PahiloPost

Apr 28, 2024 | १६ बैशाख २०८१

  • फोटोमा सुकेधारा विस्फोटस्थल

    फोटोमा सुकेधारा विस्फोटस्थल

    सुकेधारास्थित ढलाने पुल नजिकै विस्फोट हुँदा ६ जना घाइते भएका छन्। सैलुनमा रहेको ग्यास सिलिन्डर पड्किएर उनीहरु घाइते भएको प्रारम्भिक अनुसन्धानमा देखिएको महानगरीय प्रहरी परिसर काठमाडौंका डिएसपी होविन्द्र बोगटीले जानकारी दिए।  'हाम्रो टोली घटनास्थलमा पुग्दै छ। अहिलेसम्म ६ जना घाइते भएको जानकारीमा आएको छ,' डिएसपी बोगटीले भने। घाइतेमध्ये पाँच जनाको ओम अस्पताल र टिचिङ अस्पतालमा उपचार भइरहेको छ।

    विस्तृतमा पढ्नुस्

  • सुकेधारामा विस्फोट, '६ जना घाइते'

    सुकेधारामा विस्फोट, '६ जना घाइते'

    काठमाडौँ: सुकेधारास्थित ढलाने पुल नजिकै विस्फोट हुँदा ६ जना घाइते भएका छन्। सैलुनमा रहेको ग्यास सिलिन्डर पड्किएर उनीहरु घाइते भएको प्रारम्भिक अनुसन्धानमा देखिएको महानगरीय प्रहरी परिसर काठमाडौंका डिएसपी होविन्द्र बोगटीले जानकारी दिए।  'हाम्रो टोली घटनास्थलमा पुग्दै छ। अहिलेसम्म ६ जना घाइते भएको जानकारीमा आएको छ,' डिएसपी बोगटीले भने। घाइतेमध्ये पाँच जनाको ओम अस्पताल र टिचिङ अस्पतालमा उपचार भइरहेको छ।

    विस्तृतमा पढ्नुस्

  • प्रधानमन्त्री कप एकदिवसीय क्रिकेटको यो हबिगत : मुलपानी मैदानमा म्याट ओछ्याएर खेलाइँदै, २० फोटोमा हेर्नुस्

    प्रधानमन्त्री कप एकदिवसीय क्रिकेटको यो हबिगत : मुलपानी मैदानमा म्याट ओछ्याएर खेलाइँदै, २० फोटोमा हेर्नुस्

    काठमाडौँ: दुई दिनअघि शुक्रबार नै मुलपानी क्रिकेट मैदानमा प्रधानमन्त्री कप एकदिवसीय क्रिकेटको उद्घाटन गर्ने र त्यहाँ खेलहरु खेलाइने आयोजक राष्ट्रिय खेलकुद परिषद राखेपले जनाएको थियो। तर मैदान पूर्ण रुपमा तयार नभएको भन्दै दुई दिनसम्म त्यहाँ खेल भएन। तेस्रो संस्करणको प्रधानमन्त्री कप अन्तर्गत पहिलो खेल शुक्रबार कीर्तिपुरस्थित त्रिभुवन अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा भयो। दोस्रो दिनको खेल पनि त्रिवि मैदानमै हुँदा मुलपानीमा भने खेल हुन सकेन।…

    विस्तृतमा पढ्नुस्

  • कीर्तिमानी कामीरितालाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा भव्य स्वागत, दर्जन फोटोमा हेर्नुस्

    कीर्तिमानी कामीरितालाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा भव्य स्वागत, दर्जन फोटोमा हेर्नुस्

    काठमाडौं: यो सिजनमा हप्तामै २ पटक सगरमाथा आरोहण गरे कामीरिता शेर्पाले। त्यसपछि बने सबैभन्दा धेरैपटक सगरमाथा आरोहण गर्ने आरोही। कामीरिताले हालसम्म २४ पटक सगरमाथा आरोहण गरिसकेका छन्। शेर्पाले जेठ १ गते सगरमाथाको २३औँ पटक आरोहण गरेका थिए।  त्यस्तै गरी जेठ ७ गते पुन सगरमाथाको चुचुरो पुगे र २४ औं पटकको रेकर्ड बन्यो।  सोलुखुम्बुको थामेगाउँमा जन्मेका ४९ वर्षीय कामीरिताले आगामी वर्ष २५औँ…

    विस्तृतमा पढ्नुस्

  • टुँडिखेलमा मच्चियो साकेला, झ्याम्टा र ढोलको तालमा नाचे किराती समूदाय, हेर्नुस् २२ फोटोमा

    टुँडिखेलमा मच्चियो साकेला, झ्याम्टा र ढोलको तालमा नाचे किराती समूदाय, हेर्नुस् २२ फोटोमा

    काठमाडौं: किरात समुदायको महान् चाड साकेला उभौली–५०७९ का अवसरमा किरात राई यायोक्खाले आज टुँडिखेलमा विशेष साकेला नाच कार्यक्रमको आयोजना गर्‍यो। कार्यक्रममा विभिन्न समूहमा किराती समूदायका युवायुवतीदेखि बालबालिका र वृद्धवृद्धासम्म नाचमा रमाएका थिए। किरात समुदायका राई, लिम्बू, याक्खा, सुनुवारलगायतका जातिले उभौली पर्व मनाउँछन्। यस अवसरमा जेठ ४ गते किराती परम्पराअनुसार भूमिको पूजा गरिएको थियो।  अन्नबाली लगाउने समयमा लगाएको अन्नबाली राम्रोसँग सप्रियोस्,…

    विस्तृतमा पढ्नुस्

  • आफ्नो रुपभन्दा शिल्पीले फरक पहिचान : हेर्नुस् तोप चराको इन्जिनियरिङ

    आफ्नो रुपभन्दा शिल्पीले फरक पहिचान : हेर्नुस् तोप चराको इन्जिनियरिङ

    प्रकृतिमा यस्ता अनुपम उदाहरणहरु छन् जसको बैज्ञानिक व्याख्या खोज्न लामो समय कुर्नुपर्छ। तोप चरा त्यस्तै उदाहरणमा पर्छ। यो चराको विशेषता यसको स्वरुप होइन, यसको शिल्पी हो। ससाना पात र रेसाहरु जोडेर यसले बलियो गुँढ तयार पार्छ जुन देख्दा जो कसैले पनि प्रश्न गर्छन् – यति राम्रो कसरी बनायो होला? मानव बस्ती नजिकैका घाँसे मैदानमा रहेका अग्ला रुखहरुमा झुन्डिरहेको भेटिन्छ तोप…

    विस्तृतमा पढ्नुस्

  • सगरमाथा सफाइमा भेटिए चार शव, ल्याइयो काठमाडौं

    सगरमाथा सफाइमा भेटिए चार शव, ल्याइयो काठमाडौं

    काठमाडौं : सगरमाथामा भेटिएका चार शव काठमाडौं ल्याइएको छ। सगरमाथा हिमाल सफाइ अभियान - २०७६ ले सरसफाइका क्रममा सगरमाथा क्षेत्रमा भेटिएका शवहरु ल्याइएको हो। पहिचान नखुलेकाले शवहरु पोस्टपार्टमका लागि शिक्षण अस्पताल, महराजगञ्ज पठाइएको छ। सफाई अभियानका महासचिव कुल गुरुङले १२ दिन अघि भेटिएका शव काठमाडौं ल्याइएको बताए।  गुरुङले पहिलोपोस्टसँग भने, '१२ दिन अघि सगरमाथा क्षेत्रमा भेटिएका शव ल्याएका हौं। कंकालहरु भेटिएकाले ७/८…

    विस्तृतमा पढ्नुस्

  • 'बुद्ध जयन्तीमा रंगीएको बौद्धनाथको स्वरुप'

    'बुद्ध जयन्तीमा रंगीएको बौद्धनाथको स्वरुप'

    काठमाडौं : आज बुद्ध जयन्ती। मुलुकका सबैजसो चैत्य र गुम्बाहरुमा केही न केही कार्यक्रमहरु भइरहेका छन्। भगवान बुद्धप्रति आस्था राख्ने बौद्ध तथा हिन्दु धर्मावलम्बीहरु आज बुद्धसँग जोडिएका केन्द्रहरुमा सहभागी छन्। काठमाडौंको बौद्धनाथ पनि यसमा पछि छैन। यहाँको स्तुपलाई सजाइएको छ, रङ्ग्याइएको छ भने लुङ्दर पनि फेरिएको छ। बौद्धनाथको रंगीन स्वरुपलाई प्रवीण रानाभाटको लेन्सबाट हेर्दा यस्तो देखियो-

    विस्तृतमा पढ्नुस्

  • महिलाले ताने रातो मछिन्द्रनाथ र मीननाथको रथ

    महिलाले ताने रातो मछिन्द्रनाथ र मीननाथको रथ

    ललितपुर:  रातो मछिन्द्रनाथ र मीननाथको रथलाई आज महिलाहरुले तानेका छन्। महिलाहरुले रथ तान्नुलाई 'याक मिसा भुज्या' भन्ने गरिन्छ। थतिटोलमा रहेको रथलाई महिलाहरुले तानेर इतिटोलको चौबाटो सम्म पुर्‍याएका हुन्। अरु समय पुरुषले मात्र तान्ने रथलाई नरिवल खसाल्ने जात्रा सम्पन्न भएको भोलीपल्ट महिलाहरुले मात्रै तान्ने गर्छन्। रथ इति टोल पुगेपछि साइत हेरेर रथलाई जावलाखेल पुर्‍याउने गरिन्छ। रथलाई जावलाखेलसम्म तान्ने दिनको अघिल्लो दिन…

    विस्तृतमा पढ्नुस्

  • रातो मछिन्द्रनाथ र मीननाथको रथबाट खसालियो नरिवल, शुक्रवार महिलाले रथ तान्ने

    रातो मछिन्द्रनाथ र मीननाथको रथबाट खसालियो नरिवल, शुक्रवार महिलाले रथ तान्ने

    ललितपुर: रातो मछिन्द्रनाथ र मीननाथको रथबाट नरिवल खसाल्ने जात्रा सम्पन्न भएको छ। चार दिन अघि लगनखेल पुर्‍याइएको रथलाई हिजो मां सिमा परिक्रमा गराएर थति टोल पुर्‍याइएको थियो। बिहिवार थतिटोलमा मछिन्द्रनाथको रथ बनाउने थकालीले रथको टुप्पोबाट नरिवल खसालेका थिए। नरिवल खसाल्नु पूर्व थकालीले चारै तिरै य:मरी खसालेका थिए। यसरी फालिएको य:मरी पाउने व्यक्तिलाई सुख लाभ हुने जनविश्वास रहेको छ। य:मरी खसालेपछि…

    विस्तृतमा पढ्नुस्

  • टीयू मैदानमा ह्विलचियर क्रिकेटको रौनक, हेर्नुस फोटोमा

    टीयू मैदानमा ह्विलचियर क्रिकेटको रौनक, हेर्नुस फोटोमा

    काठमाडौँ : घरेलु टोली नेपालले प्रथम ह्विलचियर एसिया कप टी २० क्रिकेटमा लगातार दोस्रो हार बेहोरेको छ। यस हारपछि शीर्ष दुईमा पुग्दै फाइनल पुग्ने नेपालको अभियानमा धक्का लागेको छ। चार राष्ट्र सम्मिलित प्रतियोगितामा बिहीवार भएको पहिलो खेलमा नेपाल बंगलादेशसँग ८ विकेटले पारजित भएको हो। पहिलो खेलमा नेपाल भारतसँग पराजित भएको थियो। उता भारतले भने लगातार दोस्रो जित हात पारन् क्रममा…

    विस्तृतमा पढ्नुस्

  • जनता सडकमा उत्रनुको असर : सुरु भयो बौद्धमा पिचको काम, स्थानीय आफै जुटे निगरानीमा

    जनता सडकमा उत्रनुको असर : सुरु भयो बौद्धमा पिचको काम, स्थानीय आफै जुटे निगरानीमा

    काठमाडौं : चार वर्षभन्दा लामो समयदेखि अलपत्र परेको चाबहिल साँखु सडक निर्माण समयमै नभएको भन्दै स्थानीय र व्यवसायी आन्दोलनमा उत्रिएपछि कालोपत्रे गर्ने काम अघि बढेको छ।  जति दवाव दिए पनि सडक कालोपत्रेको काम अघि नबढेपछि स्थानीय व्यवसायीको नेतृत्वमा बौद्धमा बाटो अवरुद्ध गरिएको थियो। त्यसलाई खुलाउन प्रहरीले प्रयास गर्दा प्रदर्शनकारी विद्रोहमा उत्रिएका थिए। प्रदर्शनकारी र प्रहरीबीच घम्साघम्सी नै चल्यो। त्यही क्रममा…

    विस्तृतमा पढ्नुस्

  • सत्यमोहन जोशीलाई बर्थडे गिफ्ट : सरकारको कदरपत्र र फलफूल, नेवार समुदायको सगुन, २२ फोटोमा हेर्नुस्

    सत्यमोहन जोशीलाई बर्थडे गिफ्ट : सरकारको कदरपत्र र फलफूल, नेवार समुदायको सगुन, २२ फोटोमा हेर्नुस्

    ललितपुर : वाङ्मय शताब्दी पुरुष संस्कृतिविद् सत्यमोहन जोशीले आज एक शताब्दी पार गरेका छन्। वि सं १९७७ साल वैशाख ३० गते ललितपुरको बखुम्बहालमा जन्मेका उनी आज १०० वर्ष भएका हुन् । उनको जन्म शताब्दीका अवसरमा आज ललितपुर महानगरमा विशेष कार्यक्रम आयोजना गरियो। जोशीलाई मंगलबजारबाट रथारोहण गराई टंगल, लगनखेल, कुमारीपाटी, जावलाखेल हुँदै पुल्चोकमा रहेको ललितपुर महानगरपालिका कार्यालयमा पुर्‍याई अभिनन्दन गरियो। रथारोहरणमा सयौं कार्यालय…

    विस्तृतमा पढ्नुस्

  • बौद्धमा बाटो पिच गर्न माग गर्दै प्रदर्शनमा उत्रेका स्थानीय र प्रहरीबीच झडप

    बौद्धमा बाटो पिच गर्न माग गर्दै प्रदर्शनमा उत्रेका स्थानीय र प्रहरीबीच झडप

    काठमाडौँः बौद्धमा बौद्ध व्यापार सङ्घको अगुवाइमा बाटो धुलोमुक्त बनाउ भन्दै स्थानीय प्रदर्शनमा उत्रेपछि बाटो ठप्प भएको छ। यातायात सुचारु गर्न प्रहरीले बल प्रयोग गरेको छ। यही अवस्थामा प्रदर्शनकारी र प्रहरीबीच झडप भएको छ। बिहीबार पनि सङ्घर्ष समितिले चाँडो कालोपत्रे गर्न मागसहित चुच्चेपाटी जोरपाटी क्षेत्रमा सडक अवरुद्ध नै गरेको थियो। उनीहरुले सडकमा टायरसमेत बाले। झडपका क्रममा केही प्रदर्शनकारीलाई प्रहरीले नियन्त्रणमा लिएको छ।

    विस्तृतमा पढ्नुस्

  • ‘धुलो धुवाँ धेरै भो, श्वास फेर्न गाह्रो भो’: सडक कालोपत्रे माग गर्दै बौद्धमा स्थानीय विरोधमा, हेर्नुस् फोटोमा

    ‘धुलो धुवाँ धेरै भो, श्वास फेर्न गाह्रो भो’: सडक कालोपत्रे माग गर्दै बौद्धमा स्थानीय विरोधमा, हेर्नुस् फोटोमा

    काठमाडौँः काठमाडौँमा सडक पुनर्निर्माणको गति निकै सुस्त छ। कलंकी थानकोट, चाबहिल जोरपाटी लगायतका क्षेत्रमा पुनर्निर्माणले लामो समय लियो। चाबहिल जोरपाटी सडक भत्काएको तीन वर्ष भइसके पनि सडक कालोपत्रे हुन सकेको छैन। सडक व्यवस्थित नहुँदा पानी पर्दा हिलो र घाम लाग्दा धुलोको मारमा सर्वसाधारण परेका छन्। पछिल्लो समय स्थानीयले चुच्चेपाटी–बौद्ध–जोरपाटी सडक चाँडो कालोपत्रे गर्न दबाब दिन सङ्घर्ष समिति नै बनाएका छन्। सङ्घर्ष समितिले…

    विस्तृतमा पढ्नुस्

  • रातो मछिन्द्रनाथ र मीननाथको रथ गा:बहाल पुर्‍याइयो

    रातो मछिन्द्रनाथ र मीननाथको रथ गा:बहाल पुर्‍याइयो

    ललितपुर:  वर्षा र सहकालका देवता करुणामय बुंगद्य: (रातो मछिन्द्रनाथ) को  रथयात्रा सुरु भएको छ। बुधबार रातो मछिन्द्रनाथको रथलाई  पुच्व: त्वा (पुल्चोक) देखि तानेर गा:बहा (बहाल) पुर्‍याइएको छ। मछिन्द्रनाथसँग मीननाथको रथलाई पनि बुधबार नै गा:बहाल पुर्‍याइएको छ। बिहीबार गा:बहालबाट तानेर रथलाई मंगलबजार पुर्‍याइनेछ। मीननाथको रथ भने टंगलबाट तानेर गा:बहालहुँदै न: टोल सम्म ल्याइ न: टोलबाट मछिन्द्रनाथको रथको अघिअघि गा:बहालसम्म पुर्‍याइएको हो। रथयात्रा देखाउन ललितपुरकी जीवितदेवी…

    विस्तृतमा पढ्नुस्

  • आमाको स्मृतिमा मातातीर्थमा मेला, श्रद्धालुहरुको बढ्दो भिड

    आमाको स्मृतिमा मातातीर्थमा मेला, श्रद्धालुहरुको बढ्दो भिड

    काठमाडौंको मातातीर्थमा आज आमाको सम्झना स्मृतिमा स्नान गर्ने र श्राद्ध गर्नेहरुको भिड लागिरहेको छ। वैसाख कृष्ण औंसीका दिन हिन्दु परम्पार अनुसार आमाको मुख हेर्ने चलन छ। काठमाडौं उपत्यका र यसको वरिपरिका जिल्लाहरुबाट भने आमा नहुनेहरु मातातीर्थमा रहेको कुण्डमा स्नान, तर्पण र श्राद्ध गर्न पुग्छन्। गत वर्षभन्दा यसपाला धेरै श्रद्धालुहरु यहाँ पुगेको स्थानीयहरुले बताएका छन्। माता तीर्थमा लागेको भिडलाई प्रवीन रानाभाटको…

    विस्तृतमा पढ्नुस्

  • बिहानैदेखि नेविसंघको प्रदर्शनः परीक्षामा असर परेपछि प्रहरी हस्तक्षेप, एक जना पक्राउ

    बिहानैदेखि नेविसंघको प्रदर्शनः परीक्षामा असर परेपछि प्रहरी हस्तक्षेप, एक जना पक्राउ

    काठमाडौंः पोखरा विश्वविद्यालयबाट सम्बन्धन प्राप्त विभिन्न क्याम्पसमा नियमविपरीत भर्ना गरिएको भन्दै कारबाहीको मागसहित आन्दोलन गरिरहेको नेपाली कांग्रेसको भातृ संगठन नेपाल विद्यार्थी संघले मंगलबार बिहान पनि प्रदर्शन गरेको छ। मंगलबार बिहानै पुरानो बानेश्वरस्थित साउथ एसिएन इन्स्टिच्युट अफ म्यानेजमेन्ट (साम) कलेजमा प्रदर्शन गरेका छन्। प्रदर्शनका कारण कक्षा १२ को परीक्षालाई असर परेको भन्दै प्रहरीले प्रदर्शनकारीमाथि लाठीचार्ज गरेको छ। प्रदर्शनमा उत्रिएका एक विद्यार्थीलाई…

    विस्तृतमा पढ्नुस्

  • संसद भवन अगाडि गृहको नागरिकतासम्बन्धी परिपत्र जलाइयो, आन्दोलनकारी र प्रहरीबीच झडप

    संसद भवन अगाडि गृहको नागरिकतासम्बन्धी परिपत्र जलाइयो, आन्दोलनकारी र प्रहरीबीच झडप

    काठमाडौं: राष्ट्रिय जनमोर्चा, नेकपा मसाल, नेकपा मालेलगायतले नयाँ बानेश्वरमा गत चैत १९ गते जन्मसिद्ध नागिरकका सन्तानलाई वंशजको आधारमा नागरिकता दिनु भनी गृहमन्त्रालयबाट जारी परिपत्र जलाएका छन्। परिपत्र जलाएर निषेधित क्षेत्र तोड्न खोज्दा प्रहरीले बल प्रयोग गरेपछि प्रदर्शनकारीसँग झडपसमेत भयो। विभिन्न राजनैतिक पार्टी र संघसंस्थाको संयुक्त आयोजनमा सोमबार दिउँसो २ बजे माइतीघर मण्डलाबाट शुरु भएको प्रदर्शनमा उनीहरुले नागरिकता विधेयक राष्ट्रघाती भएको…

    विस्तृतमा पढ्नुस्

  • सात फोटोमा हेर्नुस् काठमाडौँमा नेविसंघको मसाल जुलुस

    सात फोटोमा हेर्नुस् काठमाडौँमा नेविसंघको मसाल जुलुस

    काठमाडौं : नेपाली कांग्रेसको भ्रातृ संगठन नेविसंघले आज बानेश्वरमा मसाल जुलुस प्रदर्शन गरेका छन्।  पोखरा विश्वविद्यालयका सम्बन्धन प्राप्त विभिन्न क्याम्पसमा नियमविपरीत भर्ना गरिएको भन्दै कारबाहीको माग राख्नै विद्यार्थीहरु आन्दोलनमा छन्।  आन्दोलनकै क्रममा आज पोखरा विश्वविद्यालय केन्द्रीय क्याम्पसमा प्रहरीले लाठिचार्ज गर्दा विद्यार्थी नेताहरु घाइते भएका थिए।  हेर्नुस् प्रवीण रानाभाटले बानेश्वरमा खिचेका मसाल जुलुस प्रदर्शनका फोटो 

    विस्तृतमा पढ्नुस्


@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell