PahiloPost

Jan 15, 2025 | २ माघ २०८१

  • मोटरसाइकल दुर्घटना हुँदा मकवानपुरमा दुई जनाको मृत्यु

    मोटरसाइकल दुर्घटना हुँदा मकवानपुरमा दुई जनाको मृत्यु

    मनहरी : मकवानपुरको हेटौंडा-कुलेखानी-काठमाडौं सडकखण्डमा मोटरसाइकल दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ। भीमफेदी गाउँपालिका वडा नम्बर ६ जुरिखेतस्थित सडकमा बुधवार साँझ काठमाडौंबाट हेटौंडातर्फ आउँदै गरेको वाग्मती प्रदेश ०२०२० प ४२३७ नम्बरको मोटरसाइकल आफैँ अनियन्त्रित भई दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ। दुर्घटनामा परी मोटरसाइकल चालक बाराको पर्सौनी नगरपालिका वडा नम्बर ५ का २५ वर्षीय लालबाबु सहनी मलाहा…

    विस्तृतमा पढ्नुस्

  • सुनको मूल्य हालसम्म कै उच्च, तोलाको १ लाख ११ हजार ८०० रुपैयाँ

    सुनको मूल्य हालसम्म कै उच्च, तोलाको १ लाख ११ हजार ८०० रुपैयाँ

    सुनको मूल्य हालसम्मको उच्च विन्दुमा पुगेको छ। अघिल्लो दिनको भन्दा तोलामा १२ सय रुपैयाँले बढेर बिहीबार प्रतितोला एक लाख ११ हजार ८ सय रुपैयाँ निर्धारण भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। गत सातादेखि घट्न थालेको सुनको मूल्य बुधबार एकै दिन तोलामा १८ सय रुपैयाँले बढेर प्रतितोला एक लाख १० हजार ६ सय रुपैयाँमा कारोबार भएको थियो। दुई दिनमा सुनको मूल्य…

    विस्तृतमा पढ्नुस्

  • पूर्व गृहमन्त्री रामबहादुर थापाका छोराले भने : मेरो संलग्नता छैन

    पूर्व गृहमन्त्री रामबहादुर थापाका छोराले भने : मेरो संलग्नता छैन

    काठमाडौं : पूर्व गृहमन्त्री रामबहादुर थापाका छोरा प्रतीक थापाले नक्कली शरणार्थी प्रकरणमा आफ्नो संलग्नता नरहेको दाबी गरेका छन्। बिहीवार विज्ञप्ति जारी गर्दै झुटो आरोपसहित आफ्नो नाम जोडिएको भन्दै आपत्ती प्रकट गरेका हुन्। उनले आफ्नाबारे आएका समचार राजनीतिक प्रतिशोध जस्तो भएको आरोप लगाएका छन्। बुधवार उनी विरुद्ध जिल्ला अदालत काठमाडौंबाट पक्राउ पुर्जी जारी भएको थियो। उनले अनुसन्धान प्रकृयालाई इमान्दारपूर्वक सहयोग गर्ने बताएका छन्।…

    विस्तृतमा पढ्नुस्

  • बेलग्रेड गोलीकाण्ड : ९ जनाको हत्या गरेका बालकले हप्तौंदेखि बनाएका थिए 'टार्गेट'हरुको सूची

    बेलग्रेड गोलीकाण्ड : ९ जनाको हत्या गरेका बालकले हप्तौंदेखि बनाएका थिए 'टार्गेट'हरुको सूची

    सर्बियामा गत बुधवार १३ वर्षीया बालकले ९ जनाको हत्या गरे। ८ जना विद्यार्थी र एकजना सुरक्षा गार्ड गरि ९ जनालाई उनले गोली हानी हत्या गरेका थिए। सेन्ट्रल बेलग्रेडको रिबनिकर प्राइमरी स्कूलमा घटना भएकै दिन प्रहरीले गोली चलाउने बालकलाई पक्राउ गरेको थियो। अनुसन्धानका क्रममा प्रहरीले ती विद्यार्थीले हप्तौंदेखि उनीहरुको हत्या गर्न योजना बनाइसकेको खुलेको जनाएको छ। उनले कुन विद्यार्थीलाई 'टार्गेट' बनाउने र कुन…

    विस्तृतमा पढ्नुस्

  • मणिपुरमा आदिवासी समूहबिच झडप : हिंसा रोक्न कर्फ्यू, मोबाइल इन्टरनेट सेवा बन्द

    मणिपुरमा आदिवासी समूहबिच झडप : हिंसा रोक्न कर्फ्यू, मोबाइल इन्टरनेट सेवा बन्द

    भारतको मणिपुरमा पाँच दिनका लागि मोबाइल इन्टरनेटको प्रयोगमा प्रतिबन्ध लगाइएको छ। ब्रोडब्यान्ड सेवा पनि संचालनमा रहेको छ। आदिवासी समूहहरुको प्रदर्शनका कारण सुरक्षा व्यवस्थामा चुनौती थपिएपछि ठूलो समूहमा भेला हुन पनि रोक लगाइएको छ। विभिन्न समूहका युवाबिच झडप भएपछि मणिपुर अशान्त भएको हो। आदिवासी समूहको विद्यार्थी संगठनले मेटिस आदिवासी समूहलाई 'सेड्यूड्ल ट्राइब्स'समूहमा राख्नुपर्ने माग सहित भएको प्रदर्शन हिंसात्मक बनेको थियो।  …

    विस्तृतमा पढ्नुस्

  • नक्कली शरणार्थी प्रकरण : भैरहवामा समातिएका टोपबहादुरका छोरालाई काठमाडौं ल्याइयो, 'टोपबहादुर भने सम्पर्क बाहिर'

    नक्कली शरणार्थी प्रकरण : भैरहवामा समातिएका टोपबहादुरका छोरालाई काठमाडौं ल्याइयो, 'टोपबहादुर भने सम्पर्क बाहिर'

    काठमाडौं : नेकपा एमालेका सांसद टोपबहादुर रायमाझीका छोरालाई पक्राउ पछि सन्दीपलाई काठमाडौं ल्याइएको छ। बुधवार राति उनलाई बुटबलबाट पक्राउ गरिएको हो। आज बिहान भैरहवाबाट विमानमा काठमाडौं ल्याइएको हो। उनलाई आज जिल्ला अदालत काठमाडौंमा उपस्थित गराइने प्रहरीले जानकारी दिएको छ। हिरासतमा राखेर अनुसन्धान गर्ने म्याद पाएपछि उनीमाथि प्रहरीले थप अनुसन्धान गर्ने छ। जिल्ला अदालत काठमाडौंले नक्कली शरणार्थी बनाउन सघाएको आरोपमा पक्राउ अनुमति दिएसँगै…

    विस्तृतमा पढ्नुस्

  • गगनले गरे गृह प्रशासनको प्रशंसा, भने : जुनसुकै ओहदा र शक्तिको होस्, कानुनमाथि कोही हुँदैन

    गगनले गरे गृह प्रशासनको प्रशंसा, भने : जुनसुकै ओहदा र शक्तिको होस्, कानुनमाथि कोही हुँदैन

    काठमाडौं : नेपाली कांग्रेसका महामन्त्री गगन थापाले नक्कली भुटानी शरणार्थी प्रकरणमा गहिरोसँग अनुसन्धान हुनुपर्ने बताएका छन्। आज बिहान ट्विट गर्दै महामन्त्री थापाले शरणार्थी प्रकरणमा गृह प्रशासनको प्रयासको प्रशंसा गरेका छन्। 'अझै गहिरोसँग अनुसन्धान होस्। कोही नछुटुन्। संलग्न जोसुकै, जुनसुकै ओहदा र शक्तिको होस्, कानुनभन्दा माथि कोही हुँदैन,' गगनले लेखेका छन्। नक्कली भुटानी शरणार्थी बनाएर लैजाने ठगि प्रकरणको अनुसन्धानका क्रममा 'ठगि…

    विस्तृतमा पढ्नुस्

  • दार्चुला हिम पहिरो अपडेट : भारतीय सडक प्रयोग गरी तीन जनाको शव खलङ्गा ल्याइँदै, दुई जना अझै बेपत्ता

    दार्चुला हिम पहिरो अपडेट : भारतीय सडक प्रयोग गरी तीन जनाको शव खलङ्गा ल्याइँदै, दुई जना अझै बेपत्ता

    खलङ्गा : दार्चुलाको व्यास गाउँपालिका-१ मा हिम पहिरोमा परी ज्यान गुमाएका तीन जनाको शव भारतीय सडक प्रयोग गरी सदरमुकाम खलङ्गा ल्याइँदै छ। नेपालतर्फ सडक सुविधा नहुँदा शव भारतीय सडक प्रयोग गरी ल्याउन लागिएको हो। मंगलवार हिम पहिरोमा परी ज्यान गुमाएका दार्चुलाको दुहुँ गाउँपालिकाका ३८ वर्षीया कमला कुँवर र १८ वर्षीय प्रवीण कुँवर तथा डोटीको जोरायल गाउँपालिकाकी क्षिमी सोमो थापाको शव…

    विस्तृतमा पढ्नुस्

  • आजबाट प्रदर्शनमा आयो धिरज र जसिता अभिनित ‘ज्याक्की : आइ एम ट्वान्टी वान’

    आजबाट प्रदर्शनमा आयो धिरज र जसिता अभिनित ‘ज्याक्की : आइ एम ट्वान्टी वान’

    काठमाडौं : बिहीवारबाट नेपाली सिनेमाहलमा रेनशा राई राणा निर्देशित फिल्म ‘ज्याकी : आइ एम ट्वान्टी वान’ प्रदर्शनमा आएको छ। बिहीवार अन्य कुनै फिल्म नहुँदा धिरज मगर र जसिता गुरुङको मुख्य भूमिका रहेको यस फिल्मले ‘सोलो रिलिज’को मौका पाएको हो। सोलो रिलिजको मौका पाएसङ्गै ‘ज्याकी : आइ एम ट्वान्टी वान’ले हलहरुबाट राम्रो शो पाएको छ। नेपालकै ठूलो मल्टिप्लेक्स चेन क्युएफएक्सले फिल्मलाई २८ शो…

    विस्तृतमा पढ्नुस्

  • विगत आठ वर्षमा चितवन राष्ट्रिय निकुञ्ज र आसपासका क्षेत्रमा मरे २२० गैँडा

    विगत आठ वर्षमा चितवन राष्ट्रिय निकुञ्ज र आसपासका क्षेत्रमा मरे २२० गैँडा

    चितवन : विगत आठ वर्षमा चितवन राष्ट्रिय निकुञ्ज र आसपासका क्षेत्रमा गरी २२० गैँडा मरेका छन्। आर्थिक वर्ष २०७२/७३ देखि हालसम्ममा ती गैँडा मरेका हुन्। निकुञ्जका अनुसार ६४ गैँडा बुढो भएर र भिरबाट लडेर मरेका छन् भने १९ गैँडा दलदलमा फसेर र बाढीले बगाएर मरेका हुन्। निकुञ्जका सूचना अधिकारी गणेश प्रसाद तिवारीका अनुसार आपसमा जुधेर आठ वर्षको समयमा ५१ गैँडा…

    विस्तृतमा पढ्नुस्

  • म्यानचेस्टर सिटी शीर्षस्थानमा, हल्याण्डको कीर्तिमान

    म्यानचेस्टर सिटी शीर्षस्थानमा, हल्याण्डको कीर्तिमान

    म्यानचेस्टर सिटी इङ्ग्लिस प्रिमियर लिगको शीर्ष स्थानमा उक्लिएको छ। प्रिमियर लिगको गएराति सम्पन्न खेलमा सिटीले वेस्ट हममाथि ३-० गोलको जित निकाल्दै शीर्ष स्थानमा उक्लिएको हो। इतिहाद स्टेडियममा सम्पन्न खेलको पहिलो हाफ गोलरहित बराबरीमा रोकिएको थियो। खेलको ४९ औँ मिनेटमा नाथन एकेले रियाद महरेजको पासमा गोल गर्दै सिटीलाई अग्रता दिलाएका थिए। दोस्रो गोल ७० औँ मिनेटमा अर्लिङ हल्याण्डले ज्याक ग्रिलिसको पासमा…

    विस्तृतमा पढ्नुस्

  • पञ्जाबमाथि मुम्बईको रोमाञ्चक जित

    पञ्जाबमाथि मुम्बईको रोमाञ्चक जित

    इण्डियन प्रिमियर लिग (आईपीएल)अन्तर्गत गएराति सम्पन्न खेलमा मुम्बई इण्डियन्सले पञ्जाब किंग्सलाई हराएको छ। चण्डिगडस्थित बिन्द्र स्टेडियममा सम्पन्न खेलमा मुम्बईले घरेलु टोलीमाथि ६ विकेटको जित निकालेको हो। टस हारेर ब्याटिङमा उत्रिएको पञ्जाबले निर्धारित २० ओभरमा ३ विकेट गुमाउँदै २१४ रन बनाएको थियो। पञ्जाबका लागि लिआम लिभिङस्टोनले सर्वाधिक अविजित ८२ रन बनाउँदा जितेश शर्माले ४९ रन बनाए। त्यस्तै कप्तान शिखर धवनले ३०…

    विस्तृतमा पढ्नुस्

  • आज दिउँसो र राति देशका पहाडी भू-भागमा पानी पर्ने सम्भावना

    आज दिउँसो र राति देशका पहाडी भू-भागमा पानी पर्ने सम्भावना

    काठमाडौं : हाल देशमा पश्चिमी वायुको साथै स्थानीय वायुको प्रभाव रहेको छ। सोही कारण हाल देशभर सामान्य बदली रहेको छ। कर्णाली प्रदेशका एक-दुई स्थानमा हल्का वर्षा भइरहेको मौसम पूर्वानुमान महाशाखाले बताएको छ। महाशाखाका अनुसार बिहीवार दिउँसो देशका पहाडी भू-भागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भू-भागमा आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहने छ। कोशी प्रदेश, मधेश प्रदेश र वाग्मती प्रदेश लगायत…

    विस्तृतमा पढ्नुस्

  • बाबु छोरालाई डेढ करोड रुपैयाँको चेकले जोडेको नक्कली भुटानी शरणार्थी प्रकरणः बुटवलबाट टोपबहादुरका छोरा समातिए

    बाबु छोरालाई डेढ करोड रुपैयाँको चेकले जोडेको नक्कली भुटानी शरणार्थी प्रकरणः बुटवलबाट टोपबहादुरका छोरा समातिए

    काठमाडौं : नेपाल प्रहरीले नेकपा एमालेका सांसद टोपबहादुर रायमाझीका छोरा सन्दीप पक्राउ परेका छन्। बुधबार राति उनलाई बुटबलबाट पक्राउ गरेको हो। बिहिबार काठमाडौं ल्याएर अनुसन्धान सुरु हुने भएको छ। जिल्ला अदालत काठमाडौंले नक्कली शरणार्थी बनाउन सघाएको आरोपमा पक्राउ अनुमति दिएसँगै प्रहरीको खोजी सूचीमा सन्दीप पक्राउ परेका हुन्। उता सन्दीपका बुबा टोपबहादुर रायमाझी विरुद्द पनि पक्राउ पुर्जी जारी भइसेको छ। बुधबार…

    विस्तृतमा पढ्नुस्

  • युक्रेनले राष्ट्रपति पुटिनको हत्या गर्ने प्रयास गरेको रसियाको आरोप

    युक्रेनले राष्ट्रपति पुटिनको हत्या गर्ने प्रयास गरेको रसियाको आरोप

    रसियाले युक्रेनमाथि रसियाली राष्ट्रपति भ्लादिमिर पुटिनको हत्या गर्ने प्रयास गरेको आरोप लगाएको छ। पुटिनको निवास रहेको क्रेमलिन लक्षित दुईवटा ड्रोनलाई असफल बनाउन आफूहरु सफल भएको भन्दै रसियाले सो आरोप लगाएको हो। क्रेमलिनले इलेक्ट्रोलिन रडारको प्रयोगबाट असफल बनाएको ड्रोनका केही टुक्रा राष्ट्रपति कार्यालयमा खसेको जनाएको छ। तर, त्यसबाट कुनै प्रकारको भौतिक र मानवीय क्षति नभएको बताइएको छ। ड्रोन आक्रमणको बेला पुटिन सो भवनमा…

    विस्तृतमा पढ्नुस्

  • हिउँ पहिरोमा बेपत्ता थप दुई जनाको शव फेला, प्रहरीले गर्‍यो पहिचान

    हिउँ पहिरोमा बेपत्ता थप दुई जनाको शव फेला, प्रहरीले गर्‍यो पहिचान

    काठमाडौंः दार्चुलाको व्याँस गाउँपालिका १ मा हिउँ पहिरोमा बेपत्तामध्ये ३ जनाको शव फेला परेको छ। सशस्त्र प्रहरी बलको टोलीले फेला परेकामध्ये दुईको पहिचान भएको छ। प्रहरीका अनुसार शव दार्चुला दुहु गाउँपालिका ४ का ३६ वर्षीय कमला कुँवर र डोटीको जोरायल गाउँपालिका २ का ४५ वर्षीय नक्नी डोल्मा थापाको रहेको पहिचान भएको छ। बुधबार भेटिएका ३ वटै शव त्रिपाल टाँगेर बसेको घटनास्थलभन्दा…

    विस्तृतमा पढ्नुस्

  • सरकार अप्ठेरोमा परेका बेला के के छलफल भयो बालुवाटारको बैठकमा?

    सरकार अप्ठेरोमा परेका बेला के के छलफल भयो बालुवाटारको बैठकमा?

    काठमाडौं : सत्ता गठबन्धनको बैठकमा सरकारको नीति तथा कार्यक्रम र बजेटबारे छलफल भएको छ। वैशाख १० गते सम्पन्न उप निर्वाचनपछि गठबन्धनको पहिलो बैठक प्रधानमन्त्री निवास बालुवाटारमा बसेको हो। सरकारलाई समर्थन गरिरहेको दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले सरकारलाई दिएको समर्थन फिर्ता लिने या कायमै राख्ने भन्नेबारे छलफल गरिरहेका बेला गठबन्धनको बैठकमा सरकारमा रास्वपालाई कसरी सहभागी गराउने भन्नेबारेमा छलफल भएको छ। यसअघि रास्वपाका…

    विस्तृतमा पढ्नुस्

  • परराष्ट्रमन्त्री साउद भोलि बेलायत जाँदै

    परराष्ट्रमन्त्री साउद भोलि बेलायत जाँदै

    काठमाडौं : परराष्ट्रमन्त्री एनपी साउद संयुक्त अधिराज्य बेलायतका राजा चार्ल्स तृतीय र महारानी कोनसोर्टको राज्याभिषेकमा सहभागी हुन बिहीवार त्यसतर्फ प्रस्थान गर्ने भएका छन्। लण्डनमा रहँदा मन्त्री साउदले वेस्टमिन्स्टर एब्बेमा हुने राज्याभिषेक समारोहमा र बकिङ्घम दरबारमा हुने स्वागत समारोहमा सहभागी हुने मन्त्रालयले जनाएको छ।  उक्त अवसरमा साउद अन्य औपचारिक कार्यक्रम पनि सहभागी हुनेछन्। परराष्ट्रमन्त्री साउद यही वैशाख २६ गते स्वदेश फर्कने…

    विस्तृतमा पढ्नुस्

  • राष्ट्रपति पौडेलद्वारा बजेट अधिवेशन आह्वान

    राष्ट्रपति पौडेलद्वारा बजेट अधिवेशन आह्वान

    काठमाडौं : राष्ट्रपति रामचन्द्र पौडेलले संघीय संसद्को दुवै सदनको अधिवेशन आह्वान गरेका छन्।  संघीय संसद् सचिवालयका अनुसार बैठक नयाँ बानेश्वरस्थित अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रमा वैशाख २४ गते आइतवार अपराह्न ४ बजे आह्वान गरिएको छ।            प्रतिनिधिसभाका सांसद र राष्ट्रियसभाका सदस्यलाई तोकिएको मिति, समय र स्थानमा उक्त दिन उपस्थित हुन अनुरोध गरेको सचिवालयका महासचिव डा भरतराज गौतमद्वारा जारी सूचनामा…

    विस्तृतमा पढ्नुस्

  • कांग्रेसले उपसभापति धनराजसहित थप तीन जनालाई पठायो सरकारमा, शपथ भोलि

    कांग्रेसले उपसभापति धनराजसहित थप तीन जनालाई पठायो सरकारमा, शपथ भोलि

    काठमाडौं : प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले मन्त्रिपरिषद् विस्तार गरेका छन्। प्रधानमन्त्री दाहालले कांग्रेसका उपसभापति धनराज गुरुङलाई कानुन, न्याय तथा संसदीय मामिला, मोहन बस्नेतलाई स्वास्थ्य तथा जनसंख्या, डिगबहादुर लिम्बुलाई युवा तथा खेलकुद मन्त्रालयको जिम्मेवारी दिएका छन्। बुधवार तीनै जनालाई राष्ट्रपति रामचन्द्र पौडेलले मन्त्रीमा नियुक्त गरी कार्यभार तोकिएको राष्ट्रपति कार्यालयका प्रवक्ता सागर ढकालले जनाए। नवनियुक्त मन्त्रीहरुको बिहीवार दिउँसो ३ बजे शपथ हुने…

    विस्तृतमा पढ्नुस्


@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell