PahiloPost

Jun 26, 2025 | १२ असार २०८२

  • नविना लामाको प्रश्न : चुलो बाल्न मुस्किल भएका बेला हैजाको उपचार पाउँछन् कि पाउँदैनन्?

    नविना लामाको प्रश्न : चुलो बाल्न मुस्किल भएका बेला हैजाको उपचार पाउँछन् कि पाउँदैनन्?

    काठमाडौं : नेकपा (एमाले)की सांसद नविना लामाले हैजा रोग न्यूनिकरणको लागि सरकार गम्भीर बन्नुपर्ने बताएकी छिन्। सोमवार शिक्षा तथा स्वास्थ्य समितिको बैठकमा बोल्दै सांसद लामाले अहिले काठमाडौंमा हैजाको समस्याले जनताहरु त्रस्त भइरहेको भन्दै सरकार यसमा गम्भीर बन्नुपर्ने बताएकी हुन्। उनले काठमाडौंमा विशेष गरेर बालबालिकाहरुमा हैजाको समस्या देखा परेको भन्दै सामान्य जनताले महँगीको बेलामा सुलभ उपचारको व्यवस्था मिलाउन सरकारसँग माग गरिन्।…

    विस्तृतमा पढ्नुस्

  • एमालेसँगको सहमति कार्यान्वयन गर्ने मन्त्री जम्कट्टेलको वाचा, संचालन भयो वाग्मती प्रदेशसभा

    एमालेसँगको सहमति कार्यान्वयन गर्ने मन्त्री जम्कट्टेलको वाचा, संचालन भयो वाग्मती प्रदेशसभा

    काठमाडौं : वाग्मती प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री शालिकराम जम्कट्टेलले सरकारले बजेट बनाउने क्रममा प्रमुख प्रतिपक्षी दल नेकपा(एमाले) सँग भएको सहमतिलाई पूर्णरुपमा कार्यान्वयन गर्ने बताएका छन्। आज प्रदेशसभा बैठकमा उठेका प्रश्नको जवाफ दिँदै मन्त्री जम्कट्टेलले सरकार प्रतिपक्षीसँग सहकार्य गरेर अगाडि बढ्ने प्रतिबद्धता व्यक्त गरेका हुन्। उनले बजेटले सबै क्षेत्रलाई समेट्ने प्रयास गरेको उल्लेख गर्दै बजेट बनाउने क्रममा केही सीमाभित्र रहेर…

    विस्तृतमा पढ्नुस्

  • आगामी निर्वाचनको लागि १६५ वटै क्षेत्रमा तयारी गर्न माधव नेपालको निर्देशन, ‘अरुमाथि भरोसा गरेर चल्ने होइन’

    आगामी निर्वाचनको लागि १६५ वटै क्षेत्रमा तयारी गर्न माधव नेपालको निर्देशन, ‘अरुमाथि भरोसा गरेर चल्ने होइन’

    काठमाडौं : नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी)का अध्यक्ष माधव कुमार नेपालले आगामी प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा पार्टीले २० लाख मत प्राप्त गर्नुपर्ने बताएका छन्। सोमवार एकीकृत समाजवादीको केन्द्रीय परिषद्को प्रथम बैठकलाई सम्बोधन गर्दै अध्यक्ष नेपालले यस्तो बताएका हुन्। उनले स्थानीय तह निर्वाचनमा पार्टीले २८ प्रतिशत ठाउँमा उम्मेदवार खडा गरेको र ९ लाख मत प्राप्त गरेको उल्लेख गरे। आगामी निर्वाचनमा २०…

    विस्तृतमा पढ्नुस्

  • कम्युनिष्ट आन्दोलन जबजकै कारण नयाँ उचाइमा पुग्यो : एमाले उपाध्यक्ष पौडेल

    कम्युनिष्ट आन्दोलन जबजकै कारण नयाँ उचाइमा पुग्यो : एमाले उपाध्यक्ष पौडेल

    काठमाडौं : नेपाल कम्युनिष्ट पार्टी एमालेका उपाध्यक्ष विष्णु पौडेलले जनताको बहुदलीय जनवादका कारण नेपाली कम्युनिष्ट आन्दोलनले नयाँ उचाइ प्राप्त गरेको बताएका छन्। मदनकुमार भण्डारीको ७१औँ जन्म जयन्तीका अवसरमा आज तिलोत्तमामा आयोजना गरिएको अन्तरसंवाद कार्यक्रममा उनले मदन भण्डारीले विचारको भण्डार सुम्पिएर गएको उल्लेख गर्दै जनताको बहुदलीय जनवाद नभएको भए नेपालमा कम्प्युनिष्ट आन्दोलनले यति उचाइ प्राप्त गर्न नसक्ने बताएका हुन्। पाँचौँ महाधिवेशनमा…

    विस्तृतमा पढ्नुस्

  • एमाले सांसदले राष्ट्रियसभा बैठक बहिस्कार गरे, अर्थमन्त्री शर्माले सम्बोधन गरिरहे

    एमाले सांसदले राष्ट्रियसभा बैठक बहिस्कार गरे, अर्थमन्त्री शर्माले सम्बोधन गरिरहे

    काठमाडौं : नेकपा (एमाले)का सांसदले राष्ट्रियसभाको बैठक बहिस्कार गरेका छन्। सभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले अर्थमन्त्री जनार्दन शर्मालाई आगामी आर्थिक वर्षको विनियोजन विधेयकमाथि सांसदहरुले उठाएको सवालको जवाफ दिन रोष्टममा बोलाउनेबित्तिकै एमालेका सांसदहरुले बैठक बहिस्कार गरेका हुन्। एमाले सांसद देवेन्द्र दाहालले बजेट निर्माणका क्रममा अर्थमन्त्रीको भूमिका प्रभावकारी नभएको तथा अनाधिकृत मानिसलाई संलग्न गराएको आरोप लगाए। उनले प्रश्न उठेपछि मार्गप्रशस्त गर्नुपर्नेमा अर्थमन्त्रीले त्यसो…

    विस्तृतमा पढ्नुस्

  • श्रम मन्त्री कुँवरको पहिलो निर्णय : नीति तथा कार्यक्रम र बजेट कार्यान्वयन कार्ययोजना स्वीकृत

    श्रम मन्त्री कुँवरको पहिलो निर्णय : नीति तथा कार्यक्रम र बजेट कार्यान्वयन कार्ययोजना स्वीकृत

    काठमाडौं : नवनियुक्त श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शेरबहादुर कुँवरले आगामी आर्थिक वर्षका लागि मन्त्रालयका नीति, कार्यक्रम र बजेट कार्यान्वय गर्ने कार्ययोजना स्वीकृत गरेका छन्। सिंहदरबारस्थित मन्त्रालयमा आज पदबहालीपछि पहिलो निर्णयका रुपमा उनले आर्थिक वर्ष २०७९-८० का लागि निर्धारित लक्ष्य हासिल गर्न अख्तियार गरिएका कार्यक्रमका कार्ययोजना स्वीकृत गरेको मन्त्रालयका प्रवक्ता डण्डुराज घिमिरेले जानकारी दिए। नवनियुक्त मन्त्री कुँवरले यसअघिको नेतृत्वले थालेका…

    विस्तृतमा पढ्नुस्

  • उपत्यकाका विभिन्न स्थानमा हैजाको बिरामी भेटिँदै, लक्षण के? घरमै उपचार गर्ने यी हुन् उपाय

    उपत्यकाका विभिन्न स्थानमा हैजाको बिरामी भेटिँदै, लक्षण के? घरमै उपचार गर्ने यी हुन् उपाय

    काठमाडौं : पछिल्लो समय काठमाडौं उपत्यकामा हैजाको बिरामीको संख्या बढ्दो छ। हालसम्म काठमाडौँ उपत्यकामा १२ जनामा हैजाको संक्रमण देखिएको छ। प्रतिनिधिसभाको शिक्षा तथा स्वास्थ्य समितिको आजको बैठकमा स्वास्थ्य सेवा विभागका महानिर्देशक डा दीपेन्द्ररमण सिंहले हालसम्म १२ जनामा हैजा पुष्टि भएको जानकारी दिएका हुन्। संक्रमण देखिएका १२ जनामध्ये आठ जना उपचारपछि घर फर्किसकेका छन्। चार जनाको भने उपचार भइरहेको उनले जानकारी दिए। हाल उपत्यकाका विभिन्न…

    विस्तृतमा पढ्नुस्

  • आमाबुवा बन्दै आलिया र रणवीर

    आमाबुवा बन्दै आलिया र रणवीर

    बलिउडको चर्चित जोडी आलिया भट्ट र रणवीर कपुर आमाबुवा बन्ने भएका छन्। आलियाले आफू गर्भवति भएको खबर इन्स्टाग्राममार्फत जानकारी दिएकी हुन्। इन्स्टाग्राममा एक फोटो हाल्दै उनले लेखेकी छिन्, ‘हाम्रो बच्चा चाँडै आउँदैछ'।  फोटोमा आलिया अस्पतालको बेडमा गर्भवस्था जाँच गराइरहेको देख्न सकिन्छ। रणवीर पनि आलियाको छेउमै छन्। उक्त पोस्टसँगै फ्यानहरूले आलिया र रणवीरलाई बधाई दिइरहेका छन्। गत अप्रिल १४ मा आलिया र रणवीर…

    विस्तृतमा पढ्नुस्

  • मन्त्री बनेलगत्तै जीवनरामले गरे दुई निर्णय : हनुमानढोकादेखि स्वयम्भूसम्मको पदमार्ग प्राथमिकतामा

    मन्त्री बनेलगत्तै जीवनरामले गरे दुई निर्णय : हनुमानढोकादेखि स्वयम्भूसम्मको पदमार्ग प्राथमिकतामा

    काठमाडौं : संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री जीवनराम श्रेष्ठले आज पदभार ग्रहण गरेका छन्। पदभार ग्रहण गर्दै मन्त्री श्रेष्ठले दुई वटा निर्णय पनि गरेका छन्। उनले कोभिड-१९ संक्रमणको महामारीले पर्यटन क्षेत्रमा परेको प्रभावबारे विभिन्न अध्ययन गरी तयार पारिएका प्रतिवेदनहरुलाई कार्ययोजनाकै ढंगले लैजाने निर्णय गरेका छन्। प्रतिवेदनको अध्ययन गरेर कार्ययोजना बनाउने र पेश गर्ने गरी सात दिनको म्याद दिएर समिति बनाइएको…

    विस्तृतमा पढ्नुस्

  • सौगातको ‘घनचक्कर’ हेर्न सिनेमा हल पुगेनन् दर्शक

    सौगातको ‘घनचक्कर’ हेर्न सिनेमा हल पुगेनन् दर्शक

    काठमाडौं : गत शुक्रवार सौगात मल्ल अभिनित फिल्म 'घनचक्कर' रिलिज भएको थियो। तर यो फिल्म धेरै समय हलमा टिक्न सकेन। यस फिल्मको शोहरू मल्टिप्लेक्स हलहरूले आइवारबाट हटाइएका छन्। दर्शक नआउँदा फिल्मको शोहरू हटाउनु परेको बिग मुभिजका म्यानेजर दिपेश शर्माले जानकारी दिए। 'हामीले शुक्रवार र शनिवार यस फिल्मलाई शो दिएका थियौं। तर दुवै दिन दर्शकहरू आएनन्। पहिलो दिन त एकजना पनि दर्शक आउनु…

    विस्तृतमा पढ्नुस्

  • मन्त्रीमा बढुवा भएका खापुङले गरे पदभार ग्रहण, स्वास्थ्य मन्त्रालयबाट विरोध खतिवडाको बिदाइ

    मन्त्रीमा बढुवा भएका खापुङले गरे पदभार ग्रहण, स्वास्थ्य मन्त्रालयबाट विरोध खतिवडाको बिदाइ

    काठमाडौं : नवनियुक्त स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री भवानीप्रसाद खापुङले पदभार ग्रहण गरेका छन्। शीतल निवासमा राष्ट्रपति विद्यादेवी भण्डारीबाट पद तथा गोपनियताको सपग ग्रहण गरेपछि मन्त्रालय पुगेर खापुङले पदभार ग्रहण गरेका हुन्। नेकपा एकीकृत समाजवादीबाट मन्त्री बनेका खापुङ यसअघि सोही मन्त्रालयमा राज्यमन्त्री थिए। आज पदभार ग्रहण कार्यक्रममा निवर्तमान स्वास्थ्य मन्त्री विरोध खतिवडाले खापुङलाई स्वागत गरेका थिए। उनले खापुङलाई सफल कार्यकालका लागि…

    विस्तृतमा पढ्नुस्

  • उपत्यकामा हैजा फैलिने डर, हालसम्म १२ जना बिरामी भेटिए

    उपत्यकामा हैजा फैलिने डर, हालसम्म १२ जना बिरामी भेटिए

    काठमाडौं : काठमाडौँ उपत्यकामा १२ जना हैजाका बिरामी भेटिएका छन्। प्रतिनिधिसभाको शिक्षा तथा स्वास्थ्य समितिको आजको बैठकमा स्वास्थ्य सेवा विभागका महानिर्देशक डा दीपेन्द्ररमण सिंहले हालसम्म १२ जनामा हैजा पुष्टि भएको जानकारी दिएका हुन्। तीमध्ये आठ जना उपचारपछि घर फर्किसकेका छन् भने चार जनाको उपचार भइरहेको उनले जानकारी दिए। यस वर्ष उपत्यकामा पहिलो पटक यही असार ५ गते दुई जनामा हैजा…

    विस्तृतमा पढ्नुस्

  • नेपाल-भारतबिचको सीमा समस्या समाधान गर्न सरकारले निरन्तर प्रयास गरिहेको छ : परराष्ट्र मन्त्री खड्का

    नेपाल-भारतबिचको सीमा समस्या समाधान गर्न सरकारले निरन्तर प्रयास गरिहेको छ : परराष्ट्र मन्त्री खड्का

    काठमाडौं : परराष्ट्रमन्त्री डा नारायण खड्काले शेरबहादुर देउवा नेतृत्वको सरकार गठन भएपछि मित्रराष्ट्रसँगको सम्बन्ध थप विस्तारित भएको बताएका छन्। राष्ट्रियसभाको आजको बैठकमा आगामी आर्थिक वर्षको विनियोजन विधेयकका सम्बन्धमा परराष्ट्र मन्त्रालयका सम्बन्धित शीर्षकमाथि सांसदहरुले उठाएका प्रश्नको जवाफमा उनले देउवाको विभिन्न देशको भ्रमण तथा मित्रराष्ट्रका सरकार प्रमुखको नेपाल भ्रमणले सम्बन्ध थप प्रगाढ र विस्तारित भएको बताएका हुन्। द्विपक्षीय भ्रमणको आदानप्रदानले सम्बन्ध थप…

    विस्तृतमा पढ्नुस्

  • तनहुँमा खोलाले बगाएर बालिकाको मृत्यु

    तनहुँमा खोलाले बगाएर बालिकाको मृत्यु

    काठमाडौं : तनहुँको भानु नगरपालिका-७ चन्द्रावतीमा चुँदीखोलाले बगाएर एक बालिकाको मृत्यु भएको छ। मृत्यु हुनेमा १८ महिनाकी काव्य श्रेष्ठ रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ। घरभन्दा २० मिटर पछाडि रहेको खोलाले बगाइ सोही स्थानदेखि पाँच सय मिटर तल अचेत अवस्थामा भेटिएकी बालिकाको उपचारका क्रममा अस्पतालमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक राजकुमार विकले जानकारी दिए। बालिकालाई आइतबार राति १०…

    विस्तृतमा पढ्नुस्

  • तराईमा 'आर्सेनिक'को समस्या समाधान गर्न तीनै तहका सरकारबिच समन्वय आवश्यक : मन्त्री चौधरी

    तराईमा 'आर्सेनिक'को समस्या समाधान गर्न तीनै तहका सरकारबिच समन्वय आवश्यक : मन्त्री चौधरी

    काठमाडौं : खानेपानी मन्त्री उमाकान्त चौधरीले तराईका जिल्लाहरुमा खानेपानीमा देखिएको ‘आर्सेनिक’ समस्याको समाधान गर्दै तीनै तहको सरकारबिच सहकार्य हुनुपर्ने बताएका छन्। सोमवार राष्ट्रिय सभा बैठकमा विनियोजन विधेयक २०७९ मा खानेपानी मन्त्रालय अन्तर्गत उठेका प्रश्नहरुको जवाफ दिदैँ मन्त्री चौधरीले तराईका जिल्लामा खानेपानीमा देखिएको ‘आर्सेनिक’ समस्या समाधान गर्न तीनै तहको सरकारबिचमा समन्वय, सहकार्य र सहजीकरण हुनुपर्ने बताएका हुन्। ‘तराईका जिल्लाहरुको भूमिगत पानीमा…

    विस्तृतमा पढ्नुस्

  • नवनियुक्त मन्त्रीहरुले लिए शपथ

    नवनियुक्त मन्त्रीहरुले लिए शपथ

    काठमाडौं : नेकपा (एकीकृत समाजवादी)का तर्फबाट सरकारमा सहभागी नवनियुक्त मन्त्रीहरुले पद तथा गोपनीयताको शपथ लिएका छन्। राष्ट्रपति कार्यालयमा नवनियुक्त मन्त्रीहरुले राष्ट्रपति विद्यादेवी भण्डारीबाट शपथ लिएका हुन्। नयाँ मन्त्रीमा जीवनराम श्रेष्ठ संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय, मेटमणि चौधरी सहरी विकास मन्त्रालय, भवानीप्रसाद खापुङ स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय र शेरबहादुर कुँवर श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयको जिम्मेवारी प्राप्त गरेका छन्।…

    विस्तृतमा पढ्नुस्

  • ‘यूएईसँगको हाम्रो प्रदर्शन राम्रो हो तर, नखेली आउनुपर्दा दुःख लागेको छ’

    ‘यूएईसँगको हाम्रो प्रदर्शन राम्रो हो तर, नखेली आउनुपर्दा दुःख लागेको छ’

    काठमाडौं : नेपाली महिला क्रिकेट टोली एसिया कप छनोटको मुखैमा पुगेर बाहिरिने अभागी टोली बनेको छ। मलेसियामा सम्पन्न एसीसी महिला टी-२० च्याम्पियनसीपबाट एसिया कपमा स्थान बनाउने खुड्किलो एक कदम मात्र बाँकी रहँदा नेपाल पछि हट्न बाध्य बाध्य भयो। सेमिफाइनलमा जित निकाल्दा एसिया कपमा पुग्ने समीकरणमा पहिलो पारिमा सानदार प्रदर्शन गरेपनि दोस्रो हाफमा वर्षा बाधक बन्यो। र, यूएई समूह विजेता भएको…

    विस्तृतमा पढ्नुस्

  • मौसमी प्रतिकूलताका कारण विकट गन्तव्यका उडान प्रभावित

    मौसमी प्रतिकूलताका कारण विकट गन्तव्यका उडान प्रभावित

    काठमाडौं : आन्तरिक उडानको सोमवार बिहानका लागि पूर्वनिर्धारित तालिका मौसमी प्रतिकूलताका कारण प्रभावित भएको छ। विकट गन्तव्यका उडान प्रभावित भएको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल कार्यालयले जनाएको छ। नेपाल वायुसेवा निगमले भोजपुर र रुकुम तर्फका उडान रद्द गरेको विमानस्थलको आन्तरिकतर्फको कार्यालयले जनाएको छ। ‘लुक्ला उडान ठप्प छ। पोखरातर्फका केही उडान भए पनि बाँकी उडान मौसम खुल्ने प्रतीक्षामा छन्। तारा एयरको आजको एउटा…

    विस्तृतमा पढ्नुस्

  • जर्मनीले नेपालसँगको द्विपक्षीय सहयोगलाई निरन्तरता दिने

    जर्मनीले नेपालसँगको द्विपक्षीय सहयोगलाई निरन्तरता दिने

    काठमाडौं : जर्मनीको आर्थिक सहयोग तथा विकास मन्त्रालयले नेपालसँगको द्विपक्षीय विकास सहयोगलाई सन् २०२३ पछि पनि निरन्तरता दिने भएको छ। नेपालका लागि जर्मनीका राजदूत डा थोमस प्रिन्जले प्रधानमन्त्री शेरबहादुर देउवासँगको भेटका क्रममा उक्त प्रतिबद्धता व्यक्त गरेका हुन्। भेटका क्रममा प्रिन्जले जर्मनीका चान्सलर ओलाफ शुल्जको पत्र पनि देउवालाई हस्तान्तरण गरेका थिए। पत्रमा जर्मनीले दिगो आर्थिक विकास, जलवायु, उर्जा, स्वास्थ्य र सामाजिक…

    विस्तृतमा पढ्नुस्

  • हेर्दाहेर्दैमा राखिएको आइजी नियुक्ति विवादको सुनुवाई हुँदै

    हेर्दाहेर्दैमा राखिएको आइजी नियुक्ति विवादको सुनुवाई हुँदै

    काठमाडौं : नेपाल प्रहरीको महानिरीक्षक (आईजीपी) मा धिरजप्रताप सिंहलाई बढुवा गर्ने सरकारको निर्णयविरुद्ध सर्वोच्चमा दायर भएको रिटमा आज सुनुवाई हुँदैछ। असार ५ गते सुनुवाई भएको मुद्दा सोमवारका लागि हेर्दाहेर्दैमा राखिएको थियो। कायममुकायम प्रधानन्यायाधीश दीपककुमार कार्की र न्यायाधीश कुमार चुडालको इजलासमा उक्त मुद्दाको सुनुवाई भइरहेको छ। सिंहलाई प्रहरी महानिरीक्षक बनाउने सरकारको निर्णयविरुद्ध दायर रिटमा जेठ १७ गतेदेखि अन्तिम सुनुवाई सुरु भएको…

    विस्तृतमा पढ्नुस्


@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell