PahiloPost

Jun 27, 2025 | १३ असार २०८२

  • राष्ट्रियसभामा एसपीपीबारे बहस : ओलीले सम्झौता अघि बढाउन भनेको वामदेवको आरोप

    राष्ट्रियसभामा एसपीपीबारे बहस : ओलीले सम्झौता अघि बढाउन भनेको वामदेवको आरोप

    काठमाडौं : अमेरिकी ‘स्टेट पार्टनरशिप प्रोगाम’ (एसपीपी) का विषयबारेमा अहिलेसम्मका सरकारले कुनै जानकारी नदिएको भन्दै सांसदहरुले तत्काल सदनलाई यससबन्धमा प्रस्ट पार्न आग्रह गरेका छन्। राष्ट्रियसभाको आजको बैठकको विशेष समयमा सांसदहरुले राष्ट्रिय महत्वका विषयलाई सरकारमा हुँदा लुकाउने र सत्ताबाट बाहिरिएपछि आरोप लगाउने प्रवृत्ति कसैले पनि देखाउन नहुनेमा जोड दिएका थिए।  उनीहरुले परिपक्व कूटनीतिक क्षमता प्रदर्शन गर्न, असंलग्न परराष्ट्र नीतिलाई दृढतापूर्वक कार्यान्वयन…

    विस्तृतमा पढ्नुस्

  • प्रतिबन्धित भारतीय रुपैयाँ लिएर दिल्ली जान लागेका युवक विमानस्थलमा समातिए

    प्रतिबन्धित भारतीय रुपैयाँ लिएर दिल्ली जान लागेका युवक विमानस्थलमा समातिए

    काठमाडौं : प्रतिबन्धित भारतीय रुपैयाँसहित एक युवक पक्राउ परेका छन्। बिहीवार नेपाल एयरलाइन्सबाट काठमाडौंदेखि भारतको दिल्ली जान लागेका तनहुँको ब्याँस नगरपालिका वडा नम्बर १२ घर भएका रञ्जन पाण्डेलेलाई नियन्त्रणमा लिएको हो। पाण्डेले बोकेको ह्‍याण्ड ब्यागलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अन्तर्राष्ट्रिय उडानतर्फको प्रस्थान होल्ड ब्यागेज चेकिङ एरियामा चेक गर्ने क्रममा  ब्यागभित्र प्रतिबन्धित गरिएको भारतीय रुपैयाँ भेटिएको हो। उनको साथबाट ३ लाख ९३ हजार ६ सय…

    विस्तृतमा पढ्नुस्

  • फिल्म ‘प्रकाश’को ‘मान्छे मान्छे’ बोलको गीतमा विभेदको कथा

    फिल्म ‘प्रकाश’को ‘मान्छे मान्छे’ बोलको गीतमा विभेदको कथा

    काठमाडौं : प्रदिप खड्काको मुख्य भूमिका रहेको फिल्म ‘प्रकाश’ को पहिलो गीत सार्वजनिक भएको छ। सार्वजनिक ‘मान्छे मान्छे’ बोलको गीतको लिरिकल भिडियोमा फिल्मका केही सट क्लिप र फोटोहरू समावेश गरिएको छ। अशोक शेरचनको शब्द रहेको गीतमा एलिश कार्कीको संगीत र सत्यराज आचार्यको स्वर रहेको छ। समाजमा रहेको जातीय र वर्गिय द्वन्द्वको विषयलाई गीतले प्रस्तुत गरेको छ। देशमा परिवर्तनका लागि भएको जनयुद्धपछि व्यवस्था…

    विस्तृतमा पढ्नुस्

  • एसपीपी सम्झौता खारेज हुन्छः अध्यक्ष दाहाल

    एसपीपी सम्झौता खारेज हुन्छः अध्यक्ष दाहाल

    चितवनः नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले स्टेट पार्टनरसिप प्रोग्राम (एसपीपी) खारेज हुने बताएका छन्। आज पत्रकारसँग कुराकानी गर्दै अध्यक्ष दाहालले यो कार्यक्रममा एमसीसीजस्तो १२ बुँदा जारी गरेर पास गर्ने काम नहुने बताए। अध्यक्ष दाहालले भने, “एमसीसी १२ बुँदा घोषणासहित मात्रै पास ग¥यौँ तर एसपीपीमा कुनै १२ बुँदा हुनेवाला छैन, यो खारेज हुन्छ।” एमसीसी र एसपीपी दुवै…

    विस्तृतमा पढ्नुस्

  • प्रधानमन्त्रीको अमेरिका भ्रमणको मिति तय भएको छैन, छलफलमात्रै भएको हो : परराष्ट्रमन्त्री खड्का

    प्रधानमन्त्रीको अमेरिका भ्रमणको मिति तय भएको छैन, छलफलमात्रै भएको हो : परराष्ट्रमन्त्री खड्का

    काठमाडौं : परराष्ट्रमन्त्री नारायण खडकाले प्रधानमन्त्री शेरबहादुरले परराष्ट्र नीतिमा विचलन नआएको बताएका छन्। संसदको अन्तर्राष्ट्रिय सम्बन्ध समितिमा आएको छलफलमा सांसदहरुले पराराष्ट्र नीतिमाथि प्रश्न उठाएपछि उनले स्पष्टीकरण दिएका हुन्। ‘परराष्ट्र नीति विचलन भएको छैन भनेर प्रतिवद्दता जनाउन चाहन्छु। सन्तुलित कसरी राख्ने मन्त्रालयले जानकारी राख्छ। विगतका सरकारका पालामा पनि थुप्रै खालका कार्यक्रम भए। नीति धेरै परिवर्तन गर्ने भन्ने हुँदैन। जनताको हितमै हामी…

    विस्तृतमा पढ्नुस्

  • मिनि संसदमा ‘एसपीपी’माथि बहस : प्रधान सेनापतिलाई राखेर कारवाही गरेको जस्तो भयो, सुशिल कोइरालाले ‘गो अहेड’ भनेका थिए

    मिनि संसदमा ‘एसपीपी’माथि बहस : प्रधान सेनापतिलाई राखेर कारवाही गरेको जस्तो भयो, सुशिल कोइरालाले ‘गो अहेड’ भनेका थिए

    काठमाडौं : संसदको अन्तरार्ष्ट्रिय सम्बन्ध समितिमा आज अमेरिकी स्टेट पार्टनरसिप प्रोगाम (एसपीपी) बारे छलफल भयो। समितिले छलफलका लागि आज परराष्ट्र मन्त्री नारायण खड्का र प्रधान सेनपति प्रभुराम शर्मालाई बोलाएको थियो। छलफलका क्रममा खड्काले एसपीपीको विवाद अन्त्य भइसकेको बताएका थिए। प्रधानमन्त्री शेरबहादुर देउवाले नै सम्झौता नहुने भनेर प्रष्ट पारिसकेको उनले बताएका छन्। यस्तै, प्रधान सेनापति शर्माले आफूहरु यस्तो कुनै पनि सम्झौताको…

    विस्तृतमा पढ्नुस्

  • 'नालापानी' कार्तिक ४ गते रिलिज हुने

     'नालापानी' कार्तिक ४ गते रिलिज हुने

    काठमाडौं: फिल्म ‘नालापानी’को रिलिज मिति तय भएको छ। यो फिल्म तिहारको अवसर पारेर कार्तिक ४ गते रिलिज हुने पक्का भएको हो। ‍सन् १८१४ मा देहरादुनस्थित नालापानी गढीमा भएको अङ्ग्रेज–नेपाल युद्धमा नेपाली फौजका तर्फबाट कप्तानी गरेका वीर बलभद्र कुँवरले लडेको ऐतिहासिक लडाईंलाई आधार बनाएर यो फिल्म निर्माण भएको निर्देशक रिमेश अधिकारीले जानकारी दिए। यो फिल्मले चलचित्र विकास बोर्डबाट ‘विशेष चलचित्र २०२०’  स्पेशल अवार्ड समेत…

    विस्तृतमा पढ्नुस्

  • ‘कर्णाली सिंहदरबार’ बनाउँदै प्रदेश सरकार, १५ करोड रुपैयाँ बजेट विनियोजन

    ‘कर्णाली सिंहदरबार’ बनाउँदै प्रदेश सरकार, १५ करोड रुपैयाँ बजेट विनियोजन

    काठमाडौं : कर्णाली प्रदेश सरकारले यहाँका आठ मन्त्रालय एकै ठाउँमा रहने गरी ‘कर्णाली सिंहदरबार’ बनाउने भएको छ। प्रदेश सरकारले आन्तरिक मामिला तथा कानुन मन्त्रालयको दक्षिणमा पर्ने वीरेन्द्रनगर नगरपालिका–७ इत्राम सुर्खेतको जमिनमा ‘कर्णाली सिंहदरबार’ बनाउने योजना अघि सारिएको हो। प्रदेश सरकारका प्रवक्ता एवं योजनामन्त्री विन्दमान विष्टले ‘कर्णाली सिंहदरबार’ निर्माणका लागि आगामी आर्थिक वर्ष २०७९-८० मा १५ करोड रुपैयाँ बजेट विनियोजन गरिएको…

    विस्तृतमा पढ्नुस्

  • भुटानलाई हराउँदै नेपाली महिला क्रिकेट टोलीको सुखद सुरुवात

    भुटानलाई हराउँदै नेपाली महिला क्रिकेट टोलीको सुखद सुरुवात

    काठमाडौं: एसीसी महिला टी २० च्याम्पियनसिपमा भुटानलाई हराउँदै नेपालले सुखद सुरुवात गरेको छ। मलेसियाको क्वाललम्पुरस्थित युकेएम वाइएसडी क्रिकेट मैदानमा सम्पन्न खेलमा भुटानमाथि ५० रनको जित निकाल्दै नेपालले प्रतियोगितामा सुखद सुरुवात गरेको हो। टस जितेर ब्याटिङमा उत्रिएको नेपालले निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै ९४ रन बनाएको थियो। नेपालका लागि काजल श्रेष्ठले सर्वाधिक २४ रन बनाउँदा कप्तान रुबिना क्षेत्रीले २१ र…

    विस्तृतमा पढ्नुस्

  • गोहीको गुँड अनुगमनमा निस्कँदा बाघ बुरुक्क उफ्रिएपछि…

    गोहीको गुँड अनुगमनमा निस्कँदा बाघ बुरुक्क उफ्रिएपछि…

    बेदवहादुर खड्का- घटना २०७५ साल वैशाख अन्तिमतिरको हो। घडियाल गोहीको गुँड के कस्तो अवस्थामा छ भनी अनुगमन गर्न म र सोमलाल बोटे चितवन राष्ट्रिय निकुञ्जको राप्ती नदीको सौराहा घाटबाट माथितिर सानो काठको खोपुवा डुङ्गा लिएर सौराहा नजिकैको इचर्नी क्षेत्रको भिमपुर घाटतर्फ लाग्यौं। पानीको बहावको उल्टो दिशामा डुङ्गा चलाउन कठिन र समय लाग्ने हुन्छ। वैशाख महिनाको, मध्य दिउँसोको चर्को घाममा दुईजना…

    विस्तृतमा पढ्नुस्

  • निहारिकाको मुद्दामा उच्च अदालत दियो झगडिया झिकाउने आदेश

    निहारिकाको मुद्दामा उच्च अदालत दियो झगडिया झिकाउने आदेश

    जनकपुरधामः एक सातादेखि काठमाडौंमा अनशनरत कुमारी आमा निहारिका सिंह राजपुतको मुद्दामा उच्च अदालत जनकपुरले आरोपितलाई झिकाउन आदेश दिएको छ। न्यायाधीश गुणराज ढुंगेल र रामेश्वर रेग्मीको संयुक्त इजलासले आरोपित शिवराज श्रेष्ठलाई १५ दिनभित्र झिकाउने आदेश दिएको अदालतका श्रेस्तेदार खड्गराज अधिकारीले जानकारी दिए। जिल्ला अदालतको फैसलाविरुद्ध सरकारी वकिलले उच्चमा २०७८ फागुन १५ गते मुद्दा पुनरावेदन गरेको थियो। जिल्ला अदालतले आरोपित श्रेष्ठलाई सफाइ दिएको…

    विस्तृतमा पढ्नुस्

  • वीरगंजमा विपद् व्यस्थापन तयारीको पूर्व अभ्यास [तस्विरहरु]

    वीरगंजमा विपद् व्यस्थापन तयारीको पूर्व अभ्यास [तस्विरहरु]

    वीरगंजः वीरगंजमा विपद व्यस्थापनसम्बन्धी प्रदर्शन तथा जनचेतनामूलक कार्यक्रम आयोजना गरिएको छ। जिल्ला विपद् व्यस्थापन समिति पर्साको आयोजनामा वीरगंजको आदर्शनगरस्थित पुरानो बसपार्क तथा घडिअर्वा पोखरीमा विभिन्न प्राकृतिक प्रकोपमा गरिने उद्धार कार्य तथा अपनाउनु पर्ने सतर्कताबारे प्रदर्शनी तथा जनचेतना कार्यक्रम गरिएको हो।   जिल्लास्थित सुरक्षा निकायको उद्धार टोली तथा सरोकारवालाको संयुक्त प्रयासमा कार्यक्रम गरिएको हो। प्राकृतिक प्रकोप भूकम्प तथा विभिन्न घटनामा घाइतेहरुलाई…

    विस्तृतमा पढ्नुस्

  • मिनी संसदमा प्रवेश गर्दै एसपीपीः परराष्ट्र मन्त्री र प्रधान सेनापतिलाई छलफलमा बोलाइयो

    मिनी संसदमा प्रवेश गर्दै एसपीपीः परराष्ट्र मन्त्री र प्रधान सेनापतिलाई छलफलमा बोलाइयो

    काठमाडौंः अमेरिकी स्टेट पार्टनरसिप प्रोग्राम (एसपीपी) विवादमा सडक र सदन तातेको छ। सम्झौताको सरकारले तयारी गरेको भन्दै सदनमा सत्तापक्ष तथा प्रतिपक्ष दुबैका सांसदले प्रधानमन्त्रीसँग जवाफ माग गरिरहेका छन्। विपक्षी दलले चरणवद्ध रुपमा विवादबारे प्रश्न उठाएको छ। तर, प्रधानमन्त्रीका तर्फबाट अहिलेसम्म विवादबारे जानकारी दिइएको छैन।  सदनमा विवाद बढ्दै जाँदा सरकारका केही मन्त्रीहरुले कुनै सम्झौता नभएको र गर्ने तयारी समेत नरहेको जवाफ दिइरहेका…

    विस्तृतमा पढ्नुस्

  • आमसञ्चार प्रशिक्षण प्रतिष्ठानमा कृष्णप्रसादको नाम जोडिएपछि फेरि विवाद, 'पत्रकार महासंघको विधानले सत्यनारायणलाई चिन्दैन'

    आमसञ्चार प्रशिक्षण प्रतिष्ठानमा कृष्णप्रसादको नाम जोडिएपछि फेरि विवाद, 'पत्रकार महासंघको विधानले सत्यनारायणलाई चिन्दैन'

    काठमाडौं : सरकारले सञ्चालनमा ल्याउन लागेको 'आमसञ्चार प्रशिक्षण प्रतिष्ठान' मा कृष्णप्रसाद भट्टराईको नाम जोडिएकोमा आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) ले विरोध जनाएको छ। बिहीवार महासंघको कार्यालयमा एक अन्तक्रिया कार्यक्रम आयोजना गरि फोनिजले यसको विरोध जनाएको हो। सरकारले पत्रकारलाई प्रशिक्षण दिने उद्देश्यका साथ सञ्चार प्रतिष्ठान गठन गर्दा इतिहासको तथ्य कुल्चँदै भट्टराईको नाम जोड्न लागेकोमा आफ्नो आपत्ति रहेको फोनिजका अध्यक्ष गजुरधन राईले…

    विस्तृतमा पढ्नुस्

  • भारतबाट थप महँगिएर आयो पेट्रोलियम पदार्थ, कुनमा कति बढ्यो?

    भारतबाट थप महँगिएर आयो पेट्रोलियम पदार्थ, कुनमा कति बढ्यो?

    काठमाडौं : इन्डियन आयल निगम (आइओसी)ले बिहीवार पेट्रोलियम पदार्थको मूल्य थप बढाएर पठाएको छ। नयाँ दरअनुसार पेट्रोलको मूल्य औसतमा प्रतिलिटर ६.५२ रुपैयाँ, डिजेल १९.०३ रुपैयाँ र हवाइ इन्धन १९.९१ रुपैयाँले बढेर आएको छ। नयाँ लागत मूल्य अनुसार निगमको मासिक घाटा करिब ९ अर्ब ६४ करोड रुपैयाँ पुग्ने देखिएको छ। निगमले पाक्षिक अनुमानित घाटा चार अर्ब ८१ करोड ९१ लाख रुपैयाँ…

    विस्तृतमा पढ्नुस्

  • वडा अध्यक्षबाट राजीनामा दिएर मकवानपुरको जिसस प्रमुखमा उम्मेदवारी दिएका घलान विजयी

    वडा अध्यक्षबाट राजीनामा दिएर मकवानपुरको जिसस प्रमुखमा उम्मेदवारी दिएका घलान विजयी

    हेटौंडा : हेटौंडा उपमहानगरपालिका १२ नम्बर वडा अध्यक्षको पदबाट राजीनामा दिएर गठबन्धनकोतर्फबाट जिल्ला समन्वय समिति (जिसस) प्रमुखमा उम्मेदवारी दिएका ललित कुमार घलान विजयी भएका छन्। १७ मत प्राप्त गर्दै उनी निर्वाचित भएका हुन्। उनी नेकपा माओवादी केन्द्रबाट उम्मेदवार बनेका थिए। त्यस्तै, नेकपा एमालेबाट उम्मेदवार बनेका बुद्धिराम डिम्डुङले ३ मत प्राप्त गरेका छन्। जिससको सदस्यतर्फ गठबन्धनका उम्मेदवारहरु निर्वाचित भएका छन्। महिला…

    विस्तृतमा पढ्नुस्

  • स्वास्थ्य राज्यमन्त्री बिमला वली अस्पतालबाट डिस्चार्ज

    स्वास्थ्य राज्यमन्त्री बिमला वली अस्पतालबाट डिस्चार्ज

    बुटवल : लुम्बिनी प्रदेशकी स्वास्थ्य राज्यमन्त्री बिमला वली अस्पतालबाट डिस्चार्ज भएकी छिन्। मंगलवार राति स्वास्थ्यमा समस्या देखिएको भन्दै बुटवल स्थित लुम्बिनी प्रादेशिक अस्पतालमा भर्ना भएकी राज्यमन्त्री वली बिहीबार दिउँसो डिस्चार्ज भएको अस्पतालका मेडिकल सुपरिटेण्डेन्ट डा. इन्द्र ढकालले जानकारी दिए। अहिले स्वास्थ्य अवस्था स्थिर रहेकाले निवासमै आराम गरि औषधी सेवन गर्ने गरि डिस्चार्ज गरिएको उनले बताए। अस्पतालमा मेडिकल विभागका फिजिसियनहरुले परीक्षण…

    विस्तृतमा पढ्नुस्

  • प्रतिनिधि सभाबाट विनियोजन विधेयक पारित

    प्रतिनिधि सभाबाट विनियोजन विधेयक पारित

    काठमाडौं : प्रतिनिधि सभाबाट विनियोजन विधेयक पारित भएको छ। सरकारले जेठ १५ गते संघिय संसदमा आर्थिक वर्ष २०७९/८० को बजेट पेस गरेको थियो।   मन्त्रालयगत छलफलपछि प्रतिनिधि सभाबाट बहुमतले विधेयक पारित भएको हो। प्रमुख प्रतिपक्ष दल नेकपा एमालेको बहिष्कारबिच बजेट पारित भएको हो। एमालेले अर्थमन्त्री जनार्दन शर्माको राजीनामा माग्दै बैठक बहिष्कार गरेको थियो। अर्थमन्त्री शर्माले असम्बन्धित व्यक्तिलाई बजेट निर्माण प्रक्रियामा…

    विस्तृतमा पढ्नुस्

  • निफको छैटौं संस्करणको लागि आवेदन खुल्यो

    निफको छैटौं संस्करणको लागि आवेदन खुल्यो

    काठमाडौं : नेपाल अन्तर्राष्ट्रिय चलचित्र महोत्सव (निफ) को छैटौं संस्करणको लागि आवेदन खुला भएको छ। आयोजक संस्था नेपाल चलचित्र तथा साँस्कृतिक प्रतिस्ठानले एक प्रेस विज्ञप्ति निकाल्दै आवेदन खुला भएको जानकारी दिएको हो। ‘कथाहरूको उत्सव’ भन्ने नारा रहेको निफको छैटौं संस्करणमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय लामा, छोटा चलचित्र, डकुमेन्ट्री तथा सर्ट एनिमेटेड फिल्महरूले आवेदन भर्न पाउनेछन्। साथै राष्ट्रिय प्रतिस्पर्धाअन्तर्गत सर्ट फिल्म, डकुमेन्ट्री फिल्म र…

    विस्तृतमा पढ्नुस्

  • मातृभूमिप्रतिको दायित्व निर्वाह गर्न गैरआवासीय नेपालीलाई देउवाको आग्रह, नेपालमा डलर खाता खोल्न गरे अपिल

    मातृभूमिप्रतिको दायित्व निर्वाह गर्न गैरआवासीय नेपालीलाई देउवाको आग्रह, नेपालमा डलर खाता खोल्न गरे अपिल

    काठमाडौं : प्रधानमन्त्री शेरबहादुर देउवाले संसारभर रहेका नेपालीहरुलाई मातृभूमिप्रतिको दायित्व निर्वाह गर्न आग्रह गरेका छन्। गैरआवासीय नेपाली संघ (एनआरएनए)ले आयोजना गरेको नागरिकता, मताधिकार, लगानी तथा वैदेशिक रोजगार सेमिनारमा देउवाले दायित्व निर्वाह गर्न नेपालमा डलर खाता खोल्न तथा बचत पत्र किन्न अपिल गरेका हुन्। विदेशमा बसेका नेपालीहरुलाई नेपालमा डलर खाता खोल्न सहज गरिएको उनको भनाइ थियो। नेपाल र नेपालीलाई अप्ठ्यारो परेको…

    विस्तृतमा पढ्नुस्


@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell