PahiloPost

Apr 26, 2024 | १४ बैशाख २०८१

  • पूर्णिमामा खुलेको आकाश, यस्तो देखियो 'सुपर पिंक मून'

    पूर्णिमामा खुलेको आकाश, यस्तो देखियो 'सुपर पिंक मून'

    काठमाडौं : आज चैत्र शुक्ल पूर्णिमा। कोभिड १९ को संक्रमण फैलिन नदिन सरकारले  देशव्यापी लकडाउन घोषणा गर्दा काठमाडौंमा प्रदुषण घटेको छ। आकाश खुलेको छ।  यसैबीच नेपालबाट आज यो वर्षकै सबैभन्दा ठूलो चन्द्रमा (सुपर पिंक मुन) देखियो। आकाश खुल्ला र सफा हुँदा काठमाडौंबाट प्रस्ट रुपमा सुपर मुन देखिएको छ। युरोपियन राष्ट्रहरुमा भने हिजो नै सुपर पिंक मुन देखिएको थियो। अरु समयमा देखिने चन्द्रमा भन्दा आजको चन्द्रमा…

    विस्तृतमा पढ्नुस्

  • भिडले ठेलमठेल हुने बालाजुको बाइसधारा मेलामा यस्तो देखियो ...

    भिडले ठेलमठेल हुने बालाजुको बाइसधारा मेलामा यस्तो देखियो ...

    काठमाडौं  : आज ल्हुती पुन्ही अर्थात् बालाजु बाइसधारा मेला। हरेक वर्ष चैत शुक्ल पूर्णिमाको दिन बालाजुस्थित बाइसधारामा मेला जात्रा लाग्ने गर्छ। त्यहाँ रहेको २२ वटा धारामा स्‍नान गर्न भक्तजनहरुको घुँइचो लाग्ने गर्छ। बालाजु चोकदेखि बाइपाससम्म मानिसहरुको ठेलमठेल हुन्थ्यो। तर, यसपटक भने बालाजु सुनसान बन्यो। कारण बन्यो कोरोना भाइरसको कारण सरकारले गरेको लकडाउन। भाइरस फैलिनबाट रोक्ने भन्दै सरकारले लकडाउन गरेको १५…

    विस्तृतमा पढ्नुस्

  • यसरी हुँदैछ सरकारी उद्योगमा स्यानिटाइजरको उत्पादन

    यसरी हुँदैछ सरकारी उद्योगमा स्यानिटाइजरको उत्पादन

    काठमाडौं : कोरोना रोकथाममा प्रयोग हुने स्यानिटाइजर सरकारी स्वामित्वको नेपाल औषधी लिमिटेडले उत्पादन गर्न शुरु गरेको छ। कम्पनीले रिलायन्स उखु उद्योगसँग १० हजार लिटर अल्कोहल खरिद गरी उत्पादन शुरु गरेको हो। कम्पनीले जर्मन प्रविधिको प्रयोग गरी उत्पादन गरिरहेको जनाएको छ। यो प्रविधिबाट १ मिनेटमा ३६ वटा बोतल भर्न सकिन्छ। दैनिक एक सय एमएलको २० हजार बोटल स्यानिटाइजर उत्पादन गरिरहेको कम्पनीका…

    विस्तृतमा पढ्नुस्

  • कोरोना संक्रमितको स्वास्थ्य लाभको कामना गर्दै बौद्धमा शान्ति पाठ

    कोरोना संक्रमितको स्वास्थ्य लाभको कामना गर्दै बौद्धमा शान्ति पाठ

    काठमाडौं : विश्वभर महामारीका रुपमा फैलिएको कोरोना भाइरस(कोभिड १९) को निदान र पीडितको शीघ्र स्वास्थ्य लाभको कामना गर्दै आज बौद्धमा बौद्धमार्गीले शान्तिपाठ गरेका छन्। थारल्याम गुम्बामा लामाहरुले शान्ति पाठ गर्दै विश्व शान्तिको कामना गरेका थिए। उनीहरुले भाइरसबाट भएको मानवीय क्षतिप्रति समवेदना प्रकट गर्दै उपचाररत विरामीको स्वास्थ्य लाभको कामना गरिएको थिए।

    विस्तृतमा पढ्नुस्

  • सिट नपाउँदा विमानस्थलबाटै खिन्न हुँदै फर्किए ४२ विदेशी, ६०५ भने उडे युरोप

    सिट नपाउँदा विमानस्थलबाटै खिन्न हुँदै फर्किए ४२ विदेशी, ६०५ भने उडे युरोप

    काठमाडौं : दुई सातादेखि लकडाउनका कारण अलपत्र परेका बनेका ६ सय ५ जना पर्यटक शनिवार आ-आफ्नो देश फर्किएका छन्। कतार एयरवेजको दुईवटा एयरबस-३३० जहाज उनीहरुलाई लिन शनिवार त्रिभुवन विमानस्थलमा अवतरण भएको थियो। दुईवटा उडान नेपालस्थित जर्मन राजदूतावास, फ्रान्सेली राजदूतावास र नेपाल सरकारको समन्वयमा हुन लागेको हो। अलपत्र परेकामध्ये आफ्नो देश जानको लागि विमानस्थल पुगेका ४२ जना विदेशीहरु भने खिन्न मन…

    विस्तृतमा पढ्नुस्

  • स्थानीय युवा आफै उत्रिए डिसइन्फेक्ट्यान्ट स्प्रे बोकेर, माइकिङ गर्दै सचेत गराउँदै

    स्थानीय युवा आफै उत्रिए डिसइन्फेक्ट्यान्ट स्प्रे बोकेर, माइकिङ गर्दै सचेत गराउँदै

    काठमाडौं : पाँच दिन यता काठमाडौं सिनामंगलदेखि पशुपति क्षेत्रसम्म केही मानिस शरीर ढपक्क ढाँकेर स्प्रे छर्किँदै हिँडेको भेटिन्छन्। उनीहरु स्वयम् सेवक हुन्, कोरोना भाइरस संक्रमणको त्रासबीच डिस ‘डिसइन्फेक्ट्यान्ट स्प्रे’ गर्दै हिँडेका। सिनामंगलको मिर्मिरे युवा समाजले यस क्षेत्रमा डिस्इन्फेक्ट्यान्ट स्प्रे छरेकाे हो। स्थानीय युवाले कोरोना भाइरसविरुद्धको यस अभियानमा स्वयम् सेवा गरिरहेका छन्। उनीहरुले कोरोना रोकथामका लागि जानकारीमूलक सामाग्री प्रवाह गर्दै टोल, गल्ली र चोकहरु…

    विस्तृतमा पढ्नुस्

  • पर्खी बसेँ आउला भनी...

    पर्खी बसेँ आउला भनी...

    लकडाउनसँगै सुरु भएको ग्यास अभावले मानिसहरुलाई फेरि पङ्तिवद्ध बनाउन थालेको छ। ग्यासका डिपोहरुमा मानिसहरु आफ्नो पालो कुर्दै बसिरहेका छन्। चाबहिल स्तुप नजिकैको यो डिलरमा आज बिहान ४ बजेदेखि नै मानिसहरु लाम बस्न आइसकेका थिए। लकडाउन लम्बिनुसँगै ग्यास सिलिन्डरमा आधामात्र वितरण सुरु भएको छ। नेपाल आयल निगमले अत्याधिक माग बढेका कारण आधा सिलिन्डरमात्र ग्यास बिक्री प्रक्रिया अगाडि बढाएको हो। निगमले स्टक…

    विस्तृतमा पढ्नुस्

  • अमेरिकाले आफ्ना नागरिकको काठमाडौंबाट गर्‍यो उद्धार - उडे ३ सय अमेरिकन, धारचुलामा भने नेपाली सीमामै अलपत्र

    अमेरिकाले आफ्ना नागरिकको काठमाडौंबाट गर्‍यो उद्धार - उडे ३ सय अमेरिकन, धारचुलामा भने नेपाली सीमामै अलपत्र

    काठमाडौं : महाकाली नदीमा देश छिर्न पाउँ भन्दै नेपालीहरु नारावाजी गरिरहँदा अमेरिकाले भने आफ्ना ३ सय नागरिकलाई काठमाडौंबाट उद्धार गरेको छ। अमेरिकन दूतावासको समन्वयमा मंगलबार दिउँसो २:३५ मा कतार एयरवेजको चार्टर विमानबाट अमेरिकी नागरिकलाई स्वदेश फर्काइएको हो। ‘अमेरिकी राजदूतावास र नेपाल सरकारको समन्वयमा हिजोमात्र निर्णय भएपछि कतार एयरवेजले आज चार्टर उडान गरेको छ। सरकारी निकायसँगको सबै अनुमति लिएपछि दूतावासको अनुरोधमा…

    विस्तृतमा पढ्नुस्

  • लकडाउनको सातौं दिन : ‘अझै घरमा बस्नुस्, रहे फेरि घुमौंला’

    लकडाउनको सातौं दिन : ‘अझै घरमा बस्नुस्, रहे फेरि घुमौंला’

    काठमाडौं : कोरोना भाइरसको जोखिमलाई मध्यनजर गर्दै सरकारले एक हप्तालाई गरेको लकडाउन फेरि ८ दिन थप गरेको छ। आज लकडाउनको सातौं दिनसम्म पुग्दा नेपालममा ५ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ। जसमध्ये एकजना उपचारपछि घर फर्किसकेका छन् भने ४ जना अस्पतालमा नै छन्। लकडाउनको समयमा तरकारी, खाद्यन्न किन्न बाहिर निस्कन नागरिकलाई छुट दिइएको छ। बिहान र बेलुकी तरकारी बजारमा सामान…

    विस्तृतमा पढ्नुस्

  • कोरोनासँग जुध्न तयार करुणा अस्पताल, आफै बनाउँदैछन् 'सेल्फ प्रोटेक्टिभ सुट'

    कोरोनासँग जुध्न तयार करुणा अस्पताल, आफै बनाउँदैछन् 'सेल्फ प्रोटेक्टिभ सुट'

    काठमाडौं : नेपालमा कोरोना संक्रमणको संख्या पाँच पुग्यो। यो संख्या ह्वात्तै बढे के हुन्छ? भन्ने जिज्ञासा धेरैमा छ। अनि यो महामारी फैलिएको अवस्थामा नेपाल कोरोनासँग भिड्न सक्दैन भन्ने अनुमान पनि धेरैले गरेका छन्। यस्ता अनुमानलाई आड दिएको छ – बिरामीसँग प्राय निजी अस्पतालले गरेको व्यवहार र जिम्मेवारीबाट पन्छिन अपनाएको बहानाहरुले। देशका प्राय निजी अस्पतालहरुले कोरोना संक्रमणको शंकामा अस्पताल पुगेका बिरामीहरुको…

    विस्तृतमा पढ्नुस्

  • सेल्फ क्वारेन्टाइनको फुर्सद : सिङ्गो बस्ती नै 'भाइजर बनाउँदै' बाँड्दै

    सेल्फ क्वारेन्टाइनको फुर्सद : सिङ्गो बस्ती नै 'भाइजर बनाउँदै' बाँड्दै

    डिल्लीबजार पिपलबोटबाट पचास मिटरभित्र एउटा सानो बस्ती छ- जस्ता पाताले बनेका टहरै टहराको। २२ जना मानिस रहन्छन् त्यहाँ। उनीहरुको दैनिकी ज्याला मजदुरी गरेरै चलेको थियो। तर, गएको मङ्गलवारदेखि देश लकडाउन हुँदा उनीहरुको काम रोकिएको छ। फुर्सद छ। अभाव पनि। तर, कोरोना भाइरस संक्रमण जोगिनकै लागि पनि सरकारको निर्णयले खुशी छन् यहाँका मानिस। उनीहरुको पनि दिन अरुहरुकै जस्तो समाचार हेरेर बित्छ।…

    विस्तृतमा पढ्नुस्

  • मुर्गा बनाउनदेखि ठिङ्ग्रिङ्ग उभ्याउनसम्मका सजायँ : प्रहरी कर्मचारीलाई नै दिइएन हिँड्न

    मुर्गा बनाउनदेखि ठिङ्ग्रिङ्ग उभ्याउनसम्मका सजायँ : प्रहरी कर्मचारीलाई नै दिइएन हिँड्न

    काठमाडौं : लकडाउनको समयमा कसैलाई पनि घर बाहिर ननिस्किन भनिएको छ। तर, सरकारको अनुरोधको अवज्ञा गर्दै सडकमा हिँड्ने मानिसको सङ्ख्या बढ्दै गएको छ। अवज्ञा गर्ने मानिसको सङ्ख्या बढेपछि अहिले प्रहरीले कारबाही पनि कडा बनाउन थालेको छ। शनिवार मध्यान्हसम्म ५ सय जना मानिसलाई काठमाडौं प्रहरीले कारबाही गरेको थियो। प्रहरीले नियन्त्रणा लिएका उनीहरुलाई परिस्थिति हेरेर कारबाही गरिरहेको छ। अत्यआवश्यक काम जस्तै बिरामी…

    विस्तृतमा पढ्नुस्

  • सन्नाटा शहरको : यस्तो देखियो लकडाउनको चौथो दिन

    सन्नाटा शहरको : यस्तो देखियो लकडाउनको चौथो दिन

    काठमाडौं : कोरोना भाइरसविरुद्ध सर्वसाधारण घरमै रहेको आज चौथो दिन। बिहान खाद्यान्न र तरकारीजस्ता अति आवश्यक वस्तु किनबेचका लागि चहलपहल भए पनि दिउँसो शहरमा सन्नाटा छायो। विश्वका धेरै मुलुकमा यस्तै सन्नाटा छ यतिखेर। तर, सधैं यस्तै अवस्था भने रहने छैन। संक्रमणको एउटा विशेषता भनेकै - यो केही अवधिका लागि हुन्छ। त्यसैले यस्तो अवस्थामा जसले भयरहित भएर रहन सक्छ उसलाई सहज…

    विस्तृतमा पढ्नुस्

  • नेपाल मेडिकल शिक्षण अस्पतालमा यस्तो छ कोभिड-१९ विरुद्धको तयारी

    नेपाल मेडिकल शिक्षण अस्पतालमा यस्तो छ कोभिड-१९ विरुद्धको तयारी

    जोरपाटीस्थित नेपाल मेडिकल कलेज शिक्षण अस्पतालले छुट्टै कक्ष स्थापना गरी कोराना भाइरस (कोभिड-१९)का सम्भावित बिरामीको जाँच शुरु गरेका छ। तीन दिनअघि देखि शुरु गरिएको कक्षमा कोभिड-१९ का सम्भावित बिरामीहरुको ज्वरो जाँच गरिन्छ। उच्च ज्वरो आएका अथवा कोभिड-१९ को कुनै पनि लक्षण देखिएका बिरामीलाई सोही कक्षमा जाँच गरिन्छ। स्वास्थ्यकर्मीहरुले अस्पतालमा आउने जोकोहीको पनि ज्वरो लगायतका जाँच गर्ने गरेका छन्। कम ज्वरो…

    विस्तृतमा पढ्नुस्

  • काठमाडौंका सडकमा ‘डिस्इन्फेक्टेन्ट स्प्रे’ छर्किँदै महानगर

    काठमाडौंका सडकमा ‘डिस्इन्फेक्टेन्ट स्प्रे’ छर्किँदै महानगर

    काठमाडौं : काठमाडौं महानगरपालिकाले कोरोना भाइरसको नियन्त्रण तथा रोकथामका लागि सडकमा ‘डिस्इन्फेक्टेन्ट स्प्रे’ छर्किन शुरु गरेको छ। महानगरले आज तीन वटा ट्यांकरमार्फत विभिन्न स्थानहरुमा स्प्रे छर्किएको हो। भोलिदेखि आठ ट्यांकरबाट स्प्रे छर्किने महानगरले जनाएको छ। ‘डिस्इन्फेक्टेन्ट स्प्रे’ले भाइरसलाई निश्क्रिय तथा नष्ट गर्ने गर्दछ।

    विस्तृतमा पढ्नुस्

  • भान्साको जोहो नि गर्नैपर्‍यो…, यसरी किनमेलमा निस्किए राजधानीबासी

    भान्साको जोहो नि गर्नैपर्‍यो…, यसरी किनमेलमा निस्किए राजधानीबासी

    कोरोना संक्रमण रोकथामका लागि सरकारले आजबाट देशभर लकडाउन शुरु गरेको छ। लकडाउनमा अतिआवश्यक सामग्री किनमेलमा भने सरकारले छुट दिएको छ। औषधि उपचार, खाद्य वस्तु खरिद जस्ता अत्यावश्यक कामका लागि सरकारले छुट दिने निर्णय गरेको हो। कोरोना भाइरस(कोभिड १९) को त्रासपछि सुनसान बन्दै गएको राजधानीमा फट्टफुट्ट खाद्यन्न पसल खुलेका छन्। ती पसलमा भान्साको जोहो गर्न सर्वसाधारण यसरी निस्किएका थिए।

    विस्तृतमा पढ्नुस्

  • अटेरी गर्दै कुदिरहेका हामी: प्रहरीलाई सम्झाउनै हम्मे-हम्मे, 'सर कसका लागि हो र लक डाउन?'

    अटेरी गर्दै कुदिरहेका हामी: प्रहरीलाई सम्झाउनै हम्मे-हम्मे, 'सर कसका लागि हो र लक डाउन?'

    काठमाडौं :  सरकारले कोरोना भाइरसको संक्रमण फैलिन नदिने भन्दै आज बिहानबाट देशभर 'लकडाउन' घोषणा गरेको छ। एक हप्तासम्म लागू हुने लकडाउनका समयमा अत्यावश्यक र अधिकार प्राप्त सवारी साधन बाहेक अन्य सवारी साधन संचालनमा रोक लगाइएको छ। नागरिकहरुलाई समेत घरबाट बाहिर ननिस्कन आग्रह गरिएको छ।  यद्यपि, 'लकडाउन' को समयमा केही मानिसहरु निजि सवारी साधन सहित सडकमा निस्किए। बजार घुम्न हिँडे।  राजधानीको अधिकांश…

    विस्तृतमा पढ्नुस्

  • लक डाउन सुरु : ननिस्किनुस् है बाहिर, कोरोनाबाट जोगिनुस्, अरुलाई पनि जोगाउनुस्

    लक डाउन सुरु : ननिस्किनुस् है बाहिर, कोरोनाबाट जोगिनुस्, अरुलाई पनि जोगाउनुस्

    काठमाडौं : मानिसहरुको जमघट बन्द गराउने उद्देश्यसहितको लक डाउन सुरु भएको छ। बिहान ६ बजे सुरु भएको लकडाउनका कारण सडक सुनसान देखिएको छ। कोरोना भाइरसको संक्रमणबाट बच्नका लागि सरकारले आजबाट सबैखाले गतिविधिमा रोक लगाएको हो।  लकडाउनमा के के नगर्ने? १. औषधि उपचार, खाद्य वस्तु खरीद जस्ता अत्यावश्यक कामबाहेक कोही पनि घरबाट बाहिर ननिस्कने। तपाईँ बिरामी पर्नुभयो भने उपचारको लागि निस्किन…

    विस्तृतमा पढ्नुस्

  • शहर धमाधम यसरी हुँदैछ 'सेल्फ लकडाउन'

    शहर धमाधम यसरी हुँदैछ 'सेल्फ लकडाउन'

    काठमाडौं : कोभिड १९ (कोरोना भाइरस) रोकथाम गर्ने भन्दै सरकारले आजबाट अत्यावश्यक सेवा प्रदान गर्ने निजी र सरकारी कार्यालयबाहेक सबै बन्द गर्न आग्रह गरेको छ। जसले गर्दा सधैंजसो व्यस्त रहने काठमाडौंका मुख्यमुख्य स्थानहरु आजबाट खाली भएका छन्। धेरै संख्यामा मानिसहरु गाउँ फर्किएका छन्। सडक सुनसान बनेको छ। काठमाडौंमा रहेको सपिङ मलहरु आजबाट अनिश्चित समयसम्मका लागि बन्द भएका छन्। व्यापारीहरुले स्वस्फूर्त रुपमा आफ्ना पसलहरु बन्द गरेका…

    विस्तृतमा पढ्नुस्

  • नमाज पढ्न नपाएका मुसलमानहरु निराश, तर पैगम्बरको सन्देश : महामारी फैलिन सक्ने ठाउँमा नजाउ

    नमाज पढ्न नपाएका मुसलमानहरु निराश, तर पैगम्बरको सन्देश : महामारी फैलिन सक्ने ठाउँमा नजाउ

    मोहम्मद हुसेन राजा हरेक साता शुक्रबार जमलस्थित पञ्च काश्मिरी तकिया अर्थात् कश्मिरी मस्जिद धाउँछन्। किनकि शुक्रबार मस्जिदहरुमा विशेष नमाज पढिन्छ। जुम्मा (विशेष) नमाज पढ्ने दिन उनी साताभर आफूले गरेको कर्म र व्यवहारको समीक्षा गर्छन्। गल्तीका लागि माफी माग्छन् अनि आउँदो साताका लागि 'दुवा' माग्छन्। आज पनि उनी काश्मिरी मस्जिद पुगे। ६ वर्षीय छोरा नूर अहमद राजालाई डोहोर्‍याउँदै। सधैंजस्तै मस्जिदको ढोकामा मानिसको…

    विस्तृतमा पढ्नुस्


@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell