काठमाडौं : नेकपा एमालेले आफ्नो पार्टीको तर्फबाट निर्वाचित स्थानीय तहका प्रमुख र उपप्रमुखलाई प्रशिक्षण दिने भएको छ। प्रदर्शनीमार्गस्थित राष्ट्रिय सभा गृहमा आजबाट शुरु हुने प्रशिक्षण भोलिसम्म चल्नेछ। दुई दिने तालिमको उद्घाटन पार्टीका अध्यक्ष केपी शर्मा ओलीले गर्ने तय भएको छ। कार्यक्रम बिहान ११ बजे शुरु हुने पार्टीका केन्द्रीय प्रचार विभागका उपप्रमुख विष्णु रिजालले जनाए।
काठमाडौं: आईसीसी पुरुष क्रिकेट विश्वकप लिग टू अन्तर्गतको अमेरिकामा सम्पन्न त्रिकोणात्मक सिरिजको अन्तिम खेलमा नेपाल पराजित भएको छ। अमेरिकाको टेक्ससस्थित मूसा क्रिकेट मैदानमा सम्पन्न खेलमा नेपाली टोली अमेरिकासँग ३९ रनले पराजित भएको हो। अमेरिकाको टेक्ससस्थित मूसा क्रिकेट मैदानमा टस हारेर ब्याटिङमा उत्रिएको घरेलु टोलीले निर्धारित ५० ओभरमा ७ विकेट गुमाउँदै २ सय ४५ रन बनाएको थियो। जवाफी ब्याटिङमा उत्रिएको नेपाल ४७.४…
काठमाडौं: क्रिकेट विश्वकप लिग २ अन्तर्गत त्रिकोणात्मक सिरिजको आज जारी खेलमा अमेरिकाले नेपाललाई २ सय ४६ रनको लक्ष्य दिएको छ। अमेरिकाको टेक्ससस्थित मूसा क्रिकेट मैदानमा टस हारेर ब्याटिङमा उत्रिएको घरेलु टोलीले निर्धारित ५० ओभरमा ७ विकेट गुमाउँदै २ सय ४५ रन बनाएको हो। अमेरिकाका लागि गजनानन्द सिंहले सर्वाधिक ५८ रन बनाउँदा शुसान्त मोदनीले ५४ रनको योगदान दिए। त्यस्तै आरोन जोन्सले ४३,…
काठमाडौंः नेपाली सेनाले अमेरिकी स्टेट पार्टनरसिप प्रोग्राम (एसपीपी) सम्झौताबारे कुनै प्रक्रिया अघि नबढेको जनाएको छ। विज्ञप्ति जारी गर्दै सेनाले सम्झौताको कुनै प्रक्रिया अघि नबढेको जनाएको हो। प्रधानमन्त्री शेरबहादुर देउवाको अमेरिका भ्रमणका क्रममा सम्झौताको तयारी भएको भन्दै आलोचना भइरहेका बेला सेनाले आरोप खण्डन गरेको हो। सेनाको विज्ञप्तिमा भनिएको छ, 'एसपीपीसम्बन्धी कुनै पनि सम्झौता वा समझदारी नेपाली सेनाले अमेरिकी सेना वा सरकारसँग नगरेको…
काठमाडौं: क्रिकेट विश्वकप लिग २ अन्तर्गत नेपाल, अमेरिका र ओमनबीचको त्रिकोणात्मक सिरिजमा नेपालले टस जितेर फिल्डिङ रोजेको छ। अमेरिकाको पिअरल्याण्डस्थित मूसा क्रिकेट मैदानमा नेपालले टस जितेर घरेल टोलीलाई ब्याटिङको निम्ता दिएको हो। सिरिजमा यस अघिको खेलमा नेपालले ओमनलाई हराएको थियो। त्यसअघिको खेलमा अमेरिकासँग म्याट टाइ भएको थियो भने पहिलो खेलमा ओमनसँग पराजय ब्यहोरेको थियो। अर्कोतर्फ अमेरिकाले जारी सिरिजको पहिलो खेलमा…
काठमाडौं : नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले अमेरिकाले प्रस्ताव गरेको स्टेट पार्टनरसिप प्रोग्राम (एसपीपी) हामीलाई स्वीकार्य नभएको बताएका छन्। महामन्त्री शर्माले सामाजिक सञ्जालमार्फत एसपीपीप्रति आफ्नो धारणा सार्वजनिक गरेका हुन्। कांग्रेसको धारणा यही बन्ने र कांग्रेस नेतृत्वको सरकारले यही धारणा प्रतिनिधित्व गर्ने समेत उनले बताए। उनले भनेका छन्, ‘अमेरिकालाई प्रष्ट भन्नुपर्छ - नो, थ्यांक्स्… एसपीपी हामीलाई स्वीकार्य छैन! कांग्रेसको धारणा यही…
काठमाडौं : सरकारले सर्वोच्च अदालतको न्यायाधीश नियुक्तिका लागि छुट्टै निर्देशिका जारी गर्ने भएको छ। कानुन, न्याय तथा संसदीय मामिलामन्त्री गोबिन्द प्रसाद शर्मा (कोइराला)ले क्षमता भएका न्यायाधीशहरु सर्वोच्च अदालतमा नियुक्त हुने गरी निर्देशिका जारी गर्न लागिएको जानकारी दिएका हुन्। बुधवार कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयको विनियोजित बजेटमाथि सांसदहरुले उठाएका प्रश्नको जवाफ दिने क्रममा उनले न्याय कमजोर भयो भन्ने आम गुनासोलाई…
काठमाडौं : श्रम अदालतले यस आर्थिक वर्षको जेठ महिनासम्ममा १६८ थान मुद्दा दर्ता भएको जानकारी दिएको छ। बुधवार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै अदालतले यसबारेमा जानकारी गराएको हो। श्रम अदालतकी सूचना अधिकारी रत्ना घिमिरेले गत वर्षदेखि बाँकी रहेको र यस वर्ष दर्ता भएका श्रमसम्बन्धि ३९७ मुद्दामध्ये २०४ वटा मुद्दाको फर्छ्योट भएको बताइन्। उनले आर्थिक वर्ष २०७७/०७८ मा वार्षिक लागत जिम्मेवारीतर्फ ११५,…
जनकपुरधाम : मधेश प्रदेश सरकारले अगामी आर्थिक वर्षका लागि ४६ अर्ब ८८ करोड ९ लाख ४६ हजार रुपैयाँको बजेट विनियोजन गरेको छ। अर्थमन्त्री शैलेन्द्र प्रसाद साहले प्रदेशसभामा आर्थिक वर्ष २०७९/८० को लागि बजेट प्रस्तुत गरेका हुन्। सरकारले विनियोजन गरेको कुल बजेटमध्ये चालुतर्फ २१ अर्ब ७६ करोड ६७ लाख ९५ हजार अर्थात ४६ दशमलव ४४ प्रतिशत र पुँजीगततर्फ २५ अर्ब ८२ करोड…
काठमाडौं : स्वास्थ्य तथा जनसंख्या मन्त्री विरोध खतिवडाले स्वास्थ्य बीमा बोर्डलाई खारेज गरेर कम्पनीमार्फत स्वास्थ्य बीमा कार्यक्रम अघि बढाउने बजेटको घोषणा कार्यान्वयन नगर्ने बताएका छन्। बुधवार प्रतिनिधिसभामा जारी विनियोजन विधेयकमाथिको छलफलमा उठेका प्रश्नको जवाफ दिँदै मन्त्री खतिवडाले आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गर्ने क्रममा अर्थमन्त्री जनार्दन शर्माले घोषणा गरेको स्वास्थ्य बीमा बोर्डलाई खारेज गरेर कम्पनीमार्फत स्वास्थ्य बीमा कार्यक्रम अघि बढाउने…
काठमाडौं : प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले राष्ट्रिय सहमति बिना कुनै पनि सम्झौता नहुने बताएका छन्। प्रधानमन्त्री निवास बालुवाटरमा आज सत्ता गठबन्धन दलका शीर्ष नेताबिच भएको छलफलमा उनले देशलाई आघात पुग्ने कुनै पनि सम्झौतामा कुनै देशले चासो राखे वा दबाब दिए भने पनि आफूले नमान्ने बताएका हुन्। अमेरिकासँग हुने भनिएको स्टेट पार्टनरशिप प्रोग्राम (एसपिपी) बारे सार्वजनिक बहस चलिरहेका…
काठमाडौं: आठ वर्षअघि १६ वर्षकी एक किशोरीलाई बलात्कार गरेको अभियोगमा थुनामा रहेका ग्लोबल कन्सल्टेन्सीका सञ्चालक मनोज पाण्डेविरुद्ध बुधबार अदालतमा अभियोग पत्र दायर भएको छ। सरकारी वकिल कार्यालय काठमाडौंले अभियोगपत्र दर्ता गराएको हो। महानगरीय प्रहरी परिसर काठमाडौंको टोलीले सोमबार नै अनुसन्धान सकेर रायसहितको प्रतिवेदन सरकारी वकिल कार्यालयमा बुझाएको थियो। दुईवटा घटनामा १८ वर्षसम्म जेल सजाय माग गरिएको सरकारी वकिल कार्यालय काठमाडौंका महान्यायाधिवक्ता गङ्गाप्रसाद पौडेलले…
बुटवल : आर्थिक वर्ष २०७९/८० को बजेट सदनमा प्रस्तुत गर्नका लागि बसेको लुम्बिनी प्रदेशसभाको बैठक २५ मिनेटका लागि स्थगित भएको छ। प्रदेश सरकारका स्वास्थ्य राज्यमन्त्री बिमला वली प्रकरण उठाउँदै नेकपा एमालेले बैठक अवरुद्ध गरेको थियो। सरकारले जवाफ नदिँदा सम्म बैठक चल्न नदिने भनेर एमालेले अवरुद्ध गरेपछि बैठक २५ मिनेटलाई स्थगित भएको हो। बुधबारको बैठक सुरु भएलगत्तै एमाले संसदीय दलका प्रमुख…
जनकपुरधाम : मधेश प्रदेश सरकारले प्रदेशसभामा आर्थिक वर्षको बजेट प्रस्तुत गरिरहेको छ। प्रदेशसभामा अर्थमन्त्री शैलेन्द्रप्रसाद साहले आर्थिक वर्ष ०७९-८० को लागि बजेट प्रस्तुत गरिरहेका छन्। सभामुख सरोज कुमार यादवले अर्थमन्त्री यादवलाई राजस्व तथा आयव्ययको अनुमान सभामा प्रस्तुत गर्न अनुमति दिएपछि मन्त्री यादवले सुरुमै सर्वज्ञ कवि दुष्चन्दकुमारको पंक्ति हिन्दी भाषामा सुनाए। ‘सिर्फ हंगमा खडा करना, हमरा मक्सद नहीं ,हमारी तो यहं…
काठमाडौं : २२ जना यात्रु बोकेको तारा एयरको विमान दुर्घटनाले नेपालको हवाई यात्रामा हुने खतरालाई उजागर गर्यो। गत जेठ १५ गते तारा एयरको विमान करिब १४ हजार ५०० फिटको उचाइमा पहाडमा दुर्घटना भएको थियो। यो १० वर्षमा नेपालको १९औँ विमान दुर्घटना हो र सोही अवधिमा १०औँ घातक विमान दुर्घटना भएको एभिएसन सेफ्टी नेटवर्क डाटाबेसले जनाएको छ। अस्थिर मौसम, कम दृश्यता र…
काठमाडौं : संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेले सरकार निजगढ अन्तर्राष्ट्रिय विमानस्थल बनाउन प्रतिवद्ध रहेको बताएका छन्। सर्वोच्च अदालतले सो विमानस्थलको निर्माणको सबै काम रोक्न आदेश दिएका बेला मन्त्री आलेले यस्तो प्रतिवद्धता जनाएका हुन्। बुधवार प्रतिनिधिसभा बैठकमा विनियोजन बजेटमाथिको छलफलमा सांसदहरुले उठाएका प्रश्नको जवाफ दिने क्रममा उनले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा भएको यात्रुको चापलाई ध्यानमा राखेर सो विमानस्थल बनाउनै पर्ने…
बुटवल : नेकपा (एमाले)का महासचिव शंकर पोखरेलले अमेरिकाले प्रस्ताव गरेको स्टेट पार्टनरसिप प्रोग्राम (एसपीपी)प्रति असहमति जनाएका छन्। उनले पञ्चशिलको परराष्ट्र नीति विपरित गरिने कुनै पनि सम्झौता मान्य नहुने बताए। प्रेस चौतारी नेपाल रुपन्देहीले बुधवार बुटवलमा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै महासचिव पोखरेलले असंलग्नताको नीति विपरित कुनै सैन्य संगठनको अंग बन्ने कुरा एमालेले स्वीकार नगर्ने बताएका हुन्। नेपालको असंलग्न परराष्ट्र नीतिलाई…
काठमाडौं : संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेले आफ्नो मन्त्रालयको साँढे १० अर्ब बजेट कटौति गरेको भन्दै अर्थमन्त्री जनार्दन शर्मासँग गुनासो गरेका छन्। बुधवार विनियोजन बजेटमाथि सांसदहरुले राखेका जिज्ञासाको जवाफ दिने क्रममा मन्त्री आलेले पटक-पटक आग्रह गर्दापनि अर्थमन्त्री शर्माले सो बजेट कटौति गरिदिँदा कतिपय स्थानीय तहसँग गरिएको साझेदारी कार्यक्रम पनि कटौति गर्नुपर्दा आफूलाई अति दुःख लागेको प्रतिक्रिया समेत दिए।…
काठमाडौं : सहरी विकासमन्त्री रामकुमारी झाँक्रीले फोहोरमैला प्राविधिक सहायता केन्द्र स्थापना गरिएको जानकारी दिएकी छिन्। आज प्रतिनिधिसभामा सांसदहरुले उठाएको मन्त्रालयसम्बन्धि प्रश्नको जवाफ दिँदै मन्त्री झाँक्रीले सो केन्द्रबाटै फोहोरमैला व्यवस्थापनको लागि प्राविधिक सहायता प्रदान गरिने बताइन्। उनले भनिन्, ‘संघीयतापछि फोहोरमैला व्यवस्थापनको जिम्मेवारी स्थानीय तहलाई छ कानुनतः। तर, काठमाडौंको फोहोरको समस्या विकराल थियो। काठमाडौं मात्रै होइन विराटनगर जनकपुर वीरगंज लगायतका सबै ठूला…
बुटवल : लुम्बिनी प्रदेशकी स्वास्थ्य राज्यमन्त्री विमला खत्री वली अस्पताल भर्ना भएकी छिन्। मन्त्री वली अस्वस्थ भएको भन्दै बुटवल स्थित लुम्बिनी प्रादेशिक अस्पतालमा भर्ना गरिएको हो। प्रादेशिक अस्पतालका मेडिकल सुपरिटेण्डेन्ट डा. इन्द्र ढकालले मेडिकल विभागका फिजिसियनहरुले परीक्षण गर्दा राज्यमन्त्री वलीको रक्तचाप बढी र सुगरको मात्रा पनि बढी देखिएको जानकारी दिए। दाङको तुलसीपुरमा मंगलबार एक महिला र बालिकामाथी हातपात गरेपछि प्रहरीको…