PahiloPost

May 1, 2024 | १९ बैशाख २०८१

  • शुरु भयो मुसा वर्ष : राजधानीमा यस्तो देखियो ग्याल्पो ल्होसारको उल्लास

    शुरु भयो मुसा वर्ष : राजधानीमा यस्तो देखियो ग्याल्पो ल्होसारको उल्लास

    काठमाडौं : शेर्पा समुदायले ग्याल्पो ल्होसार विविध कार्यक्रम गरी मनाएको छ। शेर्पा समुदायले २१४७ औँ नयाँ वर्षको सुरुवातसँगै ल्होसार मनाएको हो। हरेक वर्ष फागुन शूक्ल प्रतिपदाका दिन यो पर्व मनाउने गरिन्छ। मुसा, गाई, बाघ, खरायो, ड्रागन (मेघ), सर्प, घोडा, भेडा, बाँदर, चरा, कुकुर र बराह गरी १२ वर्गमा ग्याल्पो ल्होसारलाई विभाजन गरिएको छ। सोमवार बराह वर्ष पूरा भइ मुसा वर्ष शुरु भएको हो।…

    विस्तृतमा पढ्नुस्

  • कोरोना भाइरसविरुद्ध चीनको अभियानप्रति नेपालीको ऐक्यवद्धता, हेर्नुस् दर्जन फोटोमा

    कोरोना भाइरसविरुद्ध चीनको अभियानप्रति नेपालीको ऐक्यवद्धता, हेर्नुस् दर्जन फोटोमा

    काठमाडौं : चीनमा महामारीको रुपमा फैलिएको नोवेल कोरोना भाइरस (कोभिड-१९) विरुद्धको चिनियाँ अभियानप्रति नेपालमा नागरिक स्तरबाट ऐक्यवद्धता प्रकट भएको छ। नेपाल चीन हिमालय फ्रेन्डसिप सोसाइटी र फाउण्डेसन फर ट्रान्स हिमालय रिसर्च एण्ड स्टडिजले आइतवार काठमाडौंको वसन्तपुरमा चिनियाँ अभियानप्रति ऐक्यवद्धता स्वरुप दीप प्रज्ज्वलन गरेको छ। 'नेपाल चीन सम्बन्ध हिमाल जस्तै माथि विपत्तिमा साथ हाम्रो युगौँ युगको साथी' नारासहित गरिएको कार्यक्रममा सांसदहरु,…

    विस्तृतमा पढ्नुस्

  • आँखाले मात्र होइन हातले लुछ्यो पशुपतिमा सजाइएको फूलहरुको सौन्दर्य

    आँखाले मात्र होइन हातले लुछ्यो पशुपतिमा सजाइएको फूलहरुको सौन्दर्य

    काठमाडौं : शिवरात्रिका लागि फूलैफूलले सजाइएको पशुपति क्षेत्र एकाएक रंग उडेको जस्तो देखिएको छ। बिहीबार र शुक्रबार रंगीचंगी फूलले सजाएर आकर्षित देखिएको पशुपति फूल चोरी भएपछि फुङ्ग देखिएको हो। शिवरात्रिका लागि सजाइएका फूलहरु रातारात चोरी भए पशुपति दर्शनका लागि पुगेका मानिसले फूलहरु थुतेर लगेकाले एकै दिनमा यसको सौन्दर्य गुमेको हो। व्यानर तथा अन्य सामाग्री पनि च्यातिएका छन्। शिवरात्रिको लागि पशुपति क्षेत्र विकास कोषले ठूलै खर्चमा फूलहरुले सजाएको थियो। तर,…

    विस्तृतमा पढ्नुस्

  • टुँडिखेलमा सैनिक कौशल देखाउँदै यसरी मनाइयो सेना दिवस

    टुँडिखेलमा सैनिक कौशल देखाउँदै यसरी मनाइयो सेना दिवस

    नेपाली सेनाले शुक्रवार काठमाडौंको टुँडिखेलमा विशेष कार्यक्रम गरी सेना दिवस मनाएको छ। कार्यक्रममा नेपाली सेनाले सैनिक कौशल प्रदर्शनी गरेको थियो। कार्यक्रममा राष्ट्रपति विद्यादेवी भण्डारी, उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री केपी शर्मा ओली, सर्वोच्च अदालतका प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरा, प्रतिनिधि सभाका सभमुख अग्नि प्रसाद सापकोटा, राष्ट्रिय सभाका अध्यक्ष गणेश तिमल्सिना लगायतको सहभागितामा सेनाले आफ्नो कौशल देखाएको थियो। २०४७ सालबाट नेपाली सेनाले महाशिवरात्रीको…

    विस्तृतमा पढ्नुस्

  • जय शम्भो...

    जय शम्भो...

    काठमाडौः आज महाशिवरात्रि। पशुपतिनाथ मन्दिरलगायत देशभरका शिवालयमा देवादीदेव महादेवको पूजा आराधना गर्ने भक्तजनको बिहानैदेखि भीड लागेको छ। पशुपति मन्दिर परिसरमा सयौंको संख्यामा नागा बाबाहरु आएका छन्। धेरैजसो बाबाहरु भारतबाट आएका छन्। गत वर्षको भन्दा यो पटक अहिलेसम्म भक्तजनहरुको घुइँचो कमै देखिएको छ। तर मध्यान्हबाट भने भीड बढ्ने देखिन्छ। किनकी शिवरात्रीका दिन धेरै संख्यामा युवायुवती दिउँसोबाट पशुपति पुग्ने गर्छन्। धेरैको उद्देश्य…

    विस्तृतमा पढ्नुस्

  • शिवरात्रिका लागि मध्यरातमा चम्किएको पशुपति

    शिवरात्रिका लागि मध्यरातमा चम्किएको पशुपति

    महाशिवरात्रिका लागि पशुपतिनाथ मन्दिर तयार छ। यसपटक पशुपति मन्दिर प्रवेश गर्ने बाटोहरु फूलैफूलले सजाइएको छ। सडकभरी झिलिमिलि बत्ती बालिएको छ। दाताहरुको सहयोगमा पशुपति विकास कोषले नेपाल भ्रमण वर्ष २०२० को प्रचार स्वरुप पशुपतिलाई सिंगार्ने काम गरेको हो। पशुपति मन्दिर प्रवेश गर्ने सबै ढोकाहरुलाई कलात्मक ढंगले नयाँ स्वरुप प्रदान गरिएको छ। बिहिवार साँझदेखि नै पशुपति मन्दिर पुगेर शिवको पूजा गर्नेहरुको घुइँचो…

    विस्तृतमा पढ्नुस्

  • शिवरात्रिको पूर्वसन्ध्यामा नागा बाबाहरुको बेग्लै ताल

    शिवरात्रिको पूर्वसन्ध्यामा नागा बाबाहरुको बेग्लै ताल

    काठमाडौं : शुक्रवार महाशिवरात्री। काठमाडौंस्थित पशुपतिनाथ मन्दिरमा धेरै संख्यामा भक्तजनहरु पुग्ने गर्छन्। यसैबीच पशुपति मन्दिर परिसरमा सयौंको संख्यामा नागा बाबाहरु पुगेका छन्। धेरैजसो बाबाहरु भारतबाट आएका हुन्। केही दिन यता पशुपतिमा शरीरमा खरानी दलेर बसेका नागाहरु हेर्नेहरु भिड लागेको छ। नागाहरु मोक्षको खोजीमा हरेक वर्ष शिवरात्रीका दिन पशुपति पुग्ने गर्छन्। पशुपति विकास कोषले नागा बाबाहरुको खाना र बसोवासको व्यवस्था गरेको छ।…

    विस्तृतमा पढ्नुस्

  • पशुपतिमा थ्रिडी सेल्फी प्वाइन्ट, शिवरात्रीका लागि फूलमाला र बत्तीले यसरी सजिँदै

    पशुपतिमा थ्रिडी सेल्फी प्वाइन्ट, शिवरात्रीका लागि फूलमाला र बत्तीले यसरी सजिँदै

    शुक्रवार महाशिवरात्री। करिब दश लाख भक्तजन सो दिन पाशुपत क्षेत्रमा पुग्ने अनुमान गरिएको छ। महाशिवरात्रीको तयारी स्वरुप यतिखेर विश्व सम्पदा सूचीमा सूचीकृत पशुपति मन्दिर परिसरलाई सजाउने काम भइरहेको छ। गत वर्षहरुमा भन्दा यसपटक शिवरात्रीलाई फरक बनाउने उद्देश्य सहित फूलमालाले पशुपति क्षेत्रलाई सिंगार्ने काम भइरहेको पशुपति विकास कोषले जनाएको छ। वनकाली र जयवागेश्वरीबाट पशुपति जाने बाटोबाट लहरै मखमली फूलले सजाउने काम…

    विस्तृतमा पढ्नुस्

  • प्रजातन्त्र दिवस : सैनिक मञ्चमा सेनाको परेड, उडाइयो सेतो परेवा

    प्रजातन्त्र दिवस : सैनिक मञ्चमा सेनाको परेड, उडाइयो सेतो परेवा

    काठमाडौं : ७०औँ प्रजातन्त्र दिवस विशेष कार्यक्रम गरी मनाइएको छ। सैनिक मञ्चमा विशिष्ठ व्यक्तिको उपस्थितिमा दिवस मनाइएको छ। सरकारको मूल कार्यक्रम अन्तर्गत सैनिक मञ्चमा सांस्कृतिक झाँकीसहितको विशेष कार्यक्रम मनाइएको हो। समारोहमा राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री केपी शर्मा ओली, प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरा, सभामुख अग्निप्रसाद सापकोटा, राष्ट्रियसभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिना लगायतका विशिष्ठ व्यक्तिको उपस्थिति थियो।  हेर्नुस् प्रजातन्त्र दिवस तस्विरमा–

    विस्तृतमा पढ्नुस्

  • महरा छुट्दा डिल्लीबजार कारागार परिसरमा एमसिसीविरुद्ध नाराबाजी

    महरा छुट्दा डिल्लीबजार कारागार परिसरमा एमसिसीविरुद्ध नाराबाजी

    काठमाडौं : जबरजस्ती करणीको अभियोगमा थुनामा रहेका पूर्व सभामुख कृष्णबहादुर महरा सोमवार सफाई पाएसँगै रातो कार हुँदै निस्किए कारागारबाट। कारागारबाट बा १८च ४०० को रातो कारमा बाहिरिएका महरालाई धेरैले हाई हाई गरे। प्रतिनिधि सभाबाट एमसिसी पास गर्न नदिनमा महराको हात रहेको कारणले उनलाई जेल पठाइएको कतिपयले आरोप लगाउँदै आएका छन्। यही आरोपमा महराका समर्थकले एमसिसीविरुद्ध कारागार परिसरमा नाराबाजी गरेका थिए।

    विस्तृतमा पढ्नुस्

  • बालुवाटारबाट हुँइकिँदै निस्केको पूर्व सभामुख महराको त्यो रातो कार डिल्लीबजारबाट निस्कँदा सुस्त

    बालुवाटारबाट हुँइकिँदै निस्केको पूर्व सभामुख महराको त्यो रातो कार डिल्लीबजारबाट निस्कँदा सुस्त

    काठमाडौं : जबरजस्ती करणीको अभियोगमा थुनामा रहेका पूर्व सभामुख कृष्णबहादुर महरा सोमवार सफाई पाएसँगै रातो कार हुँदै निस्किए कारागारबाट। कारागारबाट बा १८च ४०० को रातो कारमा बाहिरिएका महरालाई धेरैले हाई हाई गरे। बालुवाटारस्थित सभामुख निवासबाट प्रहरीले पक्राउ गर्दा महराले यही कार प्रयोग गरेका थिए। फाइल फोटो   गत असोज १९ मा बालुवाटारस्थित सभामुख निवासबाट पक्राउ परेका महरा यही कारबाट कारागार…

    विस्तृतमा पढ्नुस्

  • वुहानबाट नेपाली लिएर आइपुग्यो वायु सेवा निगमको विमान

    वुहानबाट नेपाली लिएर आइपुग्यो वायु सेवा निगमको विमान

    काठमाडौं : नोवेल कोरोना भाइरसको आउटब्रेक इपिसेन्टर वुहानबाट उद्धार गरिएका नेपालीहरु लिएर उडेको नेपाल वायु सेवा निगमको विमान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेको छ। वुहानबाट आएको जहाज अवतरण गर्नु अघि नै विमानस्थल खाली गरिएको थियो। विमानस्थलमा सुरक्षाकर्मी तैनाथ गरिएको छ। सर्वसाधारणदेखि सञ्चारकर्मीलाई पनि विमानस्थलमा बस्न दिइएको छैन। यो समयमा फ्लाइट भएकाहरुलाई समेत प्रवेश नदिएकाले उनीहरु फर्कन थालेका छन्। आइतवार बिहान ६…

    विस्तृतमा पढ्नुस्

  • तस्विरमा मछिन्द्र लिग च्याम्पियन बन्दाका क्षणहरु ...

    तस्विरमा मछिन्द्र लिग च्याम्पियन बन्दाका क्षणहरु ...

    त्रिभुवन आर्मी क्लबलाई हराउँदै मछिन्द्र क्लबले शहीद स्मारक ‘ए’ डिभिजन लिगको उपाधि हात पारेको छ। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको फाइनल खेलमा मछिन्द्रले आर्मीमाथि १-० को संघर्षपूर्ण जित निकालेको हो। खेलमा शुरुवातदेखि नै मछिन्द्र हावी भएको थियो। खेलको ३३ औँ मिनेटमा विकाश तामाङले गरेको आत्मघाती गोल मछिन्द्रको जितको लागि निर्णायक बन्यो। मछिन्द्रका रञ्जित धिमालले प्रहार गरेको फ्रिकिक ‘क्लियर’ गर्ने क्रममा तामाङले…

    विस्तृतमा पढ्नुस्

  • जितपछिको खुसी ...

    जितपछिको खुसी ...

    काठमाडौं : त्रिपुरेश्वरस्थित दशरथ रंगशाला आज फुटबल समर्थकहरुले भरिभराउ देखियो। कारण थियो, शहीद स्मारक ‘ए’ डिभिजन लिगको फाइनल। दर्शकको उल्लेख्य उपस्थितिले त्रिभुवन आर्मी क्लब र मछिन्द्र क्लबबीच खेल निकै रोमाञ्चक बन्यो। समर्थकको हुटिङले रंगशाला गुञ्जायमान भयो पनि। खेलमा मछिन्द्र केही हावी थियो। खेलको ३३ औँ मिनेटमा मछिन्द्रका रञ्जित धिमालले प्रहार गरेको फ्रिकिक ‘क्लियर’ गर्ने क्रममा आर्मीका विकाश तामाङले आफ्नै पोस्टमा…

    विस्तृतमा पढ्नुस्

  • विश्व शान्तिका लागि स्वयम्भूदेखि लुम्बिनीसम्म पैदल यात्रामा बौद्ध भिक्षुहरु

    विश्व शान्तिका लागि स्वयम्भूदेखि लुम्बिनीसम्म पैदल यात्रामा बौद्ध भिक्षुहरु

    काठमाडौं : विश्व शान्तिको कामना गर्दै बौद्ध भिक्षुहरुले अन्तर्राष्ट्रिय शान्ति पैदल यात्रा सुरु गरेका छन्। बिहिवार बिहान काठमाडौंको स्वयम्भूस्थित आनन्दकुटी महाविहारबाट भिक्षुहरु पैदल यात्रामा निस्किएका हुन्।   नेपाल भ्रमण वर्ष २०२० लाई लक्षित गर्दै गौतम बुद्धको जन्मस्थल लुम्बिनीसम्म आयोजना भएको पैदल यात्रामा करिब ६० जना भिक्षुहरु रहेका छन्। अधिकांश बौद्ध भिक्षुहरु थाइल्यान्डका धुताङ्गधारी भिक्षु छन्। उनीहरुले दैनिक २५ देखि ३५…

    विस्तृतमा पढ्नुस्

  • शहर नष्ट नगर्न सरकारलाई खबरदारी, माइतीघरमा यसरी उत्रिए खोकना र बुंगमतीवासी

    शहर नष्ट नगर्न सरकारलाई खबरदारी, माइतीघरमा यसरी उत्रिए खोकना र बुंगमतीवासी

    काठमाडौं : सरकारका योजनाहरुका कारण शहर नै नष्ट हुने भन्दै खोकना र बुंगमतीका वासिन्दाहरुले आज राजधानीमा विरोध प्रदर्शन गरेका छन्।  बुंगद्य: (रातो मछिन्द्रनाथ) रहेको बुंगमती, सिकाली  र रुद्रायणी मन्दिर रहेको खोकना शहर हुँदै सरकारले राष्ट्रिय परियोजना निर्माण गर्ने कार्य थालनी गरेसँगै स्थानीयहरुले विरोध गर्दै आएका थिए।  खोकना र बुंगमती हुँदै काठमाडौं-तराई (मधेस) द्रुतमार्ग (फास्ट ट्रयाकसँगै १३२ केभिए विद्युत प्रसारण लाइन,…

    विस्तृतमा पढ्नुस्

  • पुस्तकमा कर : माइतीघरमा २ घण्टा पढ्दै सरकारको विरोध  

    पुस्तकमा कर : माइतीघरमा २ घण्टा पढ्दै सरकारको विरोध  

    काठमाडौं : सरकारले चालु आर्थिक वर्षदेखि पुस्तक आयातमा भन्सार लगाउने घोषणा गरिसकेको छ। सबै प्रकारका आयातित पुस्तकमा १० प्रतिशत भन्सार लगाउने सरकारी निर्णयको विरोध शुरुदेखि नै हुँदै आएको हो। प्रकाशक, लेखक र पाठकहरुले नै सरकारको यो कदमले पठन संस्कृति कमजोर हुँदै जाने भन्दै विरोध गर्दै आएका छन्। आज माइतीघरमा उनीहरुले दुई घण्टा पुस्तक पढेरै सरकारी कदमको विरोध गरे। आइतवार उनीहरुलाई…

    विस्तृतमा पढ्नुस्

  • पूर्व सचिव कार्कीकी श्रीमती र कामदारको मृत्यु प्रकरण, ९ फोटोमा हेर्नुस् घटनास्थल

    पूर्व सचिव कार्कीकी श्रीमती र कामदारको मृत्यु प्रकरण, ९ फोटोमा हेर्नुस् घटनास्थल

    काठमाडौं : पूर्वसचिव अर्जुन कार्कीकी श्रीमती मुना कार्कीको मृत्यु भएको छ।  उपचारको क्रममा कार्कीको स्टार हस्पिटलमा मृत भएको हो। सोमबार विहान ललितपुरको सानेपास्थित मुना कार्की अचेत अवस्थमा भेटिएकी थिइन्।  घरमा एक कामदार मृत अवस्थामा भेटिएका थिए। दाङ घर भएका २२ वर्षीय विजय चौधरी घरको बैठक कोठामा नाइलनको डोरी लगाएर मृत झुन्डिएको अवस्थामा फेला परेको महानगरीय प्रहरी परिसर ललितपुरकी एसपी दुर्गा…

    विस्तृतमा पढ्नुस्

  • तरुण दल विरोध प्रदर्शन गर्दै पुग्यो माइतीघरदेखि बानेश्वर, 'कठै अख्तियार, नेकपासामु लम्पसार'

    तरुण दल विरोध प्रदर्शन गर्दै पुग्यो माइतीघरदेखि बानेश्वर, 'कठै अख्तियार, नेकपासामु लम्पसार'

    काठमाडौं : नेपाल तरुण दलले अख्तियारको विरोधमा माइतीघरमा प्रदर्शन गरेको छ। तरुण दलका अध्यक्ष जितजंग बस्नेतको अगुवाईमा विरोध र्‍याली माइतीघर हुँदै नयाँ बानेश्वरसम्म पुगेको थियो।  बुधवार बालुवाटारमा रहेको बहुचर्चित ललिता निवास जग्गा प्रकरणमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नेपाली काँग्रेसका उपसभापति विजयकुमार गच्छदारविरुद्ध मुद्दा दायर गरेसँगै काँग्रेस आन्दोलनमा उत्रिएको हो। मुद्दा दायर भएसँग गच्छदार सांसद पदबाट निलम्बित भएका छन्। उनी प्रतिनिधि…

    विस्तृतमा पढ्नुस्

  • ७ फोटोमा हेर्नुहोस्, घरेलु मैदानमा नेपालले अमेरिकालाई हराउँदाको क्षण

    ७ फोटोमा हेर्नुहोस्, घरेलु मैदानमा नेपालले अमेरिकालाई हराउँदाको क्षण

    काठमाडौं : विश्वकप लिग २ अन्तर्गत नेपाल, ओमन र अमेरिकाबीचको त्रिकोणात्मक सिरिजमा नेपालले पहिलो जित निकालेको छ। आफ्नो दोस्रो खेलमा नेपालले अमेरिकालाई ३५ रनले पराजित गर्‍यो। यसअघि पहिलो खेलमा नेपाल ओमनसँग १८ रनले हारेको थियो। कीर्तिपुरस्थित टियु क्रिकेट मैदानमा भएको आजको खेलमा नेपालले अमेरिकामाथि जित निकाल्दै त्रिकोणात्मक सिरिजमा पहिलो जित दर्ता गरेको हो। नेपालले दिएको १ सय ९१ रनको लक्ष्य…

    विस्तृतमा पढ्नुस्


@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell