काठमाडौं: छोटो संसद भनिने संसदीय समितिहरू प्रभावहीन बन्दै गएको छ। सरकारको काम कारबाहीको अनुगमन तथा निर्देशनका विषयमा संसदीय समितिहरूको भूमिका फितलो देखिन्छ। ‘संसदको प्रभावकारिता समितिको प्रभावकारितामाथि निर्भर हुन्छ। र समितिको नेतृत्व तथा सचिवालयमाथि समितिको प्रभावकारिता निर्भर हुन्छ।’ सार्वजनिक लेखा समितिका पूर्व सभापति हृदयेश त्रिपाठी भन्छन्,‘समितिहरू हालै गठन भएकोले प्रभावकारिता देखिएको छैन। सभापतिहरू पनि सिक्दैछन्।’ संघीय संसद सुरु भएको करिब ३…
काठमाडौं: विवादित बन्दै आएको दुईवटा वाइडबडी जहाज खरिद प्रकरणमा सरकारले आफ्नो धारणा संसदीय समिति सामु राखेको छ। दुबै जहाजको स्वामित्व सरकारसँगै भएको दाबी पर्यटन मन्त्रालयले गरेको छ। प्रतिनिधिसभा अन्तर्गतको अन्तर्राष्ट्रिय सम्बन्ध समितिमा भएको वाइडबडी जहाज खरिद प्रकरणबारे भएको छलफलमा स्वमित्व र सञ्चालनको विषयमा प्रश्न उठेको थियो। सांसद भीम रावलले जहाज खरिद गरिएको हो कि भाडामा लिइएको हो भनी प्रश्न गरेका…
काठमाडौं: नेपाल कम्युनिस्ट पार्टी (ने क पा)का २१ जना सांसद एवं केन्द्रीय सदस्यहरूले असन्तुष्टिसहितको ज्ञापन पत्र शीर्ष नेतृत्वलाई बुझाएपछि पार्टीभित्रको असन्तुष्टि बाहिर आएको छ। पार्टी नेतृत्वको सरकार र पार्टी सञ्चालनप्रति असन्तुष्टि जनाउँदै दिइएको ज्ञापनपत्रका विषयमा आज बस्ने सचिवालय बैठकमा छलफल हुने सम्भावना रहेको छ। ‘पार्टीको शीर्ष नेतृत्वसँग कुराकानी गर्ने समय नै दिइएन माननीयहरू र केन्द्रीय सदस्यहरूलाई। धेरै दिनदेखि समय माग्दै…
काठमाडौं : राष्ट्रिय जनता पार्टी (राजपा) नेपालको महाधिवेशन नजिकिएसँगै अध्यक्ष मण्डलको संयोजक परिवर्तन भएको छ। पार्टी गठन भएदेखि संयोजक रहँदै आएका महन्थ ठाकुरमाथि विभिन्न आरोप लागेपछि उनले संयोजक पद त्यागेका हुन्। यससँगै ठाकुरको मधेश यात्रा रोकिएको छ। ठाकुरले मंसिर ७ गतेदेखि मधेशका २१ वटै जिल्लाको यात्रा गर्ने तयारी गरेका थिए। ठाकुरले एक्लै झापादेखि कञ्चनपुरसम्म यात्रा गर्ने निर्णय विवादित भएको भन्दै…
काठमाडौं: सत्तारुढ संघीय समाजवादी फोरम नेपालको पदाधिकारी बैठकमा विवाद भएपछि उपाध्यक्ष रेणु यादवले पार्टीको सम्पूर्ण जिम्मेवारीबाट राजीनामा दिएकी छिन्। मंसिर २ गतेदेखि जारी पदाधिकारी बैठकमा पार्टीका उपमहासचिव प्रकाश अधिकारी र महासचिव रामसहायप्रसाद यादवले प्रदेश नम्बर २ को संयोजक र इन्जार्च पदबाट रेणु यादवलाई हटाउने प्रस्ताव ल्याएपछि यादवले राजीनामा दिएकी हुन्। असोज ३ गते पार्टीको केन्द्रको निर्णय निर्णय विपरीत प्रदेश २…
काठमाडौं: राष्ट्रिय जनता पार्टी(राजपा)ले महन्थ ठाकुरलाई संयोजकबाट हटाएको छ। पार्टीको केन्द्रीय कार्यालयमा आज बसेको अध्यक्ष मण्डलको बैठकले संयोजक परिवर्तन गर्ने निर्णय गरेसँगै उनी संयोजकबाट हटेका हुन्। पार्टी गठन भएदेखि महन्थ ठाकुर संयोजक रहँदै आएका थिए। यसबीचमा अध्यक्ष मण्डलका सदस्यहरुबीच विवाद भएपछि पुन चक्रीय प्रणालीमा जाने निर्णय भएको हो। ठाकुर हटेसँगै राजपाका संयोजक राजेन्द्र महतो बनेका छन्। अब अध्यक्ष मण्डलका प्रत्येक…
काठमाडौं: अधिकांश पार्टीका शीर्ष नेताहरु संसदीय समिति बैठकमा अनुपस्थित हुँदा बैठकहरु प्रभावित हुने गरेका छन्। प्रतिनिधि सभा अन्तर्गतको विकास तथा प्रविधि समितिमा प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकपाका नेता एवं पूर्वप्रधानमन्त्री झलनाथ खनाल सदस्य छन्। राजपा अध्यक्ष मण्डलका दुई जना अध्यक्षहरु महेन्द्र राय यादव र अनिल झा पनि सदस्य छन्। तर शीर्ष नेताहरु समितिको बैठकमा अकलझुकल…
काठमाडौं: जनप्रतिनिधिहरुको सर्वोच्च निकाय संसद नै जनतासँग सरोकारका विषयमा उदासिन देखिएको छ। दशैंतिहारसहितको पर्वमा दैनिक उपभोग्य वस्तुको मूल्य आकाशिएको भन्दै प्रतिनिधि सभा अन्तर्गतको सार्वजनिक लेखा समितिमा लामो बहस भएको थियो। सरकार पक्षबाट पनि लापरवाही भएको भन्दै विवादमा उद्योग, वणिज्य मन्त्री मातृकाप्रसाद यादव पनि मुछिएका थिए। समितिमा लामो छलफल पश्चात ‘चाडपर्वको समयमा बजारमा चिनीलगायत उपभोग्य सामानको बजारभाउ नियन्त्रण गर्ने’ विषयमा उपसमिति…
काठमाडौं : गृह मन्त्री राम बहादुर थापा ‘बादल’ले लाखौं अनागरिकले नेपाली नागरिकता पाएको स्वीकारेका छन्। जिल्ला प्रशासन कार्यालयबाट जारी हुने भएकाले नागरिकता वितरण गृह मन्त्रालय मातहत पर्छ। प्रतिनिधिसभा अन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिमा गृहमन्त्री थापाले भने, ‘लाखौं अनागरिकले नेपाली नागरिकता पाएका छन्। यो संख्या कति हो त्यसबारे छानविन हुनु पर्छ।’ आइतबार सिंहदरबारस्थित समितिमा नेपाल नागरिकता ऐन, २०६३ लाई…
मलंगवा : छठको भोलिपल्ट बुधवार सर्लाहीको कविलासी नगरपालिका वडा नम्बर ६ नवलपुरका रामप्रसाद राय यादवकी छोरी पुनतीकुमारी राय फरार भइन्। बिहीवारबाट खोजी भयो, तर भेटिइनन्। पुनतीसँगै पढ्ने दलित केटाले भगाएको आरोप लगाउँदै परिवारजनले दलित परिवारमाथि दबाव दिदै पञ्चायत बोलाए। पुनतीसँगै पढ्ने कविलासी वडा ३ का संतोष राम(चमार)माथि केटी पक्षले आफ्नो छोरी भगाएको आरोप लगाए। केटी पक्षले राममाथि हातपात गर्न खोजेपछि…
काठमाडौं : नेपाली कांग्रेसले कम्युनिष्ट नेतृत्वको सरकारविरुद्ध आन्दोलनको तयारी थालेको छ। शान्तिपूर्ण आन्दोलनको तयारी चरणमा सातवटै प्रदेशमा कांग्रेसले सुझाव संकलन गर्न लागेको हो। उपसभापति विमलेन्द्र निधिको संयोजकत्वको राजनीतिक समितिले आन्दोलन लगायतको विषयमा मंसिर २ गतेदेखि ६ गतेसम्म सातवटै प्रदेशमा सुझाव संकलन गर्न लागेको हो। निधिको संयोजकत्वको समितिले छलफल गरी तयार पार्ने राजनीतिक प्रतिवेदनको मस्यौदा राजनीतिक समितिमा छलफलपछि केन्द्रीय समिति र…
काठमाडौं : नेपाली कांग्रेसको आगामी मंसिर ५ देखि ९ गतेसम्मका लागि डाकेको महासमिति बैठक सर्ने भएको छ। पार्टीको विधान संशोधनको मस्यौदा तयार नहुँदा महासमिति बैठक सर्ने भएको कांग्रेसले जनाएको छ। पार्टीलाई संघीय संरचनामा लैजान र संगठन पुनर्संरचनाका लागि विधान संशोधनको तयारीमा छ कांग्रेस। अब महासमिति बैठक कहिले त? पार्टी प्रवक्ता विश्वप्रकाश शर्माले विधान संशोधनका लागि तयार पारिएको विधान संशोधन मस्यौदाको…
काठमाडौं : सरकारले गठन गरेको राजनीतिक वार्ता समितिसँग १८ वटा समूहका कार्यकर्ताहरुले पहिलो चरणको वार्ता गरिसकेका छन्। वार्ता भएका समूहमध्ये अधिकांश मधेश केन्द्रीत छन्। मधेशमा अहिले पनि सक्रिय रहेको जयकृष्ण गोइत नेतृत्वको जनतान्त्रिक तराई मुक्ति मोर्चा क्रान्तिकारीका कार्यकर्ताहरुले गोइतलाई जानकारी नै नदिई सरकारी वार्ता टोलीसँग वार्ता गरेका छन्। गोइत समूहको नाममा पाँच जनाले छद्म नाम प्रयोग गरी सरकारी वार्ता टोलीसँग…
काठमाडौँ : काठमाडौं–तराई/मधेश द्रुत मार्ग (फास्ट ट्रयाक) को सुरुवाती स्थान ललितपुरको खोकना र बुंगमतिबासीहरुले मुआब्जावापत प्रति आना २२ लाख रुपैयाँ माग गरेका छन्। फास्टट्रयाक निर्माणमा अवरोध भएको स्थान खोकना र बुंगमतिको अनुगमन गर्न पुगेका प्रतिनिधि सभा अन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समिति समक्ष स्थानीयबासीले मुआब्जाको कुरा उठाएका हुन्। यसअघि स्थानीयवासीहरुले समितिमा लिखित उजुरी पनि दिएका थिए। उजुरीका आधारमा कार्य समितिले…
काठमाडौँ: प्रतिनिधि सभा अन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिको कार्य क्षेत्रमा विकास निर्माण कार्य पर्दैन। विकास निर्माणका कार्य हेर्ने जिम्मा विकास तथा प्रविधि समितिको छ। तर, राज्य व्यवस्था समितिले विकास समितिको कार्य क्षेत्र मिच्दै तराई-मधेशी–काठमाडौं फास्टट्रयाकको अनुगमन गर्दैछ। प्रतिनिधि सभा नियमावली, २०७५ को नियम १७० मा व्यवस्था भए बमोजिम राज्य व्यवस्था समितिको कार्यक्षेत्रमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, गृह मन्त्रालय, रक्षा…
काठमाडौं: नेपाल कम्युनिष्ट पार्टी (विप्लव समूह)ले काठमाडौंमा जनसभा गर्ने भएको छ। मंसिर ८ गते हुने जनसभालाई लामो समयदेखि भूमिगत रहेका पार्टी महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ले सम्बोधन गर्ने भनिएको छ। विप्लव निकट विद्यार्थी संगठन अखिल क्रान्तिकारीका अध्यक्ष चिरञ्जीवी ढकालले पहिलोपोस्टसँग भने, ‘मंसिर ८ गते हाम्रो पार्टीले विशाल जनसभा गर्दैछ। अहिले प्रचारप्रसारमा जुटेका छौं। विभिन्न जिल्लाबाट एक लाखको संख्यामा कार्यकर्ता उतार्ने तयारी…
काठमाडौं : नेपाल कम्युनिष्ट पार्टी (ने क पा) ले शनिबार आयोजना गरेको चियापानमा ४० लाख रुपैयाँ खर्च भएको छ। ‘लगभग ४० लाख रुपैयाँभन्दा बढी खर्च भएको छ। अहिले बिलहरु आउन बाँकी रहेको छ,’ नेकपा केन्द्रीय लेखा विभागका प्रमुख खेम पौडेलले पहिलोपोस्टसँग भने,‘यो खर्च स्वभाविक हो।’ यसअघि एमालेले गरेको चियापानमा करिब १७ लाख रुपैयाँ खर्च भएको उनले बताए। पार्टी एकीकरण पछि…
काठमाडौं : आफ्नो श्रीमानको दीर्घायुका लागि महिलाहरुले गर्ने करवा चौथ व्रत आज नेपालमा पनि मनाइँदैछ। खासगरी भारतको पञ्जाब, उत्तर प्रदेश, हरियाणा, मध्य प्रदेश र राजस्थानमा मनाइने करवा चौथ आजभोलि नेपालका माडवाडी तथा मधेशका महिलाहरुले विशेष रुपमा मनाउने गरेका छन्। भारतीय चलचित्र र सिरियलहरुमा देखाइने करवा चौथको प्रभाव नेपालसहित अन्य मुलुकमा पनि परेको पाइन्छ। हिन्दू महिलाहरुले मात्र यो पर्व मनाउने गरेका…
काठमाडौं : नेपालका प्रथम राष्ट्रपति डाक्टर रामवरण यादवले यस पटक दशैं तिहार र छठ आफ्नो पैतृक गाउँमै मनाउने भएका छन्। केही वर्षयता काठमाडौंमा दशैं मनाउँदै आएका डाक्टर यादव यस पटक गाउँमै विशेष योजनाका साथ मनाउँदै छन्। पुराना साथीभाइहरुसँगको भेटघाट र खानपानमा रमाउने उनको छठसम्मको समय गाउँमै बित्नेछ। षष्ठीका दिन काठमाडौंबाट गृहजिल्ला गएका यादव जनकपुरधाम दर्शन गरेर जन्मभूमि सपही पुगे। ‘यस…
दशैं सबैको चाड बनिरहेको छ। के पहाड, के मधेश यसको प्रभाव सबैतिर फैलिँदैछ। मधेशमा दशैंको टीका जमरा नभए पनि कतिपय मधेशमा आधारित नेता टिका थाप्न जान्छन्। मधेशमा आधारित नेताले यसरी मनाउँदैछन् दशैं - ‘दशहरा’मा गाँउ–गाँउ डुल्दै महन्थ ठाकुर राष्ट्रिय जनता पार्टी (राजपा) नेपालको अध्यक्ष मण्डलका संयोजक महन्थ ठाकुरको दशहरा गाउँगाउँ डुलेर बित्ने भएको छ। यस पटकको दशैंमा आफ्नो पैतृक गाउँ…