PahiloPost

Jun 26, 2025 | १२ असार २०८२

  • फेरि ‘उही शैली’मा अफ्रिकाबाट भित्रियो लागूऔषध हेरोइन, विदेशबाट ल्याउने तान्जानियन र भारत लैजान नेपाल आएका दुई भारतीय समातिए

    फेरि ‘उही शैली’मा अफ्रिकाबाट भित्रियो लागूऔषध हेरोइन, विदेशबाट ल्याउने तान्जानियन र भारत लैजान नेपाल आएका दुई भारतीय समातिए

    काठमाडौं : प्रतिबन्धित लागुऔषध हेरोइनसहित चार जनालाई प्रहरीले पक्राउ गरेको छ। लागुऔषध नियन्त्रण ब्यूरोको टोलीले तीन जना विदेशी नागरिकसहित एक नेपालीलाई नियन्त्रणमा लिएको हो। उनीहरुको साथबाट ४ किलो ९ सय ग्राम हेरोइन समेत बरामद भएको ब्यूरोका एसपी जीवन कुमार श्रेष्ठले जानकारी दिए। असार २ गते साउथ अफ्रिकाबाट दुबई हुँदै काठमाडौं आएका ३० वर्षीय तान्जानियन नागरिकलाई लागुऔषध हेरोइनसहित नियन्त्रणमा लिइएको हो। उनी…

    विस्तृतमा पढ्नुस्

  • अनुप बराल निर्देशित फिल्म ‘दोख’को दोस्रो टिजर सार्वजनिक

    अनुप बराल निर्देशित फिल्म ‘दोख’को दोस्रो टिजर सार्वजनिक

    काठमाडौं : अनुप बराल निर्देशित फिल्म ‘दोख’को नयाँ टिजर सार्वजनिक भएको छ। असार २४ गतेबाट प्रदर्शनमा आउने तयारीमा रहेको सो फिल्मको दोस्रो टिजर सार्वजनिक गरिएको हो। सार्वजनिक टिजरमा चलचित्रका मुख्य कलाकार अभिनेत्री दीया मास्के, मनिष निरौला लगायतलाई देखाइएको छ। टिजरमा गाउँले महिलाको भूमिकामा देखिएकी दीया र विद्यालयका शिक्षकको भूमिकामा देखिएका मनिषबिचको सम्बन्ध र प्रेममाथि माओवादी जनयुद्धको प्रभाव देखाइएको छ। राजन…

    विस्तृतमा पढ्नुस्

  • एसिया कपमा छनोट हुन भारतीय फुटबल संघले महँगो शुल्क तिरेर ‘ज्योतिष हायर’ गरेको खुलासा, विवादमा संघ

    एसिया कपमा छनोट हुन भारतीय फुटबल संघले महँगो शुल्क तिरेर ‘ज्योतिष हायर’ गरेको खुलासा, विवादमा संघ

    भारतीय फुटबल संघ त्यसै पनि विवादमा छ। संघमा अदालतको हस्तक्षेपपछि फिफाको प्रतिबन्धको भयसँगै अघि बढिरहेको भारतीय फुटबल पछिल्ला केही दिनदेखि चर्चामा छ, एउटा ज्योतिष कम्पनीसँगको सम्झौतालाई लिएर। एसियन कप छनोटमा भारत समूह विजेता बन्दै छनोट भइसकेको छ। तर, छनोट हुनका लागि टिम फर्मेसन लगायतका विषयमा परामर्शका लागि फुटबल संघले ज्योतिष फर्मसँग महँगो शुल्क तिरेर सम्झौता गरेको खुलेको छ। फुटबल संघको…

    विस्तृतमा पढ्नुस्

  • श्रीलंकाको अर्थतन्त्र ‘कोल्याप्स’, प्रधानमन्त्रीले भने : अब इन्धन आयात गर्न सक्दैनौं

    श्रीलंकाको अर्थतन्त्र ‘कोल्याप्स’, प्रधानमन्त्रीले भने : अब इन्धन आयात गर्न सक्दैनौं

    काठमाडौं : महिनौँसम्म खाद्यान्न, इन्धन र बिजुलीको अभावपछि ऋणले थलिएको श्रीलंकाको अर्थतन्त्र ‘कोल्याप्स’ भएको छ। प्रधानमन्त्री रनिल विक्रेमासिंघेले संसदमा देशको डरलाग्दो अर्थ अवस्थाबारे औँल्याउँदै अन्तर्राष्ट्रिय ऋणदाताहरूबाट मद्दत खोजेको जानकारी गराएका छन्। ‘महिनौँदेखि खाद्यान्न, इन्धन, विद्युत, औषधि इत्यादि संकटबाट गुज्रिरहेको श्रीलंकाले अब आयातित तेल किन्न नसक्ने अवस्थामा पुगेको छ,’ उनले भनेका छन्। ‘अहिले हामी पहिलेको भन्दा निक्कै गम्भीर अवस्थाको सामना गरिरहेका…

    विस्तृतमा पढ्नुस्

  • महाराष्ट्रको राजनीतिमा शिंदेको विद्रोहले ल्यायो हलचल, मातोश्री फर्किएका उद्धवको सरकार संकटमा

    महाराष्ट्रको राजनीतिमा शिंदेको विद्रोहले ल्यायो हलचल, मातोश्री फर्किएका उद्धवको सरकार संकटमा

    भारतको महाराष्ट्रका मुख्यमन्त्री उद्धव ठाकरेको सरकार संकटमा परेको छ। सत्तारुढ दल शिवसेनाका विधायकहरु बागी बनेपछि ठाकरे सरकारलाई सत्ता जोगाउन गाह्रो भएको हो। महाराष्ट्र सरकारमा एकनाथ शिंदेले विद्रोह गरे अहिले महाराष्ट्रको बदलिँदो दृश्यमा सबैको नजर छ। भारतीय राष्ट्रिय संकट, राष्ट्रवादी कांग्रेस पार्टीसँग महा विकास अघाडी गठबन्धन गरेको शिवसेना अहिले पार्टीभित्रको विवाद मिलाउने वा सरकार जोगाउने भन्ने दोधारमा छ। शिंदेले गठबन्धनबाट शिवसेना…

    विस्तृतमा पढ्नुस्

  • र्‍याप ब्याटल शो ‘ब्याटल भूमि’ को घोषणा, विजेतालाई ५ लाख पुरस्कार

    र्‍याप ब्याटल शो ‘ब्याटल भूमि’ को घोषणा, विजेतालाई ५ लाख पुरस्कार

    काठमाडौं: नयाँ र्‍याप रियालिटी शो ‘ब्याटल भूमि’को घोषणा भएको छ। र्‍याप रियालिटी शो ‘नेपहपको श्रीपेच’ पछिल्लो समय चर्चित रियालिटी शोको रूपमा स्थापित भइसकेको छ। सोही टिमले एक कार्यक्रमका बीच नयाँ र्‍याप ब्याटल शो ‘ब्याटल भूमि’को औपचारिक घोषणा गरेको हो। ‘ब्याटल भूमि’ नाम दिइएको शोमा भाग लिन चाहनेले डिजिटल अडिसनमार्फत सहभागी हुन सक्नेछन्। हिजोदेखि सुरू भएको डिजिटल अडिसन २ जुलाईसम्म खुल्ला…

    विस्तृतमा पढ्नुस्

  • बुढानीलकण्ठमा निर्माणाधीन घरभित्र महिलाको शव फेला, हत्या आशंकामा सुरक्षा गार्ड प्रहरी नियन्त्रणमा

    बुढानीलकण्ठमा निर्माणाधीन घरभित्र महिलाको शव फेला, हत्या आशंकामा सुरक्षा गार्ड प्रहरी नियन्त्रणमा

    काठमाडौंः काठमाडौंको बुढानीलकण्ठमा एक महिलाको शव फेला परेको छ। हत्याको आशशंकमा प्रहरीले एक जनालाई पक्राउ समेत गरेको छ।  बढानीलकण्ठ नगरपालिका ८ भंगालमा ४० वर्षीय फूलमाया सुनारको शव फेला परेको हो। हत्याको आशंकामा प्रहरीले एक पुरुषलाई नियन्त्रणमा लिएको छ। बुधबार दिउँसो महिलाको शव भेटिएको हो। निर्माणाधीन घरको भुँइ तल्लामा शव भेटिएको हो। निर्माणाधीन घरभित्र महिलाको शव भेटिएको थियो। प्रहरीले निर्माण घर सुरक्षाको लागि खटिएका सुरक्षाकर्मीलाई…

    विस्तृतमा पढ्नुस्

  • भक्तपुरमा सवारी दुर्घटना हुँदा दुई जना युवकको मृत्यु

    भक्तपुरमा सवारी दुर्घटना हुँदा दुई जना युवकको मृत्यु

    काठमाडौंः भक्तपुरमा सवारी दुर्घटना हुँदा दुई युवकको मृत्यु भएको छ। भक्तपुर नगरपालिका वडा नम्बर २ ब्यासी बस्ने १९ वर्षीय निश्चल चौगुठी र अर्का एक युवकको मृत्यु भएको हो। आज बिहान करिब साव २ बजे भक्तपुर सुर्यबिनायक नगरपालिका ८ आदर्श चोक नजिक मोटरसाइकल र टिपर एक आपसमा ठोकिदाँ दुर्घटना भएको हो। सुर्यबिनायकबाट जगाती तर्फ जाँदै गरेको बा ८९ प ७८७६ नम्बरको मोटरसाइकल…

    विस्तृतमा पढ्नुस्

  • नाबालिकामाथि सामूहिक बलात्कार र गर्भपतन प्रकरणः किटानी जाहेरीको दुई सातासम्म पनि पक्राउ परेनन् अभियुक्त

    नाबालिकामाथि सामूहिक बलात्कार र गर्भपतन प्रकरणः किटानी जाहेरीको दुई सातासम्म पनि पक्राउ परेनन् अभियुक्त

    वीरगंजः बारामा करिब दुई साताअघि सार्वजनिक भएको जबर्जस्ती करणीपछि गर्भपतनको घटनाका आरोपित अझै पक्राउ पर्न सकेका छैनन्। प्रसौनी गाउँपालिकाकी १७ वर्षीया नाबालिकामाथि पटक-पटकको करणीमा गर्भवती भएपछि अभियुक्तले जबर्जस्ती गर्भपतन गराएका थिए। घटनापछि पीडित परिवारले किटानी जाहेरी दिएका सबै फरार छन्। अभियुक्तहरुको खोजी भइरहेको बाराका प्रहरी प्रवक्ता डिएसपी राजेश दत्तले जानकारी दिए। पीडित पक्षले दिपक साह र श्यामसुन्दर साहले बलात्कार गरेको…

    विस्तृतमा पढ्नुस्

  • बालबालिकालाई बिहीबारदेखि कोभिडविरुद्धको फाइजर खोप, यी २७ जिल्लामा सञ्चालन हुँदैछ अभियान

    बालबालिकालाई बिहीबारदेखि कोभिडविरुद्धको फाइजर खोप, यी २७ जिल्लामा सञ्चालन हुँदैछ अभियान

    काठमाडौँः ५ वर्षदेखि १२ वर्षसम्मका बालबालिकालाई बिहीबारदेखि कोभिड–१९ विरुद्धको फाइजर खोप लगाइने भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार २७ जिल्लामा खोप कार्यक्रम सञ्चालन हुनेछ।  पहिलो चरणमा असार ९ देखि १५ सम्म खोपको पहिलो मात्रा र साउन २ देखि ८ गतेसम्म दोस्रो मात्रा दिइने छ।  मन्त्रालयका अनुसार प्रदेश १ झापा, इलाम, मोरङ र सुनसरीमा खोप कार्यक्रम सञ्चालन हुनेछ। यस्तै, मधेश प्रदेशमा…

    विस्तृतमा पढ्नुस्

  • एन्फाका नवनिर्वाचित प्रतिनिधिले लिए शपथः महासचिवमा राई र कोषाध्यक्षमा जोशी नियुक्त

    एन्फाका नवनिर्वाचित प्रतिनिधिले लिए शपथः महासचिवमा राई र कोषाध्यक्षमा जोशी नियुक्त

    काठमाडौंः अखिल नेपाल फुटबल संघ (एन्फा) का नवनिर्वाचित प्रतिनिधिहरुले पद तथा गोपनीयताको शपथ लिएका छन्। सातदोबाटोस्थित एन्फा मुख्यालयमा अध्यक्ष पंकजविक्रम नेम्बाङलगायतका पदाधिकारीले शपथ लिएका हुन्। शपथपछि बसेको कार्यसमितिको बैठकले किरण राईलाई महासचिवको जिम्मेवारी दिएको छ। रवीन्द्र जोशीलाई कोषाध्यक्षमा नियुक्त गरिएको छ। राई यसअघिको कार्यसमितिमा केन्द्रीय सदस्य र प्रवक्ता थिए। प्रशिक्षक अब्दुल्लाह अलमुताइरीको प्रकरणपछि उनले राजीनामा दिएका थिए। जोशी अघिल्लो पटक…

    विस्तृतमा पढ्नुस्

  • ‘घुस डिल’मा संलग्न न्यायाधीश कोइरालालाई कार्यसम्पादनमा रोक

    ‘घुस डिल’मा संलग्न न्यायाधीश कोइरालालाई कार्यसम्पादनमा रोक

    काठमाडौँः न्याय परिषदले विचाराधीन मुद्दामा घुस डिल गरेको अडियो सार्वजनिक भएपछि विवादमा तानिएका काठमाडौँ जिल्ला अदालतका न्यायाधीश राजकुमार कोइरालालाई कार्यसम्पादनमा रोक लगाएको छ। बुधबार बसेको बैठकले कार्यसम्पादनमा रोक लगाएको हो। छानबिन प्रक्रिया टुंगो नलागेसम्म कार्यसम्पादनमा रोक लगाइएको हो। परिषदले अडियो प्रकरणमा छानबिनका लागि सदस्य रामप्रसाद श्रेष्ठको संयोजकत्वमा तीन सदस्यीय समिति समेत गठन गरिसकेको छ। संविधान सभाका सदस्य इच्छाराज तामाङको ठगी मुद्दाको…

    विस्तृतमा पढ्नुस्

  • नागरिकता विधेयक अघि बढाउने सत्ता गठबन्धनको निर्णय, कानुन मन्त्रीले पेश गरे शान्ति प्रक्रियाको प्रगति

    नागरिकता विधेयक अघि बढाउने सत्ता गठबन्धनको निर्णय, कानुन मन्त्रीले पेश गरे शान्ति प्रक्रियाको प्रगति

    काठमाडौँः संसदमा विचाराधीन नागरिकता ऐन संशोधन विधेयकलाई अघि बढाउने निर्णय सत्ता गठबन्धनले गरेको छ। बुधबार साँझ बालुवाटारमा बसेको बैठकले विधेयक अघि बढाउने निर्णय गरेको हो।  विधेयक २०७५ साउनदेखि सदनमा विचाराधीन छ। राज्य व्यवस्था तथा सुशासन समितिले बहुमतका आधारमा प्रतिवेदन तयार पारे पनि प्रतिनिधि सभामा पेश भएको छैन। प्रतिनिधि सभाले पारित गरेपछि विधेयक पुनः राष्ट्रिय सभामा पनि जानेछ।  गठबन्धन बैठकमा विधेयक तत्काल…

    विस्तृतमा पढ्नुस्

  • गठबन्धनको बैठकमा नागरिकता विधेयकबारे छलफल, एकीकृत समाजवादीले प्रस्तावित मन्त्रीको मुद्दा उठाउने

    गठबन्धनको बैठकमा नागरिकता विधेयकबारे छलफल, एकीकृत समाजवादीले प्रस्तावित मन्त्रीको मुद्दा उठाउने

    काठमाडौं : सत्ता गठबन्धनको बैठकमा नागरिकता विधेयकबारे छलफल भइरहेको छ। प्रधानमन्त्री शेरबहादुर देउवाको निवास बालुवाटारमा बसिरहेको बैठकमा नागरिकता विधेयकबारे छलफल भइरहेको हो। नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डका स्वकीय सचिव रमेश मल्लले नागरिकता विधेयकमाथि छलफल भइरहेको जानकारी दिए। गठबन्धनको बैठकअघि नेकपा एकीकृत समाजवादीको सचिवालयको बैठक बसेको थियो। उक्त बैठकमा समाजवादीका तर्फबाट सरकारमा सहभागी मन्त्रीलाई फिर्ता बोलाउने निर्णय कार्यान्वयनका बारेमा…

    विस्तृतमा पढ्नुस्

  • लेबनानका राष्ट्रपतिसँगको भेटपछि सिरियाका लागि प्रस्थान गरे प्रधानसेनापति शर्मा

    लेबनानका राष्ट्रपतिसँगको भेटपछि सिरियाका लागि प्रस्थान गरे प्रधानसेनापति शर्मा

    काठमाडौं : प्रधानसेनापति प्रभुराम शर्मा र लेबनानका राष्ट्रपति मिचेल आउनबिच शिष्टाचार भेटवार्ता भएको छ। लेबनान भ्रमणमा रहेका शर्माले आज आउनसँग भेटवार्ता भएका हुन्। भेटका क्रममा आउनले लेबनानमा शान्ति सैनिकहरुले पुर्‍याएको योगदानको प्रशंसा गरेका थिए। लेबनानको पाँचदिने भम्रण सकाएर प्रधानसेनापति शर्मा सिरिया प्रस्तान गरेका छन्। सिरियाबाट शर्मा अमेरिका जाने कार्यक्रम छ।  

    विस्तृतमा पढ्नुस्

  • मन्त्री फेर्ने निर्णय कार्यान्वयनका लागि एकीकृत समाजवादी भित्र दबाब

    मन्त्री फेर्ने निर्णय कार्यान्वयनका लागि एकीकृत समाजवादी भित्र दबाब

    काठमाडौं : नेकपा एकीकृत समाजवादीको सचिवालय बैठककमा नेताहरुले मन्त्री फेर्ने पार्टीको निर्णयलाई कार्वान्यनमा जोड दिएका छन्। सरकारमा पार्टीका तर्फबाट सहभागी मन्त्रीलाई जेठ २२ गते नै फिर्ता बोलाउने सचिवालयले निर्णय गरेको थियो। उक्त निर्णय हालसम्म कार्यान्वयन नभएपछि नेताहरुले कार्यान्वयनका लागि जोड दिएका हुन्। प्रस्तावित नयाँ मन्त्रीहरुले आफूहरु एक-दुई दिनमा मन्त्री हुने प्रतिक्रिया दिँदै आएका थिए। तर, उनीहरुको 'एक-दुई' अहिले सम्म आएको…

    विस्तृतमा पढ्नुस्

  • चुनाव खर्च नबुझाउने उम्मेदवारलाई कारवाहीका लागि सिफारिस गर्नु : निर्वाचन आयोग

    चुनाव खर्च नबुझाउने उम्मेदवारलाई कारवाहीका लागि सिफारिस गर्नु : निर्वाचन आयोग

    काठमाडौं : निर्वाचन आयोगले स्थानीय तह निर्वाचनमा खर्च विवरण नबुझाएका उम्मेदवारलाई कारवाहीका लागि सिफारिस गर्न निर्देशन दिएको छ। उम्मेदवारले खर्च विवरण बुझाए नबुझाएको यकिन गरि विवरण पठाउन आयोगले निर्वाचन कार्यालयहरुलाई निर्देशन दिएको छ। बुधवार विज्ञप्ति जारी गर्दै आयोगले कारवाहीका सिफारिसका लागि निर्देशन दिएको हो। 'निर्वाचनको मत परिणाम घोषणा भएको मितिले तीस दिनभित्र सम्बन्धित जिल्ला वा क्षेत्रीय कार्यालयमा बुझाउनु पर्ने व्यवस्था रहेको…

    विस्तृतमा पढ्नुस्

  • मौद्रिक नीति जादुको छडी होइन, एउटा क्षेत्रको रुचिमा नभइ अर्थतन्त्र अनुसार आउँछ : गभर्नर अधिकारी

    मौद्रिक नीति जादुको छडी होइन, एउटा क्षेत्रको रुचिमा नभइ अर्थतन्त्र अनुसार आउँछ : गभर्नर अधिकारी

    काठमाडौं : नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले मुलुकको आर्थिक संकट अझ गहिरिएका बेला मौद्रिक नीति सन्तुलित र समग्र आर्थिक क्षेत्र समेट्ने गरि ल्याउन चुनौती अझ थपिएको बताएका छन्। आगामी मौद्रिक नीतिका विषयमा बिजमाण्डू प्रालिले बुधबार राजधानीमा आयोजना गरेको छलफल कार्यक्रममा उठेका प्रश्नको जवाफ दिँदै गभर्नर अधिकारीले सञ्चित विदेशी मुद्रा खर्च गर्ने तर भित्र्याउने योजना कार्यान्वयनमा अलमल गर्ने हो भने…

    विस्तृतमा पढ्नुस्

  • अपहरण गरी फिरौती माग गरेको अभियोगमा हेटौँडाका तीन युवक प्रहरीको नियन्त्रणमा

    अपहरण गरी फिरौती माग गरेको अभियोगमा हेटौँडाका तीन युवक प्रहरीको नियन्त्रणमा

    हेटौँडा : मकवानपुर प्रहरीले अपहरण गरेर फिरौती माग गरेको अभियोगमा हेटौँडाबाट तीन जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेहरुमा हेटौँडा उपमहानगरपालिका वडा नम्बर १५ बस्ने २९ वर्षीय सुरेश लामा, हेटौँडा-१२ बस्ने २१ वर्षीय समिर बल र २८ वर्षीय अशोक लामा रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ। प्रहरीले हेटौँडा-१० स्थित ट्राभल होटल एण्ड लजको कोठा नम्बर १०७ मा एक पुरुषलाई बन्धक…

    विस्तृतमा पढ्नुस्

  • घुस ‘डिल’ प्रकरणमा मुछिएका न्यायाधीश र अधिवक्तामाथि छानबिन गर्न तीन सदस्य समिति गठन

    घुस ‘डिल’ प्रकरणमा मुछिएका न्यायाधीश र अधिवक्तामाथि छानबिन गर्न तीन सदस्य समिति गठन

    काठमाडौं : काठमाडौं जिल्ला अदालतका न्यायाधीश राजकुमार कोइराला र अधिवक्ता रुद्र पोखरेलबिच मुद्दाको विषयलाई लिएर भएको घुस प्रकरणबारे छानबिन गर्न न्याय परिषद्ले छानबिन समिति बनाएको छ। आज दिउँसो बसेको परिषद्को बैठकले रामप्रसाद श्रेष्ठको नेतृत्वमा तीन सदस्य समिति बनाएको हो। श्रेष्ठ न्याय परिषद् सदस्य समेत हुन्। त्यस्तै, नेपाल बार एसोसिएसनले पनि घटनाको छानबिन गर्न माग गरेको छ। बैंकिङ कारोबारमा आफ्ना निक्षेपकर्तालाई…

    विस्तृतमा पढ्नुस्


@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell