काठमाडौं : नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले पुष्पकमल दाहाल ‘प्रचण्ड’ इमान्दार नभएकाले नेकपा विभाजन भएको आरोप लगाएका छन्। अध्यक्ष ओलीले प्रचण्डसँग पार्टी एकता नै गरिएको तर इमान्दारिताका साथ काम नगर्दा पार्टीले विभाजन व्यहोर्नु परेको बताए। शुक्रवार च्यासलस्थित पार्टी केन्द्रीय कार्यालयमा आयोजित एक कार्यक्रममा बोल्दै उनले बडो दुःखका साथ सफलता हात परेको पार्टीलाई प्रचण्डले प्रतिक्रियावादी सामू अर्पण गर्दा आफूलाई दुःखित…
काठमाडौं : राष्ट्रिय सभाकी सांसद डा विमला राई पौड्यालले महिलाको विवाह १८ वर्षको उमेरमा गर्नु अनुपयुक्त हुने बताएकी छिन्। शुक्रवार राष्ट्रिय सभाको बैठकमा विशेष समयमा सांसद पौड्यालले महिलाको विवाह गर्ने उमेर १८ वर्षमा झार्नु अनुपयुक्त भएको बताएकी हुन्। उनले शारीरिक, मानसिक र परिपक्वताको दृष्टिले पहिलोपल्ट आमा हुने उचित समय २० वर्षदेखि ३० वर्ष भएकाले नेपालमा विवाहको उमेर २० वर्ष बनाइएको…
काठमाडौं : देशभर थप ४३ जनामा कोरोना भाइरस संक्रमण देखिएको छ। पछिल्लो २४ घण्टामा ३ हजार ५५५ जनाको परीक्षण गर्दा ४३ जनामा संक्रण देखिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ। हाल देशभर १८१ जना सक्रिय कोरोना संक्रमित रहेका छ।
पोखरा : पोखरा महानगरपालिकाको नगर सभाको बैठक नेकपा (एमाले)ले अवरोध गरेको छ ।उपप्रमुख मञ्जुदेवी गुरुङले बजेट भाषण प्रस्तुत गर्ने कार्यक्रममा एमालेले अवरोध गरेका हुन्। बजेट भाषण नहुँदै रातो किताब छापेको भन्दै एमालेका जनप्रतिनिधिले सभा अवरुद्ध गरेका हुन्। जनप्रतिनिधिले सभामा नाराबाजी गरिरहेका छन्। वडा नम्बर १७ का वडाध्यक्ष राधिका शाहीले रातो किताब च्यातेकी छिन्। शुक्रवार पोखराको सभागृहमा ११औँ नगर सभाको आयोजना गरिएको…
रणवीर कपुर अभिनित फिल्म ‘शमशेरा’ को ट्रेलर सार्वजनिक भएको छ। यस फिल्ममा रणवीर पहिलोपटक दोहोरो भूमिकामा देखिएका छन्। सुरुमा फिल्ममा दोहोर भूमिकाको कथा नभए पनि कथा सुनेपछि आफैले डबल रोल खेल्ने अफर निर्देशक र निर्मातालाई दिएको रणवीरले बताएका छन्। 'पहिला जब यो फिल्मको कथा मलाई सुनाइयो तब त्यसमा डबल रोल थिएन। तर, जब मैले कथा सुनेँ, मैले नै आदित्य चोपडा र करण मलहोत्रालाई पिताको…
काठमाडौं : काठमाडौं महानगरपालिकाले आगामी आर्थिक बर्षका लागि २५ अर्ब रुपैयाँ भन्दा बढीको बजेट ल्याएको छ। काठमाडौं महानगरपालिकाकी उपप्रमुख सुनिता डंगोलले नगरसभामा २५ अर्ब ४१ करोड ९६ लाख ९६ हजार रुपैयाँ अनुमानित बजेटको कार्यक्रम आगामी बर्षका लागि प्रस्तुत गरेकी छन्। संचित कोषमा जम्मा हुने २२ अर्ब ३६ करोड ९५ लाख ४९ हजार रुपैयाँ र सामाजिक सुरक्षा भत्ता लगायत नेपाल सरकार, प्रदेश…
काठमाडौं : नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफू दोस्रो पटक प्रधानमन्त्री हुँदा धेरै कुरा सुधार गर्न प्रयास गरेको बताएका छन्। प्रचण्डले आज एक कार्यक्रममा सम्बोधन गर्दै दोस्रो कार्यकालप्रति आफूले गर्व गर्ने बताएका हुन्। दोस्रो कार्यकालमा देशको राष्ट्रिय एकता नै के हुने हो भन्ने समयमा मधेशलाई पनि विश्वासमा लिएर निर्वाचनतिर देश लैजाने कुरा सानो नभएको उनको भनाइ थियो। पहिलोपटक प्रधानमन्त्री हुँदा भने…
काठमाडौं : राष्ट्रियसभाको आजको बैठकमा तीन विधेयक टेबुल भएका छन्। राष्ट्रियसभाका सचिव राजेन्द्र फुयाँलले प्रतिनिधिसभाबाट सन्देशसहित प्राप्त तीन विधेयक ‘आर्थिक विधेयक, २०७९’, राष्ट्र ऋण उठाउने विधेयक, २०७९ र ऋण तथा जमानत (२५ औँ संशोधन), २०७९ पेस गरेका हुन्। त्यस्तै, बैठकले ‘कोभिड–१९ सङ्कट व्यवस्थापन विधेयक, २०७८ माथि विचार गरियोस्’ भन्ने प्रस्ताव सर्वसम्मतिले गरेको भएको छ। उक्त विधेयक स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री विरोध खतिवडाको…
काठमाडौं : भरतपुर महानगरपालिकाको ११ औँ नगरसभामा पाँच अर्ब ७४ करोड ४२ लाख ५६ हजार रुपैयाँ बराबरको बजेट पेस गरिएको छ। महानगर उपप्रमुख चित्रसेन अधिकारीले नगरसभा समक्ष आज सो बजेट प्रस्तुत गरेका हुन्। प्रस्तुत बजेटमा आन्तरिक आयतर्फ एक अर्ब ५० करोड रुपैयाँ, अन्तरसरकारी वित्तीय हस्तान्तरणबाट एक अर्ब ९२ करोड ११ लाख २९ हजार, केन्द्र तथा प्रदेश सरकारको राजस्व बाँडफाँटबाट प्राप्त…
काठमाडौं : विराटनगर महानगरपालिकाको नगरसभाको १०औँ अधिवेशनमा आगामी आर्थिक वर्षका लागि आय र व्ययको बजेट सार्वजनिक गरिएको छ। आगामी आर्थिक वर्षमा कूल तीन अर्ब ६२ करोड ५५ लाख ६७ हजार रुपैयाँ व्यय हुने अनुमान गरिएको छ। सो व्ययमध्ये कार्यालय सञ्चालन तथा प्रशासनिक क्षेत्रतर्फ रु ५५ करोड ३५ लाख ५० हजार, पूर्वाधार विकासतर्फ रु एक अर्ब ८९ करोड ७१ लाख १७…
काठमाडौं : विराटनगर महानगरपालिकाको नगरसभाको १०औँ अधिवेशनमा आगामी आर्थिक वर्षका लागि आय र व्ययको बजेट सार्वजनिक गरिएको छ। आगामी आर्थिक वर्षमा कूल तीन अर्ब ६२ करोड ५५ लाख ६७ हजार रुपैयाँ व्यय हुने अनुमान गरिएको छ। सो व्ययमध्ये कार्यालय सञ्चालन तथा प्रशासनिक क्षेत्रतर्फ रु ५५ करोड ३५ लाख ५० हजार, पूर्वाधार विकासतर्फ रु एक अर्ब ८९ करोड ७१ लाख १७…
काठमाडौं : नेपाल-भारत सीमा जोडिएको पूर्वी क्षेत्र आज बिहानदेखि ७२ घण्टाका लागि सिल गरिएको छ। आइतबार हुने दार्जिलिङको प्रशासनिक निकाय गोर्खाल्यान्ड टेरिटोरियल एड्मिनिस्ट्रेसन (जिटिए) चुनावलाई लक्षित गरि आज बिहानैदेखि सीमामा सिल गरिएको प्रमुख जिल्ला अधिकारी छविलाल रिजालले बताए। उनले भारतीय पक्षले गरेको पत्राचारपछि पश्चिम बङ्गालसँग सीमा जोडिएको इलामको पशुपतिनगर र झापाको काँकरभिट्टा तथा भद्रपुर नाका सिल गरिएको बताए। उनका अनुसार…
अफगानिस्तान पछिल्लो दुई दशककै सबैभन्दा विनाशकारी भूकम्पका कारण ठूलो संकटबाट गुज्रिरहेको छ। भूकम्पमा बाँचेकाहरूले उनीहरूसँग खानलाई केही नभएको, आश्रय नभएको तथा हैजाको प्रकोपको सम्भावना बढेको बताएका छन्। बर्मल जिल्लामा बस्दै आएका अघा जानले भूकम्पमा परिवारसँगै सर्वस्व गुमाए। आफ्नो घरको बाँकी रहेको भग्नावशेषमा केही खोज्दै गर्दा जानका आँखा रसाउँछन्। ‘यी मेरा छोराहरूका जुत्ताहरू हुन्,’ धूलो टक्टकाउँदै उनी भन्छन्। भूकम्पमा उनका तीन छोराछोरी र…
सामाजिक सञ्जाल इन्स्टाग्रामले बिहीवार आफ्नो प्लेटफर्ममा प्रयोगकर्ताहरूको उमेर प्रमाणित गर्न नयाँ विकल्पको परीक्षण गरेको छ। अमेरिकाका प्रयोगकर्ताहरूबाट इन्स्टाग्रामले परीक्षण सुरु गरिएको हो। गत वर्ष चर्को आलोचना र विरोध भएसँगै इन्स्टाग्रामले ‘इन्स्टाग्राम किड्स’को लन्च रोकेको थियो। सोही कदमपछि आएको योजना हो यो ‘एज भेरिफिकेसन’। इन्स्टाग्रामका अनुसार उसले व्यक्तिको उमेर प्रमाणित गर्न दुई नयाँ तरिकाहरू परीक्षण गरिरहेको छ। साथै प्रयोगकर्ताहरूलाई उनीहरूको पहिचान…
काठमाडौं : विदेशबाट अवैध तरिकाले ल्याएको सुनसहित एक युवक पक्राउ गरेका छन्। आज बिहान सलाम एयरवेजको उडान नम्बर ४२७ मार्फत ओमनबाट त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेका यात्रु र उनले ल्याएको सामान विमानस्थल भन्सार कार्यालयले चेक गर्दा अवैध तरिकाले ल्याएको सुन फेला परेका हो। सिरहाका निरञ्जन कुमार सिंहले सनसिल्क स्याम्पूको डब्बाभित्र स्याम्पू (झोल)सँगै मिसाएर १०० ग्राम सुन ल्याएका थिए। सिंहलाई भन्सार कार्यालयले…
कमेडियन खाबी लेम टिकटकमा सबैभन्दा बढी फलोअर्स हुने व्यक्ति बनेका छन्। १४३ मिलियनभन्दा बढी फलोअर्स बटुल्दै उनी टिकटकमा सबैभन्दा लोकप्रिय बनेका हुन्। यसअघि चार्ली डी'मिलियो टिकटकमा धेरै फलोअर्स हुने व्यक्तिको सुचीको पहिलो नम्बरमा थिइन्। उनको रेकर्डलाई २२ वर्षीय लेमले 'ब्रेक' गरेका हुन्। लेमले टिकटकमा कमेडी भिडियोहरू पोस्ट गर्छन्। भिडियोहरूमा उनले आवाज बिना नै शारीरिक हाउभाउले प्रस्तुति दिन्छन्। मौन रहेर अभिव्यक्त हुने उनको 'रियाक्सन'ले नै उनलाई टिकटकमा सबैभन्दा लोकप्रिय बनाइदियो। अफ्रिकी…
वीरगंज : मधेश प्रदेशको वीरगंज महानगरको ११ औं नगरसभा सुरु भएको छ। नगर सभागृहमा भइरहेको बैठकमा महानगरका उपप्रमुख इम्तियाज आलमले अगामी आर्थिक वर्ष २०७९-८० को बजेट प्रस्तुत गरेका छन्। उनले ३ अर्ब ३३ करोड ६३ लाख २६ हजार रुपैयाँको बजेट प्रस्तुत गरेका छन्। जस मध्ये बजेटमा चालु खर्चतर्फ २ अर्ब ६ करोड ९८ लाख ५० हजार र पूँजीगततर्फ १ अर्ब…
हेटौंडा : आगामी आर्थिक वर्ष २०७९-८० को बजेट प्रस्तुत गर्ने गरि आह्वान गरिएको हेटौंडा उपमहानगरपालिकाको नगर सभाको बैठक सुरु हुन सकेको छैन। आज बिहान १० बजेका लागि बोलाइएको बैठक दिउँसो २ बज्न लाग्दा समेत बैठक सुरु हुन नसकेको हो। नगरसभामा बहुमत रहेको नेकपा एमालेबाट निर्वाचित नगर सभा सदस्यहरू बैठकमा सहभागी नभएकाले बैठक सुरु हुन नसकेको हो। कार्यपालिका सदस्यहरुसँग कुनै पनि…
काठमाडौं : चीनले अमेरिकी स्टेट पार्टनरसिप प्रोगाम (एसपीपी)बाट पछि हट्ने नेपालल सरकारको निर्णयको प्रशंसा गरेको छ। चीनको परराष्ट्र मन्त्रालयमा आयोजित नियमित पत्रकार सम्मेलनामा मन्त्रालयका प्रवक्ता वाङ वेबिनलाई नेपालले एसपीपी अघि नबढाउने निर्णय गरेको बारेमा प्रश्न सोधिएको थियो। त्यसक्रममा उनले नेपालको निर्णयको स्वागत गरेका हुन्। नेपालमा एसपीपीलाई लिएर विवाद बढिरहेको र त्यसलाई इन्डो प्यासेफिक रणनीतिसँग जोडिएर हेरिएको भन्दै सरकारको निर्णय उचित भएको बताएका…
काठमाडौं : नेकपा एकीकृत समाजवादीको विवाद झन चुलिएको छ। सरकारमा सहभागी मन्त्रीहरुलाई फिर्ता बोलाउने एकीकृत समाजवादीको सचिवालय बैठकले विवाद बढेको हो। जेठ २२ गते मन्त्री फिर्ता बोलाउने निर्णय भएकोमा मन्त्रीहरुले आफूलाई हटाउन नहुने मत राखेका थिए। जसकारण निर्णय कार्यान्वयन हुन सकेको छैन। सो पार्टीका तर्फबाट सरकारमा सहभागी स्वास्थ्यमन्त्री विरोध खतिवडा, सहरी विकास मन्त्री रामकुमारी झाँक्री, श्रम मन्त्री किसान श्रेष्ठ र पर्यटन मन्त्री…