PahiloPost

Apr 25, 2024 | १३ बैशाख २०८१

  • कसरी भइरहेको छ काम? रानी पोखरी, दरवार हाइस्कुल र धरहरामा राष्ट्रपतिको अनुगमन

    कसरी भइरहेको छ काम? रानी पोखरी, दरवार हाइस्कुल र धरहरामा राष्ट्रपतिको अनुगमन

    काठमाडौं : भूकम्पका कारण प्रभावित भएका रानी पोखरी, दरवार हाइस्कुल र धरहरामा निर्माण कार्य यतिखेर जोड तोडले चलिरहेको छ। लामो समय विवादका कारण रानी पोखरी र धरहरा निर्माणले गति लिन सकेको थिएन। तर, चिनियाँले दरवार हाइस्कुल भने छिटै नै तयार पारिसकेका छन्। लामो समय रोकिएको भए पनि रानी पोखरीमा अहिले तीब्र स्तरमा काम भइरहेको छ। धरहराको पनि अग्लिनेक्रम सुरु बढ्दो…

    विस्तृतमा पढ्नुस्

  • हेर्नुस् ब्रतालुसँगै चाँगुमा 'माधव नारायण'

    हेर्नुस् ब्रतालुसँगै चाँगुमा 'माधव नारायण'

    काठमाडौं : शालिनदीमा रहेको माधव नारायण परदेशयात्रा गर्दै चाँगुनारायण पुगेका छन्। स्वस्थानी सुरु भएदेखि नै माधव नारायण दिनहुँ साँखु नगर परिक्रमा गराउने गरिन्छ। एक महिना साँखुमा माधव नारायणको दर्शन गर्न दर्शनार्थीहरुको घुँइचो लाग्ने गर्छ। यसैबीच माधव नारायण भने तीन पटक परदेश यात्रामा निस्कने गर्छन्। 'सक्व दे:'  (साँखु देश) बाट बाहिरिँदै आज माधव नारायणसँगै ब्रतालुहरु बिहानै चाँगुनारायण पुगेका हुन।   बुधवार साँझ…

    विस्तृतमा पढ्नुस्

  • विदेशी पुस्तकमा भन्सार लगाउने निर्णयको विरोध : ' डियर कमरेड, किताब पढ्न जेल नै जानुपर्ने हो त ?'

    विदेशी पुस्तकमा भन्सार लगाउने निर्णयको विरोध : ' डियर कमरेड, किताब पढ्न जेल नै जानुपर्ने हो त ?'

    काठमाडौं : सरकारले चालु आर्थिक वर्षदेखि पुस्तक आयातमा भन्सार लगाउने घोषणा गरिसकेको छ। सबै प्रकारका आयातित पुस्तकमा १० प्रतिशत भन्सार लगाउने सरकारी निर्णयको विरोध शुरुदेखि नै हुँदै आएको छ। प्रकाशक, लेखक र पाठकहरुले नै सरकारको यो कदमले पठन संस्कृति कमजोर हुँदै जाने भन्दै विरोध गर्दै आएका छन्। केही पुस्तक विक्रेताहरुले विदेशबाट पुस्तक आयात गर्न बन्द गर्ने घोषणा समेत गरिसकेका छन्।…

    विस्तृतमा पढ्नुस्

  • श्रीपञ्चमीमा सरस्वती मन्दिरका भित्तामा नानीहरुका अक्षरकला, हेर्नुस २० फोटोमा

    श्रीपञ्चमीमा सरस्वती मन्दिरका भित्तामा नानीहरुका अक्षरकला, हेर्नुस २० फोटोमा

    आज श्रीपञ्चमी अर्थात् सरस्वती पूजा। हिन्दु वैदिक सनातनीहरुले माघ शुक्लपञ्चमीका दिनलाई  विद्याकी अधिष्ठात्रीदेवी सरस्वतीको पूजाराधना गर्ने गर्दछन्। नेपाल लगायत हिन्दु धर्ममा विश्वास गर्नेले ज्ञान, बुद्धि र विवेक प्राप्तिका लागि विद्याकी अधिष्ठात्री देवीका रुपमा सरस्वतीको पूजा गर्ने चलन छ। धार्मिकग्रन्थ पुराणमा उल्लेख गरिएनुसार माघ शुक्ल पञ्चमीका दिन ब्रह्माले सृष्टिमा देवी सरस्वतीलाई आह्वान गरेपछि सरस्वती अवतरित भएको विश्वास गरिन्छ। देशभरका सरस्वती मन्दिरमा पूजाआराधना…

    विस्तृतमा पढ्नुस्

  • कोरोना भाइरसले फेरेको विमानस्थलको स्वरुप : प्रहरीदेखि यात्रुसम्म सबैको मुखमा मास्क

    कोरोना भाइरसले फेरेको विमानस्थलको स्वरुप : प्रहरीदेखि यात्रुसम्म सबैको मुखमा मास्क

    काठमाडौं : ‘कोरोना भाइरस’को विश्वव्यापी 'त्रास'मा नेपाल छुटोस् कसरी? लगातार मानिसहरुमा यो भाइरसको संक्रमण फैलिनेक्रम बढेपछि सबैतिर सचेतना फैलाउनेक्रम पनि बढेको छ। अन्यत्र झै, नेपालमा पनि कोरोना भाइरसको प्रभाव परेको छ। विमानस्थलमा हेल्थ डेस्क जसरी सुधार भएको छ त्यसले सरकारको तयारी कुन रुपमा भइरहेको छ भन्ने देखाउँछ। मंगलवार विमानस्थल पुग्दा देखिएको दृष्य भने अरु समयभन्दा फरक थियो। कोरोनाकै कारण यात्रुहरुले…

    विस्तृतमा पढ्नुस्

  • यस्तो देखियो उपाधि दाबेदार थ्री-स्टारमाथि मछिन्द्र हाबी भएको खेल

    यस्तो देखियो उपाधि दाबेदार थ्री-स्टारमाथि मछिन्द्र हाबी भएको खेल

    काठमाडौं : शहीद स्मारक ‘ए’ डिभिजन लिग अन्तर्गत आज भएको दोस्रो खेलमा उपाधि दाबेदार मानिएको थ्री स्टार क्लबलाई मछिन्द्र क्लबले जितेको छ। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको खेलमा मछिन्द्रले थ्री-स्टारविरुद्ध २ गोल गर्‍यो। तर मछिन्द्रविरुद्ध भने थ्री-स्टारले गोल फर्काउन सकेन। पहिलो हाफमा १ गोलले अगाडि रहेको मछिन्द्रले दोस्रो हाफमा अर्को गोल थप्यो। मछिन्द्रका लागि खेलको ३८ औँ मिनेटमा रेजिन सुब्बाले र…

    विस्तृतमा पढ्नुस्

  • देउवा पुग्दा सानेपामा मुक्का हानाहान, नेविसंघका दुई जना घाइते

    देउवा पुग्दा सानेपामा मुक्का हानाहान, नेविसंघका दुई जना घाइते

    काठमाडौं : नेपाली काँग्रेसको पार्टी कार्यालय सानेपामा नेपाल विद्यार्थी संघका बिद्यार्थीबीच झडप भएको छ।  पार्टीको केन्द्रीय समितिको बैठकका लागि पार्टी सभापति देउवा सानेपा पुग्नेवित्तिकै झडप भएको हो। झडपमा परी दुई जना विद्यार्थी घाइते भएका छन्। कार्यालयमा सभापति देउवा आइपुग्नसाथ संस्थापन पक्षका विद्यार्थी र कुन्दन काफ्ले पक्षका विद्यार्थी बीच झडप भएको हो। पूर्व महामन्त्री काफ्ले समूहले पार्टीले विधान लत्याएको भन्दै देउवाविरुद्ध…

    विस्तृतमा पढ्नुस्

  • शीतल निवासबाट पदभार ग्रहण गर्न सिंहदरबार पुगेका सभामुख सापकोटालाई यस्तो स्वागत

    शीतल निवासबाट पदभार ग्रहण गर्न सिंहदरबार पुगेका सभामुख सापकोटालाई यस्तो स्वागत

    काठमाडौं : सभामुख अग्निप्रसाद सापकोटा सिंहदरबार पुगेर पदभार ग्रहण गरेका छन्। आइतबार सभामुखमा निर्वाचित सापकोटाको आजै राष्ट्रपति कार्यालयमा शपथ भयो। शपथपछि उनी सीधै सिंहदरबारस्थित संघीय संसदको सचिवालय पुगेर पदभार ग्रहण गरेका हुन्। उनलाई संघीय संसद सचिवालय महासचिव मनोहरप्रसाद भट्टराईले फूलमाला लगाएर स्वागत गरे भने सचिवालयका सदस्य तथा कर्मचारी पनि स्वागत कार्यक्रममा सहभागी भएका थिए।  सापकोटाद्वारा सभामुखमा शपथग्रहण

    विस्तृतमा पढ्नुस्

  • सापकोटाद्वारा सभामुखमा शपथग्रहण

    सापकोटाद्वारा सभामुखमा शपथग्रहण

    काठमाडौं : प्रतिनिधिसभाका सभामुख अग्निप्रसाद सापकोटाले पद तथा गोपनियताको शपथ ग्रहण गरेका छन्। सापकोटालाई राष्ट्रपति विद्यादेवी भण्डारीले सोमबार शीतल निवासमा शपथ गराएकी हुन्। सापकोटा आइतवार सभामुखमा निर्विरोध निर्वाचित भएका थिए। आइतवारको प्रतिनिधि सभा बैठकमा ज्येष्ठ सदस्य महन्थ ठाकुरले सापकोटा सभामुखमा निर्विरोध निर्वाचित भएको घोषणा गरेका थिए।

    विस्तृतमा पढ्नुस्

  • अग्निको सभामुख यात्रा : निर्वाचित भएर बाहिरिँदा दिएनन् अदालतमा विचाराधीन मुद्दाको जवाफ

    अग्निको सभामुख यात्रा : निर्वाचित भएर बाहिरिँदा दिएनन् अदालतमा विचाराधीन मुद्दाको जवाफ

    काठमाडौं : प्रतिनिधिसभाका रिक्त सभामुखमा सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का नेता अग्नि प्रसाद सापकोटा निर्विरोध निर्वाचित भएका छन्। बैठकमा सभामुखको हैसियतमा रहेका ज्येष्ठ सदस्य महन्थ ठाकुरले सभामुख पदका लागि एकमात्र उम्मेद्वारीको सूचना प्राप्त भएकाले प्रतिनिधि सभा नियमावली, २०७५ बमोजिम सापकोटा सर्वसम्मत रुपमा निर्वाचित भएको घोषणा गरेका थिए।  आफू निर्वाचित भएपछि सापकोटाले लोकतन्त्रको मूल्य, मान्यता र आदर्शलाई कायम गर्दै जनताको सार्वभौम सर्वोच्च संस्थाको…

    विस्तृतमा पढ्नुस्

  • सरकारको विरोध गर्दै यसरी मनाइयो सोनाम ल्होछार, बिदा उल्टोपाल्टो गर्ने मुख्यमन्त्रीलाई कारबाहीको माग

    सरकारको विरोध गर्दै यसरी मनाइयो सोनाम ल्होछार, बिदा उल्टोपाल्टो गर्ने मुख्यमन्त्रीलाई कारबाहीको माग

    काठमाडौं: तामाङ समुदायले सरकारको विरोध गर्दै जीवा ल्हो(मुसा वर्ग)को स्वागत गरेका छन्। ल्होछारको अवसरमा आज देश तथा विदेशमा आयोजित कार्यक्रमसमेत सरकारको विरोध भयो।  सोही अवसरमा काठमाडौंको टुँडिखेलमा नेपाल तामाङ चलचित्र संघको संयोजकत्व र नेपाल तामाङ घेदुङको सहसंयोजकत्व २८५६ सोनाम ल्होछार मनाइएको हो।  फाग ल्हो(सुँगुर वर्ग)को बिदाई गर्दै मुसा वर्गको स्वागत गरिएको हो। प्रत्येक वर्ष माघ महिनाको शुक्ल पक्षमा पर्ने प्रतिपदा…

    विस्तृतमा पढ्नुस्

  • माधव नारायण 'परदेश' यात्रामा, पशुपतिमा यस्तो देखियो व्रतालुको भिड

    माधव नारायण 'परदेश' यात्रामा, पशुपतिमा यस्तो देखियो व्रतालुको भिड

    काठमाडौं :  स्वस्थानी व्रत आरम्भ भएदेखि साँखुस्थित सालिनदीमा भक्तजनहरुको घुँइचो छ। बिहानैदेखि सालिनदी पुगेर माधव नारायणको दर्शन गरेर स्नान गर्नेहरुको लाम उत्तिकै। बिहीबारबाट भने यो संख्या केही पातलिएको छ। कारण-  माधव नारायण अहिले 'परदेश'को यात्रामा छन्। स्वस्थानी शुरु भएदेखि नै माधव नारायण दिनहुँ साँखु घुमिरहेका थिए। 'द्य: ध्वाखा' बाट माधव नारायणको मूर्तीलाई दैनिक रुपमा साँखु नगरको परिक्रमा गराइएको थियो। बिहीबारबाट भने माधव नारायण…

    विस्तृतमा पढ्नुस्

  • नेपाल पुलिसमाथि मछिन्द्रको संघर्षपूर्ण जित

    नेपाल पुलिसमाथि मछिन्द्रको संघर्षपूर्ण जित

    काठमाडौं : शहीद स्मारक ‘ए’ डिभिजन लिग अन्तर्गत आज भएको आठौं चरणको पहिलो खेलमा मछिन्द्र क्लबले नेपाल पुलिस क्लबमाथि संघर्षपूर्ण जित निकालेको छ। आज त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको खेलमा मछिन्द्र क्लबले विभागिय टोली नेपाल पुलिस क्लबमाथि १-० को संघर्षपूर्ण जित निकालेको हो। मछिन्द्रको जितमा रन्जित धिमालले निर्णायक गोल गरे। पहिलो हाफ गोलरहित बराबरीमा टुङ्गिएको खेलको दोस्रो हाफमा मछिन्द्रले अग्रता बनाएको…

    विस्तृतमा पढ्नुस्

  • सभामुखमा सापकोटाको उम्मेद्वारी दर्ता यात्रा, १० फोटोमा हेर्नुस्

    सभामुखमा सापकोटाको उम्मेद्वारी दर्ता यात्रा, १० फोटोमा हेर्नुस्

    काठमाडौं : नेपाल कम्युनिस्ट पार्टीका स्थायी समिति सदस्य अग्नि सापकोटाले सभामुख पदका लागि उम्मेद्वारी दर्ता गरेका छन्।  संघीय संसद भवन नयाँ बानेश्वर पुगेर सापकोटाले उम्म्द्वारी दर्ता गराएका हुन्।   सापकोटाको प्रस्तावकमा नेकपा संसदीय दलका उपनेता सुवास नेम्वाङ छन् भने सांसदहरु देव गुरुङ, ओनसरी घर्ती मगर र राजपाका लक्ष्मणलाल कर्ण समर्थक रहेका छन्। बिहान ११ बजेदिख दिउँसो २ बजेसम्म उम्मेद्वारी दर्ताका…

    विस्तृतमा पढ्नुस्

  • काठमाडौं प्रशासनमा ज्ञापनपत्र बुझाउन यसरी पुग्यो काँग्रेस, ‘विधेयक नसच्चिए कडा आन्दोलन’

    काठमाडौं प्रशासनमा ज्ञापनपत्र बुझाउन यसरी पुग्यो काँग्रेस, ‘विधेयक नसच्चिए कडा आन्दोलन’

    काठमाडौं : नेपाली कांग्रेसले ७७ वटै जिल्ला प्रशासन कार्यालयहरु मार्फत सरकारलाई ज्ञापन पत्र बुझाएको छ। सरकारले ल्याएको नेपाल सेवा विधेयक र विकास तथा प्रविधिसमितिबाट पारित सूचना प्रविधिविधेयकको विरोधमा ७७ वटै जिल्ला प्रशासन कार्यालयहरुमार्फत कांग्रेसले ज्ञापन पत्र बुझाएको हो।  काठमाडौंमा सहायक प्रमुख जिल्ला अधिकारी गौलोचन सैजुमार्फत सरकारलाई विरोध पत्र बुझाएको छ। नेपाली कांग्रेसका काठमाडौं जिल्ला सभापति सवुज बानियाँले लोततन्त्रलाई समाप्त पार्ने,…

    विस्तृतमा पढ्नुस्

  • माघे झरीले पार्‍यो निथ्रुक्कै : कठ्याङ्ग्रिँदो चिसोमा हेर्नुस् अनवरत वर्षा

    माघे झरीले पार्‍यो निथ्रुक्कै : कठ्याङ्ग्रिँदो चिसोमा हेर्नुस् अनवरत वर्षा

    माघको ठन्डी, त्यसमाथि वर्षा! हिमाली भेगमा हिउँ। हिजोदेखि लगातारको वर्षाले सबैतिरको जनजीवन प्रभावित बनेको छ। काठमाडौंका सडकमा गाडी पातलिए, मानिसहरुको गतिविधि पनि खुम्चियो। वाध्यताबाहेक कोही पनि यो चिसोमा बाहिर निस्किने कुरै रहेन। हिउँदमा पानी पर्दा बालीनालीका लागि निक्कै राम्रो हुने गर्छ। तर, जनजीवन चाहिँ पूरे कष्टकर। 'माघे झरी' शब्द प्रचलनमा रहे पनि लगातार वर्षा भने धेरै पछि यसरी भएको हो…

    विस्तृतमा पढ्नुस्

  • माघे सकरातीको रौनक : टुँडिखेलमा घन्कियो कौरा, हानियो छेलो

    माघे सकरातीको रौनक : टुँडिखेलमा घन्कियो कौरा, हानियो छेलो

    काठमाडौं : मगर समुदायले आज देशभर माघे सकराती (संक्रान्ति) मनाउँदैछन्। राजधानीमा रहेका मगरहरु साकराती मनाउन टुँडिखेलमा जम्मा भएका छन्। बिहान भृकूटीमण्डपबाट र्‍याली शुरु गरी टुँडिखेलमा पुगेको मगर समुदाय अहिले टुँडिखेलमा रमझममा छ। र्‍यालीमा कौरा गीतमा नृत्य, मारुनी नृत्य नाचिएको थियो भने धनुषवाण खेल्ने, छेलो हान्ने टोली सहभागी थिए। टुँडिखेलमा मगर समुदायमा प्रचलित खानाको स्टल बनाइएको छ। अहिले कलाकारको प्रस्तुतिसहित खानपानमा…

    विस्तृतमा पढ्नुस्

  • राजधानीमा माघीको हेर्नुस् यस्तो रौनक

    राजधानीमा माघीको हेर्नुस् यस्तो रौनक

    थारू समुदायमा यतिबेला माघीपर्वको उल्लास छाएको छ। थारू समुदायको बाहुल्य रहेको तराईका जिल्लाहरुमा विभिन्न कार्यक्रमहरु गरी माघीपर्व मनाइदै छ। यस्तोमा काठमाडौँमा पनि माघीपर्वको रौनक देखियो। यस अवसरमा वसन्तपुरदेखि रत्नपार्क हुँदै टुँडिखेलसम्म साँस्कृतिक र्‍याली निकालिएको थियो। माघीपर्वको अवसरमा केही दिनदेखि निरन्तर माघी मिलन कार्यक्रम भइरहेको छ। माघी थारू समुदायको परम्परागत पर्व हो।  माघ १ गतेदेखि शुरु हुने सप्ताहव्यापी यो पर्वमा थारू समुदायले…

    विस्तृतमा पढ्नुस्

  • माघे संक्रान्तिलाई तिलचाकुदेखि तरुलसम्म, हेर्नुस् फोटोमा

    माघे संक्रान्तिलाई तिलचाकुदेखि तरुलसम्म, हेर्नुस् फोटोमा

    काठमाडौं: भोलि माघे संक्रान्ति - अधिक तरुल खपत हुने दिन। यही मेसोमा काठमाडौंका बजारमा यो वर्ष सिमल तरुल, हात्ती पाईले तरुल, घर तरुल, वन तरुल, सिमल तरुल र पानी तरुल भित्रिएको छ। कालीमाटी तरकारी बजारमा अहिले तरुल लिन जानेको भीड लागेको छ। माघे संक्रान्तिकै अवसर पारेर अत्याधिक बिक्री हुने गरेकाले नेपालमा तरुलको व्यवसायिक खेती पनि शुरु भइसकेको छ। माघ संक्रान्तिमा…

    विस्तृतमा पढ्नुस्

  • पीचको बीचमा हेर्नुस् पोलैपोल ! भ्रमण वर्षमा पर्यटकीय क्षेत्रको नमुना विकास

    पीचको बीचमा हेर्नुस् पोलैपोल ! भ्रमण वर्षमा पर्यटकीय क्षेत्रको नमुना विकास

    काठमाडौं : पत्रकार सुशील अर्यालले आज बिहान केही फोटोसहित फेसबुकमा पोस्ट गरे। विकासमा बहस भन्दै उनले अपलोड गरेको फोटोमा देखियो - मध्य भागमा तारको पोल - दायाँ बायाँ कालोपत्रे। यस्तै हाँस्यास्पद विकासका उदाहरणहरु देशका अरु भागमा पनि नभएका होइनन् तर काठमाडौंमै यस्तो पारा देखिएपछि फोटो खिच्न जान मन लागिहाल्यो। अनि लागेँ भगवान पाउँ, स्वायम्भूतिर। विश्व सम्पादा सूचीमा सूचीकृत स्वयम्भू सधैं…

    विस्तृतमा पढ्नुस्


@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell