PahiloPost

Jan 15, 2025 | २ माघ २०८१

  • अमेरिकामा एकैसाथ ठोक्किए ७० गाडी : ६ जनाको मृत्यु, ३५ घाइते

    अमेरिकामा एकैसाथ ठोक्किए ७० गाडी : ६ जनाको मृत्यु, ३५ घाइते

    अमेरिकाको इलोनोइस राज्यमा एकै साथ ७२ सवारी साधन ठोक्किएको छ। गाडी र कार एकमाथि अर्कोमा चढेपछि भएको घटनामा परी कम्तीमा ६ जनाको ज्यान गएको छ। धुलोसहितको तुफानी हावाका कारण सोमवार यस्तो भएको इलोनोइसका अधिकारीहरुले जनाएका छन्। इन्टेरस्टेट हाइवेमा बिहान ११ बजेतिर भएको उक्त घटनामा ४० कारसहित कमर्सियल गाडीहरु एकापसमा ठोक्किएका थिए। घटनामा परी ३७ जना घाइते भएका छन्। घाइते भएकाहरु…

    विस्तृतमा पढ्नुस्

  • यूएईलाई पराजित गर्दै एसिया कपमा पुग्यो नेपाल, अबको प्रतिस्पर्धी भारत र पाकिस्तान

    यूएईलाई पराजित गर्दै एसिया कपमा पुग्यो नेपाल, अबको प्रतिस्पर्धी भारत र पाकिस्तान

    काठमाडौं : कीर्तिपुरमा भएको एसीसी प्रिमियर कपको फाइनल खेलमा नेपालले यूएईलाई पराजित गरेको छ। कीर्तिपुरस्थित टियू मैदानमा भएको खेलमा यूएईले नेपाललाई ११८ रनको लक्ष्य दिएको छ। नेपालले ३ विकेटको क्षतिमा ३०.३ ओभरमा ११८ रन बनाउँदै विजयी भएको हो। गुलसन झा र भिम सार्कीबिचको पार्टनरसिपले नेपाललाई एसिया कपमा पुर्‍याएको हो। गुलसनले ८४ बलमा ६७ रन बनाएर भने भीमले ७२ रनमा ३६ रन बनाएका थिए।…

    विस्तृतमा पढ्नुस्

  • धार्केमा भासिएर अवरुद्ध बनेको सडकको एक लेन खुल्यो

    धार्केमा भासिएर अवरुद्ध बनेको सडकको एक लेन खुल्यो

    काठमाडौं : धादिङ धुनीबेँसी नगरपालिका वडा नं ६ स्थित गणेश खोलामा सोमबार गएको पहिरो पन्छाए एक लेनबाट सवारी आवतजावत सुरु भएको छ। यतिबेला सवारी साधन एक लेनमा आलोपालो चल्न सुरू गरेको प्रहरीले जानकारी दिएको छ। भासिएको पुलमा जालिभित्र ग्याविन भरी ग्राबेल गरेर ए लेनमा सवारी साधनलाई आलोपालो चलाउन थालिएको इलाका प्रहरी कार्यालय खानिखोलाले जनाएको छ। अहिले पनि २ ओटा स्काइभेटर, एउटा…

    विस्तृतमा पढ्नुस्

  • सीमामा सशस्त्रको उपस्थिति बलियो बनाइदैं, २१ स्थानमा बिओपी स्थापना

    सीमामा सशस्त्रको उपस्थिति बलियो बनाइदैं, २१ स्थानमा बिओपी स्थापना

    काठमाडौं : सरकारले उच्च प्राथमिकता दिएर सीमा क्षेत्रमा सशस्त्रको उपस्थिति बढाउँदै लगेको छ। पछिल्ला दिनमा मात्र २१ स्थानमा सीमा निगरानी चौकी (बिओपी) स्थापना भइसकेका छ। झापा, बारा, दाङ,बर्दिया, दार्चुला लगायतका जिल्लामा थप बिओपी स्थापना गरिएको हो। अहिलेसम्म देशभर २ सय २८ स्थानमा चौकी स्थापना भइसकेका सशस्त्र प्रहरीले जानकारी दिएको छ। त्यस्तै अन्य जिल्लाहरुमा पनि बिओपी स्थापना गर्ने योजना रहेको प्रहरीले…

    विस्तृतमा पढ्नुस्

  • क्लिनिकबाट भागेका थुनुवा एक महिनापछि पक्राउ

    क्लिनिकबाट भागेका थुनुवा एक महिनापछि पक्राउ

    काठमाडौं : उपचारका क्रममा क्लिनिक लगेको बेला भागेको थुनुवालाई करिब एक महिनापछि प्रहरीले फेला पारेको छ। महोत्तरी कारागारका थुनुवा कृष्णकुमार यादव गत चैत २४ गते बिरामी भई उपचारका लागि जनकपुर लगिएका बेला चिकित्सकको क्लिनिकबाटै भागेका थिए। सोमबार जलेश्वर नगरपालिका-३ स्थित भारतीय सीमावर्ती बस्ती मलिबारामा हिँडडुल गरिरहेका बेला यादवलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रहरी उपरीक्षक प्रकाश मल्लले जानकारी दिए।…

    विस्तृतमा पढ्नुस्

  • धार्केमा भासिएर अवरुद्ध बनेको सडक खुलाउन अझै केही घन्टा लाग्ने, काठमाडौं आउन कुन बाटो प्रयोग गर्ने?

    धार्केमा भासिएर अवरुद्ध बनेको सडक खुलाउन अझै केही घन्टा लाग्ने, काठमाडौं आउन कुन बाटो प्रयोग गर्ने?

    काठमाडौं : पृथ्वी राजमार्गको धार्केमा पुलको छेउमा जमिन भासिएर अवरुद्ध बनेको सडक खुलाउन अझै केही घन्टा लाग्ने भएको छ। भासिएको ठाउँमा ‘ग्यावियन’ जाली भर्ने काम भइरहेको छ। यसका लागि नेपाल प्रहरी, नेपाली सेना र स्थानीयले काम जारी राखेका छन्। सोमबार दिउँसोदेखि अवरुद्ध  बाटो तत्काल खुलाउन सकिने अवस्था छैन। काम भइरहेकाले कम्तीमा चार-पाँच घन्टा लाग्ने जिल्ला प्रहरी कार्यालय धादिङका प्रहरी नायब…

    विस्तृतमा पढ्नुस्

  • यस्तो रह्यो यूएईको हिजो र आजको इन्निङ्स, ब्याटिङ गर्दै नेपाल

    यस्तो रह्यो यूएईको हिजो र आजको इन्निङ्स, ब्याटिङ गर्दै नेपाल

    काठमाडौं : एसिया कप पुग्न यूएईले नेपालसामू ११८ रनको लक्ष्य प्रस्तुत गरेको छ। कीर्तिपुरमा जारी एसीसी प्रिमियर कपको फाइनल खेलमा यूएईले ३३.१ ओभरमा सबै विकेट गुमाउँदै ११७ रन बनाएको हो। सोमवारको वर्षाले खेल बिथोल्दा सम्म २७.३ ओभरमा ९ विकेट गुमाएर १०६ रन बनाएको थियो। तर, त्यतिकैमा वर्ष सुरु भएपछि बाँकी खेल मंगलवारका लागि सरेको थियो। मंगलवार यूएईको अन्तिम विकेटका लागि…

    विस्तृतमा पढ्नुस्

  • ललितको बलिङ, कुशलको क्याच : यूएईले नेपाललाई दियो ११८ रनको लक्ष्य

    ललितको बलिङ, कुशलको क्याच : यूएईले नेपाललाई दियो ११८ रनको लक्ष्य

    काठमाडौं : एसीसी प्रिमियर कपको फाइनल खेलमा अहिले नेपाल र यूएई खेलिरहेको छ। कीर्तिपुरस्थित टियू मैदानमा भएको खेलमा यूएईले नेपाललाई ११८ रनको लक्ष्य दिएको छ। हिजो वर्षाका कारण रोकिएको नेपाल र यूएईबिच भएको फाइनल खेल आज पुन: भएको हो। हिजो वर्षा बाधक बन्दा खेल आज ‘रिजर्भ डे’लाई सारिएको थियो। यूएईले  हिजो २७.३ ओभरमा ९ विकेट गुमाएर १०६ रन बनाएको थियो। आज…

    विस्तृतमा पढ्नुस्

  • सुरु भयो नेपाल र यूएईबिचको खेल

    सुरु भयो नेपाल र यूएईबिचको खेल

     काठमाडौं : एसीसी प्रिमियर कप अन्तर्गत हिजो रोकिएको नेपाल र यूएईबिच भएको फाइनल खेल आज सुरु भएको छ। हिजो वर्षा बाधक बन्दा खेल आज ‘रिजर्भ डे’लाई सारिएको थियो। यूएईले  हिजो २७.३ ओभरमा ९ विकेट गुमाएर १०६ रन बनाएको थियो। आज यूएईले यही स्कोरबाट खेल सुरु गरेको हो। यूएईको ब्याटिङमा कार्तिक मियप्पन र जुनैद सिद्दिकी छन्।

    विस्तृतमा पढ्नुस्

  • राजवंशीको 'ह्याट्रिक बल'बाट सुरु हुनेछ प्रिमियर कपको फाइनल

    राजवंशीको 'ह्याट्रिक बल'बाट सुरु हुनेछ प्रिमियर कपको फाइनल

    काठमाडौं : पूर्वानुमान गरेजस्तै सोमबार प्रिमियर कपको फाइनलका दिन बिहानैबाट मौसम धुम्म रह्यो। खेल सुरु हुँदै गर्दै कीर्तिपुरमा पानी छिट्याउँदै रहँदै गरेको अवस्था थियो। यूएईले १७ औँ ओभरमा ५ विकेट गुमाएर ६० रन बनाएर खेलिरहँदा वर्षाले पहिलो पटक खेलमा बाधा पुर्‍यायो। तर, केही बेरमा फेरि खेल सुरु भयो। २८ औँ ओभर चलिरहँदा मौसम अझ खराब बन्दै गयो। त्यो ओभर बलिङ…

    विस्तृतमा पढ्नुस्

  • प्रविधिको सुरक्षित प्रयोगका लागि नागरिक र सरकार सजग हुन आवश्यक छ : मन्त्री शर्मा

    प्रविधिको सुरक्षित प्रयोगका लागि नागरिक र सरकार सजग हुन आवश्यक छ : मन्त्री शर्मा

    काठमाडौं : सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले सूचना प्रविधिको प्रयोगबाट आम नागरिकको जीवनमा गुणात्मक परिवर्तन आइरहेको बताएकी छिन्। छैटौँ राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवसका अवसरमा आज शुभकामना दिँदै उनले राज्यले नागरिकलाई उपलब्ध गराउने सेवा सूचना प्रविधिमैत्री हुँदै गइरहेका बताएकी हुन्। सञ्चार तथा सूचना प्रविधि प्रयोगको विस्तार तीव्रगतिमा भइरहेको उल्लेख गर्दै उनले सूचना प्रविधि अब मनोरञ्जनको साधनमात्र नभई अत्यावश्यकीय…

    विस्तृतमा पढ्नुस्

  • राष्ट्रिय साइबर सुरक्षा केन्द्र स्थापना गर्न अध्ययन भइरहेको छ: प्रधानमन्त्री प्रचण्ड

    राष्ट्रिय साइबर सुरक्षा केन्द्र स्थापना गर्न अध्ययन भइरहेको छ: प्रधानमन्त्री प्रचण्ड

    काठमाडौं : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सञ्चार तथा सूचना प्रविधिको विकास, विस्तार र प्रयोगबाट नै नागरिकको जीवनस्तर उकासी मुलुकलाई समृद्ध बनाउन सकिन्छ भन्नेमा सरकार विश्वस्त रहेको बताएका छन्। छैटौँ राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवसका अवसरमा आज शुभकामना दिँदै उनले यसको विकास, विस्तार र सुरक्षित प्रयोगलाई सुनिश्चित गर्न आवश्यक पर्ने नीति, ऐन, नियमावलीलगायतका कानुनी व्यवस्थाका लागि सरकारी प्रतिबद्ध रहेको बताएका…

    विस्तृतमा पढ्नुस्

  • धादिङमा पहिरोले अवरुद्ध सडक खुलाउन सेना सक्रिय

    धादिङमा पहिरोले अवरुद्ध सडक खुलाउन सेना सक्रिय

    काठमाडौं : धादिङ धुनीबेँसी नगरपालिका वडा नं ६ स्थित गणेश खोलामा सोमबार गएको पहिरो पन्छाउन नेपाली सेना परिचालन भएको छ। उक्त स्थानमा आएको पहिरोका कारण सोमबार अपराह्नदेखि पृथ्वीराजमार्ग अवरुद्ध भएपछि सडक खुलाउन तत्कालै सेना परिचालित भएको हो। उक्त स्थानमा परिचालित सेनाको इञ्जीनियर्स टोलीले उक्त स्थानमा तत्कालै एक्रोब्रिज जडान गरिहाल्नुपर्ने अवस्था नभएको जानकारी गराएको छ। सडक विभागका कर्मचारी तथा धादिङस्थित गणबाट…

    विस्तृतमा पढ्नुस्

  • लुम्बिनीका मुख्यमन्त्री चौधरीले आज विश्वासको मत लिने

    लुम्बिनीका मुख्यमन्त्री चौधरीले आज विश्वासको मत लिने

    बुटवल : लुम्बिनी प्रदेशका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले आज विश्वासको मत लिने भएका छन्। चौधरी बैशाख १४ गते मुख्यमन्त्रीमा नियुक्त भएका थिए। मंगलबार बिहान ११ बजे बस्ने लुम्बिनी प्रदेशसभाको पहिलो अधिवेशनको दशौं बैठकमा मुख्यमन्त्री चौधरीले विश्वासको मत लिने प्रदेशसभा सचिव दुर्लभकुमार पुन मगरले जानकारी दिए। प्रदेशसभाका आठ दलका ५२ र एकजना स्वतन्त्र सांसदको समर्थनमा चौधरी मुख्यमन्त्रीमा नियुक्त भएका थिए। संविधानको धारा…

    विस्तृतमा पढ्नुस्

  • लखनउलाई हराएर बेङ्ग्लोर पाँचौँ स्थानमा

    लखनउलाई हराएर बेङ्ग्लोर पाँचौँ स्थानमा

    इण्डियन प्रिमियर लिग (आईपीएल)अन्तर्गत गएराति सम्पन्न खेलमा लखनउ सुपर जायन्टलाई रोयल च्यालेन्जर्स बेङ्ग्लोरले हराएको छ। लखनउस्थित अटलबिहारी बाजपेयी स्टेडियममा सम्पन्न खेलमा बेङ्ग्लोरले घरेलु टोलीमाथि १८ रनको जित निकालको हो। टस जितेर ब्याटिङमा उत्रिएको बेङ्ग्लोरले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर १२६ रन बनाएको थियो। जवाफी ब्याटिङमा उत्रिएको लखनउ १०८ रनमा समेटियो। सुरुवाती ब्याटिङमा उत्रिएको बेङ्ग्लोरले ६२ रनको ओपनिङ साझेदारी गरे…

    विस्तृतमा पढ्नुस्

  • देशभर बिहानैदेखि बदली, आज पनि दिनभर वर्षाको सम्भावना

    देशभर बिहानैदेखि बदली, आज पनि दिनभर वर्षाको सम्भावना

    काठमाडौं : आज बिहान देशका अधिकांश स्थानमा बदली रहेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशभर आँशिक देखि सामान्य बदली रहेको छ। बिहान सुदूरपश्चिम प्रदेशका थोरै स्थान र अन्य पहाडी पहाडी भू-भागका एक दुई स्थानमा हल्का वर्षा भइरहेको छ। आज दिउँसो कोशी प्रदेश, वाग्मती प्रदेश, गण्डकी प्रदेश, कर्णाली प्रदेश र सुदूपश्चिम प्रदेशमा सामान्य बदली रही बाँकी प्रदेशहरूमा आंशिक देखि सामान्य…

    विस्तृतमा पढ्नुस्

  • ९ विकेट गुमाइसकेको यूएईले आज हिजोकै स्कोरबाट खेल सुरु गर्ने, नेपाल बलियो स्थितिमा

    ९ विकेट गुमाइसकेको यूएईले आज हिजोकै स्कोरबाट खेल सुरु गर्ने, नेपाल बलियो स्थितिमा

    काठमाडौं: एसीसी प्रिमियर कप अन्तर्गत हिजो नेपाल र यूएईबिच भएको फाइनल खेलमा वर्षा बाधक बन्यो। टस जितेर फिल्डिङ रोजेको नेपाली टोलीले राम्रो सुरुवात पनि गरेको थियो। वर्षाका कारण पटकपटक खेल रोकिँदा खेल आज 'रिजर्भ डे'मा सारिएको हो।  खेल स्थगित हुने बेला यूएईले २७.३ ओभरमा ९ विकेट गुमाएर १०६ रन बनाएको थियो। आज यूएईले यही स्कोरबाट खेल सुरु गर्नेछन्। यूएईको ब्याटिङमा कार्तिक मियप्पन र जुनैद सिद्दिकी छन्।…

    विस्तृतमा पढ्नुस्

  • कांग्रेसले अब कुनै दलसँग तालमेल नगर्ने गगनको दाबी : राष्ट्रपतिले उपचार खर्च आफ्नो खल्तीबाट व्यहोर्नुपर्छ

    कांग्रेसले अब कुनै दलसँग तालमेल नगर्ने गगनको दाबी : राष्ट्रपतिले उपचार खर्च आफ्नो खल्तीबाट व्यहोर्नुपर्छ

    काठमाडौं: नेपाली कांग्रेसका महामन्त्री गगन थापाले अबको निर्वाचनमा कुनै दलसँग गठबन्धन गर्न नहुने बताएका छन्। महामन्त्री थापाले यसअघि अर्को चुनाव चिह्नमा मत हाल्न लगाएर गल्ती गरेको उल्लेख गर्दै अब यस्तो तालमेल नहुने बताएका हुन्। 'नेपाली कांग्रेसले जीवनमा कहिले पनि वडा देखिमाथि बरु हारे हारिन्छ। २० वर्ष हारे पानि हरिन्छ। तर कुनै पनि दलसँग नेपाल सबै दल मिलेर एउटै भए पनि…

    विस्तृतमा पढ्नुस्

  • रास्वपाले गठन गर्‍यो ३७ केन्द्रीय विभागः केहीलाई दोहोरो जिम्मेवारी, कसलाई कुन?

    रास्वपाले गठन गर्‍यो ३७ केन्द्रीय विभागः केहीलाई दोहोरो जिम्मेवारी, कसलाई कुन?

    काठमाडौंः राष्ट्रिय स्वतन्त्र पार्टीले ३७ केन्द्रीय विभाग गठन गरेको छ। केन्द्रीय सदस्य र सांसदहरुलाई विभाग नेतृत्वको जिम्मेवारी दिइएको छ। कतिपयलाई दोहोरो जिम्मेवारी समेत तोकिएको छ।  सोमबारको केन्द्रीय समिति बैठकले विभाग गठन गरेको हो।  निर्णय अनुसार नीति तथा विचार तथा प्रशिक्षण विभागको जिम्मेवारी महामन्त्री मुकुृल ढकाललाई दिइएको छ। यस्तै, संगठन विभागमा कवीन्द्र बुर्लाकोटी, अभियान तथा प्रचारप्रसारको जिम्मेवारी विपीन आचार्यलाई तोकिएको छ।  अन्तर्राष्ट्रिय…

    विस्तृतमा पढ्नुस्

  • २०२ किलो गाँजासहित समातिए वडाध्यक्ष थिङ

    २०२ किलो गाँजासहित समातिए वडाध्यक्ष थिङ

    हेटौंडाः मकवानपुर थाहा नगरपालिका ७ का वडाध्यक्ष शिवराज थिङसहित ३ जनालाई प्रहरीले पक्राउ गरेको छ। उनीहरुको घरबाट प्रहरीले २०२ केजी लागूऔषध गाजासहित पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायब उपरीक्षक टेकबहादुर कार्कीले बताए। पक्राउ पर्नेमा वडाध्यक्ष थिङसहित भीमलाल थिङ र इन्द्र बहादुर थिङ रहेका छन्। उनीहरुलाई इलाका प्रहरी कार्यालय पालुङ राखिएको प्रहरीले जनाएको छ।

    विस्तृतमा पढ्नुस्


@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell