काठमाडौं : प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)का अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले अमेरिकासँग स्टेट पार्टनरसिप प्रोग्राम (एसपीपी) आफू नेतृत्वको सरकारले अगाडि बढाएको भनेर माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले हदै दर्जाको झुट र बेइमानी कुरा गरेको बताएका छन्। अध्यक्ष ओलीले सुशील कोइराला नेतृत्वको सरकारले सुरु गरेको, दाहाल नेतृत्वको सरकारले अघि बढाएको सो प्रोग्राम आफू नेतृत्वको सरकारले अस्वीकार गरेको तथ्यलाई…
फिफाले विश्वकप फुटबल २०२६ को आयोजना गर्ने देशहरु सार्वजनिक गरेको छ। सन् २०२६ मा हुने विश्वकप फुटबल तीन देशमा आयोजना हुनेछन्। सो विश्वकप अमेरिकाका ११ शहरका साथै मेक्सिकोका तीन र क्यानडाका दुई भेन्यूमा आयोजना हुने फिफाले बिहीवार बताएको हो। विश्वकप आयोजना गर्ने १६ शहरहरूमा एटलान्टा, बोस्टन, डलास, ग्वाडालाजारा, ह्युस्टन, क्यान्जस सिटी, लस एन्जलस, मेक्सिको सिटी, मायमी, मोन्टेरे, न्यूयोर्क/न्यू जर्सी, फिलाडेल्फिया,…
काठमाडौं : संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री प्रेमबहादुर आलेले मनलाग्दी निर्णय गरेको भन्दै वायुसेवा संचालक संघले प्रधानमन्त्री शेरबहादुर देउवा गुहारेका छन्। मन्त्री आलेले नेपालमा आयात गरिने जहाजको प्रकार अनुसार पाँच वर्ष समयावधि घटाउने निर्णय गरेसँगै संघले प्रधानमन्त्री देउवालाई पत्र लेखेको हो। पत्रका उनीहरुले आलेको निर्णय कार्यान्वयन हुनबाट रोक्न आग्रह गरेका छन्। आलेले प्रेसराइज अन्तर्गतका जहाज १० वर्ष र नन-प्रेसराइजको हकमा…
काठमाडौं : काठमाडौं उपत्यकामा युवतीको प्रयोग गरेर ‘हनी ट्रयापिङ’ गर्ने गिरोहलाई प्रहरीले पक्राउ गरेको छ। काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले विभिन्न स्थानबाट ६ जनालाई पक्राउ गरेको हो। पक्राउ पर्नेहरूमा भक्तपुर बस्ने १९ वर्षीया निकिता केसी, १८ वर्षीया मनीषा परियार, ३२ वर्षीय डिकबहादुर शर्मा, ३० वर्षीय सञ्जीव दर्जी, २५ वर्षीय निमा लामा र ३० वर्षीय पासाङ लामा रहेको काठमाडौं उपत्यका अपराध…
काठमाडौं : त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालमा स्वास्थ्य बीमा कार्यक्रमलाई स्थगित गरेको छ। अस्पतालका कार्यकारी निर्देशक डा दिनेश काफ्लेले आज सूचना जारी गर्दै सरकारको स्वास्थ्य बीमा बोर्डले स्वास्थ्य बीमा कार्यक्रमवापतको रकम उपलब्ध नगराएकाले कार्यक्रम स्थगित गर्नुपरेको बताए। ‘यस अस्पतालबाट सञ्चालित स्वास्थ्य बीमा कार्यक्रमअन्तर्गत बिमितको उपचार सेवा गरेवापतको रकम स्वास्थ्य बीमा बोर्डले उपलब्ध नगराएकाले असार १५ गतेदेखि अर्को सूचना जारी नहुँदासम्मका लागि…
काठमाडौं : आजबाट देशैभर फिल्म ‘चिसो मान्छे’ प्रदर्शनमा आएको छ। ‘चिसो मान्छे’को हल भिजिटमा जाँदा मुख्य कलाकार स्वस्तिमाका लागि निर्माण टिमले सुरक्षा गार्डको व्यवस्था गरेको हो। बिग मुभिजमा भएको प्रेस शोमा स्वस्तिमा सुरक्षा गार्डसँगै देखिएकी छिन्। ‘कबड्डी ४’की अभिनेत्री मिरुना मगरमाथि हलमा दुर्व्यवहार भएपछि स्वस्तिमाका लागि सुरक्षा गार्ड राखेको फिल्मकी निर्माता शर्मिला पाण्डेले बताइन्। ‘मिरुना प्रकरणपछि सचेत भएर स्वस्तिमाका लागि…
काठमाडौं : स्वास्थ्य मन्त्रालयले एक व्यक्तिमा कुष्ठरोग पुष्टि भएको जनाएको छ। आज एक विज्ञप्ति जारी गर्दै मन्त्रालयले ६ ठाउँमा स्लिट स्किन स्मियर परीक्षण गर्दा आँखा र कानको ६ वटा नमुनामा कुष्ठरोग भेटिएको जनाएको हो। कुष्ठरोग पुष्टि हुनेमा २६ वर्षीय पुरुष रहेको छ। इपिडेमियोलोजी तथा रोग नियन्त्रण महाशाखाबाट त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा रहेको हेल्थ डेस्कमा खटाइएका स्वास्थ्यकर्मीले असार २ गते एक पुरुषलाई विशेष…
बुटवल : तिनाउ नदीमा एक पुरुषको शव फेला परेको छ। बुटवल उपमहानगरपालिका-११ सिर्जनानगर र प्रगतिनगरको बिचमा अन्दाजी ५०/५५ वर्षका पुरुषको शव फेला परेको बुटवल-११ का वडा सदस्य नकुल शाहीले जानकारी दिए। स्थानीयले तिनाउ नदीमा मान्छे बगेर आएको देखेपछि प्रहरीलाई खबर गरेको उनले बताए। शवको पहिचान हुन सकेको छैन।
‘नेपाल-अमेरिका अन्तर्राष्ट्रिय चलचित्र महोत्सव –२०२२’ असार ९ गते देखि १२ गते (जुन २३ देखि २६) सम्म संचालन हुन भएको छ। अमेरिकाको म्यारिल्याण्ड राज्यमा प्रत्येक वर्ष आयोजना हुँदै आएको फेस्टिभल भौतिक तथा अनलाइन (भर्चुअल) माध्यमबाट हुनेछ। महोत्सवमा नेपाल र अमेरिका लगायत विश्वका १२ देशका ३८ वटा चलचित्रहरु प्रदर्शन हुनेछन्। जुन २३ मा पुरानो ग्रीन्बेल्ट थिएटरमा विक्रम सापकोटाद्वारा निर्देशित फिल्म ‘हल्करा’को भौतिक प्रदर्शनबाटै महोत्सवको…
काठमाडौं : प्रतिनिधिसभाको आजको बैठकमा सांसदले शून्य समयमा उठाएका समस्याको समाधान गर्ने तर्फ कुनै काम नभएको गुनासो गरेका छन्। बैठकमा सांसद गोपालबहादुर बमले चार वर्षदेखि जिल्लाका समस्याबारे कुरा उठाए पनि कुनै समस्या सुनुवाइ नभएको बताएका हुन्। मुगुबाट निर्वाचित बमले आफूले आफ्नो क्षेत्रको विषय जहिलै उठाइरहेको भए पनि सरकारले ध्यान नदिएको भन्दै सभामुखको ध्यानाकर्षण गराएका थिए। ‘ठूला नेताले शून्य समयमा बोलेका कुरा कार्यान्वयन भए-नभएको…
काठमाडौं : प्रधानमन्त्री शेरबहादुर देउवाले आफू निर्वाचित भएको क्षेत्रका जनताको हितमा इमानदार भई कामकाज गर्न जनप्रतिनिधिलाई निर्देशन दिएका छन्। नेपाली कांग्रेस कञ्चनपुर जिल्ला कार्यसमितिद्वारा स्थानीय पालिकाहरूमा निर्वाचित जनप्रतिनिधिका सम्मानमा आज आयोजित शुभकामना आदानप्रदान कार्यक्रममा उनले सदैव जनताका पक्षमा समर्पित भई कामकाज गर्न आग्रह गरेका हुन्। जनता रहे मात्र राजनीतिक पार्टी रहने बताउँदै प्रधानमन्त्री देउवाले जिल्लास्थित निर्वाचन क्षेत्र र पालिकाहरूमा सुशासन…
युक्रेनले रसियाली नौसेनाको पानीजहाजमाथि मिसाइल प्रहार गरेको जनाएको छ। रसियाको नियन्त्रणमा रहेको जिमिनिभ क्षेत्रमा रहेको उक्त पानी हजारलाई मिसाइलले ध्वस्त पारेको दाबी युक्रेनले गरेको हो। ओडेसा क्षेत्रमा रहेको पानी जहाजमा रसियाली सेनाका साथै हतियार र विस्फोटक पदार्थ रहेको बताइएको छ। पानीजहाजमा कति संख्यामा सेना र हतियार थिए भन्ने यकिन हुन सकेको छैन। युक्रेनको दाबीबारे रसियाले भने कुनै प्रतिक्रिया जनाएको छैन।
काठमाडौं : जलवायु परिवर्तनका कारण सगरमाथा आधार शिविर (एभरेष्ट बेस क्याम्प) सार्नेबारे छलफल अघि बढाइएको छ। बीबीसीका अनुसार हालको मानवीय गतिविधिका कारण बेस क्याम्पमा असुरक्षित हुँदा सरकारले यस्तो तयारी गरेको हो। सगरमाथा आरोहणको मौसममा करिब १ हजार ५०० व्यक्तिले खुम्बु हिमनदी (ग्लेसियर) क्षेत्रमा अवस्थित क्याम्पको प्रयोग गर्ने गर्छन्। नयाँ बेस क्याम्प हालको क्याम्पभन्दा तल हुने बताइएको छ। हालको बेस क्याम्प ५ हजार ३६४ मिटरको उचाइमा छ।…
काठमाडौं : प्रतिनिधिसभाको बैठकमा सांसद योगेश भट्टराईले बिहीबार परेको अविरल वर्षाका कारण ताप्लेजुङ जिल्लाको सिरिजङ्गा गाउँपालिका वडा नं ७ खेवाङमा गएको पहिरामा परी घाइते भएकालाई उद्धार गरी राहत प्रदान गर्न सरकारको ध्यानाकर्षण गराएका छन्। प्रतिनिधिसभाको आजको बैठकमा विशेष समयमा उनले पहिराले घर बगाउँदा तुलसा अधिकारी र यशोदा अधिकारीको निधन भएको र विष्णु अधिकारीको आज बिहान हेलिकप्टरबाट उद्धार गरी कोसी अस्पतालमा उपचार…
काठमाडौं : प्रतिनिधिसभामा विभिन्न तीन विधेयक पेश भएका छन्। प्रतिनिधिसभाको आजको बैठकमा गृहमन्त्री बालकृष्ण खाणले ‘सामाजिक सुरक्षा (पहिलो संशोधन) विधेयक, २०७९’, ‘तेजाब तथा अन्य घातक रासायनिक पदार्थ (नियमन) विधेयक, २०७९’ र ‘नेपाल प्रहरी र प्रदेश प्रहरी (कार्य सञ्चालन, सुपरीवेक्षण र समन्वय) (पहिलो संशोधन) विधेयक, २०७९’ पेश गरेका हुन्। बैठकमा प्रतिनिधिसभाको अर्थ समितिका सभापति कृष्णप्रसाद दाहालले ‘सार्वजनिक ऋण व्यवस्थापन विधेयकसम्बन्धी समितिको…
काठमाडौं : नेकपा (एमाले)का तर्फबाट निर्वाचित जनप्रतिनिधिहरूको भेलाले काठमाडौं सकल्प जारी गरेको छ। एमालेबाट नवनिर्वाचित जनप्रतिनिधिहरूको भेला बिहीवार र शुक्रवार काठमाडौंमा भएको थियो। जनप्रतिनिधिहरूले आफूहरु शासक नभई जनताका सेवक हुने संकल्प व्यक्त गरेका छन्। आफूहरु नेतृत्वमा रहेका पालिकाहरू सुशासनका नमूना बन्ने संकल्प पत्रमा उल्लेख छ। संकल्पमा भनिएको छ ‘हामीहरू सदाचारमा नमूना बन्नेछौँ। आफूले कुनै भ्रष्टाचार गर्ने छैनौँ र कडाइका साथ…
काठमाडौं : राष्ट्रियसभाले प्रतिनिधिसभाबाट सन्देशसहित प्राप्त ‘विनियोजन विधेयक, २०७९ माथि विचार गरियोस्’ भन्ने प्रस्ताव बहुमतले स्वीकृत गरेको छ। प्रमुख प्रतिपक्षी दल नेकपा एमालेको अवरोधबिच राष्ट्रियसभाको आजको तेस्रो बैठकमा अर्थमन्त्री जनार्दन शर्माले ‘विनियोजन विधेयक, २०७९ माथि विचार गरियोस्’ भन्ने प्रस्ताव प्रस्तुत गरेका थिए। राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले विनियोजन विधेयक, २०७९ का विनियोजन शीर्षकमाथि यही असार ६, ७ र ८ गते छलफल…
काठमाडौंः चितवनमा एक पुरुष मृत भेटिएका छन्। ईच्छाकामना गाउँपालिका-३ डम्पिङ साईडस्थित त्रिशुली नदीको किनारमा बिहिबार मृत फेला परेका हुन्। मृतको सनाखत भने हुन सकेको छैन। घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ।
बुटवल : प्रधानमन्त्री शेरबहादुर देउवा सुदूरपश्चिम विश्वविद्यालयको दीक्षान्त समारोहमा सहभागी हुन आज त्यस तर्फ उडेका थिए। प्रधानमन्त्री देउवा सेनाको हेलिकोप्टरमा धनगढी उडेका थिए। तर, धनगढी नपुग्दै देउवा सवार हेलिकप्टरमा इन्धन भर्नको लागि भन्दै भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा हेलिकोप्टर अवतरण भएको थियो। जिल्ला प्रहरी कार्यालय रूपन्देहीका प्रहरी प्रमुख एसपी रवीन्द्र रेग्मीले प्रधानमन्त्री देउवा सवार हेलिकप्टर इन्धन भर्नको लागि गौतमबुद्ध विमानस्थलमा अवतरण…
बुटवल : बाढीले डाइभर्सन बगाउदा अवरुद्ध भएको बुटवल–बर्दघाट सडकखण्ड संचालनमा आएको छ। बिहीवार राति परेको वर्षाकाकारण पूर्वपश्चिम राजमार्ग अन्तर्गत पश्चिम नवलपरासीको सुनवल स्थित तुरिया खोला र रूपन्देहीको देवदहस्थित घोडाहा खोलामा बनाइएको डाइभर्सनमा बाढीले क्षति पुर्याएको थियो। डिभिजन सडक कार्यालय बुटवल कार्यालय प्रमुख जयलाल मरासिनीले तुरिया खोलामा यसअघि बनाइएको बेलिबृज मर्मत गरि कम क्षमताका (२० टन क्षमताका) गाडीहरुलाई अघि बढेको जानकारी…