काठमाडौं : निश्चल बस्नेतको निर्देशनमा फिल्म ‘दिमाग खराब’ बन्ने भएको छ। बस्नेतले फेसबुकमा एक पोस्टर सेयर गर्दैँ फिल्मको औपचारिक घोषणा गरेका हुन्। फिल्ममा दयाहाङ राई, खगेन्द्र लामिछाने, स्वस्तिमा खड्का, अर्पण थापा र विजय बरालको मुख्य भूमिका रहनेछ। आकाश बरालको पटकथा रहेको फिल्म आगामी कात्तिक २४ गते प्रदर्शन हुनेछ। रौनक बिक्रम कडेल फिल्मका निर्माता रहेको फिल्मलाई सुसन प्रजापतिले खिच्नेछन्।
हेटौंडा : थाहा नगरपालिका वडा नम्बर–७ का वडा अध्यक्ष शिवराज गाँजासहित पक्राउ परेका छन्। थिङसहित ३ जना पक्राउ परेका हुन्। २०२ केजी गाँजासहित उनीहरुलाई घरबाट प्रहरीले पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायब उपरिक्षक टेकबहादुर कार्कीले जानकारी दिए। पक्राउ पर्नेमा वडा अध्यक्ष थिङ, भीमलाल थिङ र इन्द्र बहादुर थिङ रहेको कार्कीले बताए। लागू औषध नियन्त्रण व्यूरो कोटेश्वरबाट खटिएको प्रहरी टोली र जिल्ला…
काठमाडौं : राप्रपा नेपालका अध्यक्ष कमल थापाले संघीयताको नाममा थोपरिएको प्रदेश संरचना नेपाललाई घाँडो भएको बताएका छन्। १३४औं अन्तराष्ट्रिय श्रमिक दिवसको अवसरमा राप्रपा नेपाल निकट श्रमिक संगठन ट्रेड युनियन महासंघ नेपाल (टुकोन)द्वारा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष थापाले अर्थतन्त्र समाप्त पार्ने कीटाणुको रुपमा रहेको प्रदेश संरचना खारेज गरेर केन्द्रीय सरकार र स्थानीय तहमा अधिकारसम्पन्न सरकारको अवधारणामा बहस र छलफल थाल्न…
काठमाडौं : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले संसदीय दलको सचेतकमा निशा डाँगीलाई चयन गरेको छ। सोमवार बसेको संसदीय दलको बैठकले उनलाई सचेतक चयन गरेको सांसद गणेश पराजुलीले जानकारी दिए। संसदीय दलको नेतामा भने पार्टी सभापति रवि लामिछानेलाई चयन गर्ने निर्णय पनि उक्त बैठकले गरेको पराजुलीले जानकारी दिए। रास्वपाले सरकारमा सहभागी हुने/नहुनेबारे आउने शुक्रवारको केन्द्रीय कमिटी र संसदीय दलको संयुक्त बैठकबाट निर्णय…
काठमाडौं : सरकार र राष्ट्रिय आविष्कार केन्द्रका अध्यक्ष महावीर पुनबिच ७ बुँदे सहमति भएको छ। सोमवार उप-प्रधानमन्त्री तथा रक्षामन्त्री पूर्णबहादुर खड्का र पुनबिच सहमति पत्रमा हस्ताक्षर भएको हो। पुनले विभिन्न ११ बुँदे माग राखेर माइतीघरमा शुक्रवारदेखि धर्ना सुरु गरेका थिए। यस्ता छन् पुनका माग - महावीर पुन र सरकारबिच सहमतिको प्रयास ७ बुँदे सहमति अनुसन्धानका लागि कोष स्थापना गर्ने सहमतिमा…
चर्चित नेपाली ब्यान्ड मंगोलियन हार्टको अष्ट्रेलिया टुर सम्पन्न भएको छ। १० अप्रिलमा मेल्बर्नबाट सुरु भएको अष्ट्रेलियाको सांगीतिक यात्रा आइतबार एडलेडमा पुगेर टुंगिएको हो। ब्यान्डले ब्रिस्बेन, सिड्नी, केन्बेरा, डार्विन, पर्थ, होबर्ट हुँदै ३० तारिखमा एडलेडमा पुगेर आफ्नो अन्तिम प्रस्तुति दिएको हो। १० वर्षपछि मंगोलियन हार्ट अष्ट्रेलियाको टुरमा निस्किएको हो। त्यसकारण 'कन्सर्ट' भएका हरेक शहरमा मंगोलियन हार्टलाई हेर्न र सुन्न दर्शकको ठूलो…
काठमाडौं : नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले बदलिँदो परिस्थितिमा जनचहाना अनुरुपको वैचारिक पार्टी संगठन बनाउन नसके कांग्रेसका लागि आगामी दिन झन मुस्किल पर्ने बताएका छन्। नेपाल ट्रेड युनियन दोलखाको नवनिर्वाचित कार्यसमितलाई बधाई तथा प्रमाणपत्र वितरण कार्यक्रमलाई सम्बोधन गर्दै नेता सिंहले उक्त भनाई राखेका हुन्। कांग्रेसको इतिहास राम्रो भएको उल्लेख गर्दै सिंहले जनतालाई साथ दिन सक्ने नै नेता बन्न सक्ने…
काठमाडौं : प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले भ्रष्टाचारका घटना छानबिनका लागि उच्चस्तरीय आयोग गठन हुने बताएका छन्। सोमबार आयोजित अखिल नेपाल ट्रेड युनियन महासंघको आठौँ राष्ट्रिय महाधिवेशनमा प्रचण्डले २०४६ पछिका भ्रष्टाचारको छानविन हुने बताए। 'हामीले पार्टीको घोषणापत्रमा नै प्रतिबद्धता व्यक्त गरेका छौं कि २०४६ सालपछि भएका सबै भ्रष्टाचारको छानविन गरिनेछ। हामी आयोग बनाउने तयारीमै छौँ,' प्रचण्डले भने। सरकारका तीन प्राथमिकता सामाजिक न्याय, सुशासन…
काठमाडौँ: एसीसी प्रिमियर कप अन्तर्गत फाइनल खेलमा वर्षा बाधक बनेको छ। नेपालले टस जितेर फिल्डिङ रोजेको नेपालले राम्रो सुरुवात गरे पनि वर्षा सुरु हुँदा खेल प्रभावित बनेको हो। बीचमा फेरि खेल चले पनि २७.३ ओभरमा फेरि वर्षा सुरु भयो। त्यसयता वर्षा नरोकिएपछि खेल आजलाई स्थगित भएको छ। आजकै अवस्थामा अर्थात यूएईले ब्याटीङ गरेर २७.३ ओभरमा ९ विकेट गुमाएर १०६ रन…
काठमाडौं : अमेरिकी नागरिक रहँदा पनि नेपाली पासपोर्ट प्रयोग गरेको भन्दै आफ्नोविरुद्ध परेको उजुरीमा राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रवि लामिछानेले आफ्नो बयान पेश गरेका छन्। उपनिर्वाचनमा उम्मेदवारको मनोनयनकै दिन लामिछानेविरुद्ध राहदानी दुरुपयोग आरोपमा युवराज पौडेल(सफल)ले उजुरी दिएका थिए। उक्त उजुरीपछि सर्वोच्च अदालतमा लामिछानेले आफ्नोतर्फबाट बयान पेश गरेका हुन्। लामिछानेले उक्त रिटमा गरिएको दाबी झुटो भएकोसमेत तर्क गर्दै खारेजीको मागसमेत गरेका…
काठमाडौं : प्रहरीको फरार सूचीमा रहेका नेकपा एमालेका सांसद लक्ष्मी महतो कोइरीबारे प्रहरी प्रधान कार्यालयले संघीय संसद सचिवालयलाई जानकारी गराएको छ। आइतवार नै संसद सचिवालयलाई प्रहरीले कोइरी फरार सूचीमा रहेकोबारे जानकारी गराएको हो। शुक्रवारको प्रतिनिधि सभाको बैठकमा सभामुख देवराज घिमिरेले कोइरी बिरामी भएको भन्दै बिदाको प्रस्ताव गरेका थिए। तर, सत्तारुढ दलका सांसदले आपत्ति जनाएपछि उनी फरार सूचीमा रहेकोबारे नयाँ नियमावली बनेपछि…
काठमाडौं : नेपाली कांग्रेसको केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानको कार्यकारी निर्देशकको पदमा डा. सुरेश आचार्य नियुक्त भएका छन्। कांग्रेस उपसभापति पूर्णबहादुर खड्काले डा आचार्यलाई सोमवार उक्त पदमा नियुक्त गरेको कांग्रेसले जनायो। 'नेपाली कांग्रेसका उपसभापति एवं केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानका प्रमुख श्री पूर्णबहादुर खड्काले नेपाली कांग्रेसको विधान, २०१७ (संशोधन सहित) को धारा ३६ तथा नेपाली कांग्रेसको नियमावली, २०७६…
काठमाडौं : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को बैठक सरकारमा सहभागी हुने या नहुने भन्नेबारे अनिर्णित भएको छ। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले रास्वपालाई सरकारमा सहभागी गराउन गृहकार्य गरिरहेका बेलामा रास्वपाले निर्णय लिन नसकेको हो। वैशाख १० मा सम्पन्न उप निर्वाचनमा रास्वपाका सभापति रवि लामिछाने र अर्थविद डा स्वर्णिम वाग्ले चितवन-२ तथा तनहुँ-१ बाट निर्वाचित भएका थिए। मंसिर ४ मा चितवन-२ मै चुनाव जितेका लामिछानेको…
काठमाडौं : नेपाल सरकारले सुडानमा भइरहेको जटिल सुरक्षा अवस्थामा त्यहाँ रहेका नेपाली नागरिकको सुरक्षा र उद्धारका लागि निरन्तर अधिकतम प्रयास गरिरहेको जनाएको छ। सुडानमा रहेका नेपाली नागरिकसँग निरन्तर सम्पर्कमा रही कायरोस्थित नेपाली राजदूतावासले विवरण अद्यावधिक तथा उद्धार कार्य जारी राखेको परराष्ट्र मन्त्रालयले आज जनाएको छ। मन्त्रालयका अनुसार संयुक्त राष्ट्रसङ्घीय शान्ति मिसनमा कार्यरत नेपाली अधिकारीबाहेक हालसम्म अन्य ३० जना नेपाली नागरिक…
काठमाडौं: बहुपति प्रथामा आधारित डकुमेन्ट्री ‘सहायक श्रीमान’ (को-हजबेन्ड) ले एकसाथ दुईवटा अन्तर्राष्ट्रिय अवार्ड जितेको छ। उक्त डकुमेन्ट्रीले जापान र क्यानडामा एकैसाथ अवार्ड जितेको निर्देशक गणेश पाण्डेले बताए। जापानको पाँचौ मेहोदा इन्टरनेशनल युथ भुचुअल मिडिया फेस्टिभलमा डकुमेन्ट्रीले अवार्डसहित एक हजार अमेरिकी डलर नगदको ब्रोन्ज अवार्डसहित एक लाख डलर बराबरको फिल्म फन्डिङ प्राप्त गरेका छन्। यसैगरी, क्यानडाको गेटवे फिल्म फेस्टिभलमा पनि को-हजबेण्ड उत्कृष्ट डकुमेन्ट्री घोषित…
पूर्णप्रसाद मिश्र- काठमाडौं : जोरपाटी-गोकर्ण-सुन्दरीजल सडक विस्तार गरिएको आठ वर्ष वितिसक्दा पनि पूरा नहुँदा खाल्डाखुल्डीले सवारी सञ्चालनमा समस्या पर्दै आएको छ। खाल्डाखुल्डीमा बनेको पोखरीले यात्रु एवं स्थानीयवासीले दुःख पाएको गोकर्णेश्वर नगरपालिकाका प्रवक्ता नारायण बहादुर सुवेदीले बताए। सङ्घीय सरकारले ठेक्का आह्वान गरेको योजनामा निर्माण व्यवसायीले स्थानीय सरकारलाई नटेर्दा जीर्ण सडकमा समस्या हुने गरको उनको भनाइ थियो। अस्पतालजस्तो संवेदनशील स्थानअघिको सडकलाई ग्राभेल…
काठमाडौं : नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकार औचित्यहीन भएको बताएका छन्। श्रमिक दिवसका अवसरमा आयोजित कार्यक्रममा ओलीले केहि गर्न नसक्ने भएकाले सरकरमा बसिरहनुको काम नभएको बताएका हुन्। 'अहिलेको सरकार सरकारमा किन बसिरहेको छ अचम्म लाग्दो छ। केहि पनि गर्न नसक्ने सरकार,' ओलीले भने। ओलीले सिंहदरबारको फोहोर काठमाडौं महानगरका प्रमुख बालेन्द्र शाहले नउठाउने आदेश दिएको बारे पनि…
काठमाडौं : सशस्त्र प्रहरी बलले सादा पोसाकमा प्रहरी परिचालन नगर्न मातहतका कार्यालयहरूलाई परिपत्र गरेको छ। सशस्त्र प्रहरी मुख्यालय हलचोकले सादा पोसाकमा प्रहरी परिचालन गर्दा विभिन्न समस्याहरू देखिएकाले सादा पोसाकमा प्रहरी परिचालन नगर्न निर्देशन दिएको हो। ‘सादा पोसाकका प्रहरीका विषयमा विभिन्न गुनासोहरू आएकाले अहिलेलाई सादा पोसाकका प्रहरी परिचालन नगर्न भनिएको हो,’ सशस्त्र प्रहरी बलका प्रमुख महानिरीक्षक राजु अर्यालले भने। कुनै पनि अपरेसन गर्नु…
काठमाडौं : सिन्धुपाल्चोकको व्यापारिक तातोपानी नाका सोमवारदेखि दुईतर्फी सञ्चालनमा आएको छ। पूर्ण रुपमा सञ्चालनमा ल्याउने तयारी स्वरुप आजदेखि दुइतर्फि आयात निर्यात सुरु भएको तातोपानी भन्सार कार्यालयका प्रमुख दयानन्द केसीले बताए। सोमवार बिहान नेपालबाट तीन ट्रक मुडा र म्याट्रेस चीनतर्फ निर्यात भएको छ। यसअघि चीनबाट सामग्री ल्याउन एकतर्फी सञ्चालमा रहेको तातोपानी नाका पहिले जस्तै नेपालबाट पनि सामग्री लैजान थालिएको हो। दुईतर्फी…
काठमाडौं : एसीसी प्रिमियर कप अन्तर्गत फाइनल खेलमा फेरि वर्षा बाधक बनेको छ। टस जितेर फिल्डिङ रोजेको नेपालले राम्रो सुरुवात गरे पनि वर्षा सुरु हुँदा खेल प्रभावित बनेको थियो। बिचमा फेरि खेल चले पनि २७.३ ओभरमा वर्षा सुरु भयो। वर्षा हुँदा स्कोरबोर्डमा यूएईको ९ विकेट गुमाएर १०६ रन छ। कीर्तिपुरस्थित टीयू क्रिकेट मैदानमा टस हारेर ब्याटिङमा उत्रिएको यूएईले १७ औँ…