PahiloPost

Jun 26, 2025 | १२ असार २०८२

  • छात्रामाथि यौन दुर्व्यबहारको अभियोग लागेका अधिकारी र पौडेल पुर्पक्षका लागि थुनामा

    छात्रामाथि यौन दुर्व्यबहारको अभियोग लागेका अधिकारी र पौडेल पुर्पक्षका लागि थुनामा

    काठमाडौंः जिल्ला अदालत काठमाडौंले यौन दुरुपयोगको अभियोग लागेका सेन्ट लरेन्स कलेजका शिक्षकद्वय जनार्दन अधिकारी र राजनकुमार पौडेललाई पुर्पक्षका लागि थुनामा पठाएको छ। अदालतको आदेशानुसार अधिकारी र पौडेललाई कारागार कार्यालय डिल्लीबजारमा थुनामा पठाइएको हो। जिल्ला अदालतको मंगलबारको आदेशानुसार उनीहरुलाई थुनामा पठाइएको हो। अदालतको आदेशानुसार अब अधिकारी र पौडेलले मुद्दाको बाँकी प्रक्रिया थुनामै रहेर पूरा गर्नुपर्ने छ। यद्यपि आदेशउपर माथिल्लो अदालतमा निवेदनको…

    विस्तृतमा पढ्नुस्

  • गठबन्धन बचाउन पनि प्रदेश र संघीय निर्वाचनको मिति छिटो तोक्नुपर्छ : मन्त्री गहतराज

    गठबन्धन बचाउन पनि प्रदेश र संघीय निर्वाचनको मिति छिटो तोक्नुपर्छ : मन्त्री गहतराज

    काठमाडौं : युवा तथा खेलकुदमन्त्री महेश्वरजंग गहतराजले प्रदेश र संघीय निर्वाचनको मिति छिटो तोक्नुपर्ने बताएका छन्। मंगलवार नयाँ बानेश्वरस्थित संसद् भवनमा सञ्चारकर्मीहरुलाई संक्षिप्त प्रतिक्रिया दिदैँ उनले आगामी प्रदेश र संघीय निर्वाचन छिट्टै तोक्नुपर्ने बताएका हुन्। उनले गठबन्धनलाई भाड्ने चलखेल भइरहेको पनि बताए। गठबन्धनलाई बचाउन र अहिलेको प्रणालीलाई बचाउनका लागि पनि निर्वाचनको मिति छिटो तोक्नु उपयुक्त हुने उनले बताए। उनले भने,…

    विस्तृतमा पढ्नुस्

  • लेवनान भ्रमणमा रहेका प्रधान सेनापति शर्मा र प्रधानमन्त्री मिकातीबिच शिष्टाचार भेट

    लेवनान भ्रमणमा रहेका प्रधान सेनापति शर्मा र प्रधानमन्त्री मिकातीबिच शिष्टाचार भेट

    काठमाडौं : प्रधान सेनापति प्रभुराम शर्माले मंगलवार लेवनानका प्रधानमन्त्री नजिब अज्मी मिकातीसँग भेटघाट गरेका छन्। लेवनानको औपचारिक भ्रमणमा रहेका प्रधान सेनापति शर्माले प्रधानमन्त्री मिकातीसँगै रक्षामन्त्री मौरिस सलीम, सभामुख नबिह बेरी र लेवनानी सशस्त्र बलका प्रमुख जोसफ खलिल आउनसँग शिष्टाचार भेटघाट गरेको सेनाको जनसम्पर्क तथा सूचना निर्देशनालयले जानकारी दिएको छ। उक्त भेटघाटका क्रममा लेवनानमा शान्ति स्थापनार्थ नेपाली शान्ति सैनिकहरुको भूमिका, नेपाल…

    विस्तृतमा पढ्नुस्

  • माधव नेपालले एकदुई दिनमै मन्त्री हेरफेर हुन्छ भन्नु भएको छ : जीवनराम श्रेष्ठ

    माधव नेपालले एकदुई दिनमै मन्त्री हेरफेर हुन्छ भन्नु भएको छ : जीवनराम श्रेष्ठ

    काठमाडौं : नेकपा एकीकृत समाजवादीका सांसद जीवनराम श्रेष्ठले चाँडै मन्त्रिपरिषद् हेरफेर हुने बताएका छन्। मंगलबार नयाँबानेश्वरस्थित संघीय संसद भवनमा उनले पार्टीको निर्णय अनुसार केहीदिन भित्रमै मन्त्रिपरिषद् हेरफेर हुने बताएका हुन्। एकीकृत समाजवादीले शेरबहादुर देउवा नेतृत्वमा रहेका सबै मन्त्रीलाई फिर्ता बोलाएर नयाँ मन्त्री पठाउने निर्णय गरेको थियो। तर, सो निर्णय कार्यान्वयन हुन सकेको छैन। श्रेष्ठ एकीकृत समावादीबाट पर्यटन मन्त्रीमा सिफारिस भएका…

    विस्तृतमा पढ्नुस्

  • चितवनमा बसको ठक्करबाट एकजनाको मृत्यु

    चितवनमा बसको ठक्करबाट एकजनाको मृत्यु

    काठमाडौं : स्कुल बसको ठक्करबाट एक जनाको मृत्यु भएको छ। दुर्घटनामा एकजना घाइते भएको प्रहरीले जनाएको छ। मृत्यु हुनेमा बाग्लुङको हरिया गाउँपालिका बस्ने ३४ वर्षीय विनोद थापा रहेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ। प्रहरीका अनुसार भरतपुर महानगरपालिका-४ अनुपम चोकस्थित डेरिचोकबाट यज्ञपुरी चोकतर्फ आउँदै गरेको ना१क ३५९६ नंको होलिभिजन पब्लिक स्कुलको बसले आनन्दपुरतर्फ आउँदै गरेको ना३३प ३६६६ नंको मोटरसाइकललाई आज…

    विस्तृतमा पढ्नुस्

  • डलर साट्ने भन्दै कागजको टुक्रा राखेर ठगी गर्ने युवक समातिए

    डलर साट्ने भन्दै कागजको टुक्रा राखेर ठगी गर्ने युवक समातिए

    काठमाडौंः डलर देखाएर ठगी गरेको अभियोगमा प्रहरीले एक युवकलाई नियन्त्रणमा लिएको छ। महानगरीय प्रहरी वृत कालिमाटीबाट खटिएको टोलीले काठमाडौं नागार्जुन नगरपालिका-९ स्युचाटार बस्ने ३३ वर्षीय कुमार श्रेष्ठलाई पक्राउ गरेको हो। श्रेष्ठले डलर साटिदिन्छु भन्दै डलरको आकारमा काटिएका कागजका टुक्राहरु राखेर दिई झुक्काई आठ लाख रुपैयाँ रुपैयाँ ठगी गरेको खुलेको थियो। काठमाडौं महानगरपालिका १४ कलंकीस्थित सीता पेट्रोल पम्प नजिक ललितपुर महानगरपालिका-१८ नख्खु…

    विस्तृतमा पढ्नुस्

  • संसदमा सांसदहरुले उठाए एसपीपीदेखि मल अभावको विषय

    संसदमा सांसदहरुले उठाए एसपीपीदेखि मल अभावको विषय

    काठमाडौं : प्रतिनिधिसभाका सांसदहरुले अमेरिकाको स्टेट पार्टनरसीप प्रोग्राम (एसपिपी) अघि नबढाउने नेपाल सरकारको निर्णयको स्वागत गरेका छन्। प्रतिनिधिसभाको आजको बैठकमा सांसद भीम रावलले नेपाल सरकारले सोमबार अमेरिकाको स्टेट पार्टनरसीप प्रोग्राम (एसपीपी) अघि नबढाउने निर्णय गरेको भन्दे निर्णयको स्वागत गरेका हुन्। यद्यपि, उनले प्रधानमन्त्री शेरबहादुर देउवाले सदनमा यसबारेमा थप स्पष्ट पार्नुपर्ने मत भने राखेका छन्। यस्तै, सांसद हरिराज अधिकारीले सरकारको एसपीपी…

    विस्तृतमा पढ्नुस्

  • ‘सबैको जहाज पार्क गर्न त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल रत्नपार्क होइन’

    ‘सबैको जहाज पार्क गर्न त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल रत्नपार्क होइन’

    काठमाडौं : नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारीले सबै वायुसेवाको जहाज राख्न त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल ‘रत्नपार्क’ नभएको टिप्पणी गरेका छन्। मंगलबार प्राधिकरण कार्यालयमा पत्रकार सम्मेलन गर्दै महनिर्देशक अधिकारीले एउटै ठाउँमा उडान, पार्किङका कारण असहजता बढेको भन्दै त्यसको नियन्त्रणका लागि कुल जहाजको ६७ प्रतिशत काठमाडौं बाहिर राख्न निर्देशन दिइएको स्पष्टीकरण दिएका हुन्। अधिकारीले वायुसेवा कम्पनीले उडान बन्द गरे प्राधिकरण चुप…

    विस्तृतमा पढ्नुस्

  • यी संघसंस्थाले काठमाडौं महानगरभित्र उपलब्ध गराउनेछन् नि:शुल्क सार्वजनिक शौचालय

    यी संघसंस्थाले काठमाडौं महानगरभित्र उपलब्ध गराउनेछन् नि:शुल्क सार्वजनिक शौचालय

    काठमाडौं : काठमाडौं महानगरपालिकाले विभिन्न ३३ वटा संघसंस्थासँग शौचालय प्रयोगका लागि सम्झौता गरेको छ। ब्याङ्क्वेट, रेष्टुराँ, बैंक, विद्यालयलगायतका संघसंस्थासँग आज सम्झौता भएको हो। महानगरपालिकाले पाँच वर्षका लागि यस्तो सम्झौता गरेको हो। अब यी संघसंस्थाहरुले सर्वसाधरणको प्रयोगका लागि नि:शुल्क रुपमा उपलब्ध गराउनेछन्। सम्झौता अनुसार शौचालयको मर्मत, सरसफाइ, पानी लगायतको व्यवस्थापनको जिम्मा संघसंस्थाकै हुनेछ। सार्वजनिक शौचालयको सूचना दिन उनीहरुले 'पब्लिक ट्वाइलेट' लेखिएको, महिला…

    विस्तृतमा पढ्नुस्

  • सेयर मार्केटको समस्या समाधान गर्न एमालेले गरायो सरकारको ध्यानाकर्षण

    सेयर मार्केटको समस्या समाधान गर्न एमालेले गरायो सरकारको ध्यानाकर्षण

    काठमाडौं : प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)ले पुँजी बजारमा देखिएको समस्या समाधान गर्न सरकारको ध्यानाकर्षण गराएको छ। प्रतिनिधिसभाको मंगलवारको बैठकमा समय माग गरी बोल्दै एमालेका प्रमुख सचेतक विशाल भट्टराईले पुँजी बजार संकटपूर्ण अवस्थामा गुज्रिरहेको बताए। पुँजी बजार धराशयी हुँदा सिंगो अर्थतन्त्रमै गम्भीर असर परेको र लगानीकर्ताहरुको लगानी जोखिममा परेको भन्दै उनले पुँजी बजारको पुनर्उत्थान गर्न सरकारको ध्यानाकर्षण गराए। उनले नेपाल…

    विस्तृतमा पढ्नुस्

  • टिकटकबाट प्रेम बसेपछि विवाह गर्न ‘अपहरण’को नाटक, इमोबाट सालालाई वीभत्स भिडियो पठाएर २० लाख फिरौती माग

    टिकटकबाट प्रेम बसेपछि विवाह गर्न ‘अपहरण’को नाटक, इमोबाट सालालाई वीभत्स भिडियो पठाएर २० लाख फिरौती माग

    काठमाडौं : असार १ गते घरमा पैसा पठाउन भन्दै ३१ वर्षीय कृष्णकुमार शर्मा डेराबाट निस्किन्छन्। सप्तरी राजगढ घर भएका उनी केही समयदेखि फर्निचरको काम गर्दै ललितपुरको इमाडोलमा बस्दै आएका थिए। त्यसपछि केही समयसम्म पनि उनी सम्पर्कमा आउँदैनन्। उनले बोक्ने मोबाइलमा फोन गर्दा समेत ‘स्विच अफ’भएको जवाफ आउँछ। त्यसपछि उनीका आफन्तहरू असार २ गते महानगरीय प्रहरी वृत्त सातदोबाटोमा सम्पर्कविहीन भएको भन्दै उजुरी…

    विस्तृतमा पढ्नुस्

  • रवि लामिछानेलाई रविन्द्र मिश्रको शुभकामना : हामीले गरेको गल्तिबाट सिक्ने प्रयास गर्नू

    रवि लामिछानेलाई रविन्द्र मिश्रको शुभकामना : हामीले गरेको गल्तिबाट सिक्ने प्रयास गर्नू

    काठमाडौं : राष्ट्रिय स्वतन्त्र पार्टी घोषणा गरेका पूर्व पत्रकार रवि लामिछानेलाई विवेकशील साझा पार्टीका पूर्व अध्यक्ष रविन्द मिश्रले शुभकामना दिएका छन्। स्थानीय तह निर्वाचनमा पार्टी पराजित भएपछि अध्यक्ष पदबाट राजीनामा दिएका मिश्रले लामिछानेको राजनीतिक यात्राप्रति शुभेच्छा प्रकट गरेका हुन्। मिश्रले आफूले गरेका गल्तिबाट सिक्न लामिछानेलाई आग्रह गरेका छन्। लामिछानेलाई आफूले सानैदेखि चिनेकाले ‘तिमी’ भनेर सम्बोधन गरेको उल्लेख गरेका छन्। ‘पार्टी…

    विस्तृतमा पढ्नुस्

  • खेलकुद विश्वविद्यालय कार्यदल गठन, ‘योजनालाई कार्यान्वयन तहमा पुर्‍याउनु महत्वपूर्ण पाटो’

    खेलकुद विश्वविद्यालय कार्यदल गठन, ‘योजनालाई कार्यान्वयन तहमा पुर्‍याउनु महत्वपूर्ण पाटो’

    काठमाडौं : राष्ट्रिय खेलकुद परिषद् (राखेप)ले खेलकुद विश्वविदयालयसम्बन्धि कार्यदल गठन गरेको छ। राखेपले खेल क्षेत्रको समग्र विकासका लागि खेलकुदसम्बन्धि छुट्टै विश्वविद्यालय स्थापना गरी व्यवस्थित अध्यापन हुनु पर्ने आवश्यकतालाई मध्यनजर गरी खेलकुद विश्वविद्यालयसम्बन्धि कार्यदल गठन गरेको हो। राष्ट्रिय खेलकुद विकास ऐन २०७७ को दफा ४२ को उपदफा १ अनुसार ध्रुवबहादुर प्रधानको संयोजकत्वमा १३ सदस्यीय कार्यदल गठन गरिएको हो। कार्यदलका सदस्यहरुमा गीता…

    विस्तृतमा पढ्नुस्

  • असाममा बाढी : उद्धारकार्य जारी, ७४ जनाको मृत्यु

    असाममा बाढी : उद्धारकार्य जारी, ७४ जनाको मृत्यु

    काठमाडौं : भारतको असाममा गएको बाढीले लाखौं मानिस प्रभावित भएका छन्। करिब एकहप्ता अघि अविरल वर्षसँगै असाममा बाढी जान सुरु भएको थियो। बाढीका कारण सडक जलमग्न भएका छन् भने घरहरु डुबेका छन्। असामको ३५ मध्ये ३३ जिल्ला बाढीबाट प्रभावित भएका छन्। बाढी र पहिरोका कारण सोमवारसम्म ७३ जनाको मृत्यु भएको स्थानीय संचारमाध्यमले उल्लेख गरेका छन्। बाढी प्रभावितहरुलाई पुन:स्थापना गर्न हाल…

    विस्तृतमा पढ्नुस्

  • 'तीतो सत्य'का राजले गरे अभिनेत्री सुनिशासँग विवाह

    'तीतो सत्य'का राजले गरे अभिनेत्री सुनिशासँग विवाह

    काठमाडौं :  टेलिश्रृखंला ‘तीतो सत्य’ मा बाल कलाकारको भूमिका निर्वाह गरेका राज आचार्य वैवाहिक बन्धनमा बाँधिएका छन्। उनले अभिनेत्री तथा मोडल सुनिशा बजगाईंसँग मंगलवार बिहे गरेका हुन्। कालोपुलस्थित शुवम् पार्टी प्यालेसमा परिवार र निकट आफन्तको उपस्थितिमा उनीहरूको विवाह समारोह भएको हो। विवाहमा दीपकराज गिरी, दीपाश्री निरौला, निर्मल शर्मालगायत कलाकारहरूको उपस्थित छन्। कलाकार तथा निर्देशक दीपाश्री निरौलाले बिहेका फोटोहरू फेसबुकमा हाल्दै बधाई…

    विस्तृतमा पढ्नुस्

  • दुबईमा नेपाली कलाकारहरुको 'टुरिजम टुर'

    दुबईमा नेपाली कलाकारहरुको 'टुरिजम टुर'

    काठमाडौं : दुबईमा आगामी भदौमा बृहत सांगीतिक कार्यक्रम आयोजना हुने भएको छ। अगष्ट २१ अर्थात भदौ ५ गते दुबईको वर्ल्ड  ट्रेड सेन्टरमा आयोजना हुने ‘नेपाल ईभ टुरिजम टुर दुबई - २०२२’ मा नेपाली कलाकारहरूले प्रस्तुती दिनेछन्। कार्यक्रममा अभिनेता राजेश हमालसहित अभिनेत्री स्वस्तिमा खड्का, केकी अधिकारी, गायक शिव परियार, हास्य कलाकार सन्दीप क्षेत्री, गायक खेम सेञ्चुरी, गायिका सुनिता दुलाल, स्मिता दाहाल, मोडल अञ्जली…

    विस्तृतमा पढ्नुस्

  • हङकङसँग नेपाल पराजित, सेमिफाइनलमा भने स्थान सुरक्षित

    हङकङसँग नेपाल पराजित, सेमिफाइनलमा भने स्थान सुरक्षित

    काठमाडौं: मलेसियामा जारी एसीसी महिला टी २० च्याम्पियनसिप अन्तर्गत समूह चरणको आफ्नो अन्तिम खेलमा नेपालले यूएईसँग पराजित भएको छ। किनरारा ओभल क्रिकेट मैदानमा सम्पन्न खेलमा नेपाली टोली हङकङसँग ७ विकेट पराजित भएको हो। टस जितेर ब्याटिङमा उत्रिएको नेपालले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै १०९ रन बनाएको थियो। नेपालका लागि कप्तान रुबिना क्षेत्रीले अविजित ३२ रन बनाउँदा ओपनर बिन्दु रावलले…

    विस्तृतमा पढ्नुस्

  • इन्धनको मूल्यवृद्धिबारे मन्त्री बडूको जवाफ : आपूर्ति व्यवस्था सहज बनाइराख्न मुल्य बढाउन बाध्य छौं

    इन्धनको मूल्यवृद्धिबारे मन्त्री बडूको जवाफ : आपूर्ति व्यवस्था सहज बनाइराख्न मुल्य बढाउन बाध्य छौं

    काठमाडौं : उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दिलेन्द्रप्रसाद बडूले पेट्रोलियम पद्धार्थको आपूर्ति व्यवस्था सहज बनाइराख्न बाध्यात्मक रुपमा मुल्यवृद्धि गर्नुपरेको बताएका छन्। मंगलबार प्रतिनिधिसभाको बैठकमा सार्वजनिक महत्वको विषयमा वक्तव्य दिदैँ बडूले अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पद्धार्थको मुल्य निरन्तर बढिरहेको र सोही अनुरुप मुल्य समायोजन गर्नुपर्ने बाध्यता रहेको बताएका हुन्। बडूले नेपाल आयल निगमलाई जेठ मसान्तसम्म ५० अर्ब रुपैयाँ घाटा भएको बताए। साथै, इन्डियन आयल…

    विस्तृतमा पढ्नुस्

  • रवि लामिछानेको पार्टी घोषणा कार्यक्रममा देखिएको दृष्य…

    रवि लामिछानेको पार्टी घोषणा कार्यक्रममा देखिएको दृष्य…

    काठमाडौं : रवि लामिछानेले नयाँ राजनीतिक दलको घोषणा गरेका छन्। आज दिउँसो राष्ट्रिय सभागृहमा आयोजित कार्यक्रममा उनले 'राष्ट्रिय स्वतन्त्र पार्टी' घोषणा गरेका हुन्। टेलिभिजन क्षेत्रबाट राजनीतिमा होमिएका लामिछानेको घोषणासभा कार्यक्रममा सयौँको सङ्ख्यामा मानिसहरुको उपस्थिति देखिन्थ्यो। सभागृहको भित्रीहलमा मानिसहरु नअटाएपछि सभागृहको प्राङ्गणमा पनि मानिस खचाखच थिए। उनले आफू पुराना राजनीतिक दलमा प्रवेश नगर्ने भन्दै नयाँ राजनीतिक दल बनाएको बताए। उनले स्वतन्त्र…

    विस्तृतमा पढ्नुस्

  • रवि लामिछानेको पार्टीको ७ अवधारणा : कार्यकर्ता नहुने, प्रत्यक्ष निर्वाचित प्रधानमन्त्री र मुख्यमन्त्री

    रवि लामिछानेको पार्टीको ७ अवधारणा : कार्यकर्ता नहुने, प्रत्यक्ष निर्वाचित प्रधानमन्त्री र मुख्यमन्त्री

    काठमाडौं : पूर्व पत्रकार रवि लामिछानेले नयाँ राजनीतिक दलको घोषणा गर्दै ७ वटा अवधारणा अघि सारेका छन्। राष्ट्रिय सभागृहबाट राष्ट्रिय स्वतन्त्र पार्टीको घोषणा गर्दै लामिछानेले आफूले नयाँ अवधारणका साथ दल घोषणा गरेको बताएका हुन्।  १. प्रारम्भिक निर्वाचन लामिछानेले आफ्नो पार्टीबाट उम्मेद्वार बन्नका लागि आफ्नै पार्टीमा पहिला चुनाव सामना गर्नुपर्ने बताएका छन्। 'तपाईंलाई आम निर्वाचनमा उठाउने हो भन्ने पार्टीमा चुनाव हुनेछ। तल्लो तहको मत…

    विस्तृतमा पढ्नुस्


@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell