काठमाडौं : प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीबिच सांसद तथा एमालेका सचिव टोपबहादुर रायमाझीका विषयमा छलफल भएको छ। सिंहदरबारमा प्रचण्ड - ओलीबिच नक्कली शरणार्थी प्रकरणमा तानिएपछि फरार रहेका रायमाझीको विषयमा छलफल भएको हो। ओलीले रायमाझीका विषयमा चासो राखेको छलफलपछि प्रचण्डले बताए। ओली भने आज मिडियाबाट टाढै रहन चाहे। दुई दिन अघि ओली र प्रचण्डबिच यसैगरी…
बेदकोट : कञ्चनपुरको दक्षिणी क्षेत्रअन्तर्गत पर्ने बेलौरी नगरपालिकामा बाघ लुक्ने झाडी फाड्ने काम भइरहेको छ। बाघले मान्छे मारेको बेलौरी नगरपालिका-८ पचुईंस्थित खप्टीनालाको करिब दुई किलोमिटर क्षेत्रको झाडी फाडिएको हो। बाघ आक्रमणको घटनापछि यहाँका स्थानीय त्रसित छन्। नगरपालिकासँग समन्वय गरेर बाघ लुक्न सक्ने भएकाले पचुईं क्षेत्रको झाडी फाँड्ने कार्य भइरहेको बेलौरी-८ का अध्यक्ष बिसराम रानाले जानकारी दिए। ‘झाडीमा औषधि छर्केका छौँ,…
काठमाडौं : नक्कली भुटानी शरणार्थी प्रकरणमा मुछिएपछि पूर्व गृहमन्त्री बालकृष्ण खाणले वक्तव्य निकालेका छन्। वक्तव्यमार्फत खाणले विभिन्न सञ्चारमाध्यममा प्रकाशित समाचारले आफ्नो ध्यानाकर्षण भएको बताएका छन्। आधारहीन, तथ्यहीन र संलग्न हुँदै नभएका घटनामा संलग्न भएको र जाँदै नगएका स्थानमा भ्रमणमा गएको भन्ने समाचारले अन्यौल उत्पन्न गरेको उनको भनाइ छ। उनले भनेका छन्, ‘आधारहीन, तथ्यहीन र संलग्न हुँदै नभएका घटनामा संलग्न भयो…
सुशीला रेग्मी- रामपुर (पाल्पा) : राम्रो उब्जाउशिल जमिन भए पनि खेती लगाएर स्याहार्नै नपाएपछि पाल्पा रम्भा गाउँपालिका-१ सगाहा क्षेत्रका स्थानीय चिन्तित छन्। वर्षौंदेखि भोगचलन गर्दै आएको यहाँका खेतीयोग्य जमिन बाँदर आतङ्कले बाँझिन पुगेका छन्। मकै, गहुँ, आलु, गेँडागुडी, तरकारीलगायतका विभिन्न बाली लगाएर स्याहार्न नपाएपछि हिजोआज कृषकले खेती गर्नै छाडेको बताउँछन् सगाहाका अगुवा कृषक ऋषिराम अर्याल। उनको सानो चनौटे क्षेत्रमा मात्रै…
पर्वत : घर वरिपरि मौरीका घारैघार। घरअघि ठूलो सुन्तलाको बगैँचा। बिहानै उठेदेखि साँझ नपरुञ्जेल तिनै मौरीका घारको हेरचाह गर्ने मोदी-२ देउपुरस्थित कोरुङ्गाका टीकाराम तिमिल्सिनाको दिनचर्या हो। परिश्रम र मेहनत गर्ने हो भने गाउँमै बसेर पनि लाखौँ रुपैयाँ आम्दानी गर्न सकिन्छ भन्ने उदाहरण तिमिल्सिनाले दिएका छ। दुई दशकदेखि व्यावसायिक रुपमा मौरीपालन गर्दै आएका कृषक तिमिल्सिनाले मह उत्पादन गरेर वार्षिक ३५ लाख…
काठमाडौं : हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। हाल देशका अधिकांश भू-भागमा मौसम सामान्यतया सफा रहेको मौसम पूर्वानुमान महाशाखाले बताएको छ। महाशाखाका अनुसार शनिवार दिउँसो कोशी प्रदेश, गण्डकी प्रदेश र कर्णाली प्रदेशका पहाडी भू-भागमा आंशिकदेखि सामान्य बदली रही देशका बाँकी भू-भागमा आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहने छ। कोशी प्रदेश, गण्डकी प्रदेश र कर्णाली प्रदेशका पहाडी भू-भागका एक-दुई…
वीरगंजः वीरगंज बौद्ध समितिको आयोजनामा वीरगंजमा २५६७औँ बुद्ध जयन्ती मनाइएको छ। शान्तिका अग्रदूतका रूपमा विश्वमा परिचित सिद्धार्थ गौतमको २५६७औँ जयन्ती विविध कार्यक्रम गरी मनाइएको हो। गौतम बुद्धको जन्म, बुद्धत्व प्राप्ति र महापरिनिर्वाण प्राप्तिको दिनमा यो जयन्ती मनाउने चलन रहेको छ। वैशाख शुक्ल पूर्णिमाकै दिन भएकाले यस दिनलाई बौद्ध धर्मावलम्बीले त्रिसंयोग दिवसका नामले महत्वपूर्ण दिनका रुपमा लिने गर्छन्। वीरगंजका बौद्ध समाजले…
वीरगंजः बाराको महागढीमाई नगरपालिकाका स्थानीयले शुक्रबार प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको पुतला दहन गरेका छन्। प्रमुख प्रशासकीय अधिकृत नभएका कारण चार महिनादेखि नगरपालिकाको कामकाज ठप्प हुँदा समेत सरकारले चासो नदेखाएको भन्दै स्थानीयले प्रधानमन्त्री प्रचण्डको पुतला दहन गरेका हुन्। प्रधानमन्त्रीको पुतला दहनसँगै स्थानीयले संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री अमनलाल मोदीको राजीनामा समेत माग गरेका छन्। प्रमुख प्रशासकीय अधिृकत पठाउन नसक्ने मन्त्रीले…
काठमाडौं : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेको छ। केन्द्रीय कमिटी र संसदीय दलको संयुक्त बैठकले उक्त निर्णय गरेको हो। 'सर्वसम्मत रुपमा सरकारलाई दिएको समर्थनसमेत फिर्ता लिएर प्रतिपक्षीमा बस्ने हामीले निर्णय गरेका छौं,' बैठकपछि सभापति रवि लामिछानेले भने। पुस १० मा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई रास्वपाले पनि समर्थन गरेको थियो। लामिछानेले आफ्नो पार्टी सरकार भत्काउने खेलमा नलाग्नेसमेत बताएका…
काठमाडौं : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेको छ। केन्द्रीय कमिटी र संसदीय दलको संयुक्त बैठकले उक्त निर्णय गरेको हो। 'सर्वसम्मत रुपमा सरकारलाई दिएको समर्थनसमेत फिर्ता लिएर प्रतिपक्षीमा बस्ने हामीले निर्णय गरेका छौं,' बैठकपछि सभापति रवि लामिछानेले भने। पुस १० मा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई रास्वपाले पनि समर्थन गरेको थियो। चार महिनापछि समर्थन फिर्ता लिएको रास्वपाका…
काठमाडौं : नेपाली कांग्रेसका महामन्त्री विश्वप्रका शर्माले भ्रष्टाचार प्रकरणमा मुछिएकाहरु कसैलाई छाड्न नहुने बताएका छन्। कुनै पनि व्यक्तिमाथि छानबिन भएमा त्यसलाई सघाउने काम राजनीतिक दलको भएकोसमेत महामन्त्री शर्माले बताए। 'हामीले छानबिनका क्रममा राज्यलाई सघाउनुपर्छ। विश्वप्रकाश शर्मा दोषी हो भने सजाय पाउनुपर्छ। निर्दोष हो भने सफाय पाउनुपर्छ,' कांग्रेस पदाधिकारी बैठकपछि शर्माले पत्रकारसँग भने। अनुसन्धानको सुई कांग्रेसतिर फर्किए पनि यसमा सघाउने काम राजनीतिक…
काठमाडौं : कांग्रेस नेता डा मीनेन्द्र रिजाल पार्टीको केन्द्रीय कार्यसमितिको सदस्य पदमा मनोनित भएका छन्। पार्टी सभापति शेरबहादुर देउवाले शुक्रवार रिजाललाई केन्द्रीय सदस्यमा मनोनयन गरेका हुन्। १४ औं महाधिवेशनमा महामन्त्रीमा पराजित रिजाल लामो समयपछि केन्द्रीय समितिमा ब्याक भएका हुन्। उनीसँगै महामन्त्रीमा पराजित भएकाहरु डा प्रकाशशरण महत र प्रदीप पौडेललाई भने देउवाले यसअघि नै केन्द्रीय सदस्यमा मनोनित गरेका थिए। महामन्त्रीमा पराजित…
काठमाडौं : सरकारमा सहभागी हुने/नहुनेबारे निर्णय गर्न राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को केन्द्रीय कमिटी र संसदीय दलको संयुक्त बैठक सुरु भएको छ। पार्टी कार्यालय बसुन्धारामा बैठक सुरु भएको हो। वैशाख १० मा सम्पन्न प्रतिनिधि सभाको उप निर्वाचनपछि रास्वापाले सरकारमा जाने नजानेबारे निर्णय गरेको छैन। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सरकारमा रास्वपालाई सहभागी गराउन पहल गरिरहेका छन्। रास्वपाले उप निर्वाचनमा चितवन-२ र तनहुँ-१…
काठमाडौं : संखुवासभाको भोटखोला ४ मा हेलिकोप्टर दुर्घटना हुँदा गम्भीर घाइते भएकाहरुलाई उपचारको लागि काठमाडौं ल्याइएको छ। अप्पर अरुण हाइड्रोको सामान लाने क्रममा सिम्रिक एयरको हेलिकोप्टर दुर्घटना भएको हो। दुर्घटनामा एक जनाको मृत्यु भएको छ। दुर्घटनामा परी स्थानीय भविन गुरुङको मृत्यु भएको संखुवासभाका डीएसपी वीरेन्द्र गोदारले जानकारी दिए। हेलिकोप्टरमा सवार चारजना गम्भीर घाइते भएका थिए। शुक्रवार दिउँसो १:१० बजे सिक्प्रुङको…
काठमाडौं : सङ्खुवासभाको भोटखोला–४ मा सिम्रिक एयरको हेलिकोप्टर दुर्घटनामा एक जनाको मृत्यु भएको छ। दुर्घटनामा परी स्थानीय भविन गुरुङको मृत्यु भएको डिएसपी वीरेन्द्र गोदारले जानकारी दिए। हेलिकोप्टरमा सवार चारजना गम्भीर घाइते भएका थिए। शुक्रवार दिउँसो १:१० बजे भोटखोला गाउँपालिका–४ हटियाको सिक्प्रुङको हम्मरेडाँडामा रुखमा ठोक्किएर हेलिकोप्टर दुर्घटना भएको प्रहरीको भनाइ छ। मृतक गुरुङ हेलिकोप्टरमा सहयोगीका रुपमा काम गर्दै आएका थिए।…
युक्रेनी डेलिगेटले रसियन डेलिगेटलाई मुक्का हानेको दृश्य अल जजिराले सार्वजनिक गरेको छ। टर्कीमा आयोजित कन्फ्रेन्समा सहभागी भएका दुई देशका प्रतिनिधिबिच मुक्कामुक्की भएको भिडियोमा देखिन्छ। रसियन प्रतिनिधिले युक्रेनको झन्डा थुतेपछि युक्रेनी प्रतिनिधि आगो भएका थिए। त्यसपछि उनले रसियन प्रतिनिधिलाई मुक्का हानेको देखिन्छ। हेर्नुस् भिडियो - A Ukrainian delegate was captured on video punching a Russian official during a governmental conference in…
काठमाडौँ: एसियाली भारोत्तोलन च्याम्पियनसिपमा नेपालका सागर भण्डारीले प्रतिस्पर्धा गर्ने भएका छन्। मे ३ देखि १३ तारिखसम्म दक्षिण कोरियाको जेन्जुमा हुने प्रतियोगितामामा सागरले पुरुष १०९ केजीमाथि तौलसमूहमा प्रतिस्पर्धा गर्न लागेका हुन्। नेपालको खेल मे १३ तारिखमा रहेको छ। यो प्रतियोगिता पेरिस ओलम्पिक छनोटका रुपमा समेत रहेको छ। प्रतियोगितामा सहभागी हुन १३ औं दक्षिण एसियाली खेलकुदका रजत विजेता सागरसहित ३ सदस्यीय नेपाली…
काठमाडौं : संखुवासभाको भोटखोला गाउँपालिका वडा नम्बर ४ मा हेलिकप्टर दुर्घटना भएको छ। दुर्घटनामा परेर चालकसहित ४ जना घाइते भएका छन्। चालक सुरेन्द्र पौडैल र एक स्थानीय भने गम्भीर घाइते भएका छन्। उनीहरुलाई उपचारको लागि सेनाको हेलिकप्टरमा काठमाडौं पठाइएको हो। जिल्ला प्रशासन कार्यालय संखुवासभाका साहायक सिडिओ मोहनमणि घिमिरेले बताए। 'सेनाको हेलिकप्टर अर्कै कामले आएको थियो। अहिले त्यही हेलिकप्टर उद्दारमा पठाएका…
काठमाडौं : संखुवासभाको भोटखोला ४ सिप्रुङको जिजिङ्खामा अप्पर अरुण हाइड्रोको सामान लाने क्रममा हेलिकोप्टर दुर्घटना भएको छ। सिम्रिक एयरको हेलिकोप्टर दुर्घटना हुँदा ५ जना गम्भीर घाइते भएका छन्। पाइलट सुरेन्द्र पौडेल, को-पाइलट, टिम सदस्य छिरिङ भोटे (चेपुवा), स्थानीय भबिन गुरुङ घाइते भएका हुन्। उनीहरुलाई नेपाली सेनाको हेलिकोप्टरबाट उपचारको लागि काठमाडौं ल्याइँदैछ।
काठमाडौं : संखुवासभाको भोटखोला गाउँपालिका वडा नम्बर ४ मा हेलिकप्टर दुर्घटना भएको छ। दुर्घटना पश्चात उद्धारका लागि जिल्ला प्रशासन कार्यालयले प्रहरी परिचालन गरेको छ। उद्धारका लागि नेपाली सेनाको हेलिकप्टर पठाइएको जिल्ला प्रशासन कार्यालय संखुवासभाका सहायक सिडिओ मोहनमणि घिमिरेले जानकारी दिए। 'सेनाको हेलिकप्टर अर्कै कामले आएको थियो। अहिले त्यही हेलिकप्टर उद्धारमा पठाएका छौं,' घिमिरेले भने। हेलिकप्टर अवतरण गर्ने क्रममा दुर्घटना स्थानीयले जानकारी…