काठमाडौं: बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बङ्गालको खाडीको प्रयास (बिम्स्टेक) सम्मेलनमा सहभागी हुन बंगलादेशका प्रधानमन्त्री शेख हसिना वाजेद काठमाडौं आइपुगेकी छन्। उनको स्वागतका लागि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेल पुगेका थिए। बंगलादेशमा निर्वाचन चलिरहेको कारण उनको नेपाल भ्रमण हुने नहुने अनिश्चित थियो। बंगलादेशबाट सुरूमा प्रधानमन्त्री हसिनाको स्थानमा अन्य उच्च नेतृत्व पठाउने बताइएको थियो। तर, प्रधानमन्त्री केपी…
काठमाडौं: बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बङ्गालको खाडीको प्रयास (बिम्स्टेक) सम्मेलनमा सहभागी हुन भारतका प्रधानमन्त्री नरेन्द्र मोदी काठमाडौं आइपुगेका छन्। भर्खरै काठमाडौं ओर्लिएका मोदीलाई उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेलले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा स्वागत गरेका छन्। प्रधानमन्त्री मोदीलाई शिष्टाचार महापाल दीपक अधिकारी, नेपालका लागि भारतका राजदूत मञ्जिभसिंह पुरी नयाँदिल्लीस्थित नेपाली दूतावासका प्रमुख भरतकुमार रेग्मीलेसमेत स्वागत गरेका थिए। बिम्स्टेकको चौथो शिखर…
काठमाडौं: बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बंगालको खाडीको प्रयास (बिम्स्टेक) को चौथो शिखर सम्मेलनमा सहभागी हुन श्रीलंकाका राष्ट्रपति मैत्रिपाल सिरिसेना काठमाडौं आइपुगेका छन्। उनको यो पहिलो सद्भाव भ्रमण पनि हो। उनी बुद्ध जन्मभुमि लुम्विनी भ्रमणमा जाने कार्यक्रमसमेत तय भएको छ। आज दिउँसो त्रिभुवन विमानस्थलमा अवतरण गरेका उनलाई उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेलले स्वागत गरे। उनको सम्मानमा त्रिभुवन विमानस्थलमा नेपाली…
काठमाडौं: बहुपक्षीय प्राविधिक तथा आर्थिक सहयोगको लागि बंगालको खाडीको प्रयास (बिम्स्टेक) सम्मेलनमा सहभागी हुन भुटानको सर्वोच्च अदालतका प्रधानन्यायाधीश तथा अन्तरिम सरकारका प्रमुख सल्लाहकार दसो छिरिङ वाङचुक काठमाडौं आइपुगेका छन्। उनलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा उपप्रधान तथा रक्षामन्त्री इश्वर पोखरेलले स्वागत गरेका छन्।
काठमाडौं : निर्मलाका निम्ति न्याय #JusticeForNirmala माग्दै राजधानीमा दवावमुलक प्रदर्शनी गरिएको छ। सामाजिक सञ्जालबाट जुटेको जनताको भेलाले कञ्चनपुरमा भएको निर्मला बलात्कार-हत्यामा न्याय माग गर्दै प्रदर्शन गरेको हो। प्रहरी प्रशासनसहित सरकारले निर्मला बलात्कार र हत्याको विषयलाई यसै टुंग्याउन खोजेपछि कञ्चनपुरमा जनता प्रदर्शनमा उत्रिएका थिए। उनीहरुको प्रदर्शनमा प्रहरीले गोली चलाउँदा एक १४ वर्षीय बालकको मृत्यु भएको थियो। १० भन्दा बढी गोली लागेर…
काठमाडौं: राजधानीस्थित नेपाल पर्यटन बोर्डमा तेस्रो तामाङ ज्ञान महोत्सव शुरु भएको छ। हरेक भदौ ६ लाई तामाङ समूदायले आफ्नो पहिचान दिवसको रुपमा मनाउँदै आएको छ। यही सिलसिलामा ज्ञान महोत्सव आयोजना गरिएको आयोजक एवं भाषाविद् अमृत योञ्जन तामाङले जानकारी दिए। 'आजकै दिन वि.स. १९८९ मा तत्कालीन राणा सरकारले 'तामाङ' लेख्न र लेखाउन इस्तिहार (आदेश) जारी गरेको थियो, यसअघि तामाङहरुलाई आफ्नो थर लेख्न…
साउन शुक्ल पञ्चमी अर्थात आज नागपञ्चमी। घरघरमा नागको पूजा गरिँदैछ। यस्तै, विभिन्न तालहरु पनि नागको पूजाअर्चना गरिन्छ। घरमा नागका तस्बिर टाँसी सर्प, विच्छीको पूजा गरिन्छ। नागपञ्चमीमा नाग सर्पजस्ता विशालु जीवको पूजा गर्नाले त्यसको भय कम हुने विश्वास गरिन्छ। उपत्यकामा आज पशुपतिको वासुकी, नागपोखरी, टौदहलगायतका स्थानमा मेला लाग्ने गर्दछ। तस्बिरमा हेर्नुस्, नागपोखरीमा गरिएको नागको पूजा
काठमाडौँः गएरातिको अविरल वर्षाका कारण धोबिखोलामा बाढी आउँदा नदी किनाराका बस्ती डुबानमा परेका छन्। धोबिखोलको बाढीमा परी अनामनगर क्षेत्रका नदी किनाराका बस्तीमा बाढी पसेको छ। किनाराका सडकहरू पनि जलमग्न भएका छन्। बाढीको बितण्डा हेर्नुस् फोटोमा
काठमाडौं: कुपण्डोलको ज्वागल चोक क्षेत्र मंगलवार मध्यान्हमा केही बेर त्रसित बन्यो। मानिसहरूको भाग भाग। सवारी जाम नै भयो एकै छिन। सडक बिचमा कालो टेपले बाँधेर विद्युतीय तारजडित एउटा कुकर राखिएको थियो। अन्य दिन भान्छामा सामान्य लाग्ने कुकर एकाएक सबैको लागि आतंकित बनेको थियो। नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले आज घोषणा गरेको बन्दको कारण देशका धेरै ठाउँमा कुकर बम…
रातिदेखि परेको झरीको बेवास्ता गर्दै भक्तजनहरु शिवलाई शुद्ध जल चढाउन साउन महिनाको अन्तिम सोमबार सुन्दरी जल पुगे। सुन्दरीजलको जल कसैले पैदल हिँडेर त कसैले गाडीमा चढेर शिव मन्दिरमा चढाउँछन्। साउन महिनाभर सोमबार शिवको पूजाअर्चना गरिन्छ। यो वर्ष साउनमा चार वटा सोमबार परेकोमा आज अन्तिम दिन थियो। प्रविण रानाभाटले खिचेका केही फोटो-
लाखे भन्ने बित्तिकै धेरैले इन्द्रजात्रामा निस्कने काठमाडौँको मजिपा लाखे बुझ्ने गर्छन्। तर उपत्यकामा अरु पनि थुप्रै लाखेहरु छन्। त्यसमध्ये एक पाटनको 'मिप्वाः लाखे' नाच लगभग लोप भइसकेको अवस्था थियो। झण्डै ३० वर्षदेखि रोकिएको मिप्वा लाखे बिहीबारदेखि पाटनका सडकमा नाच्दैछ। पाटनको सौगलबाट मसाल जलाएर सुरु हुने यो लाखे नाच ओकुबहाल, चक्रबही, हौग, तिछुगल्लीका सडकहरुमा नाचिन्छ। बिहीबारदेखि पाँच दिनसम्म यो नाच नचाउने तयारी छ।…
काठमाडौं: आज विश्व आदिवासी जनजाति दिवस। नेपालमा पनि देशभर विभिन्न कार्यक्रम गरी मनाइँदैछ। यही अवसरमा काठमाडौंको भृकुटीमण्डवबाट र्याली निकालियो। र्याली सहीद गेट, वीर अस्पाताल हुँदै राष्ट्रिय सभा गृहमा आई सभामा परिणत भयो। विश्वभरका आदिवासीहरू एक होऔँ, अपुरो र अधुरो संविधान संशोधन गर, प्रदेशहरूको नामाङ्कन मानव पहिचानको आधारमा कायम गर, राज्यको हरेक अंगमा समानुपातिक प्रतिनिधित्वको ग्यारेण्टी गर, आदिवासी जनजाति मन्त्रालय गठन…
काठमाडौं: साउनलाई हरियो महिनाको रुपमा चिनिन्छ। यसका सांस्कृतिक महत्व पनि छन्। यही महिना महिलाहरुको फेसनमा पनि हरियाली देख्न पाइन्छ। यसका लागि हरिया चुरापोते पाइने पसलमा महिलाहरुको भीड लाग्छ।
काठमाडौं : तस्बिरमा देखिएको यो सडक कुनै समय अपाङ्गमैत्री भनिन्थ्यो। खगेन्द्र नवजीवन केन्द्रदेखि जोरपाटीसम्म सडकपेटीदेखि, ह्विलचेयर मार्गसमेत थियो यहाँ। २०७० सालमा खगेन्द्र अपाङ्ग मैत्री सडक घोषणा गरेर सुरु गरिएको यस सडकमा अब अपाङ्ग मैत्री शब्दकै अवशेष पनि बाँकी छैन। चाबहिल-साँखु सडक खण्ड अहिले लामो समयदेखि अलपत्र नै छ। हेर्नुस् सडकको हविगत
काठमाडौं : प्राध्यापक डाक्टर गोविन्द केसी र सरकारी टोलीबीच ९ बुँदे मौखिक सहमति भए पनि त्यसमा हस्ताक्षर हुन सकेन। वार्तामा खटिएका सुरेन्द्र भण्डरीका अनुसार उपत्यकाभित्र १० वर्षसम्म नयाँ मेडिकल कलेज खोल्न पाउने या नपाउने भन्ने विषयमा मत मिलेन। 'सरकारले यो विषयलाई सम्बोधन गरे अनशन तोडिन्छ भन्नुभएको छ केसीले,' भण्डारीले भने, 'यसबाहेक अरु विकल्प छैन।' काठमाडौँको मनमोहन मेमोरियल कलेज र झापाको…
काठमाडौं : डा गोविन्द केसी २७ दिनसम्म अनशन बस्दा पनि सरकारले माग पूरा नगरेको भन्दै महाराजगञ्जस्थित शिक्षण अस्पतालमा अध्यनरत विद्यार्थीहरुले विरोध र्याली निकालेका छन्। शिक्षण अस्पतालदेखि विभिन्न नारा लगाउँदै बालुवाटारसम्म जाने भनिएको उनीहरुको र्यालीलाई शिक्षण अस्पताको गेटमा नै सुरक्षाकर्मीले रोकेका छन्। प्रहरीले रोकेपछि आक्रोशित विद्यार्थीहरुले चर्का नारावाजी गरेका थिए। उनीहरुले जुलुसमा डाक्टर केसीको प्रतीकात्मक स्वरुपलाई बोकेर मलामी झै हिँडेका थिए।…
डा गोविन्द केसीको समर्थनमा नयाँ बानेश्वरमा शान्तिपूर्ण आन्दोलन भइरहेको थियो। हामी यसैको क्लिप्सहरु क्लिक गर्दै थियौं। यसैक्रममा बबरमहल हुँदै तरुण दलको भीड एक्कसी आइपुग्यो। भीडलाई प्रहरीले निषेधित क्षेत्र नतोड्न आदेश दिइरहेको थियो। तर, त्यो भीडले के मान्थ्यो। भीड निषेधित क्षेत्र तोडेर अघि बढ्यो। शान्तिपूर्ण तरिकाले प्रदर्शन चलिरहेको नयाँ बानेश्वर एकाएक रणभूमिमा परिणत भयो। तरुण दलको भीडबाट ढुंगा वर्षियो। जवाफमा प्रहरीबाट…
काठमाडौं: डाक्टर गोविन्द केसीले उठाएको मुद्दा लिएर सरकारविरुद्ध आन्दोलनमा उत्रिएको एउटा समूह र सुरक्षाकर्मीबीच झडप भएको छ। नेपाल तरुण दल र नेपाल विद्यार्थी संघले वानेश्वरमा निषेधित क्षेत्र तोड्न खोजेपछि भिडन्त भएको हो। अवस्था नियन्त्रणमा लिन प्रहरीले ८ सेल अश्रुग्यास प्रहार गरेको छ। नेविसंघका आन्दोलनकारीले ढुंगामुडा गरेका छन् भने प्रहरीले लाठी चार्ज गरेको छ। घटनामा परी तरुण दलका अध्यक्ष जीतजंग बस्नेत…
काठमाडौं : वरिष्ठ चिकित्सक प्राध्यापक डाक्टर गोविन्द केसीको समर्थनमा आज राजधानीमा प्रदर्शन भएको छ। सरकारले साउन १ गतेदेखि निषेधित भनेर तोकेको माइतीघर मण्डालामा ठूलो संख्यामा उपस्थितहरुले उनको आन्दोलनप्रति ऐक्यवद्धता जाहेर गरेका छन्। डाक्टर केसी जुम्लामा अनशनमा छन्। सरकारले उनको मागलाई नजरअन्दाज गर्दै आएको छ। त्यसको विरोधमा मण्डलामा कार्यक्रम आयोजना भएको थियो। विभिन्न दलका युवा नेताहरुसमेत सहभागी रहेको कार्यक्रममा सरकारले जवर्जस्ती…
बिहीवार भक्तपुरमा बाढी आएपछि जनजीवन प्रभावित भयो। भक्तपुरका कतिपय ठाउँ डुबानमा परे भने सडकसमेत जलमग्न बन्यो।