PahiloPost

Apr 28, 2024 | १६ बैशाख २०८१

  • 'हो हो माले हो हो, हो हो तारे हो हो...' असार १५ मा गोरु साउँदै गरेका १५ फोटो

    'हो हो माले हो हो, हो हो तारे हो हो...' असार १५ मा गोरु साउँदै गरेका १५ फोटो

    धान दिवसको अवसरमा धादिङको धुनेबेशी नगरपालिका वडा २ महेशफाँटमा रोपाई महोत्सव आयोजना गरिएको थियो। वातावरण संरक्षण तथा विकास समिति र गाउँ पर्यटन प्रबर्द्धन मञ्च नेपालको संयुक्त आयोजनामा भएको महोत्सवमा चार हल गोरु रोपाइका लागि व्यवस्था गरिएको थियो भने महोत्सवमा सहभागी हुन काठमाडौंबाट पनि बाउसे र रोपहार पुगेका थिए। स्थानीयले पनि रोपाई महोत्सवमा साथ दिएका थिए। रोपाईका लागि हलीहरु भने गोरुलाई…

    विस्तृतमा पढ्नुस्

  • खगेन्द्र नवजीवनबाट एसइई दिएका रमेश र सोनामले यसरी साटे खुसी, फोटोमा हेर्नुस्

    खगेन्द्र नवजीवनबाट एसइई दिएका रमेश र सोनामले यसरी साटे खुसी, फोटोमा हेर्नुस्

    काठमाडौं: काठमाडौंको जोरपाटीस्थित खगेन्द्र नवजीवन विशेष शिक्षा माध्यमिक विद्यालयबाट इसइई दिएका रमेश खत्री र सोनाम छिरिङ शेर्पाले नतिजा प्रकाशन भएसँगै खुसी साटासाट गरेका छन्। चामुण्डा स्कूलबाट एसइई दिएका २१ वर्षे रमेश खत्रीले २‍‍.५ जिपिए ल्याएका छन्। कम्प्युटर साइन्स पढ्ने योजनामा छन् रमेश।  यता १८ वर्षे सोनाम छिरिङले ३.२५ जिपिएका साथ उतीर्ण भएका छन्। अरूको सहायताले परीक्षा दिएका उनी पनि विज्ञान…

    विस्तृतमा पढ्नुस्

  • मनसुन छोपेर मनोहरामा रोपाई, २० फोटोमा हेर्नुस्

    मनसुन छोपेर मनोहरामा रोपाई, २० फोटोमा हेर्नुस्

    काठमाडौं: मनसुन भित्रिएसँगै रोपाई रन्को शुरु भएको छ। मनसुन ढिला शुरु भएकोले धान रोप्ने चटारो पनि बढिसकेको छ।  अहिले खेतका फाँटमा किसानहरु धान रोप्न व्यस्त देखिन्छन्। पानी पर्नसाथ भल छोपेर काठमाडौंको कागेश्वरी मनोहरामा रोपाई भयो। पहिलोपोस्टका प्रवीण रानाभाटको लेन्समा कैद रोपाई दृश्य: 

    विस्तृतमा पढ्नुस्

  • विश्व शरणार्थी दिवसको अवसरमा यस्तो देखियो गद्दी बैठक

    विश्व शरणार्थी दिवसको अवसरमा यस्तो देखियो गद्दी बैठक

    'शरणार्थी सँग सँगै हिँडौं' नारा सहित बिहिवार विश्वभर विश्व शरणार्थी दिवस मनाइयो। यसैबीच आज काठमाडौंको वसन्तपुरमा शरणार्थी सम्बन्धी राष्ट्रसंघीय उच्च आयोग (युएनएचसीआर) को आयोजनामा कार्यक्रम आयोजना गरियो। वसन्तपुरमा आयोजित कार्यक्रममा गद्दी बैठक भवनमा नीलो रङको प्रकाश दिएर सजाइएको थियो। सन् २००१ जुन २० देखि विश्व शरणार्थी दिवस मनाउन सुरु गरिएको हो। नेपालमा करिब २० हजार शरणार्थी रहेको अनुमान छ।  

    विस्तृतमा पढ्नुस्

  • सडक कालोपत्रे नभएपछि क्षेत्रपाटी-ढल्कु सडक फेरि अवरुद्ध

    सडक कालोपत्रे नभएपछि क्षेत्रपाटी-ढल्कु सडक फेरि अवरुद्ध

    काठमाडौं: सहमतिअनुसार सडक कालोपत्रे नगरेको भन्दै स्थानीयहरुले क्षेत्रपाटी-ढल्कु सडक खण्ड अवरुद्ध गरेका छन्। ठेकेदार कम्पनी र वडालाई पटकपटक ताकेता गरेपनि सडक निर्माण नभएको भन्दै स्थानीयहरुले विहानदेखि सडक अवरुद्ध गर्दै बीच सडकमा नै बसेर सभा गरिरहेका छन्। लामो समयदेखि बाटो पिच नभएको भन्दै वडा १७ को नेतृत्वमा नै स्थानीयले बाटो अवरुद्ध गरेका हुन्। यसअघि पनि सडकमा उत्रेपछि कालोपत्रे गरिने सहमति भएको थियो। 

    विस्तृतमा पढ्नुस्

  • समता अस्पतालको 'शंकास्पद मृत्यु' प्रकरणमा उत्तम सञ्जेल पत्नीसहित पक्राउ

    समता अस्पतालको 'शंकास्पद मृत्यु' प्रकरणमा उत्तम सञ्जेल पत्नीसहित पक्राउ

    काठमाडौं : समता अस्पताल भित्रै झुन्डिएको अवस्थामा फेला परेको शवको खल्तीमा रहेको 'चिट'लाई आधार बनाउँदै प्रहरीले सञ्चालक उत्तम सञ्जेल र उनकी पत्नीसहित चार जनालाई पक्राउ गरेको छ। सस्तोमा शिक्षा र उपचारसमेत गर्ने भन्दै सक्रिय रहेका सञ्जेल 'सुसाइड नोट'का आधारमा परेका हुन्। उत्तम सञ्जेलसँगै उनकी पत्नी र दुई अन्य अफिसका कर्मचारीलाई प्रहरीले समातेको हो। आज बिहान अस्पताल परिसरभित्र रामेछाप दोरम्बा घर भएकी २७…

    विस्तृतमा पढ्नुस्

  • समता अस्पतालभित्रको 'संदिग्ध मृत्यु'ले यस्तो तनाव!

    समता अस्पतालभित्रको 'संदिग्ध मृत्यु'ले यस्तो तनाव!

    काठमाडौं : सस्तोमा उपचार दिने भन्दै खोलिएको समता अस्पतालभित्र त्यही कार्यरत कर्मचारीको 'संदिग्ध मृत्यु'ले आज दिनभर तनावग्रस्त हुन पुग्यो।  भित्र झुन्डिएको अवस्थामा त्यहीँको कर्मचारीको शव भेटिँदा हत्या भएको भन्दै आन्दोलन गर्नेहरु उत्रिए। स्थिति काबुबाहिर पुगेपछि प्रहरीले हस्तक्षेपसमेत गरेको थियो। अश्रुग्यास प्रहार र ढुंगामुडासमेत भयो। कुमारीगाल-बौद्ध सडकखण्ड यसैका कारण निक्कै प्रभावित बन्न पुग्यो। स्थिति सामान्य हुँदासम्म यहाँको अवस्था भयग्रस्त देखिन्थ्यो। हेर

    विस्तृतमा पढ्नुस्

  • विश्वविद्यालयमा राजनीतिक नियुक्ती र नियमविपरित भर्नाको विरोध गर्दै नेविसंघको प्रदर्शन

    विश्वविद्यालयमा राजनीतिक नियुक्ती र नियमविपरित भर्नाको विरोध गर्दै नेविसंघको प्रदर्शन

    काठमाडौं: विश्वविद्यालयमा राजनैतिक नियुक्तीको अन्त्य र नियमविपरित भर्ना गर्ने कलेजलाई कारबाहीको माग गर्दै नेविसंघ आन्दोलनमा उत्रिएको छ। नेविसंघ आवद्ध विद्यार्थीले आज नयाँ बानेश्वरस्थित युनिक ग्लोब कलेजमा प्रदर्शन गरेका हुन्। पोखरा विश्वविद्यालयका ४२ कलेजले नियमविपरित भर्ना गरेकोले नेविसंघ लामो समयदेखि आन्दोलनरत छ। समस्या नसुल्टाएसम्म आन्दोलन यथावत रहने नेविसंघका नेता मनिष सिंखडाले बताए। विद्यार्थीले कलेज सञ्चालकलाई ब्वाँसो र विश्वविद्यालय पदाधिकारीलाई गधाको संज्ञा…

    विस्तृतमा पढ्नुस्

  • टुँडिखेलमा मच्चियो नोकोबाङ्गे, मगर समूदाय यसरी झुमे भुमेमा

    टुँडिखेलमा मच्चियो नोकोबाङ्गे, मगर समूदाय यसरी झुमे भुमेमा

    काठमाडौं: मगर समूदायले आज देशभर भुमे पर्व मनाएको छ। राजधानीको टुँडिखेलमा पनि भुमे पर्व मनाइयो। नेपाल मगर संघ केन्द्रीय समितिको आयोजनामा भएको पर्वमा उर्जा जलस्रोत तथा सिचाई मन्त्री बर्षमान पुन 'अनन्त' प्रमुख आतिथिका रुपमा उपस्थित थिए। भुमे पर्वका अवसरमा बाजा फुकाउनुका साथै भूमे नाच नाचसमेत प्रस्तुत गरिएको थियो। भुमे नाचलाई नोकोबाङ्गे भनिन्छ। यही अवसरमा लिइएका केही तस्विर:

    विस्तृतमा पढ्नुस्

  • गुठी विधेयकको विरोधमा घण्ट र डमरु बजाएर काठमाडौंमा सांकेतिक र्‍याली

    गुठी विधेयकको विरोधमा घण्ट र डमरु बजाएर काठमाडौंमा सांकेतिक र्‍याली

    काठमाडौं :  सरकारले संसदमा दर्ता गराएको गुठी विधेयको विरुद्ध काठमाडौंमा विगत एक हप्ता देखि विरोध प्रदर्शन भइरहेको छ। आइतवार माइतीघरबाट सुरु भएको सांस्कृतिक सडक आन्दोलनमा प्रहरीदे हस्तक्षेप गरेपछि आन्दोलनले थप बल पाउँदै गएको छ। आज काठमाडौंको यंगालबाट घण्ट ,सिठ्ठी, डमरु र भुस्या बजाएर विधेयको विरोधमा सांकेतिक र्‍याली आयोजना गरियो। राष्ट्रिय पहिचान संरक्षण संयुकत संघर्ष समितिको आयोजना भएको सांकेतिक विरोध र्‍याली…

    विस्तृतमा पढ्नुस्

  • सरकारको लोकतन्त्रविरोधी कदमविरुद्ध माइतीघरमा प्रदर्शन : गोविन्द केसी पनि सडकमा

    सरकारको लोकतन्त्रविरोधी कदमविरुद्ध माइतीघरमा प्रदर्शन : गोविन्द केसी पनि सडकमा

    काठमाडौं: नागिरक समाजले लोकतन्त्रका लागि खबरदारी गर्दै काठमाडौंको माइतीघर मण्डलामा प्रदर्शन गरेको छ। आज दिउँसो उनीहरुले प्रदर्शन गरेका हुन्। 'नागरिक स्वतन्त्रताको सम्मान गर', 'सुशासनको प्रत्याभूति गर', प्रेस स्वतन्त्रताविरोधी विधेयक फिर्ता गर' जस्ता नारा लगाउँदै नागरिक समाजले संसदमा हालै सरकारले पेश गरेका विवादित विधेयकको विरोध गरेका थिए। प्रदर्शनमा चिकित्सक डा गोविन्द केसी पनि उपस्थित भएका थिए।

    विस्तृतमा पढ्नुस्

  • पशु बली बन्दको माग गर्दै काठमाडौंमा निकालियो र्‍याली

    पशु बली बन्दको माग गर्दै काठमाडौंमा निकालियो र्‍याली

    काठमाडौं: पशु बली बन्द गर्न माग गर्दै विभिन्न संघसंस्थाका प्रतिनिधिहरुको उपस्थितिमा काठमाडौंमा शान्तिपूर्ण र्‍याली निकालिएको छ। सहभागीहरुले रत्नपार्कमा भेला भएर धर्मको नाममा हुने पशु बली अन्त्यको माग गरेका थिए।

    विस्तृतमा पढ्नुस्

  • सडक कालोपत्रे गर्न माग गर्दै थलीमा स्थानीयको प्रदर्शन, हेर्नुस् फोटोमा

    सडक कालोपत्रे गर्न माग गर्दै थलीमा स्थानीयको प्रदर्शन, हेर्नुस् फोटोमा

    काठमाडौँः सडक विस्तारका लागि लामो समयदेखि भत्काइएको बाटो निर्माण नभएको भन्दै नेपाल विद्यार्थी संघको अगुवाईमा थलीका स्थानीयबासीले प्रदर्शन सुरु गरेका छन्। सवारीसाधन अवरुद्ध नै गरेर स्थानीय प्रदर्शनमा उत्रिएका हुन्। प्रदर्शनको कारण चाबहिल, बौद्ध, जोरपाटी हुँदै साँखु चल्ने सम्पूर्ण सवारीसाधन बन्द छन्। प्रदर्शनकारीले निजी सवारी, तथा विद्यालयका बस समेतलाई सञ्चालनमा रोक लगाएका छन्। उनीहरूले सडकमा टायर बालेर विरोध गरेका छन्। केही समयअघि बौद्धका…

    विस्तृतमा पढ्नुस्

  • 'छ्वाली' बालेर रातो मछिन्द्रनाथलाई बुङ्गमतीवासीले गरे स्वागत, हेर्नुस फोटोमा

    'छ्वाली' बालेर रातो मछिन्द्रनाथलाई बुङ्गमतीवासीले गरे स्वागत, हेर्नुस फोटोमा

    ललितपुर : वर्षा र सहकालका देवता करुणामय बुंगद्य: (रातो मछिन्द्रनाथ) को रथलाई लगनखेलको इटी टोलबाट तानेर ल्याएको चौथो दिनमा भोटो जात्रा मनाइन्छ। त्यसदिन राष्ट्रपति, उपराष्ट्रपति लगायत संवैधानिक निकायका प्रमुखहरु जावलाखेलमा जात्रा अवलोकन गर्न उपस्थित हुने गर्छन्। हजारौंको संख्यामा सर्वसाधारणहरु भोटो जात्राको दृश्य हेर्न तछाडमछाड गरिरहेका हुन्छन्। ललितपुरको गुठी संस्थानका प्रमुखले चारै दिशामा भोटो देखाउँछन् र भोटो जात्रा सम्पन्न हुन्छ। भोटो…

    विस्तृतमा पढ्नुस्

  • पीएम कप क्रिकेट : विभागीय डर्बीमा आर्मीलाई हराउँदै पुलिस च्याम्पियन, हेर्नुस २० फोटोमा

    पीएम कप क्रिकेट : विभागीय डर्बीमा आर्मीलाई हराउँदै पुलिस च्याम्पियन, हेर्नुस २० फोटोमा

    काठमाडौं : तेस्रो प्रधानमन्त्री कप एक दिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगिताको उपाधि नेपाल पुलिसले जितेको छ। शनिवार भएको विभागीय डर्बी फाइनलमा त्रिभुवन बर्मीलाई ४ विकेटले पारजित गर्दै पुलिस च्याम्पियन बनेको हो। पहिलो पटक एकल विजेता बनेको पुलिसले उपाधिसँगै नगद २० लाख हात पार्दा आर्मीले भने १० लाखै चित्त बुझायो। पहिलो सिजनको फाइनल वर्षाले प्रभावित हुादा पुलिस र बर्मीले उपाधि सेयर गरेका…

    विस्तृतमा पढ्नुस्

  • जस्ताले बारेको 'टहरा मस्जिद'मा रोहिङ्ग्या शरणार्थीको इद, दर्जन फोटो

    जस्ताले बारेको 'टहरा मस्जिद'मा रोहिङ्ग्या शरणार्थीको इद, दर्जन फोटो

    काठमाडौं: म्यान्मारबाट विस्थापित भएका रोहिङ्ग्या शरणार्थीले 'टहरा मस्जिद'मा इद मनाएका छन्। कपनस्थित बालुवाखानीमा शरण लिइरहेका उनीहरुले जस्तापाता र कपडाले बेरेर बनेको टहरामा इदको खुसीयाली साटासाट गर्दै प्रार्थना गरे। मीठा परिकार खाए। म्यान्मारमा दंगा भएपछि सन् २०१७ को अगस्टमा म्यानमारबाट बांगलादेश, भारत हुँदै उनीहरु नेपाल आइपुगेका हुन्। 

    विस्तृतमा पढ्नुस्

  • वातावरण दिवसमा प्रम ओलीले सिंहदरबारमा रोपे एभोकाडो, फोटोमा हेर्नुस्

    वातावरण दिवसमा प्रम ओलीले सिंहदरबारमा रोपे एभोकाडो, फोटोमा हेर्नुस्

    काठमाडौं: विश्व वातावरण दिवसको अवसरमा प्रधानमन्त्री केपी शर्मा ओलीले सिंहदरबारस्थित राष्ट्रिय योजना आयोग कार्यालय परिसरमा वृक्षरोपण गरेका छन्। उक्त अवसरमा प्रधानमन्त्री ओलीले एभोकाडोको विरुवा रोपे। गृहमन्त्री रामबहादुर थापा, अर्थमन्त्री डा युवराज खतिवडालगायत मन्त्री, सांसद तथा कर्मचारीहरुलेसमेत वृक्षरोपणमा सहभागी भएका थिए।

    विस्तृतमा पढ्नुस्

  • राजा वीरेन्द्रको परिवारको सम्झनामा नारायणहिटी अगाडि दीप प्रज्वलन, दर्जन फोटोमा हेर्नुस्

    राजा वीरेन्द्रको परिवारको सम्झनामा नारायणहिटी अगाडि दीप प्रज्वलन, दर्जन फोटोमा हेर्नुस्

    काठमाडौं: राजा वीरेन्द्र शाहसहित उनको परिवारको हत्या भएको दिनको सम्झनामा आज नारायणहिटी दरबार अगाडि उनीहरुप्रति श्रद्धाञ्जली व्यक्त गर्दै दीप प्रज्वलन गरेको छ। १९ जेठ २०५८ मा राजा वीरेन्द्रको वंशनाश भएको थियो। सोही दिनको सम्झनामा उनीहरु सम्झँदै राजाप्रेमीहरुले मौनधारणसमेत गरेका थिए।  

    विस्तृतमा पढ्नुस्

  • गणतन्त्र दिवसमा झाँकीदेखि परेडसम्म, १६ फोटोमा हेर्नुस्

    गणतन्त्र दिवसमा झाँकीदेखि परेडसम्म, १६ फोटोमा हेर्नुस्

    काठमाडौं: आज देश संघीय गणतन्त्रात्मक प्रणालीमा गएको १२ वर्ष पुगेको छ। सोही उपलक्ष्यमा सैनिक मञ्च टुँडिखेलमा गणतन्त्र दिवस मनाइयो। कार्यक्रममा राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री केपी शर्मा ओली, सभामुख कृष्णबहादुर महरा, राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमल्सिनालगायतको उपस्थिति थियो। दिवसका अवसरमा सेनाको परेडदेखि कलाकारहरुले साँस्कृतिक झाँकी प्रस्तुत गरेका थिए।

    विस्तृतमा पढ्नुस्

  • सातदोबाटोमा भेटिएको प्रेसर कुकर बम सेनाले यसरी पार्‍यो निश्क्रिय, हेर्नुस् फोटोमा

    सातदोबाटोमा भेटिएको प्रेसर कुकर बम सेनाले यसरी पार्‍यो निश्क्रिय, हेर्नुस् फोटोमा

    काठमाडौँः आइतबारदेखि उपत्यकामा सुरु भएको विस्फोटको श्रृखला सोमबार पनि जारी रह्यो। सोमबार पनि ललितपुरको सातदोबाटो चोक नजिकै प्रेसर कुकर बम फेला परेको छ। नेपाली सेनाको टोलीले बमलाई निश्क्रिय बनाएको छ। सोमबार विप्लव समूहको बन्दका कारण जनजीवन पनि प्रभावित बनेको छ। उपत्यकामा सार्वजनिक सवारी साधन निकै कम चलेका छन्। लामो दूरीका सवारीसाधन चलेका छैनन्। विभिन्न स्थानमाहरुमा मकवानपुर, नवलपरासी लगायतका जिल्लामा ट्रकमा…

    विस्तृतमा पढ्नुस्


@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell