PahiloPost

Apr 29, 2024 | १७ बैशाख २०८१

  • यस्तो देखियो पाटनमा गणेश पूजाको रमझम

    यस्तो देखियो पाटनमा गणेश पूजाको रमझम

    आज पाटनमा गणेश पूजा सम्पन्न भयो। पाटन नगरभित्र रहेका गणेशका मन्दिरहरुमा गएर समयबजी चढाएर गणेशको पूजा गर्ने परम्परा रहेको छ। विभिन्न बाजाका साथ हाकुपतासिमा सजिएर महिलाहरु गणेश पूजामा सहभागी भएका थिए। पूजाकैबीच पाटन दरबार क्षेत्रमा पुगेका जात्रालुहरुको तस्विर प्रविण रानाभाटको लेन्सबाट   

    विस्तृतमा पढ्नुस्

  • दिवंगत आफन्तको सम्झनामा उपत्यकामा यसरी मनाइँदै सापारु

    दिवंगत आफन्तको सम्झनामा उपत्यकामा यसरी मनाइँदै सापारु

    काठमाडौं: आज सापारु अर्थात गाईजात्रा।  नेवार समुदायमा साया: (सायात) का रुपमा आजको दिन दिवंगत भएका आफन्तहरुको सम्झनामा बालबालिकालाई प्रतोकात्मक रुपमा गाई वा अन्य केही रुप दिएर नगर घुमाउने चलन रहेको छ। केहीले भने बाजासहित गाईलाई नै नगर परिक्रमा गराउने गर्छन्। नेपालभाषामा 'सा' भनेको गाई र 'या:' भनेको जात्रा। कालान्तरमा साया: (सापारु) गाईजात्राका रुपमा परिवर्तन हुँदै गयो।  काठमाडौं उपत्यकामा सापारुलाई विभिन्न किसिमले…

    विस्तृतमा पढ्नुस्

  • यस्तो देखियो बटुकहरुको जनै पूर्णिमा

    यस्तो देखियो बटुकहरुको जनै पूर्णिमा

    काठमाडौं: जनैपूर्णिमाको अवसरमा आज हिन्दु धर्मावलम्बीहरु बिहानैदेखि स्नान गरेर गुरु पुरोहितबाट रक्षासूत्र बाँध्दै छन्। यसैबीच पशुपतिमा बटुकहरुले वैदिक परम्परा अनुसार मन्त्रोच्चारण गर्दै जनै (यज्ञोपवित) फेरेका छन्। यसका लागि अघिल्लो दिनदेखि कपाल मुण्डन गरी एक छाक मात्र खाएर चोखो गरी बस्ने चलन छ। यसरी व्रत बसेका तागाधारीले आज बिहानै पोखरी, ताल, तलाउ, नदी र कुण्डमा गई गाईको गोबर, खरानी, दतिवन र…

    विस्तृतमा पढ्नुस्

  • काठमाडौंमा बकर इद यसरी मनाइँदै, १५ फोटोमा हेर्नुस्

    काठमाडौंमा बकर इद यसरी मनाइँदै, १५ फोटोमा हेर्नुस्

    आज इद उल अजाह (बकर इद )। मुस्लिम धर्मावलम्बीहरु बिहानै देखि मस्जिदमा गएर प्रार्थना गर्दैछन्। आजको दिन मुस्लिम समुदायका मानिसहरुले मस्जिदमा गएर नमाज पढ्ने गर्छन्। नमाज पढेपछि  जनावरको बली दिएर त्यसलाई तीन भाग लगाएर एक भाग परिवारलाई, एक भाग आफन्तलाई र एक भाग गरिबलाई बाँड्ने गर्छन्।  पहिला बकर इदका दिन देशभर सार्वजनिक  विदा दिने गरिए पनि यसपटक भने प्रदेश २ र प्रदेश…

    विस्तृतमा पढ्नुस्

  • मैले खिच्न नपाएको त्यो तस्बिर ...

    मैले खिच्न नपाएको त्यो तस्बिर ...

    'एउटा खत्रा मान्छे भेट्न जानु छ है। तेरो लागि काम देखाउने ठाउँ हुनसक्छ।' ऋषि सरको त्यो बोलीले निक्कै उत्साह बढेको थियो। पत्रकारिता गरेको एक वर्ष बित्दै थियो कसैको जीवनशैली प्रस्तुत गर्न  रोचक लाग्ने मलाई ‘खत्रा मान्छे’ भन्दा उत्तिकै आतुर थिएँ, भेट्न। अर्को असाइनमेन्ट भ्याएरमात्र म भेट्न जाँदै थिएँ। समय यस्तै ३ बजेको थियो सायद। फोन आयो – ‘आउँदैनस्?’ म हतारहतार गर्दै…

    विस्तृतमा पढ्नुस्

  • लोकसेवाको विज्ञापनविरुद्ध यसरी प्रदर्शनमा उत्रिए आरक्षण पक्षधर

    लोकसेवाको विज्ञापनविरुद्ध यसरी प्रदर्शनमा उत्रिए आरक्षण पक्षधर

    काठमाडौं: लोकसेवा आयोगले हालैमात्र प्रकाशन गरेको विज्ञापन असमावेशी भएको भन्दै आन्दोलनरत पक्षले आज पनि प्रदर्शन गरेको छ। आरक्षण बचाउँ आन्दोलनले आयोजना गरेको प्रदर्शन भृकुटीमण्डपबाट रात्नपार्क पुगी कोणसभामा परिणत भएको थियो। लोकसेवा आयोगले संघीयताको मुल मर्म र समानुपातिक समावेशी सिद्धान्त विपरित प्रकाशित गरेको विज्ञापनविरुद्ध आरक्षण पक्षधरले आन्दोलन गर्दै आएको छ। उनीहरुले भोलि दिउँसो ४ बजे माइतीघरबाट उल्टो यात्रा गरी विरोध जनाउने…

    विस्तृतमा पढ्नुस्

  • दूध अभिषेकबिनै काठमाडौंको नाग पोखरीमा नाग पञ्चमी मनाइयो

    दूध अभिषेकबिनै काठमाडौंको नाग पोखरीमा नाग पञ्चमी मनाइयो

    काठमाडौं: नाग पञ्चमीको अवसरमा आज बिहानैदेखि नाग पोखरीहरुमा भक्तजनहरुको भीड लागेको छ। काठमाडौं उपत्यकामा रहेका नाग पोखरीहरुमा नागलाई दूध चढाउनेहरुको घुँइचो लागेको छ। काठमाडौंको नक्सालमा रहेको नाग पोखरीमा पनि बिहानैदेखि भक्तजनहरु नागको पूजाका लागि पुगिरहेका छन्। तर, नागको प्रतिमामा भने यसपटक दूध अभिषेक गराइएन। प्रतिमा जीर्ण अवस्थामा रहेकाले यसपटक अभिषेक नगराइएको नक्साल क्लबले जनाएको छ।    नाग पञ्चमीका दिन नागका…

    विस्तृतमा पढ्नुस्

  • पानीसँगै भिजेको बालापन : हेर्नुस् भरिएको पोखरीमा रमाउँदै बालबालिका

    पानीसँगै भिजेको बालापन : हेर्नुस् भरिएको पोखरीमा रमाउँदै बालबालिका

    साउन भए पनि पर्याप्त पानी परेको छैन। तर, पोखरीहरु भरिएका छन्। गर्मी छल्न होस या रमाइलोका लागि कीर्तिपुरमा रहेको यो पोखरीमा बालबालिका मोह बेग्लै देखिन्छ। यो उमेरका बालबालिका पानीमा नरमाउने कुरा पनि भएन। त्यसमाथि उनीहरुको ‘डाइभ’ हेर्न लायक थियो भने पानीमा उनीहरुका गतिविधिले धेरैलाई आकर्षित पनि गरिरहेको थियो। प्रवीण रानाभाटको क्यामराबाट कैद बालपनका दृष्यहरु :

    विस्तृतमा पढ्नुस्

  • भक्तपुरमा यसरी गरियो गथांमुग: दहन, हेर्नुस फोटोमा

    भक्तपुरमा यसरी गरियो गथांमुग: दहन, हेर्नुस फोटोमा

    काठमाडौं:  काठमाडौं उपत्यकाका नेवार समुदायले आज गथांमुग: दहन गरेका छन्।   किसानहरुले रोपाँई गर्न  शक्तिशाली गथांमुग: राक्षसलाई बोलाउने गरेको र अहिले अहिलेको समयलाई धान रोपेर किसानहरु आराम गर्ने समय भएकाले राक्षसको काम सकियो भन्दै फिर्ता पठाउन गथांमुग: दहन गरिएको विराजकाजी राजोपाध्याय बताउँछन्।  कसैले भने गथांमुगलाई घण्टाकर्ण पनि भन्ने गर्छन्। तर, गथांमुग र घण्टाकर्ण दुई बेग्लै पात्र रहेकाले गथांमुग:लाई घण्टाकर्णसँग जोड्न नुहने राजोपाध्यायको मत छ।  घण्टाकर्ण देवताको अस्तित्व स्वीकार नगर्ने राक्षसका…

    विस्तृतमा पढ्नुस्

  • बोलबम यात्रीको सुन्दरीजलमा स्नान, २५ फोटोमा हेर्नुस् 

    बोलबम यात्रीको सुन्दरीजलमा स्नान, २५ फोटोमा हेर्नुस् 

    भक्तजनहरु शिवलाई शुद्ध जल चढाउन साउन दोस्रो सोमबार सुन्दरीजल पुगे। सुन्दरीजलको जल कसैले पैदल हिँडेर त कसैले गाडीमा चढेर शिव मन्दिरमा चढाउँछन्। साउन महिनाभर सोमबार शिवको पूजाअर्चना गरिन्छ।

    विस्तृतमा पढ्नुस्

  • निर्मला पन्तलाई यसरी सम्झ्यो नेविस‌ंघले, फोटोमा माइतीघरको दीप प्रज्वलन

    निर्मला पन्तलाई यसरी सम्झ्यो नेविस‌ंघले, फोटोमा माइतीघरको दीप प्रज्वलन

    काठमाडौं: नेपाल विद्यार्थी संघले कञ्चनपुरमा बलात्कारपछि हत्या गरिएकी निर्मला पन्तको सम्झनमा आज माइतीघरमा दीप प्रज्वलन गरेको छ। कुन्दन काफ्ले नेतृत्वको समूहले निर्मलाको श्रद्धाञ्जली दिँदै दीप प्रज्वलन गरेको हो।  हत्या भएको वर्ष दिन पुग्दासमेत सरकारले हत्यारा पत्ता लगाउन नसकेको भन्दै विरोध गर्दै आएको छ। कञ्चनपुरकी १३ वर्षीया निर्मला पन्तको बलात्कारपछि हत्या भएको एक वर्ष पूरा भएको छ। वर्षदिन बिते पनि हत्याका…

    विस्तृतमा पढ्नुस्

  • जावलाखेलको तरकारी बजारमा ललितपुर प्रशासनको डोजर

    जावलाखेलको तरकारी बजारमा ललितपुर प्रशासनको डोजर

    ललितपुर: जावलाखेलमा रहेको तरकारी बजारका घरटहरामा डोजर चलाइएको छ। टहरा भत्काउन आज शुक्रवार बिहान  ललितपुरका प्रमुख जिल्ला अधिकारी प्रेमराज जोशी डोजर लिएर आफैं पुगेका थिए। तरकारी बजारका पसलले सार्वजनिक जग्गा २० वर्षदेखि उपभोग गर्दै आएका थिए। उक्त क्षेत्रमा तरकारी, फलफूल र खाजा पसल सञ्चालनमा रहेका थिए।  पाँचपटकको प्रयासपछि भत्काउन सफल भएको प्रमुख जिल्ला अधिकारी जोशीले बताए। 'सार्वजनिक जग्गा हो। २०…

    विस्तृतमा पढ्नुस्

  • निर्मलाले न्याय कहिले पाउँछिन् सरकार? नेविसंघको प्रदर्शन हेर्नुस् फोटोमा

    निर्मलाले न्याय कहिले पाउँछिन् सरकार? नेविसंघको प्रदर्शन हेर्नुस् फोटोमा

    कञ्चनपुरकी १३ वर्षीया निर्मला पन्तको बलात्कारपछि हत्या भएको एक वर्ष पूरा भएको छ। वर्षदिन बिते पनि हत्याका सम्बन्धमा अझै ठोस प्रमाण फेला परेको छैन। प्रहरी अनुसन्धान विभिन्न दिशामा केन्द्रित भए पनि हत्यारा पत्ता लाग्न सकेको छैन। निरन्तर नागरिक दबाब जारी रहे पनि हत्याका सम्बन्धमा ठोस निष्कर्ष निस्कन सकेको छैन। हत्याको एक वर्षसम्म पनि दोषी पत्ता लाग्न नसकेको भन्दै नेपाली कांग्रेसको भ्रातृ…

    विस्तृतमा पढ्नुस्

  • पहिलो साउने सोमवारमा पशुपतिनाथमा भक्तको भिड

    पहिलो साउने सोमवारमा पशुपतिनाथमा भक्तको भिड

    काठमाडौं : साउन महिनाको पहिलो सोमबार आज देशभरका शिवालयमा भक्तजनको भिड लाग्यो। हिन्दु धर्मावलम्बीहरु साउनको सोमवार आराध्यदेव पशुपतिनाथको पूजा अर्चनामा जुट्ने गर्छन्। राजधानीको पशुपतिनाथमा हरेक वर्ष साउनको सोमवार विशेष मेला लाग्छ। यसपालाको पहिलो साउने सोमवार पनि पशुपति दर्शन गर्न पुग्नेहरु उल्लेख्य रहे। साउनको सोमवार बोल बम जानेहरु पनि शिवालयमा पुग्ने गर्छन्। हेर्नुस् फोटो :

    विस्तृतमा पढ्नुस्

  • रोपाई सकिएपछि खुलेको खोकना [फोटो स्टोरी]

    रोपाई सकिएपछि खुलेको खोकना [फोटो स्टोरी]

    ललितपुर : काठमाडौं उपत्याकामा थोरैमात्र ठाउँ छन् जहाँ अझै उब्जनी हुन्छ। बिस्तारिँदै फैलिएको शहरले छपक्कै नढाकिसकेको ठाउँमा खेती गर्नेहरु अझै छन्। त्यस्तैमध्येको एक हो खोकना। ढिलो गरी बर्खा लागे पनि यहाँ भने रोपाईको चटारो सकिएको छ। खेतमा रोपिएको धानको बोट ठडिन थालेको छ। अबको एक महिनामा त हावाको बेगसँगै नाच्न सक्ने हुन्छ धानका बोट। रोपाई सकिएपछि खोकनाको दृष्यलाई प्रवीन रानाभाटले…

    विस्तृतमा पढ्नुस्

  • विज्ञापनको विरोधमा लोकसेवा आयोगको कार्यालय घेराउ, आन्दोलनकारी र प्रहरीबीच धक्काधक्की

    विज्ञापनको विरोधमा लोकसेवा आयोगको कार्यालय घेराउ, आन्दोलनकारी र प्रहरीबीच धक्काधक्की

    काठमाडौै : लोकसेवा आयोगको विज्ञापनको विरोधमा आरक्षण बचाउ अभियानले आज अनामनगर स्‍थित लोकसेवा आयोगको केन्द्रीय कार्यालय घेराउ गरेका छन्। आयोगले जेठ १५ गते स्थानीय तहका लागि विभिन्न सेवा र समूह छुट्याएर प्राविधिक र अप्राविधिक पदमा जम्मा नौ हजार १६१ जनाको खुला प्रतिस्पर्धाद्वारा पदपूर्तिको विज्ञापन गरेको थियो। उक्त विज्ञापन संविधान, कानून तथा सामाजिक न्यायको सिद्धान्त प्रतिकूल भएको भन्दै आदिवासी जनजाति र दलित…

    विस्तृतमा पढ्नुस्

  • विषादीयुक्त तरकारी जाँच नगर्ने सरकारको निर्णयविरुद्ध सडकमा उत्रियो नेविसंघ

    विषादीयुक्त तरकारी जाँच नगर्ने सरकारको निर्णयविरुद्ध सडकमा उत्रियो नेविसंघ

    काठमाडौं: नेपाल विद्यार्थी संघले भारतलगायत अन्य मुलुकबाट नेपालमा भित्रिने विषादीयुक्त तरकारी जाँच नगर्ने सरकारको निर्णयको विरोध गरेको छ। आज बिहान वाल्मिकी क्याम्पसबाट शुरु भएको विरोध र्‍याली पुतलीसडक पुगेर कोणसभामा परिणत भएको थियो। विद्यार्थीहरुले तरकारीको माला लगाएर सरकारको सांकेतिक विरोध गरेको थियो। सरकारले असार २ गते राजपत्रमा सूचना प्रकाशित गरी आयात हुने तरकारी र फलफूलको विषादी जाँच नगरी नेपाल प्रवेश गर्न…

    विस्तृतमा पढ्नुस्

  • हेर्नुस् काकाकुल शहरको यो इनार : पानी थाप्‍नेदेखि लुगा धुने धोवीसम्मको केन्द्र

    हेर्नुस् काकाकुल शहरको यो इनार : पानी थाप्‍नेदेखि लुगा धुने धोवीसम्मको केन्द्र

    फोटोमा देखिएको यो इनार सानेपा गुसिङ्गको हो। वाग्मती किनारामै रहेको यो इनारले काकाकुल काठमाडौं पानीक प्यासमा कसरी तड्पिरहेको छ भन्ने देखाउँछ। ललितपुरमा पर्ने यो ठाउँमा पानीका लागि काठमाडौंको कुलेश्वरदेखि ललितपुरकै सानेपा हाइटसम्मका मानिसहरु पुग्ने गर्छन्। यहाँ पानी लिन सधैं भिड लाग्छ। शनिवार अझ बढी भिड हुने गर्छ। किनकि काठमाडौंमा डेरा गरेर बस्नेहरुका लागि लुगा धुने पानी पाउनु सजिलो कुरा होइन।…

    विस्तृतमा पढ्नुस्

  • हेर्नुस् राजधानीमा जगन्नाथको रथयात्रा, भारत र विश्वका अन्य मुलुकमा पनि मनाइयो

    हेर्नुस् राजधानीमा जगन्नाथको रथयात्रा, भारत र विश्वका अन्य मुलुकमा पनि मनाइयो

    काठमाडौं : हरेक वर्षको असार शुक्ल द्वितीयाको दिन भारत लगायत विश्वका धेरै ठाउँमा जगन्नाथको रथयात्रा गर्ने प्रचलन छ। नेपालमा हरेक वर्ष यसको आयोजना हुँदै आएको छ। यस वर्ष आयोजित रथयात्रा नेपालको २६ औं हो। इन्टरनेसनल सोसाइटी फर क्रृष्ण कन्सिअसनेसले यो रथयात्रा आयोजना गरेको हो। कमल पोखरीबाट सुरु भएको रथयात्रा पुतली सडक, भद्रकाली, शहीद गेट, न्युरोड, जमल, दरबारमार्ग हुँदै कमल पोखरीमा…

    विस्तृतमा पढ्नुस्

  • धादिङको धुनिबेशीमा धान दिवसको रौनक : पञ्चेबाजा घन्काउँदै हिलो छ्यापाछ्याप

    धादिङको धुनिबेशीमा धान दिवसको रौनक : पञ्चेबाजा घन्काउँदै हिलो छ्यापाछ्याप

    धान दिवसको अवसरमा धादिङको धुनेबेशी नगरपालिका वडा २ महेशफाँटमा रोपाई महोत्सव भयो। वातावरण संरक्षण तथा विकास समिति र गाउँ पर्यटन प्रबर्द्धन मञ्च नेपालको संयुक्त आयोजनामा भएको महोत्सवमा पञ्चेबाजासमेत घन्काइयो।  रोपाइका लागि चार हल गोरु व्यवस्था गरिएको थियो भने महोत्सवमा सहभागी हुन काठमाडौंबाट पनि बाउसे र रोपहारले पुगेका थिए। स्थानीयको साथमा उनीहरुले रोपाई गरेका थिए। 

    विस्तृतमा पढ्नुस्


@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell