PahiloPost

May 12, 2024 | ३० बैशाख २०८१

  • वीरगंजको घडीअर्वामा छठको तयारी पुरा हुँदै, सुरक्षामा १५ वटा सिसिटिभी

    वीरगंजको घडीअर्वामा छठको तयारी पुरा हुँदै, सुरक्षामा १५ वटा सिसिटिभी

    वीरगंजः आउँदो मंगलवार परेको आस्थाको छठ पर्वको अवसर पारी आर्थिक नगरी वीरगंजको घडीअर्वा छठ घाट पोखरीको तयारी अन्तिम चरणमा पुगेको छ। पोखरीको सजावटको काम आज बिहान ११ बजे सम्म ८० प्रतिशत तथा भोलि साँझसम्ममा सकिने छठ पूजा व्यवस्थापन समितिका अध्यक्ष प्रेम साह कानुले बताए। २०५६ देखि सञ्चालनमा आएको करिब ३ बिघा क्षेत्रको पोखरीको किनार तथा सूर्य मन्दिरलाई सिँगार्ने काम तीव्र…

    विस्तृतमा पढ्नुस्

  • ट्याक्सी र जिप जुध्यो, ट्याक्सीभित्रका ३ जनाको मृत्यु

    ट्याक्सी र जिप जुध्यो, ट्याक्सीभित्रका ३ जनाको मृत्यु

    वीरगंज : बाराको निजगढमा अाज बिहान ट्याक्सी र जीप एक आपसमा ठोक्किँदा तीन जनाको मृत्यु भएको छ। दुर्घटनामा परी २ जना गम्भीर घाइते भएका छन्। मृत्यु हुनेमा भक्तपुरका २८ वर्षीय ट्याक्सी चालक समुन्द्र श्रेष्ठ, निजगढ नगरपालिका -७ का २५ वर्षका आकाश माझी र सोही ठाउँका २५ वर्षका विशाल माझी छन्। उनीहरु सबै ट्यक्सीमै सवार थिए। निजगढ-७ पर्ने भावरा पुल नजिक…

    विस्तृतमा पढ्नुस्

  • दीपावलीको दियोले भिखमपुरमा जल्यो ७ घर, १० लाखको क्षति

    दीपावलीको दियोले भिखमपुरमा जल्यो ७ घर, १० लाखको क्षति

    वीरगंज: पर्साको धोबिनी गाउँपालिकामा लक्ष्मीपूजाका दिन अागलागी हुँदा ७ वटा घरगोठ जलेर १० लाखको क्षति भएको छ। धोबिनीको वडा नं २ पर्ने भिखमपुरमा अाज साँझ ७ बजे अागलागी भएको हो। दीपावलीको दिन स्थानीय बासिन्दाले गोठमा दियो बालेर अाएको केही बेरमा भीषण अागलागी भएको भिखमपुरका स्थानीय हरेन्द्र राउत कुर्मीले बताए। अागलागीमा परी झगरू महतो, हिरा चौहान, नथुनी राउत कुर्मी, जगदीश राउत…

    विस्तृतमा पढ्नुस्

  • दुई लाख भारुसहित वीरगंजबाट एकजना भारतीय पक्राउ

    दुई लाख भारुसहित वीरगंजबाट एकजना भारतीय पक्राउ

    वीरगंजः पर्सा प्रहरीले अवैध भारु दुई लाख नगदसहित एक जना भारतीयलाई पक्राउ गरेको छ। प्रहरीले रक्सौलबाट वीरगंजतर्फ आइरहेको बिहार, मोतिहारी जिल्ला रक्सौलका रोहितकुमार शर्मालाई उक्त रकमसहित पक्रेको हो।  शनिवार अपरान्ह ३ बजेको समयमा शरीरमा लुकाई पैदल आइरहेको अवस्थामा वीरगंज–१६ रजतयन्ती चोकबाट उनलाई पक्राउ गरेको प्रहरी उपरीक्षक रेवती ढकालले जानकारी दिए। शर्मालाई थप अनुसन्धानको लागि राजस्व अनुसन्धान विभाग हरिहर भवन पुल्चोक…

    विस्तृतमा पढ्नुस्

  • निजगढबाट होटल व्यवसायी संघ बाराका अध्यक्षसहित २२ जना जुवाडे पक्राउ

    निजगढबाट होटल व्यवसायी संघ बाराका अध्यक्षसहित २२ जना जुवाडे पक्राउ

    वीरगंजः होटल व्यवसायी संघ बाराका अध्यक्ष मोहन शर्मा लामिछानेसहित २२ जना जुवाडेलाई बारा प्रहरीले बुधबार राती निजगढबाट पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय निजगढका प्रहरी निरीक्षक विक्रम लामासहितको टोलीले निजगढ नगरपालिका–३ सिङ्गौलबाट उनिहरुलाई पक्राउ गरेको हो। स्थानीय एक घरमा कौडा खेलिरहेका बेला पक्राउ परेका अन्यको नाम प्रहरीले खुलाएको छैन। लामाका अनुसार जुवाको खालबाट २ लाख ३० हजार नगद बरामद भएको…

    विस्तृतमा पढ्नुस्

  • रामनगरमा मारिएका कांग्रेस कार्यकर्ताको अन्त्येष्टि भोलि, नेकपा नेता भन्छन् : हत्यामा पार्टीको संलग्नता छैन

    रामनगरमा मारिएका कांग्रेस कार्यकर्ताको अन्त्येष्टि भोलि, नेकपा नेता भन्छन् : हत्यामा पार्टीको संलग्नता छैन

    वीरगंज: आज बिहान सर्लाहीको रामनगरमा मारिएका कांग्रेस कार्यकर्ता रामविलास महतोको भोलि अन्त्येष्टि हुने भएको छ।  नेपाल कम्युनिस्ट पार्टी (ने क पा) र नेपाली कांग्रेसका कार्यकर्ताबीच झडप हुँदा गोली लागी महतोको मृत्यु भएको हो। अन्त्येष्टि समारोहमा कांग्रेस उपसभापति विमलेन्द्र निधि, प्रवक्ता विश्वप्रकाश शर्मालगायतका केन्द्रीय नेता तथा सर्लाहीका सांसदहरु पुग्ने भएका छन्। जिल्ला प्रशासनले दोषीलाई हदैसम्मको कारवाही गर्ने जनाएपछि महतोको शव पोस्टमार्टमको…

    विस्तृतमा पढ्नुस्

  • सम्पतिको लोभमा छिमेकीले नै गरे ६५ वर्षीयको हत्या, पक्राउ पर्नेमा एकै घरका तीन जना

    सम्पतिको लोभमा छिमेकीले नै गरे ६५ वर्षीयको हत्या, पक्राउ पर्नेमा एकै घरका तीन जना

    वीरगंजः बारा कलैयामा गत शनिवार ६५ वर्षीय वृद्ध नन्दालाल पटेलको हत्या अभियोगमा चार जना पक्राउ परेका छन्। हत्याको अभियोगमा ४५ वर्षीय छिमेकी वीरेन्द्र पटेल, निजका छोरा वर्ष १९ का विशाल पटेल, वीरेन्द्रका बुवा वर्ष ६५ का बैजनाथ राउत कुर्मी गरी एकै घरका तीन जना पक्राउ परेका छन् भने अर्का बारा सिम्रौनगढ नगरपालिकाका रामअयोध्या दास रहेका छन्। पक्राउ परेका चारै जनालाई…

    विस्तृतमा पढ्नुस्

  • खोला प्रदूषित गरेको भन्दै वीरगंजका १० उद्योगमाथि अदालतमा मुद्दा

    खोला प्रदूषित गरेको भन्दै वीरगंजका १० उद्योगमाथि अदालतमा मुद्दा

    वीरगंजः पर्सा जिल्ला भएर भारततर्फ बग्ने श्रीर्सिया खोलाको प्रदूषणको सम्बन्धमा कानुनी उपचार खोज्न पर्सा जिल्ला अदालतमा मुद्दा परेको छ। पर्साका अधिवक्ता सुरेन्द्रप्रसाद कुर्मीले शुक्रबार मुद्दा दर्ता गराएका हुन्। सार्वजनिक सरोकारको विषय भएकोले हालको कानुनी अधिकारको प्रयोग गर्दै उपचार खोज्न श्रीर्सिया खोला प्रदूषण गर्ने प्रमुख भूमिका निर्वाह गर्ने ११ जनाविरुद्ध मुद्दा दायर गरेको उनले बताए। कुर्मीले वीरगंज महानगरसँगै पर्सा लिपनीविर्तामा स्थापना भई…

    विस्तृतमा पढ्नुस्

  • बारामा अज्ञात समूहद्वारा वृद्धको घाँटी रेटी हत्या

    बारामा अज्ञात समूहद्वारा वृद्धको घाँटी रेटी हत्या

    वीरगंजः बारामा वृद्धको हत्या भएको छ। कलैया उपमहानगरपालिका-२३ कोइरिया टोलका करिब ६० वर्षीय नन्दलाल पटेलको अज्ञात समूहले हत्या गरेको प्रहरी नायव उपरीक्षक रञ्जित सिंह राठौरले बताए। साढे आठ बजेको समयमा टोल नजिकैको गोठघरमा सुत्न गएको बेला अज्ञात समूहले धारिलो हतियारले पटेलको घाँटी रेटी हत्या गरेको हो। श्रीमतीसँगै रातिको समयमा गोठघरमै बस्दै आएको वृद्धको बीभत्स हत्याले टोल त्रसित बनेको छ। घटनाबारे स्थानीयले…

    विस्तृतमा पढ्नुस्

  • पेस्तोल लिएर वीरगंज घुम्न आएका तीन जना भारतीय सशस्त्र प्रहरीको नियन्त्रणमा

    पेस्तोल लिएर वीरगंज घुम्न आएका तीन जना भारतीय सशस्त्र प्रहरीको नियन्त्रणमा

    वीरगंज: सशस्त्र प्रहरी बल राजस्व तथा भन्सार वीरगंज गुल्मले पेस्तोल, १२ राउन्ड गोली भएको दुई वटा म्यागेजिनसहित भारतीय नम्बरप्लेट भएको स्कारपियो गाडीबाट तीन जनालाई नियन्त्रणमा लिएको छ। गुल्मका निमित्त गुल्मपति सशस्त्र प्रहरी निरीक्षक पदम खड्काकाअनुसार हिजो साँझ ६ बजे गाडी इन्ट्री गराई गाडी जाँच गर्दा बिआर ०५ पिए ६१७७ नं स्कारपियोमा पेस्तोल र गोली फेला परेपछिप चालकसहित तीन जनालाई पक्राउ गरिएको…

    विस्तृतमा पढ्नुस्

  • सिके राउतका २८ समर्थक पक्राउ, सार्वजनिक अपराधमा मुद्दा चलाइने

    सिके राउतका २८ समर्थक पक्राउ, सार्वजनिक अपराधमा मुद्दा चलाइने

    वीरगंज: सिके राउतका २८ जना समर्थकलाई आज वीरगंजबाट पक्राउ गरिएको छ। उच्च अदालत जनकपुरको अस्थायी इजलाश वीरगंजमा पेशीको क्रममा आज दिउँसो १ बजे गरिएको राउतको समर्थनमा प्रदर्शनमा उत्रेकाहरुलाई पक्राउ गरिएको हो। पक्राउ परेकाहरुलाई जिल्ला प्रहरी कार्यालयको हिरासतमा राखिएको पर्सा प्रहरीले जनाएको छ। पक्राउ पर्नेमा प्रदेश दुईका पर्सा, बारा, रौतहट, महोत्तरी, धनुषा, सप्तरीलगायत जिल्लाका ४ महिला र २० पुरुष रहेका छन्।…

    विस्तृतमा पढ्नुस्

  • अपहरणमा परेका बाराका ६ वर्षीय बालकको हत्या  

    अपहरणमा परेका बाराका ६ वर्षीय बालकको हत्या  

    वीरगंज: बारामा ६ बर्षीय बालकको अपहरणपछि हत्या भएको छ। सिम्रौनगढ नगरपालिका वडा ३ नौकाटोला  बस्ने धनेश्वर यादवको छोरा दीपक यादवको अपहरणपछि हत्या भएको जिल्ला प्रहरी कार्यालय बारा प्रहरी प्रमुख एसपी मीरा चौधरीले जानकारी दिइन्।  असोज २४ गते सिम्रौनगढको मेलाबाट अपहरण गरी १० लाख रुपैयाँ फिरौती माग गरेको मृतक बालकको परिवारबाट कुरा आएको तर प्रहरीको अनुसन्धानबाट छिमेकीले नै पुरानो पारिवारिक रिसइबीको…

    विस्तृतमा पढ्नुस्

  • प्रदेश २ मा बन्न लागेको प्रहरी ऐन संविधान बमोजिम नै : मुख्यमन्त्री राउत

    प्रदेश २ मा बन्न लागेको प्रहरी ऐन संविधान बमोजिम नै : मुख्यमन्त्री राउत

    वीरगंज: मुख्यमन्त्री लालबाबु राउतले प्रदेश सरकारले बनाउन लागेको प्रदेश प्रहरी ऐन संविधानको भावना बमोजिम आउन लागेको बताएका छन्। जनकपुरमा ६३ औं प्रहरी दिवसको अवसरमा प्रदेश प्रहरी कार्यालय प्रदेश नं. २ ले आयोजना गरेको कार्यक्रममा मुख्यमन्त्री राउतले प्रदेश प्रहरी विधेयक चाँडै प्रदेशसभाबाट पारित हुने जानकारी गराए। प्रहरी प्रणालीलाई पुर्नसंरचना गरी मुलुकमा सक्षम, सुदृढ र व्यवसायिक प्रहरी संगठनको रुपमा रुपान्तरण गर्नु आजको आवश्यक्ता…

    विस्तृतमा पढ्नुस्

  • पर्साका शिक्षा इकाई प्रमुख लालबाबू साह ४० हजार घुससहित पक्राउ

    पर्साका शिक्षा इकाई प्रमुख लालबाबू साह ४० हजार घुससहित पक्राउ

    वीरगंज: शिक्षा विकास तथा समन्वय ईकाई पर्साका प्रमुख(उपसचिव) लालबाबू साह ४० हजार घुस रकमसहित पक्राउ परेका छन्। अख्तियार दुरुपयोग अनुसन्धान आयोगको क्षेत्रीय कार्यालय हेटौंडाको टोलीले आज अपरान्ह ४ बजे उनलाई निजकै चिनीमिल अवास क्षेत्रभित्र रहेको क्वाटरबाट पक्राउ गरेको हो।  अख्तियारको क्षेत्रीय प्रमुख होमकला पाण्डेका अनुसार पर्साको जगरनाथपुर गाउँपालिका वडा नं ३ मा रहेको नेपाल राष्ट्रिय निम्न माध्यमिक विद्यालयको पठाइएको भवन…

    विस्तृतमा पढ्नुस्

  • भ्रष्टाचारको मुद्दा लागेर निलम्बित सांसद पप्पु मुख्यमन्त्रीसँग एउटै मञ्चमा

    भ्रष्टाचारको मुद्दा लागेर निलम्बित सांसद पप्पु मुख्यमन्त्रीसँग एउटै मञ्चमा

    वीरगंज : भ्रष्टाचारको मुद्दा दर्ता भएपछि निलम्बित सांसद हरिनारायणप्रसाद रौनियार (पप्पु)ले प्रदेश २ का मुख्यमन्त्री लालबाबू राउत सहभागी एक कार्यक्रममा शनिबार देखा परेका छन्। पोखरीया नगरपालिकाको दोस्रो नगरसभामा विशिष्ट अतिथिको रुपमा उनी कार्यक्रममा पुग्दा सबै जना अचम्ममा परेका थिए।  कार्यक्रमको उदघाटन समारोहलाई सम्बोधन गर्दै  उनले आफूमाथि चौतर्फी प्रहार भएको बताए। ‘जुन दिनदेखि चुनाव जितेको छु,ममाथि प्रहार भइरहेको छ,आफ्नै दलका केही नेता…

    विस्तृतमा पढ्नुस्

  • ठोरीमा रोकिएन हात्ती आक्रमण, एक महिनामा तीन जनाको मृत्यु

    ठोरीमा रोकिएन हात्ती आक्रमण, एक महिनामा तीन जनाको मृत्यु

    वीरगंजः पर्साको सुदूरपश्चिम गाउँपालिका ठोरीमा जंगली हात्तीको आक्रमणमा परी एक महिनामा तीन जनाको ज्यान गएको छ। पर्सा राष्ट्रिय निकुञ्जले हात्ती धपाउन तारजालीको कार्यक्रम लागू गरे पनि ठोरीमा हात्ती आक्रमण रोकिएको छैन। शनिबार ठोरी गाउँपालिका–३ सिकारीवासमा पहिचान खुल्न नसकेकी ६० वर्षकी महिलाको हात्तीको आक्रमणबाट मृत्यु भएको छ। गाउँभर खाना मागेर दैनिक गुजारा गर्दै आएकी महिलाका मृत्युबाट सिकारीवास र ठोरी पुनः त्रसित बनेको…

    विस्तृतमा पढ्नुस्

  • कसले प्रहार गर्‍यो वीरगंजमा नोबलका मेनेजरलाई लक्षित गरी चार राउन्ड गोली?

    कसले प्रहार गर्‍यो वीरगंजमा नोबलका मेनेजरलाई लक्षित गरी चार राउन्ड गोली?

    वीरगंज: वीरगंज भन्सार नजिक रहेको कोइला डिपो नोबेल इन्टरप्राइजेजका प्रबन्धक मदन साह तेलीमाथि गोली प्रहार भएको छ। वीरगंज महानगरपालिका–२ भन्सार रोडस्थित कोइला डिपोमा सुतिरहेको अवस्थमा आज बिहान अज्ञात समूहले ४ राउन्ड गोली प्रहार गरेको पर्साका प्रहरी उपरीक्षक रेवती ढकालले जनाए। ‘सुतिरहेको अवस्थामा ढोकाको माथिबाट हात छिराई गोली प्रहार भएको छ, तर गोली कसैलाई लागेको छैन, तेली सकुशल छन्,’उनले भने,‘तेली सुतेको…

    विस्तृतमा पढ्नुस्

  • मधेशसित सहमतिको नाममा पटकपटकका प्रधानमन्त्रीले नौट‌ंकी गरे : महन्थ ठाकुर

    मधेशसित सहमतिको नाममा पटकपटकका प्रधानमन्त्रीले नौट‌ंकी गरे : महन्थ ठाकुर

    वीरगंज: राष्ट्रिय जनता पार्टी नेपालका अध्यक्ष मण्डलका संयोजक महन्थ ठाकुरले तीन पटकको मधेश आन्दोलनको क्रममा सहमति गर्ने सबै प्रधानमन्त्रीहरूले नौट‌कीमात्र गरेको आरोप लगाएका छन्। वीरगंज घण्टाघरमा आज विरोध सभालाई सम्बोधन गर्दै उनले मधेश आन्दोलनलाई मत्थर पार्न विभिन्न समयमा विभिन्न बुँदा सहमति गरिएको तर उक्त सहमति पटकथा झै साबित भएको बताएका हुन्। ‘कुन सहमतिको पुरा बुँदा कार्यान्वयन भएको छ, सबै जनतालाई…

    विस्तृतमा पढ्नुस्

  • बाराको अन्नपूर्ण केमिकल्स साबुन उद्योगमा भीषण आगलागी, नियन्त्रणको प्रयास जारी

    बाराको अन्नपूर्ण केमिकल्स साबुन उद्योगमा भीषण आगलागी, नियन्त्रणको प्रयास जारी

    वीरगंजः बारा, परवानीपुर गाउँपालिका वडा नं ३ चैनपुरमा रहेको अमृत वनस्पति घ्घू उद्योग परिसरभित्र रहेको अन्नपूर्ण केमिकल्स एण्ड सप प्रालिमा भीषण आगलागी भएको छ। अन्नपूर्ण केमिकल साबनु उद्योग हो। बिहान करिब ७ बजे सुरु भएको आगलागी हालसम्म नियन्त्रणमा लिन सकिएको छैन। पर्साका प्रहरी नायव उपरीक्षक सत्यनारायण थापाका अनुसार आगो नियन्त्रण गर्ने कार्य भइरहेको तर नियन्त्रणमा लिन सकिएको छैन। ‘वीरगंज महानगर,…

    विस्तृतमा पढ्नुस्

  • वीरगंजका मेयर सरावगीले किन दिए राजीनामा?

    वीरगंजका मेयर सरावगीले किन दिए राजीनामा?

    वीरगंज: प्रदेश नम्बर २ को एक मात्र महानगर वीरगन्जका मेयर विजय सरावगी पार्टी बदल्ने सोचमा छन्। त्यसै कारण उनले  संघीय समाजवादी फोरम नेपाल पार्टीका केन्द्रीय अध्यक्ष, उपप्रधानमन्त्री तथा स्वास्थ्य मन्त्री उपेन्द्र यादवलाई राजीनामा बुझाएका छन्। अध्यक्ष यादव बाहिर रहेकोले सामाजिक सञ्जाल ह्वाट्स एपबाट राजीनामा लेखेर पठाएको उनले बताए। पार्टीका नेताहरूबाट अनावश्यक दबाब आएपछि पार्टी छोडेन सोच बनाएका मेयर सरावगी दुई दिन…

    विस्तृतमा पढ्नुस्


@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell