PahiloPost

Jan 15, 2025 | २ माघ २०८१

  • गाउँ चिनाउन २५ लाख लागतमा ‘म्हाँजु भञ्ज्याङ’ पार्क

    गाउँ चिनाउन २५ लाख लागतमा ‘म्हाँजु भञ्ज्याङ’ पार्क

    पोखरा :  ‘बेजांग गाऊँमा रोधी घर थियो          त्यही रोधी घर बिरानो भइदियौँ          ए दरौँ सिरुबारी माझकटेरी’ राजु परियारले गाए जस्तै बिरानो भयो रोधी घर आजभोलि। केवल रोधी घर मात्र होइन माझकटेरी गाउँ पनि। नेपालकै पहिलो होमस्टे हो गीतमा उल्लेख भएको सिरुबारी। सिरुबारीको ठ्याक्कै अगाडि देखिने गाउँ चाहिँ दरौँ। यी दुबैको बीचमा रहेको गाउँ माझकटेरी। जो पर्यटक तान्ने आर्कषण…

    विस्तृतमा पढ्नुस्

  • पाँचथरमा चट्याङले लागेर ५४ भेडा मरे

    पाँचथरमा चट्याङले लागेर ५४ भेडा मरे

    काठमाडौं : पाँचथरमा चट्याङले लागेर एकै गोठका ५४ वटा भेडा मरेका छन्। जिल्लाको फालेलुङ गाउँपालिका-३ देउरालीमा बान्टेको रुखमुनि ओत लागेर बसेका भेडालाई साँझ चट्याङले लागेको थियो। चट्याङले लागेर स्थानीयवासी प्रकाश राई, शुक्रबहादुर राई, सुरेन्द्र आङ्बो र टेकबहादुर गुरुङले सञ्चालन गर्दै संयुक्त रुपमा पाल्दै आएका ५४ वटा भेडा मृत फेला परेको तथा १२ वटा घाइते फेला परेको जिल्ला प्रहरी कार्यालय पाँचथरले जनाएको…

    विस्तृतमा पढ्नुस्

  • मोहन वैद्य नेतृत्वको क्रान्तिकारी माओवादी र धर्मेन्द्र बास्तोलाको नेकपा बहुमतबीच एकता, बन्यो क्रान्तिकारी कम्युनिस्ट पार्टी

    मोहन वैद्य नेतृत्वको क्रान्तिकारी माओवादी र धर्मेन्द्र बास्तोलाको नेकपा बहुमतबीच एकता, बन्यो क्रान्तिकारी कम्युनिस्ट पार्टी

    काठमाडौं: मोहन वैद्य नेतृत्वको नेकपा (क्रान्तिकारी माओवादी) र धर्मेन्द्र बास्तोला नेतृत्वको नेकपा (बहुमत)बीच पार्टी एकता भएको छ। शनिबार दुबै पार्टीको संयुक्त एकता अधिवेशन सम्पन्न भएको छ।  एकता अधिवेशनमार्फत पार्टीको अध्यक्षमा मोहन वैद्य  'किरण' चयन भएका छन्। त्यस्तै पार्टी प्रवक्ताको जिम्मेवारी बास्तोलाले पाएका छन्। २०७२ सालमा तत्कालीन एकीकृत नेकपा माओवादीबाट अलग भई मोहन वैद्य किरणले नेकपा-माओवादी निर्माण गरेका थिए। त्यसको केही…

    विस्तृतमा पढ्नुस्

  • रास्वपा संसदीय दलको नेताबाट अर्यालले दिए राजीनामा

    रास्वपा संसदीय दलको नेताबाट अर्यालले दिए राजीनामा

    काठमाडौंः राष्ट्रिय स्वतन्त्र पार्टीको संसदीय दलका नेता डीपी अर्यालले जिम्मेवारीबाट राजीनामा दिएका छन्। सभापति रवि लामिछाने उपनिर्वाचनमा निर्वाचित भएसँगै अर्यालले राजीनामा दिएका हुन्। लामिछाने नै दलको नेता हुनुपर्छ भन्‍ने अभिमत रहेकाले राजीनामा दिएको उनले बताएका छन्। 'हालै सम्पन्न उपनिर्वाचनमा पार्टी सभापति रवि लामिछाने पुनः निर्वाचित हुनुभएको सन्दर्भमा उहाँ नै संसदीय दलको नेता हुनुपर्छ भन्ने मेरो अभिमत रहेको हुँदा मैले यो जिम्मेवारीमा…

    विस्तृतमा पढ्नुस्

  • उपचारपछि आइतबार स्वदेश फर्किंदै कांग्रेस नेता भण्डारी

    उपचारपछि आइतबार स्वदेश फर्किंदै कांग्रेस नेता भण्डारी

    काठमाडौं नेपाली कांग्रेसका नेता चन्द्र भण्डारी आइतबार (भोलि) स्वदेश फर्कने भएका छन्। ग्यास विस्फोटमा परी जलेर घाइते भएका भण्डारी करिब अढाई महिनापछि स्वदेश फर्कन लागेका हुन्। भारतको मुम्बईस्थित नेशनल बर्न सेन्टर उपचारपछि उनी आइतबार स्वदेश फर्कन लागेको निजी सचिवालयले जनाएको छ। २०७९ फागुन ३ गते भण्डारीलाई उपचारका लागि भारत लगिएको थियो। थप उपचार नेपालमा नै गर्नेगरी भण्‍डारी स्वदेश फर्कन लागेका…

    विस्तृतमा पढ्नुस्

  • मन्दीबाट जोगिन समानुपातिक प्रणाली खारेज गरौं : इन्द्र बानियाँ

    मन्दीबाट जोगिन समानुपातिक प्रणाली खारेज गरौं : इन्द्र बानियाँ

    मेलम्ची : नेपाली कांग्रेस वाग्मती प्रदेशका सभापति इन्द्र बानियाँले मुलुकमा रहेको समानुपातिक प्रणाली खारेज गर्नुपर्ने बताएका छन्। शनिवार सिन्धुपाल्चोक कांग्रेस क्षेत्र २ ले गुफाडाँडामा आयोजना गरेको वनभोज कार्यक्रममा बानियाँले उक्त धारणा राखेका हुन्। अहिले देशको अर्थतन्त्र देखिएको मन्दीपनलाई सुधार गर्न भएपनि समानुपातिक प्रणाली हटाउनुपर्ने उनको तर्क थियो। 'समानुपातिक प्रणालीलाई खारेज गरौं। बरु यसका लागि छुट्याउने बजेट बिकास निर्माणमा लागनी गरौं,'…

    विस्तृतमा पढ्नुस्

  • एसिया कप पुग्न नेपालसामु अब यूएई मात्र

    एसिया कप पुग्न नेपालसामु अब यूएई मात्र

    काठमाडौं : एसीसी प्रिमियर कपको फाइनलमा नेपाल र यूएई प्रतिस्पर्धा गर्ने भएका छन्। शनिवार सेमिफाइनल अन्तर्गत कीर्तिपुरमा सम्पन्न नेपाल र कुवेतबीचको खेलबाट नेपाल र मुलपानीमा सम्पन्न यूएई र ओमनबीचको खेलबाट यूएईले फाइनलमा स्थान बनाएका हुन्। शनिवार सेमिफाइनल खेलमा नेपाल र कुवेत बीचको खेल चलिरहँदा फेरि वर्षाले खेलमा वाधा गरेको थियो। पहिलो इन्निङ्समा नेपालले ब्याटिङ गरिरहँदा वर्षा भएपछि ४२/४२ ओभरमा खेल…

    विस्तृतमा पढ्नुस्

  • 'ओ पेङ्दोर्जे!' को विमोचन युद्धमा हात गुमाएकी लडाकुबाट : चन्दा उठाउन योग्यता पुगेन

    'ओ पेङ्दोर्जे!' को विमोचन युद्धमा हात गुमाएकी लडाकुबाट : चन्दा उठाउन योग्यता पुगेन

    काठमाडौं : पूर्व लडाकु प्रवीना गोलेलाई पत्रकार राजु स्याङ्तानले आफ्नो कविता सङ्ग्रह 'ओ पेङ्दोर्जे!' उपहार प्रदान गरे। शनिवार काठमाडौंको कालिकास्थानमा रहेको नेपालयको सभाहलमा उक्त कविता सङ्ग्रह गोलेलाई प्रदान गरेसँग कृतिको विमोचन भयो।  पूर्वसभामुखसमेत रहेका अग्नि सापकोटाको सुरक्षार्थ खटिने क्रममा युद्धमा हात गुमाएकी गोलेबाट कृति विमोचन गर्न पाउँदा आफूलाई खुसी लागेको स्याङ्तानले बताए। 'हामी सपना बोकेर हिँडेका थियौं। म गितार हार्मोनियम…

    विस्तृतमा पढ्नुस्

  • नेपाल एसीसी प्रिमियर कपको फाइनलमा, सोमवार युएईसँग भिड्ने

    नेपाल एसीसी प्रिमियर कपको फाइनलमा, सोमवार युएईसँग भिड्ने

    काठमाडौं : एसीसी प्रिमियर कपको सेमिफाइनलमा कुवेतलाई पछि पार्दै नेपाल फाइनलमा प्रवेश गरेको छ। कीर्तिपुरस्थित टीयू क्रिकेट मैदानमा सम्पन्न खेललाई वर्षाले वाधा गरे पनि समूह विजेताका हिसाबले नेपाल फाइनल प्रवेश गरेको हो। प्रिमियर कपको समूह 'ए'बाट नेपाल समूह विजेता बन्दै सेमिफाइनलमा स्थान बनाएको थियो भने समूह 'बी'बाट कुवेत उपविजेता बन्दै सेमिफाइनलमा पुगेको थियो। शनिवार सेमिफाइनल खेलमा नेपाल र कुवेत बिचको खेल चलिरहँदा…

    विस्तृतमा पढ्नुस्

  • काठमाडौंको एक घर जसको ताला फोडेर डलरसहित चोरियो १ करोडको धनमाल

    काठमाडौंको एक घर जसको ताला फोडेर डलरसहित चोरियो १ करोडको धनमाल

    काठमाडौंः काठमाडौंको एक घरमा शुक्रवार राति धनमाल चोरी भएको छ। कागेश्वरी मनोहरा नगरपालिका-९ मेडिकल चोक बस्ने ४० वर्षीया पुष्पा गुरुङको घरको ताला फोडी चोरी भएको प्रहरीले जानकारी दिएको छ। करिब साढे ६४ तोला सुनका विभिन्न गरगहना, अमेरिकी डलर ३० हजार र नेपाली ७ लाख रूपैयाँ समेत गरी करिब १ करोड १० लाख ५० हजार रूपैयाँ बराबरको धनमाल चोरी भएको छ   प्रहरीले…

    विस्तृतमा पढ्नुस्

  • काठमाडौंको खसीबजार पुलमुनि महिलाको शव

    काठमाडौंको खसीबजार पुलमुनि महिलाको शव

    काठमाडौंः काठमाडौंमा एक महिलाको शव भेटिएको छ। काठमाडौं महानगरपालिका-१४ कलंकी खसी बजार पुलमुनी शव भेटिएको प्रहरीले जानकारी दिएको छ। रामेछाप पकरवास गाउँपालिका-५ घर भएकी  ४५ वर्षीया मिठ्ठु भुजेल शनिबार मृत अवस्थामा फेला परेकी हुन्। घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ।

    विस्तृतमा पढ्नुस्

  • २१ वर्षीय छोराको हत्या अभियोगमा बाबु समातिए

    २१ वर्षीय छोराको हत्या अभियोगमा बाबु समातिए

    काठमाडौंः हत्या अभियोगमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ। २१ वर्षीय छोरा अर्जुन चौधरीको हत्या गरेको अभियोगमा धनगढी उपमहानगरपालिका-६ मट्यारी बस्ने ४७ वर्षीय महेश कुमार चौधरीलाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ। महेश कुमारले आफ्नै घर भन्दा अन्दाजी १ सय ५० मिटर टाढा जंगलमा अर्जुन चौधरीलाई इँटा प्रहार गर्दा घटनास्थलमै मृत्यु भएको भन्ने खबर प्राप्त हुनासाथ वडा प्रहरी कार्यालय धनगढी र…

    विस्तृतमा पढ्नुस्

  • नेपाल जितको नजिक पुग्दा फेरि वर्षा, खेल रोकियो

    नेपाल जितको नजिक पुग्दा फेरि वर्षा, खेल रोकियो

    काठमाडौँ: एसीसी प्रिमियर कपको सेमिफाइनल अन्तर्गत सेमिफाइनल खेलमा नेपाल र कुवेत बीचको खेल चलिरहँदा फेरि वर्षा भएको छ। नेपालले ४२ ओभरमा दिएको २८१ रनको लक्ष्य पछ्याउने क्रममा कुवेत ८.३ ओभरमा ६ विकेट गुमाउँदै ३७ रन बनाएर खेलिरहँदा पानी परेको हो। वर्षाले वाधा गरेपछि ४२ ओभरमा छोट्याएर खेलाइएको खेलमा रोहितकुमार पौडेलको सानदार प्रदर्शनमा निर्धारित ४२ ओभरमा ९ विकेट गुमाउँदै २ सय…

    विस्तृतमा पढ्नुस्

  • अष्ट्रेलिया पठाइदिने भन्दै ३० लाख रुपैयाँ ठगी गर्ने सयना समातिइन्

    अष्ट्रेलिया पठाइदिने भन्दै ३० लाख रुपैयाँ ठगी गर्ने सयना समातिइन्

    काठमाडौंः अष्ट्रेलिया पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा प्रहरीले एक जना पक्राउ गरेको छ। पक्राउ पर्नेमा सुनसरीको धरान उपमहानगरपालिका–१३ घर भई हाल काठमाडौँ महानगरपालिका–१ लाजिम्पाट बस्ने २५ वर्षीया सयना श्रेष्ठ रहेकी छन्। सयना समेतले वैदेशिक रोजगारीका लागि अष्ट्रेलिया पठाइ प्रतिष्ठित कम्पनीमा तीन लाख रुपैयाँ भन्दा बढी तलब हुने काम लगाइदिन्छु भन्दै प्रलोभनमा पारी पीडितबाट पटकपटक गरी  ३० लाख रुपैयाँ लिई ठगी…

    विस्तृतमा पढ्नुस्

  • दुई महिला प्रहरी जो एसएसपी बन्दै छन्

    दुई महिला प्रहरी जो एसएसपी बन्दै छन्

    काठमाडौं : २०७६ पुस ४ गते प्रहरी प्रधान कार्यालय नक्सालले एसपी गंगा पन्तलाई जिल्ला प्रहरी कार्यालय चितवन पठायो। तर, राजनीतिक खिचातानीका कारण उनले सरुवा भएको जिल्लाको चार्ज बुझ्न नै पाइनन्। त्यसपछि उनलाई पर्सा जिल्ला प्रमुख बनाएर पठाइयो। जो कोही प्रहरी अधिकृतका लागि पर्सा 'च्यालेन्जिङ' मध्येको जिल्लामा पर्छ। सीमा नाकाबाट हुने तस्करी र अपराध नियन्त्रणका हिसाबले चुनौतिपूर्ण मानिन्छ पर्सा। आफ्नो एक वर्ष कार्याकालमा एसपी पन्तले त्यो च्यालेन्जिङ भूमिकालाई…

    विस्तृतमा पढ्नुस्

  • रोहित पौडेल शतकबाट चुके, ४२ ओभरमा कुवेतलाई २ सय ८१ रनको लक्ष्य

    रोहित पौडेल शतकबाट चुके, ४२ ओभरमा कुवेतलाई २ सय ८१ रनको लक्ष्य

    काठमाडौँ: एसीसी प्रिमियर कपको सेमिफाइनल अन्तर्गत नेपालले कुवेतविरुद्ध २ सय ८१ रनको लक्ष्य प्रस्तुत गरेको छ। वर्षाले वाधा गरेपछि ४२ ओभरमा छोट्याएर खेलाइएको खेलमा रोहितकुमार पौडेलको सानदार प्रदर्शनमा निर्धारित ४२ ओभरमा ९ विकेट गुमाउँदै २ सय ८१ रन बनाएको हो। डीएल मेथडका कारण कुवेतले २८१ रनकै लक्ष्य पाएको हो। कीर्तिपुरस्थित टीयू क्रिकेट मैदानमा जारी खेलमा टस हारेर ब्याटिङमा उत्रिएको नेपालले २३.२ ओभरमा…

    विस्तृतमा पढ्नुस्

  • रोहितपछी अर्धशतक बनाएका मल्ल आउट, क्रिजमा रोहित र आरिफ

    रोहितपछी अर्धशतक बनाएका मल्ल आउट, क्रिजमा रोहित र आरिफ

    काठमाडौँ: एसीसी प्रिमियर कपको सेमिफाइनल अन्तर्गत नेपाल र कुवेतबीचको खेल वर्षाले वाधा गरेपछि ४२ ओभरमा छोट्याएर खेल सुरु भएको छ। खेल सुरु भएसँगै आक्रामक ब्याटिङ सुरु गरेको कप्तान रोहितकुमार पौडेल र कुशल मल्लले अर्धशतक प्रहार गरेका छन्। कीर्तिपुरस्थित टीयू क्रिकेट मैदानमा जारी खेलमा टस हारेर ब्याटिङमा उत्रिएको नेपालले २३.२ ओभरमा ३ विकेट गुमाएर १४१ रन बनाएको अवस्थामा पानी परेपछि खेल…

    विस्तृतमा पढ्नुस्

  • प्रिमियर कपको फाइनल पुग्न ओमनलाई २ सय ३७ रनको लक्ष्य

    प्रिमियर कपको फाइनल पुग्न ओमनलाई २ सय ३७ रनको लक्ष्य

    काठमाडौँ: एसीसी प्रिमियर कप अन्तर्गत मुलपानी क्रिकेट मैदानमा जारी सेमिफाइनल खेलमा युएईले ओमनलाई २ सय ३७ रनको लक्ष्य प्रस्तुत गरेको छ। टस हारेर ब्याटिङमा उत्रिएको यूएईले ४९.२ ओभरमा सबै विकेट गुमाउँदै २३६ रन बनाएको थियो। यूएईका लागि कप्तान मोहम्मद वसीमले सर्वाधिक ४८ रन बनाउँदा रमिज सहजाजले ४६ तथा आशिफ खान र वसील हमीदले समान ३४ रन बनाए। त्यस्तै आर्यन लार्काले…

    विस्तृतमा पढ्नुस्

  • वर्षाले बाधा गरेपछि ४२ ओभरमा छोट्याएर खेल सुरु, दर्शकको उल्लेखनीय उपस्थिति

    वर्षाले बाधा गरेपछि ४२ ओभरमा छोट्याएर खेल सुरु, दर्शकको उल्लेखनीय उपस्थिति

    काठमाडौँ: एसीसी प्रिमियर कपको सेमिफाइनल अन्तर्गत नेपाल र कुवेतबीचको खेल वर्षाले वाधा गरेपछि ४२ ओभरमा छोट्याएर खेल सुरु भएको छ।कीर्तिपुरस्थित टीयू क्रिकेट मैदानमा जारी खेलमा टस हारेर ब्याटिङमा उत्रिएको नेपालले २३.२ ओभरमा ३ विकेट गुमाएर १४१ रन बनाएको अवस्थामा पानी परेपछि खेल वाधित भएको थियो। पहिलो विकेटका लागि ओपनरद्वय कुशल भुर्तेल र आशिफ शेखले ७७ रनको साझेदारी गर्दै उत्कृष्ट सुरुवात…

    विस्तृतमा पढ्नुस्

  • नेपाल कुवेतबीचको खेलमा वर्षा वाधक, ओमन र यूएईको खेल भने जारी

    नेपाल कुवेतबीचको खेलमा वर्षा वाधक, ओमन र यूएईको खेल भने जारी

    काठमाडौँ: एसीसी प्रिमियर कपको सेमिफाइनल अन्तर्गत नेपाल र कुवेतबीचको खेल वर्षाले वाधा गरेको छ। कीर्तिपुरस्थित टीयू क्रिकेट मैदानमा जारी खेलमा टस हारेर ब्याटिङमा उत्रिएको नेपालले २३.२ ओभरमा ३ विकेट गुमाएर १४१ रन बनाएको अवस्थामा पानी परेपछि खेल वाधित भएको हो। पहिलो विकेटका लागि ओपनरद्वय कुशल भुर्तेल र आशिफ शेखले ७७ रनको साझेदारी गर्दै उत्कृष्ट सुरुवात दिलाएका थिए। भूर्तेलले ४३ रन…

    विस्तृतमा पढ्नुस्


@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell