PahiloPost

Jun 26, 2025 | १२ असार २०८२

  • भोलिदेखि वायुसेवा संचालक संघले आन्तरिक उडान ठप्प पार्ने

    भोलिदेखि वायुसेवा संचालक संघले आन्तरिक उडान ठप्प पार्ने

    काठमाडौं : उपत्यका बाहिर बेस भएका हवाई जहाज र हेलिकोप्टरलाई काठमाडौंबाट उडान गर्न रोकेपछि वायुसेवा संचालक संघ नेपालले बुधवारदेखि आन्तरिक उडान ठप्प पार्ने निर्णय गरेका छन्। बैठक पूर्व तयारीबिना नै नेपाल नागरिक उड्डयन प्राधिकरणले धमाधम उडान रोक्न थालेपछि संघको आकस्मिक बैठकले यो निर्णय गरेको हो। संघका एक पदाधिकारीका अनुसार प्राधिकरणको निर्णयविरुद्ध बुधवारदेखि आन्तरिकतर्फका सबै उडान रोक्ने निर्णय भएको छ। ‘सामान्य…

    विस्तृतमा पढ्नुस्

  • नेपाललाई आर्थिकभन्दा प्राविधिक सहयोग उपलब्ध गराउने स्वीटजरल्याण्डको चाहना

    नेपाललाई आर्थिकभन्दा प्राविधिक सहयोग उपलब्ध गराउने स्वीटजरल्याण्डको चाहना

    काठमाडौं : ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालसँग नेपालका लागि स्विट्जरल्याण्डका राजदूत एलिजाबेथ भोन क्यापलरले शिष्टाचार भेट गरेकी छिन्। मन्त्रालयमा आज भएको भेटमा उनीहरूबिच द्विपक्षीय सम्बन्ध र सहयोगका विविध विषयमा छलफल भएको छ। स्वीस सरकारले नेपालको प्राविधिक तथा व्यावसायिक शिक्षामा महत्वपूर्ण सहयोग गर्दै आएको स्मरण गर्दै मन्त्री भुसालले आगामी दिनमा पनि ऊर्जा क्षेत्रमा आवश्यक पर्ने प्राविधिक तथा आर्थिक सहयोग प्राप्त…

    विस्तृतमा पढ्नुस्

  • रवि लामिछानेको राजनीतिक दलको नाम : राष्ट्रिय स्वतन्त्र पार्टी

    रवि लामिछानेको राजनीतिक दलको नाम : राष्ट्रिय स्वतन्त्र पार्टी

    काठमाडौं : रवि लामिछानेले नयाँ राजनीतिक दलको घोषणा गरेका छन्। राष्ट्रिय सभागृहमा आयोजित कार्यक्रममा उनले 'राष्ट्रिय स्वतन्त्र पार्टी'घोषणा गरेका हुन्। उनले आफू पुराना राजनीतिक दलमा प्रवेश नगर्ने भन्दै नयाँ राजनीतिक दल बनाएको बताए। उनले स्वतन्त्र उम्मेदवारलाई पनि आफूले स्वागत गर्ने बताए। भने, 'सुरुवात कसैले गरेको भए पनि मैले नेतृत्व गरेको हो।' उनले आफूले भनेको पूरा नगरे ढुंगाले हान्न समेत चुनौती दिएका…

    विस्तृतमा पढ्नुस्

  • पुराना कुनै राजनीतिक दलमा प्रवेश गर्दिन, व्यवस्था बदल्न पनि आएको होइन : रवि लामिछाने

     पुराना कुनै राजनीतिक दलमा प्रवेश गर्दिन, व्यवस्था बदल्न पनि आएको होइन : रवि लामिछाने

    काठमाडौं : पत्रकारिता छाडेर राजनीतिमा होमिएका पत्रकार रवि लामिछानेले व्यवस्था बदल्न नभइ अवस्था बदल्न राजनीतिमा लागेको बताएका छन्। राष्ट्रिय सभागृहमा आफ्नो राजनीतिक यात्राका बारेमा जानकारी दिँदै लामिछानेले अरु दलसँग पनि छलफल गरेको भए पनि आफू आशावादी नभएको बताए। त्यसैले व्यवस्था परिवर्तनको मुद्दा आफ्नो नभएको लामिछानेको भनाइ छ। 'व्यवस्था परिवर्तन गर्न आएको होइन। व्यवस्था बदल्नु छैन। अवस्था बदल्नु छ,'लामिछानेले भने।  उनले…

    विस्तृतमा पढ्नुस्

  • रसियाका पत्रकार डिमिट्रीले लिलामी गरे नोबेल शान्ति पदक

    रसियाका पत्रकार डिमिट्रीले लिलामी गरे नोबेल शान्ति पदक

    सन् २०२१ का नोबेल शान्ति पुरस्कार विजेता डिमिट्री मुराटोभले आफ्नो पदक लिलामी गरेका छन्। स्वतन्त्र समाचारपत्र  नोभाया ग्याजेटका प्रधान सम्पादक नोभायालाई रसियामा वाक स्वतन्त्रको लागि लडाइँ लडेको भन्दै फिलिपिन्सकी पत्रकार मारिया रेस्सासँगै संयुक्त रुपमा नोबेल शान्ति पुरस्कार दिइएको थियो। नोबेल शान्ति पुरस्कार मेडल १०३.५ मिलियन डलरमा लिलामी भएको बीबीसीले उल्लेख गरेको छ। लिलामीबाट उठेको रकमलाई उनले रसिया-युक्रेन युद्धबाट प्रभावितहरुलाई सहयोग…

    विस्तृतमा पढ्नुस्

  • देउवा नेतृत्वको सरकारले प्रतिपक्षसँग सबै विषयमा संवादहिनताको अवस्थामा पुर्‍यायो : ओली

    देउवा नेतृत्वको सरकारले प्रतिपक्षसँग सबै विषयमा संवादहिनताको अवस्थामा पुर्‍यायो : ओली

    काठमाडौं : प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)का अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले सरकार प्रतिपक्षसँग संवादहिनताको अवस्थामा रहेको बताएका छन्। अध्यक्ष ओलीले २०४६ सालको परिवर्तनपछि शेरबहादुर देउवा नेतृत्वको वर्तमान गठबन्धन सरकारले प्रतिपक्षसँग सबै विषयमा संवादहिनताको अवस्थामा पुर्‍याएको दावी समेत गरे। मंगलवार पूर्व राजदुतहरुको समूहले काठमाडौंमा आयोजना गरेको नेपालको परराष्ट्र मामिलाबारेको अन्तरक्रिया कार्यक्रममा बोल्दै उनले प्रधानमन्त्रीले विदेश भ्रमण गर्दा समेत…

    विस्तृतमा पढ्नुस्

  • एन्फा नेतृत्वमा पंकजको उदयसँगै अलमुताइरीको चर्चा, निस्किएला खेलाडी र प्रशिक्षक विवादको समाधान?

    एन्फा नेतृत्वमा पंकजको उदयसँगै अलमुताइरीको चर्चा, निस्किएला खेलाडी र प्रशिक्षक विवादको समाधान?

    काठमाडौं: अखिल नेपाल फुटबल संघ (एन्फा) को नेतृत्वमा कर्माछिरिङ शेर्पालाई हराउँदै पंकजविक्रम नेम्बाङ अध्यक्ष बनेका छन्। वरिष्ठ उपाध्यक्षमा उनकै प्यानलका वीरबहादुर खड्का निर्वाचित हुँदा उपाध्यक्ष र केन्द्रीय सदस्यमा अधिकांश नेम्बाङ पक्षका नै छन्। झापा फुटबल संघ हुँदै एन्फा प्रवेश गरेयता कार्यसमितिमा निरन्तर रहेका नेम्वाङ उपाध्यक्ष, वरिष्ठ उपाध्यक्ष हुँदै अध्यक्ष बनेका हुन्। नेम्बाङ र शेर्पा यसअघि एकै प्यानलबाट अध्यक्ष र वरिष्ठ…

    विस्तृतमा पढ्नुस्

  • मिस नेपाल प्रियंका भन्छिन् : नेपाललाई अन्तर्राष्ट्रिय स्तरमा चिनाउन कुनै कसर छोड्ने छैन

    मिस नेपाल प्रियंका भन्छिन् : नेपाललाई अन्तर्राष्ट्रिय स्तरमा चिनाउन कुनै कसर छोड्ने छैन

    काठमाडौं : ‘मिस नेपाल वर्ल्ड २०२२’की विजेता प्रियंका रानी जोशीले नेपाललाई अन्तर्राष्ट्रिय स्तरमा चिनाउने बताएकी छिन्। हिजो जोशीलाई बाजागाजासहित अनामनगरस्थित जन्म घरमा भित्र्याइएको थियो। सोही क्रममा उनले नेपाललाई अन्तर्राष्ट्रिय स्तरमा चिनाउन कुनै कसर नछोड्ने बताएकी छिन्। मिस नेपाल वर्ल्ड बन्ने वर्षौंदेखिको सपना साकार हुँदा आफूसँग कुनै शब्द नै नरहेको उनले बताइन्। साथै, प्रियंकाले आफ्नो मिस वर्ल्डको योजनाबारे समेत सुनाइन्। ‘म हाम्रो देशलाई…

    विस्तृतमा पढ्नुस्

  • दयाहाङ र सौगात अभिनित फिल्म ‘२ नम्बरी’को फस्टलुक पोस्टर सार्वजनिक

    दयाहाङ र सौगात अभिनित फिल्म ‘२ नम्बरी’को फस्टलुक पोस्टर सार्वजनिक

    काठमाडौं : फिल्म ‘२ नम्बरी’को फस्टलुक पोस्टर सार्वजनिक भएको छ। फिल्मको फस्टलुक पोस्टरमा दयाहाङ राई, सौगात मल्ल, उपासना सिंह ठकुरी, उगेन छोदेन र वुद्धि तामाङलाई देख्न सकिन्छ। रेड बर्ड प्रोडक्शनको प्रस्तुतिमा तयार भएको फिल्ममा दया र सौगातको गेटअप केही फरक छ। यो फिल्मले दुई जना साथीको मित्रताको कथालाई देखाउन खोजेको छ। दीपेन्द्र लामाको लेखन तथा निर्देशन रहेको फिल्ममा दीपक मनाङ्गे,…

    विस्तृतमा पढ्नुस्

  • विवाह गर्ने भन्दै भोटेबहालको एक होटेलमा बोलाएर करणी, युवतीको साथमा रहेको एक लाख रुपैयाँ र सुन समेत लिएर फरार युवक समातिए

    विवाह गर्ने भन्दै भोटेबहालको एक होटेलमा बोलाएर करणी, युवतीको साथमा रहेको एक लाख रुपैयाँ र सुन समेत लिएर फरार युवक समातिए

    काठमाडौंः प्रहरीले जवर्जस्तिकरणीमा फरार रहेका एक युवकलाई पक्राउ गरेको छ। महानगरीय प्रहरी वृत्त कालीमाटीको टोलीले काभ्रेपलान्चोक तिमाल गाउँपालिका वडा नम्बर ९ घर भएका ३० वर्षीय भोटे, जय, आशिष भन्ने बिश्‍व तामाङलाई पक्राउ गरेको हो। गत जेठ २९ गते बेलुका २४ वर्षीय युवतीलाई विभिन्न प्रलोभनमा पारेर काठमाडौंको भोटेबहालमा रहेको एक गेस्ट हाउसमा लगी करणी गरेको उजुरी परेपछि प्रहरीले खोजी गरेको थियो। होटेलमा…

    विस्तृतमा पढ्नुस्

  • एन्फाको वरिष्ठ उपाध्यक्षमा नेम्बाङ प्यानलका खड्का निर्वाचित

    एन्फाको वरिष्ठ उपाध्यक्षमा नेम्बाङ प्यानलका खड्का निर्वाचित

    काठमाडौं: अखिल नेपाल फुटबल संघ (एन्फा) को वरिष्ठ उपाध्यक्षमा वीरबहादुर खड्का विजयी भएका छन्। पंकजविक्रम नेम्बाङ प्यानलका खड्काले कर्माछिरिङ शेर्पा प्यानलका शिक्षित पराजुलीलाई हराउँदै वरिष्ठ उपाध्यक्षमा निर्वाचित भएका हुन्। खड्काले कुल ४४ मत प्राप्त गर्दा पराजुलीले ४० मत प्राप्त गरे। अध्यक्षमा भने यसअघि नै नेम्बाङले बाजी मारिसकेका छन्। उनले आज सम्पन्न निर्वाचनबाट पूर्व अध्यक्ष कर्माछिरिङ शेर्पालाई हराउँदै नेम्बाङ विजयी भएका…

    विस्तृतमा पढ्नुस्

  • कर्माछिरिङलाई हराउँदै एन्फा अध्यक्षमा पंकजविक्रम नेम्बाङ विजयी

    कर्माछिरिङलाई हराउँदै एन्फा अध्यक्षमा पंकजविक्रम नेम्बाङ विजयी

    काठमाडौं: अखिल नेपाल फुटबल संघ (एन्फा) को अध्यक्षमा पंकजविक्रम नेम्बाङ विजयी भएका छन्। आज सम्पन्न निर्वाचनबाट पूर्व अध्यक्ष कर्माछिरिङ शेर्पालाई हराउँदै नेम्बाङ विजयी भएका हुन्। नेम्बाङले कुल ४५ मत प्राप्त गर्दा शेर्पाले ३९ मत प्राप्त गरे। त्यस्तै अर्का उम्मेद्वार राजीव पौड्यालले कुनै मत प्राप्त गरेनन्। कुल ८४ जना मतदाता रहेका थिए। वरिष्ठ उपाध्यक्षमा ५० मत गन्दा नेम्बाङ पक्षका वीरबहादुर खड्काले…

    विस्तृतमा पढ्नुस्

  • पार्टी प्रवेश गर्दै जनकपुरधामको मेयरमा पराजित स्वतन्त्र उम्मेदवार महतोले भने : म अब जसपाको हनुमान

    पार्टी प्रवेश गर्दै जनकपुरधामको मेयरमा पराजित स्वतन्त्र उम्मेदवार महतोले भने : म अब जसपाको हनुमान

    जनकपुरधाम : जनकपुरधाम उपमहानगरपालिकाको प्रमुख पदमा पराजित स्वतन्त्र उम्मेदवार बलराम महतो जनता समाजवादी पार्टी नेपाल (जसपा)मा प्रवेश गरेका छन्। सोमवार जनकपुरधाममा आयोजित पार्टी प्रवेश कार्यक्रममा महतो जसपामा प्रवेश गरेका हुन्। महतोलाई जसपाका केन्द्रीय अध्यक्ष उपेन्द्र यादवले अबिर, माला र गम्छा लगाएर पार्टी प्रवेश गराएका हुन्। आसन्न आम निर्वाचनलाई दृष्टिगत गर्दै  महतोले राजनीतिक दलको सदस्यता प्राप्त गरेका छन्। उनले धनुषाको निर्वाचन…

    विस्तृतमा पढ्नुस्

  • एसपीपीमा सहभागी नहुनका लागि अमेरिकालाई पत्र लेख्ने सरकारको निर्णय

    एसपीपीमा सहभागी नहुनका लागि अमेरिकालाई पत्र लेख्ने सरकारको निर्णय

    काठमाडौं : नेपाल सरकारले अमेरिकाको स्टेट पार्टनरसिप प्रोग्राममा सहभागी नहुने निर्णय गरेको छ। आज बसेको मन्त्रिपरिषद्को बैठकले यस्तो निर्णय गरेको सञ्‍चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्र बहादुर कार्कीले जानकारी दिए। मन्त्रिपरिषद्को बैठकले गरेका निर्णयबारे जानकारी दिँदै उनले एसपीपीमा सहभागी नहुनका लागि अमेरिकालाई पत्र लेख्ने निर्णय समेत भएको बताए। ‘एसपीपीमा सहभागी नहुनका लागि अमेरिकालाई पत्र लेख्ने सोमवार बसेको मन्त्रिपरिषद् बैठकले निर्णय गरेको…

    विस्तृतमा पढ्नुस्

  • पर्सामा रोपाइँको मुखमा रासायनिक मलको हाहाकार, भारतीय बजारबाट महँगोमा मल ल्याउँदै किसान

    पर्सामा रोपाइँको मुखमा रासायनिक मलको हाहाकार, भारतीय बजारबाट महँगोमा मल ल्याउँदै किसान

    वीरगंज : बर्षेवाली धानको रोपाइँ नजिकिन थालेपछि पर्साका ग्रामीण किसानहरू रासायनिक मलको पखाईमा बसेका छन्। रोपाइँका समयमा आवश्यक पर्ने डीएपी, यूरिया र पोटास लामो समयदेखि कृषि सामग्री कम्पनी तथा साल्ट ट्रेडिङ कम्पनीले वितरण गरेको छैन। पर्साको जीराभवानी गाउँपालिका-२ सेढवाका किसान रोगाई चौधरीले चैते धानको रोपाइँका समयमा पनि मल उपलब्ध नहुँदा किसानहरूले निकै दुःख झेल्नुपरेको गुनासो गरे। नेपाली बजारमा मल नपाउँदा…

    विस्तृतमा पढ्नुस्

  • मूल्यवृद्धिको विरोधमा उत्रिएका विद्यार्थी र प्रहरीबिच त्रिचन्द्र कलेज अगाडि झडप

    मूल्यवृद्धिको विरोधमा उत्रिएका विद्यार्थी र प्रहरीबिच त्रिचन्द्र कलेज अगाडि झडप

    काठमाडौं : पेट्रोलियम पदार्थको मूल्यवृद्धिको विरोधमा उत्रिएका विद्यार्थी र प्रहरीबिच झडप भएको छ। प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) निकट विद्यार्थी संगठन अनेरास्ववियु र प्रहरीबिच विरोध प्रदर्शनका क्रममा झडप भएको हो। नेपाल आयल निगमले गए रातिबाट पेट्रोलियम पदार्थको मुल्यवृद्धि गरेको विरोधमा विद्यार्थीहरुले प्रदर्शन गरेका छन्। उनीहरुले अहिले साँझ घण्टाघरस्थित त्रिचन्द्र कलेज अगाडि प्रदर्शन गरेका थिए। प्रदर्शनकारी र प्रहरीबिच ढुंगा हानाहान भएको…

    विस्तृतमा पढ्नुस्

  • आफ्नै बचन लत्याउँदै मूल्यवृद्धि गरेर अर्थमन्त्रीले संसदको अपमान गरे : प्रदीप ज्ञवाली

    आफ्नै बचन लत्याउँदै मूल्यवृद्धि गरेर अर्थमन्त्रीले संसदको अपमान गरे : प्रदीप ज्ञवाली

    काठमाडौं : प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)का उपमहासचिव एवं सांसद प्रदीप ज्ञवालीले सरकारले पेट्रोलियम पदार्थको मूल्यवृद्धि गरेर संसदको अपमान गरेको बताएका छन्। अर्थमन्त्री जनार्दन शर्माले संसदबाट पेट्रोलियम पदार्थको मूल्य समायोजन गर्ने बचन दिएको भएपनि सो बचन लत्याउँदै मूल्यवृद्धि गर्नुले संसदको समेत अपमान भएको उपमहासचिव ज्ञवालीको तर्क थियो। सोमवार नयाँ बानेश्वरस्थित संसद भवन परिसरमा सञ्चारकर्मीहरुसँग संक्षिप्त कुराकानी गर्दै उनले सरकारले पेट्रोलियम…

    विस्तृतमा पढ्नुस्

  • ग्यासमा दुई थरी मूल्य कायम गर्दै आयल निगम : गरिबलाई सस्तो, धनीलाई महँगो

    ग्यासमा दुई थरी मूल्य कायम गर्दै आयल निगम : गरिबलाई सस्तो, धनीलाई महँगो

    काठमाडौं : नेपाल आयल निगमले घाटा चुलिएपछि ग्यासको दोहोरो मूल्य कायम गर्ने भएको छ। आयल निगमका कार्यकारी निर्देशक उमेश थानीले ग्यासको मूल्य दुईथरी कायम गर्ने तयारी भइरहेको बताएका छन्। सोमवार पत्रकार सम्मेलन गर्दै थानीले ग्यासको मूल्य दुई थरी कायम गर्न समिति गठन गरिएको बताएका हुन्। अघिक घाटाकै कारण मूल्यवृद्धि गर्नु परेको उनले बताए। गरिब घर परिवारलाई सस्तो र धनी परिवारलाई…

    विस्तृतमा पढ्नुस्

  • सौन्दर्य प्रतियोगिताको नाममा जबरजस्ती करणी प्रकरणमा समातिएका मनोज पाण्डे जेल चलान

    सौन्दर्य प्रतियोगिताको नाममा जबरजस्ती करणी प्रकरणमा समातिएका मनोज पाण्डे जेल चलान

    काठमाडौं: आठ वर्षअघि १६ वर्षकी एक किशोरीलाई बलात्कार गरेको अभियोगमा पक्राउ परेका रहेका ग्लोबल कन्सल्टेन्सीका सञ्चालक मनोज पाण्डेलाई थुनामा राख्न अदालतलेआदेश दिएको छ। जिल्ला अदालत काठमाडौंले पाण्डेलाई पुर्पक्षको लागि थुनामा राख्न आदेश दिएको हो। अदालतको आदेश अनुसार पाण्डेलाई डिल्लीबजार कारागार लगिएको महानगरीय प्रहरी परिसर काठमाडौंका एसपी दिनेशराज मैनालीले जानकारी दिए। सौन्दर्य प्रतियोगिताको नाममा सक्सेस पार्टी भनेर होटेलमा बोलाएर बेहोस बनाउँदै…

    विस्तृतमा पढ्नुस्

  • जग्गा धितो राखेर ऋण लिन नपाउने व्यवस्था कार्यान्वयन नगर्न सर्वोच्चको अन्तरिम आदेश

    जग्गा धितो राखेर ऋण लिन नपाउने व्यवस्था कार्यान्वयन नगर्न सर्वोच्चको अन्तरिम आदेश

    काठमाडौं : सर्वोच्च अदालतले जग्गाको वर्गीकरण नभएसम्म अनिश्चितकालसम्म जग्गा धितो बन्धकी राख्न नपाउने व्यवस्था कार्यान्वयन नगर्न अन्तरिम आदेश जारी गरेको छ। न्यायाधीश ईश्वरप्रसाद खतिवडो एकल इजलासले आइतबार हालसम्म पनि जग्गाको वर्गीकरण भइनसकेको भन्दै भूमि व्यवस्था मन्त्रालयले जेठ २७ गते जारी गरेको पत्राचार कार्यान्वयन नगर्न आदेश दिएको हो। निवेदक विष्णुबहादुर सुनुवारले हालेको रिटमा सर्वोच्चले अन्तरिम आदेश जारी गरेको हो। बैंक, वित्तीय…

    विस्तृतमा पढ्नुस्


@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell