PahiloPost

May 7, 2024 | २५ बैशाख २०८१

  • सरकारविरुद्ध विद्यार्थीको मसाल जुलुस, स्वास्थ्यमन्त्रीको पुतला दहन

    सरकारविरुद्ध विद्यार्थीको मसाल जुलुस, स्वास्थ्यमन्त्रीको पुतला दहन

    सरकारले कोरोना भाइरसको नियन्त्रण तथा रोकथामका लागि पर्याप्त कदम नचालेको भन्दै विद्यार्थीहरुले मसाल जुलुस निकालेका छन्। विद्यार्थीहरुले जोरपाटी क्षेत्रमा सरकारविरुद्ध मसाल जुलुस निकालेका हुन्। उनीहरुले स्वास्थ्यमन्त्री भानुभक्त ढकालको पुतला दहन समेत गरेका छन्। जुलुसलाई प्रहरीले हस्तक्षेप गरेको छ। सो क्रममा केही विद्यार्थीहरु पक्राउ समेत परेका छन्।

    विस्तृतमा पढ्नुस्

  • न्यूरोडमा व्यापारीको प्रदर्शन,'रहरले होइन बाध्यताले सडकमा, सरकार कहाँ छ ?'

    न्यूरोडमा व्यापारीको प्रदर्शन,'रहरले होइन बाध्यताले सडकमा, सरकार कहाँ छ ?'

    काठमाडौं : कोरोना भाइरसको संक्रमण नियन्त्रण गर्न भन्दै सरकारले लकडाउन गरेको आज ७९ दिन भइसकेको छ। व्यापार व्यवसायहरु सबै ठप्प छन्। संक्रमितको संख्या बढ्दै गएको छ। मृतकको संख्या पनि बढ्दै छ। यसबीच घरभित्रै थुनिएका सर्वसाधरणहरु लकडाउनलाई सरलीकरण गर्दै खुकुलो बनाउनुपर्ने माग गर्दैछन्। तर, सरकारले हालसम्म कुनै मोडालिटी टुंगो लगाउन सकेको छैन। यता व्यापारीहरुले सरकारले लकडाउन खुकुलो बनाएर व्यापार गर्ने वातावरण…

    विस्तृतमा पढ्नुस्

  • अमेरिकाको 'ब्ल्याक लाइभ्स म्याटर' शैलीमा सरकारविरुद्ध बालुवाटारमा प्रदर्शन, शान्त आन्दोलनकारी, अराजक प्रहरी

    अमेरिकाको 'ब्ल्याक लाइभ्स म्याटर' शैलीमा सरकारविरुद्ध बालुवाटारमा प्रदर्शन, शान्त आन्दोलनकारी, अराजक प्रहरी

    काठमाडौं : यही साता फेसबुकमा एउटा ग्रुप सक्रिय भयो - 'कोभिड १९ नेपाल, इनफ इज इनफ'। यस ग्रुपमा युवाहरु कोरोनाको महामारीबीच सरकारले गरेको कामलाई लिएर छलफलमा जुटे। उनीहरुले सरकारले गरिरहेको आरडीटी परीक्षणको औचित्य नदेखिएको निस्कर्ष निकाले। लकडाउन चलिरहँदा सरकारको गति चित्त नबुझेपछि सरकारलाई दवाव दिने योजना बन्यो। त्यही अनुरुप आज बिहान १० बजे बालुवाटारस्थित प्रधानमन्त्री निवास नजिकै युवाहरु जम्मा भए। 'सरकार…

    विस्तृतमा पढ्नुस्

  • लकडाउनमा स्यानिटरी प्याड बनाउँदै युवाहरु, उद्देश्य निशुल्क बाँड्नु

    लकडाउनमा स्यानिटरी प्याड बनाउँदै युवाहरु, उद्देश्य निशुल्क बाँड्नु

    काठमाडौं : २०७६ साल चैतको पहिलो साता काठमाडौंमा कोरोना भाइरसको भय देखिन सुरु भइसकेको थियो। देशभर एक्टिभ केस नहुँदा छिमेकी राष्ट्रहरुमा संक्रमण फैलिएसँगै राजधानीमा समेत त्यसको प्रभाव पर्‍यो। भौतिक दुरी कायम गर्नु, स्यानिटाइजर र मास्कको प्रयोग गर्नु लगायतका सावधानी अपनाउन थाले राजधानीवासीले। सिनामंगलमा रहेको मिरमिरे युवा समाजले आफ्नो टोल वरिपरि जनचेतना फैलाउने काम गर्‍यो त्योबेला। काठमाडौंमा दोस्रो कोरोना संक्रमितको पहिचान…

    विस्तृतमा पढ्नुस्

  • मध्यरातमा एकीकरणको निर्णय, झिसमिसे साँझमा कानुनी प्रक्रिया पूराः जसपा आयोगमा दर्ता हेर्नुस् तस्विरमा

    मध्यरातमा एकीकरणको निर्णय, झिसमिसे साँझमा कानुनी प्रक्रिया पूराः जसपा आयोगमा दर्ता हेर्नुस् तस्विरमा

    मध्यरातमा सुरु भएको जनता समाजवादी दलको एकीकरण प्रक्रियाले पूर्णता पाएको छ। सरकारले दल विभाजन सहज हुने अध्यादेश ल्याएपछि रातारात दुई मधेश केन्द्रित दल एकीकृत भएका थिए। राष्ट्रिय जनता पार्टी (राजपा) नेपाल र समाजवादी पार्टी मिलेर जनता समाजवादी पार्टी नेपाल गठनको सहमति भएको थियो। सहमति अनुसार वैशाख ११ गतेबाट निर्वाचन आयोगमा दल दर्ताको प्रक्रिया सुरु भएको थियो। उक्त प्रक्रिया ४५ दिनभित्र…

    विस्तृतमा पढ्नुस्

  • फर्की आएँ आफ्नै देश : म्यानमारको सैनिक विमानबाट काठमाडौं आइपुगे नेपाली

    फर्की आएँ आफ्नै देश : म्यानमारको सैनिक विमानबाट काठमाडौं आइपुगे नेपाली

    काठमाडौं : म्यानमारको सैनिक विमानबाट नेपालीहरु काठमाडौं उत्रिएका छन्। त्रिभुवन विमानस्थलमा ओर्लिएका उनीहरुलाई त्यहाँबाट धुम्बाराही लगिएको छ। होल्डिङ सेन्टरमा राखेपछि उनीहरुलाई क्वारेन्टाइनका लागि पठाइने छ। नेपालीलाई लिएर त्यहाँको सैन्य विमान आज बिहान ७ बजे उडेको थियो। विमानबाट २६ जना नेपाली आएका हुन्। यो विमानले नेपालमा रहेका म्यानमारका नागरिकलाई लिएर फर्किँदैछ। लकडाउनपछि चीनबाट ल्याइएका नेपालीहरुपछि औपचारिक रुपमा नेपाल फर्किँदै गरेको यो…

    विस्तृतमा पढ्नुस्

  • बौद्ध जोरपाटीमा खुल्यो पसल: 'रहरले होइन कहरले पसल खोल्न बाध्य भयौँ'

    बौद्ध जोरपाटीमा खुल्यो पसल: 'रहरले होइन कहरले पसल खोल्न बाध्य भयौँ'

    काठमाडौँ: देश लकडाउनमा छ। कोरोना भाइरसको संक्रमण पनि बढिरहेको छ। व्यापार व्यवसाय बन्द छ। नागरिकहरुको जम्मा पुँजी सकिँदै गएको छ। घरभित्रै थुनिएका नागरिक सरकारले लकडाउनको विकल्प नसोचेको भन्दै विरोधमा उत्रिएका छन्। लकडाउनको ७३ दिन पुग्दासम्म सरकारले मोडालिटी बनाउन नसकेको भन्दै व्यापारीहरुले उल्लंघन गर्ने थालेका छन्। मंगलबार जोरपाटीका व्यापारीहरुले सडकमा निस्किएर पसल खोल्न पाउनुपर्ने माग गरे। बिहीबार लकडाउन उल्लंघन गर्दै पसल खोले। बौद्ध…

    विस्तृतमा पढ्नुस्

  • टिचिङमा कोरोनाले ज्यान लिएका वृद्धको अन्त्येष्टि पशुपतिमा, शव व्यवस्थापनमा खटियो सेना

    टिचिङमा कोरोनाले ज्यान लिएका वृद्धको अन्त्येष्टि पशुपतिमा, शव व्यवस्थापनमा खटियो सेना

    काठमाडौं : कोरोना संक्रमणका कारण मृत्यु भएका ७६ वर्षीय वृद्धको पशुपति आर्यघाटमा अन्त्येष्टि गरिने भएको छ। उनको शवलाई नेपाली सेनाको शव व्यवस्थापन टिमले आर्यघाट लैजाने तयारी गरेको छ। काठमाडौंको त्रिवि शिक्षण अस्पतालमा उपचाररत् दोलखाका एक पुरुषको कोरोना भाइरसको संक्रमणबाट मृत्यु भएको थियो। काठमाडौं मेडिकल कलेजमा शल्यक्रियापछि उनलाई टिचिङ लगिएको थियो। १५ गते उनको स्वाब परीक्षण गरिँदा कोरोना पोजेटिभ देखिएको थियो।…

    विस्तृतमा पढ्नुस्

  • 'तिमीहरु भन्छौ डाक्टर भगवान् हुन् तर किन हामीलाई कुकुर सरह व्यवहार गर्छौ?'

    'तिमीहरु भन्छौ डाक्टर भगवान् हुन् तर किन हामीलाई कुकुर सरह व्यवहार गर्छौ?'

    काठमाडौं : आइतबार नेपाल मेडिकल कलेज शिक्षण अस्पतालमा सेतो एप्रोन लगाएर उभिएका मानिसहरु हातमा विभिन्न नारा अंकित प्लेकार्ड लिएर उभिए। उनीहरुले बोकेको प्लेकार्डहरुमा लेखिएको थियो - 'हिंसाविरुद्ध उभिउँ', 'न्याय ढिला हुनु नै अन्याय हो', 'सुरक्षाबीना सेवा दिन सक्दैनौं', 'प्रमाण नष्ट गर्नेहरु अपराधी हुन्।' यसरी उभिने डाक्टर हुन्। आन्दोलनमा उत्रिएका, आफ्नै सुरक्षाको मागसहित। किनकि बुधवार उक्त अस्पतालका दुई चिकित्सक कुटिए। बिरामीको…

    विस्तृतमा पढ्नुस्

  • स्याल समात्न पासो थाप्दा पर्‍यो चितुवा, चिडियाखानामा राख्ने ठाउँ नभएकाले उद्दारपछि वनमै छोडिँदै

    स्याल समात्न पासो थाप्दा पर्‍यो चितुवा, चिडियाखानामा राख्ने ठाउँ नभएकाले उद्दारपछि वनमै छोडिँदै

    काठमाडौं : सधैं स्यालले कुखुरा थुतेर लैजान थालेपछि हैरान बनेका कीर्तिपूर मच्छेगाउँमा स्थानीयले पासो नै थाप्न थाले। स्याल समात्न थापेको पासोमा एकदिन चितुवा आउला भन्ने के थाहा? तर भयो त्यस्तै। हिजो राति थापेको पासोमा स्याल पर्‍यो भन्दै बाहिर निस्केर हेरेका थिए, त्यहाँ त चितुवा पो रहेछ। लकडाउन बढ्दै जाँदा कीर्तिपुर आसपास चितुवाको आतंक नै बढ्दै आएको छ। कीर्तिपुरको टीयू गेट…

    विस्तृतमा पढ्नुस्

  • बजेट ब्रिफकेसको रंग हरेक वर्ष फेरिँदै, तेस्रो बजेट प्रस्तुतिका लागि पुग्दा संसद बाहिरदेखि भित्रसम्म जे देखियो

    बजेट ब्रिफकेसको रंग हरेक वर्ष फेरिँदै, तेस्रो बजेट प्रस्तुतिका लागि पुग्दा संसद बाहिरदेखि भित्रसम्म जे देखियो

    काठमाडौं : अर्थमन्त्री डा. युवराज खतिवडाले बिहीवार आर्थिक वर्ष २०७७/७८ को बजेट प्रस्तुत गरे। यो समेत गरी तीन वटा बजेट प्रस्तुत गरेका खतिवडाले हरेक वर्ष ब्रिफकेस फेरेको देखिएको छ। पहिलो बजेट उनले पहेलो रंगको ब्रिफकेसमा हालेर संसद पुगेका थिए उनी। दोस्रो बजेट कालो रंगको ब्रिफकेसमा हालेर लगेका थिए। यसपटक भने खतिवडा कलेजी रंगको ब्रिफकेसमा संसद पुगे। प्रधानमन्त्री केपी शर्मा ओलीदेखि…

    विस्तृतमा पढ्नुस्

  • प्रहरीमा कोरोना सङ्क्रमण त्रास, सुरक्षित भएर काम गर्न पीपीईको साथ

    प्रहरीमा कोरोना सङ्क्रमण त्रास, सुरक्षित भएर काम गर्न पीपीईको साथ

    काठमाडौः पछिल्लो समय थपिएका कोरोना सङ्क्रमित सूचीमा दुई प्रहरी परे जो दैनिक रूपमा काम गर्दै आएका थिए। समूहमा बस्नुपर्ने, क्वारेनटाइन, सडकदेखि सीमा नाकासम्म प्रहरीले नै ड्युटी गर्नु पर्ने भएपछि अहिले प्रहरी धेरै जोखिममा छन्। झन् महानगरीय प्रहरी वृत्त कालीमाटीमा कार्यरत दुई प्रहरीमा सङ्क्रमण देखिएपछि प्रहरी सचेत भएको छ। मङ्गलवार माइतीघर मण्डलामा पनि यस्तै दृश्य देखियो। रुकुम पश्चिम, चौरजहारी भएको घटनामा…

    विस्तृतमा पढ्नुस्

  • लकडाउनको ६० औँ दिनमा यस्तो देखियो उपत्यकाको जनजीवन

    लकडाउनको ६० औँ दिनमा यस्तो देखियो उपत्यकाको जनजीवन

    कोरोना भाइरस (कोभिड-१९)को संक्रमण नियन्त्रण तथा रोकथाम गर्न सरकारले जारी गरेको लकडाउनको शुक्रवार ६० औँ दिन बितेको छ। लकडाउनको दुई महिना बित्दा यसले जनवजीवन नराम्ररी प्रभावित भएको छ। गत चैत ११ गतेदेखि सरकारले जारी गरेको लकडाउन हालसम्म पनि जारी हुँदा जनजीवन कष्टकर बन्दै गएको छ। यतिबेला अत्यावश्यक बाहेकका सबै सेवा बन्द छन्। विभिन्न समयमा लकडाउन खुकुलो हुने हल्ला चलेपनि देशभर…

    विस्तृतमा पढ्नुस्

  • मुलपानीको एक गाई फार्ममा आगलागी, चार गाईको जलेर मृत्यु

    मुलपानीको एक गाई फार्ममा आगलागी, चार गाईको जलेर मृत्यु

    काठमाडौं: काठमाडौंको मुलपानीमा रहेको एक गाई फार्ममा आगलागी भएको छ। हरि ढकालद्वारा सञ्चालित फार्ममा आगलागी हुँदा चार वटा गाईको जलेर मृत्यु भएको छ। केही गाई घाइते भएका छन्। गाई फार्म पूर्णरुपमा नष्ट भएको बताएको छ। आगलागीको कारणबारे केही खुलेको छैन। आगलागीबारे अनुसन्धान सुरु गरेको महानगरीय प्रहरी वृत्त बौद्धका डिएसपी नवीन कार्कीले बताए। 

    विस्तृतमा पढ्नुस्

  • कोरोना संक्रमित बढ्दा काठमाडौंका कोर एरियामा यस्तो छेकबार, पालैपालो गस्तीमा स्थानीय

    कोरोना संक्रमित बढ्दा काठमाडौंका कोर एरियामा यस्तो छेकबार, पालैपालो गस्तीमा स्थानीय

    काठमाडौं : कोरोना संक्रमणका कारण नेपालमा दुई जनाको मृत्यु भएको छ भने संक्रमिण बढेर सोमवार रातिसम्म दुई सय ९५ जना पुगेको छ। फैलिँदो संक्रमणबाट कसरी जोगिने त? संक्रमणबाट जोगिन लकडाउन छ, यद्यपि आफू जोगिन स्थानीयस्तरमा आफ्ना टोलमा प्रवेश निषेशको विधि अपनाउन थालिएको देखिन्छ। काठमाडौंका कोर एरियामासमेत स्थानीयहरुले गल्लीभित्र प्रवेश गर्ने ठाउँमा बाँसका बारदेखि फलामे गेट लगाएको देखिन्छ। जोरपाटी होस या…

    विस्तृतमा पढ्नुस्

  • कोरोनाबाट मृत्यु भएकी महिलाको यसरी गरियो अन्त्येष्टि

    कोरोनाबाट मृत्यु भएकी महिलाको यसरी गरियो अन्त्येष्टि

    काठमाडौंः कोरोना संक्रमणका कारण मृत्यु भएकी सिन्धुपाल्चोक बाह्रविसेकी २९ वर्षीया महिलाको दाहसस्कार  गरिएको छ। शनिवार सुरक्षा व्यवस्थाको साथ पिंगलास्थानमा रहेको विद्युतीय शव दाह गृहमा अन्तेष्टि गरिएको हो। बिहीवार राति उपचारको लागि धुलिखेल अस्पताल लग्दै गर्दा उनको मृत्यु भएको थियो।  शनिवार राति महिलाको शवलाई धुलिखेल अस्पतालबाट सुरक्षा अपनाएर सुरक्षाकर्मीको स्कटिङसहित पिंगलास्थानको शवदाह गृहमा ल्याइएको थियो। नेपाली सेना, प्रहरी सहितको टोलीले धुलिखेलबाट…

    विस्तृतमा पढ्नुस्

  • 'नेपालको सार्वभौमसत्ताको सम्मान गर्' भन्दै भारतीय दूतावास अगाडि पुगेका अधिकारकर्मीहरु प्रहरी नियन्त्रणमा

    'नेपालको सार्वभौमसत्ताको सम्मान गर्' भन्दै भारतीय दूतावास अगाडि पुगेका अधिकारकर्मीहरु प्रहरी नियन्त्रणमा

    नेपालस्थित भारतीय दूतावास अगाडि धर्ना बसेका मानव अधिकारकर्मीहरु पक्राउ परेका छन्। भारत सरकारले लिपुलेक मिचेर सडक निर्माण गरेको विषयमा विरोध जनाउँदै २२ जना मानव अधिकारकर्मी लैनचौरस्थित दूतावास अगाडि पुगेका थिए। मानवअधिकारकर्मी कृष्ण पहाडी, उत्तम पुडासैनी, बटुकृष्ण ढुंगेल, बलबहादुर मगर, गीता तिमल्सिना, उमा गौतम, लक्ष्मी राना पुडासैनी, माया भट्टराई लगायतलाई सोह्रखुट्टे प्रहरी वृत्त पुर्‍याइएको छ। 'लिपुलेक सडक निर्माण तत्काल रोक', 'लिपुलेक…

    विस्तृतमा पढ्नुस्

  • आफ्ना नेतालाई रिहाईको मागसहित थलीमा नेविसंघको मसाल प्रदर्शन, पक्राउ परे प्रदर्शनकारी

    आफ्ना नेतालाई रिहाईको मागसहित थलीमा नेविसंघको मसाल प्रदर्शन, पक्राउ परे प्रदर्शनकारी

    काठमाडौं: नेपाल विद्यार्थी संघले काठमाडौंको थलीमा मसाल जुलुस निकालेको छ। नेविसंघले प्रहरीले पक्राउ गरेका विद्यार्थीलाई रिहाई गर्न माग गर्दै सोमवार साँझ मसालसहित प्रदर्शन गरेको हो। भारतले सीमा मिचेको बिरोधमा तथा आन्दोलनरत विद्यार्थीलाई पक्राउ गरेको बिरोधमा जुलुस निकालेको थियो। भारत सरकारको कदमको विरोध गर्दै नेविसंघले दिउँसो प्रदर्शन गरेको थियो। प्रदर्शनस्थलबाट पक्राउ परेका नेविसंघ नेताहरुलाई महेन्द्र पुलिस क्लबमा राखिएको छ। राँके जुलुसमा…

    विस्तृतमा पढ्नुस्

  • संसद अगाडि विद्यार्थीको प्रहरीसँग घम्साघम्सी

    संसद अगाडि विद्यार्थीको प्रहरीसँग घम्साघम्सी

    काठमाडौं : नेपाली भूमि हुँदै लिपुलेक जोड्ने भारतीय कदमविरुद्ध प्रदर्शनमा उत्रिएका विद्यार्थीहरु पक्राउ परेका छन्। संसद भवनमा कालो झन्डासहित विरोध गर्न पुगेकाहरुसँग प्रहरीको घम्साघम्सी भएको थियो। संसद भवनको गेटमा पुगेका विद्यार्थीहरुले प्रहरीसँग भिड्दै गेटमा लात्ताले हानेका थिए।  कुनै पनि संगठनको ब्यानर नलिइ संसद बैठक सुरु हुनासाथ उनीहरु विरोधमा उत्रिएका थिए। करिब १० देखि १५ जना विद्यार्थीहरु आन्दोलनमा उत्रिएका थिए। उत्रिएका…

    विस्तृतमा पढ्नुस्

  • दूतावास अगाडिमात्र होइन, कालो झन्डा लिएर माइतीघरमा उत्रिएका विद्यार्थी पनि पक्राउ

    दूतावास अगाडिमात्र होइन, कालो झन्डा लिएर माइतीघरमा उत्रिएका विद्यार्थी पनि पक्राउ

    काठमाडौं : नेपाली भूमिबाट लिपुलेक हुँदै चीनको मानसरोवर जाने बाटो बनाएको विषयलाई लिएर राजधानीमा आज विरोध प्रदर्शन जारी छ। भारतीय दूतावास अगाडि प्रदर्शनमा पुगेका सत्तारुढ दलका विद्यार्थी नेता तथा कार्यकर्तालाई प्रहरीले पक्राउ गरेको छ। त्यसैगरी माइतीघर मण्डलमा कालो झन्डा लिएर विरोधमा उत्रिएका विद्यार्थीहरुलाई पनि प्रहरीले पक्राउ गरेको छ। दार्चुलामा भारतले नेपाली भूमिबाट चीनको तिब्बतमा रहेको तीर्थस्थल मानसरोबर जाने बाट बनाएको…

    विस्तृतमा पढ्नुस्


@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell