काठमाडौं: कुवेतमा सम्पन्न एएफसी एसियन कप छनोट अन्तर्गत तेस्रो चरणको प्रतियोगितामा सहभागी भएर नेपाली राष्ट्रिय फुटबल टोली स्वदेश फर्किएको छ। चीनमा आयोजना हुने एसियनकपको छनोटका लागि कुवेत भ्रमण गरेको नेपाली टोली बिहीबार विहान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ओर्लिएको हो। टोली स्वदेश फर्किए पनि मुख्य प्रशिक्षक अबदुल्लाह अलमुताइरी भने नेपाल फर्किएका छैनन्। तीन महिनाको विदामा प्रशिक्षक कुवेतमा नै रहेका हुन्। तीन खेल खेल्दा नेपाली…
काठमाडौं : पत्रकार रवि लामिछानेले आजदेखि आफू राजनीतिमा लागेको घोषणा गरेका छन्। ग्यालेक्सी टेलिभिजनबाट राजीनामा गरेर राजनीतिमा आएको लामिछानेले बताएका छन्। उनले आफू परिस्थितिले राजनीतिज्ञ बनेको बताएका छन्। 'म रहरले सञ्चारकर्मी भएको हुँ, तर परिस्थितिले राजनीतिज्ञ बनायो। आजबाट म पूर्णकालीन राजनीतिमा आएको छु,' लामिछानेले भनेका छन्। आउने प्रतिनिधिसभाको निर्वाचनमा लामिछानेले काठमाडौंबाट चुनाव लड्ने तयारी गरिरहेको बताइन्छ। संचार क्षेत्रमा रहेर…
काठमाडौं : यतिखेर प्रतिनिधिसभामा प्रधानमन्त्री शेरबहादुर देउवाको खोजि भइरहेको छ। रक्षा मन्त्रालय र प्रधानमन्त्री कार्यालयको तर्फबाट उनले जवाफ दिनुपर्ने भन्दै सांसदहरुले माग गरेका छन्। देउवा संसदमा उपस्थित नहुँदा विपक्षी सांसदहरु आक्रोशित सुनिए आज। नेकपा (एमाले)का सांसद भीम रावलले संसदमा आएर प्रधानमन्त्री शेरबहादुर देउवाले आफ्नो मन्त्रालय र कार्यालयको बारेमा जवाफ दिनु पर्ने बताएका छन्। आजको प्रतिनिधिसभा बैठकका क्रममा सांसद रावलले यस्तो माग गरेका…
काठमाडौं : आईसीसी क्रिकेट विश्वकप लिग-२ अन्तर्गत अमेरिकामा सम्पन्न नेपाल, अमेरिका र ओमनबिचको सिरिज सकिएको छ। सिरिजको पछिल्लो खेलमा अमेरिकासँग पराजय ब्यहोरेको नेपालले ओमनसँग एउटा जित मात्र निकाल्न सक्यो। सुरुको खेलमा ओमनसँगै पराजय ब्यहोरेको नेपालले दोस्रो खेलमा अमेरिकासँग म्याच टाइ भएको थियो। पछिल्लो खेलमा अमेरिकासँग पराजित भएपछि सञ्चारकर्मीहरुसँग बोल्दै कप्तान सन्दीप लामिछानेले हारेका सबै खेल जित नजिक पुगेर हारेको बताएका…
काठमाडौं : प्रहरीको लागू औषध नियन्त्रण ब्युरोले ७ जना विदेशी नागरिकलाई पक्राउ गरेको छ। दक्षिण अफ्रिकाबाट दुबई हुँदै नेपाल आएका ७ जना महिलालाई लागूऔषध नियन्त्रण ब्युरोले पक्राउ गरेको हो। पक्राउ पर्नेमा २९ देखि ४७ वर्षकी महिला छन्। यी महिलाहरु ६ वटा समूहबाट संचालित भएको प्रहरी अनुसन्धानका खुलेको छ। ती समूह संचालन गर्ने पाँचजनालाई पनि प्रहरीले पक्राउ गरेको छ। उनीहरुको साथमा…
मेनुका प्रधान भन्छिन् ,‘लोग्ने मान्छे र स्वास्नी मान्छेसँगै भएपछि दु:ख हुने रैछ।’ अनि अनुप बराल भन्छन्, के भन्छे यो ? मेनुकाको जवाफ हुन्छ, ‘हाम्रो बिहे नभएको भए छोरा जन्मिथिएन। छोरा नजन्मेको भए यसरी खोज्दै हिँड्नु पर्दैन् थियो क्यारे।’ यो संवाद हो फिल्म ‘पानीफोटो’ टिजरको। अभिनेता खगेन्द्र लामिछानेको डेब्यू निर्देशन रहेको फिल्म ‘पानीफोटो’को टिजर आज सार्वजनिक भएको छ। सार्वजनिक टिजरमा बेपत्ता भएका छोराको खोजी…
काठमाडौं: अर्थमन्त्रीले कोरोना बीमाको दाबी भुक्तानीका लागि कार्यतालिका बनेको दाबी गरेका छन्। प्रतिनिधिसभामा उठेका प्रश्नको जबाफ दिँदै अर्थमन्त्री जनार्द्धन शर्माले कोरोना बीमाको दाबी भुक्तानी बारे कर्मकाण्डी जवाफ दिएका हुन्। उनले बीमा समिति र बीमा कम्पनीसँग भुक्तानी बारे छलफल भएको बताए। त्यसै अनुसार भुक्तानी तालिका बनेको दाबी गरे। यद्यपी अहिलेसम्म त्यस्तो तालिका बनेको छैन। सरकारले आफ्नो तर्फबाट दिनु पर्ने १३ अर्ब रकम…
काठमाडौं : गृहमन्त्री बालकृष्ण खाणले अमेरिकासँगको स्टेट पार्टनरसिप प्रोग्राम (एसपीपी)मा नेपाल आवद्ध हुने कुनै पनि निर्णय नेपाल सरकारले नगरेको स्पष्ट पारेका छन्। आज प्रतिनिधिसभामा रक्षामन्त्रीको समेत जिम्मेवारी सम्हालिरहेका प्रधानमन्त्री शेरबहादुर देउवाको तर्फबाट जवाफ दिँदै खाडले सरकारले यसबारे कुनै निर्णय गर्ने सोच पनि नराखेको बताए। यसको बारेमा धेरै कुराहरु उठेको भन्दै उनले अमेरिकाको एसपीपीमा नेपाल आवद्ध नभएको दोहोर्याए। मन्त्री खाणले भने, ‘यससम्बधि…
काठमाडौं : नेकपा एमालेका संसदीय दलका प्रमुख सचेतक विशाल भट्टराईले असंसदीय शब्द बोलेको भन्दै सभामुख अग्नि सापकोटाले रेडकर्डबाट हटाउन निर्देशन दिएका छन्। प्रतिनिधि सभाको बिहीवारको बैठकमा एमालेले अवरोध गरिरहेको छ। भट्टराईले अर्थमन्त्री जनार्दन शर्माले बजेट निर्माणका क्रममा 'देशप्रतिको गद्दारी' गरेको भनेपछि सभामुखले भट्टराईले बोलेको शब्द असंसदीय भएको भन्दै रोकेका थिए। सभामुखले शब्द हटाएको जानकारी दिएपछि भट्टराईले आफूले बोलेको शब्द असंसदीय शब्द…
काठमाडौं : प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)ले संसद बहिस्कार गरेको छ। आज जारी प्रतिनिधिसभाको बैठकमा अर्थमन्त्रीको जवाफ चित्त बुझ्दो नभएको भन्दै एमाले सांसदहरुले बैठक बहिस्कार गरेका हुन्। एमालेले बजेट निर्माणका क्रममा बाहिरी व्यक्तिलाई समावेश गरी अनाधिकृत रुपमा करका दररेट घटबढ गरेको आरोप लगाउँदै आएको छ। एमालेको सो आरोप अर्थमन्त्री जनार्दन शर्माले अस्वीकार गर्दै आएका छन् भने आज पनि बैठकका क्रममा उनले…
काठमाडौं : सुदाम सीकेको निर्देशन रहेको नाटक ‘ऐया ! माया’ असार ७ गतेदेखि मञ्चन हुने भएको छ। काठमाडौंको टेकुस्थित कौसी थिएटरमा मञ्चन हुने यो नाटक असार ३२ गतेसम्म देखाइनेछ। कलाकार सिकेको निर्देशनमा बनेको यो चौथो नाटक हो। यसअघि उनले च्यातिएको पर्दा, आन्दोलन र ‘पाँच’ नाटक निर्देशन गरिसकेका छन्। नाटक ‘ऐया! माया’ आफ्नो लागि प्रयोगात्मक काम भएको निर्देशक सुदामले बताए। नाटकमा आफूले…
काठमाडौै: कान्तिपुर फिल्म एकेडेमीले निर्माण गरेको फिल्म ‘म’ को प्रदर्शन मिति तय भएको छ। सुर्वण थापा निर्देशित यो फिल्म आगामी साउन २० गते रिलिज हुने पक्का भएको हो। निर्देशक थापाले फिल्मको नयाँ प्रदर्शन मितिबारे फेसबुकमार्फत जानकारी दिएका हुन्। फिल्मको कथा प्रकाश पुरीले तयार पारेका हुन्। अस्तित्वको खोजीमा रहेका पात्रहरूको कथा फिल्ममा समेटिएको छ। फिल्ममा सरोज खनाल, निशा अधिकारी, सरिता लामिछाने, निराजन…
काठमाडौं : प्रतिनिधिसभामा अर्थमन्त्री जनार्दन शर्माले आफूले राष्ट्रघात नभएको बताएका छन्। आज प्रतिनिधिसभामा सांसदहरुले उठाएको मन्त्रालयसम्बन्धि प्रश्नको जवाफ दिँदै मन्त्री शर्माले करको दर छलफल गरेरै निर्धारण गरेको बताएका हुन्। 'राजस्वको दरहरु परिवर्तन गर्ने सन्दर्भमा आवश्यक प्रकृयाहरु छन् त्यसमा सम्बन्धित विभागिय प्रमुखहरु र सचिवहरु सहितको कमिटीले त्यसलाई बसेर गर्ने प्रचलन रहेको छ। त्यसअनुसार भएका दररेटहरु प्रति म पूर्ण जिम्मेवार छु जवाफदेही छु।…
काठमाडौं : सरकारले सार्वजनिक खरिद पुनरावलोकन समितिका अध्यक्ष भीमकुमार ओझाले पदबाट दिएको राजीनामा स्वीकृत गरेको छ। जेठ ३१ गते बसेको मन्त्रिपरिषद् बैठकको निर्णय सार्वजनिक गर्दै सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्र बहादुर कार्कीले सो जानकारी दिएका हुन्। उनले ओझको राजीनामा स्वीकृत गर्दै समितिको अध्यक्षमा नेपाल सरकारको राजपत्राङ्कित विशिष्ट श्रेणीबाट अवकाश प्राप्त गरेका मोहनकृष्ण सापकोटालाई नियुक्त गर्ने निर्णय भएको बताए। त्यस्तै, मिलिनियम…
काठमाडौं : नेकपा एमालेले आफ्नो पार्टीको तर्फबाट निर्वाचित स्थानीय तहका प्रमुख र उपप्रमुखलाई प्रशिक्षण दिन सुरु गरेको छ। प्रदर्शनीमार्गस्थित राष्ट्रिय सभा गृहमा आजबाट प्रशिक्षण सुरु भएको हो। उक्त कार्यक्रम भोलिसम्म चल्नेछ। दुई दिने तालिमको उद्घाटन पार्टीका अध्यक्ष केपी शर्मा ओलीले गरेका छन्। एमालेको प्रशिक्षण कार्यक्रममा सुरु हुनभन्दा अघि सभागृहमा रहेका जनप्रतिनिधिहरु तस्विर खिच्नमा व्यस्त देखिन्थे। काठमाडौं महानगरपालिकाकी उपप्रमुख सुनिता डंगोलसँग सेल्फी…
काठमाडौं : नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले स्थानीय तह निर्वाचनमा राज्यशक्तिको दुरुपयोग भएको आरोप लगाएका छन्। स्थानीय तहका प्रमुख/उपप्रमुख तथा अध्यक्ष/उपाध्यक्षका लागि आयोजना गरिएको अभिमुखिकरण कार्यक्रमलाई सम्बोधन गर्दै ओलीले गठबन्धन पार्टीले पैसाको व्यापक दुरुपयोग गर्दा पनि एमालेले चुनाव जितेको बताए। 'संसद कब्जा गर्ने अपराधिक क्रियाकलाप, राज्य शक्तिको दुरुपयोग गरेर। पैसाको व्यापक वितरण गरेर पैसाको दुरुपयोग भयो। हामीले लडेको चुनाव।…
काठमाडौं : नक्कली नोटको कारोबारमा प्रहरीले धनगढीबाट दुई जनालाई पक्राउ गरेको छ। धनगढी उपमहानगरपालिका-८ धनगढीगाउँ घर भएका २१ वर्षीय रामदास राना र १८ वर्षीय एक किशोरलाई नियन्त्रणमा लिएको हो। उनीहरु मामा-भान्जा रहेको प्रहरीको अनुसन्धानमा खुलेको छ। राना बि युनिक फोटो स्टुडियो संचालन गरी बस्दै आएका छन्। धनगढी उपमहानगरपालिका-३ स्थित सडकमा अभियुक्त किशोरले चलाएको लु ८५ प ५१८४ नम्बरको मोटरसाइकलले ठक्कर दिँदा…
साउदी अरबले ८ जना यमनी नागरिक र ११ संस्थामाथि प्रतिबन्ध लगाएको छ। इरान समर्थित हुथी विद्रोहीहरुलाई सहयोग गरेको आरोपमा उनीहरुमाथि प्रतिबन्ध लगाएइएको त्यहाँको प्रेसिडेन्सी अफ स्टेट सिक्युरेटीले जनाएको बीबीसी हिन्दीले उल्लेख गरेको छ। हुथी विद्रोहीलाई इरानको समर्थन रहेको बताइन्छ। साउदी र इरानबिच पछिल्लो समय फेरि विवाद बढ्दै जाँदा यो कारवाही अघि बढाइएको हो। प्रतिबन्ध लगाइएकाहरुमा साले बिन मोहम्मद बिन हमद बिन शाजेया, नबिल…
काठमाडौंः चितवन भरतपुरमा निगुरो टिप्न जंगल गएकी एक महिलालाई बाघले लगेको आशंकामा खोजी भइरहेको छ। आज बिहान ७ बजेतिर भतरपुर महानगरपालिका बस्ने २३ वर्षीय रेखा बस्नेत ९/१० जना महिला मिलेर राधा कृष्ण मध्यवर्ती सामुदायिक बनमा निगुरो टिप्न गएकी थिइन्। बस्नेतलाई बाघले जंगलतर्फ लगेको भन्ने सुचना आएपछि प्रहरीको टोली खोजीमा लागेको जिल्ला प्रहरी कार्यालय चितवनका डिएसपी नरहरी अधिकारीले जानकारी दिए। ईलाका प्रहरी कार्यालय…
भारतमा कोरोना भाइरसको संक्रमण फेरि बढ्न थालेको छ। पछिल्लो २४ घण्टामा भारतमा १२ हजार २१३ जनामा संक्रमण देखिएको छ। यस्तै, ११ जना संक्रमितको मृत्यु भएको छ। एक दिनमा ७ हजार ६२४ जना संक्रमण मुक्त भएका छन्। हाल भारतभार ५८ हजार २१५ जना सक्रिय कोरोना संक्रमित छन्। दैनिक पोजिटिभिटी दर २.३५ रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ। पहिलाको कोरोना लहरमा झै अहिले…