PahiloPost

Apr 25, 2024 | १३ बैशाख २०८१

  • जापानको नारिताबाट पूरै सिट भरिएर नेपाल एयरलाइन्स आउँदा सबै दंग

    जापानको नारिताबाट पूरै सिट भरिएर नेपाल एयरलाइन्स आउँदा सबै दंग

    काठमाडौं : नेपाल वायुसेवा निगमले झण्डै एक वर्ष लगाएर काठमाडौं-ओशाका उडान गर्‍यो। लामो गृहकार्य गरेर निगमले ओशाका उडान गरे पनि यात्रु नपाएर एउटा उडान नै रद्ध गर्नुपरेको थियो। ओशाका  उडानमा अहिले पनि यात्रु पुर्‍याउन हम्मे परिरहेको छ। तर, एउटा ट्राभल एजेन्सीले काठमाडौं-नारिता चार्टर उडान पूरै भरेर यात्रु ल्याएको छ। सुमेघ टुर्स एण्ड ट्राभलले चार्टर गरेको निगमको नारिता-काठमाडौं उडानमा २ सय…

    विस्तृतमा पढ्नुस्

  • 'हाम्रो यो युद्ध, वन विनासविरुद्ध' नारा घन्काउँदै युवा पुगे राष्ट्र संघको कार्यालय, दर्जन फोटोमा हेर्नुस्

    'हाम्रो यो युद्ध, वन विनासविरुद्ध' नारा घन्काउँदै युवा पुगे राष्ट्र संघको कार्यालय, दर्जन फोटोमा हेर्नुस्

    ललितपुर: जलवायु परिवर्तन र बढ्दो तापमानको विरोधमा आज दिउँसो पुल्चोकमा रहेको संयुक्त राष्ट्र संघको कार्यालय अगाडि युवाहरुको समूहले प्रदर्शन गरेका छन्। हरिण नेपाललगायत संस्थाद्वारा आयोजना गरेको विरोध कार्यक्रममा उनीहरुले 'हाम्रो युद्ध, वनविनासविरुद्ध' निजगढमा 'विकल्प हुँदाहुँदै २४ लाख रुख किन काट्ने?'जस्ता ब्यानरसहित प्रदर्शन गरेका थिए। सगरमाथामा ट्राफिक जामदेखि हिमालमा हिउँ पग्लेको विषयलाई उठान गर्दै उनीहरुले जलवायु नभई व्यवस्था परिवर्तन हुनुपर्ने मागसमेत…

    विस्तृतमा पढ्नुस्

  • ह्याप्पी वर्थ डे कविवर : १ सय १ जन्मदिनमा यस्ता देखिए राष्ट्रकवि माधव घिमिरे

    ह्याप्पी वर्थ डे कविवर : १ सय १ जन्मदिनमा यस्ता देखिए राष्ट्रकवि माधव घिमिरे

    काठमाडौं : आज बिहानैदेखि लैनचौरमा मानिसहरुको बाक्लै चहलपहल थियो। कविवर माधव घिमिरेलाई जन्मदिनको शुभकामना दिन पुग्नेहरु उनको घरमा आउने र जाने क्रम जारी रह्यो। आज राष्ट्रकवि घिमिरे १ सय १ वर्षका भएका छन्। गत वर्ष लामो समय अस्पतालमा बिताएका घिमिरे आज भने निक्कै हँसिला देखिन्थे। जन्मदिन मनाउन पुगेकाहरु उनीसँग फोटो खिच्न मस्त थिए। लामो समयदेखि सिर्जनामा अभ्यस्त रहँदै उमेरसमेत शताब्दी…

    विस्तृतमा पढ्नुस्

  • तस्विरमा हेर्नुस् टुँडिखेलमा मनाइएको संविधान दिवसको उल्लास

    तस्विरमा हेर्नुस् टुँडिखेलमा मनाइएको संविधान दिवसको उल्लास

    संविधान दिवसको अवसरमा आज देशभरी विविध कार्यक्रमहरु आयोजना गरिँदैछ। यसैबीच आज बिहान सैनिक मञ्च टुँडिखेलमा संविधान दिवस मुल समारोह समितिले संविधान दिवसको उपल्क्षयमा कार्यक्रम आयोजना गर्‍यो। समारोहमा नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी, काठमाडौं महानगरपालिका, ललितपुर महानगरपालिका लगायत स्थानीय तह र विभिन्न संघसंस्थानले झाँकी प्रदर्शन गरेका थिए। कार्यक्रममा सातै प्रदेशको जीवनशैली झल्कने प्रस्तुती प्रदर्शन गरिएको थियो। प्रमुख अतिथिका रुपमा राष्ट्रपति…

    विस्तृतमा पढ्नुस्

  • वाग्मतीमा विश्वकर्मा विसर्जन, १६ फोटोमा हेर्नुस्

    वाग्मतीमा विश्वकर्मा विसर्जन, १६ फोटोमा हेर्नुस्

    बुधवार विश्वकर्मा पूजा। श्रम र शिल्पाको सम्मानमा आफ्ना सवारी साधन, कलकारखानामा प्रयोग गरिने धातुजन्य उपकरण, औजार आदिको पूजा गरी मनाइन्छ। यस अवसरमा कतिपयले विश्वकर्माको मूर्ति बनाई पूजा गर्ने र प्रसाद चढाउने पनि गर्दछन् । पूजा गरिएको मूर्तिलाई आज चोभारस्थित वाग्मतीमा बिसर्जन गरियो। मूर्ति विसर्जनसँगै विश्विकर्मा पूजा समापन भएको छ।

    विस्तृतमा पढ्नुस्

  • हनुमानढोकामा भक्तपुरको महाकाली नाच, हेर्नुस तस्विरमा

    हनुमानढोकामा भक्तपुरको महाकाली नाच, हेर्नुस तस्विरमा

    येँया: (इन्द्रजात्रा) सुरु भएसँगै काठमाडौंमा विभिन्न नाचहरु प्रदर्शन हुँदैछ। मजिपा लाखे नाच, पुलुकिसी नाच, सवभक्कु नाचले जात्रामा धेरैलाई आकर्षित बनाउने गर्छ। यससँगै भक्तपुरबाट आएका देवगणहरुले येँया: भरि हनुमानढोकामा महाकाली नाच प्रदर्शन गर्ने गरेका छन्। केही दिनयता हनुमानढोकामा महाकाली, कुमारी,नरदेवी, ख्याक नाचहरु प्रदर्शन हुँदै आएका छन्।

    विस्तृतमा पढ्नुस्

  • येँया पुन्हीमा यस्तो देखियो कुमारीसहित गणेश र भैरवको रथ यात्रा

    येँया पुन्हीमा यस्तो देखियो कुमारीसहित गणेश र भैरवको रथ यात्रा

    आज येँया: पुन्ही अर्थात् इन्द्रजात्रा। काठमाडौं उपत्यकाका विभिन्न टोलमा डोरीले बाँधेर राखिएका इन्द्रका मूर्तिहरुमा आज पूजा गर्ने गरिन्छ। यस्तै, येँया:को मुख्य आकर्षणमा रहेको जीवित देवी कुमारीका साथै जीवित देवहरू गणेश र भैरवको रथ यात्रा पनि आजै हुन्छ। आज 'क्व:नेया' (तल्लो टोलमा रथयात्रा) गरिनेछ। कुमारी घरबाट रथ यात्रा सुरु भई मरु, अट्को नारायण, जैसीदेवल, मजिपात, लगन, ह्युमत, कोहिटी, भिमसेनस्थान हुँदै पुन:…

    विस्तृतमा पढ्नुस्

  • हनुमानढोकामा कुमारी पूजा : बालिकाहरुलाई घुमाइयो तलेजु परिसर {फोटो कथा}

    हनुमानढोकामा कुमारी पूजा : बालिकाहरुलाई घुमाइयो तलेजु परिसर {फोटो कथा}

    काठमाडौं: हनुमानढोकामा य:सिं ठड्याएसँगै येँया: (इन्द्रजात्रा) सुरु भएको छ। यस पर्वमा मुख्य आकर्षणको केन्द्रमा रहेकी हुन्छिन् जीवित देवि कुमारीको रथ यात्रा। यसै अवसरमा काठमाडौंको विभिन्न स्थानमा कुमारी पूजा हुनेगर्छ। नेवार समुदायमा ईही (बेल विवाह) नगरेको २ वर्षदेखि ८ वर्ष उमेर समूहका बालिकाहरुलाई कुमारीका रुपमा पूजा गर्ने प्रचलन रहेको छ। यसरी पूजा गरेमा बालिकाहरुलाई रोक नलाग्ने जनविश्वास रहेको छ। यसैबीच आज…

    विस्तृतमा पढ्नुस्

  • चिनियाँ विदेशमन्त्री वाङ काठमाडौंमा

    चिनियाँ विदेशमन्त्री वाङ काठमाडौंमा

    काठमाडौं: चिनियाँ स्टेट काउन्सिलर तथा विदेशमन्त्री वाङ यी पाकिस्तानको इस्लमावादबाट काठमाडौं आइपुगेका छन्। दिउँसो ४ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्ने कार्यक्रम भए पनि वाङ साँझ सवा ६ बजेमात्र विशेष विमानमार्फत् काठमाडौं ओर्लेका हुन्। वाङलाई परराष्ट्र मन्त्रालयका सचिव शंकरदास बैरागीले विमानस्थलको अति विशिष्ठ कक्षामा स्वागत गरेका थिए। तीन दिने भ्रमणका लागि आइपुगेका वाङले भोलिबाट उच्चस्तरीय राजनीतिक भेटघाट थाल्नेछन्। वाङले राष्ट्रपति विद्यादेवी…

    विस्तृतमा पढ्नुस्

  • प्रधानमन्त्री ओलीको काठमाडौंमा अवतरण, भएन पत्रकार सम्मेलन

    प्रधानमन्त्री ओलीको काठमाडौंमा अवतरण, भएन पत्रकार सम्मेलन

    काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओली काठमाडौं उत्रिएका छन्। १५ दिन लामो सिंगापुर बसाइ पूरा गरेर आज थाइ एयरवेजबाट उनी काठमाडौं उत्रिएका हुन्। १० दिन सिंगापुरमा उपचार गरेर नेपाल आएका ओली १० दिन नेपालमा बसेपछि फेरि थप उपचारका लागि सिंगापुर फर्किएका थिए। आज ओलीको प्रतीक्षामा मिडियाहरु विहानैदेखि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल पुगेका थिए तर उनले पत्रकारहरुसँग कुनै कुराकानी गरेनन्। हात हल्लाउँदै…

    विस्तृतमा पढ्नुस्

  • डेंगु नियन्त्रणका लागि काठमाडौंमा चल्यो फगर मेसिन

    डेंगु नियन्त्रणका लागि काठमाडौंमा चल्यो फगर मेसिन

    काठमाडौं :  डेंगुको संक्रमण काठमाडौंमा समेत देखिएपछि काठमाडौं महानगरिपालिकाको वातावरण विभागले डेंगु नियन्त्रणका लागि प्रयास सुरु गरेको छ। आज काठमाडौंको वडा नम्बर २१ मा पर्ने लगन र सुनधारा क्षेत्रमा डेंगु नियन्त्रण गर्न औषधि छरिएको छ। वडा नम्बर २१ का अध्यक्ष उदयचुडामणि बज्राचार्यले डेंगुको संक्रमण देखिएपछि पहिलोपटक वडामा औषधि छरिएको बताए।   क्रुबी फाउन्डेसन नामक संस्थासँगको सहकार्यमा महानगरपालिकाले 'फगर' मेसिनको प्रयोग गर्दै…

    विस्तृतमा पढ्नुस्

  • दृश्यमा ऋषि पञ्चमी

    दृश्यमा ऋषि पञ्चमी

    काठमाडौं : भाद्र शुक्ल पञ्चमीका दिनमा मनाइने ऋषि पञ्चमी आज महिलाहरुले सप्तऋषिको पूजा आराधना गरी मनाइरहेका छन्। महिलाहरुले आज बिहानै उठेर नजिकको नदी, खोला, ताल, तलैया र पोखरीमा गई ३६५ वटा दतिवनले दाँत माझ्ने, गाईको गोबर, माटो र खरानी लगाई स्नान गर्ने गर्छन्। रजस्वलाका समयमा छुइछाइलगायत कुनै त्रुटी भएको भए आज ऋषि पञ्चमीको दिन अरुन्धतीसहित सप्तऋषिको पूजा गर्नाले त्यसबाट मुक्ति पाइने…

    विस्तृतमा पढ्नुस्

  • पशुपतिनाथ मन्दिर परिसरमा व्रतालुको रमझम, हेर्नुहोस् तस्बिरमा

    पशुपतिनाथ मन्दिर परिसरमा व्रतालुको रमझम, हेर्नुहोस् तस्बिरमा

    काठमाडौं : भाद्र शुक्ल तृतीया तिथिमा मनाइने हरितालिका तीजका अवसरमा आज देशैभरिका शिवालयमा भक्तजनको भीड लागेको छ। धार्मिक एवम् सांस्कृतिक पर्वका रुपमा तीज मनाइने गरिन्छ। तीजको व्रत बसेका व्रतालुले आज उमामहेश्वर, शंकरगौरी लगायत विभिन्न नामले पुकारिने शिव-पार्वतीको पूजा आराधना गर्छन्। सत्ययुगमा हिमालयकी छोरी पार्वतीले भाद्र शुक्ल तृतीयाका दिन अर्थात तीजमा निराहार व्रत बसी महादेवको पूजा आराधना गरी खुसी पारेर उनैलाई…

    विस्तृतमा पढ्नुस्

  • गोकर्णमा पितृलाई तर्पण र पिण्डदान, २० फोटोमा हेर्नुस्

    गोकर्णमा पितृलाई तर्पण र पिण्डदान, २० फोटोमा हेर्नुस्

    काठमाडौं: भाद्र कृष्ण औँशीका दिन आज बिहानैदेखि काठमाडौंको गोकर्णेश्वर महादेव मन्दिर परिसरमा दिवंगत पितृप्रति तर्पण, पिण्डदान र श्राद्ध गर्ने भक्तजनको भीड लागेको छ। पितृ तीर्थ धाम एवं उत्तरगया भनेर समेत चिनिने यस स्थलमा आई आज तर्पण, पिण्डदान र श्राद्ध गरे घर, मामाघर र ससुरालीतर्फका २१ पुस्तासम्मका पितृ तर्दछन् भन्ने धार्मिक विश्वास छ। यही विश्वासमा देशका विभिन्न भागबाट आएका भक्तजनको भीड…

    विस्तृतमा पढ्नुस्

  • चक्रपथमा दुई हजार रुख काट्ने योजनाको विरुद्धमा प्रदर्शन, सरकारलाई प्रश्न 'सडकमा समाजवाद खै?'

    चक्रपथमा दुई हजार रुख काट्ने योजनाको विरुद्धमा प्रदर्शन, सरकारलाई प्रश्न 'सडकमा समाजवाद खै?'

    सरकारले  चक्रपथ विस्तारका क्रममा करिब दुई हजार रुखहरु काट्ने योजना बनाइरहेको छ। तर वातावरण संरक्षणमा लागेका अभियन्ताहरुले भने रुख काटेर विकास नहुने तर्क गर्दै आएका छन्। उनीहरुले यति ठूलो संख्यामा रुख काट्दा प्रदुषित काठमाडौंको वातावरणमा अझै नकरात्मक असर पर्ने तर्क गर्दै आएका छन्। यसैबीच चक्रपथ विस्तारका क्रममा रुखहरु काट्ने निर्णयको पुन:विचार गर्न माग गर्दै आज खबरदारी कार्यक्रम आयोजना गरियो। 'रिथिङकिङ रिङरोड' नाम…

    विस्तृतमा पढ्नुस्

  • भृकुटीमण्डपमा शुरु भएको नाडा अटो शोको पहिलो दिन यस्तो देखियो, फोटोमा हेर्नुस्

    भृकुटीमण्डपमा शुरु भएको नाडा अटो शोको पहिलो दिन यस्तो देखियो, फोटोमा हेर्नुस्

    काठमाडौं: मंगलबारदेखि काठमाडौंको भृकुटीमण्डपमा नाडा अटो शो शुरु भएको छ। अर्थमन्त्री डा युवराज खतिवडाले शोको उद्घाटन गरे। सवारी साधनको कुम्भा मेला मानिएको यस शो मा विद्युतीय गाडीदेखि विभिन्न मोडलका सवारी प्रदर्शनीमा राखिएका छन्।  सवारी साधन किन्नेका लागि बैंकले कर्जाको व्यवस्थासमेत गरेको आयोजकले जनाएको छ। हेर्नुस् अटो शोका केही तस्बिर:

    विस्तृतमा पढ्नुस्

  • वाह! शहरको सडक, सार्वजनिक बस बसमा प्रश्न : हामीले तिरेको कर कहाँ जान्छ सरकार?

    वाह! शहरको सडक, सार्वजनिक बस बसमा प्रश्न : हामीले तिरेको कर कहाँ जान्छ सरकार?

    काठमाडौं : बौद्धका बासिन्दाले सडक नै अवरुद्ध गर्नेगरी आन्दोलन गरेपछि सहमति भयो - तत्काल पिच थालिहाल्ने। टुसालदेखि बौद्ध नजिकैसम्म कालोपत्रे भयो पनि। अरुतिर पनि तत्कालै सम्याउन थालियो। तर, आँखामा छारो हाल्न देखाएको सरकारी सक्रियता त्यसपछि भने तुहियो। झरी पर्दा हिलो र घाम लाग्दा धुलोको कुइरीमण्डल चाबहिलदेखि साँखुसम्मै हुने गर्छ। हिलोमा चोबलिँदै गुडेका गाडीले कालोपत्रेको निसान पनि मेटाइसकेका छन् - छपक्कै…

    विस्तृतमा पढ्नुस्

  • दर्जन फोटोमा बुढानिलकण्ठको कृष्ण जन्माष्टमी

    दर्जन फोटोमा बुढानिलकण्ठको कृष्ण जन्माष्टमी

    काठमाडौं: कृष्ण जन्माष्टमीको अवसरमा काठमाडौंको बुढानिलकण्डमा रहेको द इन्टरनेसनल सोसाइटी फर कृष्ण कन्ससनेस (इस्कोन) नेपालले विविध कार्यक्रम गरेको छ। इस्कोनले हरेक वर्ष कृष्ण जन्माष्टमी यसरी नै मनाउँदै आएको छ। यस्ता छन् यही अवसरमा कैद गरिएका फोटो:

    विस्तृतमा पढ्नुस्

  • कृष्ण जन्माष्टमीमा फुटाइयो मट्का, फोटोमा हेर्नुस्

    कृष्ण जन्माष्टमीमा फुटाइयो मट्का, फोटोमा हेर्नुस्

    काठमाडौं: राजधानीको समाखुसी चिल्ड्रेन पार्क अगाडि मट्का फुटाउने प्रतियोगिता भयो। हरेक कृष्ण जन्मअष्टमीका दिन चिल्ड्रेन पार्क युथ क्लबले आयोजना गर्दै आएको प्रतियोगितामा निलो रिबन लगाउने टोली विजेता बन्यो। योसँगै उक्त टोलीले १० हजार नगद पुरस्कार प्राप्त गरेको छ। यसपटक हातमा रातो र निलो रंगको रिबन लगाएका दुई समूहबीच प्रतियोगिता भएको थियो।

    विस्तृतमा पढ्नुस्

  • भारतीय विदेशमन्त्री जयशंकर आइपुगे काठमाडौं, परराष्ट्र सचिव बैरागीले गरे स्वागत

    भारतीय विदेशमन्त्री जयशंकर आइपुगे काठमाडौं, परराष्ट्र सचिव बैरागीले गरे स्वागत

    काठमाडौं: भारतीय विदेशमन्त्री एस जयशंकर नेपाल आइपुगेका छन्। नेपाल भारतको संयुक्त आयोगको बैठकमा भाग लिन आइपुगेका विदेशमन्त्री जयशंकरलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा परराष्ट्र सचिव शंकरदास बैरागीले स्वागत गरे। जयशंकरलाई स्वागत गर्न नेपालका लागि भारतीय राजदूत मञ्जिवसिंह पुरी पनि विमानस्थल पुगेका थिए। जयशंकरले आज आयोगको बैठकका अतिरिक्त राजनीतिक भेटघाट पनि गर्नेछन्। बैठकमा सहभागी हुनुअघि नै उनले प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेट गर्नेछन्। यस्तै, जयशंकरले…

    विस्तृतमा पढ्नुस्


@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell