PahiloPost

Apr 30, 2024 | १८ बैशाख २०८१

  • ताप्लेजुङमा एमालेका योगेश भट्टराईको ९ हजार मतले अग्रता, ५ हजार मत गन्न बाँकी

    ताप्लेजुङमा एमालेका योगेश भट्टराईको ९ हजार मतले अग्रता, ५ हजार मत गन्न बाँकी

    विराटनगर : ताप्लेजुङमा नेकपा एमालेका सचिव तथा प्रचार विभाग प्रमुख योगेश भट्टराई विजयको स्पष्ट अवस्थामा पुगेका छन्।  मतगणनाको पछिल्लो परिणामअनुसार सचिव भट्टराई आफ्ना प्रतिद्वन्द्वी नेपाली काङ्ग्रेसका केशवप्रसाद दाहालभन्दा ९ हजार १ सय ४८ मतले अगाडि छन्। अब करिब ५ हजार मत मात्र गणना गर्न बाँकी छ। हालसम्म योगेशले २२ हजार ५ सय ३९ र दाहालले १३ हजार ३ सय २१ मत…

    विस्तृतमा पढ्नुस्

  • मोरङका ६ वटै निर्वाचन क्षेत्रको मतगणना सुरु

    मोरङका ६ वटै निर्वाचन क्षेत्रको मतगणना सुरु

    विराटनगर :  मोरङका ६ वटै निर्वाचन क्षेत्रको मतगणना सुरु भएको छ। विराटनगरको आदर्श माध्यमिक विद्यालयमा बिहान १०ः४५ देखि मतगणना सुरु भएको हो । मोरङमा कुल ६ लाख ४४ हजार ७ सय ८२ मतदातामा ४ लाख ६८ हजार ३ सय ५६ जनाले मतदान गरेका छन्। जिल्ला निर्वाचन अधिकृत राजु खतिवडाले ७२ दशमलव ६३ प्रतिशत मतदान भएको बताए।  

    विस्तृतमा पढ्नुस्

  • नेपालकाे आन्तरिक मामलामा हस्तक्षेप नगर्न भारतलाई ओलीकाे चेतावनी

    नेपालकाे आन्तरिक मामलामा हस्तक्षेप नगर्न भारतलाई ओलीकाे चेतावनी

    विराटनगर :  नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले छिमेकी मुलुक भारतप्रति कटाक्ष गर्दै नेपालको आन्तरिक मामिलामा हस्तक्षेप नगर्न चेतावनी दिएका छन्। ‘हाम्रा आन्तरिक मामिलामा कसैले हस्तक्षेप नगरोस्’, विराटनगरको पुष्पलाल चोकमा आयोजित चुनावी सभामा ओलीले भने, ‘ठूलाठूला हात घुसारेर यहाँको वातावरण हुँडलिदैन। यहाँ केही हुँदैन। बरु तिनै हात पोलिन्छन्।’ उनको भनाइ थियो, ‘हो, यहाँ हस्तक्षेप गरेर केही दिन मलाई प्रधानमन्त्रीबाट हटाए। तर…

    विस्तृतमा पढ्नुस्

  • मोरङ–५ मा त्रिकोणात्मक भिडन्त, गिरिजाप्रसाद र शैलजाको विरासत कसरी जोगाउलान् अमृत अर्यालले ?

    मोरङ–५ मा त्रिकोणात्मक भिडन्त, गिरिजाप्रसाद र शैलजाको विरासत कसरी जोगाउलान् अमृत अर्यालले ?

    विराटनगर :  नेपाली काङ्ग्रेसका स्वर्गीय सभापति गिरिजाप्रसाद कोइराला र काङ्ग्रेसकै क्रान्तिकारी छविकी नेतृ स्वर्गीय शैलजा आचार्यको गरी दुई निर्वाचन क्षेत्र मिलेर बनेको मोरङ क्षेत्र नम्बर–५ मा आफ्नो प्रतिष्ठा जोगाउन काङ्ग्रेस केन्द्रीय सदस्य अमृत अर्याल क्रियाशील छन्।  दोस्रो संविधानसभा २०७० मा यही क्षेत्रबाट सङ्घीय समाजवादी फोरम (तत्कालीन मधेसी जनअधिकार फोरम)का अध्यक्ष उपेन्द्र यादवलाई परास्त गरेर चर्चित बनेका केन्द्रीय सदस्य अर्याल २१ गतेको…

    विस्तृतमा पढ्नुस्

  • डबल ह्याट्रिक गर्ने तयारीमा विजय गच्छदार, कसरी टक्कर दिँदैछिन् महिला नेतृ भगवती चौधरी ?

    डबल ह्याट्रिक गर्ने तयारीमा विजय गच्छदार, कसरी टक्कर दिँदैछिन् महिला नेतृ भगवती चौधरी ?

    विराटनगर :  उपप्रधान एवम् सङ्घीय मामिला तथा स्थानीय विकास मन्त्री विजयकुमार गच्छदार सुनसरीको क्षेत्र नम्बर ३ बाट यस पटक डबल ह्याट्रिक गर्ने तयारीमा जुटिरहेका छन्। प्रजातन्त्र पुनःस्थापनापछि २०४८ को पहिलो आमनिर्वाचनदेखि हरेक चुनावमा सुनसरी–३ लाई आफ्नो किल्लासरह सुरक्षित राख्दै आएका गच्छदार यसपटक पनि चुनावमा बाजी मार्नेमा विश्वस्त छन्। मङ्सिर २१ गते हुने दोस्रो चरणको निर्वाचनमा उनले यस क्षेत्रबाट जिते भने लगातार…

    विस्तृतमा पढ्नुस्

  • हेभीवेट अर्थमन्त्री कार्कीसित राप्रपाबाट एमाले छिरेका श्रेष्ठको प्रतिस्पर्धा : कसरी फर्किएला कोइरालाको धरोहर?

    हेभीवेट अर्थमन्त्री कार्कीसित राप्रपाबाट एमाले छिरेका श्रेष्ठको प्रतिस्पर्धा : कसरी फर्किएला कोइरालाको धरोहर?

    विराटनगर : काङ्ग्रेसजनले जननायक भनेर आदरका सम्बोधन गरिने नेता विश्वेश्वरप्रसाद कोइराला र उनका कान्छा भाइ गिरिजाप्रसादको चुनाव क्षेत्रमा पार्टीका केन्द्रीय सदस्य एवम् अर्थमन्त्री ज्ञानेन्द्रबहादुर कार्की चारतारे झन्डा बोकेर भोट मागिरहेका छन्।   सुनसरीको क्षेत्र नम्बर ४ मा हेभीवेट प्रत्यासीका रूपमा मन्त्री कार्की पार्टीका शीर्षस्थ एवम् स्वर्गीय नेताद्वय कोइराला दाजुभाइको गुमेको धरोहरलाई पुनःस्थापना गर्न प्रयत्नशील देखिन्छन्।   प्रजातन्त्रको पुनःस्थापनापछि २०४८, ५१ र…

    विस्तृतमा पढ्नुस्

  • कुकुरको पुच्छर सिधा पार्नु र वामपन्थीलाई लोकतन्त्रवादी बनाउनु उस्तै : शेखर कोइराला 

    कुकुरको पुच्छर सिधा पार्नु र वामपन्थीलाई लोकतन्त्रवादी बनाउनु उस्तै : शेखर कोइराला 

    विराटनगर : नेपाली काङ्ग्रेसका केन्द्रीय सदस्य डाक्टर शेखर कोइरालाले 'कुकुरको पुच्छर १२ वर्ष ढुङ्ग्रामा राख्दा पनि टेढाको टेढै हुन्छ' भनेजस्तो एमाले र माओवादी जति प्रयास गर्दा पनि लोकतन्त्रवादी हुन नसक्ने टिप्पणी गरेका छन्। राष्ट्रिय प्रजातन्त्र पार्टीको आयोजनामा आइतबार विराटनगरमा भएको चुनावी सभामा डाक्टर कोइरालाले नेपाली काङ्ग्रेसले एमाले र माओवादीलाई लोकतन्त्रवादी बनाउन लामो समय प्रयास गरेको बताए। 'तर, कुकुरको पुच्छर १२…

    विस्तृतमा पढ्नुस्

  • ह्वाट्सअप र भाइबरबाट ठगिनेको ताँती लाग्दैछ मोरङ प्रहरीमा

    ह्वाट्सअप र भाइबरबाट ठगिनेको ताँती लाग्दैछ मोरङ प्रहरीमा

    विराटनगर :  ह्वाट्सअप र भाइबरबाट तपाईंलाई चिट्ठा पर्यो भन्दै ठगी गरेको आरोपमा विराटनगरका अनुपचन्द सेठियालगायतका व्यक्तिहरू पक्राउ परेपछि मोरङ प्रहरीमा ठगिनेको ताँती लाग्न थालेको छ। तनहुुँ घर भई भरतपुरमा जागिरमा रहेका ईश्वरकुमार श्रेष्ठले पटकपटक गरेर १२ लाख रुपैयाँ बुझाएका छन्। उनलाई पनि पाकिस्तानको कोड ०९२ भएको नम्बरबाटै भाइबरमा फोन आएको थियो । श्रेष्ठलाई २ अलगअलग व्यक्तिले फोन गरेर चिट्ठाको रकम दिन्छु…

    विस्तृतमा पढ्नुस्

  • मोरङ कांग्रेसमा तरङ्ग ल्याउँदै लडाकु स्वभावका उमेश गिरी किन छिरे एमाले?

    मोरङ कांग्रेसमा तरङ्ग ल्याउँदै लडाकु स्वभावका उमेश गिरी किन छिरे एमाले?

    विराटनगर : नेपाली काङ्ग्रेस (विश्वेश्वर) गठन गरेर २०५१ सालमा आफ्नो माउ पार्टी नेपाली काङ्ग्रेससित छुट्टिएका उमेश गिरी सोमबार नेकपा एमालेमा प्रवेश गरेका छन्। एमाले अध्यक्ष केपी शर्मा ओलीले विराटनगर शान्ति चोकमा आयोजित कार्यक्रममा गिरीलाई अबिर र मालाले स्वागत गर्दै एमालेमा प्रवेश गराएका हुन्। सानैदेखिको लडाकू र उग्र प्रकारको उनको स्वभाव ६५ वर्षको उमेरसम्म पनि उस्तै छ।  किशोर उमेरमै नेपाली काङ्ग्रेसको…

    विस्तृतमा पढ्नुस्

  • ओलीले भने, 'नेपाली पञ्चायतसँग लड्दा शेरबहादुरजी लन्डनका गल्लीमा पाउरोटीमा जाम दल्दै हुनुहुन्थ्यो'

    ओलीले भने, 'नेपाली पञ्चायतसँग लड्दा शेरबहादुरजी लन्डनका गल्लीमा पाउरोटीमा जाम दल्दै हुनुहुन्थ्यो'

    विराटनगर : नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले भारतले हेप्यो भने मेलमिलाप नहुने चेतावनी दिएका छन्। ‘हेपाइमा मेलमिलाप हुँदैन’, विराटनगरको शान्ति चौकमा आयोजित सभामा अध्यक्ष ओलीले भने, ‘मेलमिलाप बराबरीमा हुन्छ । हामी भारतसित बराबरीको हैसियतमा सम्बन्ध सुधार्छौं । हामीले लत्रनुपर्ने आवश्यकता छैन ।’ नेपाली काङ्ग्रेसको नेतृत्वमा सत्ता भएका बेला भारतसित सम्बन्ध बिग्रिएको र नाकाबन्दी भएको आरोप लगाउँदै अध्यक्ष केपीले आफू…

    विस्तृतमा पढ्नुस्

  • भाइबरबाट चिट्ठा पर्‍यो भन्दै ठग्ने गिरोहका सदस्य विराटनगरबाट गिरफ्तार

    भाइबरबाट चिट्ठा पर्‍यो भन्दै ठग्ने गिरोहका सदस्य विराटनगरबाट गिरफ्तार

    विराटनगर : पर्वत जिल्लाको देउपुर गाउँपालिकाकी सङ्गीताकुमारी गुरुङले गत कात्तिक १८ गते भाइबरमा पाकिस्तानको नम्बरबाटयस्तो म्यासेज प्राप्त गरिन्– ‘तपाईंको नाममा ४० लाखको चिट्ठा परेको छ । यो चिट्ठा प्राप्त गर्न तपाईंले ६५ हजार रुपैयाँ राजस्व बुझाउनु पर्छ ।’ यसको केही समयपछि आकाश शर्मा नाम बताउने एक मानिसले पाकिस्तानकै नम्बरबाट सङ्गीतालाई भाइबरमै फोन गर्‍यो। ‘तपाईंलाई चिट्ठा परेको साँचो हो’, आकाशले भन्यो,…

    विस्तृतमा पढ्नुस्

  • एमालेका योगेशसित ताप्लेजुङमा यसरी जुद्धैछन् काङ्ग्रेसका लोकप्रिय नेता केशवप्रसाद

    एमालेका योगेशसित ताप्लेजुङमा यसरी जुद्धैछन् काङ्ग्रेसका लोकप्रिय नेता केशवप्रसाद

    विराटनगर :  एकातिर एमालेका केन्द्रीय सचिव तथा प्रचार विभाग प्रमुख योगेश भट्टराई, अर्कातिर नेपाली काङ्ग्रेसका सङ्घर्षशील एवम् त्यागी नेता केशवप्रसाद दाहाल। एमालेका युवा नेता योगेशको नाम राष्ट्रियस्तरमै लोकप्रिय र परिचित छ। काङ्ग्रेसका स्थानीय नेता दाहाल पनि जिल्लामा त्यत्तिकै लोकप्रिय र चर्चित हुन्।  स्थानीय तहको निर्वाचनमा दाहाल फुङलिङ नगरपालिकाबाट मेयरका आकांक्षी थिए। एमालेका प्रत्याशी छत्रपति प्याकुरेलसित २ सय ८९ मतको झिनो मतले…

    विस्तृतमा पढ्नुस्

  • विराटनगर जुट मिल्सका पार्टपुर्जा बेच्दै खाँदै, छानबिन र कारबाही गर्न मजदुर नेताको माग

    विराटनगर जुट मिल्सका पार्टपुर्जा बेच्दै खाँदै, छानबिन र कारबाही गर्न मजदुर नेताको माग

    विराटनगर : विराटनगर जुट मिल्स चलाउने बहानामा व्यवस्थापनले पार्टपूर्जा बिक्री गर्न थालेको पाइएको छ। मिल्सका प्रबन्ध सञ्चालक नीलहरि काफ्ले र अध्यक्ष वसन्त वनसहितको समूहले कारखानाका पार्टपुर्जा खोलेर अवैध विक्री गरिरहेको मजदुर नेताहरुले बताएका छन्। विराटनगर जुट मिल्सबाट अवकाश पाएका नेपाल स्वतन्त्र टेक्स्टाइल, गार्मेन्ट तथा जुट मजदुर युनियनका राष्ट्रिय इन्चार्ज धर्मानन्द सञ्जेलले मिल्सको व्यवस्थापनले भौतिक सम्पत्ति उपर ब्रह्मलूट गरिरहेको आरोप लगाए।…

    विस्तृतमा पढ्नुस्

  • वडाध्यक्ष माग्दै थिइन्, प्रदेश सभा सदस्य हुने भइन् : को हुन् अनिता जसको नाम देख्दा विराटनगरको व्यवसायिक समुदाय छक्क पर्‍यो?

    वडाध्यक्ष माग्दै थिइन्, प्रदेश सभा सदस्य हुने भइन् : को हुन् अनिता जसको नाम देख्दा विराटनगरको व्यवसायिक समुदाय छक्क पर्‍यो?

    विराटनगर : स्थानीय तहको चुनावताका विराटनगर महानगरपालिकाको निर्वाचनमा मारवाडी समुदायकी एक सक्रिय महिला अनिता सोनीलाई पनि वडाध्यक्षमा चुनाव लड्न मन थियो। अनिताका स्वर्गीय ससुरा बैजनाथ सोनी २०४९ को स्थानीय निर्वाचनमा विराटनगर वडा नम्बर ९ बाट वडाध्यक्षमा निर्वाचित थिए। ससुरा बैजनाथकै जस्तो वडाध्यक्ष भएर आफ्नो वडामा सेवा पुर्‍याउने इरादा अनिताले पनि राखेकी थिइन्।  वडा नम्बर ९ स्थानीय तहको पुनःसंरचनापछि वडा नं.७ मा…

    विस्तृतमा पढ्नुस्

  • मोरङ ६ को रोमाञ्चक प्रतिस्पर्धा : लालबाबु पण्डित Vs डा. शेखर कोइराला, को अगाडि?

    मोरङ ६ को रोमाञ्चक प्रतिस्पर्धा : लालबाबु पण्डित Vs डा. शेखर कोइराला, को अगाडि?

    विराटनगर : एकातिर नेपाली काङ्ग्रेसका केन्द्रीय सदस्य डा. शेखर कोइराला र अर्कातिर एमालेका चर्चित पूर्व मन्त्री लालबाबु पण्डित; दुई हेभीवेट आकांक्षीको तीव्र प्रतिस्पर्धा तातोले मोरङको क्षेत्र नम्बर ६ रन्कन थालेको छ। यस्ता हुन् कोइराला डा. कोइरालाले यसअघि यही भूगोल क्षेत्र नं.७ हुँदा २०६४ को उपनिर्वाचन र २०७० को दोस्रो संविधान सभा गरी गरी २ वटा निर्वाचनबाट विजयको माला पहिरिसकेका छन्।  यस…

    विस्तृतमा पढ्नुस्

  • एउटा विवादास्पद कार्यक्रममा ओलीको प्रश्न : हामी संसदीय प्रणालीप्रति वफादार भइरहनुपर्छ भन्ने छ र?

    एउटा विवादास्पद कार्यक्रममा ओलीको प्रश्न : हामी संसदीय प्रणालीप्रति वफादार भइरहनुपर्छ भन्ने छ र?

    विरागनगर :  नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले वाम गठबन्धनले दुई तिहाई प्राप्त गर्ने र मुलुक राष्ट्रपतीय प्रणालीमा जाने स्पष्ट पारेका छन्। मोरङ व्यापार सङ्घ र उद्योग सङ्गठन मोरङको आयोजनामा स्थानीय होटल ह्यारिसनमा भएको छलफल कार्यक्रममा अध्यक्ष ओलीले राष्ट्रपतीय प्रणाली लागू गर्न वाम गठबन्धन तयार रहेको जनाउ दिएका हुन्। राष्ट्रपतीय प्रणालीमार्फत् वाम गठबन्धनले मुलुकमा अधिनायकवाद र सर्वसत्तावाद सहितको साम्यवाद ल्याउन खोजेको…

    विस्तृतमा पढ्नुस्

  • अकस्मात किन गए डा. गिरी एमालेमा ?

    अकस्मात किन गए डा. गिरी एमालेमा ?

    विराटनगर : आफूलाई खानदानी कांग्रेस भन्न रुचाउने वरिष्ठ चिकित्साकर्मी डा. ज्ञानेन्द्र गिरी एमालेमा प्रवेश गरेका छन्। अकस्मात् एमालेमा प्रवेश गरेपछि उनले किन यसो गरे भत्रे कौतुहल विराटनगरमा सुरु भएको छ। व्यवसायी मोती दुगडको सञ्चालनमा रहेको होटल ह्यारिसनमा शुक्रबार साँझ मोरङ व्यापार सङ्घ र उद्योग सङ्गठन मोरङले गरेको छलफल कार्यक्रमपछि वरिष्ठ डाक्टर गिरी एमालेमा प्रवेश गरेका थिए। कार्यक्रम सकिनेबित्तिकै ब्यानर हटाएर…

    विस्तृतमा पढ्नुस्

  • मोरङमा को–को केन्द्रीय नेताले दिए उम्मेदवारी ?

    मोरङमा को–को केन्द्रीय नेताले दिए उम्मेदवारी ?

    विराटनगर : प्रतिनिधि र प्रदेश सभाका लागि मोरङका छ वटै क्षेत्रमा शान्तिपूर्ण उम्मेदवारी दर्ता सम्पन्न भएको छ। नेपाली कांग्रेसका केन्द्रीय सदस्य महेश आचार्यले मोरङको क्षेत्र नम्बर ४ बाट उम्मेदवारीपत्र दर्ता गरेका छन्। नेता आचार्यले मध्याह्न १२.२० को साइतमा उम्मेदवारीपत्रमा हस्ताक्षर गरेका थिए। आचार्यले नेपाली कांग्रेसको मुख्य चुनावी एजेन्डा वर्तमान संविधानको संरक्षण र कार्यान्वयन रहेको स्पष्ट पारे। राष्ट्रिय एकता, सहकार्य र सहमतिबाट जारी भएको…

    विस्तृतमा पढ्नुस्

  • समानुपातिक सांसदमा विराटनगरका तीन व्यवसायीको आशा

    समानुपातिक सांसदमा विराटनगरका तीन व्यवसायीको आशा

    विराटनगर : विराटनगरका ३ वरिष्ठ उद्योगी आगामी व्यवस्थापिका संसदको निर्वाचनमा समानुपाति तर्फबाट आकांक्षी देखिएका छन्। दोस्रो जनआन्दोलनपछि लोकतन्त्रको स्थापनासँगै व्यावसायिक क्षेत्रबाट व्यवस्थापिका संसद् र संविधानसभामा प्रतिनिधित्व गराउने प्रचलन सुरु भएको थियो। विराटनगरका पवनकुमार शारडा, मोती दुगड र महेश जाजू समानुपातिकतर्फ सांसद्का उम्मेदवार हुन्। शारडा यसअघि विजयकुमार गच्छदार नेतृत्वको नेपाल लोकतान्त्रिक फोरमबाट समानुपातिकमा सांसद् थिए। गच्छदारको पार्टी नेपाली कांग्रेसमा गाभिएको छ।…

    विस्तृतमा पढ्नुस्

  • प्रचण्डका ज्वाइँ प्रदेशसभा उम्मेदवारमा सिफारिसः माओवादीमा विवाद, बागी उठ्ने चेतावनी

    प्रचण्डका ज्वाइँ प्रदेशसभा उम्मेदवारमा सिफारिसः माओवादीमा विवाद, बागी उठ्ने चेतावनी

    विराटनगरः माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डका कान्छा ज्वाइँलाई प्रदेशसभाको उम्मेदवारमा सिफारिस गरेपछि माओवादी केन्द्र मोरङभित्रको विवाद उत्कर्षमा पुगेको छ। प्रचण्डका ज्वाइँ जीवन आचार्यको राजनीतिक योगदान र संलग्नतामाथि प्रश्न उठाउँदै कार्यकर्ताहरूले आचार्यले टिकट पाएमा बागी उम्मेदवार बन्नेसम्मको सार्वजनिक घोषणा गरेका छन्। आचार्यलाई मोरङ क्षेत्र नम्बर ६ अन्तर्गतको प्रदेश ‘क’–मा प्रत्यक्षतर्फको उम्मेदवारमा माओवादीको मोरङ जिल्ला कमिटीले सिफारिस गरेको हो। जिल्ला कमिटीले आचार्यको मात्र…

    विस्तृतमा पढ्नुस्


@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell