PahiloPost

Jun 27, 2025 | १३ असार २०८२

  • काठमाडौंमा दुईजनामा देखियो हैजा, पानी उमालेर खान र सरसफाइमा ध्यान दिन आग्रह

    काठमाडौंमा दुईजनामा देखियो हैजा, पानी उमालेर खान र सरसफाइमा ध्यान दिन आग्रह

    काठमाडौं : काठमाडौंमा दुईजनामा हैजा देखिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ। असार २ गते झाडापखालाको लक्षण देखिएर टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा भर्ना भएका दुई जनामा हैजा रोगको जीवाणु देखिएको हो। हैजा देखिनेमा १८ र २३ वर्षीय व्यक्तिहरु रहेको छ। काठमाडौं महानगर बागबजारमा बसोवास गर्दै आइरहेका उनीहरु दुवैजना एकै परिवारका सदस्य हुन्। उनीहरु दुवैको उपचार टेकुस्थित अस्पतालमै भइरहेको छ। काठमाडौंमा…

    विस्तृतमा पढ्नुस्

  • संचालनमा आयो सिस्नेरी र कान्ति राजपथ सडकखण्ड

    संचालनमा आयो सिस्नेरी र कान्ति राजपथ सडकखण्ड

    काठमाडौं : पहिरोको कारण अवरुद्ध सिस्नेरी सडकखण्डमा आजदेखि पुनः यातायात संचालनमा आएको छ। पहिरोका कारण केही दिनदेखि अवरुद्ध हेटौँडा -भीमफेदी हुँदै काठमाडौँ जोड्ने छोटो मार्ग सिस्नेरी सडकखण्डमा आजदेखि यातायात पुनः संचालनमा आएको इलाका प्रहरी कार्यालय भीमफेदीले जनाएको छ। मकवानपुरको इन्द्रसरोवर गाउँपालिका ३ रामचन्द्र भञ्ज्याङमा गत मंगलबार वर्षासँगै आएको पहिरोका कारण अवरुद्ध भएको थियो। हेटौँडाबाट काठमाडौँ जोड्ने छोटो मार्गअन्तर्गत पर्ने उक्त सडकखण्डमा…

    विस्तृतमा पढ्नुस्

  • समालोचनाबारे चर्चासँगै इतिहासविद् गोवर्धन शर्माको पुस्तक सार्वजनिक

    समालोचनाबारे चर्चासँगै  इतिहासविद् गोवर्धन शर्माको पुस्तक सार्वजनिक

    काठमाडौं : नेपालभाषाको साहित्य क्षेत्रमा समालोचना विधाले व्यापकता पाउन नसकेकोमा सरोकारवालाहरुले चिन्ता व्यक्त गरेका छन्। काठमाडौंमा आयोजित एक कार्यक्रमका वक्ताहरुले समालोचना विधाको विकासका लागि समालोचकलाई प्रोत्साहित गर्नुपर्नेमा जोड दिएका हुन्। राजोपाध्याय समाजले काठमाडौंमा आयोजना गरेको कार्यक्रमका वक्ताहरुले समालोचनालाई सुझावको रुपमा नलिइ आलोचनाको रुपमा लिने प्रवृत्तीका कारण यस विधाको विकास हुन नसकेको विचार राखेका थिए। कार्यक्रममा स्वर्गीय इतिहासविद् गोवर्धन शर्माबाट लिखित समालोचना पुस्तक…

    विस्तृतमा पढ्नुस्

  • बो सिंह पुनः शिलु महाद्यः मा स्थानान्तरण

    बो सिंह पुनः शिलु महाद्यः मा स्थानान्तरण

    काठमाडौं : भक्तपुर नगरपालिका वडा नं. ७ गोल्मढीको गःहिटीको दायाँ र बायाँमा राखिएको बो सिंह पुनः शिलु महाद्यः मन्दिरमा स्थानान्तरण गरिएको छ। भक्तपुर नगरपालिका र स्मारक संरक्षण तथा दरबार हेरचाह अड्डाको संयुक्त पहल र स्थानीय जनताको सहभागितामा शनिबार उक्त बो सिंहहरु पुरानै ठाउँमा राख्नको लागि निकालिएको थियो। स्थानीय जनताले परम्परागत शैलीमा बाजागाजा सहित गोल्मढीमा रहेको बो सिंहको मूर्तिहरु पुनः शिलु…

    विस्तृतमा पढ्नुस्

  • पहिराले खाँदबारी-किमाथाङ्का सडकखण्ड अवरुद्ध

    पहिराले खाँदबारी-किमाथाङ्का सडकखण्ड अवरुद्ध

    काठमाडौं : लगातारको वर्षासँगै आएको पहिराले सङ्खुवासभाको भोटखोला गाउँपालिका र मकालु गाउँपालिका जाने उत्तर दक्षिण सडकखण्डको खाँदबारी–किमाथाङ्का सडक अवरुद्ध भएको छ। मकालु गाउँपालिका–३ नयाँ बस्तीमा पहिरो खस्दा उत्तर दक्षिण सडक खण्ड अवरुद्ध भएको हो। उत्तर दक्षिण सडक अवरुद्ध हुँदा मकालु वडा नं ३, ४ र भोटखोला गाउँपालिका जाने सडक ठप्प भएको उत्तर दक्षिण सडक कार्यालयका प्रमुख इन्जिनियर दीपेश रजकले जानकारी…

    विस्तृतमा पढ्नुस्

  • अमेरिकाले नेपाललाई दियो २२ लाख खोप, ५ देखि ११ वर्षका बालबालिकालाई दिइने

    अमेरिकाले नेपाललाई दियो २२ लाख खोप, ५ देखि ११ वर्षका बालबालिकालाई दिइने

    काठमाडौं : अमेरिकाले नेपाललाई करिब २२ लाख खोप अनुदान सहयोगमा उपलब्ध गराएको छ। ती खोप पाँच वर्षदेखि ११ वर्षका बालबालिकालाई प्रयोग गर्न मिल्ने स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ।  हालसम्म अमेरिकाले नेपाललाई फाइजर खोपका २२ लाख ६० हजार मात्रा र जोन्सन एन्ड जोन्सनको एकल मात्रा खोप १५ लाख मात्रा प्रदान गरिसकेको छ। अमेरिकी अन्तर्राष्ट्रिय विकास नियोग (युएसआइडी)ले बाल फाइजर खोप…

    विस्तृतमा पढ्नुस्

  • डर लाग्दो साइबर अपराध : दिल्लीमा योजना, काठमाडौंमा 'कल सेन्टर' र अपराधीको टार्गेटमा भने अमेरिकन र क्यानेडियन

    डर लाग्दो साइबर अपराध : दिल्लीमा योजना, काठमाडौंमा 'कल सेन्टर' र अपराधीको टार्गेटमा भने अमेरिकन र क्यानेडियन

    काठमाडौं : केही समयको अनुसन्धानपछि नेपाल प्रहरीको साइबर ब्यूरोको टोली अन्तर्राष्ट्रिय रुपमा जोडिएको साइबर अपराधमा संलग्न व्यक्तिलाई पक्राउ गर्न सफल भएको छ। ब्यूरोले दिएको जानकारी अनुसार अहिलेसम्म यस घटनाको अनुसन्धानमा चार देश जोडिएको छ। भारतको दिल्लीमा योजना बनाएको गिरोहले नेपालमा कल सेन्टर खोलेर अमेरिकी र क्यानेडियन नागरिकलाई 'स्क्यामिङ' गर्ने गरेको खुलेको हो। सुचना प्रविधिको दुरुपयोग गरेर मानिसहरुलाई ठगी गर्ने गिरोहलाई प्रहरीले नियन्त्रणमा लिएको छ। यस घटनामा…

    विस्तृतमा पढ्नुस्

  • बलियो नेपाल कपको उपाधि मधेश प्रदेशलाई

    बलियो नेपाल कपको उपाधि मधेश प्रदेशलाई

    काठमाडौं: बलियो नेपाल कप अन्डर १५ क्रिकेट प्रतियोगिता २०७९ को उपाधि बलियो मधेश प्रदेशले जितेको छ। आईतवार सम्पन्न फाइनल खेलमा बलियो बागमती प्रदेशलाई ४ विकेटले पराजित गर्दै बलियो मधेशले उपाधि हात पारेको हो। मुलपानी मैदानमा सम्पन्न फाइनल खेलमा टस हारेर ब्याटिङ्गको निम्तो पाएको बागमतीले निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै ९५ रन बनाएको थियो। उसका आकाश टमाटाले २३ रन जोड्न…

    विस्तृतमा पढ्नुस्

  • बालेनको पहिलो नीति तथा कार्यक्रम : महानगरका करदाताको बीमा, बसस्टपमा फल्चा र जात्रापर्वको प्रचारप्रसार

    बालेनको पहिलो नीति तथा कार्यक्रम : महानगरका करदाताको बीमा, बसस्टपमा फल्चा र जात्रापर्वको प्रचारप्रसार

    काठमाडौं : काठमाडौं महानगरपालिकाले महानगरका करदाताहरुको बीमा गर्ने योजना अघि सारेको छ। पहिलो नीति तथा कार्यक्रम प्रस्तुत गर्दै मेयर वालेन्द्र साह (बालेन)ले महानगरभित्र कर तिरेका करदाता हरुको बीमा गर्ने योजनामा ५० प्रतिशत अनुदान दिइने योजना अघि सारेका हुन्। 'महानगरपालिमा कर तिरेका करदाताहरुको स्वास्थ्य बीमा गर्न आवश्यक प्रबन्ध मिलाइनेछ। बीमा शुल्कको बढीमा ५० प्रतिशत उपलब्ध गराइनेछ,' उनले भने।  साहले स्वास्थ्य सेवाको गुणस्तर र पहुँच अभिवृद्धि…

    विस्तृतमा पढ्नुस्

  • औपचारिकरुपमा अमेरिका भ्रमण तय भएपछि संसदमा जानकारी गराउनेछ : प्रधानमन्त्री देउवा

    औपचारिकरुपमा अमेरिका भ्रमण तय भएपछि संसदमा जानकारी गराउनेछ : प्रधानमन्त्री देउवा

    काठमाडौं : प्रधानमन्त्री शेरबहादुर देउवाले निकट भविष्यमा हुने भनिएको आफ्नो अमेरिकाको भ्रमण औपचारिकरूपमा तय भएपछि संसद्लाई जानकारी गराउने बताएका छन्। उनले आज नेपाली कांग्रेसकी सचेतक पुष्पा भुसालसँगको भेटमा भ्रमण तय भएपछि सदन वा संसदीय समितिमा आएर औपचारिकरूपमा जानकारी गराउने बताएका हुन्। प्रतिनिधिसभाको अन्तर्राष्ट्रिय सम्बन्ध समितिले भ्रमणका सम्बन्धमा जानकारी लिन प्रधानमन्त्री देउवालाई समिति बैठकमा बोलाएको सन्दर्भमा समिति सदस्यसमेत रहेकी सचेतक भुसालले…

    विस्तृतमा पढ्नुस्

  • जग्गाधनी जापानमा, नक्कली मृत्युदर्ता प्रमाणपत्र बनाएर कीर्तिपुरको जग्गा किनबेच : प्रहरीद्वारा गिरोहमा संलग्न पाँचजना पक्राउ

    जग्गाधनी जापानमा, नक्कली मृत्युदर्ता प्रमाणपत्र बनाएर कीर्तिपुरको जग्गा किनबेच : प्रहरीद्वारा गिरोहमा संलग्न पाँचजना पक्राउ

    काठमाडौं : प्रहरीले नक्कली कागजपत्र बनाएर जग्गा किनबेच गरेको अभियोगमा ५ जनालाई पक्राउ गरेको छ। कीर्तिपुरमा रहेको करिब ७ करोड मूल्य पर्ने जग्गा नक्कली कागज बनाएर बिक्री गरेको खुलेको हो। पक्राउ पर्नेमा ५६ वर्षीय महावीर चन्द,  ४१ वर्षीय गणेश बहादुर खनाल, ४० वर्षीय बाबुराम कार्की, ४६ वर्षीय प्रेम प्रसाद खनाल र ५८ वर्षीय डासी माया श्रेष्ठ रहेका छन्। २०५५ सालदेखि शान्तादेवी…

    विस्तृतमा पढ्नुस्

  • आठवटा विधेयकहरुका प्रतिवेदनहरु राष्ट्रियसभामा पेश

     आठवटा विधेयकहरुका प्रतिवेदनहरु राष्ट्रियसभामा पेश

    काठमाडौं : विधायन व्यवस्थापन समितिले ८ वटा विधेयकहरुका प्रतिवेदनहरु राष्ट्रियसभामा पेश गरेको छ। विधायन व्यवस्थापन समितिले अध्यागमन विधेयक २०७६, अनुगमन तथा मूल्यांकन विधेयक २०७६, प्रतिलिपी अधिकार पहिलो संशोधन विधेयक २०७६, विद्युत विधेयक २०७७, खाद्य स्वच्छता तथा गुणस्तर विधेयक २०७७, सार्वजनिक सेवा प्रशारण विधेयक २०७७, अभिलेख संरक्षण पहिलो संशोधन विधेयक २०७७ र सुरक्षण मुद्रण सम्बन्धि विधेयक २०७७ का प्रतिवेदनहरु आईतबार राष्ट्रियसभा…

    विस्तृतमा पढ्नुस्

  • दुबईका 'राजकुमार' र दुर्गा प्रसाईलाई दिइएको 'सुनको लौरो'ले जन्माएका प्रश्नैप्रश्न

    दुबईका 'राजकुमार' र दुर्गा प्रसाईलाई दिइएको 'सुनको लौरो'ले जन्माएका प्रश्नैप्रश्न

    काठमाडौं :  नेकपा एमालेका नेता तथा व्यवसायी दुर्गा प्रसाई बेला बेला चर्चामा आइरहने पात्र हुन्। एमाले अध्यक्ष केपी शर्मा ओली र माओवादी केन्द्रका अध्यक्षलाई मार्सी चामलको भात खुवाएर बढी चर्चामा आएका प्रसाई उनको अभिव्यक्तिले पनि पटक पटक चर्चामा आउँछन्। शनिवारदेखि फेरि उनै नेता तथा व्यवसायी प्रसाई चर्चामा छन्। तर यसपटकको चर्चामा उनको अभिव्यक्ति कारक होइन। शनिवार दुबईका राजकुमार भनिएका शेख मोहम्मद…

    विस्तृतमा पढ्नुस्

  • एसपीपीले नेपाली समाजमा एउटा नयाँ तरंग पैदा गर्‍यो : माधव नेपाल

    एसपीपीले नेपाली समाजमा एउटा नयाँ तरंग पैदा गर्‍यो : माधव नेपाल

    काठमाडौं : नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधव कुमार नेपालले अमेरिकी स्टेट पार्टनरसिप प्रोग्राम (एसपीपी)ले नेपालमा तरंग पैदा गरेको बताएका छन्। समाजवादी प्रेस संगठन नेपालले आयोजना गरेको सम्पादकसँग अन्तरक्रिया कार्यक्रममा अध्यक्ष नेपालले यसबारे गठबन्धनमा छलफल गर्नेबारे कुरा भएको बताए। नेपालमा देशभक्तिको भावनाले काम गरिरहेको भन्दै उनले जनताको चाहनालाई पार्टीहरुले गहिरो गरी बुझ्नुपर्ने बताए। उनले भने, ‘एसपीपीले पनि एउटा नयाँ तरंग पैदा…

    विस्तृतमा पढ्नुस्

  • पूर्व माओवादीहरुको नयाँ एकता प्रक्रिया नजिक छ : अध्यक्ष दाहाल

    पूर्व माओवादीहरुको नयाँ एकता प्रक्रिया नजिक छ : अध्यक्ष दाहाल

    काठमाडौं : नेकपा (माओवादी केन्द्र)का अध्यक्ष एवं पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सबै पूर्व माओवादीहरुको नयाँ एकता प्रक्रिया हुने दिन नजिकिएको बताएका छन्। आइतवार काठमाडौंमा आयोजित नेपाल राष्ट्रिय कर्मचारी महासंघको केन्द्रीय समितिको बैठकमा बोल्दै अध्यक्ष दाहालले पूर्व माओवादीहरुको नयाँ एकताको श्रृंखला नजिकिएको बताएका हुन्। उनले अब पुनः विभाजनलाई निषेध गरेर एकताले ठाउँ लिने दावी गरे। अध्यक्ष दाहालले कर्मचारीहरुभित्र पनि बिस्तारै…

    विस्तृतमा पढ्नुस्

  • चितुवाको डरले राति बाहिर निस्किँदैनन् बन्दीपुरबासी

    चितुवाको डरले राति बाहिर निस्किँदैनन् बन्दीपुरबासी

    काठमाडौं : तनहुँ जिल्लाको बन्दीपुर गाउँपालिका-१ का बासिन्दा साँझ पर्नेबित्तिकै घरको ढोका थुनेर भित्रै बस्न बाध्य भएका छन्। साँझ परेसँगै चितुवा मानवबस्ती नजिक देखिन थालेपछि त्यसक्षेत्रका मानिस सतर्कता अपनाउन घर बाहिर निस्किन छाडेका हुन्। रातको समयमा शौच गर्न पनि बाहिर जान डर हुने गरेको स्थानीयवासीको भनाइ छ। मञ्चमाया सारुले भनिन्, ‘शहर बजारको घर भए पो घरभित्रै शौचालय निर्माण गरिएको हुन्छ।…

    विस्तृतमा पढ्नुस्

  • एसपीपीलाई एमालेले चुनावी एजेन्डा बनाउन खोजेको कांग्रेस प्रवक्ताको आरोप

    एसपीपीलाई एमालेले चुनावी एजेन्डा बनाउन खोजेको कांग्रेस प्रवक्ताको आरोप

    काठमाडौं : नेपाली कांग्रेसका प्रवक्ता डा प्रकाशशरण महतले नेकपा एमालेले अमेरिकाको स्टेट पार्टनरसीप प्रोग्राम (एसपीपी) लाई चुनावी एजेन्डा बनाउन खोजेको आरोप लगाएका छन्। पर्साको वीरगंजमा आज आयोजित पत्रकार सम्मेलनमा महतले एमाले अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्री हुँदा नै एसपीपीबारे पत्रचार भएको बताए। भने, ‘ओली सरकारकै पालामा यसमा पत्राचार भएको रहेछ र त्यो खुलिसकेको पनि छ। तर एजेन्डाविहीन बनेको एमालेले एसपीपीलाई…

    विस्तृतमा पढ्नुस्

  • एसपीपीबारे कागजात उपलब्ध गराउन सरकारलाई संसदीय समितिको निर्देशन

    एसपीपीबारे कागजात उपलब्ध गराउन सरकारलाई संसदीय समितिको निर्देशन

    काठमाडौं : संसदको अन्तर्राष्ट्रिय सम्बन्ध समितिले अमेरिकी स्टेट पार्टनरसिप प्रोग्राम(एसपीपी) बारे कागजात उपलब्ध गराउन सरकारलाई निर्देशन दिएको छ। आज सिंहदरबारमा भएको समितिको बैठकले एसपीपी सम्बन्धि कागजात ७ दिन भित्र उपलब्ध गराउन रक्षा मन्त्रालयलाई निर्देशन दिएको हो। शुक्रवार परराष्ट्रमन्त्री नारायण खड्का र प्रधान सेनापति प्रभुराम शर्मालाई समितिमा बोलाएर एसपीपीबारे छलफल गरिएको थियो। आज भने प्रधानमन्त्री देउवालाई बोलाइएको थियो। तर, उनी उपस्थित भएनन्। देउवा…

    विस्तृतमा पढ्नुस्

  • देउवालाई समितिमा बोलाउन माग गर्दै ज्ञवालीको प्रश्न : एसपीपीको १० बुँदा सेनालाई कमजोर बनाउन ल्याइएको त होइन ?

    देउवालाई समितिमा बोलाउन माग गर्दै ज्ञवालीको प्रश्न : एसपीपीको १० बुँदा सेनालाई कमजोर बनाउन ल्याइएको त होइन ?

    काठमाडौं : नेकपा एमालेका सांसद प्रदीप ज्ञवालीले प्रधानमन्त्री  शेरबहादुर देउवालाई संसदीय समितिको बैठकमा आग्रह गरेका छन्। संसदको अन्तर्राष्ट्रिय सम्बन्ध समितिमा अमेरिकी स्टेट पार्टनरसिप प्रोग्राम(एसपीपी) विवादबारे छलफलका क्रममा उनले प्रधानमन्त्रीलाई बैठकमा आउन भनेका हुन्। शुक्रवार परराष्ट्रमन्त्री नारायण खड्का र प्रधान सेनापति प्रभुराम शर्मालाई समितिमा बोलाएर एसपीपीबारे छलफल गरिएको थियो। आज भने प्रधानमन्त्री देउवालाई बोलाइएको थियो। तर, उनी उपस्थित भएनन्। देउवा नआएकोप्रति आपत्ति…

    विस्तृतमा पढ्नुस्

  • भोलिदेखि चित्लाङबाट छायाङ्कन हुने वेव सिरिज ‘सन्ध्या’को शुभमुहूर्त सम्पन्न

    भोलिदेखि चित्लाङबाट छायाङ्कन हुने वेव सिरिज ‘सन्ध्या’को शुभमुहूर्त सम्पन्न

    काठमाडौं : वेव सिरिज ‘सन्ध्या’ निर्माण हुने घोषणा भएको छ। निर्माण टिमले आइतवार भद्रकाली मन्दिरमा शुभमुहूर्त गर्दै यस वेव सिरिज निर्माणको घोषणा गरेका हुन्। वेव सिरिजको छायाङ्कन सोमवारबाट मकवानपुरको चित्लाङबाट सुरू हुनेछ। आज भएको शुभमुहूर्तमा निर्देशक शोभित बस्नेत, कलाकार निर शाह, हिउँवाला गौतमको उपस्थिति रहेको थियो। रामजी राउतको निर्देशन रहको यस सिरिजमा निर, शोभित र हिउँवालाका साथै दयाराम दाहाल, गीता…

    विस्तृतमा पढ्नुस्


@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell