काठमाडौं : सोमबार बिहानैदेखि ललितपुरको नख्खु कारागारको गेट अगाडि भेटघाट गर्नेहरुको भिड थियो। एकदेखि दुई घण्टासम्म लाइन बसेर सर्वसाधारणहरु भित्र प्रवेश गरिरहेका थिए। दशैंको दिन कारागार बन्द रहने भएकोले सोमबार अन्तिम दिन आफ्न्तहरुले कारागारमा रहेका आफ्ना कैदी बन्दीहरुलाई भेट्दै गरेका हुन्। आइतबार साँझसम्म पनि कारागारको गेटमा भिड थियो। सोमबार त बिहानैदेखि भिड हुनु स्वभाविक भइहाल्यो। ग्रन्ज पाइन्ट तथा शरीरको भित्री…
काठमाडौं : प्रक्रिया सुरू भएको एघार वर्षदेखि बितिसक्दा पनि दोस्रो अन्तर्राष्ट्रिय विमानस्थल निर्माणले ठोस प्रगति हासिल गर्न सकेको छैन। नीतिगत प्रक्रिया अन्तिम चरणमा भए पनि निजगढ अन्तर्राष्ट्रिय विमानस्थल विवादबाट बाहिर रहेन। यतिखेर वन तथा वातावरण मन्त्रालय र संस्कृति, पर्यटन तथा नागरिक उड्ययन मन्त्रालयबीच रुख कटानको विषयले यसलाई थप विवादित बनाएको छ। यसैबीच संघीय संसदमा पनि यो विवाद पुगेको छ। उक्त…
काठमाडौं: चिनीको मूल्य छानविन गर्न गठित संसदीय समितिले गरेको निर्णयको पाना गायब भएको पाएपछि बिहीवार बसेको सार्वजनिक लेखा समितिको बैठक एकाएक गरमागरम भयो। प्रतिनिधि सभा अन्तर्गतको समितिले ‘चाड पर्वको समयमा बजारमा चिनीलगायत उपभोग्य सामानको बजारभाउ नियन्त्रण गर्ने विषयमा गठित उपसमिति’को निर्णयको पाना नै चोरी भएपछि समितिमा विवाद भएको हो। बुधवार उपसमितिले छानविन भएका सम्पूर्ण विषयलाई अन्तिम रुप दिई प्रतिवेदन छाप्ने…
काठमाडौं: सरकारले गठन गरेको ‘उच्च स्तरीय राजनीतिक वार्ता समिति’ले १६ वटा सशस्त्र र निशस्त्र समूहसँग वार्ता गरेको छ। सरकारी वार्ता समितिका संयोजक सोमप्रसाद पाण्डेले अहिलेसम्म १६ वटा समूहसँग वार्ता भएको र बाँकी १० समूहसँग वार्ताको तयारी भइरहेको जानकारी दिए। यी समूहसँग वार्ताको तयारी गरिए पनि चर्चामा रहेका मुख्य दुई समूहसँग भने वार्ता हुन सकेको छैन। नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल…
काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारलाई समर्थन गरेकै दलले मुलुकमा 'सरकारको प्रत्याभूति नभएको' भन्दै प्रधानमन्त्रीसामु राेष प्रकट गरेकाे छ। सरकारलाई समर्थन गरेको संसदको तेस्रो ठूलो दल राष्ट्रिय जनता पार्टी (राजपा)ले प्रधानमन्त्रीलाई भेटेरै सरकारको आलोचना गरेको हो। सोमबार साँझ प्रधानमन्त्री ओलीलाई भेटेर राजपा अध्यक्ष मण्डलका नेताहरुले सरकारको आलोचना गर्दै समर्थन फिर्ता लिने चेतावनी दिँदै त्यसका लागि डेडलाइनसमेत दिएका छन्।…
काठमाडौं: सरकारले पाँच दिनभित्र उखु उत्पादक किसानको रकम भुक्तानी नगर्ने उद्योगीलाई पक्राउ गरी कारबाही गर्ने तयारी गरेको छ। साेमबार बसेको पाँच मन्त्रीहरुको संयुक्त बैठकले उक्त निर्णय गरेको हो। ‘पाँच दिनभित्र उखु उत्पादनक किसानको रकम भुक्तानी गर्न निर्देशन दिइएको छ’ बैठकमा सहभागी समान्य प्रशासन मन्त्री लालबाबु पण्डितले भने,‘पाँच दिनभित्र रकम भुक्तानी नगरे पक्राउ गरी कारबाहीको तयारी गरेका छौं।’ सिंहदरबारमा अर्थमन्त्री डा.…
काठमाडौं : चिनीको मूल्य निर्धारणका विषयमा संसद र सरकारबीच विवाद बढ्दै गएको छ। चिनीको मूल्य निर्धारणमा चलखेल भएको भन्दै प्रतिकिलो खुद्रा मूल्य ६३ रुपैयाँ कायम गर्न सरकारलाई निर्देशनसमेत दिएको छ। तर, सरकारले संसदको निर्देशन अनुसार मूल्य निर्धारण गरेको छैन। संसदको निर्देशन सरकारले अस्वीकार गर्नु संसदीय मर्यादाको अपमान भएको सभामुख कृष्णबहादुर महराको ठहर रहेको छ। तर, उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री…
काठमाडौं : चिनीको मूल्य वृद्धिका विषयमा छानविन गरिरहेको संसदीय समिति र उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिवहरुबीच चर्काचर्की परेको छ। चिनीको मूल्य वृद्धि भएको भन्दै प्रतिनिधि सभा अन्तरगतको सार्वजनिक लेखा समितिले छानविनका लागि गठन गरेको उप समितिले आज उद्योग वाणिज्य तथा आपुर्ति मन्त्रालयका सचिवहरुसँग छलफल गरेको छ।छलफलका क्रममा समितिका सदस्य एवं नेकपाका सांसद प्रेमबहादुर आलेले सचिवहरुसँग प्रश्न गरिरहेका थिए ।…
काठमाडौं : राष्ट्रिय सुरक्षा र हितविरुद्ध बाह्य क्षेत्रबाट हुने गतिविधि नियन्त्रणका लागि राष्ट्रिय अनुसन्धान विभागले ‘काउन्टर इन्टेलिजेन्स डिभिजन’को स्थापना गर्ने भएको छ। बाह्य क्षेत्रबाट विभिन्न गतिविधि संचालन भइरहे पनि प्रतिरक्षाका लागि नेपालमा शक्तिशाली संयन्त्र नभएको निष्कर्ष निकाल्दै विभागले काउन्टर इन्टेलिजेन्सको स्थापना गर्ने प्रस्ताव अगाडि बढाएको हो। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय महातहतमा रहेको विभागले केहीदिनभित्रै स्थापना गर्ने गरी काउन्टर इन्टेलिजेन्स स्थापना…
काठमाडौं : दोस्रो विश्व युद्धमा बेलायती प्रधानमन्त्री विन्सट्न चर्चिलले बनाएको ‘वार रुम’कै शैलीमा सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यलयमा ‘एक्सन रुम’ खडा गरिँदैछ। 'दोस्रो विश्वयुद्धको बेला विन्सट्न चर्चिलले बनाएको वार रुमको शैलीमा हामीले एक्सन रुम बनाउँदैछौं,’ मुख्य सचिव लोकदर्शन रेग्मीले भने, ‘यहाँबाट सूचना प्रविधिको प्रयोग गरेर देशभरि अनुगमन गर्न सकिनेछ।' चर्चिलको वार रुम युद्धका लागि रहेको भए पनि प्रधानमन्त्री केपी शर्मा…
काठमाडौं: अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ठूला अपराधीलाई समात्न नसकेको भन्दै सांसदहरुले आलोचना गरेका छन्। बुधबार सिंहदरबारस्थित समितिको सभा हलमा बसेको प्रतिनिधि सभा अन्तरगतको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा अख्तियार प्रमुखसहितको टोलीसँग सांसदहरुले ठूला अपराधीलाई समात्न नसकेको भन्दै आलोचना गरेका हुन्। बैठकमा सांसद देवेन्द्रराज कंडेलले अख्तियारले उच्च ओहोदाका व्यक्तिलाई कारवाही नगरी साना कर्मचारीहरुलाई मात्र समात्ने गरेको आरोप लगाए। भने,‘तपाईहरुले ठूलो…
काठमाडौं: नेपाली सेनाले व्यापारिक कार्यमा विशेष जोड दिएको भन्दै सांसदहरुले सेनाको आलोचना गरेका छन्। सिंहदरबारस्थित प्रतिनिधि सभा अन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिको हलमा रक्षा मन्त्रालयसहित नेपाली सेनाको विषयमा आज भएको छलफलमा सांसदहरुले सेनाको आलोचना गरेका हुन्। 'नेपाली सेनाले फास्ट ट्रयाक बनाउने ठेक्का लिएको छ। योमात्र होइन पेट्रोल पम्पदेखि अन्य हाइड्रोसम्म हात हालेका छन्, सेना व्यापारी कि सुरक्षा संयन्त्र?' एक…
काठमाडौं: नेपाल कम्युनिस्ट पार्टी(नेकपा)का नेताहरुलाई विदेश भ्रमण फापेको छैन। नेकपा शीर्ष नेताहरुको विदेश भ्रमणसँगै पार्टीभित्र विवाद हुने क्रम जारी छ। पार्टी गठनको दिनदेखि नै नेताहरुको विदेश भ्रमणले विवाद निम्त्याएको छ। नेकपा गठन भएको साढे ४ महिनाको अवधिमा पाँचभन्दा बढी विवाद विदेश भ्रमणकै क्रममा भएको छ। पार्टी गठन भए यता सबभन्दा बढी विदेश भ्रमणमा गएका नेकपाका वरिष्ठ नेता माधव नेपालले बढी…
काठमाडौँ : २० वर्षभन्दा पुरानो सवारी साधन पुनः सञ्चालनमा ल्याउने तयारी भइरहेको छ। भौतिक योजना तथा यातायात व्यवस्था मन्त्रालयले २० वर्ष पुराना गाडी पुनः सञ्चालनका लागि मन्त्रिपरिषद्मा प्रस्ताव पठाएको छ। तर, समाेबार सार्वजनिक लेखा समितिले २० वर्ष पुरानो गाडीलाई सञ्चालनमा नल्याउन सरकारलाई निर्देशन दिएको छ। समितिमा सांसदहरुले २० वर्ष पुराना गाडीले समस्या खडा गर्ने भन्दै आपत्ति जनाएपछि समितिले यस्तो निर्देशन दिएको हो। समितिको बैठकमा छलफलका लागि…
काठमाडौं : पार्टी एकीकरण प्रक्रियाले पूर्णता नपाउँदै नेपाल कम्युनिस्ट पार्टी (ने क पा) भित्रको विवाद संसद हुँदै सामाजिक सञ्जालसम्म पुगेको छ। बलात्कारका घटना बढ्दै गएको, सरकारको कामकारबाही प्रभावकारी नभएको जस्ता विषयलाई लिएर सत्तारुढ दलकै सांसदहरुले ओली सरकारमाथि सुरु गरेको आक्रमण चर्को हुँदै गएको छ। माधव नेपाल समूहका भीम रावलसहितका शीर्ष नेताहरुले नै बिमस्टेक संयुक्त सैन्य अभ्यासबारे प्रधानमन्त्री केपी शर्मा ओलीको आलोचना…
काठमाडौँ : राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले भूकम्पपछि २ लाख ९६ हजार घर पुनर्निर्माण गरिएको दाबी गरेको छ। भूकम्पमा क्षति भएका ५ लाख ५५ हजार ६ सय १२ निजी घरमध्ये २ लाख ९६ हजार ५ सय १४ घरको पुनर्निर्माण सम्पन्न भएको प्राधिकरणले जनाएको छ। कम प्रभावित १८ जिल्लाका तथ्यांक प्राप्त हुन बाँकी रहेकोले पुनर्निर्माण भएका घरको संख्या करिब साढे तीन लाख पुगेको प्राधिकरणले…
काठमाडौं: नेपाल कम्युनिष्ट पार्टी (नेकपा) भित्रको विवाद चर्को रुपमा सतहमा देखिन थालिएको छ। पार्टी अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध वरिष्ठ नेता माधव नेपाल खुलेरै उत्रेका छन्। तीन पटक आफू निकट नेताहरुको गोप्य भेला गरेका नेता नेपालले आज खुल्ला रुपमा चियापान गर्दैछन्। नयाँ बानेश्वरस्थित नेपाल निकट व्यवसायीको होटल अर्याल इन्टरनेसनलमा यसअघि नेपाल समूहले दुई पटक गोप्य भेला गरेको थियो। आफ्नो…
काठमाडौं: प्रतिनिधि सभाको चालु अधिवेशनको अन्तिम बैठकमा दलका नेताहरू बोल्ने प्रचलन छ। अधिवेशनको सुरुदेखि अन्तिमसम्मको कामकारबाहीको समीक्षा दलका नेताहरूले गर्दै मन्तव्य राख्छन्। चालु अघिवेशनको अन्तिम दिन आज संसदको सबभन्दा ठुलो दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का संसदीय दलका नेता एवं प्रधानमन्त्री केपी शर्मा ओली अनुपस्थित भएपछि माधव नेपालले मन्तव्य राखे। ओलीको अनुपस्थितिको फाइदा उठाउँदै माधव नेपालले आफ्नै पार्टी नेतृत्वको सरकारको चर्को…
काठमाडौं : थारुहरुको छाता संगठन थारु कल्याणकारिणी सभा (थाकस)को २२ औं महाधिवेशन आजबाट काठमाडौंमा शुरु भएको छ। तीन दिनसम्म चल्ने सभाको महाधिवेशन उद्घाटन सत्रको प्रमुख अतिथि नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई तोकिएको थियो। तर उद्घाटन सत्र सुरु हुनुअघि देउवाविरुद्ध नारावाजी भएपनि देउवालाई कार्यक्रममै बोलाइएन। दिउँसो दुई बजे आउने भनेका देउवालाई अन्तिम समयमा आयोजकले रोके। खास गरी कैलाली र कञ्चनपुरका थारुहरु…
काठमाडौँः बिहीबार दिनभर एउटा हल्ला चल्यो -प्रधानन्यायाधीशबाट अस्वीकृत न्यायाधीश दीपकराज जोशीमाथिको महाभियोग। सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (ने क पा) का सांसद्हरुले हस्ताक्षर संलग्न गरेको स्वीकार गरे। तर, शुक्रबारसम्म आइपुग्दा महाभियोग दर्ता भएको छैन। हस्ताक्षर संकलनकर्ता सांसद्हरु महाभियोग दर्ता हुने वा नहुनेमा यकिन छैनन्। संसदीय सुनुवाइबाट प्रधानन्यायाधीशमा अस्वीकृत भएका जोशी करिब डेढ महिनापछि इजलास फर्किए। इजलास पुनरागमनलाई विभिन्न रुपमा अर्थ लगाइयो।…