काठमाडौं : पूर्व न्यायाधीश फोरमले प्रधानन्यायाधीश र न्यायाधीशमाथि महाअभियोग लगाइने व्यवस्था खारेज हुनुपर्ने माग गरेका छन्। न्यायापालिकाको सुधार एवं शुद्धिकरण विषयक छलफल कार्यक्रममा फोरमको विशेष साधारणसभाबाट पारित बुँदाहरु पेश गर्दै उक्त प्रस्ताव गरिएको हो। फोरमले प्रधानन्यायाधीश र सर्वोच्च अदालतका न्यायाधीशहरुको हकमा महाअभियोगसम्बन्धि वर्तमान संवैधानिक व्यवस्था व्यवहारिक नभएको जनाएको हो। फोरमले उक्त व्यवस्थाको सट्टा न्याय परिषद्को सिफारिसमा राष्ट्रपतिद्वारा एक उच्चस्तरीय न्यायीक छानबिन समिति…
काठमाडौं : नेकपा (एमाले)को केन्द्रीय कार्यालयको बैठकमा स्थानीय तह निर्वाचनको समीक्षा, विभागहरुको पूर्णतालगायतका विषयमा छलफल भएको छ। आइतवार पार्टी कार्यालय च्यासलमा बसेको बैठकमा सोमवार बस्न लागेको सचिवालयको बैठकमा प्रस्तुत हुने एजेन्डाका बारेमा छलफल भएको हो। एमालेकी सचिव पद्मा अर्यालले बैठकमा चुनावी समीक्षा भएको जानकारी दिइन्। ‘भोलिको सचिवालय बैठकका लागि एजेन्डा तय गर्न केन्द्रीय कार्यालयको बैठक बसेको हो। चुनावी समीक्षा र विभागको…
काठमाडौं : र्यापर जी-बब (सुदीप भण्डारी) र उनका बुवाआमाबिचको विवाद चर्किएको छ। हाल एएनटीएफसँग रहेका जी-बब र उनका आमाबुवाले जिल्ला प्रशासन कार्यालयमा छुट्टाछुट्टै निवेदन दिएका छन्। जी-बबले पनि आफ्नो मानहानी भएको र स्वतन्त्रता पाउनु पर्ने माग गर्दै निवेदन दर्ता गरेका हुन्। बुवाआमाले भने जी-बबको स्वास्थ्य अवस्था ठिक नरहेको भन्दै अभिभावकत्वको दाबी गरेका छन्। दोहोरो निवेदन परेपछि जिल्ला प्रशासन कार्यालयले उनीहरुलाई छलफलमा समेत बोलाएको छ। जी-बबका बुवाआमाले…
काठमाडौं : कोभिड-१९ को संक्रमण न्यून भएसँगै हिप-हप फ्यानहरुबिच लोकप्रिय ‘रअ बार्ज’ (र्याप ब्याटल) सुरु भएको छ। हाल देशका मुख्य शहरहरुमा र्याप ब्याटलका लागि अडिसन सकिइसकेको बताइएको छ। रअ बार्जले ब्याटलका लागि गरेको आवेदन आह्वानमा डिजीटल अडिसनमा मात्रै छोटो समयमा ३ हजार बढीको सहभागिता भएको आयोजकले बताएको छ। फिजिकल अडिसनमा पनि र्यापरहरुको उल्लेख्य सहभागिता रहेको ‘रअ बार्ज’का चेयरम्यान प्रवेश रायमाझीले…
काठमाडौं : प्रधानमन्त्री एवम् नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सरकार कांग्रेसको एकलौटी नभएकाले धेरै माग नगर्न आग्रह गरेका छन्। नेपाल ट्रेड युनियन कांग्रेसको आइतबारबाट काठमाडौं सुरु भएको राष्ट्रिय सम्मेलनमा सम्बोधन गर्दै उनले एकलौटी सरकार नभएकाले ट्रेड युनियनले धेरै माग दावी गर्न नमिल्ने बताएका हुन्। ‘एउटा कुरा के बुझ्नु पर्यो भने तपाईहरुले यो कांग्रेसको एकलौटी सरकार होइन। यो नबुझिकन तपाईहरुले यो…
काठमाडौं : प्रतिनिधिसभाको आजको बैठकमा सांसदहरुको बाढी पहिरो निराकरणका साथै बालश्रम उन्मुलनको विषयलाई प्राथमिकताका दिनमा उठाएका छन्। शून्य समय र विशेष समयमा बोल्दै सांसदहरुले विभिन्न मुद्दाहरुबारे सदन र सरकारको ध्यानाकर्षण गराएका हुन्। सांसद् विद्या भट्टराईले प्रकोप निराकरणका लागि आवश्यक संयन्त्र र संरचना निर्माणका लागि सरकारको ध्यानाकर्षण गराएकी छिन्। भट्टराईले सरकारलाई प्रकोप निराकरण र व्यवस्थित पुनर्निर्माणका लागि आवश्यक संयन्त्र र संरचना…
कैलाली : भारतबाट स्वदेश फर्केका अछामका एक पुरुषको कैलालीमा मृत्यु भएको छ। अछामको चौरपाटी गाउँपालिका वडा नम्बर १ का ३५ वर्षीय धनबहादुर शाहको मृत्यु भएको हो। जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायव उपरीक्षक वेदप्रकाश जोशीले मृत्युको कारण खुल्न नसकेको बताए। भारतबाट फर्केर शाहसहित केही व्यक्ति धनगढी बसपार्कको होटेलमा बसेका थिए। त्यहाँ बिरामी भएर सेती अस्पतालमा उपचार गरिएपछि स्वस्थ भएका शाह…
बुटवल : लुम्बिनी प्रदेश सरकारले प्रदेशसभामा प्रस्तुत गरेको आगामी आर्थिक वर्ष २०७९/०८० को नीति तथा कार्यक्रम आइतवार पारित भएको छ। गत बुधवार प्रदेश प्रमुख अमिक शेरचनले प्रस्तुत गरेको १८६ बुँदे नीति तथा कार्यक्रम आइतवार बसेको प्रदेशसभाको १०औँ अधिवेशनको १०औँ बैठकले बहुमतले पारित गरेको हो। यसअघि प्रदेश सरकारको नीति तथा कार्यक्रममाथि प्रदेशसभा सदस्य भोजप्रसाद श्रेष्ठले दर्ता गराएको संशोधन प्रस्ताव फिर्ता लिएका…
जुन ३ मा रिलिज भएको अक्षयकुमार अभिनित फिल्म ‘पृथ्वीराज’ले हालसम्म ६५ करोडको व्यापार गरेको छ। २५० करोड लगानीमा बनेको यो फिल्म बक्सअफिसमा सफल हुन सकेन। दर्शक नआउँदा हलले शो नै क्यान्सिल गर्नुपरेको थियो। हलमा दर्शकको साथ पाउन नसकेपछि अब यो फिल्म ओटीटी प्याल्टफर्ममा रिलिज हुने भएको छ। रिलिज भएको चारहप्तापछि फिल्म ‘पृथ्वीराज’ ओटीटीमा रिलिज हुने भएको छ। यशराज फिल्म्स र अमेजन…
काठमाडौं : त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आन्तरिकतर्फको नयाँ टर्मिनल भवन आइतवारदेखि सञ्चालनमा आएको छ। अब नयाँ आगमन कक्ष पनि बनाउने योजना अघि बढेको छ। एक वर्षअघि निर्माण सुरु भएको नयाँ टर्मिनल भवन करिब १० करोड रुपैयाँमा सम्पन्न भएको नागरिक उड्डयन प्राधिकरणले जनाएको छ। चार सय जना यात्रु क्षमताको यो टर्मिनल भवनको निर्माण तुलसीभक्त शुभ जेभीले गरेको हो। नयाँ डिपार्चर हल सञ्चालनमा…
काठमाडौं : प्रमुख प्रतिपक्ष दल नेकपा एमालेमा सांसद खगराज अधिकारीले २४ लाख कोभिड १९ विरुद्धको खोप हराएको भन्दै सरकारसँग जवाफ माग गरेका छन्। पूर्व स्वास्थ्यमन्त्री समेत रहेका अधिकारीले २४ लाख खोप सरकारले कमिशन लिएको कारण हराएको भन्दै संसदमा यथार्थ जानकारी गराउन सरकार माग गरेका हुन्। आइतवार प्रतिनिधिसभा बैठकमा विनियोजन विधेयक २०७९ अन्तरगतको विभिन्न शिर्षकमाथिको छलफलमा भाग लिँदै उनले खोपबारे आफूहरुले…
काठमाडौं : बैतडीमा नागरिकता प्रमाणपत्रमा जन्ममिति बढाएर सामाजिक सुरक्षा भत्ता लिने गरेको खुल्न आएको छ। आफैंले नागरिकतामा जन्ममिति सच्याएर भत्ता लिनेमा १४ जना भेटिएका छन्। उनीहरुलाई कारबाही र जरिवाना हुने भएको छ। सामाजिक सुरक्षा भत्ता लिएको जनाउँदै जिल्ला प्रशासन कार्यालयमा आएको उजुरीको आधारमा यस्तो खुल्न आएको हो। यसका साथै वडास्तरमा राष्ट्रिय परिचयपत्र विवरण संकलनको काम भइरहेको र विवरण दिँदा नागरिकता…
बुटवल : गुल्मीमा श्रीमतीलाई बलात्कार गरेको अभियोगमा एक पुरुष पक्राउ परेका छन्। गुल्मीको मदाने गाउँपालिका-४ की २४ वर्षीया महिलाले आफ्नै श्रीमानले बलात्कार गरेको उजुरी दिएपछि ती पुरुषलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रवक्ता डीएसपी माधवराज खरेलले जानकारी दिए। ती महिलाले शनिवार जिल्ला प्रहरी कार्यालयमा बलात्कारको जाहेरी दिएकी थिइन्। पीडित महिलाको उजुरीका आधारमा ती पुरुषलाई पक्राउ गरिएको डीएसपी खरेलले बताए।…
काठमाडौं : प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)का सांसद प्रदीप कुमार ज्ञवालीले प्रधानमन्त्री शेरबहादुर देउवाको अमेरिका भ्रमणका बारेमा संसद्मा जानकारी गराउन माग गरेका छन्। आइतवारको प्रतिनिधिसभा बैठकमा सांसद ज्ञवालीले प्रधानमन्त्री देउवाको अमेरिका भ्रमणको सम्बन्धमा सत्तारुढ गठबन्धनका दलले समेत प्रश्न उठाइरहेको उल्लेख गर्दै यस सम्बन्धमा संसद्मा जानकारी गराउन माग गरेका हुन्। सांसद ज्ञवालीले प्रधानमन्त्रीको भ्रमण राजकिय, सद्भावना अथवा व्यापारिक कुन प्रकारको हो…
काठमाडौं : सभामुख अग्निप्रसाद सापकोटाले कृषकहरुलाई मल उपलब्ध गराउन सरकारको ध्यानाकर्षण गराएका छन्। प्रतिनिधिसभाको आइतवारको बैठकमा सभामुख सापकोटाले खेतीको समयमा मल उपलब्ध नभएकोप्रति आफ्नो ध्यानाकर्षण भएको बताए। उनले कृषकहरुलाई यथाशिघ्र मल उपलब्ध हुने गरी व्यवस्थापन गर्न सम्बन्धित मन्त्री तथा सरकारलाई रुलिङ गरे। उनले भने, ‘खेतीको समयमा पनि मल उपलब्ध नभइरहेको सन्दर्भमा माननीय सदस्यहरुले उठाउनुभएको कुरामा मेरो ध्यानाकर्षण भएको छ। यथाशिघ्र…
काठमाडौं : काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र साहले सिसडोलमा फालिएको फोहोरलाई एक महिनाभित्र दुर्गन्धरहित बनाइने बताएका छन्। महानगरको आइतवार बसेको कार्यपालिकाको बैठकमा साहले जैविक रसायनको प्रयोग गरेर दुर्गन्धरहित बनाइने बताएका हुन्। 'महानगरपालिकाले सिसडोलमा व्यवस्थापन गर्दै छ। एक महिनाभित्र दुर्गन्धरहित बनाइँदै छ। त्यहाँनेर केमिकेल नभएर जैविक केमिकल प्रयोग गरिदै छ। वातावरणमा कुनै पनि असर पार्दैन,' साहले भने। खोलामा सफा पानी बगाउनका लागि…
काठमाडौं : संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री प्रेमबहादुर आलेले निजगढ अन्तर्राष्ट्रिय विमानस्थल बन्छ भनेर नउफ्रिन मन्त्रीहरुलाई चेतावनी दिएका छन्। आइतवार त्रिभूवन अन्तर्राष्ट्रिय विमानस्थल गौचरको प्रस्तावित आन्तरिक टर्मिनल भवनको शिलान्यास गर्दै मन्त्री आलेले सरकारले आगामी आर्थिक वर्षका लागि छुट्याएको बजेटप्रति आपत्ति जनाउँदै विमानस्थल बन्छ भनेर अव्यवहारिक कुरा नगर्न मन्त्रीहरुलाई चेतावनी दिएका हुन्। उनले २६ करोड बजेट छुट्याएर अन्तर्राष्ट्रिय विमानस्थल नबन्ने…
भारतकी चर्चित फेसन डिजाइनर प्रत्यूषा गरिमेला मृत अवस्थामा भेटिएकी छन्। उनी शनिवार हैदराबादस्थित बजारा हिल्स अपार्टमेन्टको बाथरुममा मृत फेला परेको प्रहरीलाई उदृत गर्दै एएनआईले उल्लेख गरेको छ। मृत ३५ वर्षकी प्रत्यूषाको कोठाबाट एउटा कार्बन मोनोअक्साइडको बोतल पनि भेटिएको थियो। प्रहरीले शंकास्पद मृत्यु भएको भन्दै उजुरी दर्ता गराएको छ। बञ्जारा प्रहरी स्टेसनका इन्स्पेक्टर नागेश्वर रावले प्रत्यूषाको कोठाबाट एक नोट समेत फेला पारेको छ। उनले नोटमा कसैलाई…
यूईएफए नेशन्स लिग अन्तर्गत गएराति सम्पन्न समूह 'सी'को खेलमा इङ्ग्ल्याण्ड र इटली बराबरीमा रोकिएका छन्। इङ्ग्ल्याण्डस्थित मोलिनिउक्स स्टेडियममा सम्पन्न खेलमा घरेलु टोली इटलीसँग गोलरहित बराबरीमा रोकिएको हो। पछिल्लो पटक युरो कपको फाइनलमा यी दुई टोली भिड्दा समर्थकले देखाएको अराजक व्यवाहारको सजायस्वरुप यो खेल बन्द रंगशालामा गराइएको थियो। यद्यपि केही हजार स्कुल पढ्ने बच्चाहरुको उपस्थिति भने स्टेडियममा थियो। खेलमा बल अधिकांश…
काठमाडौं: क्रिकेट विश्वकप लिग २ अन्तर्गत अमेरिकामा जारी त्रिकोणात्मक सिरिजमा नेपाल र अमेरिकाबीचको म्याच टाइ भएको छ। अमेरिकाको पिअरल्याण्डस्थित मूसा क्रिकेट स्टेडियममा सम्पनन् खेलमा टस जितेर ब्याटिङमा उत्रिएको नेपालले ४९.२ ओभरमा सबै विकेट गुमाउँदै २७४ रन बनाएको थियो। जवाफी ब्याटिङमा उत्रिएको अमेरिका पनि निर्धारित ५० ओभरमा ६ विकेट गुमाएर २७४ रनमै समेटिँदा म्याच टाइ भएको हो। सुरुवाती ब्याटिङ गरेको नेपालका लागि तीन जना…