PahiloPost

Apr 29, 2024 | १७ बैशाख २०८१

  • भारतीय जनता पार्टीका केन्द्रीय प्रवक्ता हुसैन किन आए पैदलै विराटनगरमा?

    भारतीय जनता पार्टीका केन्द्रीय प्रवक्ता हुसैन किन आए पैदलै विराटनगरमा?

    विराटनगर : भारतमा सत्तारूढ भारतीय जनता पार्टीका केन्द्रीय प्रवक्ता शैयद सहनबाज हुसैन विराटनगर आइपुगेका छन्। भारतको सीमावर्ती शहर जोगबनी र विराटनगर नाका हुँदै प्रवक्ता हुसैन बिहिबार साँझ ७.०० बजे नेपाल प्रवेश गरेका हुन्। आफ्ना समर्थक र कार्यकर्ताका माझ उनी पैदलै विराटनगर प्रवेश गरेका थिए। पहिलोपोस्टसित प्रवक्ता हुसैनले आफ्नो नितान्त व्यक्तिगत भ्रमण भएकाले कुनै विषयमा बोल्न अनिच्छुक रहेको  बताए। आफू एक मित्रको…

    विस्तृतमा पढ्नुस्

  • काङ्ग्रेस राजधानी विराटनगर महानगरमा काङ्ग्रेसकै राज, यसरी सम्भव भयो पराजुलीको जित

    काङ्ग्रेस राजधानी विराटनगर महानगरमा काङ्ग्रेसकै राज, यसरी सम्भव भयो पराजुलीको जित

    विराटनगर : पहिलो चरणको निर्वाचनमा मुलुकका मुख्य २ महानगर काठमाडौं र पोखरामा पराजयको पीडा बोकेको नेपाली काङ्ग्रेसले विराटनगरको परिणामबाट शीतल अनुभव गरेको छ। विराटनगर महानगरको प्रमुख र उपप्रमुखसहित ७ वटा वडाध्यक्षमा विजय हासिल गरेको काङ्ग्रेसलाई विराटनगरको परिणामले चित्त बुझाउने बाटो खुलेको हो। निर्वाचन कार्यालयबाट शनिबार राति ११.४५ बजे घोषित मतगणनाको अन्तिम परिणामअनुसार काङ्ग्रेसका आकांक्षी भीम पराजुलीले ५ हजार ७ सय…

    विस्तृतमा पढ्नुस्

  • विराटनगर महानगरमा २० वर्षपछि काङ्ग्रेसको कम ब्याक

    विराटनगर महानगरमा २० वर्षपछि काङ्ग्रेसको कम ब्याक

    विराटनगरः अन्य कुनै चमत्कार भएन भने आइतबार बिहानसम्ममा विराटनगर महानगरमा नेपाली काङ्ग्रेसका प्रमुख र उपप्रमुख निर्वाचित भएको खबर आइसक्ने छ। महानगरपालिकामा २० वर्षपछि काङ्ग्रेस नेतृत्वको कम ब्याक हुने भएको हो। महानगरमा फराकिलो मतान्तरले काङ्ग्रेसका प्रमुख र उपप्रमुखले कुर्सी जमाउने भएपनि २० वर्ष अघिकै जस्तो बहुमत भने नपाउने सङ्केत देखिएको छ। वडाका १९ मध्ये ७ वटा वडामा मात्र काङग्रेसका वडा अध्यक्षले जितेका…

    विस्तृतमा पढ्नुस्

  • विराटनगरमा मतगणना सकिन अझै पाँच दिन लाग्ने

    विराटनगरमा मतगणना सकिन अझै पाँच दिन लाग्ने

    विराटनगरः विराटनगर महानगरपालिकाको मतगणना सकिन अझै कम्तीमा ५ दिन लाग्ने भएको छ। मुख्य निर्वाचन अधिकृत विनोद पोखरेलले अहिलेकै गतिमा गणना गर्दा अझै कम्तीमा ५ दिन लाग्ने जानकारी दिएका हुन्। महानगरको मतगणना असार १५ गते बिहानदेखि सुरु गरिएको थियो। विराटनगरका कुल १९ वडामा ८० हजार ४ सय ७७ मत खसेको छ। महानगरमा १ लाख १३ हजार मतदाता छन्। बिहीबार दिउँसोसम्ममा ४५…

    विस्तृतमा पढ्नुस्

  • उद्योगी बगडिया बने रङ्गेलीको प्रमुख, उपप्रमुखमा विवाद भएपछि पुनः मतगणना

    उद्योगी बगडिया बने रङ्गेलीको प्रमुख, उपप्रमुखमा विवाद भएपछि पुनः मतगणना

    विराटनगरः मारवाडी समुदायको औद्योगिक घरानाबाट मोरङको एक नगरपालिकामा नेतृत्व हुने भएको छ।   मोरङको पुरानो सदरमुकाम रङ्गेलीको प्रमुख पदमा मारवाडी कुलमा जन्मिएका एवम् उद्योगी पृष्ठभूमिका दिलीप अग्रवाल बगडिया निर्वाचित भएका छन्। बगडिया ८ हजार ८२ मत प्राप्त गरी प्रमुखमा विजयी भएका हुन्। उनका निकटतम् प्रतिद्वन्द्वी नेपाली काङ्ग्रेसका मोदराज घिमिरेले ६ हजार २ सय ५० मत प्राप्त गरे। रङ्गेली नगरपालिकामा बगडिया…

    विस्तृतमा पढ्नुस्

  • शेखर कोइरालाको पकेट क्षेत्रमा लोकतान्त्रिक फोरमको झण्डा

    शेखर कोइरालाको पकेट क्षेत्रमा लोकतान्त्रिक फोरमको झण्डा

    विराटनगरः नेपाली काङ्ग्रेसका केन्द्रीय सदस्य डा.शेखर कोइरालाको पकेट क्षेत्र मानिएको मोरङको बुढीगङ्गा गाउँपालिकामा नेपाल लोकतान्त्रिक फोरमले झण्डा गाडेको छ। कोइराला संसद्मा विजयी भएको यस गाउँपालिकामा लोकतान्त्रिक फोरमको नेतृत्व स्थापित भएको हो।  निर्वाचन कार्यालयका अनुसार बुढीगङ्गामा लोकतान्त्रिक फोरमका बालचन्द्र माझी ५ हजार ३ सय २७ मत प्राप्त गरेर विजयी भएका हुन्। उनका निकटतम प्रतिद्वन्द्वी काङ्ग्रेसका जितनारायण थापाले ४ हजार ५ सय…

    विस्तृतमा पढ्नुस्

  • विराटनगर महानगरमा मत नै गायब !  कहाँ गयो यादवको ९ मत ?

    विराटनगर महानगरमा मत नै गायब !  कहाँ गयो यादवको ९ मत ?

    विराटनगरः विराटनगर महानगरपालिकामा भइरहेको मतगणनामा आइतबार बिहान ७ बजे निर्वाचन कार्यालयले गरेको घोषणाअनुसार सङ्घीय समाजवादी फोरमका प्रमुखका प्रत्यासी उमेश यादवको मत २ हजार १ सय ३१ थियो। अपरान्ह ४ बजे गणनामा बसेका कर्मचारीले यादवको कूल मत २ हजार १ सय २२ भएको हिसाब निकाले। यादवको ९ मत कहाँ गयो ? यही समस्याका कारण आइतबार साँझ ५ः४५ बजेसम्म कार्यालयले परिणाम घोषणा…

    विस्तृतमा पढ्नुस्

  • मोरङको मिक्लाजुङबाट एमालेको विजयी यात्रा सुरु  

    मोरङको मिक्लाजुङबाट एमालेको विजयी यात्रा सुरु  

    विराटनगर : मोरङका १७ स्थानीय तहमध्येको एक मिक्लाजुङ गाउँपालिकामा नेकपा एमालेका अध्यक्ष र उपाध्यक्ष बहुमत वडाध्यक्षसहित विजयी भएका छन्।   मिक्लाजुङ गाउँपालिकाको अध्यक्षमा एमालेका देवीप्रसाद आचार्य ५ हजार २ सय २९ मत प्राप्त गर्दै विजयी भएका हुन्। उनका निकटतम प्रतिस्पर्धी नेपाली काङ्ग्रेसका मानबहादुर राईले ३ हजार ६ सय ५ मत प्राप्त गरे।  उपाध्यक्षमा नेकपा एमालेका सरला राई ५ हजार ६३…

    विस्तृतमा पढ्नुस्

  • विराटनगर महानगरपालिकामा काँग्रेसको अग्रता

    विराटनगर महानगरपालिकामा काँग्रेसको अग्रता

    विराटनगर : दोस्रो चरणको स्थानीय तह निर्वाचनअन्तर्गत रहेको एक मात्र महानगर विराटनगर महानगरपालिकामा नेपाली काङग्रेसले अग्रता कायमै राखेको छ। अन्य ८ नगरपालिकामध्ये ४ मा एमाले र ४ मा नेकाले अग्रता कायम गरेका छन्। महानगरको पछिल्लो परिणामअनुसार प्रमुख पदमा नेकाका भीम पराजुलीले ६ सय ३४ मत प्राप्त गरेका गरेका छन् भने एमालेका विनोद ढकालले ४ सय ४१ मत प्राप्त गरेका छन्। विराटनगरमा…

    विस्तृतमा पढ्नुस्

  • मोरङमा शान्तिपूर्ण रुपमा मतदान जारी

    मोरङमा शान्तिपूर्ण रुपमा मतदान जारी

    विराटनगरः स्थानीय तहमा दोस्रो चरणको निर्वाचनअन्तर्गत मोरङमा बिहान सात बजेदेखि शान्तिपूर्ण रूपमा मतदान सुरु भएको छ।  २० वर्षपछि भएको स्थानीय निर्वाचनमा मत खसाल्न उत्साहका साथ मतदाताको लर्को लागेको छ।  नेपाली काङ्ग्रेसका केन्द्रीय सदस्य महेश आचार्य, डा.मीनेन्द्र रिजाल, डा. शेखर कोइरालाले बिहान ७.३० बजे नै मतदान गरेका छन्। त्यस्तै, विराटनगर महानगरपालिकामा मेयरका उम्मेदवारहरू नेपाली काङ्ग्रेसका भीम पराजुली र एमालेका विनोद ढकालले…

    विस्तृतमा पढ्नुस्

  • एक ज्युँदो प्रोफेसरलाई निर्वाचनमा मृत्युको सर्टिफिकेट!

    एक ज्युँदो प्रोफेसरलाई निर्वाचनमा मृत्युको सर्टिफिकेट!

    विराटनगर : मत खसाल्न काठमाडौंदेखि विराटनगर आइपुगेका प्राध्यापक रामनाथ शर्मा बरालको मतदाता नामावलीमा नाम पाइएन। उनी उजुरी गर्न जिल्ला निर्वाचन कार्यालय पुगे। कार्यालयले तपाईँको त मृत्यु सिफारिस भएको रहेछ, त्यसैले नाम छैन भन्ने उत्तर दियो। ‘मैले निर्वाचनको केन्द्रीय कार्यालयमा समीर थापालाई पनि फोन गरेँ’, विराटनगरको वडा नं. १० का मतदाता प्राध्यापक शर्माले भने, ‘थापाले गाउँपालिकाबाट मृत्युकै सिफारिस आएको छ त…

    विस्तृतमा पढ्नुस्

  • विराटनगर महानगरपालिकाको निर्वाचनमा देखिएका ५ दृश्य

    विराटनगर महानगरपालिकाको निर्वाचनमा देखिएका ५ दृश्य

    विराटनगर : स्थानीय तहमा दोस्रो चरणको निर्वाचनअन्तर्गत मोरङमा १ सय ६ वर्षीय जेष्ठ नागरिकले मतदान गरेका छन्। मोरङको रतुवामाई नगरपालिका वडा नं. ६ चप्रामारी डोरियाका १ सय ६ वर्षीय खुदनलाल सिंह गनगाईंले आफ्नो मताधिकारको प्रयोग गरेका हुन्। उनले डोरिया मतदान केन्द्रबाट मतदान गरेका थिए। आचार संहिता : अटेरी एमाले निर्वाचनमा आचार संहिताको उल्लङ्घन फाट्टफुट्ट रूपमा पाइएको थियो। विराटनगर वडा नं.…

    विस्तृतमा पढ्नुस्

  • अशक्त मतदातालाई मतदानस्थलसम्म पुर्‍याउन मानवअधिकार आयोगको आग्रह

    अशक्त मतदातालाई मतदानस्थलसम्म पुर्‍याउन मानवअधिकार आयोगको आग्रह

    विराटनगर : नेपाल मानव अधिकार आयोगले अपाङ्गता भएका व्यक्ति, जेष्ठ नागरिकलगायत अशक्त मतदातालाई मतदानस्थलसम्म पुर्‍याउन आवश्यक व्यवस्था गर्न माग गरेको छ। आयोगका सदस्य सुदीप पाठकको नेतृत्वको टोलीले विराटनगरमा सोमबार पत्रकार सम्मेलन गर्दै यस्तो माग गरेको हो। प्रदेश १ का पहाडी जिल्लामा साढे चार किलो मिटर हिँडेर मतदान स्थलसम्म पुग्नुपर्ने बाध्यता देखिएको उल्लेख गर्दै सदस्य पाठकले यसबाट मतदाताको अधिकारको सुरक्षा हुन नसक्ने…

    विस्तृतमा पढ्नुस्

  • मोरङको हात्तीमुढास्थित ग्रिन प्लाई उद्योगमा भीषण आगलागी

    मोरङको हात्तीमुढास्थित ग्रिन प्लाई उद्योगमा भीषण आगलागी

    विराटनगरः मोरङ–सुनसरी औद्योगिक क्षेत्रमा पर्ने प्लाई उद्योगमा आज विहान आगलागी भएको छ। बुढीगङ्गा गाउँपालिका वडा नम्बर पाँच हात्तीमुढास्थित ग्रिन प्लाई उद्योगमा आगलागी भएको हो।  बिहान साढे तीन बजे सुरु भएको आगलागी मध्याह्न साढे १२ बजेसम्म पनि नियन्त्रणमा आएको छैन । उद्योगका सञ्चालक दिवाकर राठीले विद्युत् सर्ट भएर आगलागी भएको जानकारी दिए। आगलागीबाट कारखानाको ६० प्रतिशतभन्दा बढी भाग नष्ट भइसकेको छ। कारखानाभित्र…

    विस्तृतमा पढ्नुस्

  • कुप्रो परेका बुढाबुढीले वैँश सम्झिएजस्तै हो काङ्ग्रेस : ओली

    कुप्रो परेका बुढाबुढीले वैँश सम्झिएजस्तै हो काङ्ग्रेस : ओली

    विराटनगर : नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेपाली काङ्ग्रेस भनेको र्‍याल चुहाउँदै कुप्रो परेर लौरी टेकी हिँड्ने बुढाबुढीले बैँश सम्झेर बैँशका कुरा गरेर रमाउनेजस्तै हो भनेका छन्। शनिबार साँझ विराटनगरमा आयोजित चुनावी सभामा अध्यक्ष ओलीले काङ्ग्रेसप्रति कटाक्ष गर्दै उहिलेका कुरा सम्झेर गफ गर्नबाहेक काङ्ग्रेसले केही गर्न नसक्ने आरोप लगाए। ‘पन्ध्र सालको चुनाव जितेको भनेर काङ्ग्रेस अहिले मक्ख पर्छ’, उनको भनाइ…

    विस्तृतमा पढ्नुस्


@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell