PahiloPost

Jun 27, 2025 | १३ असार २०८२

  • कति कमायो फिल्म 'कबड्डी' को चौथो सिरिजले?

    कति कमायो फिल्म 'कबड्डी' को चौथो सिरिजले?

    काठमाडौं: फिल्म ‘कबड्‌डी’ को चौथो सिरिजले नयाँ रेकर्ड कायम गरिरहेको छ। ‘कबड्डी ४ -द फाइनल म्याच’ नेपालकै सबैभन्दा बढि कमाउने फिल्म बनेको हो। आइतवारसम्मको ग्रस कलेक्सन हेर्दा फिल्मले २१ करोड २५ लाखको व्यापार गरिसकेको फिल्मका वितरक गोविन्द शाहीले जानकारी दिए। ‘कबड्डी ४ नेपालकै सबैभन्दा बढी कमाउने फिल्म हो। फिल्मले आइतवारसम्म बक्सअफिसमा २१ करोड २५ लाख रुपैयाँ कलेक्सन गरिरहेको छ। तर, सोमवारको…

    विस्तृतमा पढ्नुस्

  • मिरुना फुर्पा प्रकरण : सिक्किममा कबड्डी ४ को प्रदर्शनमाथि रोक लगाउने मुख्यमन्त्री प्रेम गोलेको घोषणा

    मिरुना फुर्पा प्रकरण : सिक्किममा कबड्डी ४ को प्रदर्शनमाथि रोक लगाउने मुख्यमन्त्री प्रेम गोलेको घोषणा

    नेपाली फिल्म कबड्डी ४ को प्रदर्शनलाई भारतको सिक्किममा प्रतिबन्ध लगाएको छ। सिक्किमका मुख्यमन्त्री प्रेम सिंह तामाङ गोलेले विभिन्न संघसंस्थाहरुको भावनाको कदर गर्दै फिल्म प्रदर्शनमा प्रतिबन्ध लगाउने निर्णय गरेको बताएका हुन्। सिक्किमका बौद्ध भिक्षुहरुले फिल्मको प्रदर्शन रोक लगाउन माग गरेका थिए। केही साता अघि सुन्धरास्थित एक सिनेमा हलमा फुर्पा तामाङले आफूमाथि दुर्व्यवहार गरेको भन्दै फिल्मकी नायिका मिरुना मगरले आरोप लगाएकी थिइन्।…

    विस्तृतमा पढ्नुस्

  • जमानतमा रिहा भए शक्ति कपुरका छोरा सिद्धान्त

    जमानतमा रिहा भए शक्ति कपुरका छोरा सिद्धान्त

    लागूऔषध सेवन गरेको आरोपमा पक्राउ परेका अभिनेता सिद्धान्त कपुर जमानतमा रिहा भएका छन्।  पक्राउ परेका उनले २४ घन्टामा  जमानत पाएका हुन्। अभिनेता शक्ति कपुरका छोरा र श्रद्धा कपुरका भाई सिद्धान्तमाथि पार्टीमा ड्रग्स सेवन गरेको आरोप लागेको छ। बैंगलोर प्रहरीले एमजी रोडस्थित होटल पार्कको पबमा चलिरहेको रेव पार्टीमा आइतवार राति छापा मारेको थियो। पार्टीमा करिब ३५ जना सहभागी थिए। छापा मारिएपछि सबैको स्वास्थ्य परीक्षण गरिएको थियो।…

    विस्तृतमा पढ्नुस्

  • एमालेले संसदमा भन्यो : नैतिक हिसाबले अर्थमन्त्री पदमा बस्न मिल्छ?

    एमालेले संसदमा भन्यो : नैतिक हिसाबले अर्थमन्त्री पदमा बस्न मिल्छ?

    काठमाडौं : नेकपा (एमाले)का सांसदहरुले अर्थमन्त्री जनार्दन शर्माको राजीनामा माग गरेका छन्। अर्थमन्त्री शर्मामाथि गम्भीर प्रश्न उठेको भए पनि उनले त्यसबारे संसदलाई जानकारी नदिएको एमाले सांसदहरुको आरोप छ।  एमाले सांसद सुरेन्द्र पाण्डेले शर्मा प्रति आक्रोश व्यक्त गर्दै भने, 'यति गम्भीरताका साथ प्रश्न खडा भइसकेपछि अर्थमन्त्रीले संसदमा प्रष्ट पार्नु भएन। करका दरहरु तलमाथि भए भनेर म लगायत माननीयले कुरा राखेका थियौँ।' करका दरहरुबारे…

    विस्तृतमा पढ्नुस्

  • आठ वर्षअघिको घटनामा समातिएका मनोज पाण्डेविरुद्ध अदालतमा केस दायर गर्ने तयारी

    आठ वर्षअघिको घटनामा समातिएका मनोज पाण्डेविरुद्ध अदालतमा केस दायर गर्ने तयारी

    काठमाडौं : आठ वर्षअघि १६ वर्षकी एक किशोरीलाई बलात्कार गरेको अभियोगमा थुनामा रहेका ग्लोबल कन्सल्टेन्सीका सञ्चालक मनोज पाण्डे विरुद्धको अनुसन्धान सकिएको छ। महानगरीय प्रहरी परिसर काठमाडौंको टोलीले अनुसन्धान प्रतिवेदन सरकारी वकिल कार्यालयमा बुझाएको हो। सरकारी वकिल कार्यालयले रायसहितको प्रतिवेदन अध्ययन गरेर जिल्ला अदालतमा अभियोगपत्र दर्ता गर्ने तयारी गरेको छ। कार्यालयले आज नै मुद्दा अदालत लिएर जाने तयारी गरिरहेको जिल्ला सरकारी वकिल कार्यालय…

    विस्तृतमा पढ्नुस्

  • काठमाडौंमा १५ वटा नयाँ पोखरीहरु बनाउने योजना छ : मेयर बालेन्द्र साह

    काठमाडौंमा १५ वटा नयाँ पोखरीहरु बनाउने योजना छ : मेयर बालेन्द्र साह

    काठमाडौं : काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र साह (बालेन)ले काठमाडौंमा नयाँ पोखरीहरु बनाउने बताएका छन्। आज महानगरको कार्यालयमा नेवा: देय् दबू, काठमाडौं जिल्लाबाट प्रतिबद्धता पत्र बुझ्दै उनले १५ वटा नयाँ पोखरी बनाउने योजना बताएका हुन्। ‘निजी क्षेत्रसँग सहकार्य र खाली ठाउँहरुको सदुपयोग गरेर हामी काठमाडौंमा नयाँ पोखरीहरु बनाउँछौं। १५ वटा पोखरी बनाउने बारे हाम्रो योजना छ। धेरै भयो हाम्रो शहरमा नयाँ…

    विस्तृतमा पढ्नुस्

  • इण्डोनेसियासँग प्रतिस्पर्धा गर्दै नेपाली टोली, सान्त्वना जितको खोजी

    इण्डोनेसियासँग प्रतिस्पर्धा गर्दै नेपाली टोली, सान्त्वना जितको खोजी

    काठमाडौं: नेपाली फुटबल टोलीले एएसी एसियन कप छनोट अन्तर्गत अन्तिम खेलमा आज इन्डोनेसियाको सामना गर्दैछ। कुवेतस्थित जाबेर अल-अहमद इन्टरनेशनल स्टेडियममा आज राति १ बजे नेपाल र इण्डोनेसिया आमनेसामने हुनेछन्। एसिया कपको छनोटमा इण्डोनेसियाले समूह 'ए' मा दुई खेल खेल्दा एक जित र एक हार ब्यहोर्दै ३ अंक जोडेर दोस्रो स्थानमा छ। आफ्नो पहिलो खेलमा कुवेतमाथि २-१ गोलको जित निकालेको इन्डोनेसियाले…

    विस्तृतमा पढ्नुस्

  • फ्रान्समाथि क्रोएसियाको संघर्षपूर्ण जित

    फ्रान्समाथि क्रोएसियाको संघर्षपूर्ण जित

    यूईएफए नेशन्स लिग अन्तर्गत गएराति सम्पन्न खेलमा समूह 'ए' को खेलमा क्रोएसियाले फ्रान्सलाई हराएको छ। स्टेड डी फ्रान्समा सम्पन्न खेलमा घरेलु टोलीमाथि क्रोएसियाले १-० गोलअन्तरको जित निकालेको हो। क्रोएसियाको जितमा लुका मोड्रिचले निर्णायक गोल गरे। फ्रान्सका इब्राहिमा कोनटेले क्रोएसियाका एन्टे बुदिमिरलाई खेलको सुरुवातमै फउल गरेपछि क्रोएसियाले पेनाल्टीको अवसर पाएको थियो। जसलाई सदुपयोग गर्दै खेलको पाँचौ मिनेटमा मोड्रिचले गोल गरे। त्यसपछि…

    विस्तृतमा पढ्नुस्

  • अघोषित लोडसेडिङ भएको भन्दै वीरगंजमा प्रदर्शन

    अघोषित लोडसेडिङ भएको भन्दै वीरगंजमा प्रदर्शन

    वीरगंजः अघोषित लोडसेडिङको विरुद्ध वीरगंजमा प्रदर्शन भएको छ। वीरगंज पावरहाउस चोकस्थित विद्युत प्राधिकरणको मूल गेटमा प्रदर्शन गरिएको हो। सोमबार बिहान १० देखि १२ बजेसम्म प्रदर्शन गरिएको हो। प्रदर्शन टोलीले वीरगंज वितरण केन्द्रका प्रमुख जितेन्द्र झासँग समस्या समाधान नभए कडा आन्दोलन गर्ने चेतावनी समेत दिएको छ। झाले जनसरोकारका विषय समाधान हुनेमा प्रतिवद्धता व्यक्त गरेका छन्। गत वैशाखदेखि वीरगंजमा अघोषित लोडसेडिङ बढेको…

    विस्तृतमा पढ्नुस्

  • भिनाजुको परिवार नै लागेर गर्‍यो सालोको हत्या, यस्तो छ कारण

    भिनाजुको परिवार नै लागेर गर्‍यो सालोको हत्या, यस्तो छ कारण

    वीरगंजः पर्सा बहुदरमाई नगरपालिका २ का राजेश रामको हत्यामा संलग्न भएको अभियोगमा पाँच जनालाई पक्राउ गरेको छ। प्रहरीका अनुसार राजेशको हत्यामा उनकै भिनाजुको परिवार संलग्न भएको भन्दै उनीहरुलाई पक्राउ गरिएको हो। पर्सा प्रहरीका प्रवक्ता ओमप्रकाश खनालका अनुसार हत्यामा भिनाजुको परिवारका ५ जना सदस्य पक्राउ परेका छन्। पक्राउ पर्नेमा जगरनाथपुर गाउँपालिका ६ का हिरामन महरा, रामबालक महरा, वसन्ती देवी, सुनिता देवी…

    विस्तृतमा पढ्नुस्

  • बौद्धको एक गेस्ट हाउसमा युवतीलाई जबर्जस्ती करणी गरेको अभियोगमा चार जना समातिए, सञ्चालक पनि मतियार

    बौद्धको एक गेस्ट हाउसमा युवतीलाई जबर्जस्ती करणी गरेको अभियोगमा चार जना समातिए, सञ्चालक पनि मतियार

    काठमाडौंः एक युवतीलाई जबर्जस्ती करणी गरेको अभियोगमा प्रहरीले चार जनालाई पक्राउ गरेको छ। बौद्धस्थित लुङता गेस्ट हाउसमा शनिबार युवतीलाई जबर्जस्ती करणी गरेको उजुरी परेपछि प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो। पक्राउ पर्नेमा काठमाडौंका २४ वर्षीय रितेश तामाङ, सिन्धुपाल्चोक मेलम्चीका २२ वर्षीय रिन्जेन शेर्पा, सर्लाही वाग्मती नगरपालिकाका ३४ वर्षीय उत्तम लामा र सिन्धुपाल्चोक भोटेकोशी गाउँपालिकाका ३४ वर्षीय आङनिमा भन्ने झ्याम्पा ढिल्ले शेर्पा रहेका…

    विस्तृतमा पढ्नुस्

  • चौँथो मकवानपुर गोल्डकपको उपाधि आर्मीलाई, हेटौँडाले उपविजेतामा चित्त बुझायो

    चौँथो मकवानपुर गोल्डकपको उपाधि आर्मीलाई, हेटौँडाले उपविजेतामा चित्त बुझायो

    हेटौँडा : हेटौँडा-५ स्थित पिप्ले रंगशालामा सम्पन्न चौँथो संस्करणको स्थानीय तह शहीद स्मृति अन्तर्राष्ट्रिय मकवानपुर गोल्डकपको उपाधि त्रिभुवन आर्मी क्लबले हात पारेको छ। सोमवार सम्पन्न रोमाञ्चक र प्रतिस्पर्धात्मक खेलमा घरेलु टोली विजयी युथ क्लब हेटौँडालाई २-१ गोल अन्तरले पराजित गर्दै आर्मीले उपाधि हात पारेको हो। आर्मीले उपाधिसँगै १५ लाख रुपैयाँ पुरस्कार हात पारेको छ भने उपविजेता बनेको हेटौँडाले शिल्डसँगै १०…

    विस्तृतमा पढ्नुस्

  • माओवादी केन्द्रका नेता देव गुरुङले भने : नारायणकाजी श्रेष्ठ र केपी ओलीबिचको भेट स्वाभाविक

    माओवादी केन्द्रका नेता देव गुरुङले भने : नारायणकाजी श्रेष्ठ र केपी ओलीबिचको भेट स्वाभाविक

    काठमाडौं : नेकपा (माओवादी केन्द्र)का नेता देवप्रसाद गुरुङले आगामी असार १५ गते बस्ने केन्द्रीय कमिटी बैठकले पार्टीको पदाधिकारी चयन गर्ने संकेत गरेका छन्। पार्टी संसदीय दलका प्रमुख सचेतक समेत रहेका नेता गुरुङले पार्टी पदाधिकारीको चयन आवश्यकता अनुसार केन्द्रीय कमिटी बैठक बसेर उपयुक्त समयमा निर्णय लिने विषय भएको पनि बताए। सोमवार संसद् भवन परिसरमा सञ्चारकर्मीहरुले पदाधिकारी नियुक्ती कहिले हुन्छ? भनि गरेको…

    विस्तृतमा पढ्नुस्

  • प्रधानमन्त्री देउवाको निर्णयमा हाम्रो कुनै विरोध छैन : डा शशांक कोइराला

    प्रधानमन्त्री देउवाको निर्णयमा हाम्रो कुनै विरोध छैन : डा शशांक कोइराला

    काठमाडौं : नेपाली कांग्रेसका नेता एवं पूर्व महामन्त्री डा शशांक कोइरालाले पार्टी सभापति समेत रहेका प्रधानमन्त्री शेरबहादुर देउवाको भूमिका सन्तोषजनक रहेको टिप्पणी गरेका छन्। नेता कोइरालाले प्रधानमन्त्री देउवाले पार्टी र सरकारको नेतृत्वको रुपमा लिएको निर्णयमा आफूहरुको कुनै विरोध नभएको पनि स्पष्ट पारे। सोमवार संसद् भवन परिसरमा सञ्चारकर्मीहरुले राखेका जिज्ञासाको जवाफ दिने क्रममा उनले पार्टीभित्र सबैसँग सल्लाह गरेर नै देउवाले निर्णय…

    विस्तृतमा पढ्नुस्

  • सांसदहरुलाई कृषिमन्त्री यादवको जवाफ : असारको अन्तिम हप्तादेखि मल आउने सम्भावना छ

    सांसदहरुलाई कृषिमन्त्री यादवको जवाफ : असारको अन्तिम हप्तादेखि मल आउने सम्भावना छ

    काठमाडौं : कृषि तथा पशुपक्षी विकास मन्त्री महिन्द्र राय यादवले अन्तर्राष्ट्रिय बजारमा रासायनिक मलको मूल्यमा आएको उत्तारचढावका कारण समयमै मल ल्याउन नसकिएको बताएका छन्। सोमवारको प्रतिनिधिसभा बैठकमा संसद्को कार्यसूचीलाई स्थगन गरी किसानलाई मल उपलब्ध गराउने विषयको जरुरी सार्वजनिक महत्वको प्रस्तावमा सांसदहरुले उठाएको प्रश्नको जवाफ दिँदै मन्त्री यादवले यस्तो बताएका हुन्। उनले नेपाली किसानलाई मल उपलब्ध गराउने विषय सबै राजनीतिक दलहरु…

    विस्तृतमा पढ्नुस्

  • आइजी बढुवा विरुद्दको रिट हेर्दाहेर्दैमा

    आइजी बढुवा विरुद्दको रिट हेर्दाहेर्दैमा

    काठमाडौं : सरकारले नेपाल प्रहरीको महानिरीक्षकमा एआइजी धीरजप्रताप सिंहलाई बढुवा गर्ने निर्णयविरुद्ध रिट हेर्दा हेर्दैमा राखिएको छ। आज बिहान कामु प्रधानन्यायाधीश दीपक कार्की र न्यायाधीश कुमार चुडालको इजलासमा पेशी चढेर सुनुवाइ भएको थियो। तर बहस नसकिएपछि हेर्दा हेर्दैमा राखिएको हो। उक्त मुद्दामा वैशाख २२ गते अन्तरिम आदेश दिन अदालतले अस्वीकार गरेको थियो। दुई दिन भएको बहसपछि न्यायाधीश सुष्मालता माथेमाको एकल…

    विस्तृतमा पढ्नुस्

  • प्रधानमन्त्रीको अमेरिका भ्रमणलाई लिएर सत्तारुढ र विपक्षी सशंकित, माधव नेपालको प्रश्न : नेपालमा कुनकुन देशका सेना बसिरहेका छन् ?

    प्रधानमन्त्रीको अमेरिका भ्रमणलाई लिएर सत्तारुढ र विपक्षी सशंकित, माधव नेपालको प्रश्न : नेपालमा कुनकुन देशका सेना बसिरहेका छन् ?

    काठमाडौं : अमेरिका भ्रमणका विषयमा जानकारी लिन संसदीय समितिले प्रधानमन्त्री शेरबहादुर देउवालाई बोलाउने निर्णय गरेको छ। सोमवार सिंहदरबारमा बसेको प्रतिनिधिसभा अन्तर्गतको अन्तर्राष्ट्रिय सम्बन्ध समितिको बैठकले परराष्ट्र नीति कार्यान्वयनको विषयमा छलफल गर्न परराष्ट्र मन्त्री र प्रधानमन्त्रीलाई समितिमा बोलाउने निर्णय गरेको समिति सभापति पवित्रा निरौला खरेलले बताइन्। उनले समितिको बैठकमा परराष्ट्र नीति कार्यान्वयनको विषयमा छलफलको सुरुवात गरेको बताइन्। सभापति खरेलले प्रधानमन्त्री देउवाको…

    विस्तृतमा पढ्नुस्

  • ‘विप्लव’ नेतृत्वको नेकपाद्वारा एमसीसीविरुद्ध प्रदर्शन, गर्‍यो एमसीसी कार्यालय घेराउ

    ‘विप्लव’ नेतृत्वको नेकपाद्वारा एमसीसीविरुद्ध प्रदर्शन, गर्‍यो एमसीसी कार्यालय घेराउ

    काठमाडौं : नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले अमेरिकी परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी)को विरोधमा प्रदर्शन गरेको छ। सो क्रममा नेपाल कम्युनिस्ट पार्टीले एमसीसीको नेपालस्थित कार्यालय घेराउ समेत गरेका छन्। एमसीसी कार्यालय घेराउ गर्न नेपाल कम्युनिस्ट पार्टीका नेता तथा कार्यकर्ताहरु दरवारमार्ग पुगेका थिए। उनीहरुले एमसीसी कार्यालय अगाडि नाराबाजी गरेका थिए। एमसीसी परियोजना यसअघि नै संसद्बाट पारित भइसकेको छ।

    विस्तृतमा पढ्नुस्

  • आँबुखैरेनीमा सडक भासिन सक्नेबारे सडक विभागलाई पहिलै थाहा थियो : गृहमन्त्री, हेलचेक्राइँले गयो दुईजनाको ज्यान!

    आँबुखैरेनीमा सडक भासिन सक्नेबारे सडक विभागलाई पहिलै थाहा थियो : गृहमन्त्री, हेलचेक्राइँले गयो दुईजनाको ज्यान!

    काठमाडौं : गृहमन्त्री बालकृष्ण खाणले सडक विभागको लापरबाहीका कारण पृथ्वी राजमार्गस्थित तनहुँको आँबुखैरेनीमा बाटो भासिदा दुई यात्रुहरुले ज्यान गुमाउनुपरेको बताएका छन्। सोमवार गृह मन्त्रालयमा बसेको विपद् कार्यसमितिको बैठकमा गृहमन्त्री खाणले सडक विभागको लापरबाहीका कारण दुई नागरिकले ज्यान गुमाउनुपरेको बताएका हुन्। उक्त सडक भासिने कुरा सडक विभागलाई पहिल्यै जानकारी रहेको र र सडक चर्किसक्दासमेत हेलचेक्राइँ गरिएको उनको भनाइ थियो। ‘केही दिनअघि…

    विस्तृतमा पढ्नुस्

  • संसद् बैठक आधा घण्टाका लागि स्थगित

    संसद् बैठक आधा घण्टाका लागि स्थगित

    काठमाडौं : प्रतिनिधिसभाको आजको बैठक आधा घण्टाका लागि स्थगित भएको छ। नेकपा एमालेका प्रमुख सचेतक विशाल भट्टराईद्वारा संसद्मा प्रस्तुत जरुरी सार्वजनिक महत्वको विषयमाथि सांसदहरुले बोल्नेक्रम सकिएपछि सभामुख सापकोटाले बैठक आधा घण्टाका लागि स्थगित गरेका हुन्। उक्त प्रस्तावमाथिको छलफलमा भाग लिँदै सांसदहरुले विगतदेखि नै पहल हुँदै आए पनि मलको आपूर्तिको समस्या कायमै रहेको बताएका थिए। सांसदहरुले एक देशबाट मात्रै मल ल्याउँदा…

    विस्तृतमा पढ्नुस्


@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell