काठमाडौं : सिसडोलदेखि बञ्चरेडाँडासम्म जाने बाटो मर्मतको काम गर्नुपर्ने भएकाले आज र भोलि काठमाडौँ उपत्यकाको फोहर व्यवस्थापन कार्य प्रभावित हुने भएको छ। नुवाकोटको सिसडोलमा यसअघि थुपारिएको फोहरको कारण बञ्चरेडाँडासम्म गाडी आउनजानका लागि समस्या भएकाले आज र भोलि फोहर लाने काम रोकिएको हो। सिसडोलदेखि दुई किलोमिटर पर बञ्चरेडाँडासम्म जान यसअघि थुपारिएको फोहरको डङ्गुर पार गर्नुपर्ने बाध्यता छ। वर्षाको समय सुरु भएसँगै…
काठमाडौं : सप्तकोशी नदीमा पानीको बहाव बढ्न थालेसँगै तटीय क्षेत्रमा शतर्कता बढाइएको छ। बहाव बढेसँगै सुनसरी प्रशासनले नदीमा डुङ्गा चलाउन पूर्ण रुपमा रोक लगाएको छ भने सम्भावित जोखिमलाई मध्यनजर गर्दै माछा मार्ने तथा बाढीले बगाएर ल्याएका दाउरा नदीबाट झिक्नसमेत प्रशासनले प्रतिबन्ध लगाएको छ। नदीको जलस्तर बढ्दो क्रममा रहेसँगै प्रशासनले कोशीको बाँध तथा स्पर र नोज अनुगमनको कार्यलाई समेत निरन्तरता दिएको…
काठमाडौं : एक युवतीलाई होटलमा लगेर बलात्कार गरेको अभियोगमा प्रहरीले एक युवकलाई पक्राउ गरेको छ। सूर्यविनायक नगरपालिका-९ बाँसघारीस्थित रुहोसा रिसोर्टमा २१ वर्षीया युवतीलाई जबर्जस्ती बलात्कार गरेको अभियोगमा प्रहरीले सूर्यविनायक नगरपालिका-२ बालकोट बस्ने २५ वर्षीय मनिष खत्रीलाई पक्राउ गरेको भक्तपुर महानगरीय प्रहरी परिसरका प्रहरी नायब उपरीक्षक राजु पाण्डेले जानकारी दिए। युवतीलाई मनिषले जबर्जस्ती गरेको उजुरी दिएलगत्तै जगातीस्थित प्रहरी बृत्तबाट खटिएको प्रहरीले…
काठमाडौं : सभामुख अग्निप्रसाद सापकोटा नेतृत्वको प्रतिनिधिमण्डल अजरबैजानको बाकुमा हुने ‘नन एलाइन्ड मुभमेन्ट पार्लियामेन्ट नेटवर्क’को सम्मेलनमा सहभागी हुन आज त्यसतर्फ प्रस्थान गरेको छ। सम्मेलन यही असार १६ देखि १८ गतेसम्म हुँदैछ। प्रतिनिधिमण्डलमा प्रतिनिधिसभा सदस्य पुष्पा भुसाल, राष्ट्रियसभा सदस्य रामचन्द्र राई र सभामुखका स्वकीय सचिव गोविन्द पाठक छन्। उक्त कार्यक्रममा सभामुखले असंलग्न आन्दोलनको आवश्यकता एवं महत्व तथा यो अभियानका पक्ष राष्ट्रहरूका…
काठमाडौं : प्रधानसेनापति प्रभुराम शर्मा अहिले अमेरिका भ्रमणमा छन्। लेबनान र सिरिया भ्रमण सकाएर उनी आइतवार अमेरिकाको औपचारिक भ्रमणमा पुगेका थिए। सोमबार उनले क्वान्टिको भर्जिनियास्थित नेशनल म्यूजियम अफ दी मेरिन कर्प्स र मेरिन कर्प्स बेसको अवलोकन भ्रमण गरेका थिए। त्यसक्रममा शर्माले मेरिन कर्प्स वार फाइटिङ ल्याब्रटरीका कमान्डिङ जनरल बिग्रेडियर केल बि इलिसनसँग छलफल गरेका थिए। यस्तै, शर्माले भर्जिनियामै रहेको मेरिन…
बुटवल : मंगलवार बिहानैदेखि अवरुद्ध भएको बुटवल-पाल्पा सडकखण्ड एकतर्फी रुपमा सञ्चालनमा आएको छ। सडक माथिबाट ढुंगा र लेदोसहितको पहिरो झरेपछि अवरुद्ध भएको सडक एकतर्फी सञ्चालनमा आएको लुम्बिनी प्रदेश ट्राफिक प्रहरी कार्यालय बुटवलका प्रवक्ता मोहन बहादुर खाणले जानकारी दिए। पानीसँगै आएको पहिरोले सिद्धार्थ राजमार्ग अन्तर्गत पाल्पाको तिनाउ गाउँपालिका-३ स्थित ड्याम साइड, सिद्धबाबा लगायतका क्षेत्रमा पहिरो खसको थियो। सडक सञ्चालनमा आएसँगै सिद्धार्थ…
पहिलो पटक भिक्टोरिया क्रस प्राप्त गर्ने कुलवीर थापाको जीवनीमा आधारित फिल्म ‘गोर्खा: बिनिथ द ब्रेभरी’को ट्रेलर सार्वजनिक भएको छ। ट्रेलर सार्वजनिकसँगै यो फिल्म आगामी भदौ २४ गते रिलिज हुने पक्का भएको छ। सार्वजनिक ट्रेलरमा कुलवीर थापाले जर्मनसँगको युद्धमा देखाएको बहादुरीलाई प्रस्तुत गरिएको छ। प्रदीप शाहीको निर्देशित फिल्ममा समिर गुरुङ, गौमाया गुरुङ, स्टुअर्ट वाल्कर, एगिस्टिनो ओबरहोफर, ओली बस्सी, रोबिन फ्रिबर्ग, राजान गुरुङ,…
काठमाडौं : अनुप बराल निर्देशित फिल्म ‘दोख’ को ट्रेलर रिलिज भएको छ। सार्वजनिक ट्रेलरमा माओवादी द्वन्द्वकालमा भएको दुई गाउँबिचको झगडाको विषयवस्तुलाई प्रस्तुत गरिएको छ। सामुदायिक वनको स्वामित्वलाई लिएर गाउँ विभाजित भएको र वनमाथि स्वामित्व पाउन दुई गाउँबिच फुटबल प्रतियोगिता आयोजना भएको ट्रेलरमा देख्न सकिन्छ। सविन ज्ञवाली र मनोज अधिकारी निर्माता रहेको फिल्ममा राजन कठेतको लेखन रहेको छ। फिल्ममा दीया मास्के,…
काठमाडौं : झापाको कमल गाउँपालिका-५ स्थित चाँजु खोलामा आएको बाढीले सो क्षेत्र वरपर कटान तीव्र बनाएको छ। गएरातिदेखि परेको भारी वर्षासँगै खोलामा आएको बाढीले कटान तीव्र बनाएपछि त्यहाँका आधादर्जन घर उच्च जोखिममा परेको हो। वडा अध्यक्ष लालबहादुर विष्टका अनुसार खोला आसपासका आधादर्जन घरपरिवारलाई सुरक्षित स्थानमा सार्नुपर्ने अवस्था आएको छ। खोलामा आएको बाढीले त्यहाँ बनाइएको अस्थायी तटबन्ध भत्काएका कारण खोला बस्तीमा…
श्रीलंकाले अत्यावश्यकबाहेकका सवारीसाधनलाई इन्धन बिक्री नगर्ने भएको छ। आर्थिक संकटसँग गुज्रिरहेको श्रीलंका सरकारले आगामी दुई हप्तासम्म सार्वजनिक यातायात, रेलका साथै औषधि र खाद्यान्न ढुवानी गर्ने गाडीलाई मात्र इन्धन दिने निर्णय गरेको हो। जुलाई १० सम्म निजी सवारीसाधनलाई पेट्रोल र डिजेल बिक्री गरिनेछैन। यस्तै, सरकारले २ करोड २० लाख नागरिकलाई घरबाटै काम गर्न र शहरी क्षेत्रका विद्यालय बन्द गर्न निर्देशन समेत…
काठमाडौं : विश्वप्रख्यात ‘आइवेयर ब्रान्ड’ रे-बानका मालिक तथा इटालियन अर्बपति लियोनार्दो डेल भेक्चियोको निधन भएको छ। ८७ वर्षको उमेरमा उनको निधन भएको इटालियन कम्पनी एस्सिलोर लुज्जोटिकाले पुष्टि गरेको हो। 'एस्सिलोर लुज्जोटिका दुःखका साथ आज आफ्नो अध्यक्षको मृत्यु भएको घोषणा गर्दछ,' उक्त समूहले सोमबार एक विज्ञप्तिमार्फत जनाएको छ। अनाथालयमा हुर्केका डेल भेक्चियो इटालीको युद्धपश्चातको आर्थिक पुनर्स्थापनायता अर्बौं युरोको व्यवसायिक साम्राज्य बनाउन…
अखिल नेपाल फुटबल संघ (एन्फा)को अध्यक्षमा पंकजविक्रम नेम्बाङ चुनिँदा कार्यसमितिका अधिकांश सदस्य पनि उनी पक्षकै छन्। नेम्बाङ कार्यसमितिले शपथ लिएकै दिन तीन पदमा नियुक्तिसमेत दियो। महासचिवमा किरण राई, कोषाध्यक्षमा रवीन्द्र जोशी र विदेश विभागमा नवीन पाण्डे नियुक्त भए। राई यसअघिको कार्यसमितिमा प्रवक्ता थिए। नेम्बाङ वरिष्ठ उपाध्यक्ष रहेको बेला प्रशिक्षक अब्दुल्लाह अलमुताइरीसँग विवाद भएपछि नेतृत्वको कार्यशैलीप्रति असन्तुष्टि जनाउँदै राईले राजीनामा दिएका…
काठमाडौंः काठमाडौं महानगरपालिकाले हैजा रोगबारे सूचना संकलनका लागि हटलाइन टेलिफोन सेवा सञ्चालन गरेको छ। सेवा २४ सै घण्टा सञ्चालन हुने जनाइएको छ। मेयर बालेन्द्र शाहले ट्वीटरमा हटलाइन सञ्चालनबारे जानकारी दिएका छन्। महानगरले ११८० मा टेलिफोन गरेर आवश्यक जानकारी लिने व्यवस्था गरेको हो। काठमाडौँ महानगरपालिकाले आज देखि हैजा सम्बन्धी समस्या समाधान गर्न २४ सै घण्टा हटलाइन टेलिफोन सञ्चालन थालेको छौ । 1180 मा…
नवीन पौडेल- काठमाडौंः देशको परिचय कृषि प्रधान। खेतीपाती गर्ने जमिन बाँझो। खेती गर्ने युवाजति खाडीमा। तिनै युवाले पठाएको विप्रेषणको पैसा खर्च गरेर विदेशबाट खाद्यान्नको आयात गर्नु परिरहेको डरलाग्दो तथ्याङ्क सार्वजनिक भएको छ। भन्सार विभागले हालै सार्वजनिक गरेको चालु आवका ११ महिनामा रु १६ अर्ब बढीको कृषि तथा फलफूल आयात भएको पाइएको छ। मुलुकका दुई तिहाइभन्दा बढी जनता कृषिमा आश्रित रहेका र…
काठमाडौंः नेपालको पहिलो महिला चिकित्सकको रूपमा डाक्टर प्रीति भुसालसहितको टोलीले सगरमाथा आरोहण गरेको छ। वैशाख २९ गते भुसालसहितको टोलीले आरोहण गरेको हो। पर्वतारोही पेम्बा दोर्जी शेर्पाको नेतृत्वमा टोलीले आरोहण गरेको हो। कोभिड १९ विरुद्धको लडाईंमा अग्रपङ्तिमा रहने चिकित्सक, फर्मासिष्ट, नर्स, अस्पताल प्रशासनका कर्मचारी, एम्बुलेन्स चालक, सामाजिक कार्यकर्तालगायतको योगदानको सम्मान गर्न सगरमाथा आरोहण गरेको भुसालको भनाई छ। जलवायु परिवर्तनको असर कम…
काठमाडौं सभामुख अग्निप्रसाद सापकोटाले संघीय संसदका दुबै सदनबाट पारित भएका दुई विधेयक प्रमाणित गरेका छन्। सापकोटाले बिरूवा संरक्षण (पहिलो संशोधन) विधेयक, र बिउ बिजन (दोस्रो संशोधन) विधेयक प्रमाणित गरेका हुन्। असार ७ गतेको प्रतिनिधि सभाको बैठकले राष्ट्रिय सभाबाट भएका संशोधन स्वीकृत गरेको थियो। सोपछि सोमबार प्रमाणित गरिएको हो। लोक सेवा आयोग विधेक भने प्रमाणित गर्न बाँकी छ। दुबै विधेयकलाई अब…
काठमाडौं : काठमाडौं उपत्यकामा थुप्रिएको फोहोरका कारण हैजा फैलिएको भन्दै बेलैमा न्यूनिकरण गर्न र आवश्यक तयारी अघि बढाउन सांसदहरुले सरकारको ध्यानाकर्षण गराएका छन्। सोमवार सिंहदरबारमा बसेको शिक्षा तथा स्वास्थ्य समितिको बैठकमा सांसदहरुले सरकार यसप्रति गम्भीर भएर लाग्नुपर्ने बताएका हुन्। सांसदहरुले काठमाडौंका विभिन्न स्थानका पानी कम्पनीहरुको परीक्षण र अनुगमन हुनु आवश्यक रहेको बताए। सरकारले हैजाको त्रास र संक्रमण जताततै फैलिसक्दासमेत अनुसन्धान…
काठमाडौं : क्यानडाविरुद्धको दुई एक दिवसीय खेल र आइसीसी विश्वकप क्रिकेट लिग-२ अन्तर्गत स्कटल्याण्ड भ्रमण गर्न लागेको नेपाली राष्ट्रिय क्रिकेट टोलीलाई सोमवार बिदाइ गरिएको छ। नेपाल क्रिकेट संघ (क्यान)ले सोमवार एक कार्यक्रमको आयोजना गरेर सन्दीप लामिछानेको कप्तानीमा रहेको १४ सदस्यीय राष्ट्रिय क्रिकेट टोलीको बिदाइ गरेको हो। टोलीलाई राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिव टंकलाल घिसिङ, क्यानका अध्यक्ष चतुरबहादुर चन्द, कोषाध्यक्ष रोशन…
काठमाडौं : राष्ट्रपति विद्यादेवी भण्डारीले आयरल्याण्डका लागि नेपालको गैरआवासीय राजदूत नियुक्त गरेकी छिन्। राष्ट्रपतिको कार्यालयले विज्ञप्ति जारी गर्दै मन्त्रिपरिषद्को सिफारिसमा बेलायतका लागि नेपालको आवासीय राजदूत ज्ञानचन्द्र आचार्यलाई आयरल्याण्डका लागि समेत गैरआवासीय नेपाली राजदूत पदमा नियुक्त गरेको जानकारी दिएको छ। ‘राष्ट्रपति विद्यादेवी भण्डारीज्यूले नेपालको संविधानको धारा २८२ को उपधारा (१) बमोजिम संयुक्त अधिराज्यका लागि नेपालको आवासीय राजदूत ज्ञानचन्द्र आचार्यलाई आयरल्याण्डका लागि…
काठमाडौं : नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले देशमा शोधनान्तर घाटाको प्रणेता र जन्मदाता केपी ओली नेतृत्वको सरकार र युवराज खतिवडा भएको आरोप लगाएका छन्। नेकपाका संस्थापक नेता नरबहादुर कर्माचार्यको स्मृतिमा नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठानमा नरबहादुर कर्माचार्य प्रतिष्ठानले आयोजना गरेको कार्यक्रममा नेकपा (एमाले) का महासचिव शंकर पोखरेलको भाषणप्रति लक्षित गर्दै प्रचण्डले यस्तो आरोप लगाएका हुन्। कार्यक्रममा प्रचण्डअघि भाषण गरेका…