काठमाडौं : मनसुनका कारण देशका विभिन्न स्थानमा वर्षा जारी छ। जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। 'हाल देशभर सामान्यदेखि पूर्ण बदली रहेको छ। प्रदेश नं १ लगायत अन्य प्रदेशका पहाडी भू-भागका केही स्थानहरुमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ,' महाशाखाको बुलेटिनमा उल्लेख छ। आज दिनभर कस्तो रहला मौसम? महाशाखाका अनुसार दिउँसो…
रसियाका राष्ट्रपति भ्लादमीर पुटिन यही हप्ता मध्य एसियाका दुई देशको भ्रमणमा जाने भएका छन्। रसियाले युक्रेनका दुई विद्रोही राज्यलाई स्वतन्त्र घोषणा गरेपछि सुरु भएको युद्ध जारी रहँदा पहिलोपटक पुटिन देशबाहिर निस्कन लागेका हुन्। पुटिनको स्वास्थ्य अवस्थाबारे विभिन्न टिकाटिप्पणी भइरहँदा उनले दुई साना पूर्व सोभियत राज्यहरूको भ्रमण गर्न लागेका हुन्। रोससिया १ स्टेट टेलिभिजन स्टेशनका क्रेम्लिन संवाददाता पाभेल जारुबिनका अनुसार…
बेलायतका युवराज चार्ल्सले कतारका पूर्व प्रधानमन्त्री शेख हमिद बिन जस्सिमले प्रदान गरेको करोडौं रुपैयाँ नगद स्वीकार गरेको दाबी गरिएको छ। द सन्डे टाइम्सले चार्ल्सले तीनपटक नगद चन्दास्वरुप लिएको समाचार प्रकाशन गरेको बीबीसीले जनाएको छ। सन्डे टाइम्सका अनुसार चार्ल्सले सन् २०११ देखि २०१५सम्म तीनपटक गरि करिब १ मिलियन युरोप नगदमा चन्दा लिएका थिए। क्लरेन्सन हाउसमै भएको भेटका क्रममा एकपटक चन्दा लिइएको दाबी गरिएको…
काठमाडौंः सर्वोच्च अदालतले कैदीबन्दीको मतदाता नामावली संकलन र अद्यावधिक गर्न निर्वाचन आयोगका नाममा अन्तरिम आदेश जारी गरेको छ। न्यायाधीश सपना प्रधान मल्लको एकल इजलासले कैदमा रहेका व्यक्तिहरुको हिँडडुल र आवतजावत बाहेकका अन्य स्वतन्त्रता निलम्बन नहुने भन्दै नामावली संकलन गर्न आदेश गरेको हो। यसअघि २०६४ र ०७० को संविधानसभा सदस्य निर्वाचनमा समेत कैदीबन्दी तथा शिविरमा रहेका माओवादी सेनाका लडाकुले मताधिकार प्रयोग गरिसकेको…
काठमाडौं : प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको मन्त्रिपरिषद् हेरफेर भएको छ। हालको मन्त्रिपरिषद्मा नेकपा (एकीकृत समाजवादी)का मन्त्रीहरू हेरफेर भएका हुन्। एकीकृत समाजवादीको सिफारिसमा प्रधानमन्त्री देउवाले मन्त्री फेरेका हुन्। मन्त्रिपरिषद्मा चार जना मन्त्री र एक जना राज्यमन्त्री परिवर्तन भएको राष्ट्रपति कार्यालयले विज्ञप्तिमार्फत जानकारी दिएको छ। नयाँ मन्त्रिपरिषद्को संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको जिम्मेवारी जीवनराम श्रेष्ठले पाएका छन् भने शहरी विकासमन्त्रीमा मेटमणि…
काठमाडौं : राष्ट्रपति विद्यादेवी भण्डारीले अस्ट्रेलिया र इजरायलका लागि नेपालको आवासीय राजदूत नियुक्त गरेकी छिन्। राष्ट्रपतिको कार्यालयले विज्ञप्ति जारी गर्दै मन्त्रिपरिषद्को सिफारिसमा कैलाशराज पोखरेललाई अस्ट्रेलिया र कान्ता रिजाललाई इजरायलका लागि नेपालको आवासीय राजदूत पदमा नियुक्त गरेको जानकारी दिएको छ। ‘राष्ट्रपति विद्यादेवी भण्डारीज्यूले नेपालको संविधानको धारा २८२ बमोजिम मन्त्रिपरिषद्को सिफारिसमा कैलाशराज पोखरेललाई अस्ट्रेलिया र कान्ता रिजाललाई इजरायलका लागि नेपालको आवासीय राजदूत…
काठमाडौं : शहरी विकासमन्त्री रामकुमारी झाँक्रीले पदबाट राजीनामा दिएकी छिन्। मन्त्रालयमा पत्रकार सम्मेलनको आयोजना गरेर पदबाट राजीनामा दिएको जानकारी झाँक्रीले गराएकी हुन्। उनको पार्टी नेकपा (एकीकृत समाजवादी)ले जेठ २२ गते नै पदबाट हटाउने निर्णय गरेको भएपनि झाँक्रीले आइतवार राजीनामा गरिन्। आइतवार नै पर्यटनमन्त्री प्रेमबहादुर आलेले पनि पदबाट राजीनामा दिएका छन्। ८ महिना २० दिन पदमा बसेकी एकीकृत समाजवादीको तर्फबाट सहरी…
हेटौँडा : हेटौँडा उपमहानगरपालिकाले आगामी आर्थिक वर्ष २०७९/०८० को लागि २ अर्ब ७१ करोड ७९ लाख ७२ हजार ८ सय २० रुपैयाँको बजेट ल्याएको छ। आज हेटौँडामा उपमहानगरपालिकाका उप-प्रमुख राजेश बानियाँले आगामी आवको नीति तथा कार्यक्रम तथा बजेट प्रस्तुत गरेका हुन्। बजेटमा कार्यालय तथा प्रशासनिक खर्चतर्फ ३३ करोड ५७ लाख ८९ हजार बजेट विनियोजन भएको छ। सामाजिक विकासतर्फ ८३ करोड…
काठमाडौं : संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री प्रेमबहादुर आलेले नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालसमक्ष आफूले असार १० गते नै राजीनामा बुझाएको बताएका छन्। मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा आलेले आफू ८ महिना २० दिन मन्त्रालयमा रहेर काम गरेको बताए। २०७८ असोज २२ गते मन्त्री नियुक्त भएका आलेले आइतवार राजीनामाबारे जानकारी गराएका हुन्। उनले आफूले २ सय ६३ दिन मन्त्रालयमा…
काठमाडौं : शहरी विकासमन्त्री रामकुमारी झाँक्रीले सर्वोच्च अदालतको आदेशका कारण सडक विस्तारका काम रोकिएका बताएकी छिन्। आइतवार राष्ट्रिय सभाको बैठकमा विनियोजन विधेयक २०७९ अन्तर्गत सांसदहरुले उठाएका प्रश्नको जवाफ दिँदै मन्त्री झाँक्रीले सडक विस्तारको काम सर्वोच्च अदालतको आदेशका कारण रोकिएको बताएकी हुन्। उनले शहरभित्र र बाहिरको लागि छुट्टाछुट्टै योजना बनाएर सडक विस्तारको काम गर्नुपर्ने बताइन्। मन्त्री झाँक्रीले सबै मन्त्रालयसँग छलफल गरेर…
काठमाडौं : विभागीय टोली एपीएफका गोपीचन्द्र पार्की र वाग्मती प्रदेशकी सन्तोषी श्रेष्ठले ४४औँ राष्ट्रिय एथलेटिक्स प्रतियोगिता अन्तर्गत ३ हजार मिटरतर्फको दौडमा आइतवार स्वर्ण पदक जितेका छन्। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको ३ हजार मिटरको पुरुषतर्फको दौडमा पार्की निर्धारित दूरी ८ मिनेट २९.५ सेकेन्डमा पूरा गर्दा सन्तोषीले महिलातर्फ १० मिनेट ६.७ सेकेन्डमा पूरा गर्दै स्वर्ण पदक जितेका हुन्। यस्तै, आर्मीका मुकेश पालले…
काठमाडौं : उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दिलेन्द्र प्रसाद बडूले अहिले चलिरहेका उद्योगहरुको क्षमता बढाउन आवश्यक रहेको बताएका छन्। आइतवार राष्ट्रिय सभाको बैठकमा विनियोजन विधेयक २०७९ अन्तर्गत सांसदहरुले उठाएका प्रश्नको जवाफ दिँदै मन्त्री बडूले यस्तो बताएका हुन्। उनले कतिपय उद्योगहरु आफ्नो पूर्ण क्षमतामा चल्न नसकेको भन्दै सबै उद्योगलाई पूर्ण क्षमतामा सञ्चालन गर्नसके देशभित्र नै रोजगारीको अवसर सिर्जना हुने बताए। मन्त्री…
काठमाडौं : प्रतिनिधिसभाको आजको बैठक गणपुरक संख्या नपुगेपछि आधा घण्टाको लागि स्थगित भएको छ। गणपुरक संख्या ६९ हुनुपर्नेमा ६३ जना भएपछि सभामुख अग्निप्रसाद सापकोटाले बैठक स्थगित भएको हो। कानुन, न्याय तथा संसदीय मामिलामन्त्री गोविन्द प्रसाद शर्मा (कोईराला)ले नीति अनुसन्धान प्रतिष्ठान विधेयक-२०७६ निर्णयार्थ पेश गरेका थिए। गणपुरक नपुगेकोबारे सांसद झपट बहादुर रावलले सभामुख सापकोटालाई जानकारी गराएका थिए। त्यसपछि तीन मिनेट घण्टी…
काठमाडौं : आज अन्तर्राष्ट्रिय लागुपदार्थ तथा अवैध तस्करीविरुद्धको दिवस विभिन्न कार्यक्रम गरी मनाइएको छ। यसै अवसरमा आज स्पर्श नेपालले लागुऔषध दुर्व्यसनीमा फसेकाहरुलाई सजाय नभई मानासिक सहायताको लागि वकालत गरेको छ। स्पर्शले पेन्टिङ प्रतियोगिताको माध्यमबाट लागुऔषध दुर्व्यसनीमा फसेकाहरुलाई मानासिक सहायताको लागि वकालत गरेको हो। सो क्रममा विभिन्न आर्टिस्टहरुले पेन्टिङ प्रतियोगितामा भाग लिएका थिए। उत्कृष्ट पेन्टिङ बनाउनेलाई आयोजकले १५ हजार रुपैयाँ पुरस्कारको पनि…
काठमाडौं : थिएटर भिलेजले साहित्यकार जगदीश घिमिरेको कथा ‘साबिती’मा आधारित भएर नाटक मञ्चन गर्ने भएको छ। यो नाटक आगामी असार १७ देखि १९ गतेसम्म शिल्पी थिएटरमा मञ्चन हुन लागेको हो। यस नाटकमा भारतीय रंगकर्मी अनुराधा मजुमदारको मुख्य भूमिका रहेको छ। अनुराधाले यसअघि नेपाली नाटक ‘खुमा’ र ‘बाँकी उज्यालो’ समेत अभिनय गरिसकेकी छिन्। नाटकमा अनुराधाका साथै सुजन वली र साजन कुमार…
काठमाडौं : नेकपा (एकीकृत समाजवादी)ले आफ्नो पार्टीको तर्फबाट मन्त्री फेरबदल गर्न तयारी अवस्थामा रहेको जनाएको छ। हाल सरकारमा सहभागी रहेका मन्त्रीहरुलाई फिर्ता बोलाएर नयाँ मन्त्रीलाई आजै नियुक्त गर्ने तयारी भइरहेको एकीकृत समाजवादीका एक नेताले जनाए। यसअघि मन्त्री भएका विरोध खतिवडा,रामकुमारी झाक्री, प्रेम आले र किसान श्रेष्ठलाई मन्त्रिपरिषदबाट फिर्ता बोलाएपछि उनीहरुको स्थानमा आजै नयाँलाई मन्त्रीमा नियुक्तिको तयारी भएको ती नेताले बताए। ‘आधिकारिक जानकारी आइसकेको छैन्। तर,तयारी भइरहेको…
काठमाडौं : सांसद बिमला राई पौड्यालले संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेम आलेको अडियो प्रकरणबारे ध्यानाकर्षण गरेकी छिन्। आज राष्ट्रिय सभामा जारी बैठकका क्रममा सांसद पौड्यालले आलेको अडियो प्रकरणबारे ध्यानाकर्षण गर्दै मन्त्रीले सार्वजनिक रुपमा माफी माग्नुपर्ने माग गरेकी हुन्। सामाजिक सञ्जालमा मन्त्री आलेको अभद्र अडियोले सबैको ध्यान आकृष्ट गरेको उल्लेख गर्दै उनले सार्वजनिक पद धारण गर्ने व्यक्तिले यसरी बोल्न मिल्छ कि…
काठमाडौं : सभामुख अग्निप्रसाद सापकोटाले वर्तमान संसदबाट नै नागरिकता विधेयक पास गर्ने तयारी भइरहेको बताएका छन्। आइतवार काठमाडौंमा संसदीय मामिला पत्रकार समाजले प्रकाशन गरेको ‘संसदीय समिति अभ्यास’ पुस्तक विमोचन कार्यक्रमलाई सम्बोधन गर्दै सभामुख सापकोटाले यस्तो बताएका हुन्। उनले नागरिकता विधेयकको विषयमा प्रधानमन्त्री र प्रमुख राजनीतिक दलसँग निरन्तर छलफल भइरहेको बताए। सभामुख सापकोटाले संसदमा नागरिकता विधेयक अड्किएर बसेकाले दर्जन भन्दा बढी…
काठमाडौं : फाल्गुनन्द लिङदेन फिल्म्सले निर्माण गरेको लिम्बु भाषा र संस्कृतिमा आधारित फिल्म ‘रीत’को छायाङ्कन सकिएको छ। शनिवार राजधानीमा ‘इन्डक्ल्याप’ गर्दै फिल्मको छायाङ्कन पूरा भएको जानकारी दिइएको हो। फिल्ममा दिनेश लिङ्देनको पटकथा, संवाद र निर्देशन रहेको छ। निर्देशक लिङ्देनले फिल्ममा लिम्बु जातिको विवाहमा हुने संस्कारलाई समेटेको बताए। ताप्लेजुङको सिनाम, पाँचथर, इलाम र उपत्यकामा समेत छायाङ्कन गरिएको फिल्मलाई सुमन तामाङले खिचेका…
काठमाडौं : शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले कक्षा ८ सम्मको दिवा खाजाका लागि अर्थ मन्त्रालयले बजेट नदिएको गुनासो गरेका छन्। आइतवार राष्ट्रिय सभाको बैठकमा विनियोजन विधेयक २०७९ अतर्गत सांसदहरुले उठाएका प्रश्नको जवाफ दिँदै शिक्षामन्त्री पौडेलले यस्तो बताएका हुन्। उनले मन्त्रालयले कक्षा ८ सम्म नै दिवा खाजाको व्यवस्था माग गरेर अर्थ मन्त्रालयलाई पठाएको बताए। मन्त्री पौडेलले सरकारको आगामी आर्थिक वर्षका…