PahiloPost

Apr 18, 2024 | ६ बैशाख २०८१

  • पृथ्वीनारायण शाहको शालिकमा १०८ फिटको माला, राजधानीमा यस्तो देखियो २९८ औं पृथ्वी जयन्ती

    पृथ्वीनारायण शाहको शालिकमा १०८ फिटको माला, राजधानीमा यस्तो देखियो २९८ औं पृथ्वी जयन्ती

    नेपाल एकिकरणका नायक पृथ्वीनारायण शाहको सम्झनामा आइतवार देशैभर २९८ औं पृथ्वी जयन्ती मनाइदै छ। विसं १७७९ पुस २७ गते गोर्खाली राजा नरभूपाल शाह र रानी कौशल्यावतीका जेठा छोराका रुपमा जन्मिएका शाहले स–साना राज्यलाई एकीकरण गरी आधुनिक नेपालको निर्माण गरेका थिए। भौगोलिक रुपमा छरिएर रहेका बाइसे–चौबीसे राज्यहरुलाई एकीकरण गरेकाले शाहलाई राष्ट्र निर्माता पनि भन्ने गरिन्छ। राष्ट्र निर्माता शाहको २९८ औं जन्मजयन्तीका…

    विस्तृतमा पढ्नुस्

  • दिलीप हत्याको विरोधमा माइतीघरमा बालियो मैनबत्ती

    दिलीप हत्याको विरोधमा माइतीघरमा बालियो मैनबत्ती

    काठमाडौं :  धनुषाको मिथिला नगरपालिकामा अवैध उत्खनन् रोक्न गएका दिलीपकुमार महतोलाई कुटपिट गरी हत्या गरिएको विरोधमा आज माइतीघरमा मैनबत्ती र्‍याली निकालिएको छ। दिलिपको शुक्रवार बिहान टिपरको ठक्करबाट मृत्यु भएको भनिएको थियो। अवैध उत्खनन् रोक्न उत्खनन्स्थल पुगेका दिलीपमाथि पहिला कुटपिट गरिएको र त्यसपछि टिपरले किचेर उनको हत्या गरिएको उनको परिवारजनको आरोप छ। दिलीपसँगै क्रसर उद्योगहरुको अवैध उत्खननविरुद्ध आवाज उठाउँदै आएका भाइ…

    विस्तृतमा पढ्नुस्

  • टुँडिखेलमा यस्तो देखियो छैटौं राष्ट्रिय घोडचढी प्रतियोगिता

    टुँडिखेलमा यस्तो देखियो छैटौं राष्ट्रिय घोडचढी प्रतियोगिता

    शुक्रवार काठमाडौंमा छैटौं राष्ट्रिय घोडचढी प्रतियोगिता भएको छ। नेपाल घोडचढी संघको आयोजनामा काठमाडौंको टुँडिखेलमा प्रतियोगिता भएको हो। प्रतियोगितामा हाइजम्प, टेन्ट पेगिङ र शो जम्पमा पुरुषतर्फ २० र महिलातर्फ ६ गरी २६ राइडरले प्रतिस्पर्धा गरेका थिए। महिला राइडरहरुलाई भने प्रतियोगिताका आधारमा नभएर प्रोत्साहनका लागि सहभागी गराइएको आयोजकले जनाएको छ। प्रतियोगिताको शो जम्पतर्फ योगबहादुर बस्नेत पहिलो, लालबहादुर कुँवर दोस्रो तथा रामबहादुर दाहाल…

    विस्तृतमा पढ्नुस्

  • आजबाट सालिनदीमा मेला : महिनादिन लामो ब्रतको पहिलो दिन यस्तो देखियो

    आजबाट सालिनदीमा मेला : महिनादिन लामो ब्रतको पहिलो दिन यस्तो देखियो

    साँखु : हिन्दु धर्मावलम्बीहरुको माघ स्थान सुरु भएको छ। स्वस्थानीको ब्रत बस्ने दिनको सुरुवातलाई माघ स्थानका रुपमा पनि चिनिन्छ। हरेक वर्षको पुस शुक्ल पूर्णिमाबाट एक महिना लामो ब्रत बस्ने प्रचलन छ। घरघरमा स्वास्थानीको कथा सुनाउने परम्परागत चलन छ। माघ महात्मेका रुपमा स्वस्थानी कथालाई लिने गरिन्छ। आजबाट पूर्वी काठमाडौंको पुरानो शहरमा रहेको सालिनदीमा विशेष मेला लाग्न सुरु गर्छ। स्वर्गबाट अप्सराहरु आएर…

    विस्तृतमा पढ्नुस्

  • सूचना प्रविधि विधेयकविरुद्ध यस्तो देखियो नेविसंघको विरोध सभा

    सूचना प्रविधि विधेयकविरुद्ध यस्तो देखियो नेविसंघको विरोध सभा

    सूचना प्रविधि विधेयक संशोधन गर्नुपर्ने माग गर्दै नेपाली कांग्रेस निकट विद्यार्थी संगठन नेविसंघले काठमाडौंको माइतीघर मण्डलामा विरोध सभा आयोजना गर्‍यो। सभालाई नेताहरु नवीन्द्रराज जोशी गगन थापा र प्रदीप पौडेलले सम्बोधन गरेका थिए। खराब मौसमका बावजुत पनि काठमाडौंका विभिन्न क्याम्पसबाट नेविसंघका विद्यार्थी सहभागी भएका थिए। सहभागिले विधेयक सच्याउन माग गरे।

    विस्तृतमा पढ्नुस्

  • चाकु उद्योगमा गजबको चहलपहल: नेपालमा मात्र होइन, टोखाको उत्पादन पुग्छ अमेरिका, अस्ट्रेलिया, जापान र चीन

    चाकु उद्योगमा गजबको चहलपहल: नेपालमा मात्र होइन, टोखाको उत्पादन पुग्छ अमेरिका, अस्ट्रेलिया, जापान र चीन

    टोखा: माघे संक्रान्ति नजिकिएसँगै टोखामा बेग्लै चहलपहल सुरु हुन्छ। चहलपहल अरू केहीको होइन, चाकु उत्पादनको। माघमा अत्यधिक खपत हुने भएकाले यहाँका उद्योगमा भ्याइनभ्याइ छ। माघे संक्रान्तिमा घ्यू चाकुको विशेष महत्त्व छ। यसका अलावा तिलको लड्डु पनि उत्तिकै खपत हुने गर्छ यतिखेर। तिलको लड्डु पनि चाकुमा मिलाएर बनाइने हो।  अरूलाई जस्तै ३५ वर्षीय बुद्ध श्रेष्ठलाई पनि भ्याइनभ्याइ छ। बुद्ध काशीलाल चाकु प्रोडक्सनका सञ्चालक…

    विस्तृतमा पढ्नुस्

  • 'चार्ली फोस्टर' मा समातिएका १ सय २२ चिनियाँ हाँस्दै उडे चीनतिर

    'चार्ली फोस्टर' मा समातिएका १ सय २२ चिनियाँ हाँस्दै उडे चीनतिर

    काठमाडौं : राजधानीका विभिन्न स्थानमा रहेका ९ वटा घरबाट 'साइबर अपराध'को अभियोगमा पक्राउ परेका १ सय २२ चिनियाँलाई डिपोट गरिएको छ। चिनियाँ नागरिकलाई लिन आज दिउँसो दुईवटा विमान काठमाडौं अवतरण भएका थिए। उनीहरुलाई आइतवार जिल्ला प्रशासन कार्यालय काठमाडौंले अभद्र व्यवहारमा जनही एक हजार रुपैयाँ जरिवाना तिर्नुपर्ने आदेश गरेको थियो। महानगरीय प्रहरी कार्यालय काठमाडौं लगायत विभिन्न वृत्तमा रहेका उनीहरुलाई आज सोझै…

    विस्तृतमा पढ्नुस्

  • यस्तो देखियो 'हेभिवेट' मनाङ र मछिन्द्रबीचको खेल

    यस्तो देखियो 'हेभिवेट' मनाङ र मछिन्द्रबीचको खेल

    शहीद स्मारक 'ए' डिभिजन लिग अन्तर्गत आजको दोस्रो खेलमा साविक विजेता मनाङ मर्स्याङ्दी क्लब र मछिन्द्र क्लब आमनेसामने भए। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको प्रतिस्पर्धात्मक खेल २-२ को बराबरीमा सकियो। मनाङले खेलको दोस्रो मिनेटमै फेमि जोसुवाको गोलबाट अग्रता बनायो। पहिलो हाफमा मनाङ १ गोलले अघि रह्यो। मछिन्द्रका सुजल श्रेष्ठले दोस्रो हाफको शुरुमै गोल गर्दै खेल बराबरीमा ल्याए। उनले ४६ औं मिनेटमा…

    विस्तृतमा पढ्नुस्

  • नेकपा सचिवालयको निर्णयविरुद्ध उत्रिए पहिचानवादी, 'वाग्मती'को विरोध गर्दै माइतीघरमा प्रदर्शन

    नेकपा सचिवालयको निर्णयविरुद्ध उत्रिए पहिचानवादी, 'वाग्मती'को विरोध गर्दै माइतीघरमा प्रदर्शन

    काठमाडौं : नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को सचिवालय बैठकले प्रदेश नम्बर ३ को नाम वाग्मती राखेको विरोधमा माइतीघरमा विरोध प्रदर्शन भएको छ।  वाग्मती नामले प्रदेश ३ को पहिचानलाई सम्बोधन नगर्ने  भन्दै विभिन्न नेवार संघ संगठन, नेपाल आदिवासी जनजाति महासंघ लगायतले संयुक्त रुपमा विरोध कार्यक्रम गरेका हुन्।  उनीहरुले प्रदेश नम्बर ३ को नाम वाग्मती राखिनुले सरकार पञ्चायतकालीन युग तर्फ अघि बढिरहेको…

    विस्तृतमा पढ्नुस्

  • इन्द्रचोकको एक घरमा लागेको आगो यसरी आयो नियन्त्रणमा

    इन्द्रचोकको एक घरमा लागेको आगो यसरी आयो नियन्त्रणमा

    काठमाडौं : काठमाडौंको इन्द्रचोकको एक घरमा साँझ लागेको आगो नियन्त्रणमा आएको छ। इन्द्रचोकबाट जनबहाल जाने सडकमा रहेको पुरानो घरमा लागेको आगो दमकल, प्रहरी, सशस्त्र प्रहरी र स्थानीयको संयुक्त प्रयासमा नियन्त्रणमा आएको हो। आगो नियन्त्रणमा ल्याउन करिब २ घन्टा लागेको थियो।

    विस्तृतमा पढ्नुस्

  • झरीले चिसिएको काठमाडौं यस्तो देखियो, हेर्नुस् दर्जन फोटोमा 

    झरीले चिसिएको काठमाडौं यस्तो देखियो, हेर्नुस् दर्जन फोटोमा 

    आज दिउँसोबाट देशका विभिन्न स्थानमा हल्का वर्षासँगै हिमपात भयो। झरी पर्दा उपत्यकामा भने हुस्सु लाग्यो र चिसो बढ्यो। यही मौकामा काठमाडौंको चिसो मौसमको जनजीवनलाई पहिलोपोस्टका प्रवीण रानाभाटले यसरी कैद गरेका छन्।

    विस्तृतमा पढ्नुस्

  • भ्रमण वर्षको स्वागतमा बौद्ध स्तुपामा बालियो दश हजार बत्ती, हेर्नुस् तस्विरमा

    भ्रमण वर्षको स्वागतमा बौद्ध स्तुपामा बालियो दश हजार बत्ती, हेर्नुस् तस्विरमा

    भ्रमण वर्ष सन् २०२० को बुधबारदेखि औपचारिक शुभारम्भ गरिएको छ। २० लाख पर्यटक भित्र्याउने लक्ष्यसहित भ्रमण वर्ष शुरुवात गरिएको हो। संघीय सरकार र प्रदेश सरकारहरुले एकैपटक विभिन्न स्थानबाट भ्रमण वर्षको शुरुवात भएको घोषणा गरेका छन्।  भ्रमण वर्षको स्वागतमा बिहीवार बौद्धनाथ विकास क्षेत्र समितिको आयोजनामा दश हजार बत्ती बालियो। भ्रमण वर्षको स्वागतका लागि समितिको आह्वानमा बत्ती बालिएको थियो।  हेर्नुस् तस्विरमा :  

    विस्तृतमा पढ्नुस्

  • ठमेलमा भिजिट २०२० को हेर्नुस रौनक : भ्रमण वर्षको स्वागतमा सांस्कृतिक र्‍याली

    ठमेलमा भिजिट २०२० को हेर्नुस रौनक : भ्रमण वर्षको स्वागतमा सांस्कृतिक र्‍याली

    सरकारले पुस १६ गते  (जनवरी १, २०२०) बुधवार राष्ट्रिय महोत्सवकै रूपमा ‘नेपाल भ्रमण वर्ष २०२०’ को औपचारिक शुरुआत गर्दैछ। राष्ट्रपति विद्यादेवी भण्डारीले काठमाडौँको दशरथ रङ्गशालामा आयोजना हुने विशेष समारोहमा भ्रमण वर्षको औपचारिक शुभारम्भ गर्दैछिन्। भ्रमण वर्षको तयारी अन्तिम चरणमा रहँदा काठमाडौंको पर्यटकीय हब ठमेलमा भने भिजिट नेपाल २०२० को चहलपहल सुरु भइसकेको छ। ठमेलको नरसिंह चोकमा 'भिजिट नेपाल २०२०' को…

    विस्तृतमा पढ्नुस्

  • नेताले बिर्सिएको खुल्लामञ्चमा हेर्नुस् कलाकारको कुची

    नेताले बिर्सिएको खुल्लामञ्चमा हेर्नुस् कलाकारको कुची

    काठमाडौं : कुनै समय थियो जब खुल्लामञ्चमा गुञ्जने भाषणले देशको भविष्य निर्धारण गर्थ्यो। नजिकै रहेको राजदरबारदेखि सिंहदरबार त्यहाँ गुञ्जिएका शब्दसँग तर्सिन्थे। आज त्यही खुल्लामञ्च अहिले आफ्नो अस्तित्व बचाउन लडिरहेको छ। पुरानो बसपार्कमा बहुप्रयोजनको भ्यू टावर बनाउने भन्दै वर्तमान राजनीतिक नेतृत्वको उद्गमस्थल खुल्लमञ्चलाई साँघुरो बनाइयो। खुल्लामञ्चको आधा भागमा बसपार्क सारियो। भूकम्पपछि बाँकी रहेको आधा भागमा पुनर्निर्माणका सामान भण्डारण गर्न दिनुका साथै…

    विस्तृतमा पढ्नुस्

  • बौद्धबाट यस्तो देखियो सूर्यग्रहण, १० फोटोमा हेर्नुस्

    बौद्धबाट यस्तो देखियो सूर्यग्रहण, १० फोटोमा हेर्नुस्

    काठमाडौं : दशकको अन्तिम खण्डग्रास सूर्य ग्रहण सकिएको छ। बिहिवार बिहान ८: ४२ मा स्पर्श भइ सुरु भएको ग्रहण ११ : ३१ मा समाप्त भएको हो। नेपालबाट आंशिक रुपमा मात्रै सूर्य ग्रहण देखियो। बौद्धबाट सूर्य ग्रहणलाई पहिलोपोस्टकर्मी प्रवीण रानाभाटले यसरी कैद गरेका छन्। हेर्नुस् फोटोमा :

    विस्तृतमा पढ्नुस्

  • शहरमा क्रिसमस सेल्फी, युवादेखि वृद्धसम्म रमाउँदै कृत्रिम हिउँमा

    शहरमा क्रिसमस सेल्फी, युवादेखि वृद्धसम्म रमाउँदै कृत्रिम हिउँमा

    काठमाडौं : आज क्रिसमस। इसाई धर्मगुरु येशू ख्रीस्टको जन्मदिनका रुपमा संसारभर क्रिसमस मनाईदैछ। यही अवसरमा राजधानीका विभिन्न व्यापारिक मलदेखि पर्यटकीय क्षेत्रमा क्रिसमसको रमझम देखिएको छ। क्रिसमसको अवसरमा वर्ल्ड ट्रेड सेन्टरमा कृत्रिम हिउँमा खेल्न आउनेहरुको भिड लागेको थियो। कृत्रिम हिउँमा फोटो खिच्नेहरु पनि उत्तिकै देखिए।

    विस्तृतमा पढ्नुस्

  • आइपुगिन् आशा भोस्ले, विमानस्थलमा यस्तो स्वागत

    आइपुगिन् आशा भोस्ले, विमानस्थलमा यस्तो स्वागत

    काठमाडौं : प्रसिद्ध गायिका आशा भोस्ले बुधवार दिउँसो काठमाडौं आइपुगेकी छिन्। साधना कला केन्द्र पुतलीसडकको निमन्त्रणामा उनी काठमाडौं उत्रेकी हुन्। उनलाई विमानस्थलमा साधनाका सञ्चालक मिलन मोक्तानलगायतले स्वागत गरे। भोस्लेले शनिवार संगीतकार रणजीत गजमेरको संगीतमा केही गीत प्रस्तुत गर्ने केन्द्रका संस्थापक मोक्तानले जानकारी दिए। 'उहाँलाई नेपालका ३५ जना कलाकारले पनि साथ दिनुहुने छ', मोक्तानले भने। असी वर्षीया गायिका भोस्लेले लुम्बिनी, पोखरा,…

    विस्तृतमा पढ्नुस्

  • 'मेरी क्रिसमस!', यस्तो देखियो काठमाडौंमा 'क्रिसमस इभ'को रौनक

    'मेरी क्रिसमस!', यस्तो देखियो काठमाडौंमा 'क्रिसमस इभ'को रौनक

    डिसेम्बर २५ संसारभरका इसाई धर्मावलम्बीहरुको लागि महत्वपूर्ण दिन हो। यस दिनलाई क्रिसमस भन्ने गरिन्छ। क्रिसमसको अघिल्लो रातलाई क्रिसमस इभको रुपमा मनाइन्छ। क्रिसमसको दिनमा इसाई धर्मावलम्बीहरुका परमेश्वर जिजस क्राइस्ट (यशु क्रिस्ट)को जन्म भएको मान्यता छ। क्रिसमसको अर्को अर्थ जिजस क्राइस्टको जन्म दिन पनि हो। यो दिनलाई इसाई धर्मावलम्बीहरुले विशेष पर्वको रुपमा मनाउने गर्छन्। संसारभर क्रिसमस इभ मनाइरहँदा नेपालमा पनि यो पर्व…

    विस्तृतमा पढ्नुस्

  • यसरी धरहरा निर्माणले लिँदैछ गति : अर्को वर्षको यतिखेर तयार भइसक्ने लक्ष्य

    यसरी धरहरा निर्माणले लिँदैछ गति : अर्को वर्षको यतिखेर तयार भइसक्ने लक्ष्य

    काठमाडौं : रमन कन्ट्रक्सनका कार्यकारी निर्देशक रमन महतोले धरहरा निर्माणको भौतिक प्रगति ३३ प्रतिशत र वित्तीय प्रगति २२ प्रतिशत पूरा भएको जनाएका छन्। धरहरा निर्माणसँगै धरहरा क्षेत्रको ४२ रोपनीमा रहेका संरचना भत्काउने समेत कामका आधारमा उनले प्रगति विवरण दिएका हुन्। पुनर्निर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवाली आज धरहरा निर्माणको अवस्था बुझ्न सुन्धार पुगेका थिए। त्यहाँ महतोले भएका कामबारे ब्रिफ…

    विस्तृतमा पढ्नुस्

  • प्रहरी परिसरमा अनि उनीहरुले आफ्नो मुन्टो लुकाए : ज्याकेट तानेरै मुख ढाके, टोपी र हत्केलाले अनुहार छोपे

    प्रहरी परिसरमा अनि उनीहरुले आफ्नो मुन्टो लुकाए : ज्याकेट तानेरै मुख ढाके, टोपी र हत्केलाले अनुहार छोपे

    काठमाडौं : टेकुमा रहेको महानगरीय प्रहरी परिसरमा मंगलवार फरक दृष्य देखियो। त्यहाँ केही चिनियाँ नागरिकहरु थिए, जसलाई हिजोमात्र प्रहरीले नियन्त्रणमा लिएको थियो।  परिसरमा उनीहरुले जब क्यामरा बोकेका पत्रकारहरु देखे तत्कालै आफ्नो अनुहार छोप्न थालिहाले। एकै पटक धेरै चिनियाँ पक्राउ परेकाले प्रहरीलाई पनि हम्मे हम्मे परेको छ उनीहरुलाई थुन्ने ठाउँ मिलाउन। आज उनीहरुलाई थप अनुसन्धानका लागि म्याद थपिँदैछ। प्रहरीले सोमबार राजधानीभित्र चलाएको…

    विस्तृतमा पढ्नुस्


@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell