PahiloPost

Dec 27, 2024 | १२ पुष २०८१

  • वाइडबडी छानविन : गभर्नर र अर्थ सचिवसँग छलफल पछिमात्र कारबाहीका लागि सिफारिस गरिने

    वाइडबडी छानविन : गभर्नर र अर्थ सचिवसँग छलफल पछिमात्र कारबाहीका लागि सिफारिस गरिने

    काठमाडौं: नेपाल वायु सेवा निगमको वाइड बडी खरिद प्रकरण बारे छानविन गरिरहेको सार्वजनिक लेखा समितिले कारवाहीका लागि सिफारिस गर्ने भएको छ। छानविनका लागि लेखा समितिले गठन गरेको उपसमितिले भोलिबाट प्रतिवेदन लेखन कार्य थाल्दैछ। छानविनका क्रममा सरोकारवालाहरुसँग छलफल गरेको उपसमितिले भोलि राष्ट्र बैंकका गर्भनर डा चिरिञ्जिवि नेपाल र अर्थ सचिव डा राजन खनालसँगको छलफलपछि प्रतिवेदन लेखन कार्य सुरु गर्नेछ। ‘भोलि गभर्नर…

    विस्तृतमा पढ्नुस्

  • संघीयता कार्यान्वयन समिति : गठन भएको तीन वर्षमा एक मात्र बैठक, प्रम ओली नै उदासिन

    संघीयता कार्यान्वयन समिति : गठन भएको तीन वर्षमा एक मात्र बैठक, प्रम ओली नै उदासिन

    काठमाडौं : संविधानले मार्गदर्शन गरे बमोजिमको संघीयता कार्यान्वयन र सार्वजनिक प्रशासनको पुनःसंरचनाको ढाँचा, स्वरुप तथा प्रक्रिया निर्धारण गर्न गठन भएको ‘उच्चस्तरीय संघीयता कार्यान्वयन तथा प्रशासन पुर्नसंरचना निर्देशक समिति’ निस्क्रिय बनेको छ। मन्त्रिपरिषद्को २०७२ चैत २६ गतेको बैठकबाट निर्देशक समिति गठन भएको थियो। समिति गठन भएको तीन वर्ष बित्नै लग्दासमेत यसले ठोस काम गर्न सकेको छैन। समिति गठन भएपछि २०७३ असार…

    विस्तृतमा पढ्नुस्

  • संघीयता कार्यान्वयनको टाइमलाइन तय : वित्त आयोग गठन हुँदै

    संघीयता कार्यान्वयनको टाइमलाइन तय : वित्त आयोग गठन हुँदै

    काठमाडौं : अन्तरप्रदेश परिषद्को बैठकले संघीयता कार्यान्वयन सम्बन्धमा टाइमलाइन तय गरेको छ। यसअघि बसेको परिषद्को बैठकले गृहमन्त्री रामबहादुर थापा बादलको नेतृत्वमा समिति गठन गरेको थियो। उक्त समितिले पेस गरेको प्रतिवेदन पारित गर्दै टाइमलाइन तय गरिएको हो।   प्रतिवेदनका अनुसार पुस मसान्तभित्र प्रदेश वित्त आयोग गठन, कर्मचारी समायोजन लगायतका काम हुनेछ भने माघभित्र प्रदेश अधिकारको सूची तथा जिम्मेवारी बाँडफाँडको काम हुनेछ।…

    विस्तृतमा पढ्नुस्

  • बैठक नै नबसी बित्ने भयो संयोजकको कार्यकाल

    बैठक नै नबसी बित्ने भयो संयोजकको कार्यकाल

    काठमाडौं : राष्ट्रिय जनता पार्टी (राजपा) नेपाल अध्यक्ष मण्डलको संयोजक परिवर्तन भएको भोलि एक महिना बित्दैछ। संयोजक परितर्वन भएपछि अहिलेसम्म एक पटकसमेत बैठक बस्न सकेको छैन। मंसिर ४ गते बसेको राजपाको अध्यक्ष मण्डलेको बैठकले महन्थ ठाकुरलाई संयोजकबाट हटाएर राजेन्द्र महतोलाई संयोजक चयन गरेको थियो। पार्टी एकीकरणका बेला निर्वाचन आयोगमा बुझाइएको पदाधिकारी पछिको सम्पूर्ण नियुक्ति खारेज गरिएको थियो। पार्टीको विधानमा व्यवस्था…

    विस्तृतमा पढ्नुस्

  • फास्ट ट्र्याकको विषयमा संसदको राज्य व्यवस्था समिति नै 'गलत ट्र्याक'मा, उप प्रधानमन्त्री पोखरेलले बैठकमै उठाए प्रश्न

    फास्ट ट्र्याकको विषयमा संसदको राज्य व्यवस्था समिति नै 'गलत ट्र्याक'मा, उप प्रधानमन्त्री पोखरेलले बैठकमै उठाए प्रश्न

    काठमाडौं : प्रतिनिधिसभा अन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समिति कार्यक्षेत्र भन्दा बाहिरको काममा अल्झेको गुनासो सांसदहरुले नै गर्न थालेका छन्। आज बसेको समितिको बैठकमा सांसदहरुले कार्यक्षेत्र भन्दा बाहिर समिति गएको भन्दै असन्तुष्टि व्यक्त गरे। उनीहरुको असन्तुष्टिलाई समितिको छलफलमा बोलाइएका उपप्रधान एवं रक्षामन्त्री ईश्वर पोखरेलले पनि साथ दिए। भौतिक निर्माण तथा यातायात मन्त्रालयको मातहतमा रहेको तराई–मधेश काठमाडौं द्रुत मार्ग (फास्ट ट्र्याक)का…

    विस्तृतमा पढ्नुस्

  • वाइड बडी प्रकरणमा छानविन गर्ने उप समितिको संयोजकमा राजन केसी, त्रिपाठी र रिजाल पन्छिए

    वाइड बडी प्रकरणमा छानविन गर्ने उप समितिको संयोजकमा राजन केसी, त्रिपाठी र रिजाल पन्छिए

    काठमाडौं : सार्वजनिक लेखा समितिले नेपाल एयरलाइन्सको वाइड बडी विमान खरिद प्रकरणमा अनुसन्धान गर्न छानविन उप समिति गठन गरेको छ। नेपाली कांग्रेसका सांसद राजन केसीको नेतृत्वमा पाँच सदस्यीय छानविन उप समिति गठन भएको हो। आज बसेको समितिको बैठकले छानविन प्रकृया अगाडि बढाउने निर्णय गरेको हो। उप समितिमा सांसदहरु प्रेम आले, धर्मशीला चापागई, मीना पुन र कृष्णलाल मर्हजन सदस्य छन्। उप समितिलाई…

    विस्तृतमा पढ्नुस्

  • संघीय सरकारप्रति गरम देखिने प्रदेश २ का मुख्यमन्त्री अन्तर प्रदेश बैठकमा नरम : प्रधानमन्त्रीलाई यसरी पारे प्रभावित

    संघीय सरकारप्रति गरम देखिने प्रदेश २ का मुख्यमन्त्री अन्तर प्रदेश बैठकमा नरम : प्रधानमन्त्रीलाई यसरी पारे प्रभावित

    काठमाडौं: पहिलो पटक बसेको अन्तरप्रदेश परिषदको बैठकमा प्रदेश २ का मुख्यमन्त्री मो.लालबाबु राउत ‘गद्दी’ आक्रमक रुपमा प्रस्तुत हुने अनुमान गरिएको थियो। आइतवार शुरु भएको अन्तरप्रदेश बैठक सकिँदा संघीय सरकारसँग बारम्बार टकरावको वातावरण बनाएका मुख्यमन्त्री राउत आक्रमक रुपमा प्रस्तुत हुने ठानिए पनि त्यस्तो देखिएन। बैठकमा मुख्यमन्त्री राउतले प्रधानमन्त्री केपी शर्मा ओलीसहित संघीय सरकारका मन्त्रीहरुलाई नै प्रभावित पारेको सहभागीहरुले बताए। उनीहरुकाअनुसार बैठकमा…

    विस्तृतमा पढ्नुस्

  • भारतलाई गाली गरेर राष्ट्रवादी बन्ने प्रवृत्ति बन्द गरिनुपर्छ : प्रस्तावित राजदुत आचार्य

    भारतलाई गाली गरेर राष्ट्रवादी बन्ने प्रवृत्ति बन्द गरिनुपर्छ : प्रस्तावित राजदुत आचार्य

    काठमाडौं: भारतका लागि प्रस्तावित राजदुत निलाम्बर आचार्यको सुनुवाई सकिएको छ। संसदीय सुनुवाइ समितिको सिंहदरबारमा आज बसेको बैठकमा आचार्यलाई सांसदहरुले भारतसँग सम्बन्ध सुधार्न के कस्ता योजना छन् भनी प्रश्न गरेका थिए। पूर्वमन्त्रीसमेत रहेका कांग्रेसका सांसद भीमसेनदास प्रधानले 'भारतले तीनतीन पटक नाकाबन्दी लगाएकोले नेपालसँगको सम्बन्ध चिसिएको अवस्थामा सम्बन्ध कसरी सुधार्नुहुन्छ?' भनी प्रश्न गरेका थिए। त्यस्तै नेकपाका सांसद योगेश भट्टराईले 'छिमेकी बदल्न नसकिने…

    विस्तृतमा पढ्नुस्

  • अन्तर प्रदेश परिषदको बैठक सिंहदरबारमा शुरु, यस्तो छ कार्यतालिका

    अन्तर प्रदेश परिषदको बैठक सिंहदरबारमा शुरु, यस्तो छ कार्यतालिका

    काठमाडौँ: सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा अन्तर प्रदेश परिषद् बैठक शुरु भएको छ। १० महिनापछि पहिलो पटक बसेको बैठक ११ बजेका लागि बोलाइएको भएपनि साढे १२ मा मात्र शुरु भएको हो।  बैठकमा सातै प्रदेशका मुख्यमन्त्री, नेपाल सरकारका मन्त्रीहरु सहभागी छन्। उपप्रधान तथा स्वास्थ्य मन्त्री उपेन्द्र यादव भने अनुपस्थित छन्। भदौ २४ मा आयोजित बैठक स्थगित भएपछि मुख्यमन्त्रीहरुले बैठक माग गर्दै…

    विस्तृतमा पढ्नुस्

  • एनसेलको कर प्रकरणबारे छलफल शुरु, तर अधिकांश सांसद अनुपस्थित

    एनसेलको कर प्रकरणबारे छलफल शुरु, तर अधिकांश सांसद अनुपस्थित

    काठमाडौं: प्रतिनिधि सभा अन्तर्गत सार्वजनिक लेखा समितिको बैठक सिंहदरबारमा शुरु भएको छ। बैठकमा एनसेलको करबारे छलफल हुँदैछ। जसमा अर्थ मन्त्रालयका सचिव र आन्तरिक राजश्व कार्यलयका सचिवलगायतका पदाधिकारीलाई बोलाइएको छ।  १२ बजेका लागि बोलाइएको समितिको बैठकमा सभापतिसहित १२ जना सांसदमात्र उपस्थित छन्। कोरम पुग्न १४ जना आवश्यक हुन्छ। तर सभापतिसहित १२ जना मात्र भए पनि छलफल शुरु गरिएको छ।  बैठकमा आन्तरिक…

    विस्तृतमा पढ्नुस्

  • निर्मला प्रकरणमा विरोध गर्नेलाई सरकारका प्रवक्ताको आक्रोश, 'लेकको जुका झैं स्याउँस्याउँ गरिरहेका छन्'

    निर्मला प्रकरणमा विरोध गर्नेलाई सरकारका प्रवक्ताको आक्रोश, 'लेकको जुका झैं स्याउँस्याउँ गरिरहेका छन्'

    काठमाडौं: सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधि मन्त्री गोकुलप्रसाद बाँस्कोटाले एसिया प्यासिफिक समिट र निर्मला पन्तको प्रकरणमा भइरहेको सरकारको विरोधको प्रतिवाद गरेका छन्। मन्त्रिपरिषद्को निर्णय सार्वजनिक गर्न आयोजित साप्ताहिक पत्रकार सम्मेलनमा निर्मला प्रकरणमा विरोध गर्नेहरुप्रति लक्षित गर्दै उनले भने,‘अरु कुनै मुद्दा नै नभेटिए जस्तो गरेर त्यो विषय उठाएको छ। कुनै बेला गंगामायाको बारेमा यतिकै चर्चा चल्दा मुख थुनेर बस्नेहरुको मुख एकदम लेकको जुकाको…

    विस्तृतमा पढ्नुस्

  • संसद अधिवेशनको ढिलाइबारे सरकारले ढाँट्यो, सचिवालय भन्छ : चार दिनभित्रै मर्मतको काम सकिन्छ

    संसद अधिवेशनको ढिलाइबारे सरकारले ढाँट्यो, सचिवालय भन्छ : चार दिनभित्रै मर्मतको काम सकिन्छ

    काठमाडौं : सरकारले संसदलाई छलेर कर्मचारी समायोजन अध्यादेश ल्याएको भन्दै सरकारको आलोचना भइरहेको छ। संसदमा दुई तिहाई बहुमत भएको बेला पनि सरकारले 'चोर बाटो' अपनाई अध्यादेश ल्याएकोमा राज्य व्यवस्था तथा सुशासन समितिका सांसदहरुले आपत्ति जनाउँदै आएका छन्। संसदको हिउँदे अधिवेशन चालु गर्नुपर्ने अवस्था आए पनि सरकारले ढिलासुस्ती गरेर चोर बाटो अपनाएको सांसद अमरेश सिंहले बताए। उनले तत्कालै संसदको अधिवेशन बोलाउनु…

    विस्तृतमा पढ्नुस्

  • मन्त्री रवीन्द्र अधिकारीलाई सांसद रिजालको प्रश्न : भ्रष्टाचारमा तपाईँ तानिने कि नतानिने?

    मन्त्री रवीन्द्र अधिकारीलाई सांसद रिजालको प्रश्न : भ्रष्टाचारमा तपाईँ तानिने कि नतानिने?

    काठमाडौं : संस्कृति पर्यटन तथा नागरिक उड्ययन मन्त्री रवीन्द्र अधिकारीले नेपाल वायु सेवा निगमका लागि 'स्ट्राटेजिक पार्टनर' खोज्ने तयारी भइरहेको जानकारी दिएका छन्। मन्त्री अधिकारीले एनएसीको सेयर बढाउनुपर्ने पनि बताए।  आज सिंहदरबारमा सार्वजनिक लेखा समितिमा वाइड बडी जहाज खरिद प्रकरणमा भएको भ्रष्टाचारका विषयमा छलफल हुँदा मन्त्री अधिकारीले उक्त कुरा बताएका हुन्। मन्त्री अधिकारीले भने, 'स्ट्रटेजिक पार्टनर खोज्दैछौं। डिडिए तयार पार्न निर्देशन…

    विस्तृतमा पढ्नुस्

  • एकै दिन तीन पटकसम्म स्थगित भयो अर्थ समितिको बैठक, कोरम नपुग्ने रोगको पीडा

    एकै दिन तीन पटकसम्म स्थगित भयो अर्थ समितिको बैठक, कोरम नपुग्ने रोगको पीडा

    काठमाडौं : सांसदहरु 'व्यस्त' भइदिँदा आज पटक पटक अर्थ समितिको बैठक स्थगित भयो। निवृत्तभरण कोष सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकमाथि आज संसदीय समितिमा छलफल राखिएको थियो। बिहान ११ बजे बोलाइएको बैठकमा जम्मा ४ जनामात्र पुगेका थिए। कोरम नपुगेको भन्दै बैठक १० मिनेटका लागि स्थगित गरियो। त्यसपछि फेरि बैठकका लागि सदस्यहरु जुटे। अर्थमन्त्री डाक्टर युवराज खतिवडा पनि आइपुगे। उनीसँगै अर्थ सचिव…

    विस्तृतमा पढ्नुस्

  • सरकार खोज्दै कांग्रेस, प्रतिपक्षी खोज्दै जनता: सरकार पोस्टरमा, प्रतिपक्षी प्रेस कन्फ्रेन्समा!

    सरकार खोज्दै कांग्रेस, प्रतिपक्षी खोज्दै जनता: सरकार पोस्टरमा, प्रतिपक्षी प्रेस कन्फ्रेन्समा!

    काठमाडौं: मंसिर ३ गते केपी शर्मा ओली नेतृत्वको सरकारले ९ महिना पुरा गर्‍यो। सरकारको ९ महिने कामको समीक्षा गर्दै मंसिर ६ गते पत्रकार सम्मेलन गरी प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले सोध्यो ‘सरकार कहाँ छ?’ कांग्रेसले प्रश्न सोधेको ५ दिनपछि प्रधानमन्त्री ओलीले मंसिर ११ गते जबाफ फर्काए। काठमाडौंभरी पोस्टर टाँसेर तथा पत्रपत्रिकामा विज्ञान दिएर समाजिक सुरक्षा योजनाको घोषणा गर्दै प्रधानमन्त्री ओलीले…

    विस्तृतमा पढ्नुस्

  • भौतिक योजना मन्त्री महासेठको आरोप : सेनाको अनुमतिविना फास्ट ट्र्याकको अनुगमनमा जान समेत पाइँदैन

    भौतिक योजना मन्त्री महासेठको आरोप : सेनाको अनुमतिविना फास्ट ट्र्याकको अनुगमनमा जान समेत पाइँदैन

    काठमाडौं : भौतिक योजना तथा यातायात मन्त्री रघुवीर महासेठले काठमाडौं–तराई/मधेश फास्ट ट्र्याकमा प्राविधिक समस्या भएको स्वीकार गरेका छन्। प्रतिनिधिसभा अन्तर्गतको विकास तथा प्रविधि समितिमा मन्त्री महासेठले फास्ट ट्र्याक निर्माणका क्रममा डिपीआर लगायत अन्य विषयमा प्राविधिक समस्या भएको बताए। शुक्रबार समितिले सिंहदरबारमा फास्ट ट्र्याक सम्बन्धी छलफल गर्दा मन्त्री महासेठलाई डाकेको थियो। सोही क्रममा मन्त्री महासेठले फास्ट ट्र्याकका बारे जानकारी दिँदै भने,…

    विस्तृतमा पढ्नुस्

  • विवादित कार्यक्रममा सहभागी विदेशी नेतालाई संसद सचिवालयको खर्चमा डिनर

    विवादित कार्यक्रममा सहभागी विदेशी नेतालाई संसद सचिवालयको खर्चमा डिनर

    काठमाडौं : विवादास्पद धार्मिक संस्था युनिभर्सल पिस फेडेरेसनको आयोजनामा भएको एसिया प्यासेफिक समिटमा सहभागी विदेशी नेता र सांसदलाई संसद सचिवालयले रात्रीभोज गराउने भएको छ। नेपाली कांग्रेसको विरोध र सामाजिक संजालमा चर्को आलोचना भएपछि सह आयोजक रहेको सरकारले कार्यक्रमबाट आफूलाई बाहिर राखेको थियो। आयोजकको नामबाट सह-आयोजक हटाए पनि पत्रकारलाई वितरण गरिएको पासमा सह आयोजक सरकार नै छ। साथै अर्थ मन्त्रालयले समेत…

    विस्तृतमा पढ्नुस्

  • वाइडबडी खरिद एेनअनुसार किनेको हो कि होइन? सात दिनभित्र राय पेश गर्न अनुगमन कार्यालयलाई निर्देशन

    वाइडबडी खरिद एेनअनुसार किनेको हो कि होइन? सात दिनभित्र राय पेश गर्न अनुगमन कार्यालयलाई निर्देशन

    काठमाडौं: सार्वजनिक लेखा समितिले वाइडबडी खरिद प्रकरणबारे आफ्नो राय पेश गर्न सार्वजनिक खरिद अनुगमन कार्यालयलाई निर्देशन दिएको छ। आज सिंहदरबारमा कार्यालयका निर्देशक रामचन्द्र शर्मा, सचिव मधुप्रसाद रेग्मीलगायतसँग छलफल गरी समितिका सभापति भरत शाहले उक्त निर्देशन दिएका हुन्। समितिले कार्यालयका निर्देशक, सचिवलगायतलाई वाइडबडी विमान खरिद एेनअनुसार भएको छ कि छैन? भनी प्रश्न गरेका थिए। जवाफमा कार्यालयका सचिव रेग्मीले अहिले नै औपचारिक…

    विस्तृतमा पढ्नुस्

  • निगमका सिइओ कंसाकारलाई सांसदहरुको प्रश्न : निगम डुबाएर आफ्नै प्रशंसा गर्दै बस्ने? लाज लाग्दैन?

    निगमका सिइओ कंसाकारलाई सांसदहरुको प्रश्न : निगम डुबाएर आफ्नै प्रशंसा गर्दै बस्ने? लाज लाग्दैन?

    काठमाडौं: सार्वजनिक लेखा समितिको बैठकमा नेपाल वायु सेवा निगमका महाप्रबन्धक सुगरत्न कंसाकारमाथि सांसदहरु खनिएका छन्। निगम घाटामा गएको अवस्थामा कंसाकारले आफूलाई सफल सिइओ भएको दाबी गरेपछि सांसदहरु उनीमाथि खनिएका हुन्। लेखा समितिको बैठकमा वाइडबडी खरिद प्रकरणमा छलफल भइरहँदा कंसाकारले आफू सर्वोच्च अदालतबाट सफाई पाएको र अदालतले आफ्नो प्रशंसा गरेको व्यक्ति भएको प्रसंग निकालेका थिए। छलफलमा उठेको प्रश्नको जवाफको साटोमा कंसाकारले…

    विस्तृतमा पढ्नुस्

  • सकियो राजनीतिक वार्ता टोलीको म्याद : प्रगति, २१ समूहसँग प्रारम्भिक चरणको वार्तामात्रै

    सकियो राजनीतिक वार्ता टोलीको म्याद : प्रगति, २१ समूहसँग प्रारम्भिक चरणको वार्तामात्रै

    काठमाडौं: असन्तुष्ट राजनीतिक समूहसँग वार्ता गर्न सरकारले गठन गरेको वार्ता टोलीको म्याद हिजो शनिवार सकिएको छ। असन्तुष्ट समूहसँग वार्ताका लागि भदौ ८ गतेको मन्त्रिपरिषद्को बैठकले नेकपाका सांसद सोमप्रसाद पाण्डेको संयोजकत्वमा राजनीतिक वार्ता टोली गठन गरेको थियो। समितिमा सुरेश आले मगर, ताराकान्त चौधरी, लीलाकुमारी भण्डारी सदस्य छन्। टोलीलाई तीन महिना म्याद दिएकोमा उक्त म्याद हिजो सकिएको हो। तीन महिनाको अवधिमा २१ वटा समूहसँग…

    विस्तृतमा पढ्नुस्


@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell