PahiloPost

Jun 27, 2025 | १३ असार २०८२

  • दीपक र जितुको सम्बन्धमा सुधार, के पहिले जस्तै होला त सम्बन्ध?

    दीपक र जितुको सम्बन्धमा सुधार, के पहिले जस्तै होला त सम्बन्ध?

    केही वर्षयता कलाकार दीपकराज गिरी र जितु नेपालबिचको सम्बन्ध चिसिएको चर्चा छ। उनीहरूले आफूहरूबिच राम्रै सम्बन्ध रहेको बताएता पनि एकसाथ सहकार्य भने गरेका छैनन्। जसकारण पनि उनीहरूबिचको सम्बन्ध पूर्णरूपमा सुमधुर नभएको अनुमान लगाइएको थियो। आज हास्यकलाकार जितु नेपालको जन्मदिन। दीपकराजले एक फोटो सेयर गर्दै जितुलाई जन्मदिनको शुभकामना दिएका छन्। ‘धेरै शब्दहरू खर्चिने सोचेको थिएँ। तर, यो फोटोले मेरा शब्दहरूलाई आफैँ…

    विस्तृतमा पढ्नुस्

  • गुल्मीको जिल्ला समन्वय समितिमा गठबन्धनको प्यानलनै विजयी

    गुल्मीको जिल्ला समन्वय समितिमा गठबन्धनको प्यानलनै विजयी

    बुटवल : जिल्ला समन्वय समिति (जिसस) गुल्मीमा गठबन्धनको प्यानल नै विजयी भएको छ। प्रमुखमा गठबन्धनको तर्फबाट नेपाली कांग्रेसका दोर्ण बहादुर खत्री विजयी भएका छन् भने उपप्रमुखमा नेकपा माओवादी केन्द्रका तेजेन्द्र सलामी विजयी भएका भए। प्रमुखमा विजयी खत्रीले नेकपा (एमाले)का युवराज न्यौपानेलाई ६ मतले पराजित गरेका हुन्। खत्रीले १५ मत ल्याएर विजयी हुँदा एमालेका न्यौपानेले ९ मत मात्र पाएको मुख्य निर्वाचन…

    विस्तृतमा पढ्नुस्

  • नयाँ युगको नयाँ चुनौती सामाना गर्न लोकसेवा आयोगलाई सुधार गर्नु आवश्यक छ : राष्ट्रपति भण्डारी

    नयाँ युगको नयाँ चुनौती सामाना गर्न लोकसेवा आयोगलाई सुधार गर्नु आवश्यक छ : राष्ट्रपति भण्डारी

    काठमाडौं : राष्ट्रपति विद्यादेवी भण्डारीले लोक सेवा आयोगलाई नयाँ युगका नयाँ चुनौतीलाई सामना गर्न सक्ने गरी सुधार एवं विकास गर्दै अगाडि बढ्नु आवश्यक भएको बताएकी छिन्। राजधानीमा आयोजित आयोगको ७२औँ वार्षिकोत्सव समारोहलाई सम्बोधन गर्दै राष्ट्रपति भण्डारीले विज्ञान र प्रविधिमा भएको विकास तथा चुलिँदो जनअपेक्षालाई सम्बोधन गर्न आयोगको सेवालाई अनलाइनमार्फत उपलब्ध गराउने प्राविधिक संरचनाको स्तरोन्नति गर्नुपर्ने बताएकी हुन्। उनले यसबाट आम…

    विस्तृतमा पढ्नुस्

  • रणवीर र आलियाको फिल्म ‘ब्रह्मास्त्र’ को ट्रेलर सार्वजनिक

    रणवीर र आलियाको फिल्म ‘ब्रह्मास्त्र’ को ट्रेलर सार्वजनिक

    रणवीर कपूर र आलिया भट्टको मुख्य भूमिका रहेको बलिउड फिल्म ‘ब्रह्मास्त्र’को ट्रेलर सार्वजनिक भएको छ। फिल्म अलौकिक शक्तिमा आधारित रहेको फिल्मको ट्रेलरबाट थाहा पाउन सकिन्छ। फिल्म ‘ब्रह्मास्त्र-भाग एक’ को ट्रेलरमा रणवीर कपुर अलौकिक शक्ति भएको पात्रको रूपमा देखिन्छन्। फिल्मले असत्यमाथि सत्यको जीतको लडाइँ प्रस्तुत गर्छ। करण जोहरको धर्म प्रोडक्सनद्वारा निर्माण गरिएको फिल्मलाई अर्यान मुखर्जीले निर्देशन गरेका हुन्। फिल्ममा रणवीर र आलियाका साथै…

    विस्तृतमा पढ्नुस्

  • एसपीपी सम्झौतामा हस्ताक्षर गर्ने कुनै तयारी छैन : कानुनमन्त्री कोइराला

    एसपीपी सम्झौतामा हस्ताक्षर गर्ने कुनै तयारी छैन : कानुनमन्त्री कोइराला

    काठमाडौं : कानुन, न्याय तथा संसदीय मामिलामन्त्री गोबिन्द प्रसाद शर्मा कोइरालाले नेपाल सरकारको राज्य साझेदारी कार्यक्रम (एसपीपी) सम्झौतामा हस्ताक्षर गर्ने कुनै तयारी नभएको बताएका छन्। प्रतिनिधिसभाको आजको बैठकमा विनियोजन विधेयक, २०७९ का शीर्षकमाथि सो मन्त्रालयसँग सम्बन्धित विषयमा सांसद्का प्रश्नको जवाफ दिँदै उनले सम्झौताको तयारी नभएको बताएका हुन्। कोइरालाले सो सम्झौताका लागि कुनै पक्ष या सरकारले आग्रह नगरेको पनि बताए। बैठकमा…

    विस्तृतमा पढ्नुस्

  • मःम अड्किएर दिल्लीमा एक पुरुषको मृत्यु, भारतीय चिकित्सकले दिए यस्तो सुझाव

    मःम अड्किएर दिल्लीमा एक पुरुषको मृत्यु, भारतीय चिकित्सकले दिए यस्तो सुझाव

    भारतमा मःमः खाँदा घाँटीमा अड्किएर एक जनाको मुत्यु भएको छ। दिल्लीमा मःमः अड्किएर एक ५० वर्षीय पुरुषको मृत्यु भएको हो। मेडिकल जाँचपछि उनको श्वासनलीमा मःमः अड्किएको खुलासा भएको र सोही कारण उनको मृत्यु भएको पुष्टि भएको थियो। मृत्युको कारण निसास्सिएर न्युरोजेनिक कार्डियाक अरेस्ट भएको निष्कर्ष निकालिएको छ। मःमः घाँटीमा अड्किएर मृत्यु भएको पहिलो केस रेकर्ड गरिएपछि नयाँ दिल्लीको अल इन्डिया…

    विस्तृतमा पढ्नुस्

  • खेलकुद मन्त्री गहतराजसँगको भेटमा रसियाली समकक्षीले दिए ‘स्पोर्टस डिप्लोमेसी’मा जोड

    खेलकुद मन्त्री गहतराजसँगको भेटमा रसियाली समकक्षीले दिए ‘स्पोर्टस डिप्लोमेसी’मा जोड

    काठमाडौं : युवा तथा खेलकुद मन्त्री महेश्वर गहतराज र रसियाका खेलकुद मन्त्री आलेग भासिलिभिचसँग शिष्टाचार भेटवार्ता भएको छ। रसियाको औपचारिक भ्रमणको दोस्रो दिन गहतराजले आलेगसँग भेट गरेका हुन्। भेटका क्रममा दुईदेशीय हितको विषयमा छलफल भएको थियो। रसियाका खेलकुद मन्त्री आलेग भासिलिभिचले स्पोर्टस डिप्लोमेसीमा जोड दिएका थिए। उनले नेपाली खेलाडी तथा विद्यार्थीहरुलाई खेलविज्ञान पढ्न छात्रवृत्ति दिने, खेलाडी र प्रशिक्षकहरुलाई तालिम दिने तथा…

    विस्तृतमा पढ्नुस्

  • फिल्म 'बाबरी' को शीर्ष गीतसहित पोस्टर सार्वजनिक

    फिल्म 'बाबरी' को शीर्ष गीतसहित पोस्टर सार्वजनिक

    काठमाडौं : फिल्म ‘बाबरी’ को  शीर्ष गीतसहित नयाँ पोस्टर सार्वजनिक भएको छ। काठमाडौंमा आयोजित कार्यक्रमबिच फिल्मको नयाँ पोस्टरसहित ‘बाबरी रंग’ बोलको गीत सार्वजनिक गरिएको हो। गीतमा भिडियोमा अभिनेत्री अदिती बुढाथोकी र धिरज मगरलाई देख्न सकिन्छ। सार्वजनिक गीतमा अनमोल गुरुङको शब्द, संगीत तथा स्वर सुन्न सकिन्छ। साथै उनलाई गायिका अस्मिता अधिकारीले साथ दिएकी छिन्। गीतलाई सञ्जीव बराइलीले एरेन्ज गरेका हुन्। त्रिकोणात्मक प्रेमकथामा…

    विस्तृतमा पढ्नुस्

  • स्वतन्त्र चुनावी सरकार गठन गरौं : राजेन्द्र लिङदेन

    स्वतन्त्र चुनावी सरकार गठन गरौं : राजेन्द्र लिङदेन

    काठमाडौं : राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङदेनले स्वतन्त्र चुनावी सरकार गठन गर्नुपर्ने प्रस्ताव अघि सारेका छन्। प्रतिनिधिसभाको बुधबारको बैठकमा लिङदेनले आगामी प्रदेशसभा र प्रतिनिधिसभा निर्वाचन स्वतन्त्र, निष्पक्ष र धाँधलीरहित बनाउनका लागि तत्काल स्वतन्त्र चुनावी सरकार गठन गर्न माग गरेका हुन्। ‘हामी आफ्नो कार्यकालको अन्तिम अधिवेशनमा छौं। यो सरकारलाई प्रजातन्त्रप्रति, स्वतन्त्रताप्रति, निष्पक्षताप्रति विश्वास छ भने अव केही समयमा आम…

    विस्तृतमा पढ्नुस्

  • विवाह गर्न २० वर्ष कुर्नुपर्ने अवस्था कुनै पनि स्ट्यान्डर्डले देखाउँदैन, यसले अपराध बढायो : कानुनमन्त्री शर्मा

    विवाह गर्न २० वर्ष कुर्नुपर्ने अवस्था कुनै पनि स्ट्यान्डर्डले देखाउँदैन, यसले अपराध बढायो : कानुनमन्त्री शर्मा

    काठमाडौं : कानुन, न्याय तथा संसदीय मामिलामन्त्री गोबिन्द प्रसाद शर्मा (कोइराला)ले विवाहका लागि २० वर्षे प्रावधान सच्याउन सरकार तयार रहेको बताएका छन्। आज प्रतिनिधिसभामा कानुन मन्त्रालयसँग सम्बन्धित प्रश्नहरुको जवाफ दिने क्रममा मन्त्री शर्माले यसका लागि अध्ययन सुरु गरिसकेको बताएका हुन्। विवाहका लागि २० वर्ष कुर्नु पर्ने अवस्था कुनै पनि स्ट्यान्डर्डले नदेखाउने उनको भनाइ थियो। यो व्यवस्थाले अपराध बढाउने काम भइरहेको उनको दाबी…

    विस्तृतमा पढ्नुस्

  • बुद्ध एयरबाट काठमाडौंदेखि जनकपुर जान लागेकी महिलाको झोलामा गोली भेटियो, पक्राउ गरी पर्‍याइयो गौशाला वृत्त

    बुद्ध एयरबाट काठमाडौंदेखि जनकपुर जान लागेकी महिलाको झोलामा गोली भेटियो, पक्राउ गरी पर्‍याइयो गौशाला वृत्त

    काठमाडौं : त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट गोलीसहित एक जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ। आन्तरिक उडानतर्फको प्रस्थान ह्याण्ड ब्यागेज चेकिङ एरियाबाट एक राउन्ड गोलीसहित सर्लाही हरिपुर नगरपालिका-७ बस्ने ३६ वर्षीया किरण कुमारी सिंहलाई मंगलवार साँझ प्रहरीले पक्राउ गरेको हो। बुद्ध एयरको उडानमार्फत काठमाडौंबाट जनकपुर जान लागेकी सिंहले ल्याएको झोला ह्याण्ड ब्यागेज चेकिङ एरियाको एक्सरे मेसिनमा जाँच गर्ने क्रममा गोली फेला परेको प्रहरीले जानकारी दिएको छ।…

    विस्तृतमा पढ्नुस्

  • एसपीपीबारे सरकारसँग ज्ञवालीले मागे जवाफ : राष्ट्रसंघबाहेक अरु देशमा नेपाली सेना खट्न हुँदैन

    एसपीपीबारे सरकारसँग ज्ञवालीले मागे जवाफ : राष्ट्रसंघबाहेक अरु देशमा नेपाली सेना खट्न हुँदैन

    काठमाडौं : प्रतिनिधिसभाको आजको बैठकमा प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) का सांसद प्रदीपकुमार ज्ञवालीले नेपाल सरकारले अमेरिकाको राज्य साझेदारी कार्यक्रम  (स्टेट पार्टनरसिप प्रोगाम-एसपिपी) सम्झौता गर्न लागेको भन्ने विषयमा सरकारको ध्यानाकर्षण गराएका छन्। बैठकमा विशेष समय लिएर पूर्वपरराष्ट्रमन्त्री समेत रहेका ज्ञवालीले नेपालको स्वतन्त्र र सन्तुलित परराष्ट्र नीतिमा खलल पुग्ने गरि कुनै पनि गतिविधि गर्न नहुने धारणा राखेका थिए। उनले उक्त कार्यक्रमबारे…

    विस्तृतमा पढ्नुस्

  • ‘सुपर डान्सर नेपाल ’को डिजिटल अडिसन आजबाट सुरू

    ‘सुपर डान्सर नेपाल ’को डिजिटल अडिसन आजबाट सुरू

    काठमाडौं : फेन्चाइज शो ‘सुपर डान्सर नेपाल’को डिजिटल अडिसन आजबाट सुरू भएको छ। बुधवारबाट डिजिटल अडिसन सुरू भएको आयोजक ए.डी. रिलिज प्रा.ली.की कम्युनिकेसन म्यानेजर रश्मी अग्रवालले जानकारी दिइन्। इटहरी, नेपालगञ्ज, बुटवल, चितवन, पोखरा हुँदै गत शनिबार काठमाडौंमा ‘सुपर डान्सर नेपाल’को फिजिकल अडिसन सम्पन्न भएको थियो। छुटेका र थाहा नपाएका प्रतिभाहरूलाई पुनः अवसर दिने हेतुले डिजिटल अडिशन राखिएको अग्रवालले बताइन्। फिजिकल अडिसन दिएका…

    विस्तृतमा पढ्नुस्

  • एसपीपी सम्झौताबारे गगन थापा भन्छन् : देउवाले जवाफ दिनुपर्छ

    एसपीपी सम्झौताबारे गगन थापा भन्छन् : देउवाले जवाफ दिनुपर्छ

    काठमाडौं : नेपाली कांग्रेसका महामन्त्री तथा प्रतिनिधि सभा सांसद गगनकुमार थापाले प्रधानमन्त्री शेरबहादुर देउवाले अमेरिकासँग गर्ने भनिएको 'स्टेट पार्टनर्शिप प्रोग्राम' (एसपीपी) सम्झौताका बारेमा तत्काल जवाफ दिनुपर्ने बताएका छन्। प्रतिनिधि सभाको बुधवारको बैठकमा देउवाले रक्षा मन्त्रालय पनि सम्हालेकाले जवाफ दिनुपर्ने बताएका हुन्। उनले गठबन्धनका कुन नेताले के बोले भन्ने भन्दा पनि प्रधानमन्त्री र नेपाली कांग्रेसको सभापतिको हिसावले देउवाको जवाफ आवश्यक हुने बताए। भने,'आजै बैठकमा…

    विस्तृतमा पढ्नुस्

  • रसियाले २९ जना बेलायती सञ्चारकर्मीहरुलाई लगायो प्रतिबन्ध

    रसियाले २९ जना बेलायती सञ्चारकर्मीहरुलाई लगायो प्रतिबन्ध

    रसियाले २९ जना बेलायती सञ्चारकर्मीहरुलाई प्रतिबन्ध लगाएको छ। पाँच जना द गार्डियनका पत्रकारसहित २९ जनालाई रसियाले देश प्रवेशमा प्रतिबन्ध लगाएको रसियाको विदेश मन्त्रालयले जनाएको छ। पश्चिमाहरुले रसियामाथि लगाएको प्रतिबन्धहरू र ‘रसियाबारेमा गलत जानकारी फैलाइएको’ र साथै ‘बेलायती सरकारको रसिया विरोधी कामहरू’को प्रतिक्रिया स्वरुप यो व्यापक प्रतिबन्ध लागू गरिएको मस्कोले बताएको छ। ‘सूचीमा परेका बेलायती पत्रकारहरू रसिया तथा युक्रेन र डोनबासका…

    विस्तृतमा पढ्नुस्

  • मुद्रा स्फीति घटेपछि पाकिस्तानका नागरिकलाई मन्त्रीको आग्रह : चिया कम पिउनुस

    मुद्रा स्फीति घटेपछि पाकिस्तानका नागरिकलाई मन्त्रीको आग्रह : चिया कम पिउनुस

    पाकिस्तानका नागरिकहरुलाई देशको अर्थतन्त्रलाई चलायमान राख्न चियाको मात्रा घटाउन आग्रह गरिएको छ। त्यहाँका वरिष्ठ मन्त्री एसान इक्बालले दिनमा चियाको मात्रा घटाउँदा पाकिस्तानलाई आर्थिक रुपमा फाइदा हुने बताएका हुन्। पाकिस्तान विश्वको सबैभन्दा ठूलो चिया आयातकर्ता हो। गत वर्ष ६०० मिलियन डलर बराबरको चिया पाकिस्तानले खरिद गरेको थियो। ‘हामीले ऋणमा चिया आयात गरिरहेका छौं। त्यसैले चियाको उपभोग एक-दुई कपले घटाउन म आग्रह…

    विस्तृतमा पढ्नुस्

  • विश्वकप फुटबल २०२२ को ड्र सार्वजनिक, कुन समूहमा को-को परे?

    विश्वकप फुटबल २०२२ को ड्र सार्वजनिक, कुन समूहमा को-को परे?

    फिफाले कतारमा हुने विश्वकप फुटबल २०२२ को ड्र सार्वजनिक गरेको छ। विश्वकपको पहिलो खेल नोभेम्बर २१ मा अल थुमामा स्टेडियममा ग्रुप (समूह) ‘ए’ का सेनेगल र नेदरल्याण्ड्सबिच हुनेछ। त्यसपछि आयोजक कतारले इक्वेडरसँग अल बेत स्टेडियममा खेल्नेछ। पहिलो दिन नै ग्रुप ‘बी’बाट इङ्ग्ल्याण्ड र इरान आमनेसामने हुनेछन्। यो खेल प्रिमियर लिग सकिएको मात्रै ८ दिनपछि हुने भएको छ। विश्वकप फाइनल क्रिसमसको…

    विस्तृतमा पढ्नुस्

  • ओमनमाथि सानदार जित निकाल्दै नेपाल पाँचौ स्थानमा उक्लियो

    ओमनमाथि सानदार जित निकाल्दै नेपाल पाँचौ स्थानमा उक्लियो

    काठमाडौं: आईसीसी क्रिकेट विश्वकप लिग २ अन्तर्गत अमेरिकामा जारी त्रिकोणात्मक सिरिजको आफ्नो तेस्रो खेलमा नेपालले ओमनलाई हराएको छ। मूसा क्रिकेट मैदानमा आजराति सम्पन्न खेलमा नेपाली टोलीले ओमनमाथि ७ विकेटको सानदार जित निकालेको हो। टस जितेर ब्याटिङमा उत्रिएको ओमनले ४६.५ ओभरमा सबै विकेट गुमाउँदै १६३ रन बनाएको थियो। ओमनका लागि कप्तान जेशन मक्सुदले अर्धशतकीय पारि खेल्दै सर्वाधिक ५२ रन बनाउँदा सन्दीप…

    विस्तृतमा पढ्नुस्

  • इङ्ग्ल्याण्डमाथि हंगेरीको फराकिलो जित, इटलीलाई जर्मनीले हरायो

    इङ्ग्ल्याण्डमाथि हंगेरीको फराकिलो जित, इटलीलाई जर्मनीले हरायो

    यूईएफए नेशन्स लिग अन्तर्गत आज राति सम्पन्न समूह 'सी' को खेलमा हंगेरीले इङ्ग्ल्याण्डमाथि फराकिलो जित निकालेको छ। इङ्ग्ल्याण्डस्थित मोलिनिउक्स स्टेडियममा सम्पन्न खेलमा हंगेरीले घरेलु टोलीमाथि ४-० गोलअन्तरले जित निकालेको हो। हंगेरीको जितमा रोल्याण्ड सल्लाईले दोहोरो गोल गर्दा जेडसल्ट नेगी र ड्यानियल ग्याजडगले समान १/१ गोल गरे। सन् २०१४ यता पहिलो पटक इङ्ग्ल्याण्डले लगातार चार खेलमा पराजय ब्यहोरेको हो भने सन्…

    विस्तृतमा पढ्नुस्

  • इण्डोनेसियासँग नेपालको लज्जास्पद हार

    इण्डोनेसियासँग नेपालको लज्जास्पद हार

    काठमाडौं: एएफसी एसिया कप छनोट अन्तर्गत आज सम्पन्न समूह 'ए' को आफ्नो अन्तिम खेलमा नेपालले लज्जास्पद पराजय ब्यहोरेको छ। कुवेत स्थित जाबेर अल अहमेद स्टेडियममा सम्पन्न खेलमा नेपाली टोली इण्डोनेसियासँग ७-० को फराकिलो अन्तरले पराजित भएको हो। पहिलो हाफमा दुई गोलले पछि परेको नेपालले दोस्रो हाफमा पाँच गोल ब्यहोरेको थियो। इण्डोनेसियाको जितमा विटन सुलाइम्यानले दोहोरो गोल गर्दा डिमास ड्राजाड, फचर्रुल्दिन…

    विस्तृतमा पढ्नुस्


@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell