शाहरूख खान अभिनित फिल्म ‘पठान’को फर्स्टलुक पोस्टर सार्वजनिक भएको छ। शाहरूखले फिल्म क्षेत्रमा ३० वर्ष पूरा गरेको अवसरमा फिल्मको पोस्टर रिलिज गरिएको हो। सार्वजनिक पोस्टरलाई शाहरुखले ट्विटरमा सेयर गरेका छन्। पोस्टर देखेर उनका फ्यानहरू निकै उत्साहित छन् भने पोस्टरमाथि एक आरोप पनि लागेको छ। फर्स्टलुक पोस्टरमा खान हातमा मेसिन गन लिएर पछाडिबाट पोज दिइरहेका छन्। यसअघि यस्तै पोस्टर हलिउड फिल्म ‘बिस्ट’ले पनि…
काठमाडौं : कानुन, न्याय तथा संसदीय मामिलामन्त्री गोविन्द प्रसाद शर्मा (कोईराला)ले न्यायालयमा विकृति र विसंगतिको शुरुवात न्यायाधीश नियुक्तिबाट भइरहेको दाबी गरेका छन्। आइतवार राष्ट्रियसभाको बैठकमा विनियोजन विधेयक २०७९ अन्तर्गत सांसदहरुले उठाएका प्रश्नको जवाफ दिँदै मन्त्री शर्माले यस्तो बताएका हुन्। उनले न्यायाधीश नियुक्ति गर्दा योग्यता, क्षमता, निष्पक्षता, नियुक्ति गरिएको व्यक्तिले गर्दै आएको कार्यसम्पादनाई नहेरी आफ्नो मान्छे नियुक्ति गर्नाले न्यायपालिकामा समस्या भइरहेको…
काठमाडौं : इन्धनको मूल्य घटेपछि सरकारले पछिल्लो पटक बढाइएको सार्वजनिक सवारी साधनको भाडा घटाएको छ। आइतवारदेखि लागू हुने गरी यात्रुवाहक सवारी साधनको भाडा ५.४१ प्रतिशतले घटेको यातायात व्यवस्था विभागले जानकारी दिएको छ। पहाडी बाटोमा संचालन हुने मालवाहक सवारीको ६.९७ प्रतिशत र तराईको बाटोमा संचालन हुने मालवाहक सवारीको ७.६८ प्रतिशत भाडा घटेको छ। जनस्तरबाट चर्को विरोध र सत्तारुढ गठबन्धनको दवावका कारण…
काठमाडौं : कवि नवराज पराजुलीको नयाँ रचना ‘स्कुल’ सार्वजनिक भएको छ। संगीतको सबैभन्दा ठूलो पुरस्कार ग्रामी अवार्डका लागि मनोनित अमेरिकी संगीतकार एन्ड्र्यू बोर्कोस्कीसँगको सहकार्यमा नवराज पराजुलीले ‘स्कुल’ ल्याएका हुन्। एन्ड्र्यूसहित १६ अमेरिकन वाद्यवादक र ७ नेपाली वाद्यवादक ‘स्कुल’ मा संलग्न छन्। विद्यालयले फरक भाषा र प्रतिभालाई ठाउँ नदिँदा विद्यार्थीलाई कसरी असर पारिरहेको छ भन्ने कुरा ‘स्कुल’मा समेटेको छ। ‘स्कुल’मा पराजुलीको…
काठमाडौं : नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालले नेकपाको सरकार हुँदा केपी शर्मा ओली स्वेच्छाचारी हुन थालेपछि विद्रोह गरेको बताएका छन्। आइतवार अखिल नेपाल महिला संघ (समाजवादी) को केन्द्रिय कमिटी बैठकलाई सम्बोधन गर्दै नेपालले यस्तो बताएका हुन्। 'एमाले र माओवादी मिल्दा पार्टीमा वैचारिक मतभेद थिएन। तर पछि केपी ओलीमा दक्षिणवादी भाँसमा भासिन थाले,' नेपालले भने, 'क्रान्तिकारी भावना त्याग्न थाले। देशभक्ति…
काठमाडौं : नेपालका लागि भारतका नवनियुक्त राजदूत नवीन श्रीवास्तव नेपाल आएका छन्। शनिबार श्रीवास्तव नेपाल आइपुगेको भारतीय दूतावासले जनाएको छ। भारतीय विदेश मन्त्रालयको पूर्वी एसिया डिभिजनको प्रमुख रहेका उपसचिव श्रीवास्तवलाई एक महिनाअघि नेपालका लागि राजदूतमा नियुक्त गरेको थियो। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको लुम्बिनी भ्रमणको भोलिपल्ट भारतले रिक्त रहेको राजदूतमा श्रीवास्तवलाई नियुक्त गरेको हो। नेपालका लागि भारतीय राजदूत विनयमोहन क्वात्रा भारतको…
काठमाडौं : सरकारले ६ वर्षअघि महत्त्वाकांक्षी योजनासहित स्वास्थ्य बीमा कार्यक्रम कार्यान्वयनमा ल्यायो। २०७२ चैत २५ बाट सुरु भएको यो कार्यक्रम अहिले अधिकांश जिल्लामा कार्यान्वयनमा आइसकेको छ। यसले बीमित सर्वसाधारणको उपचारमा लाग्ने खर्चमा ठूलो भरथेग गरेको छ। तर, अहिले धमाधम सरकारी र निजी अस्पतालले भुक्तानी नपाएको भन्दै स्वास्थ्य बीमा अन्तर्गत उपचार नगर्ने घोषणा गरिरहेका छन्। प्रभावकारी मानिएको स्वास्थ्य बीमा कार्यक्रमलाई उक्त घोषणाले धक्का लागेको…
काठमाडौं : सिन्धुपाल्चोकमा थुनामा रहेका एक कैदीको मृत्यु भएको छ। जबरजस्ती करणी र ज्यान मार्ने अभियोगमा पुर्पक्षका लागि थुनमा रहेका पाँचपोखरी थाङ्पाल गाउँपालिका-५ का ४९ वर्षीय मइते गोलेको मृत्यु भएको हो। आज बिहान रिङ्गटा लागेर ढलेका गोलेलाई उपचारका लागि चौतारा अस्पताल लगिएको केही समयमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रमुख रामेश्वप्रसाद चौधरीले जानकारी दिइ। गत कात्तिक महिनामा प्रहरीले गोलेलाई पक्राउ…
काठमाडौं : काठमाडौंको टोखा नगरपालिकाले स्थानीय रुपमा उत्पादन हुने चाकुको ब्राण्डिङ गर्ने भएको छ। नीति तथा कार्यक्रम प्रस्तुत गर्दै टोखा नगरपालिकाका प्रमुख प्रकाश अधिकारीले टोखाको चाकुलाई ब्राण्डिङ गरिने बताएका हुन्। नीति तथा कार्यक्रममा नगरपालिकाभित्रको सुरक्षाका लागि मुख्य स्थानमा सिसी क्यामरा जडान गर्ने, टोलमा सुरक्षा साइरन जडान गर्ने, ट्राफिक सचेतना कार्यक्रम सञ्चालन गर्ने, नगर प्रहरी परिचालन गर्ने उल्लेख छ। नगरपालिका र…
काठमाडौं : नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले संघ र प्रदेशको निर्वाचनमा पनि सत्तारुढ गठबन्धनको आवश्यक्ता रहेको बताएका छन्। शनिबार काठमाडौंमा बसेको पार्टी केन्द्रिय कमिटी बैठकमा उनले गठबन्धनको आवश्यकताबारे ब्रिफिङ गरेका हुन्। ‘गठबन्धनको आवश्यक्ता अहिले पनि छ। हिजो भएको पोलिटव्यूरो बैठकमा बोल्ने अधिकांशको राय थियो–गठबन्धनप्रति हाम्रो धेरै गुनासो भएपनि कतिपय पार्टीहरुले धोका दिएको भएपनि, कतिपयले हामीलाई अपमान गरेको भए पनि,…
काठमाडौ : पचली भैरव सम्बन्धि नाटकको पुस्तक लोकार्पण गरिएको छ। आज टेकुस्थित कौसी थिएटरमा आयोजित एक कार्यक्रममा काठमाडौं महानगरपालिकाकी उपप्रमुख सुनिता डंगोल, बौद्ध विद्वान यज्ञमानपति बज्राचार्य लगायतले नाटकको पुस्तक लोकार्पण गरेका हुन्। कौसी थिएटरमै गत कात्तिक २५ गतेदेखि मंसिर ४ गतेसम्म नाटक मञ्चन भएको थियो। चन्द्रमान मुनिकारले संकलन गरेको कथाको निर्देशन पनि उनैले गरेका थिए। कथाको नाट्य रुपान्तरण र सह-निर्देशन इँगिहोपो कोंइच…
काठमाडौं : जनस्तरबाट चर्को विरोध र सत्तारुढ गठबन्धनको दवावका कारण सरकारले पेट्रोलियम पदार्थको मूल्य घटाउने निर्णय गरेको छ। डिजेलमा २९ रुपैयाँ र पेट्रोलमा २० रुपैयाँ कर कटौती गर्दै मूल्य घटाउने निर्णय भएको उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री दिलेन्द्रप्रसाद बडूले पत्रकार सम्मेलनबाट जानकारी दिए। कर कटौतीपछि अब पेट्रोलको मूल्य १ सय ७९ रुपैयाँ र डिजेलको मूल्य १ सय ६३ रुपैयाँ हुनेछ। बडूले…
एन्ड्रिया र जेका लागि परिस्थिति यति जटिल बनिदियो कि जुन उनीहरूको कल्पनाभन्दा निकै पर छ। शिशु गर्भमा छँदा अभिभावकहरू आफ्नो बच्चा स्वस्थ होस् भनेर भगवानसँग प्राथना गर्छन्। तर एन्ड्रिया र जेको सन्दर्भमा भने ठिक विपरित भइदियो। जुन शिशुको धड्कन चलोस् भनेर प्राथना गर्नुपर्ने थियो, सोही शिशुको धड्कन रोक्नको लागि भगवानसँग प्राथना गर्नुपरेको छ उनीहरूले। कारण: गर्भवती एन्ड्रिया घातक संक्रमणसँग लडिरहेकी…
काठमाडौं : सत्ता गठबन्धनका नेताहरुले सरकारलाई पेट्रोलियम पदार्थको मुल्य घटाउन निर्देशन दिएको छ। शनिवार बिहान बालुवाटारस्थित प्रधानमन्त्री निवासमा बसेको बैठकमा नेताहरुले महङ्गी नियन्त्रणका लागि पेट्रोलियम पदार्थमा मुल्य घटाउनुपर्ने निर्देशन सरकारलाई दिएको हो। सत्तारुढ गठबन्धनको बैठकमा पेट्रोलिय पदार्थमा लागेको कर कम गरेर पेट्रोलियम पदार्थको मुल्य घटाउने सहमति भएको कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेलले जानकारी दिए। बैठकमा आजै मन्त्रिपरिषदको बैठक बोलाएर पेट्रोलियम…
काठमाडौंः चिनियाँ कम्युनिस्ट पार्टीका नवनियुक्त अन्तर्राष्ट्रिय सम्पर्क विभागका मन्त्री लिउ जियान्चाओसँग नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली र नेकपा (माआवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले भर्चुअल बैठक गरेका छन्। भुर्चअल बैठकमा द्धिपक्षीय सम्बन्धबारे कुराकानी भएको थियो। बैठकमा ओली र प्रचण्डले नेपाल र चीनबीचको मित्रता दिगो रहेको बताए। दुबै नेताले कुनै पनि शक्तिलाई नेपाली भूमि प्रयोग गरेर चीन विरोधी…
काठमाडौंः नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीको किसान संघको अध्यक्षमा गणेश तिमिल्सिनालाई नियुक्त गरेका छन्। त्यसैगरी नेपाल आदिवासी जनजाति संघको अध्यक्षमा ओमबहादुर घर्ती मगललाई नियुक्त गरेका छन्। देउवाले पार्टीको विधान अनुसार म्याद समाप्त भई विघाटन भएका दुई भ्रातृ संघको प्रमुख आज तोकेको केन्द्रीय कार्यालयमा मुख्यसचिव कृष्णप्रसाद पौडेलद्वारा जारी वक्तव्यमा उल्लेख छ। 'नेपाली कांग्रेस केन्द्रीय केन्द्रीय कार्यसमितिको चैत्र १५, २०७८ को बैठकको…
काठमाडौँः निर्वाचन आयोगले प्रदेश र प्रतिनिधि सभाको निर्वाचन मिति सरकारलाई प्रस्ताव गरेको छ। आयोगले अनौपचारिक रुपमा सरकारलाई दुई विकल्पमा चुनाव गर्न सकिनेगरि मिति प्रस्ताव गरेको हो। आयोग स्रोतका अनुसार एकै चरणमा निर्वाचनका लागि कात्तिक ३० गते चुनावको मिति प्रस्ताव गरिएको छ। यस्तै दुई चरणको निर्वाचनका लागि कात्तिक २८ र मंसिर ३ गतेको मिति आयोगले प्रस्ताव गरेको हो। कानुनी व्यवस्था अनुसार सरकारले…
काठमाडौंः नेपाली कांग्रेस केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानको प्रमुखमा उपसभापति पूर्णबहादुर खड्का मनोनीत भएका छन्। कांग्रेस सभापति शेरबहादुर देउवाले उनलाई शुक्रबार उक्त पदमा मनोनीत गरेको कांग्रेस केन्द्रीय कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए। 'नेपाली कांग्रेसको विधान २०१७ को धारा ३६ (१) (क) बमोजिम नेपाली कांग्रेसका सभापति श्री शेरबहादुर देउवाद्वारा पार्टी केन्द्रीय कार्यसमितिका उपसभापति श्री पूर्णबहादुर खड्कालाई विधानको धारा…
बुटवलः रुपन्देहीको बुटवल उपमहानगरपालिकाले आर्थिक वर्ष २०७९/०८० का लागि २ अर्ब ३५ करोड रुपैयाँको बजेट विनियोजन गरेको छ। शुक्रबार नगर सभामा उपमहानरका उपप्रमुख सावित्रादेवी अर्यालले बजेट पेश गरेकी हुन्। बजेटमा आन्तरिक आय ६० करोड, संघीय सरकारबाट समानीकरण अनुदानबापत प्राप्त हुने एक करोड ६१ लाख ३३ हजार, सशर्त अनुदान एक करोड ६० लाख, विशेष अनुदान ८० लाख र समपुरक अनुदान २…
काठमाडौं : जारी ४४औँ राष्ट्रिय एथ्लेटिक्स प्रतियोगिता अन्तर्गत शुक्रवार सम्पन्न १५ सय मिटरको दौडमा महिलातर्फ वाग्मती प्रदेशकी सन्तोषी श्रेष्ठ र पुरुषतर्फ त्रिभूवन आर्मी क्लबका मुकेश पालले स्वर्ण जितेका छन्। त्रिपुरेश्वरस्थित दशरथ रंगशालाको ट्र्याकमा पहिलो दिन सम्पन्न १५ सय मिटर दौडमा महिला तर्फका प्रतिष्पर्धामा सन्तोषीले निर्धारित दूरी ४ मिनेट ४२.८ सेकेण्डमा पूरा गरी स्वर्ण पदक जित्दा आर्मीका मुकेश पालले ३ मिनेट…