काठमाडौं : आज असर १५। देशभर रोपाइँ गरेर राष्ट्रिय धान दिवस मनाइँदैछ। आजको दिनलाई दहीसँग चिउरा खाने दिनका रुपमा पनि लिइन्छ। यसै अवसरमा नेपालका लागि अस्ट्रेलियाकी राजदूत फेलिसिटी भोल्कले पनि धान रोपाइँ गरेकी छिन्। नुवाकोट पुगेर भोल्कले स्थानीय महिलाहरुसँगै धान रोपाइँ गरेकी हुन्। उनले धान रोपाइँ गर्दै गरेका सबैलाई शुभकामना दिँदै राम्रो उब्जनीको कामना गरेकी छिन्।
काठमाडौं : नेकपा एमाले गण्डकी प्रदेश संसदीय दलले गण्डकी प्रदेशसभाको बैठक तत्काल बोलाउन माग गरेको छ। आज पत्रकार सम्मेलन आयोजना गरेर संसदीय दलका नेता पृथ्वीसुब्बा गुरुङले गण्डकी प्रदेशसभा अनिश्चित कालका लागि स्थगित गरिएको र आफूहरूले खोल्न गरिएको आग्रहलाई अस्वीकार गरिएको बताएका हुन्। बजेट अधिवेशनमा आर्थिक वर्ष २०७९-८० को बजेट छलफल गरि पारित गर्नुपर्नेमा सरकार गठबन्धनका दलबिच बजेटको भागबण्डामा अलमलिएको नेता…
काठमाडौं : वर्षासँगै आएको पहिरोका कारण हेटौँडाबाट सङ्घीय राजधानी जोड्ने सिस्नेरी सडकखण्ड आज बिहानैदेखि अवरुद्ध भएको छ। इन्द्रसरोवर गाउँपालिका-३ रामचन्द्र भञ्ज्याङस्थित गए राति आएको पहिरोका कारण उक्त सडकखण्डमा यातायात अवरुद्ध भएको इलाका प्रहरी कार्यालय भीमफेदीका प्रहरी निरीक्षक प्रतिमा कार्कीले जानकारी दिए। उक्त स्थानमा हाल पानी परिरहेका कारण पहिरो पन्छाउन कठिनाइ भइरहेको छ। पानी रोकिएपश्चात पहिरो हटाइ यातायात संचालनमा ल्याइने उनले…
काठमाडौं: नेपाली फिल्म ‘ह्रस्व दीर्घ’ मा दक्षिण भारतीय चर्चित हाँस्य कलाकार ब्रह्मानन्दम अनुबन्धित भएका छन्। नीता फिल्मसले निर्माण गर्ने यस फिल्ममा ब्रह्मानन्दमले अभिनय गर्ने पक्का भएको अभिनेत्री नीता ढुंगानाले फेसबुकमार्फत जानकारी दिएकी छिन्। फिल्म ‘ह्रस्व दीर्घ’ टिम र ब्रह्मानन्दमबिच अभिनयका लागि सम्झौता भइसकेको छ। ब्रहमानन्दमलाई कलाकारको रूपमा स्वागत गर्न पाउँदा निकै उत्साहित रहेको नीताले उल्लेख गरेकी छिन्। यसअघि पनि यस फिल्ममा…
भारतको उदयपुरमा एक व्यक्तिको हत्या पछि राजस्थानभर प्रहरीलाई ‘अलर्ट’ मा रहन भनिएको छ। यस्तै, धार्मिक सद्भाव कायम राख्न अपील गर्दै भारतभर सुरक्षा सतर्कता अपनाउन प्रहरीलाई निर्देशन दिइएको छ। पैगम्बर महोम्मदको विरुद्धमा अभिव्यक्ति दिएकी नुपूर शर्माको समर्थन गरेको भन्दै मंगलवार कन्हैयालाल तेलीको हत्या गरिएको हो। सो घटनापछि थाना इलाकामा कर्फ्यू लगाइएको छ भने हिंसात्मक झडप रोक्न प्रहरी परिचालन गरिएको छ। केही क्षेत्रमा…
काठमाडौंः नेपाली कांग्रेसका नेता अर्जुननरसिंह केसी अस्वस्थ भएका छन्। ब्लड प्रेसर र हार्ट बिटमा समस्या देखिएपछि गएरातिदेखि केसीलाई ह्याम्स अस्पतालमा राखिएको छ। चिकित्सकको सल्लाह अनुसार केसीको आइसियूमा राखेर उपचार भइरहेको पारिवारिक स्रोतले जानकारी दियो।
बुटवलः बुटवलमा सञ्चालित अटो रिक्सा (ई–रिक्सा) को भाडादर बढेको छ। ई-रिक्सा सञ्चालनमा आएको झण्डै ८ वर्षपछि न्यूनतम २५ रूपैयाँ रहेको भाडामा ५ रूपैयाँ वृद्धि गरिएको हरियाली यातायात प्रालिका अध्यक्ष कृष्ण तिवारीले जानकारी दिए। व्यवसायी, चालक र नगरबासीको छलफलबाट मंगलबारदेखि लागू हुनेगरि भाडा बढाइएको हो। न्यूनतमभन्दा बढीको भाडादर भने यात्रु र चालकको सहमतिमा तय हुने जनाइएको छ। भाडा वृद्धिको जानकारी…
हेटौँडा : मकवानपुर प्रहरीले अनलाइन जुवा खेल्ने ११ जनालाई पक्राउ गरेको छ। हेटौँडा उपमहानगरपालिका-४ कमलडाँडा डेरा गरी बस्ने कुलदीप पाठकको कोठामा अनलाइन जुवा खेलिरहेको अवस्थामा ११ जनालाई प्रहरीले पक्राउ गरेको हो। पक्राउ परेकाहरूलाई प्रहरीले आज पत्रकार सम्मेलन गरेर सार्वजनिक गरेको छ। जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी प्रवक्तासमेत रहेका प्रहरी नायव उपरीक्षक टेकबहादुर कार्कीले कमलडाँडास्थित रुक्मणी न्यौपानेको घरको तेस्रो र चौथो…
काठमाडौं : नेकपा (एमाले)का अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले अमेरिकाको स्टेट पार्टनरसीप प्रोग्राम (एसपीपी) सम्झौताको नयाँ ड्राफ्ट जनतालाई देखाउन सरकारलाई चुनौती दिएका छन्। मंगलवार काठमाडौंमा आयोजित जननेता मदन भण्डारीको ७१औँ जन्म जयन्तीको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले एसपीपीको सक्कली नयाँ ड्राफ्ट सार्वजनिक गर्न सरकारलाई चुनौती दिएका हुन्। अध्यक्ष ओलीले सरकारले नयाँ ड्राफ्ट ल्याएको र जनताले ठूलो…
काठमाडौं : नेपाल र भारतबिच महाकाली एकीकृत विकास सन्धि भएको २६ वर्षपछि नेपालले पानी पाएको छ। सन् १९९६ मा नेपाल र भारतबिच भएको महाकाली एकीकृत सन्धिअनुसार मूलनहर निर्माणकार्य थालनी भएको थियो। नहर थालनी भएको २० वर्षभित्र नहर निर्माण गरी सक्नुपर्ने भएपनि लामो समय नहर निर्माण ढिलाईको कारण गति लिन नसकेको नहर आयोजनालाई २६ वर्षपछि भारतले पानी दिएको हो। महाकाली सिंचाई…
काठमाडौं : इरान र अमेरिकाबिचको आणविक वार्ता कतारमा हुने भएको छ। त्यहाँको सरकारी सञ्चार माध्यम तेहरान टाइम्सले उल्लेख गरेको छ। तीन महिना अगाडि भियन्नामा भएको वार्तालाई निरन्तरता दिन इरान तयार रहेको जनाएको छ। युरोपियन युनियनका विदेश नीति प्रमुख जोसेप बोरेलको तेहरान भ्रमणको परिणाम स्वरुप रोकिएको आणविक वार्ताप्रति सकरात्मक देखिएको छ। यो वर्ताले अमेरिका र इरानबिच सन् २०१५ मा भएको 'न्युक्लियर…
काठमाडौं : सरकारी नियुक्तिको लागि शैक्षिक प्रमाणपत्र किर्ते गर्ने एक जनालाई प्रहरीले पक्राउ गरेको छ। भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालय अन्तर्गतको राष्ट्रिय सहकारी विकास वोर्डको संचालक पदमा नियुक्तिको लागि शैक्षिक प्रमाणपत्र किर्ते गर्ने माधव प्रसाद तिमल्सिनालाई प्रहरीले पक्राउ गरेको हो। तिमल्सिनाले पाटन बहुमुखी क्याम्पसबाट मानविकी तथा समाजशास्त्र संकायमा स्नातक उत्तीर्ण गरेको चारित्रिक प्रमाणपत्र पेश गरेका थिए। गत वर्ष चैत…
काठमाडौं : छोटो समयका लागि मन्त्री फिर्ता गर्ने नेकपा एकीकृत समाजवादीको निर्णय अपरिपक्क भएको नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य दिनानाथ शर्माले बताएका छन्। मंगलवार काठमाडौंमा भएको एक कार्यक्रममा शर्माले ४/५ महिनामा कुनै पनि मन्त्रीले कामको परिणाम दिन नसक्ने समेत बताए। 'एउटा निश्चित अवधि काम गर्न पाउने अधिकार मन्त्रीलाई दिनुपर्छ,' उनले भने, '३/४ महिनामा पालो पुर्याउनका लागि मात्रै मन्त्री बनाउने काम नगरी…
काठमाडौं : वामदेव गौतमले नयाँ पार्टीको घोषणा गरेका छन्। नेकपा (एमाले) छोडेका गौतमले आज पत्रकार सम्मेलन गर्दै नेपाल कम्युनिस्ट पार्टी एकता राष्ट्रिय अभियानको घोषणा गरेका हुन्। गौतमको पार्टीमा ७५ जना केन्द्रीय सदस्य छन् भने स्थायी कमिटीमा १५ जना छन्। पार्टी घोषणा गर्दै उनले आफ्ना सबै सन्तान आन्दोलनमा लागेको बताए। उनले व्यक्तिगत आकांक्षा छोडेर पूर्णकालिन राजनीतिमा हिँडेको पनि बताए। उनले भने, ‘गण्डकी…
काठमाडौं : वामदेव गौतमले नयाँ पार्टीको घोषणा गरेका छन्। नेकपा एमाले त्याग गरेर वाम एकताको अभियानमा लागेका गौतमले आज नयाँ पार्टी घोषणा गरेका हुन्। राजधानीमा आयोजित एक कार्यक्रमा उनले ‘नेपाल कम्युनिष्ट पार्टी एकता राष्ट्रिय अभियान’ घोषणा गरेका हुन्। पार्टीको संयोजकमा वामदेव गौतम आफै छन्। पार्टीको केन्द्रीय कमिटीमा ७५ जना सदस्य रहेनछन्। पार्टीमा स्थायी कमिटी निर्माण हुनेछ जसमा १५ जना नबढ्ने…
काठमाडौं : काठमाडौं विश्वविद्यालय (केयू) ले यसै वर्षदेखि मिडिया स्टडिज विषयमा स्नातकोत्तर कार्यक्रम संचालनमा ल्याउने भएको छ। विगत १६ वर्षदेखि स्नातक तहमा संचालन हुँदै आएको मिडिया स्टडिज कार्यक्रमलाई अब स्नातकोत्तर तहमा पनि विस्तार गरिएको हो। काठमाडौं विश्वविद्यालयमै स्नातकोत्तर गर्न चाहने मिडिया तथा सञ्चारकर्मीहरुका लागि यो सुनौलो अवसर हुने केयूको भाषा तथा आमसञ्चार विभागका प्रमुख डा. सुधांशु दाहाल बताए। आमसञ्चार र…
काठमाडौं: दीपेन्द्र के खनाल निर्देशित फिल्म ‘के घर के डेरा’ को छायाङ्कन सकिएको छ। 'इन्ड क्लाप' गर्दैँ ३३ दिनमा फिल्मको सम्पूर्ण छायाङ्कन सम्पन्न भएको खनालले बताएका छन्। फिल्मको सम्पूर्ण छायाङ्कन काठमाडौं उपत्यकामा गरिएको थियो। कमेडी तथा सोसल जनरामा बनेको यस फिल्मको कथा सिंगे लामाले लेखेका हुन्। त्यसैगरी, फिल्ममा महेश दवाडीको पटकथा तथा संवाद रहेको छ। फिल्ममा दयाहाङ राई, विपिन कार्की, वर्षा राउत,…
काठमाडौं : पछिल्लो २४ घण्टामा थप ४४ जनामा कोरोना भाइरस संक्रमण देखिएको छ। २ हजार ७९८ जनाको परीक्षण गर्दा ४४ जनामा संक्रमण देखिएको हो। स्वास्थ्य मन्त्रालयका अनुसार हाल देशभर २२९ जना सक्रिय कोरोना संक्रमित छन्।
काठमाडौं : शहरी विकासमन्त्री मेटमणि चौधरीले सरकारले आगामी मंसिर २१ गते संघ र प्रदेशको निर्वाचन घोषणा गर्ने तयारी गरेको बताएका छन्। मंगलवार काठमाडौंमा भएको एक कार्यक्रममा बोल्दै मन्त्री चौधरीले सरकारले आगामी मंसिर २१ गते निर्वाचन हुनेगरी संघ र प्रदेशको निर्वाचन घोषणा गर्ने बताएका हुन्। उनले सरकारले निर्वाचन गर्ने मिति नै नतोकेको भएपनि दुई/तीन महिनामा निर्वाचन घोषणा गर्ने तयारी रहेको बताए।…
काठमाडौं : स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले उपत्यकामा हैजाका बिरामी बढेसँगै सतर्कता अपनाउन आग्रह गरेको छ। मन्त्रालयले गर्मी तथा वर्षायाम सुरु भएसँगै हैजा, झाडापखाला जस्ता रोग फैलिरहेकाले सावधानी अपनाउन आग्रह गरेको हो। मन्त्रालयका सहप्रवक्ता डा समीरकुमार अधिकारीले हैजाको प्रकोप बढेकाले सर्वसाधारणलाई सतर्कता अपनाउन आग्रह गरिएको बताए। उनले खानेपानी, खाद्य पदार्थको गुणस्तर र सरसफाइमा ध्यान दिन भनेको छन्। अधिकारीले प्रदूषित खानेपानीले हैजा…