PahiloPost

Jan 15, 2025 | २ माघ २०८१

  • रैथाने ज्ञान र सीपको महत्व झनै बढेको छ : मन्त्री किराती

    रैथाने ज्ञान र सीपको महत्व झनै बढेको छ : मन्त्री किराती

    काठमाडौं : संस्कृति पर्यटन तथा नागरिक उड्ययनमन्त्री सुदन किरातीले रैथाने ज्ञान र सीपको महत्व अहिलेको समयमा झनै बढेको बताएका छन्। नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानको १४ औं प्राज्ञ सभाको शनिबार उद्घाटन गर्दै किरातीले मान्छेबाट मान्छेमा सर्ने उक्त ज्ञानलाई संरक्षण गर्दै प्राज्ञिक क्षेत्रमा समेत अघि बढ्ने उद्देश्य राखेर नै सरकारले रैथाने विश्वविद्यालयको अवधारणा अघि ल्याएको बताए।  ‘समाजमा रहेको मूल्यमान्यताको संरक्षण गर्न रैथाने…

    विस्तृतमा पढ्नुस्

  • प्रजातन्त्रवादी प्राध्यापक संघको महाधिवेशन जेठमा

    प्रजातन्त्रवादी प्राध्यापक संघको महाधिवेशन जेठमा

    काठमाडौं : प्रजातन्त्रवादी प्राध्यापक संघ, नेपालको महाधिवेशन आगामी जेठ १९ र २० गते राजधानी काठमाडौंमा हुने भएको छ। प्रजातन्त्रवादी प्राध्यापक संघ, नेपालको पाँचौ राष्ट्रिय महाधिवेशन प्रतिनिधि सूची निर्वाचन समितिलाई हस्तान्तरण कार्यक्रममा आइतबार उक्त जानकारी दिइएको हो। गत जेठमा तय भएको महाधिवेशन विवादका कारण स्थगन भएको थियो। उक्त विवाद समाधान गर्न सदस्यताबारे छानबिन गर्न समिति गठन गरिएको थियो। उक्त समितिले केन्द्रीय…

    विस्तृतमा पढ्नुस्

  • भिमफेदी कारागारका कैदीबन्दीले बनाएका १० हजार बढी मुढा चीन निर्यात

    भिमफेदी कारागारका कैदीबन्दीले बनाएका १० हजार बढी मुढा चीन निर्यात

    हेटौंडा : भिमफेदी कारागारका कैदीबन्दीहरूले उत्पादन गरेका मुढा चीन निर्यात हुन थालेको छ। रसुवागढी नाका दुईतर्फी रुपमा खुलेसँगै मकवानपुरको भिमफेदी कारागारका कैदीबन्दीहरुले बनाएका १० हजार ८० थान बाँसका मुढा चीनतर्फ निर्यात गरिएको हो। नाका खुलेको तीन महिनाको अवधिमा भिमफदी कारागारबाट ४ लाख ३२ हजार रुपैयाँ बराबरको ७ ट्रक  बाँसका मुढा चीनतर्फ निर्यात भएको भिमफेदी कारागारका प्रमुख तिर्थराज पौडेलले बताए। कोरोनाका…

    विस्तृतमा पढ्नुस्

  • प्रचण्डको दाबी : सरकार गठनको ४ महिनामा निकै राम्रा काम भए

    प्रचण्डको दाबी : सरकार गठनको ४ महिनामा निकै राम्रा काम भए

    काठमाडौं : प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सरकारले धेरै राम्रा काम गरेको दाबी गरेका छन्। सिंहदरबारमा किसान संगठनका प्रतिनिधिसँगको भेटमा प्रधानमन्त्रीले राजस्व संकलनमा सुधार आएको बताए। अर्थतन्त्रका सूचांकमा सुधार आएको उनको भनाइ छ। 'कतिपयले यो सरकारका राम्रा काम देखिरहेका छैनन्। तर ४ महिनामा निकै राम्रा काम भएका छन्। लक्ष्यअनुसार नभए पनि राजस्व संकलनमा राम्रो सुधार आएको छ,' प्रचण्डले भने।  विदेशी मुद्राको…

    विस्तृतमा पढ्नुस्

  • प्रतिनिधि सभाको सचिवमा पदमप्रसाद र राष्ट्रिय सभाको सचिवमा सुरेन्द्र अर्याल सिफारिस

    प्रतिनिधि सभाको सचिवमा पदमप्रसाद र राष्ट्रिय सभाको सचिवमा सुरेन्द्र अर्याल सिफारिस

    काठमाडौं :  राष्ट्रिय सभा र प्रतिनिधि सभाका सचिव सिफारिस भएका छन्। प्रतिनिधि सभाको सचिवमा नायव महान्यायधिवक्ता पदमप्रसाद पाण्डे र राष्ट्रिय सभाको सचिवमा संसद सेवाकै सहसचिव सुरेन्द्र अर्याल सिफारिस भएका हुन्। सभामुख देवराज घिमिरे र राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमल्सिनाले सचिवको सिफारिस गरेका हुन्। प्रतिनिधि सभाका सचिव गोपालनाथ योगी र राष्ट्रिय सभाका सचिव राजेन्द्र फुयालको पाँच वर्षे कार्यकाल शुक्रवार सकिएको थियो।…

    विस्तृतमा पढ्नुस्

  • वीर अस्पतालको छतमा रहेको पर्खाल खस्दा ४ जना घाइते

    वीर अस्पतालको छतमा रहेको पर्खाल खस्दा ४ जना घाइते

    काठमाडौं : वीर अस्पतालको पुरानो भवनको छतमा रहेको पर्खाल भत्किँदा ४ जना घाइते भएका छन्। छतको पर्खाल खस्दा करिडोरमा हिँडिरहेकामाथि लागेको थियो। वर्षाका कारण मक्किएर पर्खाल भत्किएको बताइएको छ। घाइतेहरु सामान्य रहेको काठमाडौंका एसपी सिताराम रिजालले बताए।

    विस्तृतमा पढ्नुस्

  • एसीसी प्रिमियर कपको फाइनल खेलमा पानी परे के होला?

    एसीसी प्रिमियर कपको फाइनल खेलमा पानी परे के होला?

    काठमाडौं : एसीसी प्रिमियर कप अन्तर्गत शनिवार सेमिफाइनल खेलमा नेपाल र कुवेतबीचको खेल रद्द हुँदा नेपाल समूह विजेताको हैसियतले फाइनल पुग्यो। शनिवार नै मुलपानी क्रिकेट मैदानमा सम्पन्न खेलमा यूएई र ओमनबीचको खेलमा पनि वर्षा हुँदा युएई फाइनल पुग्यो। ओमनले जवाफी ब्याटिङ गरिरहँदा वर्षाले खेलमा बाधा गरेपछि यूएईले डीएल मेथडबाट खेल जित्यो। आइतवार तेस्रो स्थानका लागि ओमन र कुवेतको प्रतिस्पर्धा जारी छ। यो खेलमा पनि…

    विस्तृतमा पढ्नुस्

  • महावीर पुन र सरकारबिच सहमतिको प्रयास

    महावीर पुन र सरकारबिच सहमतिको प्रयास

    काठमाडौं : राष्ट्रिय आविष्कार केन्द्रका अध्यक्ष महावीर पुन र सरकारबिच संवाद गर्न वार्ता टोली गठन गर्ने सहमति भएको छ। रक्षा मन्त्री पूर्णबहादुर खड्का र पुनबिच भएको छलफलपछि वार्ता टोली गठन गर्ने सहमति भएको पुनले जानकारी दिए। मन्त्रीसँगको संवाद सकारात्मक भएको उनले बताए। 'मन्त्रीसँगको कुरा त एकदम सकारात्मक भयो। कुरा गर्दा गर्दै पनि प्रधानमन्त्रीले फोन गर्नुभएको थियो,' उनले भने।  किन आन्दोलित…

    विस्तृतमा पढ्नुस्

  • बैशाखको अन्त्यतिर छायाङ्कन सुरु हुने ‘दौतरी’मा गरिमा शर्मा मुख्य भूमिकामा देखिने

    बैशाखको अन्त्यतिर छायाङ्कन सुरु हुने ‘दौतरी’मा गरिमा शर्मा मुख्य भूमिकामा देखिने

    काठमाडौं : फिल्म ‘दौतरी’मा मोडल गरिमा शर्मा अनुबन्धित भएकी छिन्। यस फिल्ममा गरिमा मुख्य भूमिकामा देखिने निर्देशक मधुसुधन भट्टराईले जानकारी दिए। ‘गरिमा अनुबन्धित भएसँगै फिल्मको मुख्य कलाकारहरुको लाइनअप पूरा भएको छ। फिल्मको दुई अभिनेत्रीमध्ये एउटा भूमिकामा गरिमा देखिनुहुनेछ,’ निर्देशक भट्टराईले भने। जय माँ दुर्गे फिल्म्स्ले निर्माण गर्ने फिल्ममा गरिमाका साथै आर्यन सिग्देल, मुकुन भुसाल, साक्षी लम्सालको मुख्य भूमिका रहनेछ। छिरिङ तुण्डु…

    विस्तृतमा पढ्नुस्

  • सलमान खानले भने : पठान हिट हुनुमा मेरो कुनै भूमिका छैन

    सलमान खानले भने : पठान हिट हुनुमा मेरो कुनै भूमिका छैन

    भारतीय अभिनेता सलमान खानले पठान हिट हुनुमा आफ्नो कुनै भूमिका नरहेको बताएका छन। हालै एक अन्तर्वार्तामा होस्टले शाहरुख खानको ‘पठान’ हिट बन्नुको श्रेय सलमानलाई पनि दिएका थिए। तर, जवाफमा सलमानले शाहरुखको क्रेडिटलाई कसैले खोस्न नमिल्ने बताए। गत २५ जनवरीमा रिलिज भएको पठानमा सलमान ‘केमियो रोल’मा देखिएका थिए। १० मिनेटको उनको उपस्थितिलाई दर्शकले रुचाए पनि। तर सलमान भने शाहरुखले उत्कृष्ट काम गरेको बताउँदै ‘पठान’ सफल…

    विस्तृतमा पढ्नुस्

  • वीर अस्पतालकी स्टाफ नर्स मृत फेला

    वीर अस्पतालकी स्टाफ नर्स मृत फेला

    काठमाडौं : वीर अस्पतालमा काम गर्दै आएकी एक स्टाफ नर्स मृत अवस्थामा फेला परेकी छिन्। काठमाडौं महानगरपालिका वडा नम्बर १६ बोहोराटारस्थित एक घरमा झुन्डिएको अवस्थामा उनी फेला परेकी हुन्। शनिवार अनुमा श्रेष्ठ झुन्डिएको अवस्थामा भेटिएको जानकारी आएपछि प्रहरी टोली घरमा पुगेको थियो। उनी मृत फेला परेको घर भने उनको होइन। नत डेरा नै हो। उनी सुजन ढकाल नाम गरेका युवकको घरमा…

    विस्तृतमा पढ्नुस्

  • के सुनका गहना नै हो त निरुको हत्याको कारण? प्रहरीले खोतल्दै पुष्टि हुने आधार

    के सुनका गहना नै हो त निरुको हत्याको कारण? प्रहरीले खोतल्दै पुष्टि हुने आधार

    काठमाडौं : कपन सरस्वती नगरकी निरा आचार्य पाण्डे हत्या प्रकरणमा एक जना अभियुक्तलाई प्रहरीले पक्राउ गरेको छ। अभियुक्त समातिएसँगै घटनाका धेरै पाटाहरु खुल्दै गएको प्रहरीको दावी छ। शनिवार झापाको बिर्तामोडबाट समातिएका विनोद विकलाई प्रहरीले झापाबाट काठमाडौं ल्याउँदै छ। प्रहरीसँगको प्रारम्भीक बयानमा विकले घटनामा आफ्नो संलग्नता स्वीकार गरेको प्रहरीको दावी छ। केन्द्रीय अनुसन्धान व्यूरो प्रमुख एआईजी किरण बज्राचार्यले युवकलाई नियन्त्रणमा लिएर अनुसन्धान थालिसकेको…

    विस्तृतमा पढ्नुस्

  • चितवनमा वन्यजन्तुको आक्रमणबाट ९ महिनामा ९ जनाको मृत्यु

    चितवनमा वन्यजन्तुको आक्रमणबाट ९ महिनामा ९ जनाको मृत्यु

    काठमाडौं : चालु आर्थिक वर्षको चैत मसान्तसम्ममा वन्यजन्तुको आक्रमणबाट ९ जनाको मृत्यु भएको छ। चितवन राष्ट्रिय निकुञ्ज र डिभिजन वन कार्यालयको क्षेत्रमा वन्यजन्तुको आक्रमणबाट उनीहरूको मृत्यु भएको हो। जसमा ६ जनाको निकुञ्ज क्षेत्रमा र ३ जनाको डिभिजन वन क्षेत्र मृत्यु भएको हो। निकुञ्जका सूचना अधिकारी गणेशप्रसाद तिवारीका अनुसार निकुञ्ज क्षेत्रमा एक जना बाघको आक्रमणबाट, दुई जना गैँडाको आक्रमणबाट, तीन जना…

    विस्तृतमा पढ्नुस्

  • रास्वपाको केन्द्रीय कार्यसमिति र संसदीय दलको बैठक भोलि

    रास्वपाको केन्द्रीय कार्यसमिति र संसदीय दलको बैठक भोलि

    काठमाडौं : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को केन्द्रीय कार्यसमिति र संसदीय दलको बैठक भोलि बस्ने भएको छ। पार्टी उपसभापति डोलप्रसाद अर्यालले संसदीय दलको नेताबाट शनिबार राजीनामा दिएपछि रिक्त स्थान पूर्तिका लागि संसदीय दलको बैठक तय गरिएको हो। साथै, पछिल्लो राजनीतिक परिस्थितिबारे पार्टीको धारणा तय गर्न केन्द्रीय समितिको बैठक पनि आह्वान गरिएको सो पार्टीले जनाएको छ। केन्द्रीय कार्यसमिति र संसदीय दलको बैठकबारे…

    विस्तृतमा पढ्नुस्

  • अमेरिका र दक्षिण कोरियाप्रति किन क्रुद्ध बनिन् उत्तर कोरियाली शासककी बहिनी किम यो जोङ?

    अमेरिका र दक्षिण कोरियाप्रति किन क्रुद्ध बनिन् उत्तर कोरियाली शासककी बहिनी  किम यो जोङ?

    उत्तर कोरियाका सर्वोच्च नेता किम जोङ उनकी बहिनी किम यो जोङले आउने दिनहरु खतरापूर्ण हुनसक्ने चेतावनी दिएकी छिन्। अमेरिका र दक्षिण कोरियाबिच भएको सम्झौताप्रति इंगित गर्दै उनले त्यसबाट 'धेरै गम्भीर खतरा' उत्पन्न हुन सक्ने बताएकी हुन्। उनले उत्तर कोरियाले आउने दिनमा आफ्नो परमाणु शक्तिलाई थप बलियो बनाउँदै लग्नेसमेत बताएकी छिन्। अमेरिका र दक्षिण कोरियाबिच भएको सम्झौता उत्तर कोरियाको परमाणु क्षमतामाथि…

    विस्तृतमा पढ्नुस्

  • उपचारपछि कांग्रेस नेता चन्द्र भण्डारी आज स्वदेश फर्किदै

    उपचारपछि कांग्रेस नेता चन्द्र भण्डारी आज स्वदेश फर्किदै

    काठमाडौं : नेपाली कांग्रेसका नेता डा चन्द्र भण्डारी आज उपचारपछि स्वदेश फर्किने भएका छन्।। गत फागुन ३ गते बुद्धनगरस्थित आफ्नै निवासमा ग्यास चुहावट हुँदा आगालागीमा परी घाइते भएका भण्डारी भारतको मुम्बईमा साढे दुई महिना उपचारपछि आज स्वदेश फर्कन लागेका हुन्। गत मङ्सिर ४ को प्रतिनिधिसभा निर्वाचनमा गुल्मी क्षेत्र नं १ बाट निर्वाचित डा भण्डारी भारतको मुम्बईस्थित नेशनल वर्न सेन्टरमा उपचाररत थिए। कांग्रेस…

    विस्तृतमा पढ्नुस्

  • जानकी नवमी हर्षोल्लासका साथ मनाइयो

    जानकी नवमी हर्षोल्लासका साथ मनाइयो

    काठमाडौं : त्रेतायुगमा वैशाख शुक्ल नवमी दिन जगत्जननी माता जानकी प्रकट (जन्म) भएको उपलक्ष्यमा शनिबार मिथिला क्षेत्रमा हर्षोल्लासका साथ जानकी नवमी मनाइएको छ। नेपाललगायत भारतका सीता-राम मन्दिरमा मनाइने जानकी प्राकट्य महोत्सव मिथिलाका राजर्षि राजा जनकको राजधानी जनकपुरधाममा भने विगतका वर्षहरूमा जस्तै धुमधामका साथ मनाइएको जानकी मन्दिरका सहमहन्थ रामरोशन दास वैष्णवले जानकारी दिए। करिब एक सातादेखि जनकपुरधामका सीताराम मन्दिरमा विभिन्न धार्मिक…

    विस्तृतमा पढ्नुस्

  • ओखलढुंगामा चट्याङ लागेर एकजना महिलाको मृत्यु

     ओखलढुंगामा चट्याङ लागेर एकजना महिलाको मृत्यु

    काठमाडौं : शनिबार अपराह्न चट्याङ लागेर गम्भीर घाइते भएकी एकजना महिलाको मृत्यु भएको छ। ओखलढुंगाको खिजीदेम्बा गाउँपालिका-२ तोपडाँडाकी ५७ वर्षीय देवमाया बुढाथोकीको मृत्यु भएको हो। घरभित्रै बसिरहेका बेला उनीलाई चट्याङ लागेको थियो। बुढाथोकीलाई उपचारका लागि रामेछापको मन्थली लैजाने क्रममा आज बिहान मृत्यु भएको जिल्ला प्रहरी कार्यालय ओखलढुङ्गाका प्रहरी निरीक्षक देवेन्द्र दासले जानकारी दिए।  ओखलढुङ्गामा चट्याङ लागेर यही वैशाख महिनामा मात्रै दुई जनाको…

    विस्तृतमा पढ्नुस्

  • टेकससमा फेरि चल्यो गोली, ५ जनाको हत्या गरि बन्दुकधारी फरार

    टेकससमा फेरि चल्यो गोली, ५ जनाको हत्या गरि बन्दुकधारी फरार

    अमेरिकाको टेकससमा एक व्यक्तिले गोली चलाइ पाँचजनाको हत्या गरेका छन्। मृत्यु हुने सबै होन्डुरसका रहेको र त्यसमा एकजना ८ वर्षका बालकसमेत रहेको प्रहरीले जनाएको छ। हाउसटनको क्लिभल्यान्डमा भएको सो घटनामा गोली चलाउने व्यक्ति मेक्सिकोका ३८ वर्षीय फ्रान्सिसको ओरोपेच रहेको प्रहरीले जनाएको छ। उनी हाल फरार छन्। ओरोपेच बन्दुकसहित फरार रहेकोले प्रहरीले उनको खोजीलाई तिब्र बनाएको छ। ओरोपेचले जहिलै बन्दुक चलाइरहन…

    विस्तृतमा पढ्नुस्

  • जेठ १ गतेदेखि यार्सागुम्बा सङ्कलन गर्न दिइने, डोल्पा जिल्लाबाहिरबाट आउनेको प्रवेश शुल्क ३ हजार रुपैयाँ

    जेठ १ गतेदेखि यार्सागुम्बा सङ्कलन गर्न दिइने, डोल्पा जिल्लाबाहिरबाट आउनेको प्रवेश शुल्क ३ हजार रुपैयाँ

    जाजरकोट : डोल्पामा यार्सागुम्बा सङ्कलनका लागि आगामी जेठ १ गतेदेखि सम्पूर्ण यार्सा पाटन खुला गरिने भएको छ। शनिवार सदरमुकाम दुनैमा बसेको जिल्ला समन्वय समितिको बैठकले से-फोक्सुण्डो राष्ट्यि निकुञ्जभित्र र विभिन्न सामुदायिक वनमा रहेका यार्सा पाटन जेठ १ गते र असार १ गतेसम्म खुला गर्ने निर्णय गरेको हो। बैठकमा डोल्पा जिल्ला समन्वय समितिका प्रमुख श्यामबहादुर रोकाय, प्रमुख जिल्ला अधिकारी भूमिश्वर पोख्रेल,…

    विस्तृतमा पढ्नुस्


@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell