PahiloPost

Apr 26, 2024 | १४ बैशाख २०८१

  • गाउँ जान हतारो, बसपार्कमा टिकट लिन तछाडमछाड, दशैंजस्तै सुनसान बन्दै काठमाडौं

    गाउँ जान हतारो, बसपार्कमा टिकट लिन तछाडमछाड, दशैंजस्तै सुनसान बन्दै काठमाडौं

    काठमाडौं: कोरोना भाइरसको प्रकोपले मानिसहरु काठमाडौं उपत्यका छाडेर घर फर्किन थालेका छन्। सरकारले विद्यालय बन्द तथा परीक्षा स्थगित गरेपछि प्राय विद्यार्थी गाउँ फर्किन हतारोमा देखिएका छन्। शुक्रबार गोंगबुस्थित नयाँ बसपार्क पुग्दा मानिसहरु टिकट लिन तछाडमछाड र ठेलम ठेल गरिररहेका थिए। सबैलाई टिकट लिने तथा छिटो गाउँ पुग्ने हतारो थियो। मानिसहरु गाउँ फर्किन थालेपछि काठमाडौं उपत्यका सुनसान बनेको छ। महानगरीय ट्राफिक…

    विस्तृतमा पढ्नुस्

  • कोरोनाको प्रकोप नेपालमा भित्रियो भने के गर्ने? सेनाले देखायो आफ्नो यस्तो तयारी

    कोरोनाको प्रकोप नेपालमा भित्रियो भने के गर्ने? सेनाले देखायो आफ्नो यस्तो तयारी

    नेपाली सेनाको मुख्यालय सुन्धारामा यतिखेर निलो पालहरु देखिन्छ। कोभिड १९ को प्रकोपबाट बच्नका लागि पूर्व तयारी स्वरुप नेपाली सेनाले ५४ वटा टेन्ट प्रशिक्षणका लागि तयार पारेको हो। केहीगरी नेपालमा कोरोनाको प्रकोप फैलिहाल्यो भने कसरी काम गर्ने भन्ने तयारीका लागि सेनाले यस्तो अभ्यास गरेको हो। चीनको वुहानबाट ल्याइएका नेपालीहरुलाई भक्तपुरमा आइसोलेसनमा राख्न जुटेका नेपाली सेनाका चिकित्सकहरुले यहाँ डेमो गरेका हुन्। आज…

    विस्तृतमा पढ्नुस्

  • साझाको ध्यान सफाइमा, स्यानिटाइजर छर्केरमात्र सेवा

    साझाको ध्यान सफाइमा, स्यानिटाइजर छर्केरमात्र सेवा

    काठमाडौं : साझा बसले कोरोना संक्रमणलाई लक्षित गर्दै सफाइ थालेको छ। विश्वभर कोरोना महामारीले त्रास फैलिरहेको अवस्थामा साझाले हरेक बसमा स्यानिटाइजर छर्केरमात्र सेवा दिन थालेको हो। साझाका ७१ बसमा हरेक बिहान स्यानिटाइजर छर्कने प्रमुख कार्यकारी अधिकृत महेन्द्रराज पाण्डेले बताए। 'साझाका हरेक बसमा बिहान स्यानिटाइजर छर्किन्छौं,' पाण्डेले भने, 'बेलुका हरेक बस धोएर राखिन्छ।' साझाका कामदारले अनिवार्य मास्क लगाउने व्यवस्था गरेको उनले…

    विस्तृतमा पढ्नुस्

  • कोरोना कहर : सुनसान बन्दै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल

    कोरोना कहर : सुनसान बन्दै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल

    काठमाडौं : कोभिड-१९ का कारण पर्यटकलाई आगमनमा रोक लगाएपछि त्रिभुवन विमानस्थल सुनसानजस्तै बनेको छ। आइतवारदेखि लागू हुने गरी सरकारले पर्यटकका लागि दिइँदै आएको अन अराइभल भिसा रद्द गरेको छ। योसँगै तेस्रो मुलुकबाट आउने यात्रुहरु रोकिएसँगै विमान कम्पनीहरुले अन्तर्राष्ट्रिय उडानमा कमी आएको छ। सोमवार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुनसान जस्तै देखियो। अध्यागमन विभागले शुक्रवार सूचना जारी गर्दै सम्पूर्ण विदेशीलाई दिइने अन-अराइभल भिसामा…

    विस्तृतमा पढ्नुस्

  • तोरी फुल्यो, खोकना झुल्यो : माहुरी अल्झियो…

    तोरी फुल्यो, खोकना झुल्यो : माहुरी अल्झियो…

    काठमाडौंबाट करिब आठ किलोमिटर दक्षिणतर्फ रहेको खोकना यतिबेला तोरीको फुलले पहेँलिएको छ। प्राचीन नेवार बस्तीको रुपमा रहेको खोकनामा पुग्दा गायक प्रेमध्वज प्रधानले सन् १९७० मा गाएको गीत गुनगुनाउन मन लाग्छ। ‘तोरी फुल्यो लेक नै झुल्यो, सुनौला पातमा माहुरी अल्झेर होऽऽऽऽ’ यो बस्ती तोरीको तेलका लागि प्रख्यात छ। खोकनाको तेलको ब्रान्डलाई आधुनिक तेलका ब्रान्डले पछ्याउन सक्दैन। तोरीको तेलका लागि प्रख्यात यो…

    विस्तृतमा पढ्नुस्

  • कोरोना पीडितको स्वास्थ्य लाभको कामना गर्दै बौद्धमा शान्ति पाठ

    कोरोना पीडितको स्वास्थ्य लाभको कामना गर्दै बौद्धमा शान्ति पाठ

    काठमाडौं : विश्वव्यापी संकट निम्त्याउने कोरोना भाइरस (कोभिड १९)बाट पीडितको सीघ्र स्वास्थ्य लाभको कामना गर्दै आज बिहान बौद्धमा बौद्धमार्गीले शान्तिपाठ गरेका छन्। यशोधरा अन्तर्राष्ट्रिय भिक्षुणी बिहारले आयोजना गरेको शान्ति पाठमा छिमेकी मुलुक चीनको हुवेई प्रान्तबाट फैलिएको कोरोना भाइरसबाट भएको मानवीय क्षतिप्रति समवेदना प्रकट गरिएको थियो। साथै उपचाररत विरामीको स्वास्थ्य लाभको कामना गरिएको छ। अन्तरर्राषंट्रिय भिक्षुणी संघको अगुवाइमा बौद्धमा यस्तो कार्यक्रम…

    विस्तृतमा पढ्नुस्

  • युएस वंगला विमान दुर्घटनाको दुई वर्ष : मृतकको सम्झनामा दीप प्रज्वलन, परिवारको थामिएन आँशु

    युएस वंगला विमान दुर्घटनाको दुई वर्ष : मृतकको सम्झनामा दीप प्रज्वलन, परिवारको थामिएन आँशु

    युएस वंगला एयरलाइन्सको विमान काठमाडौंस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको धावनमार्ग बाहिर दुर्घटना भएको आज दुई वर्ष बित्यो। उक्त दुर्घटनामा ५१ जनाले ज्यान गुमाए। जसमध्ये २३ जना नेपाली थिए। मृतकको सम्झनामा आज काठमाडौंमा दीप प्रज्वलन गरियो। दुर्घटनामा ज्यान गुमाएकामध्ये ११ जना बंगलादेशमा एमबिबिएसको अन्तिम परिक्षा दिएर नेपाल फर्किएका विद्यार्थीहरु थिए। उक्त दुर्घटनामा परेर बाँच्न सफल एक मात्र विद्यार्थी समीरा ब्यञ्जनकारले शोकसभाको सम्बोधन…

    विस्तृतमा पढ्नुस्

  • तिनको फोटो कथा जसले ढुङ्गामा देवताका आकार खोजिरहेका छन्

    तिनको फोटो कथा जसले ढुङ्गामा देवताका आकार खोजिरहेका छन्

    बालकुमारीको वाग्मती किनारमा एक हुल मानिस देखिन्छन्। ढुङ्गामा आकृति कुँदिरहेका उनीहरु धादिङबाट यहाँ आएर छिना र हम्मर चलाइरहेका छन्। दक्षिणकालीबाट ल्याइएका ठूला ढुङ्गाहरुमा उनीहरुले 'भगवान'का आकृति देख्छन् र त्यसैलाई आकार दिन्छन्। अर्थात्, यिनीहरु भगवान जन्माइरहेका छन्। पुर्ख्यौली पेशा नभए पनि काजी लामाले ढुङ्गामा यस्तै आकृति देखिरहेका छन्। १५ वर्ष भयो उनले ढुङ्गालाई देवता बनाउन थालेको। आफूमात्र होइन, सिंगै परिवार उनीसँगै…

    विस्तृतमा पढ्नुस्

  • फूलैफूलको फागु, 'पुष्प होली' मा यसरी रमाए कृष्णभक्तहरु

    फूलैफूलको फागु, 'पुष्प होली' मा यसरी रमाए कृष्णभक्तहरु

    काठमाडौं : आज काठमाडौं उपत्यका र पहाडी जिल्लाहरुमा फागु (होली) मनाइयो। कोरोना भाइरसको त्रासले उपत्यकामा फागुको रौनक घटेको देखियो। यद्यपि, दिउँसो भने युवायुवतीहरुले विभिन्न स्थानमा भेला भएर फागु मनाए। यता, राजधानीको बुढानिलकण्ठमा स्कोन नेपालले फूलैफूलको फागु मनाएको छ। अरु स्थानमा रङले होली खेलिएपनि स्कोनले भने हरेक वर्ष फूलको फागु मनाउँदै आएको छ। रंग मिश्रित 'पुष्प होली' सँगै भगवान राधा कृष्णको पूजा गरी फूल चढाई भजन…

    विस्तृतमा पढ्नुस्

  • होली रे...! फागुको रंगमा रंगियो वसन्तपुर

    होली रे...! फागुको रंगमा रंगियो वसन्तपुर

    काठमाडौं : आज फागु पूर्णिमा अर्थात रङहरुको पर्व होली! पहाडी र हिमाली जिल्लाहरुमा हर्षोल्लासका साथ होली पर्व मनाइदै छ। उपत्यका लगायत देशभरी नै उल्लासमय वातावरणमा होली पर्व मनाउने प्रचलन रहेपनि यो वर्षभने कोरोना भाइरसका कारण केही शान्त देखिएको छ। सरकारले भिडभाडमा होली खेल्न निषेध गरेपछि यो वर्ष होलीको उल्लास खासै देखिएको छैन। उपत्यकाका सडकहरु सुनसान देखिएका छन्। नयाँ बानेश्वर, त्रिपुरेश्वर,…

    विस्तृतमा पढ्नुस्

  • अन्तर्राष्ट्रिय महिला दिवसको अवसरमा ‘विबक्स वुमेन्स च्यारिटी बक्सिङ’

    अन्तर्राष्ट्रिय महिला दिवसको अवसरमा ‘विबक्स वुमेन्स च्यारिटी बक्सिङ’

    काठमाडौं : अन्तर्राष्ट्रिय महिला दिवसको अवसरमा काठमाडौंमा ‘विबक्स वुमेन्स च्यारिटी बक्सिङ प्रतियोगिता’को आयोजना गरिएको छ। चच्चेपाटीस्थित भाटभटेनी फिटनेस क्लबमा भएको प्रतियोगितामा नेपालभरबाट छानिएका महिला बक्सरहरुको सहभागिता रहेको थियो। वाग्मती प्रदेश खेलकुद विकास समिति, ललितपुर बक्सिङ एसोसिएसन र काभ्रे बक्सिङ एसोसिएसनसँगको सहकार्यमा बक्समान्डुले सो प्रतियोगिताको आयोजना गरेको हो। नेपालका महिला बक्सरहरुलाई व्यावसायिक उत्कृष्टतामा बढावा दिन सो प्रतियोगिताको आयोजना गरिएको बताइएको छ।…

    विस्तृतमा पढ्नुस्

  • ल हेर्नुस् झोला बनाउन छाडेर, यसरी बन्दैछ मास्क

    ल हेर्नुस् झोला बनाउन छाडेर, यसरी बन्दैछ मास्क

    काठमाडौं : यतिखेर कपनमा रहेको थैली बनाउने कम्पनी मास्क उत्पादन गर्ने कम्पनीमा रुपान्तर भएको छ। बजारमा मास्क अभाव छ, त्यसैले मोहम्मद निराले आलमले यसको उत्पादन थालेका हुन्। सर्जिकल मास्क कोरोनाको आतंकसँग बजारमा गायव भएको छ। भएका मास्कको पनि चर्को मूल्यमा कालोबजारी भइरहेको छ। अर्कातिर मास्क आयात ठप्प। ठीक यतिखेरै माग भने चर्को। सामान्य अवस्थामा मास्क नलगाउनेहरु पनि यतिखेर खोजिरहेका छन्,…

    विस्तृतमा पढ्नुस्

  • स्कुलमा कोरोनाको त्रास : हेर्नुस् विद्यार्थीको थालियो तापक्रम लिन

    स्कुलमा कोरोनाको त्रास : हेर्नुस् विद्यार्थीको थालियो तापक्रम लिन

    कोरोनाको संक्रमणले सबैलाई अत्याइरहेको छ। त्यसैले स्कुलहरुमा यसको प्रभाव नपर्ने कुरै भएन। कोरोनाको विषयमा विद्यार्थीहरु पनि निक्कै चासो दिइरहेका छन्। एक किसिमको भय उनीहरुमा पनि छ। शिक्षा मन्त्रालयले चैत ५ गतेभित्र वार्षिक परीक्षा सम्पन्न गर्न दिएको निर्देशनले पनि त्यसको संकेत गर्छ। त्यसैको असर हो, राजधानीका विद्यालयमा विद्यार्थीहरुको तापक्रम परीक्षण गर्दै प्रवेश गराइन थालिएको छ। निजी विद्यालयमा यसरी परीक्षणसहित प्रवेश गराउन…

    विस्तृतमा पढ्नुस्

  • ह्योल्मो समुदायको छेच्युमा बाछमदेखि छेवाङसम्म, २२ फोटोमा हेर्नुस्

    ह्योल्मो समुदायको छेच्युमा बाछमदेखि छेवाङसम्म, २२ फोटोमा हेर्नुस्

    काठमाडौंमा रहेका ह्योल्मो समुदायले काठमाडौंको तीनचुलीस्थित ह्योल्मो समाज सेवा केन्द्रमा छेच्यु पर्व मनाएका छन्। गुरु रिम्पोछेको जन्मदिनको धार्मिक पुण्य तिथीको अवसर पारेर मनाइने छेच्यु पर्व ह्योल्मो समुदायहरुले वर्षेनी आफ्ना मुख्य धार्मिक पर्वको रुपमा मनाउने केन्द्रका महासचिव टासीदोङ्बा ह्योल्मोले जानकारी दिए। ह्योल्मो समूदायले काठमाडौंमा यसरी मनाए छेच्यु पर्व Posted by PahiloPost on Wednesday, March 4, 2020 के हो छेच्यु पर्व? छेच्यु पुजा…

    विस्तृतमा पढ्नुस्

  • युवराज खतिवडाले लिए मन्त्रीमा शपथ, को को भए सहभागी? 

    युवराज खतिवडाले लिए मन्त्रीमा शपथ, को को भए सहभागी? 

    काठमाडौं : डा युवराज खतिवडा अर्थमन्त्रीमा शपथ लिएका छन्। मंगलवार पदबाट राजीनामा दिएका मन्त्री खतिवडाले आजै अर्थमन्त्रीमा नियुक्ति पाएका थिए।  अपरान्ह ४ बजे राष्ट्रपति विद्यादेवी भण्डारीले खतिवडालाई पद तथा गोपनीयताको शपथ खुवाएकी हुन्।  शपथ समारोहमा उपराष्ट्रपति नन्दकिशोर पुन 'पासाङ', प्रतिनिधि सभाका सभामुख अग्नि सापकोटा, राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमल्सिना र मन्त्रीहरुको उपस्थिति थियो। राष्ट्रियसभाको दुई वर्षको कार्यकाल मंगलवारमात्र सकिएको थियो। खतिवडाले कार्यकाल…

    विस्तृतमा पढ्नुस्

  • यस्तो देखियो राष्ट्रिय सभाका नवनिर्वाचित सदस्यहरुको शपथ

    यस्तो देखियो राष्ट्रिय सभाका नवनिर्वाचित सदस्यहरुको शपथ

    काठमाडौँ : राष्ट्रियसभाका नवनिर्वाचित १८ सदस्यहरुले आज पद तथा गोपनीयताको शपथ लिएका छन्। संसद् भवन नयाँ बानेश्वरमा बिहान ११ बजे राष्ट्रियसभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले नवनिर्वाचित सदस्यहरुलाई शपथ गराए।  राष्ट्रियसभाका एक चौथाइ सदस्यहरुको मंगलबार बिदाइ भएको थियो। दुई वर्षको कार्यकाल पूरा गरेका १९ सदस्यको बिहीबार बिदाइ भएको हो।  माघ ९ गतेको निर्वाचनबाट निर्वाचित १८ सदस्यको शपथ भए पनि सरकारको सिफारिसमा राष्ट्रपतिबाट…

    विस्तृतमा पढ्नुस्

  • वसन्तपुरमा उठाइयो चीर, सुरु भयो रङहरुको पर्व

    वसन्तपुरमा उठाइयो चीर, सुरु भयो रङहरुको पर्व

    काठमाडौं : मंगलवारबाट फागु अर्थात् होलीको सुरुवात भएको छ। काठमाडौंको वसन्तपुर दरबार परिसरमा लिंगोसहित चीर उठाइएपछि विधिवत् रुपमा फागु सुरु भएको हो। आज बिहान ७:५७ बजे शुभ साइत पारी रङ्गिविचङ्गी चीर ठड्याइएको हो। आजको ठीक ८ दिनपछि फागु पूर्णिमाको दिन हर्षबढाइँ गरी चीर ढालिनेछ। ढालिएको चीरलाई घिसार्दै टुँडिखेलमा लाने चलन छ। उक्त दिन चीर दहन गरेपछि औपचारिक रुपमा यस वर्षको…

    विस्तृतमा पढ्नुस्

  • एघार देशको लोक नृत्यमा यसरी झुम्यो वसन्तुपर

    एघार देशको लोक नृत्यमा यसरी झुम्यो वसन्तुपर

    काठमाडौं : १० औं अन्तर्राष्ट्रिय लोक सांस्कृतिक मेलामा नेपाल सहित ११ राष्ट्रले लोक नृत्य प्रस्तुत गरेका छन्। वज्रकला कुञ्जको आयोजनमा वसन्तपुरमा भएको कार्यक्रममा करिव दुई सय कलाकारहरुले आआफ्नो राष्ट्रको लोक नृत्य प्रस्तुत गरेका थिए। विभिन्न देशबाट आएका कलाकारहरुलाई जमलमा काठमाडौं महानगरपालिकाकी उपप्रमुख हरिप्रभा खड्गी श्रेष्ठले स्वागत गरेकी थिइन्।त्यहाँबाट र्‍याली सहित असन, जनबहा:,इन्द्रचोक, हनुमानढोका हुँदै कलाकारहरु नाच्दैगाउँदै वसन्तपुर डबली पुगेका थिए। मेलामा बंगलादेश,बुलगेरिया,डेनमार्क,इजिप्ट,इस्टोनिया,श्रीलंका,भारत,इजरायल,मलेसिया र…

    विस्तृतमा पढ्नुस्

  • शिक्षाका लागि संगीत : काठमाडौंमा डेढ वर्षपछि गुञ्जियो नेपथ्य

    शिक्षाका लागि संगीत : काठमाडौंमा डेढ वर्षपछि गुञ्जियो नेपथ्य

    काठमाडौं‌ : शनिबार काठमाडौंको भृकुटीमण्डपमा लोक रक ब्यान्ड नेपथ्य प्रत्यक्ष गुञ्जियो। ‘शिक्षाको लागि संगीत’ नाम दिइएको कार्यक्रमलाई 'हेल्प नेपाल नेट्वर्क'ले आयोजना गरेको हो। विद्यालय पुनर्निमाणका लागि आयोजित कार्यक्रममार्फत् करिव डेढ वर्षपछि काठमाडौंमा नेपथ्यको कार्यक्रम भएको हो। यसअघि २०७५ को भदौमा स्वयम्भूमा ब्यान्ड प्रस्तुत भएको थियो। कार्यक्रमको टिकट खरिदबाट जम्मा भएको सम्पूर्ण रकम दोलखाको भिमेश्वर नगरपालिकास्थित राजकुलेश्वर निम्न माध्यमिक विद्यालयको भवन…

    विस्तृतमा पढ्नुस्

  • पाटनका बहा: बहीबाट नाच्दै निस्किए दिपंकर बुद्धहरु, नागबहा: मा सम्यक महादान हुँदै

     पाटनका बहा: बहीबाट नाच्दै निस्किए दिपंकर बुद्धहरु, नागबहा: मा सम्यक महादान हुँदै

    ललितपुर : पाटनमा दिपंकर बुद्धहरु बहा: बहीबाट बाहिरिएका छन्। प्रत्येक पाँच वर्षमा आयोजना हुने सम्यक महादान पर्वमा पाटन क्षेत्रमा रहेका दिपंकर बुद्धहरुलाई एकै ठाउँमा भेला गराइन्छ। बुधवार साँझबाट दिपंकर बुद्धहरुलाई पाटन दरबार क्षेत्रमा रहेको कृष्ण मन्दिर अगाडी भेला गराइएको थियो। परम्परागत बाजाका साथ दिपंकरहरुलाई ठाउँठाउँमा नचाउँदै कृष्ण मन्दिर पुर्‍याइएको थियो। सबै बुद्धहरु आइपुगेपछि सम्यक महादान हुने स्थान नागबहा: मा लगिएको थियो।…

    विस्तृतमा पढ्नुस्


@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell