PahiloPost

Apr 24, 2024 | १२ बैशाख २०८१

  • बिहानै पशुपति दर्शन गर्न निस्किए सचिन तेन्दुलकर

    बिहानै पशुपति दर्शन गर्न निस्किए सचिन तेन्दुलकर

    काठमाडौं :  भारतीय क्रिकेटर सचिन तेन्दुलकरले आज पशुपति दर्शन गरेका छन्। शुक्रबार बेलुका नेपाल आएका तेन्दुलकरले शनिवार टियु मैदानमा बालबालिकाहरुसँग क्रिकेट खेलेका थिए। आज बिहानै उनी पशुपति दर्शनका लागि पुगेका थिए।   बालअधिकार सम्बन्धि महासन्धि पारित भएको ३० वर्ष पूरा भएको उपलक्ष्यमा नेपालस्थित युनिसेफले सचिनलाई नेपाल ल्याएको हो। सचिन युनिसेफका सद्धभावना दूत हुन्।  

    विस्तृतमा पढ्नुस्

  • बालबालिकासँग यस्तो देखियो कीर्तिपुर मैदानमा सचिनको बलिङ र ब्याटिङ

    बालबालिकासँग यस्तो देखियो कीर्तिपुर मैदानमा सचिनको बलिङ र ब्याटिङ

    क्रिकेट समर्थकहरुले भारतीय क्रिकेटर सचिन तेन्दुलकरको खेल नेपालमै प्रत्यक्ष हेर्न पाए। त्यतिमात्र हैन बालबालिकाले त सचिनसँग बलिङ र ब्याटिङ नै गर्न पाए। हिजो नेपाल आएका उनी आज बिहान कीर्तिपुरस्थिति त्रिवि क्रिकेट मैदानमा पुगेका थिए।  यहाँ उनी क्रिकेटसँगै बाल अधिकारका लागि ब्रान्ड एम्बेसडरका रुपमा आएका हुन्। युनिसेफले उनको भ्रमणको चाँजोपाजो मिलाएको हो। हेर्नुस कीर्तिपुरको मैदानमा सचिनको बलिङ र ब्याटिङ:

    विस्तृतमा पढ्नुस्

  • ‘लुरे’सँगै सर्पको उद्धार यात्रा : हेर्नुस् प्रकृति पूजकको एउटा प्रेरणादायी प्रयास

    ‘लुरे’सँगै सर्पको उद्धार यात्रा : हेर्नुस् प्रकृति पूजकको एउटा प्रेरणादायी प्रयास

    पोखरा भन्नेवित्तिकै यौटा सुन्दर घुम्ने ठाउँको झल्को मनमा आइहाल्छ। फेवा ताल, बेगनास ताल अनि सुन्दर माछापुछ्रे हिमाल होस् या साराङकोट। एकै पटक सबैको मानसपटलमा खेल्न थाल्छ। तर, यसपाला म तपाईँहरुलाई पोखराको फरक यात्रा गराउँदैछु। आउनुस् यात्रामा यहाँलाई म प्रवीन रानभाट तपाईँहरु सबैको स्वागत गर्छु। मेरो घर तनहुँ। पोखरा पुग्न घरबाट यस्तै एक घन्टाको मात्र दुरी तय गरे पुग्छ। सधैं विदाको…

    विस्तृतमा पढ्नुस्

  • यस्तो देखियो चाबहिलको सिन्दूर जात्रा, फोटोमा हेर्नुस्

    यस्तो देखियो चाबहिलको सिन्दूर जात्रा, फोटोमा हेर्नुस्

    चाबहिल क्षेत्र आज होली झैं 'सिन्दूर जात्रा'ले रंगिएको छ। चन्द्रविनायक जात्राको अन्तिम दिन गणेश र भैरवको रथयात्रा अन्त्य गरी आज सिन्दुर जात्रा गरिएको हो। जात्राका अवसरमा चाबहिल क्षेत्रका स्थानीयले आज आफन्तलाई सामेल गराइ भोजसमेत खुवाउने परम्परा रहेको छ। कातिक शुक्ल पूर्णिमाको दिनबाट शुरु हुने यो जात्रा मार्गशीर्ष कृष्ण तृतियाका दिन सिन्दूर जात्रा गरी अन्त्य गर्ने चलन छ।   जात्रा मनाउन स्थानीयहरु…

    विस्तृतमा पढ्नुस्

  • माइतीघरमा गुञ्जियो किसन भुसन र अदम्बत्तीको गीत, खेलियो समाचकेवा : हेर्नुस् फोटोमा

    माइतीघरमा गुञ्जियो किसन भुसन र अदम्बत्तीको गीत, खेलियो समाचकेवा : हेर्नुस् फोटोमा

    काठमाडौं: थारु समूदायमा दिदीबहिनीहरुले दाजुभाइहरुको दीर्घायुको कामना गर्दै मनाइने पर्व समाचकेवा राजधानीमा पनि मनाइएको छ। राजधानीको माइतीघरमा काठमाडौंमा रहेका थारु समूदायले समाचकेवा खेल्दै पर्व मनाएको हो। यस अवसरमा सहभागीले थारुहरुको प्राचीन राजा किसन भुसन र रानी अदम्बत्तीबीच भएको कारुणिक सम्बादको गीतसमेत गाएका थिए। 

    विस्तृतमा पढ्नुस्

  • बंगलादेशका राष्ट्रपति भक्तपुरमा, टौमढीमा 'हलिमलि' देख्दा मख्ख परे अब्दुल हमिद

    बंगलादेशका राष्ट्रपति भक्तपुरमा, टौमढीमा 'हलिमलि' देख्दा मख्ख परे अब्दुल हमिद

    नेपाल भ्रमणमा रहेका बंगलादेशका राष्ट्रपति मोहम्मद अब्दुल हमिद मंगलवार दिउँसो भक्तपुर पुगे। त्रिभुवन विमानस्थलबाट मेरियट होटल पुगेका उनी होटलबाट सेनाको हेलिकप्टरमा भक्तपुर पुगेका थिए। भक्तपुर दरबार स्क्वायरमा उनलाई भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापति र उप प्रमुख रजनी जोशीले स्वागत गरेका थिए। करिब एक घण्टा भक्तपुरमा बिताएका राष्ट्रपति हमिदले राष्ट्रिय कला संग्रहालय, स्वर्ण ढोका, पच्पन्न झ्याल दरबार, सिद्धिलक्ष्मी मन्दिर, यक्षेश्वर महादेव मन्दिर,…

    विस्तृतमा पढ्नुस्

  • काठमाडौं उत्रिए बंगलादेशका राष्ट्रपति हमिद, राष्ट्रपति भण्डारीले गरिन् स्वागत

    काठमाडौं उत्रिए बंगलादेशका राष्ट्रपति हमिद, राष्ट्रपति भण्डारीले गरिन् स्वागत

    काठमाडौं: बंगलादेशका राष्ट्रपति मोहम्मद अब्दुल हमिद चार दिने नेपाल भ्रमणका लागि काठमाडौं उत्रिएका छन्। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा हमिदलाई नेपाली समकक्षी राष्ट्रपति विद्यादेवी भण्डारीले स्वागत गरेकी छिन्। भ्रमणका क्रममा भक्तपुर र पोखरामासमेत पुग्ने राष्ट्रपति हमिद होटल मेरियटमा रहनेछन्। 

    विस्तृतमा पढ्नुस्

  • जब मध्यरातमा हिरण्यकश्यपुको बध गर्न निस्किए नृसिंह

    जब मध्यरातमा हिरण्यकश्यपुको बध गर्न निस्किए नृसिंह

    आइतवार राति ललितपुरको मंगलबजारमा विशेष चहलपहल थियो। १२ दिन लामो कात्तिक नाच अन्तर्गत हिरण्यकश्यपु दैत्य वध नाच हेर्न सयौंको संख्यामा मानिसहरु मंगलबजार पुगेका थिए। साँझ करिब ७ बजे सुरु भएको नाचको पहिलोचरणमा कृष्ण नाच देखाइएको थियो। कृष्ण नाच कात्तिक नाचको हरेक दिन हुने गर्छ। कृष्ण नाचपछि हिरण्यकश्यपु र प्रह्लाद नाच देखाइएको थियो। हिरण्यकश्यपु र उनका छोरा प्रह्लादका साथ दुई दैत्य…

    विस्तृतमा पढ्नुस्

  • सडकमा विद्यार्थीहरुको नारा : भारतीय जाली नक्सा खारेज गर्

    सडकमा विद्यार्थीहरुको नारा : भारतीय जाली नक्सा खारेज गर्

    काठमाडौं : भारतले जारी गरेको नयाँ नक्सामा नेपाली भूमि समावेश गरेको विरोधमा आज विद्यार्थीहरुले पनि विरोध प्रदर्शन गरेका छन्। विभिन्न विद्यालयबाट उपस्थित विद्यार्थीहरुले आज दिउँसो माइतीघर मण्डलामा विरोध प्रदर्शन गरेका हुन्। उनीहरुले भारतको कदम विरुद्ध नारा घन्काएका थिए। प्रदर्शनमा सहभागीहरुले 'भारतीय जाली नक्सा खारेज गर्', 'सीमा मिच्न पाइदैन', 'सिमानामा नेपाली सेना तैनाथ गर्', 'असमान सन्धी सम्झौता खारेज गर्' जस्ता नारा…

    विस्तृतमा पढ्नुस्

  • भारतको विरोध गर्दै बानेश्वरतिर लम्केका विद्यार्थीलाई प्रहरीले बबरमहलमै पक्रे यसरी

    भारतको विरोध गर्दै बानेश्वरतिर लम्केका विद्यार्थीलाई प्रहरीले बबरमहलमै पक्रे यसरी

    काठमाडौं: आइतबार दिउँसो अखिल क्रान्तिकारी, काभ्रे जिल्ला समितिले माइतीघरमा भारत विरोधी नारा घन्काए। भारतले हालै जारी गरेको राजनीतिक नक्सामा नेपालको नक्सा मिचेको विरोध गर्दै विद्यार्थी नारा घन्काउँदै बानेश्वर जाँदै थिए।  विद्यार्थीको र्‍याली बबरमहलमा नपुग्दै प्रहरीको धरपकडमा परे। कोही विद्यार्थी भागे। कोही प्रहरीको फन्दामा परे। प्रहरी र विद्यार्थीको घम्साघम्सी यस्तो देखिएको थियो। तस्विरमा हेर्नुस्:

    विस्तृतमा पढ्नुस्

  • व्यवसायी रुपज्योति पक्राउको विरोधमा उदाय् समाजले निकाल्यो र्‍याली

    व्यवसायी रुपज्योति पक्राउको विरोधमा उदाय् समाजले निकाल्यो र्‍याली

    काठमाडौं : व्यवसायी डा रुपज्योतिलाई अन्यायपूर्वक पक्राउ गरिएको भन्दै उदाय् समाजले विरोध प्रदर्शन गरेको छ। समाजले ज्योतिको रिहाईको माग गर्दै निकालेको विरोध जुलुस असन, रत्नपार्क, त्रिपुरेश्वर हुँदै माइतीघर मण्डलामा पुगेर समापन भएको थियो। नेवारी भाषामा लेखिएको प्लेकार्ड बोकेका समाजका प्रतिनिधीले प्रतिष्ठित उद्योगीको रिहाईको माग गरेका थिए। प्रतिशोध पूर्ण, बद्नियतपूर्ण र व्यक्तिगत रिसिबी साँधिएको आरोप उनीहरुले लगाएका थिए। सिंगापुरबाट नेपाल फर्किएका…

    विस्तृतमा पढ्नुस्

  • भारतीय सीमा अतिक्रमणविरुद्ध माइतीघरमा प्रदर्शन गर्ने विप्लवका तीन कार्यकर्ता पक्राउ

    भारतीय सीमा अतिक्रमणविरुद्ध माइतीघरमा प्रदर्शन गर्ने विप्लवका तीन कार्यकर्ता पक्राउ

    काठमाडौं: भारतले हालै जारी गरेको राजनीतिक नक्साको विरोधमा उत्रिएका नेत्रविक्रम चन्द विप्लवका कार्यकर्ता पक्राउ परेका छन्। आज दिउँसो भारतले सीमा अतिक्रमणका विरोधमा प्रतिवन्धित नेकपाका महासचिव विप्लवका पुत्र प्रकाशको नेतृत्वमा विरोध कार्यक्रम आयोजना गरिएको थियो।

    विस्तृतमा पढ्नुस्

  • टुँडिखेल फिर्ता माग्दै मानवसाङ्लो, अतिक्रमण विरुद्ध लड्ने उद्घोष

    टुँडिखेल फिर्ता माग्दै मानवसाङ्लो, अतिक्रमण विरुद्ध लड्ने उद्घोष

    काठमाडौं : टुँडिखेल खुल्ला हुनुपर्ने माग गर्दै आज बिहान मानव साङ्लो बनाएर रत्नपार्कदेखि खुल्लामञ्चसम्मको क्षेत्र घेरियो। नागरिकस्तरबाट संचालन भएको  'अकुपाइ टुँडिखेल' अभियान अन्तर्गत आज बिहान ८ बजेदेखि पहिलो चरणको कार्यक्रम सुरु भएको थियो।  टुँडिखेल खुल्ला हुनुपर्ने माग गर्दै रत्नपार्क देखि खुल्लामञ्च र सैनिकमञ्चको बीचको बाटोसम्म करिब एक हजार मानिस मानव साङ्लो बनाएर उभिएका थिए। 'अकुपाइ टुँडिखेल' अभियानमा विभिन्न संघ संस्थाले ऐक्यबद्धता प्रकट…

    विस्तृतमा पढ्नुस्

  • भारतीय दूतावास अगाडि अनेरास्ववियुको नारा : लिपुलेक हाम्रो हो, ब्याक अफ इन्डिया

    भारतीय दूतावास अगाडि अनेरास्ववियुको नारा : लिपुलेक हाम्रो हो, ब्याक अफ इन्डिया

    काठमाडौं : सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (ने क पा) निकट विद्यार्थी संगठन अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु)ले भारतीय दूतावासअघि विरोध प्रदर्शन गरेको छ। भारतको नयाँ नक्सामा नेपालका भुभाग समेटिएको भन्दै अनेरास्ववियुले दूतावासअघि विरोध स्वरुप धर्ना दिएको हो। अनेरास्ववियुले 'गो ब्याक इन्डिया' लेखेको ब्यानरसहित प्रदर्शन गरेको छ। प्रदर्शनमा सहभागीहरुले 'ब्याक अफ इन्डिया', 'लिपुलेक हाम्रो हो', 'भारतीय विस्तारवाद् मुर्दावाद', 'असमान…

    विस्तृतमा पढ्नुस्

  • कालापानी हाम्रो होः भारतले जारी गरेको नयाँ नक्साविरुद्ध नेविसंघको प्रदर्शन, हेर्नुस् फोटोमा

    कालापानी हाम्रो होः भारतले जारी गरेको नयाँ नक्साविरुद्ध नेविसंघको प्रदर्शन, हेर्नुस् फोटोमा

    नेपाली भूभाग कालापानी भारतीय नक्सामा समेटिएको विषयले अहिले चर्चा पाइरहेको छ। नेपाल सरकारले कालापानी नेपालको भन्दै आपत्ति जनाएको छ। भारतीय पक्षले उक्त नक्सा नयाँ नभएको र भूभाग नमिचेको दाबी फर्काएको छ। सार्वजनिक भएको नक्साले विवाद र बहस दुबै निम्त्याएको छ। सत्तारुढ दलदेखि प्रतिपक्ष दलका भातृ संगठनसम्म सडकमा उत्रिएका छन्। नेपाली भूभाग मिचेको मान्य नहुने भन्दै उनीहरुले सरकारमाथि दबाब दिइरहेका छन्।…

    विस्तृतमा पढ्नुस्

  • भारतले नेपालको सीमा अतिक्रमण गरेको विरोधमा नेविसंघले गर्‍यो प्रदर्शन

    भारतले नेपालको सीमा अतिक्रमण गरेको विरोधमा नेविसंघले गर्‍यो प्रदर्शन

    काठमाडौं : भारत सरकारले हालसालै प्रकाशित गरेको भारतको नक्सामा नेपालका भूभाग कालापानी र लिपुलेकलाई समेत समेटेको विरोधमा नेपाल विद्यार्थी संघ (नेविसंघ)ले आज प्रदर्शन गरेको छ। कालापानी र लिपुलेक नेपालका अभिन्न अंग भएको उल्लेख गर्दै नेविसंघले नेपाल सरकारको ध्यानाकर्षण गराउन विरोध र्‍याली निकालेको हो। प्रदर्शन पुतली सडकको प्रदर्शनी मार्ग हुँदै शंकरदेव क्याम्पसमा गएर टुगिंएको थियो। नेविसंघ शंकरदेव क्याम्पसको आयोजनामा भएको विरोध…

    विस्तृतमा पढ्नुस्

  • 'गो ब्याक इन्डिया' भन्दै सडकमा उत्रियो सत्तारुढ दलकै विद्यार्थी संगठन

    'गो ब्याक इन्डिया' भन्दै सडकमा उत्रियो सत्तारुढ दलकै विद्यार्थी संगठन

    काठमाडौं : भारतले आफ्नो नयाँ नक्सामा नेपालको भूभागलाई समावेश गरेको भन्दै सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (ने क पा) को विद्यार्थी संगठन अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु)ले विरोध प्रदर्शन गरेको छ। अनेरास्ववियुले 'गो ब्याक इन्डिया' लेखेको ब्यानरसहित प्रदर्शन गर्दै सरकारको ध्यानाकर्षण गराएको छ। प्रदर्शनमा सहभागीहरुले 'ब्याक अफ इन्डिया', 'लिपुलेक हाम्रो हो', 'भारतीय विस्तारवाद् मुर्दावाद', 'असमान सन्धीहरु खारेज गर्',…

    विस्तृतमा पढ्नुस्

  • छठको पूजाका लागि राष्ट्रपति भण्डारी गुहेश्वरीमा

    छठको पूजाका लागि राष्ट्रपति भण्डारी गुहेश्वरीमा

    छठ पूजाका लागि राष्ट्रपति विद्यादेवी भण्डारी गौरीघाट-गुहेश्वरीमा तयार पारिएको पूजास्थलमा पुगेकी छिन्। वाग्मती नदीलाई थुनेर यहाँ पानी जमाइएको छ। वाग्मतीको दुवै किनारामा पूजागर्नका लागि विशेष व्यवस्था पनि गरिएको छ। झिलमिल बत्ती र फूलले सजाइएको छ, यहाँ। हेर्नुस् राष्ट्रपति छठका लागि पुग्दाको क्षण :

    विस्तृतमा पढ्नुस्

  • गाईजात्राको झल्को दिनेगरी काठमाडौंमा हेलोविनका दृश्य : तर्साउने गरी उत्रिए युवा

    गाईजात्राको झल्को दिनेगरी काठमाडौंमा हेलोविनका दृश्य : तर्साउने गरी उत्रिए युवा

    आत्माको शन्तिको कामना गर्दै मनाइने हेलोविनका दृष्य काठमाडौंमा यसपाला सामान्य झै देखियो। काठमाडौं उपत्यकमा पर्यटकको सबैभन्दा धेरै चाप रहने ठमेलमा देखिएका दृष्यहरुले यो पर्व नेपालको गाईजात्राकै झल्को दियो। क्रिस्चियन समुदायले मनाउने यो पर्व अक्टोबर ३१ मा मनाइन्छ। जिवित र आत्माहरुबीचको मिलनका रुपमा पनि कतिपयले यस पर्वलाई व्याख्या गर्ने गरेका छन्। मृतात्माको शान्तिका लागि भनेजस्तै क्रिस्चियनकै केही समूदायमा भने यसलाई सन्तहरुको…

    विस्तृतमा पढ्नुस्

  • 'प्रधानमन्त्रीलाई कस्तो छ?' डिस्चार्जपछि ओलीको बडी ल्याङ्गवेजबाटै यस्तो जवाफ, हेर्नुस् फोटोमा

    'प्रधानमन्त्रीलाई कस्तो छ?' डिस्चार्जपछि ओलीको बडी ल्याङ्गवेजबाटै यस्तो जवाफ, हेर्नुस् फोटोमा

    काठमाडौं: प्रधानमन्त्री केपी शर्मा ओली आज साँझ ग्रान्डी अस्पतालबाट डिस्चार्ज भएका छन्। प्रधानमन्त्री ओलीलाई साँझ ८:१० मा डिस्चार्ज गरिएको हो।  डिस्चार्ज हुन साथ ओलीलाई शुभेच्छुकले 'प्रधानमन्त्रीज्यु कस्तो छ तपाईलाई?' भनी प्रश्न सोधिएको थियो। जवाफमा प्रम ओलीले शारीरिक हाउभाउबाटै आफू ठीक रहेको जवाफ दिए। मिर्गौलामा समस्या देखिएपछि हिजो बिहान अस्पताल भर्ना भएका थिए। प्रधानमन्त्रीलाई हिजो र आज गरी लगातार दुई पटक डायलासिस गरिएको थियो।

    विस्तृतमा पढ्नुस्


@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell