PahiloPost

Jun 28, 2025 | १४ असार २०८२

  • दुई खेलाडी घाइते हुँदा क्रिकेटमा दोहोरियो पुरानै समस्या, चुनौती अमेरिकाको

    दुई खेलाडी घाइते हुँदा क्रिकेटमा दोहोरियो पुरानै समस्या, चुनौती अमेरिकाको

    काठमाडौं : क्रिकेट विश्वकप लिग २ अन्तर्गतको सिरिज खेल्न नेपाली टोली अमेरिकामा छ। नेपाल, अमेरिका र ओमन सम्मिलित त्रिकोणात्मक सिरिजमा नेपालले पहिलो खेल ओमनसँग खेलेको थियो। आज बेलुकी सवा ९ बजेबाट सुरु हुने दोस्रो खेल अमेरिकासँग खेल्दैछ। अमेरिका पुगेर नेपाली टोलीले दुईवटा अभ्यास खेल नखेल्दै नेपाल क्रिकेट संघ (क्यान)ले जानकारी दियो : ओपनरद्वय आशिफ शेख र कुशल भुर्तेल घाइते छन्।…

    विस्तृतमा पढ्नुस्

  • एम्बाप्पेले फ्रान्सलाई हारबाट जोगाए, डेनमार्कलाई क्रोएसियाले हरायो

    एम्बाप्पेले फ्रान्सलाई हारबाट जोगाए, डेनमार्कलाई क्रोएसियाले हरायो

    यूईएफए नेशन्स लिग अन्तर्गत गएराति सम्पन्न समूह 'ए'को खेलमा फ्रान्स र अस्ट्रिया बराबरीमा रोकिएका छन्। अस्ट्रियास्थित अर्नेस्ट ह्यापेल स्टेडियममा सम्पन्न खेलमा फ्रान्स र अस्ट्रिया १-१ गोलको बराबरीमा रोकिएका हुन्। खेलको ३७ औं मिनेटमा एन्ड्रेस वेइमनको गोलमा अग्रता बनाएको घरेलु टोली पहिलो हाफमा एक गोलले अघि रह्यो। दोस्रो हाफको अन्तिम समयमा किलियन एम्बाप्पेले गोल गर्दै फ्रान्सलाई हारबाट जोगाए। उनले खेलको ८३ औं…

    विस्तृतमा पढ्नुस्

  • शनिवार बिहानै काठमाडौंमा भूकम्पको झड्का

    शनिवार बिहानै काठमाडौंमा भूकम्पको झड्का

    काठमाडौं : शनिवार बिहान भूकम्पको महसुस भएको छ। काठमाडौं लगायतका क्षेत्रमा बिहान २ बजेर ३६ मिनेटमा झड्का महसुस भएको हो। राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार ४.७ म्याग्नेच्युड क्षमताको भूकम्प भएको हो। भक्तपुर केन्द्रविन्दु भएकाले काठमाडौं उपत्यकामा भूकम्प बढी नै शक्तिशाली अनुभव भएको थियो। २७.७ ल्याटिच्युड र ८५.४१ लङ्गिच्युडमा ४.७ म्याग्नेच्युड क्षमताको भूकम्प भएको केन्द्रले जनाएको हो। त्यसअघि पूर्वी काठमाडौं आसपास केन्द्रविन्दु रहेको…

    विस्तृतमा पढ्नुस्

  • खगेन्द्रको फिल्म ‘पानीफोटो’को फर्स्ट लुक सार्वजनिक

    खगेन्द्रको फिल्म ‘पानीफोटो’को फर्स्ट लुक सार्वजनिक

    काठमाडौं : अभिनेता खगेन्द्र लामिछानेको डेब्यू निर्देशन रहेको फिल्म ‘पानीफोटो’को फर्स्टलुक पोस्टर सार्वजनिक भएको छ। सार्वजनिक पोस्टरमा खगेन्द्रका साथै अनुप बराल, मेनुका प्रधान र मलिका महतलाई स्थान दिइएको छ। खगेन्द्रले आफूले नै लेखेको नाटकलाई फिल्म बनाएका हुन्। यो दशकअगाडि गुरुकुलमा मञ्चन भएको चर्चित नाटक ‘पानीफोटो’मै आधारित फिल्म हो। ‘पानीफोटो’ले माओवादी ‘जनयुद्ध’को समयमा बेपत्ता भएका छोराको पर्खाइमा बसेका बाआमाको कथा भन्दछ। खगेन्द्रकै…

    विस्तृतमा पढ्नुस्

  • बलात्कार मुद्दाको हदम्याद हटाउन कांग्रेस-एमाले सांसदको संशोधन, माओवादी पाँच वर्षे प्रावधानको पक्षमा

    बलात्कार मुद्दाको हदम्याद हटाउन कांग्रेस-एमाले सांसदको संशोधन, माओवादी पाँच वर्षे प्रावधानको पक्षमा

    काठमाडौं : बलात्कार मुद्दाको उजुरी दिने हदम्याद हटाउन सांसदहरुले संशोधन दर्ता गरेका छन्। संशोधन पेशका लागि बिहीबारसम्म तोकिएको अवधिमा ६ वटा संशोधन दर्ता भएका छन्। जसमा कांग्रेस र एमाले सा‌ंसदहरु हदम्याद हटाउने पक्षमा उभिँदा नेकपा (माओवादी केन्द्र) का सांसदले हदम्याद पाँच वर्षको पक्षमा सं‌शोधन राखेका छन्। माओवादी केन्द्रका रेखा शर्मासहितका सांसदले नावालिग बलात्कारको कसुरमा बालिग भएपछि पाँच वर्षको अवधि कायम गर्न…

    विस्तृतमा पढ्नुस्

  • सेयर बजार ओरालो लागेपछि लगानीकर्ता सरकारविरुद्ध प्रर्दशन गर्दै सडकमा

    सेयर बजार ओरालो लागेपछि लगानीकर्ता सरकारविरुद्ध प्रर्दशन गर्दै सडकमा

    काठमाडौं : सेयर बजार लगातार ओरालो लाग्दा समेत सरकारले सुधारका लागि कुनै पहल नगरेपछि लगानीकर्ता सडकमा आएका छन्। उनीहरुले पुँजी बजारप्रति बेवास्ता गर्दा खर्बौं रुपैयाँ डुबेको भन्दै शुक्रवार प्रर्दशन गरेका हुन्। सेयर बजार सुधारका लागि १९ बुँदे माग राख्दै विरोधमा उत्रिएका लगानीकर्ताले शुक्रवार भने बानेश्वरमा प्रदर्शन गरेका छन्। सेयर बजार पछिल्लो १० महिनामा ३२ सयबाट २ हजारमा झरेको छ। यो अवधिमा…

    विस्तृतमा पढ्नुस्

  • ठमेलको केजीएचमा स्ट्रिट आर्ट फेस्ट, शनिवारबाट 'मुरल आर्ट' बनाइने

    ठमेलको केजीएचमा स्ट्रिट आर्ट फेस्ट, शनिवारबाट 'मुरल आर्ट' बनाइने

    काठमाडौं : ठमेलस्थित काठमाडौं गेस्ट हाउस (केजीएच) मा शनिवार (जेठ २८) गते देखि स्ट्रिट आर्ट फेस्ट सुरु हुने भएको छ। म्यूजियम अफ नेपाली आर्ट र काठमाडौं आर्ट हाउसको संयुक्त आयोजनामा एक महिनासम्म यो फेस्ट संचालनमा आउने भएको हो।  शनिवारबाट स्ट्रिट/भिज्यूल आर्टिस्ट किरण महर्जनले केजीएज परिसरमा मुरल आर्ट बनाउनेछन्। ठमेल 'डेन एन्ड नाउ' थिममा उनले भित्तामा मुरल आर्ट बनाउनेछन्।  मुरल आर्ट…

    विस्तृतमा पढ्नुस्

  • मन्त्री हेरफेरको निर्णय कार्यान्वयन गर्नुको विकल्प छैन : झलनाथ खनाल

    मन्त्री हेरफेरको निर्णय कार्यान्वयन गर्नुको विकल्प छैन : झलनाथ खनाल

    काठमाडौं : नेकपा एकीकृत समाजवादीका नेता झलनाथ खनालले मन्त्री फेर्ने आफ्नो पार्टीको निर्णय तत्काल कार्यान्वयन गर्न प्रधानमन्त्री शेरबहादुर देउवासँग माग गरेका छन्। शुक्रबार संसद भवन नयाँ बानेश्वरमा खनालले पार्टीको तर्फबाट मन्त्री हेरफेर गर्ने निर्णय अझै कार्यान्वयन नभएकोमा आपत्ति जनाउँदै तत्काल कार्यान्वयन गर्न प्रधानमन्त्री देउवासँग माग गरेका हुन्। एकीकृत समाजवादीले पार्टीबाट देउवा सरकारमा रहेका मन्त्रीहरुलाई फिर्ता बोलाएर नयाँ मन्त्रीहरुको नाम दिइसकेको…

    विस्तृतमा पढ्नुस्

  • जिसस पर्सामा जसपा-एमालेको प्यानल विजयी, सभापतिमा जसपाका सोनार निर्वाचित

    जिसस पर्सामा जसपा-एमालेको प्यानल विजयी, सभापतिमा जसपाका सोनार निर्वाचित

    वीरगंज : जिल्ला समन्वय समिति पर्सामा जनता समाजवादी पार्टी नेपाल (जसपा) र नेकपा (एमाले)को संयुक्त प्यानल विजयी भएको छ। जिससको सभापतिमा जसपाका अजय सर्राफ भनिने निरञ्जन सा सोनार, उपसभापतिमा एमालेका पुरन प्रसाद कुर्मी, सदस्यहरुमा  जसपाबाट वैयन्ती देवी, राजपति देवी, विनय प्रसाद कुर्मी तथा एमालेबाट  श्रीकान्ती देवी, सुशिला कामी, रामप्रसाद यादव, सलिम मिया अन्सारी विजयी भएका छन्। कुल २८ मतदाता रहेको…

    विस्तृतमा पढ्नुस्

  • फोहोर व्यवस्थापन गर्न मेसिन नै चाहिन्छ, नत्र गाडी रोकिन्छ : रामवीर मानन्धर

    फोहोर व्यवस्थापन गर्न मेसिन नै चाहिन्छ, नत्र गाडी रोकिन्छ : रामवीर मानन्धर

    काठमाडौं : नेकपा एमालेका नेता रामवीर मानन्धरले काठमाडौंको फोहोर व्यवस्थापनमा मेसिनको प्रयोग नगरी समाधान ननिसकने बताएका छन्। शुक्रवार शहरी विकास मन्त्रालयमा भएको ल्याण्डफिल साइट बञ्चरेडाँडा र सरकारवाला निकायहरुबिचको छलफलमा उनले सरकारले मेसिन खरिद गरेर फोहोर व्यवस्थापन गर्न पर्ने बताएका हुन्। मेसिन खरिद नगरी काठमाडौंको फोहोर बञ्चरेडाँडामा विसर्जन गर्न नदिने उनले बताए।  सरकारले मेसिन खरिद गर्ने निर्णय गरेपछि मात्रै फोहोर विसर्जन…

    विस्तृतमा पढ्नुस्

  • पटके सम्झौताले फोहोरको समस्या समाधान हुँदैन : जीवनराम श्रेष्ठ

    पटके सम्झौताले फोहोरको समस्या समाधान हुँदैन : जीवनराम श्रेष्ठ

    काठमाडौं : नेकपा एकीकृत समाजवादीका नेता जीवनराम श्रेष्ठले फोहोर व्यवस्थापनको दीर्घकालीन समाधान खोज्नुपर्नेमा जोड दिएका छन्। शुक्रवार शहरी विकास मन्त्रालयमा भएको ल्याण्डफिल साइड बञ्चरेडाँडा र सरकारवाला निकायहरुबिचको छलफलमा उनले अहिले फोहोरका कारण काठमाडौं बस्न नसक्ने अवस्थामा रहेको भन्दै यसको तत्काल समस्या समाधान गर्नुपर्ने बताएका हुन्।  श्रेष्ठले फोहोर व्यवस्थापनको स्थायी समाधान खोजेर ल्याण्डफिल साइटका बासिन्दाहरुलाई पनि न्याय र सफा वातावरणमा बस्नेकुराको…

    विस्तृतमा पढ्नुस्

  • बञ्चरेडाँडावासीसँग गगन थापाले भने : गल्ती भएकै हो, तपाईंहरुलाई हामी देख्नासाथ रिस उठ्छ होला

    बञ्चरेडाँडावासीसँग गगन थापाले भने : गल्ती भएकै हो, तपाईंहरुलाई हामी देख्नासाथ रिस उठ्छ होला

    काठमाडौं : नेपाली कांग्रेसका महामन्त्री गगन थापाले काठमाडौं फोहोर थेग्न नसक्ने अवस्थामा पुगेको भन्दै व्यवस्थापनमा जोड दिएका छन्। शुक्रवार शहरी विकास मन्त्रालयमा भएको ल्याण्डफिल साइट बञ्चरे डाँडा र सरोकारवाला निकायहरुबिचको छलफलमा थापाले फोहोर विसर्जन हुन नसक्दा जनस्वास्थ्यमा असर पर्न थालेको बताएका हुन्। उनले विगतमा गरिएका गल्ती नदोहोर्‍याउने प्रतिवद्धता गर्दै स्थानीयहरुले अहिलेको सरकारसँग र समस्या समाधान गर्न बनेको संयन्त्रसँग विश्वास गर्न…

    विस्तृतमा पढ्नुस्

  • एक सातामै बढ्यो सार्वजनिक सवारीसाधनको भाडा : यात्रुवाहकको २.५ प्रतिशतले वृद्धि, मालवाहकको कति बढ्यो?

    एक सातामै बढ्यो सार्वजनिक सवारीसाधनको भाडा : यात्रुवाहकको २.५ प्रतिशतले वृद्धि, मालवाहकको कति बढ्यो?

    काठमाडौं : घटेको एक साता पनि नपुग्दै सरकारले सार्वजनिक सवारीसाधनको भाडादर बढाएको छ। शुक्रवारदेखि लागू हुने गरी यात्रुवाहक सवारीसाधनको भाडा २.५ प्रतिशतले बढेको हो। पहाडी बाटोमा सञ्चालन हुने मालवाहक सवारीको भाडा ३.३ प्रतिशत र तराईको बाटोमा सञ्चालन हुने मालवाहक सवारीको भाडा ३.७ प्रतिशत भाडा वृद्धि भएको छ। नेपाल आयल निगमले बिहीवार राती १२ बजेदेखि लागू हुने गरी पेट्रोल लिटरको ८ रुपैयाँ…

    विस्तृतमा पढ्नुस्

  • यौनहिंसासहितको विधेयक छलफलका लागि संसदीय समितिमा पठाइयो

    यौनहिंसासहितको विधेयक छलफलका लागि संसदीय समितिमा पठाइयो

    काठमाडौं : प्रतिनिधिसभाले ‘यौन हिंसाविरुद्धको केही ऐनलाई संशोधन गर्न बनेको विधेयक २०७९’ र ‘फौजदारी कसुर तथा फौजदारी कार्यविधि सम्बन्धि केही ऐन संशोधन गर्ने विधेयक २०७९’ दफावार छलफलका लागि संसदीय समितिमा पठाएको छ। शुक्रबार बसेको प्रतिनिधिसभा बैठकमा सभामुख अग्निप्रसाद सापकोटाले ती दुवै विधेयक दफावार छलफलका लागि सम्बन्धित समितिमा पठाउन सरकारले गरेको प्रस्तावलाई निर्णयार्थ प्रस्तुत गरेका थिए। त्यसलाई बैठकले सर्वसम्मतिले स्वीकृत गरेको…

    विस्तृतमा पढ्नुस्

  • शून्य समयमा उठ्यो बाढीदेखि फोहोरको मुद्दा, रामवीरको माग : मेरो अध्यक्षतामा फोहोरमैला व्यवस्थापन संसदीय समिति निर्माण गरियोस्

    शून्य समयमा उठ्यो बाढीदेखि फोहोरको मुद्दा, रामवीरको माग : मेरो अध्यक्षतामा फोहोरमैला व्यवस्थापन संसदीय समिति निर्माण गरियोस्

    काठमाडौं : प्रतिनिधिसभाको आजको बैठकको शून्य समयमा सांसदहरूले वर्षायाम सुरु भएसँगै देशका अधिकांश ठाउँमा बाढी पहिरोका कारण जनजीवन प्रभावित भएकामा सरकारको ध्यानाकर्षण गराएका छन्। बैठकमा सांसद मनकुमारी जिसीले देशभर वर्षाका कारण बाढी पहिरोले जनधनको क्षति भएकामा सरकारको ध्यानाकर्षण गराउँदै विपद् व्यवस्थापनमा गम्भीरतापूर्वक ध्यान दिन माग गरिन्। उनले भनिन्, ‘चट्याङ, बाढी पहिरोले देशमा धेरै भू-भागमा धनजनको क्षति पुर्‍याइरहेको छ। सरकारको पूर्व…

    विस्तृतमा पढ्नुस्

  • सिसडोलमा भएको गल्ती बञ्चरेडाँडामा दोहोरिँदैन, फोहोर उठाउन सहयोग गर्नुस् : मन्त्री झाँक्री

    सिसडोलमा भएको गल्ती बञ्चरेडाँडामा दोहोरिँदैन, फोहोर उठाउन सहयोग गर्नुस् : मन्त्री झाँक्री

    काठमाडौं : शहरी विकास मन्त्री रामकुमारी झाँक्रीले काठमाडौंको फोहोर व्यवस्थापनको लागि ठूला ल्याण्डफिल्ड साइटको विकल्पमा साना व्यवस्थापन केन्द्र खोज्नुपर्ने बताएकी छिन्। शुक्रवार शहरी विकास मन्त्रालयमा बञ्चरेडाँडावासीहरुसँग भएको छलफलमा मन्त्री झाँक्रीले विकल्प खोज्नुपर्ने बताएकी हुन्। उनले ठूला ल्याण्डफिल्ड साइटहरु बन्न समय लाग्ने र बन्न पनि नसकेको भन्दै त्यसको विकल्पको रुपमा स-साना फोहोर, ढल व्यवस्थापन केन्द्र खोज्नुपर्ने बताएकी हुन्। उनले आजबाट काठमाडौं…

    विस्तृतमा पढ्नुस्

  • आफू र आमालाई दुर्व्यवहार गर्नेलाई कारवाही गर्न सांसद चौधरीको माग

    आफू र आमालाई दुर्व्यवहार गर्नेलाई कारवाही गर्न सांसद चौधरीको माग

    काठमाडौं : सांसद चन्दा चौधरीले स्थानीय तहको निर्वाचनका समयमा आफूमाथि दुर्व्यवहार भएको बताएकी छिन्। प्रतिनिधिसभामा उनले करिव १०० जना आएर आफूलाई दुर्व्यवहार भएको भन्दै सरकारको ध्यानाकर्षण गराएकी हुन्।  'गत वैशाख २७ गते ममाथि दुर्व्यवहार भयो, करिव १०० जना मेरो घरमा आएर आमालाई गालीगलौज गर्ने काम गरे', उनले भने, 'त्यसको छोरीलाई छोड्न हुन्न, हातहतियार तयार गरौँ भनेर निर्दोष आमालाई तर्साउने काम गरियो।'…

    विस्तृतमा पढ्नुस्

  • संसदमा डाँचारामको मृत्युबारे छानबिन गर्न माग, प्रधानमन्त्रीको निर्देशन : मिटरब्याजीलाई पक्राउ गरी अनुसन्धान गर्नू

    संसदमा डाँचारामको मृत्युबारे छानबिन गर्न माग, प्रधानमन्त्रीको निर्देशन : मिटरब्याजीलाई पक्राउ गरी अनुसन्धान गर्नू

    काठमाडौं : प्रतिनिधिसभाको आजको बैठकमा सांसद गिरिराजमणि पोखरेलले सर्लाहीका डाँचाराम वाग्लेको मृत्युका सम्बन्धमा छानबिन गरी सत्यतथ्य बाहिर ल्याउन माग गरेका छन्। बैठकको विशेष समयमा उनले डाँचारामको मृत्यका सम्बन्धमा सरकारले नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआइबी)को अनुसन्धान औपचारिकतामौ सीमित भएको भन्दै सरकारको ध्यानाकर्षण गराएका थिए। 'मिटरब्याजविरुद्धको आन्दोलनमा सर्लाहीका डाँचाराम प्रतिगमन आन्दोलनविरुद्ध उहाँको रहस्यमय तरिकाले मृत्यु भयो', पोखरेलले भने, 'सरकारले सीआइबीमार्फत अनुसन्धानसमेत गर्‍यो तर…

    विस्तृतमा पढ्नुस्

  • आँबुखैरेनीमा सडक भासिएको ठाउँबाट दुई पुरुषको शव नदि बाहिर निकालियो, अवरुद् सडक खुलाउने प्रयास जारी

    आँबुखैरेनीमा सडक भासिएको ठाउँबाट दुई पुरुषको शव नदि बाहिर निकालियो, अवरुद् सडक खुलाउने प्रयास जारी

    काठमाडौं : पृथ्वी राजमार्गअन्तर्गत तनहुँको आँबुखैरेनी गाउँपालिका-४ ड्याम नजिक सडक भासिएर मर्स्याङ्दी नदी किनारमा भएको दुर्घटनामा फेला परेका दुई पुरुषको शव निकालिएको छ। सशस्त्र प्रहरी बल बिपद् व्यवस्थापन तालिम शिक्षालय कुरिनटारबाट सशस्त्र प्रहरी निरीक्षक उमेश काफ्लेको कमान्डमा गएको गोताखोर सहितको टोलीले शव नदीभन्दा बाहिर निकालेको हो। शुक्रवार बिहान करिब साढे ४ बजे बा १० च ४६७९ नम्बरको कारको हुटर मात्र फेला परेको…

    विस्तृतमा पढ्नुस्

  • ब्रिट्नीले गरिन् प्रेमी साम असघारीसँग बिहे

    ब्रिट्नीले गरिन् प्रेमी साम असघारीसँग बिहे

    गायिका ब्रिट्नी स्पियर्सले विवाह गरेकी छिन्। उनले प्रेमी साम असघारीसँग बिहीवार लस एन्जलसमा बिहे गरेकी हुन्। ब्रिट्नी र साम ६ वर्षदेखि प्रेम सम्बन्धमा थिए। बुवा संरक्षकबाट हटेसँगै गत वर्ष इन्गेजमेन्ट गरेकी ब्रिट्नी लगभग एक वर्षपछि वैवाहिक बन्धनमा बाँधिएकी हुन्। ४० वर्षीया ब्रिट्नीको यो पहिलो बिहे भने होइन। उनले पहिलो पटक र्‍यापर केभिन फेडरलिनसँग बिहे गरेकी थिइन्। उनीहरुका दुई सन्तान समेत छन्। पछि दुवैको सम्बन्धविच्छेद भएको…

    विस्तृतमा पढ्नुस्


@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell