PahiloPost

Apr 29, 2024 | १७ बैशाख २०८१

  • अस्ताउँदो सूर्यलार्इ अर्घ दिन घस्रिंदै घाट पुगे विराटनगरका मेयर

    अस्ताउँदो सूर्यलार्इ अर्घ दिन घस्रिंदै घाट पुगे विराटनगरका मेयर

    विराटनगर : १४ वर्षदेखिको आफ्नो कठिन साधनालाई विराटनगर महानगरपालिकाका मेयर भीम पराजुलीले यसवर्ष पनि निरन्तरता दिए। छठ पर्वका व्रतालु रहेका मेयर पराजुली अस्ताउँदो सूर्यलाई अर्घ दिन घरबाट साष्टाङ्ग प्रणाम गर्दै निस्किए। भूईमा लम्पसार पर्दै, एउटा सानो छेस्काले चिह्न लगाउँदै र चिह्न लगाएको स्थानबाट लम्पसार पर्दै उनी घाट पुगेका हुन्। यस्तो उपासनालाई विराटनगरमा दण्ड प्रणाम भनिन्छ।  विराटनगर वडा नं. ३ स्थित उनको…

    विस्तृतमा पढ्नुस्

  • गच्छदारले भने - मैले छाड्दा काङ्ग्रेसमा जस्तो समस्या थियो, अहिले पनि उस्तै रहेछ

    गच्छदारले भने - मैले छाड्दा काङ्ग्रेसमा जस्तो समस्या थियो, अहिले पनि उस्तै रहेछ

    विराटनगर : एक दशकपछि आफ्नो दलबलसहित नेपाली काङ्ग्रेसमा फर्किएका उपप्रधान एवम् स्थानीय विकास मन्त्री विजयकुमार गच्छदारले पार्टीमा अहिले पनि उस बेलाकै जस्तो समस्या र चुनौती रहेको बताएका छन्।  शुक्रबार दिउँसो विराटनगर विमानस्थलमा स्थानीय सञ्चारकर्मीसित उनले आफूले अत्यन्त अप्ठ्यारो र कठिन स्थितिमा पार्टी परित्याग गरेको उल्लेख गर्दै अहिले समायोजनपछि पनि त्यस्तै जटिलताको अनुभव गरेको प्रतिक्रिया व्यक्त गरे।   ‘तेस्रो जनआन्दोलनको नेतृत्व गर्नुभएका…

    विस्तृतमा पढ्नुस्

  • विराटनगर जुट मिल्समा सरकारको ३४ प्रतिशत शेयर घोटाला, जालसाजीमा फस्यो सरकार 

    विराटनगर जुट मिल्समा सरकारको ३४ प्रतिशत शेयर घोटाला, जालसाजीमा फस्यो सरकार 

    विराटनगर : नेपालकै सबैभन्दा पहिलो उद्योग विराटनगर जुट मिल्समा शेयर घोटाला काण्ड मच्चाउँदै नेपाल सरकारको शेयरलाई अल्पमतमा र निजी क्षेत्रलाई दुई तिहाईभन्दा बढी पारिएको छ।    सरकारको ६८ प्रतिशत स्वामित्व भएको मिल्सका प्रबन्ध सञ्चालक निलहरि काफ्लेको सक्रियतामा भएको शेयर घोटालाबाट सरकार अब ३३ दशमलव ८३ प्रतिशतको मात्र साझेदार भएको छ। सञ्चालक निलहरि सहितको निजी क्षेत्रसित अब ६६ दशमलव १७ प्रतिशत…

    विस्तृतमा पढ्नुस्

  • विराटनगर महानगरको बजेट तीन अर्ब ३८ करोड, छोरी जन्माउनेलाई तीन हजार दिइने

    विराटनगर महानगरको बजेट तीन अर्ब ३८ करोड, छोरी जन्माउनेलाई तीन हजार दिइने

    विराटनगर: विराटनगर महानगरपालिकाले चालु आर्थिक वर्षका लागि तीन अर्ब ३८ करोड ८९ लाख रुपैयाँको बजेट पारित गरेको छ। भदौ २३ देखि २५ गतेसम्म भएको महानगरको पहिलो सभाले बजेट सर्वसम्मत पारित गरेको हो। महानगरका प्रमुख भीम पराजुलीका अनुसार विनियोजित कुल बजेटमध्ये भौतिक पूर्वाधार निर्माणका लागि ९२ करोड ५१ लाख र चालु खर्चका लागि २० करोड ८७ लाख रुपैयाँ विनियोजन गरिएको छ। विषयगत कार्यालयको…

    विस्तृतमा पढ्नुस्

  • राहत वितरणमै कांग्रेसभित्र अन्तरकलह

    राहत वितरणमै कांग्रेसभित्र अन्तरकलह

    विराटनगरः नेपाली कांग्रेस क्षेत्र नम्बर ७, मोरङ लेखिएको ब्यानर झुन्ड्याएर कांग्रेस कार्यकर्ताको एक समूहले बाढी पीडितलाई राहत सामग्री वितरण गरेपछि मोरङ कांग्रेसभित्र अन्तरकलह धरातलमा देखिएको छ । मोरङको क्षेत्र नम्बर ७ बाट व्यवस्थापिका संसद्मा डा. शेखर कोइराला चुनिएका हुन् । बाढी आएको २ हप्तापछि डा. शेखरसित पार्टीमा अन्तरविरोध राख्दै आएका पुराना कांगेस कार्यकर्ताको समूहले स्थानीय बुढीगङ्गा गाउँपालिका र महानगरपालिकाको वडा…

    विस्तृतमा पढ्नुस्

  • देउवाको बोलीमा प्रचण्डको गुनासो : उहाँलाई भेटेरै सोध्छु

    देउवाको बोलीमा प्रचण्डको गुनासो : उहाँलाई भेटेरै सोध्छु

    विराटनगरः नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले भारत भ्रमणका बेला प्रधानमन्त्री शेरबहादर देउवाले संविधान संशोधनकाबारेमा दिएकाे अभिव्यक्तिप्रति असन्तुष्टि प्रकट गरेका छन्। अध्यक्ष प्रचण्डले यस्तो चर्चा अनावश्यक भएको भन्दै असन्तुष्टि जनाएका हुन्। पार्टीको कार्यक्रममा सहभागी हुन आज बिहान विराटनगर आएका अध्यक्ष प्रचण्डले भारत भ्रमणका बेला प्रधानमन्त्री देउवाले गरेको संविधान संशोधनसम्बन्धी चर्चा त्यहाँ आवश्यक नभएको प्रतिक्रिया दिए। ‘त्यो कुन सन्दर्भमा उहाँले भन्नुभएको…

    विस्तृतमा पढ्नुस्

  • देउवाको बोलीमा प्रचण्डको गुनासो : उहाँलाई भेटेरै सोध्छु

    देउवाको बोलीमा प्रचण्डको गुनासो : उहाँलाई भेटेरै सोध्छु

    विराटनगरः नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले भारत भ्रमणका बेला प्रधानमन्त्री शेरबहादर देउवाले संविधान संशोधनकाबारेमा दिएकाे अभिव्यक्तिप्रति असन्तुष्टि प्रकट गरेका छन्। अध्यक्ष प्रचण्डले यस्तो चर्चा अनावश्यक भएको भन्दै असन्तुष्टि जनाएका हुन्। पार्टीको कार्यक्रममा सहभागी हुन आज बिहान विराटनगर आएका अध्यक्ष प्रचण्डले भारत भ्रमणका बेला प्रधानमन्त्री देउवाले गरेको संविधान संशोधनसम्बन्धी चर्चा त्यहाँ आवश्यक नभएको प्रतिक्रिया दिए। ‘त्यो कुन सन्दर्भमा उहाँले भन्नुभएको हो,…

    विस्तृतमा पढ्नुस्

  • विराटनगर महानगरपालिकामा फोहरैफोहरः मेयरले दिए ठेकेदारलाई चेतावनी

    विराटनगर महानगरपालिकामा फोहरैफोहरः मेयरले दिए ठेकेदारलाई चेतावनी

    विराटनगरः निर्वाचित भएको एक सय दिनभित्र विराटनगर महानगरपालिकालाई धुवाँ, धुलो र फोहरबाट मुक्त गराउने घोषणा गरेका मेयर भीम पराजुली फोहरका ठेकेदारसित असन्तुष्ट देखिएका छन्। प्रेस युनियन निकट पत्रकारसित एक हप्ता अघिको भेटमा मेयर पराजुलीले महानगरपालिकामा फोहर व्यवस्थापनको ठेक्का पाएको वेस्ट म्यानेजमेन्ट प्रालिलाई काम सुधार्ने चेतावनी दिएको जानकारी दिएका थिए। एक हप्तापछि शुक्रबार बिहान उनी आफैँ मोटरसाइकल चढेर अनुगमनमा निस्किए ।…

    विस्तृतमा पढ्नुस्

  • अनि कमल विदेश गएनन्........

    अनि कमल विदेश गएनन्........

    विराटनगरः ‘खै कुन हो कुन, के चिन्नु यहाँबाट ?’ दीक्षित हुन हातमा राइफल बोकेर पङ्क्तिबद्ध उभिएका ७ सय ७१ जवानका बीचमा  आफ्नो कान्छो छोरो ठम्याउन २ सय मिटर परबाट घाँटी तानी–तानी खोज्दै थिए वर्ष ५४ का कालबहादुर राई र ५३ की टीकामाया। ‘सबै उस्तै देखिन्छन्– लुगा उस्तै, जुत्ता उस्तै टोपी उस्तै’, निकै बेर हेरेपछि पनि ठम्याइनन् टीकामायाले, ‘भरे भेट हुन्छ…

    विस्तृतमा पढ्नुस्

  • सुनसरी–मोरङ सिँचाइ आयोजनामा ८० करोडको क्षति, कसरी बगायो नहरले खोलाको पुल ?

    सुनसरी–मोरङ सिँचाइ आयोजनामा ८० करोडको क्षति, कसरी बगायो नहरले खोलाको पुल ?

    विराटनगरः मौसमविद्हरूले भीषण वर्षा र बाढीको भविष्यवाणी गर्न थालेपछि सुनसरी मोरङ सिँचाइ आयोजनाको मुख्य नहर साउन २६ गते नै बन्द गरियो। यति पूर्वसतर्कता नअपनाइएको भए झन् ठुलो खतरा निश्चित थियो। किनकी पूर्वाञ्चलकै सबैभन्दा ठूलो सिँचाइ आयोजना सुनसरी मोरङ सिँचाइ आयोजनामा साउन २८ र २९ को बाढीले ८० करोडभन्दा बढीको नोक्सानी पुर्याएको छ। नहर त मुहानमै थुनिएको थियो तर परेको पानी…

    विस्तृतमा पढ्नुस्

  • यसरी राखियो नाम जुम्ल्याहाको– वर्षा र बादल, किन सन्नाटा छ अझै मुखिया गाउँमा ?

    यसरी राखियो नाम जुम्ल्याहाको– वर्षा र बादल,  किन सन्नाटा छ अझै मुखिया गाउँमा ?

    विराटनगरः गाउँमा सिङ्गिया खोलाको बाढी पसेर घर बगाएका दिन अर्थात् साउन २८ गते साँझ १७ वर्षकी बबियादेवी मुखियाले जुम्ल्याहा छोरा पाएको १५ दिन भएको थियो।  हिन्दु भएपनि यो समुदायमा ११ दिनमा न्वारान गरेर नाम राख्ने चलन छैन। कलिलैमा सुत्केरी भएकी बबियालाई आफ्ना जुम्ल्याहा सन्तानको नाम राख्न हुटहुटी थियो।  राज मिस्त्री काम गर्ने श्रीमान् सन्तालाई उनले एक–दुई पटक सोधिन्, ‘कि नाम राख्वे…

    विस्तृतमा पढ्नुस्

  • विराटनगर महानगरपालिकामा ४ सय ५० घर विस्थापित, विमानस्थलमा जम्यो २ फिट पानी

    विराटनगर महानगरपालिकामा ४ सय ५० घर विस्थापित, विमानस्थलमा जम्यो २ फिट पानी

    विराटनगर : विराटनगरको पश्चिम सिमानाको केसलिया र पूर्वी सिङ्गिया नदीमा आएको बाढी बस्तीमा पसेपछि महानगरपालिकाका ४ सय ५० घरपरिवार विस्थापित भएका छन्। केसलिया नदीको बाँध फुटेर बस्तीमा पानी पसेपछि विराटनगर वडा नं. ११, १२ र १३ का ३ सय घरपरिवारले शनिबार बिहानदेखि नजिकको सरकारी विद्यालयमा आश्रय लिएका छन्। त्यस्तै पश्चिमतर्फको सिङ्गिया खोलाको बाढीले वडा नं. १ र २ का १…

    विस्तृतमा पढ्नुस्

  • दुहबी सबस्टेसनभित्र ३ फिट पानी, मेची र कोसीमा विद्युत ठप्प

    दुहबी सबस्टेसनभित्र ३ फिट पानी, मेची र कोसीमा विद्युत ठप्प

    विराटनगरः सुनसरीको दुहबी सब स्टेसनभित्र पानी पसेपछि प्राधिकरणले नै लाइन काटेका कारण कोसीपूर्वका २ अञ्चलको विद्युत सेवा अवरूद्ध भएको छ। सब स्टेसनभित्र पानी पसेपछि शनिबार बिहान ४ बजे प्राधिकरणले नै लाइन काटेको हो। दुहबीस्थित सबस्टेसनबाट मेची र कोसी अञ्चलमा विद्युत आपूर्ति गरिँदै आएको छ। अहिलेसम्म दुबै अञ्चलमा विद्युत सेवा अवरूद्ध छ। नेपाल विद्युत प्राधिकरणको दुहबी ग्रिडका प्रमुख अफ्ताब आलमका अनुसार…

    विस्तृतमा पढ्नुस्

  • राधाकृष्ण रथयात्राको उद्घाटन गर्न राष्ट्रपति विराटनगर जाने

    राधाकृष्ण रथयात्राको उद्घाटन गर्न राष्ट्रपति विराटनगर जाने

    विराटनगरः विराटनगरको ऐतिहासिक र प्रसिद्ध भनिने श्रीराधाकृष्ण रथयात्राको उद्घाटन गर्न राष्ट्रपति विद्यादेवी भण्डारी विराटनगर आउने भएकी छन्। रथयात्रा आयोजक समितिका अध्यक्ष बाबुराजा ओझाले साउन ३१ गते हुने रथयात्राको उद्घाटन गर्न राष्ट्रपति आउने निश्चित भएको जानकारी दिएका हुन्। प्रत्येक वर्ष श्रीकृष्ण जन्माष्टमीका भोलिपल्ट विराटनगरमा श्रीराधाकृष्ण भगवान्को मूर्ति सिँगारिएको रथलाई विराटनगरको परिक्रमा गराउने प्रचलन छ।  रथयात्रा सुरु भएको ५० वर्ष पुगेको हुँदा…

    विस्तृतमा पढ्नुस्

  • जमानत जफत नहुनेको पनि रकम फिर्ता पाउन गाह्रो, आशै नगर्नुस् भन्छन् निर्वाचन अधिकारी

    जमानत जफत नहुनेको पनि रकम फिर्ता पाउन गाह्रो, आशै नगर्नुस् भन्छन् निर्वाचन अधिकारी

    विराटनगर : निर्वाचनका बेला ‘जमानत जफत गरिदिन्छौँ’, ‘त्यसको त जमानत जफत हुनेवाला छ’,– जस्ता वाक्यांश धेरै सुनिन्छन् तर जमानत जफत हुनेको त हुन्छ नै नहुनेको पनि फिर्ता हुन गाह्रो छ । विराटनगरस्थित क्षेत्रीय निर्वाचन कार्यालयमा अहिलेसम्म आफ्नो धरौटी माग्दै एक जना मात्र उम्मेदवार पुगेका छन् । उनी थिए जहदा गाउँपालिका वडा नं. ३ मा एमालेबाट वडाध्यक्षका उम्मेदवार सुरजकुमार राजवंशी ।…

    विस्तृतमा पढ्नुस्

  • आपूर्तिमन्त्रीले भने–पद छाड्न तयार छु, तर निगमको जग्गा खरिद प्रकरणका दोषीलाई उन्मुक्ति दिन्न

    आपूर्तिमन्त्रीले भने–पद छाड्न तयार छु, तर निगमको जग्गा खरिद प्रकरणका दोषीलाई उन्मुक्ति दिन्न

    विराटनगरः वाणिज्य तथा आपूर्तिमन्त्री शिवकुमार मण्डलले आयल निगमको जग्गामा भएको अनियमितताको विषयमा दोषी देखिएका जो भएपनि तिनलाई कारबाहीको दायरामा ल्याउने प्रतिबद्धता प्रकट गरेका छन्। मन्त्री भएर पहिलो पटक आफ्नो गृह जिल्ला मोरङ आएका मण्डलले दोषीलाई कारबाही गर्न तयार रहेको जनाउ दिएका हुन्। विराटनगर विमानस्थलमा आइतबार संचारकर्मीसँग मन्त्री मण्डलले आफ्नो पद छाड्नुपर्ने अवस्था आएपनि कारबाही गर्न आफू पछि नहट्ने दृढता व्यक्त…

    विस्तृतमा पढ्नुस्

  • काङ्ग्रेसमा जबर्जस्त अनुशासन पर्व चलाउन नेता केसीको माग

    काङ्ग्रेसमा जबर्जस्त अनुशासन पर्व चलाउन नेता केसीको माग

    विराटनगरः नेपाली काङ्ग्रेसका एक नेताले आफ्नो पार्टीभित्र जबर्जस्त अनुशासन पर्व चलाइनुपर्ने माग गरेका छन्। पार्टीमा नीतिगत, सैद्धान्तिक र व्यावहारिक विचलन आएको भन्दै पूर्वमन्त्री एवम् केन्द्रीय सदस्य अर्जुननरसिंह केसीले विराटनगरका पत्रकारसितको भेटमा अनुशासन पर्वको माग गरेका हुन्। केन्द्रीय सदस्य केसीले पार्टीभित्र तलदेखि माथिसम्म शुद्धिकरणको आवश्यकता रहेको बताए। ‘नेपाली काङ्ग्रेसभित्र जबर्जस्त अनुशासन पर्वको आवश्यकता छ। तलदेखि माथिसम्म शुद्धिकरण गर्नुपरेको छ’, नेता केसीले…

    विस्तृतमा पढ्नुस्

  • कांग्रेसमा कतै 'शशांक दा’ कतै 'शेखर दा’को माग, कसले थाम्दैछ कोइराला परिवारको विरासत?

    कांग्रेसमा कतै 'शशांक दा’ कतै 'शेखर दा’को माग, कसले थाम्दैछ कोइराला परिवारको विरासत?

    कोइराला परिवारका तीन उत्तराधिकारीको तस्बिर सामाजिक सञ्जालमा भाइरल भएसँगै कोइराला परिवारको विरासतमा पुनः चर्चा चलेको छ। पारिवारिक विरासत अब डा. शशांक कि डा.शेखर भन्ने अनुमानका स्वर कांग्रेस बृतमा गुन्जिन थालेका छन्। विश्वेश्वरपुत्र डा. शशांकले आफ्नो टोखास्थित निवासमा सहभोजको कार्यक्रम राखेका थिए। डा. शशांकका घरमा खानपिन र छलफल राखिएको हुँदा पार्टीको आगामी महाधिवेशनमा सभापति पदको उम्मेदवार उनै हुन् भन्ने एक थरीको…

    विस्तृतमा पढ्नुस्

  • भाजपाका प्रवक्ताले विराटनगरको मस्जिदमा नमाज पढे

    भाजपाका प्रवक्ताले विराटनगरको मस्जिदमा नमाज पढे

    काठमाडौँ : बिहीबार साँझ विराटनगर आइपुगेका भारतीय जनता पार्टीका प्रवक्ता शैयद शहनबाज हुसेन पहिले नै तय गरिएको फुड एन्ड फन भिलेज रिसोर्टमा नबसी होटल ह्यारिसन प्यालेसमै रात बिताउन गए। ह्यारिसनमा शाकाहारी खानामात्र पाइने हुँदा उनको रात्रिकालीन विश्रामका लागि रिसोर्ट बन्दोबस्त गरिएको थियो। तर नयाँ भएकाले ह्यारिसनकै अनुभव लिने बताएपछि उनलाई तत्काल ह्यारिसनमै बन्दोबस्त गरियो। प्रवक्ता हुसेनले बिहीबार राति तथा शुक्रबार बिहान…

    विस्तृतमा पढ्नुस्

  • मोदी खान्छन् नेपालकै पानी ‘हिमालयन वाटर’

    मोदी खान्छन् नेपालकै पानी ‘हिमालयन वाटर’

    विराटनगर : भारतीय जनता पार्टीका प्रवक्ता शैयद शहनबाज हुसेनले नेपाललाई हिन्दु राष्ट्र बनाउने कि धर्मनिरपेक्ष वा अरू नै केही भन्ने विषयमा नेपाली जनताले नै निर्णय गर्नुपर्ने धारणा प्रकट गरेका छन्। प्रवक्ता हुसेनले धर्मसम्बन्धी मुद्दा नेपालको आन्तरिक विषय भएकाले यसमा आफूले कुनै धारणा नराख्ने विचार व्यक्त गरेका हुन्।   ‘यो हाम्रो विषय होइन, हाम्रो यसमा केही अभिमत छैन’, विराटनगरमा मोरङ व्यापार…

    विस्तृतमा पढ्नुस्


@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell