PahiloPost

Jun 27, 2025 | १३ असार २०८२

  • नेटफ्लिक्सको चर्चित सिरिज ‘स्क्विड गेम’को दोस्रो सिजन बन्ने घोषणा

    नेटफ्लिक्सको चर्चित सिरिज ‘स्क्विड गेम’को दोस्रो सिजन बन्ने घोषणा

    नेटफ्लिक्सको चर्चित कोरियन सिरिज ‘स्क्विड गेम’को दोस्रो सिजन बन्ने भएको छ। ओटीटी प्लेटफर्म नेटफ्लिक्सले शनिवार राति टिजर सार्वजनिक गर्दै दोस्रो सिरिज बनाउने घोषणा गरेको हो। ‘स्क्विड गेम’ का लेखक, निर्देशक तथा कार्यकारी निर्माता वाङ डोङ ह्युकले एक प्रेस विज्ञप्ति समेत सार्वजनिक गरेका छन्। फिल्ममा कुन चरित्र हुने वा नहुने बारे समेत उनले बताएका छन्। ‘स्क्विड गेमको पहिलो सिजन बजारमा आउन १२…

    विस्तृतमा पढ्नुस्

  • स्थानीय निर्वाचन सकिएको एक महिनापछि एमालेले चुनावी समीक्षा गर्दै, च्यासलमा सचिवालय बैठक

    स्थानीय निर्वाचन सकिएको एक महिनापछि एमालेले चुनावी समीक्षा गर्दै, च्यासलमा सचिवालय बैठक

    काठमाडौं : नेकपा (एमाले)को सचिवालय बैठक पार्टी कार्यालय च्यासलमा सुरु भएको छ। स्थानीय तह निर्वाचनको समीक्षा गर्न बैठक बसेको हो। बैठकको एजेन्डा तय गर्न एमालेको केन्द्रीय कार्यालयको बैठक आइतवार बसेको थियो। आइतवारको बैठकमा चुनावी समीक्षा र विभागको पूर्णताका बारेमा छलफल भएको सचिव पद्मा अर्यालले बताएकी थिइन्। सचिवालय बैठकमा चुनावी समीक्षा भइरहेको एमालेको प्रचार विभागका उपप्रमुख विष्णु रिजालले जानकारी दिए। स्थानीय तह निर्वाचन…

    विस्तृतमा पढ्नुस्

  • प्रदिप र दिया अभिनित फिल्म 'प्रकाश' को प्रदर्शन अधिकार बिक्री

    प्रदिप र दिया अभिनित फिल्म 'प्रकाश' को प्रदर्शन अधिकार बिक्री

    काठमाडौं : प्रदिप खड्काको मुख्य भूमिका रहेको फिल्म 'प्रकाश' को विदेशमा प्रदर्शन अधिकार मंहगो मुल्यमा बिक्री भएको छ। आगामी भदौ १० गतेबाट प्रदर्शन हुने फिल्मको अष्ट्रेलिया, क्यानडा, अमेरिका र यूरोपमा महंगो मुल्यमा विदेश अधिकार बिक्री गरिएको निर्देशक दिनेश राउतले जानकारी दिए।  तर रकमबारे भने राउतले केही खुलाउन चाहेनन्। फिल्मको टिजरप्रति दर्शकको सकारात्मक प्रतिक्रिया आएपछि विदेशका लागि सिनेमाको प्रदर्शन अधिकार बिक्री गरिएको निर्देशक राउतको भनाई…

    विस्तृतमा पढ्नुस्

  • रोष्टमबाटै झपट रावलको विवादित अभिव्यक्ति, मन्त्रीलाई चेतावनी : तपाईंको मुख च्यात्न नपरोस्

    रोष्टमबाटै झपट रावलको विवादित अभिव्यक्ति, मन्त्रीलाई चेतावनी : तपाईंको मुख च्यात्न नपरोस्

    काठमाडौं : प्रमुख प्रतिपक्ष दल नेकपा एमालेका सांसद झपट बहादुर रावलले संसद भित्रै विवादित अभिव्यक्ति दिएका छन्। प्रतिपक्षी दलका सांसदहरुले लिएर गएको माग पत्र मन्त्रीले च्यातेको भन्दै उनले मन्त्रीको मुख नै च्यात्ने भन्दै विवादित अभिव्यक्ति दिएका हुन्। ‘गठबन्धनका केही मन्त्री यस्ता छन, जो प्रतिपक्षका सांसदहरुले जनताको माग लिएर आफ्नो लेटरप्याडमा मन्त्रालयका पेश गरेका मागहरु यो प्रतिपक्षको हो भनेर, गैर जिम्मेवार भएर…

    विस्तृतमा पढ्नुस्

  • भारतीय भन्सार कार्यालयले सिस्टम अपडेट नगर्दा दुई दिनदेखि भारतमै रोकिए इन्धन बोकेका ट्यांकर

    भारतीय भन्सार कार्यालयले सिस्टम अपडेट नगर्दा दुई दिनदेखि भारतमै रोकिए इन्धन बोकेका ट्यांकर

    बुटवल : भारतीय भन्सार कार्यालयले समयमै सिस्टम अपडेट नगर्दा पेट्रोलियम पदार्थ बोकेर नेपाल आउने ट्यांकर शनिवारदेखि भारतमै रोकिएका छन्। भारतीय भन्सार कार्यालयले प्रयोग गर्दै आएको सिस्टम अपडेट गर्ने भने पनि समयमै नगर्दा नेपाल आउने पेट्रोलियम पदार्थको आयात रोकिएको नेपाल आयल निगमको भलवारी डिपोले जनाएको छ। भारतीय भन्सार कार्यालयले एडी कोड प्रविष्ट गरेर मात्रै निर्यात दिने व्यवस्था अनिवार्य गरेपछि नेपालका लागि…

    विस्तृतमा पढ्नुस्

  • चीन र भारतमै उत्पादन भइरहेको मल गठबन्धन सरकारले ल्याउन सकेन : नवराज सिलवाल

     चीन र भारतमै उत्पादन भइरहेको मल गठबन्धन सरकारले ल्याउन सकेन : नवराज सिलवाल

    काठमाडौं : नेकपा (एमाले)का सांसद नवराज सिलवालले छिमेकी मुलुकमा बिक्रीको लागि ठूलो मात्रामा मल उत्पादन भइरहँदा सरकारले त्यहाँबाट मल ल्याउन नसकेको आरोप लगाएका छन्। प्रतिनिधिसभामा आज अत्यन्त जरुरी सार्वजनिक महत्वको विषयमाथि छलफलका क्रममा उनले यस्तो आरोप लगाएका हुन्। उनले भने, ‘संसारमा सबैभन्दा बढी मल उत्पादन गर्ने चीन हो। दोस्रोमा अमेरिका र तेस्रोमा भारत हो। चीनमा २९.९ मिलियन मेट्रिक टन, भारतले…

    विस्तृतमा पढ्नुस्

  • प्रश्नपत्र हुबहु दोहोरिएको सम्बन्धमा छानविन गर्न त्रिविद्वारा समिति गठन

    प्रश्नपत्र हुबहु दोहोरिएको सम्बन्धमा छानविन गर्न त्रिविद्वारा समिति गठन

    काठमाडौं : त्रिभुवन विश्वविद्यालय त्रिविको परीक्षामा प्रश्नपत्र हुबहु दोहोरिएको सम्बन्धमा छानविन समिति गठन गरेको छ। रजिष्ट्रार तथा केन्द्रीय परीक्षा समितिका अध्यक्ष प्रा डा पेशल दाहालले प्रश्नपत्र हुबहु सम्बन्धमा छानविन गर्न समिति गठन गरिएको जानकारी दिए। उनका अनुसार प्राध्यापक घनश्याम भट्टराईको संयोजकत्वमा तीन सदस्य छानविन समिति गठन गरिएको छ। रजिष्ट्रार प्रा डा दाहालले छानविन समितिले एक हप्ताभित्र प्रतिवेदन बुझाउन भनिएको बताए।…

    विस्तृतमा पढ्नुस्

  • एमाले प्रमुख सचेतक विशाल भट्टराईको आरोप : सरकारले खासामा आएको मल पनि काठमाडौं ल्याउन सकेन

    एमाले प्रमुख सचेतक विशाल भट्टराईको आरोप : सरकारले खासामा आएको मल पनि काठमाडौं ल्याउन सकेन

    काठमाडौं : नेकपा (एमाले)का प्रमुख सचेतक विशाल भट्टराईले मल आपूर्तिको सवालमा सरकार बेखवर भएको आरोप लगाएका छन्। प्रतिनिधिसभामा आज अत्यन्त जरुरी सार्वजनिक महत्वको विषयमाथि छलफल गर्न ‘स्थगन प्रस्ताव’ दर्ता गर्दै भट्टराईले अधिकांश सांसदले संसद्मा यसबारे कुरा उठाइरहँदा र संचारमाध्यममा आइरहँदा सरकार बेखवर भएको आरोप लगाएका हुन्। देशभर मल अभाव हुँदा जनप्रतिनिधि हुनुको नाताले आफूहरु चुपचाप बस्न नमिल्ने बताउँदै उनले भने,…

    विस्तृतमा पढ्नुस्

  • सम्पत्ति शुद्धिकरण मुद्दामा बयान दिन पुगे गान्धी, कार्यालय बाहिर नारा : राहुल झुकेका नही

    सम्पत्ति शुद्धिकरण मुद्दामा बयान दिन पुगे गान्धी, कार्यालय बाहिर नारा : राहुल झुकेका नही

    भारतीय राष्ट्रिय कांग्रेसका पूर्व अध्यक्ष राहुल गान्धी अहिले इन्फोर्समेन्ट डायरेक्टर (इडी) कार्यालय पुगेका छन्। सम्पत्ति शुद्धिकरण मुद्दामा उनी बयान दिन कार्यालय पुगेका हुन्। कांग्रेसकी अन्तरिम अध्यक्ष सोनिया गान्धीलाई पनि बयानका लागि बोलाइएको थियो। तर,  कोरोना भाइरसबाट संक्रमित भएपछि सोनिया हाल अस्पतालमा छिन्। उनले इडीमा उपस्थित हुन ३ हप्ताको समय मागेकी छिन्। राहुल इडी कार्यालय पुग्दा कांग्रेस कार्यकर्ताहरुले बाहिर प्रदर्शन गरिरहेका…

    विस्तृतमा पढ्नुस्

  • २७ दिनमा विपद्का घटनामा ४९ जनाले ज्यान गुमाए,  एक जना बेपत्ता

     २७ दिनमा विपद्का घटनामा ४९ जनाले ज्यान गुमाए,  एक जना  बेपत्ता

    काठमाडौं: पृथ्वी राजमार्गअन्तर्गत तनहुँको आँबुखैरेनी गाउँपालिका-४ साखरस्थित बाँध नजिकै शुक्रवार बिहान सडक भासिँदा मृत्यु भएका दुवै पुरुषको मृत्यु भयो। घटनामा परी मृत्यु हुनेमा गोरखा जिल्ला सिरानचोक गाउँपालिका-५ छोप्राक घरभई हाल आँबुखैरेनीमा बस्दै आएका ३५ वर्षीय केशव घिमिरे र मकवानपुरको हेटौँडा उपमहानगरपालिका-७ निवासी ३३ वर्षीय हेमबहादुर भुजेल रहेका थिए। सडक भासिएको मर्स्याङ्दी नदी किनारमा दुई पुरुषको शव भेटिएको थियो। बाढी पहिरो…

    विस्तृतमा पढ्नुस्

  • भोलि विवाह गर्दै इन्दिरा जोशी, घरकै बगैँचामा हल्दी समारोह

    भोलि विवाह गर्दै इन्दिरा जोशी, घरकै बगैँचामा हल्दी समारोह

    काठमाडौं: जेठ ३१ गते गायिका इन्दिरा जोशी वैवाहिक बन्धनमा बाधिदैँछिन्। उनले प्रेमी फेसन डिजाइनर शरद केडियासँग बिहे गर्न लागेकी हुन्। यसैबिच, गायिका जोशीले आइतवार हल्दी/मेहन्दी समारोह मनाएकी छिन्। उनले सामाजिक सञ्जालमार्फत फोटोहरू सार्वजनिक गरेकी छिन्। हल्दी समारोहमा गुलाबी रंगको सारी लगाएकी इन्दिरा निकै खुसी देखिएकी छिन्। घरकै बगैंचा क्षेत्रमा हल्दी कार्यक्रम आयोजना गरिएको थियो।परिवारका केही सदस्यहरूको उपस्थितिमा हल्दी समारोह राम्रोसँग सम्पन्न भएको उनले…

    विस्तृतमा पढ्नुस्

  • मंसिर पहिलो साता चुनाव हुने सम्भावना छ : प्रचण्ड,  ‘एकै चरणमा गर्नेबारे छलफल'

    मंसिर पहिलो साता चुनाव हुने सम्भावना छ : प्रचण्ड,  ‘एकै चरणमा गर्नेबारे छलफल'

    काठमाडौं : नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले मंसिरमा प्रतिनिधि सभाको निर्वाचन हुनसक्ने बताएका छन्। आज बर्दियामा आयोजित पत्रकार भेटघाट कार्यक्रममा प्रचण्डले गठबन्धनमा मंसिर पहिलो साता चुनाव गर्नेगरि छलफफल भइरहेको जानकारी दिएका हुन्। 'गठबन्धनमा कुराकानी गर्दा र प्रतिपक्षीसँग पनि कुराकानी गर्दा मंसिरको पहिलो हप्तामा हुने सम्भावना छ,'उनले भने। स्थानीय तहको निर्वाचन एकै चरणमा भएजस्तै संघ र प्रदेशको पनि निर्वाचन…

    विस्तृतमा पढ्नुस्

  • कुनै बेला विश्वकै फोहोर शहर थियो न्यूयोर्क, अहिले कसरी हुन्छ दैनिक १२ हजार टन फोहोरको व्यवस्थापन?

    कुनै बेला विश्वकै फोहोर शहर थियो न्यूयोर्क, अहिले कसरी हुन्छ दैनिक १२ हजार टन फोहोरको व्यवस्थापन?

    काठमाडौं उपत्यकाको फोहोर व्यवस्थापन अहिले राष्ट्रिय मुद्दा बनेको छ। स्थानीय निर्वाचनपछि काठमाडौं महानगरमा आएका नयाँ मेयर बालेन्द्र साहले फोहोर व्यवस्थापनलाई चासो दिएका छन्। अन्य स्थानीय तहले पनि फोहोर व्यवस्थापन कसरी गर्ने भन्ने बारेमा महानगर र शहरी विकास मन्त्रालयसँग सहकार्य गरिरहेको छ। काठमाडौं जिल्लामा मात्र दैनिक १५ सय टन फोहोर जम्मा हुन्छ। ललतिपुर र भक्तपुरबाट पनि यही अनुपातमा फोहोर जम्मा हुन्छ। दैनिक…

    विस्तृतमा पढ्नुस्

  • आइजी बढुवा विवाद : कामु प्रधानन्यायाधीश कार्की र न्यायाधीश चुडालको इजलासमा तोकियो पेशी

    आइजी बढुवा विवाद : कामु प्रधानन्यायाधीश कार्की र न्यायाधीश चुडालको इजलासमा तोकियो पेशी

    काठमाडौं : सरकारले नेपाल प्रहरीको महानिरीक्षकमा एआइजी धीरजप्रताप सिंहलाई बढुवा गर्ने निर्णयविरुद्ध सर्वोच्च अदालतमा परेको मुद्दामा आज पूर्ण सुनवाइ हुँदैछ। उक्त मुद्दामा वैशाख २२ गते अन्तरिम आदेश दिन अदालतले अस्वीकार गरेको थियो। दुई दिन भएको बहसपछि न्यायाधीश सुष्मालता माथेमाको एकल इजलासले जेठ १७ गतेदेखि पूर्ण सुनुवाइमा लैजाने आदेश दिएको थियो। तर सुनुवाइ नभई स्थगित भयो। आज कामु प्रधानन्यायाधीश दीपक कार्की…

    विस्तृतमा पढ्नुस्

  • आफ्ना माग पुरा गराउन लोसपाको ताकेता, आज पनि प्रधानमन्त्रीसँग बालुवाटारमा भेट

    आफ्ना माग पुरा गराउन लोसपाको ताकेता, आज पनि प्रधानमन्त्रीसँग बालुवाटारमा भेट

    काठमाडौं : लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)का नेताहरुले आफ्ना मागहरु पुरा गराउन प्रधानमन्त्री शेरबहादुर देउवासँग भेट गरेका छन्। लोसपा अध्यक्ष महन्थ ठाकुर, लक्ष्मणलाल कर्णलगायतका नेताहरुले आफ्ना माग ध्यानार्षण गराउन आज पनि बालुवाटार पुगेर प्रधानमन्त्रीसँग भेट गरेका हुन्। नागरिकता विधेयकलगायत विभिन्न ११ बुँदे मागसहितको ज्ञापनपत्र गत मंगलवार लोसपाले देउवालाई बुझाएका थिए। सोही मागबारे देउवालाई तकेता गर्न लोसपाका नेताहरु बालुवाटार पुगेको बताइएको छ।…

    विस्तृतमा पढ्नुस्

  • मकवानपुर गोल्डकप : आर्मीको दाउ इतिहास दोहोर्‍याउने, हेटौंडाको बदला लिने

    मकवानपुर गोल्डकप : आर्मीको दाउ इतिहास दोहोर्‍याउने, हेटौंडाको बदला लिने

    हेटौंडा : त्रिभुवन आर्मी क्लब र घरेलु टोली विजयी युथ क्लब आज चौंथो संस्करणको स्थानीय तह सहिद स्मृति अन्तर्राष्ट्रिय मकवानपुर गोल्डकपको उपाधिका लागि आमनेसामने हुँदै छन्। हेटौंडा–५ स्थित पिप्ले रंगशालामा हुने फाइनल खेलमा उपाधिका लागि घरेलु टोली विजयी युथ क्लब हेटौंडा र त्रिभुवन आर्मी क्लब प्रतिस्पर्धा गर्नेछन्। खेल अपरान्ह ३:३० बजेबाट सुरु हुने आयोजक जिल्ला फुटबल संघ मकवानपुरले जनाएको छ।…

    विस्तृतमा पढ्नुस्

  • स्पेनले चेक रिपब्लिकलाई हरायो, पोर्चुगल स्वीजरल्याण्डसँग पराजित

    स्पेनले चेक रिपब्लिकलाई हरायो, पोर्चुगल स्वीजरल्याण्डसँग पराजित

    यूईएफए नेशन्स लिग अन्तर्गत गएराति सम्पन्न समूह 'बी'को खेलमा स्पेनले चेक रिपब्लिकलाई हराएको छ। स्पेनस्थित ला रोसालेडा स्टेडियममा सम्पन्न खेलमा घरेलु टोलीले चेक रिपब्लिकलाई २-० गोलअन्तरले हराएको हो। खेलको २४ औं मिनेटमा कार्लोस सोलेरको गोलमा अग्रता बनाएको स्पेन पहिलो हाफमा एक गोलले अघि रह्यो। दोस्रो हाफमा पाब्लो सारबियाले अर्को गोल थपे। उनले खेलको ७५ औं मिनेटमा गोल गरेका थिए। त्यस्तै गएराति…

    विस्तृतमा पढ्नुस्

  • मेयर बालेनको घोषणा : चालक नभएर थन्किएका ब्रुमर तीन दिनभित्र सञ्चालनमा आउँछन्

    मेयर बालेनको घोषणा : चालक नभएर थन्किएका ब्रुमर तीन दिनभित्र सञ्चालनमा आउँछन्

    काठमाडौंः काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र साहले तीन दिनभित्रमा यान्त्रिक कुचो (ब्रुमर) सञ्चालनमा ल्याइने बताएका छन्। साहको अध्यक्षतामा आइतबार बसेको कार्यपालिका बैठकमा ब्रुमर छिट्टै सञ्चालनमा ल्याइने जानकारी दिएका हुन्। चालकको करार अवधि सकिएकाले ब्रुमर दुई महिनादेखि सञ्चालनमा आउन सकेको थिएन। उक्त समस्या समाधान गरेर पुनः सञ्चालनमा ल्याइने उनले बताए। नगर प्रहरी परिचालनका लागि वडाध्यक्षहरुले सिधै नगर प्रहरी बलका प्रमुखसँग जनशक्ति माग…

    विस्तृतमा पढ्नुस्

  • निजगढ विमानस्थल बनाउनु पर्ने माग राख्दै १७ दिनदेखि स्थानीयद्वारा राजमार्गमा दैनिक चक्का जाम

    निजगढ विमानस्थल बनाउनु पर्ने माग राख्दै १७ दिनदेखि स्थानीयद्वारा राजमार्गमा दैनिक चक्का जाम

    वीरगंज : निजगढ अन्तर्राष्ट्रिय विमानस्थल बनाउनु पर्ने माग राख्दै स्थानीयहरुले १७ दिनदेखि निरन्तर पूर्व-पश्चिम राजमार्गमा चक्का जाम गर्दै अएका छन्। गत जेठ १२ गते आएको सर्वोच्च अदालतको फैसलापछि जेठ १३ गतेपछि हालसम्म दैनिक अपरान्ह ३ बजेदेखि ५ बजेसम्म पूर्व-पश्चिम राजमार्गको निजगढ बजारमा चक्का जाम गरिँदै आएको हो। निजगढ सार्वजनिक सरोकार समिति र स्वतन्त्र युवा विद्यार्थी सरोकार समितिले संयुक्त रुपमा हरेक…

    विस्तृतमा पढ्नुस्

  • नागरिकतासम्बन्धि समस्या समाधान गर्न जसपा सांसदहरुको प्रधानमन्त्री देउवासँग माग

    नागरिकतासम्बन्धि समस्या समाधान गर्न जसपा सांसदहरुको प्रधानमन्त्री देउवासँग माग

    वीरगंज : पर्सा क्षेत्र नम्बर १ का प्रतिनिधिसभा सदस्य प्रदीप यादवले आइतवार प्रधानमन्त्री शेरबहादुर देउवालाई भेटेर नागरिकताको समस्या सम्बन्धमा ध्यानाकर्षण गराएका छन्। सो क्रममा प्रधानमन्त्री देउवाले यही साताभित्रै नागरिकतासम्बन्धि समस्या समाधान हुने आश्वासन दिएका छन्। सांसद यादवको नेतृत्वमा जनता समाजवादी पार्टी (जसपा)कै सांसदद्वय नरमाया ढकाल र रानी मण्डलको टोलीले प्रधानमन्त्री देउवासँग भेटघाट गरेर जन्मसिद्ध नागरिकका सन्तानले भोगिरहेको समस्याबारे बताएपछि उनले…

    विस्तृतमा पढ्नुस्


@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell