इङ्ग्लिस प्रिमियर लिग अन्तर्गत गएराति सम्पन्न खेलमा आर्सनलले चेल्सीलाई हराएको छ। इमिरेट्स स्टेडियममा सम्पन्न खेलमा घरेलु टोली आर्सनलले चेल्सीमाथि ३-१ गोलअन्तरले हराएको हो। आर्सनलको जितमा मार्टिन ओडेगार्डले दुई गोल गर्दा गाब्रियल जिससले १ गोल गरे। खेलको १८ औँ मिनेटमा ग्रेनिथ साकाको पासमा ओडेगार्डले गोल गर्दै घरेलु टोलीलाई अग्रता दिलाएका थिए। ३१ औँ मिनेटमा फेरि ग्रेनिथकै पासमा ओडेगार्डले नै गोल गर्दै…
काठमाडौं : नेपालसहित संसारभर बुधवार विश्व प्रेस स्वतन्त्रता दिवस मनाइँदै छ। युनेस्कोको आयोजनामा अफ्रिकी राष्ट्र नामिबियाको विन्डहक शहरमा भएको पत्रकारहरूको सम्मेलनले ‘बहुलवादी र स्वतन्त्र प्रेसको लागि विण्डहक घोषणापत्र’ जारी गरेको थियो। त्यसैको सम्झनामा सन् १९९३ देखि संयुक्त राष्ट्रसङ्घले यो दिवस मनाउने निर्णय गरेको हो। राष्ट्रसङ्घको यो निर्णयसँगै आजको दिनलाई प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताका पक्षधरले महत्वपूर्ण दिनका रूपमा लिन्छन्। बुधवार संसारभर…
इण्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गत गएराति सम्पन्न खेलमा दिल्ली क्यापिटल्सले गुजरात टाइटन्सलाई हराएको छ। अहमदाबादस्थित नरेन्द्र मोदी स्टेडियममा सम्पन्न खेलमा दिल्लीले ५ रनको जित निकालेको हो। टस जितेर ब्याटिङमा उत्रिएको दिल्लीले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै १३० रन बनाएको थियो। जसका लागि अमन हाकिम खानले सर्वाधिक ५१ रन बनाउँदा मनिष पाण्डेले २७ तथा रिपल पटेलले २३ रनको योगदान दिए।…
काठमाडौं : ‘जनशक्ति थपिएन भनेर बीओपी नथप्ने अवस्था रहेन। सुविधा नहुँदा पनि टेन्ड टाँगेर भएपनि गर्नुपर्छ।’ सोमवार सशस्त्र प्रहरी बलको मुख्यालय हलचोकमा सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालले दिएको अभिव्यक्ति हो यो। महानिरीक्षक अर्यालको अभिव्यक्तिले सीमा सुरक्षालाई मजुबुद बनाउनुपर्ने आशय नै दिइरहेको थियो। त्यसो त भारतसँगको सीमा विवादको विषय सधैँ पेचिलो बन्दै आएको छ। भारतले नेपाली भूमि मिचेका घटना धेरै पटक बाहिरिएका छन्।…
काठमाडौं : दार्चुलाको व्याँस गाउँपालिका वडा नम्बर १ मा गएको हिम पहिरोमा पाँच जना बेपत्ता भएका छन्। मंगलवार दिउँसो २ बजेर ४५ मिनेटमा गएको हिम पहिरोमा चार महिला र एक पुरुष बेपत्ता भएको सशस्त्र प्रहरीका सह प्रवक्ता डीएसपी शैलेन्द्र थापाले जानकारी दिए। लगातार पानी र हिउँ परेका कारण उद्धारमा कठिनाइ भएको उनले बताए। हिम पहिरोमा पुरिएका छ जना पुरुष र एक…
प्रकाश सिलवाल- काठमाडौं : काठमाडौंको भृकुटीमण्डपमा रहेको काठमाडौं उपत्यका सार्वजनिक पुस्तकालय समाजको छानो चुहिएर भूइँ तहमा रहेका महत्वपूर्ण पुस्तक भिजेका छन्। विगत केही दिनदेखि निरन्तर परेको वर्षाका कारण भवनको छानोबाट पानी चुहिएपछि त्यहाँका कर्मचारी यतिबेला भिजेका पुस्तक जतनमा जुटेका छन्। पानीका कारण थप पुस्तकमा क्षति नपुगोस् भनेर पुस्तकलाई कार्टुनमा प्याकिङ गर्ने र तर्काएर राख्न थालिएको छ। महिला, बालबालिका तथा ज्येष्ठ…
काठमाडौं : प्रहरीको फरार सूचीमा रहेका नेकपा एमालेका सांसद लक्ष्मी महतो कोइरी निलम्बनमा परेका छन्। संसद सचिवालयले उनलाई निलम्बन गरेको हो। 'निलम्बनमा पर्नु भएको छ। यसबारे अब औपचारिक जानकारी गर्दै छौं,' संसद सचिवालयका एक सदस्यले भने। प्रहरी प्रधान कार्यालयले संसद सचिवालयलाई कोइरीबारे आइतवार जानकारी गराएको थियो। शुक्रवारको प्रतिनिधि सभाको बैठकमा सभामुख देवराज घिमिरेले कोइरी बिरामी भएको भन्दै बिदाको प्रस्ताव गरेका…
काठमाडौं : नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले तत्कालै कांग्रेसले आफ्नो कार्यशैली बदल्नुपर्ने बताएका छन्। नेता सिंहले तत्कालै नीति अधिवेशन गरेर देशभरका नेता कार्यकर्ताको बदलिएको परिस्थितिमा कसरी जान उपयुक्त हुन्छ गहन समीक्षा गरेर अबको बाटो तय गरिनुपर्ने धारणा राखे। नेपाली कांग्रेस रामेछाप जिल्ला कार्यसमितिले मन्थलीस्थित पार्टी कार्यलयमा आयोजना गरेको भेटघाट कार्यक्रममा नेता सिंहले पार्टी विधिअनुसा चल्नुपर्नेसमेत बताए। 'अहिलेको गुनासो नेताहरुको मुल्याङ्कन भएन…
काठमाडौं : दार्चुलाको ब्याँस गाउँपालिका वडा नम्बर १ मा हिम पहिरो गएको छ। दिउँसो २ बजेर ४५ मिनेटमा हिम पहिरो गएको सशस्त्र प्रहरीका सह प्रवक्ता डीएसपी शैलेन्द्र थापाले जानकारी दिए। यार्सागुम्बा खोज्न गएका अन्दाजी ८/९ जना स्थानीय बासिन्दाहरू त्रिपालमा बसिरहेको अवस्थामा हिम पहिरोले पुरिएको आशङ्का गरिएको छ। सशस्त्र प्रहरी बलको ५० नम्बर गुल्म छाङरु, दार्चुलाबाट डीएसपीको कमान्डमा ३० जनाको टोली उक्त इलाकातर्फ जाँदै…
न्यूयोर्कमा रहेको ‘मेट्रोपोलिटेन म्यूजियम अफ आर्ट्स् कस्ट्युम इन्स्टिच्यूट’का लागि चन्दा संकलन गर्न ‘मेट गाला २०२३’ आयोजना गरिएको छ। सोमवार राति सम्पन्न गालामा विश्वका सेलिब्रेटीहरुले आफूलाई विभिन्न फेसनमा प्रस्तुत गरेका थिए। यसपटकको मेटागाला जर्मनीका लिजेन्ड फेसन डिजाइनर कार्ल लेगरफेल्डप्रति समर्पित थियो। यस वर्षको मेट गालाको थिम ‘कार्ल लेगरफेल्ड : अ लाइन अफ ब्युटी’ रहेको थियो। संसारकै ठूलो फेसन कार्यक्रममध्यको मेट गालामा सेलिब्रेटीहरुले नयाँ…
काठमाडौं : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले खेलाडीहरूको योगदानप्रति उच्च सम्मान गर्दै सरकारको तर्फबाट थप प्रोत्साहन र पुरस्कृत गर्ने प्रतिवद्धता व्यक्त गरेका छन्। एसीसी प्रिमियर कप क्रिकेट प्रतियोगिताको उपाधि विजेता नेपाली खेलाडीलाई बधाई दिँदै प्रधानमन्त्री प्रचण्डले यस्तो बताएका हुन्। ‘एसीसी प्रिमियर कप जित्न सफल भएकोमा नेपाली क्रिकेट टोलीलाई हार्दिक बधाइ ज्ञापन गर्दछु। देशको पहिचान र प्रतिष्ठा एवं नेपालीलाई उर्जा प्रदान गर्ने…
काठमाडौं : वीर अस्पतालमा कार्यरत एक स्टाफ नर्स अनुमा श्रेष्ठ मृत भेटिएको प्रकरणमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ। प्रहरीले डाक्टर सुजन ढकाललाई नियन्त्रणमा लिएको हो। ढकालविरुद्ध मृतकका परिवारले किटानी जाहेरी दिएपछि उनलाई नियन्त्रणमा लिएको हो। काठमाडौं महानगरपालिका वडा नम्बर १६ बोहोराटारस्थित एक घरमा झुन्डिएको अवस्थामा उनी फेला परेकी थिइन्। शनिवार श्रेष्ठ झुन्डिएको अवस्थामा भेटिएको जानकारी आएपछि प्रहरी टोली घरमा पुगेको थियो। उनी…
काठमाडौं : राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेका चालकको उपचारको क्रममा मृत्यु भएको छ। बैशाख ४ गते सिन्धुपाल्चोकको बाह्रबिसे घर भएका सभापति लामिछानेका गाडी चालक ३९ वर्षीय शम्भु भन्ने दिलबहादुर थापा घरको छतबाट खसेर गम्भीर घाइते भएका थिए। बिहान ४ बजे छतबाट खसेका शम्भुको खुट्टा र टाउकोमा गम्भीर चोट लागेको थियो। पुरानो मेडिकल कलेज भरतपुरमा उपचार सम्भव नभएपछि उनलाई ललितपुरको मेडिसिटीमा ल्याइएको…
काठमाडौं : शम्भु थापाको निर्देशन रहेको फिल्म ‘हुक्का : एन एब्सर्ड ड्रिम’को ट्रेलर सार्वजनिक भएको छ। आगामी जेठ १२ गतेबाट प्रदर्शन हुने ट्रेलरले पारिवारिक कथावस्तुलाई समेटेको छ। हुक्काप्रतिको प्रेमबाट सुरु भएको झण्डै ३ मिनेट लामो ट्रेलरमा विभिन्न परिवारका फरक-फरक कथालाई देखाउन खोजिएको छ। अंशको विषयमा हुने घरझगडादेखि पाँचवर्षसम्म सन्तान नहुँदा महिलाले भोग्नुपर्ने पीडालाई ट्रेलरमा समेटिएको छ। फिल्मका प्रमुख कलाकार प्रमिला खनाल,…
काठमाडौं : बारा निर्वाचन क्षेत्र नं २ बाट निर्वाचित प्रतिनिधिसभा सदस्य उपेन्द्र यादवले पद तथा गोपनीयताको शपथ लिएका छन्। जनता समाजवादी पार्टीका अध्यक्षसमेत रहेका यादवलाई सभामुख देवराज घिमिरेले मंगलवार संसदको कानुन न्याय तथा मानवअधिकार समितिको कक्षमा शपथ गराएका हुन्। यादव यही वैशाख १० मा भएको प्रतिनिधिसभा सदस्यको उपनिर्वाचनमा निर्वाचित भएका हुन्। उपनिर्वाचनमा तनहुँ–१ र चितवन–२ बाट निर्वाचित र स्वर्णिम वाग्ले…
काठमाडौं : एसीसी प्रिमियर कपको फाइनल खेल सकिएसँगै कीर्तिपुरमा वर्षा सुरु भएको छ। सोमवारको खेलमा वर्षा बाधक बन्दा खेल रिजर्भ डे मा मंगलवार धकेलिएको थियो। तर मंगलवार खेल अवधिभर वर्षाले बाधा गरेन। खेल र पुरस्कार वितरणपछि पोस्टम्याच चलिरहँदा वर्षा सुरु भएको हो। फाइनल खेलमा नेपालले ब्याटिङमा गुलसन झा र बलिङमा ललित राजवंशीको सानदार प्रदर्शनको सहायतामा च्याम्पियन बन्दै एसिया कपमा स्थान…
काठमाडौं : चोरी गरेको अभियोगमा प्रहरीले एक युवकलाई पक्राउ गरेको छ। काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले रामेछाप सुनापति गाउँपालिका घर भएका ३२ वर्षीय राजकुमार मोक्तानलाई पक्राउ गरेको हो। गत पुस १२ गते मुस्ताङ वारागुङ गाउँपालिका वडा नम्बर १ स्थित छिरिङ खाजा घरको झ्यालबाट प्रवेश गरी ५ लाख रुपैयाँ चोरी गरी फरार भएका थिए। जिल्ला प्रहरी कार्यालय मुस्ताङले मोक्तानलाई पक्राउ गर्न पत्राचार गरेकाले…
काठमाडौं : मकवानपुरबाट प्रहरीले प्रतिवन्धित लागुऔषध गाँजासहित तीन जनालाई पक्राउ गरेको छ। थाहा नगरपालिका वडा नम्बर ७ स्थित आग्राबाट तीन जना पक्राउ परेका हुन्। पक्राउ पर्नेहरुमा थाहा नगरपालिका घर भएका ६७ वर्षीय इन्द्रबहादुर थिङ, ७६ भीमबहादुर थिङ र ३९ वर्षीय शिवराज थिङ रहेका छन्। घरभित्र स्टोर गरी राखेको २ सय २ किलो गाँजा प्रहरीले बरामद गरेको छ। इन्द्रबहादुरको घरबाट १ सय ७५…
प्रवीण रानाभाट/समर्थ रञ्जित- काठमाडौं : यूएईका अलराउण्डर रोहन मुस्तफा खेलबाहेक केही न केही गरेर चर्चामा आइरहन्छन्। सामाजिक सञ्जाल र दर्शकबिच पनि उनी त्यतिकै चर्चित छन्। कहिले भने विपक्षी खेलाडीसँग झगडा गर्न चम्किहाल्छन्। नेपाली खेलाडीकै कुरा गर्दा सन्दीप लामिछाने र कप्तान रोहित पौडेलसँग उनको घम्साघम्सी परिहाल्छ। सम्बन्धित समाचार : मैदानमा विपक्षीसँग भिडिहाल्छन् मुस्तफा, लामिछानेपछि पौडेलसँग लफडा : के भएको थियो मैदानमा?…
काठमाडौं : राष्ट्रपति रामचन्द्र पौडेलले भारतमा लागेको उपचार खर्च आफैले व्यहोर्ने भएका छन्। फोक्सोमा समस्या देखिएपछि राष्ट्रपति पौडेल भारतको एम्स अस्पतालमा उपचार गर्न पुगेका थिए। पौडेल उपचारपछि आइतवार राति स्वदेश फर्किसकेका छन्। राष्ट्रपतिको उपचारमा लाखौं खर्च राज्यकोषबाट हुने भन्दै आलोचना बढेपछि पौडेलले आफैले उपचार खर्च व्योहर्ने भएका हुन्। 'उपचारमा भएको खर्च राष्ट्रपतिज्यु स्वयंले बेहोर्न चाहेको कुरा जानकारीका लागि अवगत गराईन्छ,'…