काठमाडौं : नवौँ अन्तर्राष्ट्रिय ट्याटु मेला आइतबार सकिएको छ। ललितपुरको सानेपास्थित हेरिटेज गार्डेनमा तीन दिनसम्म चलेको मेलामा देश-विदेशबाट ट्याटु आर्टिस्टहरुको सहभागिता थियो। यस्तै ट्याटु बनाउन युवा युवती बढी सहभागी थिए। शरीरको विभिन्न भागमा विभिन्न किसिमका कलात्मक ट्याटु खोपाउनेहरुको जमघट रहेको थियो।
काठमाडौं: सांसद नवीना लामा रेस्टुरेन्ट व्यवसायमा लागेकी छिन्। सांसद नवीना लामासहित अनेरस्ववियुकी सचिव आरती लामा र विद्यार्थी नेताहरु कल्पना वाइबा, आश्मा क्षेत्री र अवानी पौडेलको लगानीमा आइतबारबाट राजधानीको मीनभवनमा हिमालयन रिमठिम क्याफे सञ्चालनमा आएको हो। क्याफे एसिड पीडित सांगीता मगरले रिबन काटेर उद्घाटन गरेकी छिन्। आफूले पहिलोपटक सार्वजनिक कार्यक्रममा उद्घाटनको मौका पाएको भन्दै संगीताले खुसी व्यक्त गरिन्। स्थानीय खाना पस्कने…
काठमाडौं : खुलामञ्च बसपार्कमा अवैध रुपमा निर्माण गरिएको सटरसहितको संरचना आज भत्काइएको छ। बस पार्कमा बहुउद्देश्यीय भवनसहितको संरचना बनाउने तयारीसँगै खुलामञ्चमा बनाइएको अस्थायी बसपार्कमै सटर निकालेर व्यवसायिक कारोबार हुन थालेपछि चर्को विरोध भएको थियो। काठमाडौं महानगरपालिकाको चर्को आलोचना हुन थालेपछि गैर कानुनी रुपमा खडा गरिएको संरचना हटाइएको हो। हेर्नुस् डोजर चल्दाको क्षण
बारपाक : चार वर्ष अघिको कहालीलाग्दो भूकम्पको केन्द्रविन्दु हो गोरखाको बारपाक। भूकम्प गएको चार वर्षपछि यहाँ पुग्दा त्यसको कुनै संकेत देखिएन। भूकम्प गएको थियो र यहाँ ७२ जनाले ज्यान गुमाएका थिए भन्ने पनि तथ्याङ्कले मात्र बताउँछ, त्यसबाहेक कुनै संकेत छैन। यहाँ सबैकुरा फेरिएको छ। पहिलेको जस्तो घरहरु छैन। न त बनेका घरको स्वरुप नै उस्तै छ। लाहुरेहरुको बस्तीका रुपमा चिनिएको…
काठमाडौँ : प्रधानमन्त्री केपी शर्मा ओलीले भूकम्पले क्षतिग्रस्त वसन्तपुर दरबार क्षेत्रको अवलोकन गरेका छन्। २०७२ सालको भूकम्पमा ज्यान गुमाएकाहरुप्रति श्रद्धाञ्जलि व्यक्त गर्न आयोजित सभामा सम्बोधन गरेपछि प्रधानमन्त्री ओलीले पुननिर्माण हुँदै गरेका सम्पदाहरुको स्थलगत अवलोकन गरेका थिए। त्यस क्रममा प्रधानमन्त्री र उनकी पत्नी राधिका शाक्यले पोज दिँदै फोटो सेसन पनि गरे। प्रधानमन्त्रीलाई राष्ट्रिय पुननिर्माण प्राधिकरणका प्रमुख कार्यकारि अधिकृत सुशील ज्ञवाली र काठमाडौँ महानगरपालिकाका…
काठमाडौँः चैत १८ गतेदेखि मुलुकको एकमात्र अन्तर्राष्ट्रिय विमानस्थलको पूर्णरुपमा मर्मत गर्ने काम सुरु भएको हो। विगत चार दशकदेखि सामान्य मर्मत गरेर सञ्चालन गरिँदै आएको विमानस्थलको धावनमार्गको कालोपत्र पूर्णरुपमा फेरेर नयाँ राख्ने काम भइरहेको छ। अहिले रातको समय पारेर धमाधम विमानस्थल कालपत्रे गर्ने काम भइरहेको छ। हेर्नुस् तस्विरमा-
काठमाडौंको नर: (हाँडीगाउँ)मा तिसा मालिगु जात्रा (गहना खोज्ने जात्रा) सम्पन्न भएको छ। शनिवार बिहानदेखि त्वरं: अजिमा (वैष्णवी/ टुंडाल देवी)को मूर्तिलाई खटमा नगर परिक्रमा गराइ बेलुकी टंगाल स्थित तिसा मालिगू पुखु (गहना पोखरी) भित्र डुबाएर तीन पटक परिक्रमा गराइएको हो। गहना खोज्ने जात्रा भनिएपनि पोखरीमा गहना भने हुँदैन। विभिन्न कथनहरुमा आधारित भएर पोखरीमा टुंडाल देवीलाई तीनपटक घुमाएर प्रतिकात्मक रुपमा गहना खोज्ने गरिन्छ। ल्हुती पुन्हीका दिन…
भक्तपुर : मध्यपुर थिमिमा आज सिन्दुर जात्रा मनाइयो। २८ देवी-देवताका मूर्तिलाई खटमा राखी नगर परिक्रमा गराइएको थियो । नेवारहरूले सिन्दुरका रूपमा लिने भुइ सिन्ह एकआपसमा लगाएर सिन्दुर जात्रा मनाइएको हो। सौर्य मास अन्तर्गत नयाँ वर्षको स्वागत गर्दै वैशाख २ गते मध्यपुर थिमिको थिमि बोडे, नगदेश, तिगनी लगायतका स्थानमा समेत सिन्दुर जात्रा मनाइएको हो।
काठमाडौं: सहकाल र करुणाका देवता सेतो मच्छिन्द्रनाथको रथजात्रा सुरु भएको छ। जनबहा: मा रहेको मन्दिरबाट मच्छिन्द्रनाथको मूर्तिलाई खटमा राखेर असन हुँदै तीनधारा पाठशाला अगाडी बनाइएको रथमा बिधिपूर्वक बिराजमान गराएर रथारोहण गराइएको हो। तीनधारा पाठशालाबाट रथलाई घण्टाघर, रत्नपार्क, भोटाहिटी हुँदै असनमा रहेको अन्नपूर्ण मन्दिरमा पुर्याएर आज पहिलो दिनको रथ यात्रा समापन भएको छ। दोस्रो दिन भोली असन, जनबहा: हुँदै हनुमानढोकास्थित…
काठमाडौं: शनिबार कीर्तिपुरमा मातृभूमि कप 'क्रिकेट प्रतियोगिता' भयो । धुर्मुस सुन्तली फाउन्डेशनले निर्माण गर्न लागेको गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला निर्माणको सहयोगार्थ त्रिवि क्रिकेट मैदानमा कलाकारको टोली मैदानमा उत्रिए। दुई टोलीको कप्तानी चर्चित हास्य कलाकार मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्यले गरेका थिए। मैत्रीपूर्ण खेलमा मदनकृष्ण श्रेष्ठको टोली विजयी भयो।
जनमाद्य:(सेतो मछिन्द्रनाथ)को रथ निर्माण कार्य भइरहेको छ। हाल रथमा पौ(बेत)बाँधेर काठहरु कस्ने कार्य भइरहेको छ। ह्युमतका महर्जनहरु रथ निर्माणमा सहभागी भएका छन्। आउने शुक्रवारसम्म रथ निर्माण सम्पन्न गरी शनिवार ३० गेत तीनधारा पाठशाला अगाडिबाट तानेर असन पुर्याइनेछ। प्रत्येक चैत शुक्ल अष्टमीका दिन सेतो मछिन्द्रनाथ मूर्तिलाई तीनधारा पाठशाला अगाडि ल्याइ रथमा राखेर जात्रा गरिन्छ। दोस्रो दिन असनबाट हनुमानढोकासम्म रथ तानिन्छ भने…
काठमाडौं: शुक्रबार टुँडिखेलमा घोडेजात्रा मनाइएको छ। नेपाली सेनाले घोडेजात्राका अवसरमा काठमाडौंको सैनिक मञ्च टुंडिखेलमा विशेष कार्यक्रम गरी घोडेजात्रा मनाएको हो। घोडेजात्रा अवलोकनका लागि टुँडिखेलमा राष्ट्रपति विद्यादेवी भण्डारी, उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री केपी शर्मा ओली, राष्ट्रियसभाका अध्यक्ष गणेश प्रसाद तिमिल्सिना, उपप्रधानमन्त्री एंव रक्षामन्त्री ईश्वर पोख्रेल लगायतका पुगेका थिए। जात्रामा नेपाली सेनाका घोडसवारहरुले अश्वकला, युद्धकला, लगायतका विभिन्न कला प्रस्तुत गरेका थिए। गुरुमापा…
कीर्तिपुर नगरपालिकाले आफ्नो २३ औं स्थापना दिवसको अवसरमा महिला महोत्सव आयोजना गरेको छ। कीर्तिपुरको टोलटोलमा आयोजना गरिएको महोत्सवमा नेवार संस्कृति झल्कने खानपिन र स्थानीय उत्पादन प्रदर्शन गरिएको छ। नगरपालिकाको पुरानो बस्तीभित्र परेका वडा १, २, ३ र १० मा आजबाट शुरु भएको महोत्सव आइतबारसम्म चल्नेछ।
काठमाडौंः नेपाल विद्यार्थी संघले राजधानीका तीनवटा कलेजमा तोडफोड गरेको छ। पोखरा विश्वविद्यालयको शुल्कलाई लिएर नेविसंघले तोडफोड गरेको हो। उनीहरुले बानेश्वरको एपेक्स कलेज, राजधानी कलेज र एसएम कलेज तोडफोड गरेका हुन्। कलेज तोडफोड गर्ने १५ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ।
काठमाडौं: शहर सफा गर्न काठमाडौं महानगरपालिकाले इटलीबाट आयात गरिएका ५ वटा आधुनिक ब्रुमर मंगलबारबाट सञ्चालन गरिएको छ। महानगरका मेयर विद्यासुन्दर शाक्यले आज रिबन काटेर ब्रुमरको औपचारिक शुरुवात गरे। पाँच वटा ब्रुमरका पाँच रुट तय गरिएको छ। डिजेलबाट चल्ने ब्रुमरको मुल्य प्रति गोटा मल्य २ करोड १५ लाख १७ हजार ६ सय ३६ रुपैयाँमा रहेको महानगरले जनाएको छ। ब्रुमर सञ्चालन हुने रुटहरुः …
गर्मी शुरु भएको छ। गर्मी छल्न सबैभन्दा मज्जाको खेल हो पौडी। यही मेसोमा पाटनको एक पोखरीमा विदाको मौका पारी विद्यार्थी पौडीको मस्ती लिइरहेका भेटिए। केही तस्विर:
काठमाडौं: कागेश्वरी मनोहरा बस्ने ६७ वर्षीया युगमाया कार्की एसइई परीक्षा दिँदैछिन्। उत्प्रेरणा महिला माविमा पढेकी उनको सिद्धेश्वर मावि सुविधानगरमा परीक्षा केन्द्र परेको छ।
काठमाडौं: होलीको भोलिपल्ट राजधानीमा फरक किसिमको होली मनाइयो। राजधानीको बुढानिलकण्ठमा स्कोन नेपालले फूल र रंग मिश्रित 'पुष्प होली' मनाएका हुन्। हेर्नुस् केही दृश्य
भोलि बिदा परेकाले अधिकांश विद्यार्थीले आजै विद्यालय र कलेजमा होली मनाए। रंगको पर्वमा उनीहरुले एकले अर्कालाई रंग दल्नुका साथै पानी छ्यापेर रमाएका थिए।
जनकपुरधाम : तराईमधेस यात्राको दोस्रो दिन शुक्रबार अपराह्न पूर्वराजा ज्ञानेन्द्र शाह जानकी मन्दिरमा पूजाआजाका लागि गए। स्थानीय बासिन्दा र राजावादी पार्टी राष्ट्रिय प्रजातन्त्र पार्टीको झण्डा बोकेकाहरु धेरै थिए। धेरै त त्यहाँ 'राजा' हेर्न भनी आएका थिए। उनीहरुलाई पूर्वराजा र पूर्वरानी कोमलको फोटो बाँडिएको थियो। पूर्वरानी कोमल भने यो भ्रमणमा आएकी छैनन्। उनीहरुलाई यसो यसो भनेर नारा लगाउनु पर्छ भन्दै सिकाइरहेको…