PahiloPost

Apr 20, 2024 | ८ बैशाख २०८१

  • तेक्वान्दोको पेयर पुम्सेमा संजिव र आयशाले दिलाए नेपाललाई स्वर्ण

    तेक्वान्दोको पेयर पुम्सेमा संजिव र आयशाले दिलाए नेपाललाई स्वर्ण

    काठमाडौं : १३ औं दक्षिण एसियाली खेलकुद (साग)मा २४ वर्षमाथिको तेकवान्दो अन्तर्गतको पेयर पुम्सेमा नेपालले स्वर्ण हात पारेको छ। नेपालका खेलाडी संजिव कुमार ओझा र आयशा शाक्यले पाकिस्तानी खेलाडीलाई पछि पार्दै स्वर्ण जितेका हुन्। संजिव र आयशाले ८ दशमलव १६ अंक ल्याउँदा पाकिस्तानका मेहरुन निसा र शाबाज अहमेदले ७ दशमलव ८६ अंक ल्याएका थिए। त्यस्तै बंगलादेशले कास्य प्राप्त गरेको छ।

    विस्तृतमा पढ्नुस्

  • जितपछि दीपकको अंगालोमा आयशा : खुशीले बगायो अविरल आँशु

    जितपछि दीपकको अंगालोमा आयशा : खुशीले बगायो अविरल आँशु

    काठमाडौं : सोमबार आयशा शाक्यले स्वर्ण पदक हासिल गरिरहँदा बडो धैर्यताका साथ उपस्थित थिए उनका पति दीपक विष्ट। सोमबार भएको खेलेमा तेक्वान्दोको पुम्सेमा आयशा शाक्यले नेपाललाई स्वर्ण पदक दिलाइन्। स्वर्णको जित देश र उनका लागि मात्र थिएन भेट्रान खेलाडी दीपक विष्टका लागि पनि उत्तिकै रहरको विषय थियो। खेलमा स्वर्ण जितेसँगै उनी हलमा रहेका दीपकलाई अंकमाल गर्न पुगेकी थिइन्। उनको आँखाबाट…

    विस्तृतमा पढ्नुस्

  • विश्व एड्स दिवसको पूर्वसन्ध्यामा दीप प्रज्जवलन

    विश्व एड्स दिवसको पूर्वसन्ध्यामा दीप प्रज्जवलन

    काठमाडौं : डिसेम्बर १ मा विश्वभर मनाइने एड्स दिवस नेपालमा पनि विभिन्न किसिमका जनचेतनामूलक कार्यक्रम गरी मनाइँदैछ। एड्सको प्रभावकारी रोकथाम, हेरचाह, तथा उपचार सेवा सम्बन्धी जनचेतना जगाउने उद्देश्यले सन् १९८८ देखि विश्व एड्स दिवस मनाउन थालिएको हो।  एचआइभीको रोकथामका साथै जनचेतना फैलाउन सुरु भएको यो दिवसका अवसरमा शनिवार माइती नेपालले राजधानीमा एक कार्यक्रम आयोजना गर्‍यो।   गौशाला स्थित कार्यालय बाहिर भएको कार्यक्रममा एड्स रोकथाम बारे…

    विस्तृतमा पढ्नुस्

  • महिला भलिबलमा ऐतिहासिक जित,यस्तो देखियो श्रीलंकाविरुद्ध नेपालको खेल

    महिला भलिबलमा ऐतिहासिक जित,यस्तो देखियो श्रीलंकाविरुद्ध नेपालको खेल

    काठमाडौं : दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत महिला भलिबल टोली फाइनल प्रवेश गरेको छ। आज भएको सेमिफाइनलमा श्रीलंकालाई पराजित गर्दै नेपाल फाइनल प्रवेश गरेको हो। आज त्रिपुरेश्वरस्थित कभर्डहलमा भएकाे खेलमा नेपालले श्रीलंकालाई ३-० को सोझो सेटमा पराजित गर्दै फाइनल यात्रा सुरक्षित गरेको हो। खेलको क्रममा दर्शकहरुको उल्लेखनीय उपस्थिति थियो। समर्थकहरु नेपालको झन्डादेखि ढोल बाजासम्म लिएर आएका थिए। नेपाली टोलीले फाइनलमा भारतसँग प्रतिस्पर्धा…

    विस्तृतमा पढ्नुस्

  • भक्तपुरमा उप निर्वाचनको यस्तो देखियो दृश्य, भोट हाल्न उत्साहजनक सहभागिता

    भक्तपुरमा उप निर्वाचनको यस्तो देखियो दृश्य, भोट हाल्न उत्साहजनक सहभागिता

    भक्तपुर : रिक्त रहेका स्थानीय तह, प्रदेश र प्रतिनिधि सभा सिटका लागि आज उपनिर्वाचन चलिरहेको छ। कूल ३७ जिल्लामा ५२ रिक्त पदका लागि हुने निर्वाचनका लागि २ सय ४७ मतदानस्थल तथा ५ सय ३७ मतदान केन्द्रको व्यवस्था गरिएको निर्वाचन आयोगले जनाएको छ। बिहान ७ बजेदेखि बेलुका ५ बजेसम्म मतदाताले आफ्नो नाम भएको मतदान केन्द्रमा गएर मतदान गर्न सक्नेछन्।  कास्की क्षेत्र नम्बर…

    विस्तृतमा पढ्नुस्

  • एकाएक जगमगाएको त्रिपुरेश्वर क्षेत्र, हेर्नुस् आतिसवाजीले उजिल्याएको दशरथ रंगशाला

    एकाएक जगमगाएको त्रिपुरेश्वर क्षेत्र, हेर्नुस् आतिसवाजीले उजिल्याएको दशरथ रंगशाला

    आज साँझ एकाएक त्रिपुरेश्वर क्षेत्र जगमगायो। लामो समय खण्डहरका रुपमा रहेको रंगशालामा एकाएक रौनक आउन थालेसँगै नजिकिँदो दक्षिण एसियाली खेलकुद सागको स्वागतका लागि दशरथ रंगशाला सजियो। उद्‍घाटन सत्रको अभ्यास जारी रहँदा आतिसवाजीहरु पड्किए। आकाश नै रङ्ग्याउने गरी फैलिएको दृश्यले केही अघिसम्म यो रंगशाला खण्डहरु थियो भन्ने पनि बिर्स्यायो। त्यसपछि रंगीन बत्तीहरुको झिलमिल। उद्‌घाटन कार्यक्रमको अभ्यास जारी रहँदाका यी दृश्यहरुले पक्कै पनि…

    विस्तृतमा पढ्नुस्

  • सागको पहिलो खेलमै नेपाललाई सफलता, यस्तो देखियो बंगलादेशविरुद्ध नेपालको खेल

    सागको पहिलो खेलमै नेपाललाई सफलता, यस्तो देखियो बंगलादेशविरुद्ध नेपालको खेल

    काठमाडौं : दक्षिण एसियाली खेलकूद (साग) अन्तर्गत महिला भलिबलको पहिलो खेलमा नेपालले बंगलादेशलाई पराजित गरेको छ। त्रिपुरेश्वरस्थित कभर्ड हलमा भएको खेलमा नेपालले बंगलादेशलाई सोझो सेटमा हराएको हो। नेपालले पहिलो सेट २५-९ र दोस्रो सेट २५-९ ले जितेको थियो। तेस्रो सेटमा भने नेपालले २५-११ ले जित हात पार्‍यो। दक्षिण एसियाली खेलकुद सागको औपचारिक उद्घाटन मंसिर १५ गते भए पनि भलिबलका खेल…

    विस्तृतमा पढ्नुस्

  • दिवंगत आत्माको चीर शान्तिका लागि शिवालयमा छरियो शतबीज, हेर्नुस् फोटोमा

    दिवंगत आत्माको चीर शान्तिका लागि शिवालयमा छरियो शतबीज, हेर्नुस् फोटोमा

    बाला चतुर्दशीका दिन आज देशभरका शिवालयमा महाद्धीप बाली जाग्राम बसेको भक्तजनहरुले नदीमा स्थान गरी शतबीज छरेका छन्। मार्ग शीर्ष कृष्ण चर्तुर्दशीसमेत भनिने बाला चतुर्दशी पर्वमा स्नान गरी पशुपतिलगायतका शिवालय क्षेत्रमा धानको सय गेडा छरे पितृले मोक्ष पाउने मान्यता रही आएको छ। दिवंगत आत्मको चीर शान्तिको कामना गर्दै बाला चतुर्दशीमा धान, मकै, गहुँ, हलेदो, कागुनो, जौलगायतका अन्नलाई शतबीजको रुपमा छर्ने गरिन्छ।…

    विस्तृतमा पढ्नुस्

  • यस्तो देखियो काठमाडौंको दृष्टिकोणविरुद्ध सीकेको शक्ति प्रदर्शन

    यस्तो देखियो काठमाडौंको दृष्टिकोणविरुद्ध सीकेको शक्ति प्रदर्शन

    काठमाडौं : नेपाल जनमत पार्टीले आज मधेशमुलका जनतामाथि काठमाडौंले हेर्ने दृष्टिकोणविरुद्ध काठमाडौंको भृकुटी मण्डपमा शक्ति प्रदर्शन गरेको छ। अध्यक्ष डा सीके राउतको उपस्थितिमा पार्टीका कार्यकर्ताले मधेशको संस्कृति प्रदर्शन गर्नुका साथै रंगभेदको अन्त्य गर्न माग गरेका थिए। कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष राउतले हरेक राजनीतिक परिवर्तन मधेशको साथबिना सफल नभएको दाबी गर्दै काठमाडौंका शासकले मधेशलाई अधिकार दिन बर्जित गरेको आरोपसमेत लगाएका थिए।  कालापानी…

    विस्तृतमा पढ्नुस्

  • कालापानी खोक्रो राष्ट्रवादीले बेचेको सीके राउतको दाबी, 'कांग्रेसका नेतालाई बासमती चामलको भात खुवाएपछि राजनीतिक परिवर्तन!'

    कालापानी खोक्रो राष्ट्रवादीले बेचेको सीके राउतको दाबी, 'कांग्रेसका नेतालाई बासमती चामलको भात खुवाएपछि राजनीतिक परिवर्तन!'

    काठमाडौं : नेपाल जनमत पार्टीका अध्यक्ष डा सीके राउतले कुनै पनि राजनीतिक परिवर्तन मधेशको साथबिना सफल नभएको दाबी गरेका छन्। आज काठमाडौंस्थित भृकुटीमण्डपमा  रङ्ग भेदविरुद्ध एकता दिवसलाई सम्बोधन गर्दै उक्त भनाई राखेका हुन्।  कार्यक्रममा राउतले भने, '२००७ सालको क्रान्ति सप्तरीको हनुमाननगर जेलबाट शुरु भएको हो। जनयुद्धा जलेश्वरबाट शुरु भएको हो। आन्दोलनका समयमा काँग्रेसका नेताहरुलाई बसमाती चामल खुवाउने मधेशी नै हुन्।…

    विस्तृतमा पढ्नुस्

  • स्वयम्भूबाट सुरु भयो सागको टर्च परिक्रमा यात्रा, सातै प्रदेश पुर्‍याएर काठमाडौँ ल्याइने

    स्वयम्भूबाट सुरु भयो सागको टर्च परिक्रमा यात्रा, सातै प्रदेश पुर्‍याएर काठमाडौँ ल्याइने

    काठमाडौं : दक्षिण एसियाली खेलकुद (साग) को ओलम्पिक टर्च राष्ट्रिय खेलकुद परिषदका सदस्य सचिव रमेशकुमार सिलवालले ओलम्पियनहरुलाई हस्तान्तरण गरेका छन्। स्वयम्भूबाट सदस्य सचिव सिलवालले ओलम्पिक टर्च प्रज्वलन गरी कार्यक्रम सुरु गरे। टर्च परिक्रमा सुरुवात कार्यक्रममा ओलम्पियनहरु वैकुन्ठ मानन्धर, दीपक विष्ट, राजेन्द्र भण्डारी, नयना शाक्य, उमेश मास्के, देवु थापा, जीतबहादुर केसी, ज्ञानबहादुर बोहोरा, टिकाराम श्रेष्ठ, राजकुमारी पाण्डे, कान्छीमाया कोजु,  मुकुन्दहरि श्रेष्ठ र…

    विस्तृतमा पढ्नुस्

  • नवनियुक्त उद्योगमन्त्रीको प्रतिवद्धता : आयात घटाउन सहयोग पुर्‍याउने उद्योगको विकास गर्नेछु

    नवनियुक्त उद्योगमन्त्रीको प्रतिवद्धता : आयात घटाउन सहयोग पुर्‍याउने उद्योगको विकास गर्नेछु

    काठमाडौं : नवनियुक्त उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले आयात घटाउन सहयोग पुर्‍याउने उद्योगको विकास गर्ने प्रतिवद्धता व्यक्त गरेका छन्। आज मन्त्रालयमा आयोजित स्वागत कार्यक्रममा मन्त्री भट्टले आयात प्रतिस्थापन गरी व्यापार घाटा कम गर्ने उनले बताए। मन्त्री भट्टले भने, 'पार्टीको घोषणापत्रमा उल्लेख गरिएका विषयवस्तुलाई कार्यान्वयनका लागि प्राथमिकता दिनेछु। मुलुकको प्रगति र समृद्धिका लागि औद्योगिक क्षेत्रको विकास महत्वपुर्ण छ।' राष्ट्रिय गौरवका…

    विस्तृतमा पढ्नुस्

  • लुखुरलुखर हिँड्दै सिंहदरबारबाट बाहिरिएपछि ट्याक्सी चढेर गए पूर्व मन्त्री विष्ट

    लुखुरलुखर हिँड्दै सिंहदरबारबाट बाहिरिएपछि ट्याक्सी चढेर गए पूर्व मन्त्री विष्ट

    काठमाडौं : प्रधामन्त्री केपी शर्मा ओलीले बर्खास्त गरेका मन्त्री गोकर्ण विष्ट सिंहदरबारबाट बाहिरिँदै गर्दै फरक दृष्य देखियो। श्रम तथा रोजगार मन्त्रीबाट बाहिरिएपछि आज अन्तिम दिन मन्त्रालय पुगेका उनी लुखुर लुखुर हिँड्दै सिंहदरबार बाट निस्किए। सिंहदरबारको दक्षिण ढोकाबाट बाहिरिएपछि उनले ट्याक्सी रोके र चढे। त्यसपछि लागे आफ्नै घर। 'म मन्त्री रहिन। मन्त्रालयको गाडी चढ्ने कुरा भएन,' ट्याक्सीमा बाहिरिँदै गरेका उनले मोबाइलबाटै…

    विस्तृतमा पढ्नुस्

  • महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री गुरुङद्वारा पदभार ग्रहण

    महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री गुरुङद्वारा पदभार ग्रहण

    काठमाडौं : नवनियुक्त महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री पार्वत गुरुङले पदभार ग्रहण गरेका छन्। बिहिवार बिहान सिंहदरवारस्थित मन्त्रालयमा पुगेर उनले पदभार ग्रहण गरेका हुन्। गुरुङ नेपाल कम्युनिस्ट पार्टी (ने क पा)बाट दोलखाबाट निर्वाचित सांसद हुन्। केही समयअघि मात्रै ज्यान मार्ने उद्योगमा पक्राउ परेका उनलाई काठमाडौं जिल्ला अदालतले साधारण तारेखमा रिहा गर्न आदेश दिएको थियो।

    विस्तृतमा पढ्नुस्

  • उद्योग राज्यमन्त्री दुगडले गरे पदभार ग्रहण

    उद्योग राज्यमन्त्री दुगडले गरे पदभार ग्रहण

    काठमाडौं : नवनियुक्त उद्योग राज्यमन्त्री मोतीलाल दुगडले पदभार ग्रहण गरेका छन्। बिहिवार बिहान सिंहदरवार मन्त्रालयमा पुगेर उनले पदभार ग्रहण गरेका हुन्। दुगड नेपाल कम्युनिस्ट पार्टी (ने क पा)बाट समानुपातिक सांसद बनेका थिए। उनी सेन्चुरी मसला, विराटगरमा रहेका एक होटेलका संचालक समेत हुन्।

    विस्तृतमा पढ्नुस्

  • यस्तो देखियो नवनियुक्त मन्त्रीहरुको शपथ समारोह, हेर्नुस् १० फोटोमा

    यस्तो देखियो नवनियुक्त मन्त्रीहरुको शपथ समारोह, हेर्नुस् १० फोटोमा

    काठमाडौँ : नवनियुक्त मन्त्रीहरुले आज पद तथा गोपनीयताको शपथ लिएका छन्। राष्ट्रपति भवन शीतलनिवासमा केही बेरअघि राष्ट्रपति विद्यादेवी भण्डारीबाट नव नियुक्त मन्त्रीहरुले शपथ लिएका हुन्। प्रधानमन्त्रीले बुधबार हृदयेश त्रिपाठी, घनश्याम भुसाल, लेखराज भट्ट, रामेश्वर राय यादव, वसन्तकुमार नेम्वाङ र पार्वत गुरुङलाई मन्त्रीमा नियुक्त गरेका थिए।  यस्तै, मोतीलाल दुगड, नवराज रावत र राजवीर मानन्धनरलाई राज्यमन्त्रीमा नियुक्त गरेका थिए। नव नियुक्त राज्यमन्त्रीहरुले प्रधानमन्त्री ओलीबाट…

    विस्तृतमा पढ्नुस्

  • नवनियुक्त मन्त्रीहरुले राष्ट्रपति भण्डारीबाट लिए शपथ

    नवनियुक्त मन्त्रीहरुले राष्ट्रपति भण्डारीबाट लिए शपथ

    काठमाडौँ : नवनियुक्त मन्त्रीहरुले आज पद तथा गोपनीयताको शपथ लिएका छन्। राष्ट्रपति भवन शीतलनिवासमा केही बेरअघि राष्ट्रपति विद्यादेवी भण्डारीबाट नव नियुक्त मन्त्रीहरुले शपथ लिएका हुन्। प्रधानमन्त्रीले बुधबार हृदयेश त्रिपाठी, घनश्याम भुसाल, लेखराज भट्ट, रामेश्वर राय यादव, वसन्तकुमार नेम्वाङ र पार्वत गुरुङलाई मन्त्रीमा नियुक्त गरेका थिए।  यस्तै, मोतीलाल दुगड, नवराज रावत र राजवीर मानन्धनरलाई राज्यमन्त्रीमा नियुक्त गरेका थिए। नव नियुक्त राज्यमन्त्रीहरुले प्रधानमन्त्री…

    विस्तृतमा पढ्नुस्

  • सडक समयमा नै नबनाएको भन्दै पसल बन्द गरी सडकमा ओर्लिए चावहिलका व्यापारी

    सडक  समयमा नै नबनाएको भन्दै पसल बन्द गरी सडकमा ओर्लिए चावहिलका व्यापारी

    काठमाडौं : चावहिल - बौद्ध सडक खण्ड समयमा नै नबनेको भन्दै व्यापारीहरुले बिरोधमा निस्किएर विरोध गरेका छन्। बुधवार बिहान उनीहरु पसल बन्द गरेर सडकमा उत्रिएका हुन्। बर्षौं बित्दा पनि सडक नबनेको र धुलोधुवाँका कारण आफ्नो स्वास्थ्य र व्यवसायमा समस्या भएको भन्दै उनीहरु विरोधमा उत्रेका हुन्। व्यवसायीहरुले बुधवार बिहान देखी नै पसल बन्द गरेर आन्दोलन गरिरहेका छन्।  

    विस्तृतमा पढ्नुस्

  • 'होम गेम'को लागि निर्माण थालेको रंगशाला अझै भएन तयार : सागको लागि यस्तो चटारो

    'होम गेम'को लागि निर्माण थालेको रंगशाला अझै भएन तयार : सागको लागि यस्तो चटारो

    आज विश्वकप क्वालिफायर्स अन्तर्गत नेपाल र कुवेतबीच हुने खेलका लागि दशरथ रंगशाला तयारी तीव्र पारिएको थियो। तर, रंगशाला तयार नभएपछि खेल भुटानमा हुन लागेको छ। १५ गतेबाट साग हुँदैछ। यसैको लागि अहिले रंगशालामा चटारो छ। १३ औँ साग काठमाडौं र पोखरामा सञ्चालन हुँदैछ। यसैका लागि र‌ंगशाला निर्माण अन्तिम चरणमा पुगेको निर्माण पक्षले जनाएको छ।

    विस्तृतमा पढ्नुस्

  • सीमा अतिक्रमणविरुद्ध भारतीय दूतावासमा प्रदर्शन गर्न पुगेका नेविसंघका नेतालाई प्रहरीको लाठी र बुट

    सीमा अतिक्रमणविरुद्ध भारतीय दूतावासमा प्रदर्शन गर्न पुगेका नेविसंघका नेतालाई प्रहरीको लाठी र बुट

    काठमाडौं: सीमा अतिक्रमणको विरोध गर्न लैनचौरस्थित भारतीय दूतावास अगाडि प्रदर्शन गर्न पुगेको नेविसंघ कार्यकर्तामाथि प्रहरीले लाठी र बुट प्रहार गरेको छ। कालो बेलुन र कालो ब्यानरसहित राष्ट्रिय झण्डामा प्रदर्शन गर्न पुगेका उनीहरुमाथि प्रहरीले बल प्रयोग गरी लाठी र बुट प्रहार गरेको हो। प्रहरीले ६ जना विद्यार्थी नेतालाई पक्राउसमेत गरेको छ। उनीहरुलाई अपराधीलाई झैं हत्कडी लगाएर लगेको नेविसंघका पूर्वमहामन्त्री कुन्दनराज काफ्लेले…

    विस्तृतमा पढ्नुस्


@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell