काठमाडौं : संखुवासभाको भोटखोला गाउँपालिका वडा नम्बर ४ मा हेलिकप्टर दुर्घटना भएको छ। दुर्घटना पश्चात उद्धारका लागि जिल्ला प्रशासन कार्यालयले प्रहरी परिचालन गरेको छ। प्रशासनलाई स्थानीयले सिम्रिक एयरको हेलिकप्टर दुर्घटना भएको जानकारी दिएका थिए। जानकारी आएपछि थप बुझ्नको लागि सुरक्षाकर्मी परिचालन गरिएको संखुवासभाका प्रमुख जिल्ला अधिकारी शिवकुमार कार्कीले जानकारी दिए। 'सिप्रुङ् भन्ने ठाउँमा दुर्घटना भयो भन्ने जानकारी आएको छ। तर, पुष्टि भइसकेको छैन। प्रहरी टोली…
मध्यविन्दु : नवलपुर जिल्ला अदालतले १६ वर्षीया बालिका बलात्कार गरेको कसुरमा एक जनालाई ११ वर्ष कैद सजाय सुनाएको छ। नवलपरासी (बर्दघाट सुस्तापूर्व)को मध्यविन्दु नगरपालिका-९ का मोहन पुनलाई १६ वर्षीया बालिकालाई बलात्कार गरेको ठहर गर्दै सो सजाय सुनाएको जिल्ला अदालतका नायब सुब्बा सन्तोष सिग्देलले बताए। ‘न्यायाधीश उमेश प्रसाद लुइँटेलको इजालासले बलात्कार कसुर ठहर गर्दै पुनलाई ११ वर्ष कैद र पीडितलाई एक…
मणिपुरमा हिंसा भड्किएपछि प्रशासनले 'सुट एट साइट'को निर्देशन दिएको छ। आदिवासी समूहबिच झडप हुँदा केहीदिनयता मणिपुर अशान्त रहेको छ। अल ट्राइबल स्डुडेन्ट्स यूनियन मणिपुरद्वारा आयोजित र्याली हिंस्रक भएपछि अधिकांश जिल्लामा कर्फ्यू लागू गरिएको छ। केही जिल्लामा भने रात्रीकालीन कर्फ्यू लगाइएको छ। हिजोसम्म मोबाइल इन्टरनेटमामात्रै प्रतिबन्ध लगाइएकोमा राज्य सरकारले केही ब्रोडब्यान्ड इन्टरेन्ट सेवा प्रदायकलाई सेवा रोक्न भनेको छ। हिंसाका तस्विर र भिडियोहरु…
काठमाडौं : वैशाख १ मा रिलिज भएको उपेन्द्र सुब्बा निर्देशित फिल्म ‘जारी’ को व्यापार जारी छ। चौथौ साता लाग्दा जारीले क्युएफएक्समा मात्रै १७ शो पाएको छ। पछिल्लो अपडेट अनुसार जारीले नेपाल भरबाट १६ करोड रुपैयाँको व्यापार गरिसकेको वितरक फिल्मका मनोज राठीले बताए। गत साता रिलिज भएका फिल्म ‘प्रसाद २’ र ‘नाईं नभन्नु ल ६’ को व्यापार भने कमजोर देखिएको छ। चलचित्र विकास बोर्डको बक्सअफिस…
काठमाडौं : मिटरब्याजीलाई सात वर्षसम्म कैद सजाय हुने भएको छ। कानुन विपरित गएर तोकिएभन्दा बढी ब्याज लिएको खण्डमा सात वर्षसम्म कैद र ७० हजार रुपैयाँ जरिवाना हुने भएको हो। सरकारले नेपाल ऐन संशोधन गर्दै अनुचित लेनदेन कारोबारीलाई थप सजाय गरेको अध्यादेश राजपत्रमार्फत सार्वजनिक गरिएको छ। मुलुकी अपराध संहिता २०७४ को दफा २४९ ' क' मा सजायको व्यवस्था गरिएको छ। अनुचित लेनदेन…
काठमाडौं : भारतीय नम्बर प्लेटको गाडीभित्र नक्कली नोट फेला परेको छ। जिल्ला प्रहरी कार्यालय पर्साको टोलीले नोटसहित दुई जनालाई पक्राउ पनि गरेको छ। वीरगंज महानगरपालिका वडा नम्बर १६ चालिसफिटेस्थित सडक खण्डमा चेक गर्दा एक हजार र पाँच सय दरको नेपाली नोट फेला परेको हो। सर्लाहीको गोडौता नगरपालिका वडा नम्बर १२ मधुवनी बस्ने ३४ वर्षीय आनन्द बर्दन सिंह र गाडीमा सवार बारा…
काठमाडौं : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले सरकारमा सहभागी हुने वा नहुने भन्नेबारेमा आज निर्णय गर्ने भएको छ। उक्त पार्टीले आज केन्द्रीय समिति र संसदीय दलको संयुक्त बैठक बोलाएको छ। आज दिउँसो बस्ने केन्द्रीय समितिको बैठकले पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकारमा पार्टीको सहभागिताबारे छलफल गर्नेछ। यसैगरी पछिल्लो समसामयिक राजनीतिक विषय तथा बदलिँदो राजनीतिक परिस्थितिका बारेमा आजको बैठकमा छलफल हुने सो पार्टीका प्रवक्ता…
काठमाडौं : नेपालले नौऊरुसँग कूटनीतिक सम्बन्ध स्थापना गरेको छ बिहीबार राष्ट्रसङ्घीय मुख्यालय न्यूयोर्कमा आयोजित कार्यक्रममा राष्ट्र सङ्घका लागि नेपालका स्थायी प्रतिनिधि अमृत राई र राष्ट्रसङ्घका लागि नौऊरुकी प्रतिनिधि मार्गो रेमिनिस्से डिएइले यससम्बन्धी सम्झौतामा हस्ताक्षर गरेका हुन्। योसँगै नेपालसँग कूटनीतिक सम्बन्ध राख्ने देशको सङ्ख्या १७९ पुगेको छ । दुई देशका राजदूतले कूटनीतिक सम्बन्ध स्थापना भएको जानकारी राष्ट्रसङ्घका महासचिवलाई दिएका छन्। दुवै…
काठमाडौं : चितवन प्रहरीले आत्महत्या दुरुत्साहन मुद्दामा एकजनालाई पक्राउ गरेको छ। बैशाख १९ गते भरतपुर -८ बस्ने ५१ वर्षीया शंकर प्रसाद कँडेल अनमोल फिड्स प्रा लिको कार्यालयमा झुन्डिएर मृत अवस्थामा फेला परेका थिए।व्यवसायी कँडेल मृत्यु प्रकरणमा किटानी जाहेरी परेकामध्ये एक जनालाई प्रहरीले पक्राउ गरेको हो। पक्राउ पर्नेमा अनमोल फिड्सका चार्टर एकाउन्टेट जीवन बहादुर रावल रहेका छन् । ३६ वर्षीय जीवन…
काठमाडौं : नेकपा एमालेका सचिव एवम् पूर्व उपप्रधानमन्त्री टोपबहादुर रायमाझी ' सम्पर्क विहिन ' भएका छन । नक्कली भुटानी शरणार्थी खडा गरि अमेरिका पठाउने भन्दै ठगी गरेको अभियोमा बुधवार जिल्ला अदालतबाट पक्राउ पुर्जी लिएको प्रहरीले रायमाझीलाई खोजी रहेको छ। बुधवार साँझसम्म सम्पर्कमा रहेका रायमाझी राति ९ बजेपछी भने सम्पर्क विहिन भएका हुन्। अदालतबाट पक्राउ पुर्जी जारी भए पछि उनी आफैं…
इङ्ग्लिस प्रिमियर लिग (आईपीएल) अन्तर्गत गएराति सम्पन्न खेलमा ब्राइटोनले म्यानचेस्टर युनाइटेडलाई हराएको छ। फाल्मर स्टेडियममा सम्पन्न खेलमा घरेलु टोलीले युनाइटेडमाथि १-० गोलको जित निकालेको हो। निर्धारित ९० मिनेटको समय गोलरहित बराबरीमा रोकिएको खेलको इन्ज्युरी समयमा पाएको पेनाल्टीको अवसरलाई सदुपयोग गर्दै ब्राइटोनले जित निकालेको हो। ब्राइटोनको जितमा एलेक्सिस म्याक एलिस्टरले निर्णायक गोल गरे। हारले शीर्ष तीनको होडमा बलियो देखिएको युनाइटेडलाई धक्का…
काठमाडौं : परराष्ट्रमन्त्री एनपी साउद बेलायतका राजा चार्ल्स तृतीयको राज्याभिषेकमा सहभागी हुन लण्डन पुगेका छन्। मन्त्री साउदलाई विदेश, राष्ट्रमण्डल तथा विकास मामिला मन्त्रालयका सचिवका विशेष प्रतिनिधि, बेलायतस्थित नेपाली राजदूत ज्ञानचन्द्र आचार्य, दूतावासका अधिकारीलगायतले लण्डनको हिथ्रो बिमानस्थलको अति विशिष्ट कक्ष विन्सर स्विटमा स्वागत गरेका थिए। साउदले आज बकिङ्घम दरबारमा विदेशी प्रतिनिधिको सम्मानमा आयोजना गरिएको राजा चाल्र्सको स्वागत समारोह र वैशाख २३…
इण्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गत गएराति सम्पन्न खेलमा कोलकत्ता नाइट राइडर्सले सनराइजर्स हैदराबादलाई हराएको छ। हैदराबादस्थित राजीव गान्धी इन्टरनेशनल स्टेडियममा सम्पन्न खेलमा कोलकत्ताले हैदराबादमाथि ५ रनको जित निकालेको हो। टस जितेर ब्याटिङमा उत्रिएको कोलकत्ताले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर १७१ रन बनाएको थियो। कोलकत्ताका लागि रिंकु सिंहले सर्वाधिक ४६ रन बनाउँदा कप्तान नितिश रानाले ४२, आन्द्रे रसेलले २४ तथा…
काठमाडौं : आज बिहान देशभर पश्चिमी वायुको साथै स्थानीय वायुको प्रभाव रहेको छ। अहिले पहाडी भू-भागमा बदली रही बांकी भू-भागमा मौसम सामान्यतया सफा रहेको छ मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। आज दिउँसो पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली रहनेछ भने देशका बाँकी भू-भागमा आंशिक बदली देखि मौसम सामान्यतया सफा रहने महाशाखाको पूर्वानुमान छ। कोशी, कर्णाली तथा सुदुरपश्चिम प्रदेशका पहाडी भू-भागका…
प्रा डा गोविन्द पोखरेल- नीति अधिवेशन गर्ने भनेको समस्यालाई टालटुल गर्ने हो। हाम्रो स्थानीय तहको घोषणापत्र, संघीय र प्रदेश निर्वाचनको चुनावको घोषणापत्र हामीसँग छँदैछ। हामी सरकारमा पनि छौं। हामीले हाम्रो घोषणापत्र कसरी लागू गराउने भन्नेमा लाग्नुपर्ने हो। जति पनि हामी जितेका छौं केन्द्र, स्थानीय तह र प्रदेशमा। अहिले त यी सबै तहमा कांग्रेसका एजेन्डा र प्रतिबद्धतामा काम गर्नुपर्ने हो। हामीलाई…
अजयबाबु शिवाकोटी- नीति महाधिवेशनको कुरा ठीक हो। तर, नीति अधिवेशनलेमात्र पार लाग्छ कि लाग्दैन भन्ने छ। नीति अधिवेशन सँगसँगै विशेष महाधिवेशन हुनुपर्ने देखिन्छ। जसरी १२ सालमा सुवर्ण शम्शेर नेतृत्वमा आइसकेपछि विशेष परिस्थिति भनेर त्यहाँको राजनीतिक परिस्थित मध्यनजर गर्दै, जसरी बीपीलाई नेतृत्व पुर्याइएको थियो, छैटौं महाधिवेशनपछि। त्यो अवस्था र अहिलेको अवस्था उस्तै छ। जुन अवस्था र जनमतले जे संकेत गरेको छ १२ औं महाधिवेशनलाई…
काठमाडौं : राष्ट्रपति रामचन्द्र पौडेलले उँभौली पर्वले देशको सांस्कृतिक विविधतालाई कायम राख्दै नेपाली नेपालीबीचको एकतालाई थप बलियो बनाउने विश्वास व्यक्त गरेका छन्। राष्ट्रपति पौडेलले उँभौली पर्वको अवसरमा शुभकामना व्यक्त गर्दै यस पर्वले सबै समुदायका नेपालीहरूबीच राष्ट्रिय एकता, सहिष्णुता र सांस्कृतिक ऐक्यबद्धताको भावना थप सुदृढ पार्न अभिप्रेरित गर्दै सभ्य, समृद्ध र विकसित समाज निर्माण गर्न प्रेरणा प्रदान गरोस् भनी कामना गरेका…
काठमाडौं : प्रत्येक वर्ष वैशाख शुक्ल पूर्णिमाका दिन किराँत राई समुदायले मनाउने उँभौली पर्व आज देशभर भूमेस्थानमा पूजा आराधना गरी मनाइँदै छ। बाली लगाउनुअघि गाउँगाउँमा रहेका भूमेस्थानमा राम्रोसँग काम होस् भनी प्रकृतिको पूजा आराधना गरिने परम्परा रहेको यस विषयमा अनुसन्धान गरिरहनुभएका कीर्तिकुमार दुमी राईले रा जानकारी दिए। गर्मी बढ्ने भएकाले यो समुदायका मानिस बेँसीबाट लेकतिर उँभो लाग्ने भएकाले पनि यसको…
काठमाडौं : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आजको सन्दर्भमा बुद्धको दर्शन र शिक्षाप्रति गौरव गर्दै मानव जातिको हितका पक्षमा आपसी सद्भाव, सहकार्य एवं एकताका साथ अग्रसर हुनु नै बुद्धप्रति सच्चा सम्मान हुने बताएका छन्। २५६७औँ बुद्ध जयन्तीको अवसरमा शुभकामना व्यक्त गर्दै मानव जातिको सर्वाङ्गीण हित र शान्तिका लागि बुद्धले गर्नुभएको त्याग, लिनुभएको विचार र अभ्यास नेपालीका लागि विशेष ऐतिहासिक गौरवका…
काठमाडौं : राष्ट्रपति रामचन्द्र पौडेलले विश्व शान्तिका प्रकाश भनेर सम्मान गरिने गौतम बुद्धको जन्मभूमि नेपाल हुनु हामी सबै नेपालीहरूका लागि गौरवको विषय भएको बताएका छन्। २५६७औँ बुद्ध जयन्तीको अवसरमा आज शुभकामना सन्देश दिँदै राष्ट्रपति पौडेलले गौतम बुद्धले प्रतिपादन गरेको अहिंसा र शान्तिको सन्देशले व्यक्ति, परिवार, समाज, देश र विश्वको सर्वोत्तम हित र प्रगतिका लागि सदैव प्रेरणा दिने विश्वाससमेत व्यक्त गरेका छन्।…