाले सरस्वतीको तीन प्रहार रोकेपछि संकटा क्वाटरफाइनलमा

    वीरगंज : सिएमजी संकटा क्लब सिमरामा जारी रुस्लान दशौं सिमरा गोल्ड कपको क्वाटर फाइनलमा प्रवेश गरेको छ। शनिवार भएको खेलमा सरस्वती यूथ क्लबविरुद्ध टाइव्रेकरमा जित निकाल्दै संकटा क्लबक्वाटरफाईनलमा पुगेको हो। निर्धारित ९० मिनेटको खेलमा १–१ को बराबरी भएपछि नतिजा टाइव्रेकरबाट निकालिएको हो। खेलको ३८ औं मिनटमा मोहन गुरुङको गोलबाट लिएको अग्रता सरस्वतीले बचाउन  सकेन। ५८ औं मिनटमा जय गुरुङले बराबरी…

    विस्तृतमा पढ्नुस्

  • विकेश कुथु नायक बनेपछि आर्मीले उचाल्यो विशाल गोल्डकप, सडन डेथमा हिमालयन शेर्पा पराजित

    विकेश कुथु नायक बनेपछि आर्मीले उचाल्यो विशाल गोल्डकप, सडन डेथमा हिमालयन शेर्पा पराजित

    वीरगंज: त्रिभुवन आर्मी क्लबले वीरगंजमा आयोजित दोस्रो टुबोर्ग विशाल गोल्डकप फुटबलको उपाधि जितेको छ। साबिक विजेतासमेत रहेको आर्मीले नारायणी रंगशालामा शनिवार भएको फाइनल खेलमा हिमालयन शेर्पा क्लबलाई सडन डेथमा २–१ ले हाराउँदै उपाधि रक्षा गर्न सफल भएको हो।  निर्धारित ९० मिनेटको खेलमा दुवै टोलीले १–१ गोल गरेपछि खेल ट्राइबेकरमा धकेलिएको थियो। तर ट्राइबेकरमा पनि दुवै टिमबाट ४–४ गोलको बराबरी भएपछि खेलको…

    विस्तृतमा पढ्नुस्

  • प्रदेश २ मा बलिदानी दिवस मनाइँदै, मुख्यमन्त्रीले शहीद परिवारलाई रोजगारी र घाइतेलाई सहयोग घोषणा गर्ने

    प्रदेश २ मा बलिदानी दिवस मनाइँदै, मुख्यमन्त्रीले शहीद परिवारलाई रोजगारी र घाइतेलाई सहयोग घोषणा गर्ने

    वीरगंज: प्रदेश २ मा आज बलिदानी दिवस मनाइँदै छ। पहिलो, दोस्रो र तेस्रो मधेश आन्दोलनको क्रममा ज्यान गुमाएका शहीदको सम्झनामा यो दिवस माघ ५ गते मनाउने गरिन्छ। २०६३ साल माघ ५ गते विद्यार्थी रमेश महतोको हत्या भएको दिन मधेशमा बलिदानी दिवस मनाउने परम्पराअनुसार प्रदेश सरकारले यो दिवस मनाउन लागेको जनाएको छ। आज शनिवार परेपनि प्रदेश सरकार सार्वजनिक बिदा घोषणा गरी…

    विस्तृतमा पढ्नुस्

  • ६ महिनादेखि बसपार्कमा थन्किएको बसमा आगलागी

    ६ महिनादेखि बसपार्कमा थन्किएको बसमा आगलागी

    वीरगंज: वीरगंज बसपार्कमा ६ महिनादेखि रोकि राखेको बसमा आगलागी हुृदाँ बस पूर्ण रुपमा जलेर नष्ट भएको छ। शुक्रवार राति ९ बजेको समयमा आगलागी हुदाँ ना ५ ख २७२ नंम्बरको ४२ सिटे बस जलेर नष्ट भएको हो। बसपार्क प्रहरी चौकीका प्रहरी नायब निरीक्षक वैद्यनाथ दासका अनुसार राति ९ बजे एक्कासी आगालगी भएको बताए। आधा घन्टा छि वीरगंज महानगरपालिकाको दमकल, नेपाल प्रहरी तथा…

    विस्तृतमा पढ्नुस्

  • सिमरा गोल्डकप : वीरगंजलाई हराउँदै एपीएफ क्वाटरफाइनलमा

    सिमरा गोल्डकप : वीरगंजलाई हराउँदै एपीएफ क्वाटरफाइनलमा

    वीरगंज : विभागिय टोली एपीएफ सिमरामा जारी रुस्लान दसौं सिमरा गोल्डकपको क्वाटरफाइनलमा प्रवेश गरेको छ। शुक्रवार भएको खेलमा वीरगंज एघारलाई पराजित गर्दे एपीएफ अन्तिम आठमा पुगेको हो। सिमरा रंगशालामा शुक्रवार भएको खेलमा एपीएफले वीरगंजलाई १-० ले पराजित गर्‍यो। एपीएफका लागि आशिष लामाले निर्णायक गोल गरे। सुदिप शिखराकारको क्रसमा आशिषले खेलको खेलको ३६औं मिनेटमा गोल गरेका थिए। डिबक्स भित्र पाएको बललाई…

    विस्तृतमा पढ्नुस्

  • विशाल गोल्डकप फाइनल : उपाधि रक्षा गर्ने लक्ष्यमा आर्मी

    विशाल गोल्डकप फाइनल : उपाधि रक्षा गर्ने लक्ष्यमा आर्मी

    वीरगंज : वीरगंजमा भइरहेको दोस्रो विशाल स्मृति फुटबल प्रतियोगिताको उपाधिका लागि शनिबार विभागिय टोली त्रिभुवन आर्मी क्लब र हिमालयन शेर्पा भिड्दैछन्। फाइनलअघि भएको प्रिम्याच कन्फ्रेन्समा दुवै टिमका प्रशिक्षकहरुले उपाधि हात पार्ने दावी गरेका छन्। हिमालयन शेर्पाका प्रशिक्षक सुवास लिम्बुले फाइनलमा आक्रमक रुपमै प्रस्तुत हुने बताउँदै उपाधी आफुहरुले जित्ने दावी गरे। उनले यसअघिको खेलमा जुनियर र कम अनुभवी खेलाडी खेलेकोमा शनिवारको…

    विस्तृतमा पढ्नुस्

  • सिमरा गोल्डकप : आयोजक नव जनजागृति युवा क्लबको विजयी सुरुवात

    सिमरा गोल्डकप : आयोजक नव जनजागृति युवा क्लबको विजयी सुरुवात

    वीरगंज : आयोजक नव जनजागृति युवा क्लबले दशौं सिमरा गोल्डकपमा विजयी सुरुवात गरेको छ। आजदेखि सिमरामा सुरु भएको प्रतियोगिताको उद्घाटन खेलमा आयोजक नव जनजागृति युवा क्लब सिमराले मकवानपुर एघारलाई ३–० गोल अन्तरले पराजित गरेको हो। नव जनजागृतिको लागि निरज थापा मगरले दुई तथा प्रज्वल थापा मगरले एक गोल गरे। बाराको सिमरा रंगशालमा भएको खेलको पहिलो हाफ गोलरहित बराबरीमा टुंगिएपनि दोश्रो…

    विस्तृतमा पढ्नुस्

  • विशाल गोल्डकप : झापा एघारलाई ६-१ ले हराउँदै आर्मी फाइनलमा, उपाधिका लागि हिमालयन शेर्पासँग खेल्ने

    विशाल गोल्डकप : झापा एघारलाई ६-१ ले हराउँदै आर्मी फाइनलमा, उपाधिका लागि हिमालयन शेर्पासँग खेल्ने

    वीरगंज : झापा एघारलाई फराकिलो अन्तरले पराजित गर्दै विभागीय टोली त्रिभुवन आर्मी क्लब वीरगंजमा भइरहेको जारी दोस्रो टुबोर्ग विशाल गोल्डकपको फाइनलमा प्रवेश गरेको छ। नारायणी रंगशालामा बिहिबार भएको अन्तिम सेमिफाइनलमा झापा एघारलाई ६-१ को फराकिलो अन्तरले हराउदै आर्मीले हिमालयन शेर्पासँग फाइनल भेट पक्का गरेको हो। गत पुष ३० गते फिदिममा भएको फाल्गुनन्द गोल्डकपको फाइनलमा आर्मीको दोस्रो रोजाईँको टिमलाई पराजित गर्दै…

    विस्तृतमा पढ्नुस्

  • विशाल गोल्डकप : भरत खवासको ह्याट्रिकमा आर्मी सेमिफाइनलमा

    विशाल गोल्डकप : भरत खवासको ह्याट्रिकमा आर्मी सेमिफाइनलमा

    वीरगंज : कप्तान भरत खवासले ह्याट्रिक गरेपछि विभागीय टोली त्रिभुवन आर्मी क्लब वीरगंजमा भइरहेको दोस्रो विशाल गोल्डकप फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ। भरतको ह्याट्रिक मद्दतमा आर्मीले बारा सिमराको नव जनजागृती युवा क्लबलाइ ३–० गोलले पराजित गर्दै अन्तिम चारको यात्रा तय गरेको हो। नारायणी रंगशालामा भएको खेलमा भरतले ४३औं मिनेटमा पहिलो गोल गर्दै बर्मीलाई अग्रता दिलाएका थिए। दोस्रो हाफमा आर्मीले…

    विस्तृतमा पढ्नुस्

  • विशाल गोल्डकप : विश्वास श्रेष्ठको ह्याट्रिकमा हिमालयन शेर्पाको शानदार जित

    विशाल गोल्डकप : विश्वास श्रेष्ठको ह्याट्रिकमा हिमालयन शेर्पाको शानदार जित

    वीरगंज : वीरगंजमा जारी दोस्रो टुबोर्ग विशाल गोल्डकप फूटबल प्रतियोगिताअन्तर्गत आइतवार भएको खेलमा हिमालयन शेर्पाले विभागीय टोली एपीएफलाई ४-१ ले पराजित गरेको छ। हारपछि एपीएफ पहिलो चरणबाटै बाहिरिएको छ। शेर्पालाई जिताउन विश्वास श्रेष्ठले ह्याट्रिक गरे। तीन जना विदेशी खेलाडी खेलाएको शेर्पाले पहिलो हाफमा चार गोल गरेको थियो। शेर्पाको तर्फबाट विदेशी खेलाडी प्याट्रिक गोहाले नवौँ मिनेटमा गोल गरी अग्रता दिलाएका थिए।…

    विस्तृतमा पढ्नुस्

  • विशाल गोल्डकप : कोलकतावरुद्ध वीरगंज पेनाल्टीसुटआउटमा विजयी

    विशाल गोल्डकप : कोलकतावरुद्ध वीरगंज पेनाल्टीसुटआउटमा विजयी

    वीरगंज : दोस्रो विशाल गोल्डकपमा वीरगंज एघारले विजयी सुरुवात गरेको छ। विशाल मेमोरियाल फाउन्डेशनद्वारा नारायणी रंगशालामा आजबाट सुरु भएको आयोजित उद्घाटन खेलमा वीरगंज एघारले कोलकत्ता भारत टिमलाई पेनाल्टीसुटआउटमा ४–१ गोल अन्तरले पराजित गरेको छ। निर्धारित समयको खेल बराबरीभएपछि खेलको निर्णय पेनाल्टीसुटआउटबाट भएको हो। वीरगंजका लागि टिमका कप्तान कृष्ण शाक्य, शिसस थापा, कृपाकान्त चौधरी र अहुज सिंहले गोल गरेका थिए। कोलकत्ताका…

    विस्तृतमा पढ्नुस्

  • वीरगंज रेल मार्गमा जोडिएपछि नेपाल आर्थिक क्रान्तिको दिशामा अघि बढ्छ : गृहमन्त्री थापा

    वीरगंज रेल मार्गमा जोडिएपछि नेपाल आर्थिक क्रान्तिको दिशामा अघि बढ्छ : गृहमन्त्री थापा

    वीरगंज: संघीय सरकारका गृहमन्त्री रामबहादुर थापाले वीरगंज आसपास भइरहेका राष्ट्रिय गौरवको आयोजनाहरुलाई तीव्रता दिने प्रतिबद्धता जनाएका छन्। वीरगंज उद्योग वाणिज्य संघको ४३ औं सधारण सभामा होटल भिस्वामा आयोजित उद्घाटन समारोहमा उनले राष्ट्रिय गौरवको आयोजनाको विषयमा केन्द्र सरकार गम्भीर रहेकोले निर्धारित समयमै ती आयोजना सकाउन जिम्मेवारीकसाथ अघि बढेको बताए। ‘यस क्षेत्रका सडक विस्तार,रे ल्वे कनेक्टभिटी, फास्ट ट्रयाक तथा निजगढ विमानस्थल, सुक्खा…

    विस्तृतमा पढ्नुस्

  • प्रदेश २ को सम्पर्क भाषा हिन्दी बनाउन सांसद यादवको सुझाव

    प्रदेश २ को सम्पर्क भाषा हिन्दी बनाउन सांसद यादवको सुझाव

    वीरगंज: पर्सा क्षेत्र नं १ का प्रतिनिधि सभा सदस्य प्रदीप यादवले प्रदेश २ को सम्पर्क भाषाको रुपमा हिन्दीलाई स्थापित गर्न सुझाव दिएका छन्। वीरगंजमा विश्व हिन्दी दिवसको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो सुझाव दिएका हुन्। होटल भिस्वामा आयोजित कार्यक्रममा उनले भने,‘देशमा संघीयता लागु भएपछि प्रदेश २ अन्तर्गत आठ जिल्ला परेका छन्, सबै जिल्लालाई हिन्दीले बाँधेको छ, यो भन्दा…

    विस्तृतमा पढ्नुस्

  • संघीय सरकारलाई प्रदेश २ का मुख्यमन्त्रीको काउन्टर, ‘नारायणी अस्पताललाई प्रदेशकै मेडिकल कलेज बनाउँछु’

     संघीय सरकारलाई प्रदेश २ का मुख्यमन्त्रीको काउन्टर, ‘नारायणी अस्पताललाई प्रदेशकै मेडिकल कलेज बनाउँछु’

    वीरगंजः संघीय सरकारले वीरगंजको नारायणी उपक्षेत्रीय अस्पताल(नाउक्षे)लाई केन्द्रीय अस्पतालको दर्जा दिँदै टर्सरी अस्पतालमा स्तरोन्नति गर्ने मन्त्रिपरिषद्बाट निर्णय गरेलगत्तै प्रदेश २ को सरकार पनि नारायणी अस्पताललाई मेडिकल कलेज बनाउने बताएको छ। प्रदेश २ का मुख्यमन्त्री लालबाबू राउतले अस्पतालको आकस्मिक निरीक्षण गर्दै अस्पताल व्यवस्थापन पक्ष तथा सरोकारवालाहरुसँग खुल्ला बहस कार्यक्रम आयोजना गरेका छन्। मुख्यमन्त्री राउतले संघीय सरकारबाट विगत लामो समयदेखि विभेदमा खेप्दै…

    विस्तृतमा पढ्नुस्

  • प्रतिबन्धित भारु भारत लैजाने क्रममा वीरगंजबाट तीन जना पक्राउ

    प्रतिबन्धित भारु भारत लैजाने क्रममा वीरगंजबाट तीन जना पक्राउ

    वीरगंज: पर्सा प्रहरीले प्रतिबन्धित भारु लैजाने क्रममा तीनजनालाई पक्राउ गरेको छ। गत मंसिर २९ गते एक जना १ लाख ७० हजार भारु नोटसहित पक्राउ परेका थिए भने पुस १ गते भारु ५ लाख ६२ हजारसहित थप एक जनालाई पक्राउ गर्‍यो। दुबैसँग ५ सय र १ हजारको नोट बरामद भएको थियो। बुधवार अपरान्ह ४ बजे को समयमा वीरगंज–१६ ईनार्वा शंकराचायृ गेट नजिकबाट…

    विस्तृतमा पढ्नुस्

  • वीरगंज महानगरले प्रधानाध्यापकहरु सरुवा गरेपछि आन्दोलन

    वीरगंज महानगरले प्रधानाध्यापकहरु सरुवा गरेपछि आन्दोलन

    वीरगंज: वीरगंज महानगरभित्र पर्ने आठ वटा माध्यमिक विद्यालयका प्रधानाध्यापकहरुको सरुवाको विरोधमा वीरगंजमा शिक्षक तथा विद्यार्थीहरुले पुस ९ र १० गतेको लागि दुई दिने शैक्षिक हडताल अह्वान गरेका छन्। शिक्षकहरुको विभिन्न राजनीतिक दल निकट पेशागत संगठनहरुले महानगरले गरेको सरुवा गैरकानुनी भएको भन्दै निर्णय फिर्ता गराउन आन्दोलनमा उत्रेका हुन्। शैक्षिक हडतालका कारण महानगरभित्रका सरकारी विद्यालयहरुको पठनपाठन प्रभावित बनेको छ। नेपाल शिक्षक संघका तीर्थराज…

    विस्तृतमा पढ्नुस्

  • दशौं सिमरा गोल्डकप माघ पहिलो साता, विजेतालाई ६ लाख, एउटा विदेशी टिम आउने

    दशौं सिमरा गोल्डकप माघ पहिलो साता, विजेतालाई ६ लाख, एउटा विदेशी टिम आउने

    वीरगंज : दशौं सिमरा गोल्डकप माघको पहिलो साता आयोजना हुने भएको छ। आयोजकले नव जनजागृति क्लबले शुक्रवार पत्रकार सम्मेलन गरी प्रतियोगिता माघ ३ देखि १२ गतेसम्म आयोजना गर्ने जानकारी गराएको हो। अखिल नेपाल फूटबल संघ (एन्फा)को क्यालेन्डर अनुसार प्रतियोगिता आयोजना गर्न लागेको आयोजकले जनाएको छ। सिमरा रंगशालामा १० दिसम्म चल्ने प्रतियोगितामा ए डिभिजनका ६ क्लब, मोफसलको तीन क्लब र एउटा…

    विस्तृतमा पढ्नुस्

  • भारतीय तेल तस्कर र प्रहरीबीच झडपः चार प्रहरी घाइते, राइफल लुटेर तस्कर फरार

    भारतीय तेल तस्कर र प्रहरीबीच झडपः चार प्रहरी घाइते, राइफल लुटेर तस्कर फरार

    वीरगंज : पर्साको जगरनाथपुर गाउँपालिका वडा नम्बर १ स्थित पाण्डेपुरमा प्रहरी तथा तस्करबीच झडप हुँदा ४ जना प्रहरी घाइते भएका छन्।  तेल तस्कर समूहले प्रहरीको थ्रि नट थ्री राइफल समेत खोसेर फरार भएको प्रहरीले जनाएको छ। प्रहरी चौकी पाण्डेपुरबाट प्रहरी सहायक नीरिक्षक विष्णुदेव यादव, प्रहरी हवल्दार प्रेम थापा, प्रहरी जवान अर्जुन चौधरी र प्रहरी सहायक नीरिक्षक जयशुन महतो गम्भीर घाइते भएका छन्।…

    विस्तृतमा पढ्नुस्


@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell